सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
वरिष्ठ पत्रकार भारतदत्त कोइराला 'रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड' बाट सम्मानित
हेल्थ टिभी अनलाइन : हेल्थ टिभी अनलाइनकी प्रधान सम्पादक तथा स्वास्थ्य पत्रकार मञ्चकी पूर्व अध्यक्ष कल्पना आचार्यलाई रोटरी जर्नो अवार्डले पुरस्कृत गरिएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले हरेक वर्ष प्रदान गर्दै आएको अवार्डमध्ये यस वर्षको स्वास्थ्य विधामा आचार्य पुरस्कृत भएकी हुन्।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र मान शेरचन लगायतका पदाधिकारीले नगद ५१ हजार तथा कदरपत्रबाट उनलाई सम्मान गरे। स्वास्थ्य क्षेत्रमा रोगको रोकथाम र उपचारका क्षेत्रमा जनचेतना फैलाउन गरेको योगदानको कदर गर्दै आचार्यलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
यसैगरी पुरस्कार पाउनेहरुमा शिक्षातर्फबाट नारायण किलम्बु, आर्थिक तथा सामुदायिक विकासतर्फ पवन वर्षा शाह, पानी तथा सरसफाई विधातर्फ सागर परियार, मातृ तथा शिशु स्वास्थ्यतर्फ अनिता भेटवाल, शान्ति तथा द्धन्द रोकथामतर्फ उन्नती चौधरी र स्वतन्त्रतर्फबाट विकास रौनियार रहेका छन्।
यसैगरी ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रदान गरिएको छ । कोइरालाले नेपाली पत्रकारिता र मिडियाको विकासमा ६ दशकदेखि पुराउँदै आएको योगदानको उच्च मूल्याकंन गर्दै एक लाख पुरस्कार राशीसहितको उक्त रोटरी लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

वरिष्ठ पत्रकार नम्रता शर्माको अध्यक्षतामा गठित समितिले पुरस्कृतहरुको नाम छनौट गरेको थियो ।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य