चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल
हेल्थ टिभी अनलाइन : राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकको विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन्।
मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को २३ औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति पौडेलले चिकित्सकको बढ्दो विदेशिने क्रम रोक्नलाई सम्बन्धित पक्षले बेलैमा उपयुक्त कदम चाल्नुपर्ने विषयमा जोड दिएका हुन्। उनले भने, ‘स्वास्थ्य सेवाम सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो। यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ भन्ने म ठान्दछु ।’
राष्ट्रपति पौडेलले आम नागरिकको स्वास्थ्य सेवामा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्न पनि सुझाब दिएका छन्।
‘





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड