Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हामी सबै खालका औषधि यहीं उत्पादन गर्न सक्छौं : एक्स्पो सह-संयोजक पृथ्वी राजभण्डारी

हामी सबै खालका औषधि यहीं उत्पादन गर्न सक्छौं  : एक्स्पो सह-संयोजक पृथ्वी राजभण्डारी

हेल्थ टिभी अनलाइन : नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सह संयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)सँग गरिएको कुराकानी :

फर्मा एक्स्पो किन आवश्यकता पर्यो ?

नेपालको औषधिको इतिहास चार दशकको रहेको छ । चारदशक अघि हामी १५९१६ वटा उद्यौग मात्र रहेका थिए । अहिले आएर ८३ उद्योग संचालनमा रहेका छन् । ति औषधि उद्योगले गरेका काम, उत्पादन गरेका औषधिहरुलाई जनतामाझ परिचित गराउनका लागि एक्स्पोको आयोजना गरिएको हो । आजसम्म नेपाली औषधि उद्योग कहाँसम्म कति विकास गरेको छ, नेपाली औषधि उद्योगको स्तर कहाँ र कसरी अगाडि बढेको छ । यि सवै कुराको जानकारी दिनका लागि एक्स्पो आयोजना गरिएको हो ।

फर्मा एक्स्पोबाट नेपाली जनतालाई के फाइदा हुन्छ ?

औषधि उद्योग सतप्रतिशत विज्ञानमा आधारित उद्योगको रुपमा रहेको छ । हरेक रोगलाई निदान गर्न लागि औषधि चाहिन्छ । औषधि विना कुनै रोग निको हुँदैन । ति रोगका विरुद्ध हामीले नेपालमा नै धेरै औषधि बनाएका छौ ।
यसरी नेपाल धेरै किसिमका रोग विरुद्धको औषधि आज उत्पादन हुन्छन भन्ने कुराको सन्देश दिनका लागि फर्मा एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा यस्तो रोगको औषधि यसरी बन्दछ भनेर पनि एक्स्पोमासर्वसाधारणलाई जानकारी पाउँछन । नेपालमा क्यान्सर रोगको औषधिको उत्पादन पनि शुरु भइसकेको छ ।

नेपालमा नेपाली औषधिको अवस्था कस्तो रहेको छ ?

अहिले हामीलाई मुलुकका लागि खपत हुने ५० प्रतिशत औषधि विदेशबाट ल्याउनु पर्दैन । आजभन्दा २० बर्ष अगाडि त्यस्तो अवस्था थिएन । सवै औषधि हामी विदेशकोमा नै भर पर्ने गरेका थियो । तर अहिले परिस्थिति फेरिएको छ । नेपाली औषधि बजारमा हामी पनि विदेश औषधिसंग प्रतिस्पर्धा गर्ने सक्ने भएका छौ । अझ हामीलाई सरकारले प्राविधिक रुपमा सहयोग गरे भने हामी मुलुकलाई चाहिनै जति औषधि उत्पादन यहि गर्न सक्छौ ।

औषधिलाई आत्मनिर्भर बनाउन के गर्नुपर्दछ ?

अहिले सवै जसो औषधि उद्योग नीजि रहेका छन् । सरकारका औषधि कम्पनीको रुपमा नेपाल औषधि लिमिटेड मात्र रहेको छ । सरकारले नीजि उद्योगको विकासमा प्रयोगशालाका निर्माण, उपकरण आयातलाई सहज र कच्चापदार्थ आयातमा सरकारले सहयोग गर्नुपर्दछ । त्यसमा सरकारी सहयोग आवश्यक रहेको छ । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन नीजि उद्योगले धेरै मिहनेत तथा कोसिस गरेता पनि सरकारको सहयोग विना उद्योगको विकास गर्न सकिदैन । तसर्थ सरकार र नीजि क्षेत्र मिल्यो भने औषधि उद्योगको विकासमा ठूलो योगदान गर्न सकिन्छ । किनभने वंगलादेश कुल ग्रार्हस्थ (जिडिपि) उत्पादनमा औषधि उद्योग तेस्रो स्थान रहेको छ । नेपाली औषधि उद्योगले पक्कै पनि मुलुकको अर्थतन्त्रमा योगदान गरिरहेको छ भन्ने कुरा सरकारले सोच्नुपर्दछ । र औषधि उद्योगको क्षमता विकासमा सरकारको सहयोग आवश्यक रहेको छ ।

नेपाली औषधि विदेश औषधिको तुलनामा गुणस्तर कस्तो छ ?

औषधि उद्योग औषधि व्यवस्था विभागको निगरानीमा हुने गर्दछन । हाम्रौ औषधिको बर्षको दुई पटक विश्व स्वास्थ्य संगठनको जिएमपी ९कुलश औषधि अभ्यास० अडिट हुने गर्दछ । हाम्रै पनि आफ्नै हरेक महिनामा एक पटक आन्तरिक अडिट हुन्छ । त्यसैले गुणस्तरको मामिलामा नेपाली औषधि उद्योग विदेशीको तुलनाभन्दा राम्रो छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार