गर्मीमा पुदिना खानुका फाइदा
हेल्थ टिभी अनलाइन : दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ४–५ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच हुँदैन। पेट फुल्ने वा अजीर्ण हुने समस्यामा पुदिनाको २ चम्चा रसमा अलिकति विरेनुन राखी मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ। अझ गर्मी महिनामा पुदिना खाँदा शितलता प्रदान गर्ने हुँदा निकै फाइदा हुन्छ । यसलाई पानी राखेर सर्वतका रुपमा खान सकिन्छ ।
पुदिनाको पात पानीमा पकाउने, पानी सुकेर रहेको चौथाइ मात्रालाई नियमित बिहान पिउँदा पेटको दुखाइमा आराम मिल्छ। पुदिनाको पात पानीमा पकाएर पिउँदा दम र खोकीमा फाइदा पुग्छ। घाँटी बढी खसखस भएर खोकी लागेमा पनि पुदिनाको रसले फाइदा पुग्छ। पुदिनाको ताजा वा सुकेको पात चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा औषधिजस्तै काम गर्छ भनिन्छ ।
कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पात राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ।
सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस भएको छ भने पुदिनाको पात माडेर केहीबेर सुँघाइदिँदा होश आउँछ। आधादेखि २ चम्चा पुदिनाको रस पानीमा मिसाई खान दिँदा ज्वरो घट्छ।
मुख सफा राख्न तथा दुर्गन्ध हटाउन पुदिनाले ठूलो सहयोग गर्छ। पुदिनाको पातलाई थोरै नुन राखेको पानीमा १० मिनेटजति उमालेर सेलाएपछि केहीबेर कुल्ला गर्नुपर्छ। यो प्रक्रिया दिनमा दुई पटक नियमित गर्दा केही समयमै फाइदा मिल्छ।
यति मात्र नभई सौन्दर्यका लागि पनि पुदिना उपयोगी छ। छालाको चाउरी हटाएर चम्किलो बनाउन, कपाल झर्नबाट रोक्न, चायाबाट जोगिन पनि यसको प्रयोग गर्न सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण