नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
हेल्थ टिभी अनलाइन : सरकारले नियमित खोप लगाउन छुटेका ५ वर्ष मूनिका बालबालिकालाई आज लगाउने भएको छ ।
देशभरका सरकारी स्वास्थ्य संस्थाबाटबाट आज खोप लगाउने कार्यक्रम रहेकाले आफना बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकलाई आग्रह गरेको छ ।
खोप लगाउन कुनै पनि बालबालिका नछुटुन भनेर सरकारले वैशाख महिनाभर खोप महिना घोषणा गर्दै आज देशभर छुट खोप दिन लागेको हो ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड