Health TV Online
Health TV Online

गाेदानकाे चुनावमा भाग लिन माघ २९ भित्र सदस्यता

गाेदानकाे चुनावमा भाग लिन माघ २९ भित्र सदस्यता

काठमाडौं : सरकारी चिकित्सक संघ (गोदान) ले आसन्न निर्वाचनमा सहभागिताका लागि सदस्यता लिन माघ २९ गतेसम्मको म्याद तोकेको छ।

संघले शनिबार विज्ञप्ति निकालेर आसन्न निर्वाचनमा भाग लिनका लागि सदस्य बन्न माघ २९ म्याद रहेको बताएको हो।

प्रमुख निर्वाचन अधिकृत डा. रुद्रप्रसाद मरासिनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनलाई अझ बढी व्यवस्थित र निष्पक्ष बनाउन दुई निर्वाचन अधिकृत तोकिएको उल्लेख छ।

डा. पवनकुमार हमाल र डा टेकेन्द्र चौलागाईँलाई निर्वाचन अधिकृत नियुक्त गरिएको संघले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

जाडाेमा आगाे ताप्नुहुन्छ, अपनाउनुस् सावधानी, नत्र ज्यानै जान सक्छ

जाडाेमा आगाे ताप्नुहुन्छ, अपनाउनुस् सावधानी, नत्र ज्यानै जान सक्छ

जाडोको समयमा आगोले पोल्ने वा शरीर नै जल्ने घटना अत्यधिक हुन्छ। यसबाट बच्न र प्राथमिक उपचारका लागि ध्यान दिनुपर्ने कुराहरू–

न्यानो रहन बाक्ला लुगा लगाउने र ओढ्ने गर्नुस्। जाडाेमा आगो ताप्नै परे नजिक नबस्नुस्। आगो ताप्ने क्रममा खुकुलो लुगा नलगाउनुस्। बच्चा नबोक्नुस्। आगो बाल्दा मट्टितेल, पेट्रोल आदि नखन्याउनुस्।

फोहोर र प्लाष्टिक कागज आदि पदार्थलाई  उचित तरिकाले विसर्जन गर्नुस्। यी वस्तु पोल्दा वा डढाउँदा प्रदूषण हुने मात्र नभई पोल्न पनि सक्छ। आगो, तातोपानी र अन्य तातो पदार्थबाट बच्चाहरूलाई टाढै राख्नुस्।

भुईँभन्दा अग्लो तहमा खाना पकाउने गर्नुस्। खाना पकाउँदा बच्चा नबोक्नुस्। कपाल र कपडा सपक्क बाँध्नुस्। छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेरिकटनको कपडा नलगाउनुस्।

काम सकिएपछि आगो तुरुन्तै निभाउनुस्। ग्यास चुलो, पाइप र सिलिण्डरको नियमित जाँच गर्ने अनि काम सकिए पछि रेगुलेटर बन्द गर्न कहिल्यै नभुल्नुस्।

ग्यास चुहावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गरिहाल्नुस्। ग्यास लिक हुँदा सलाई, बिजुली, टर्च, फोन प्रयोग गर्दा विस्फोट हुनसक्ने हुँदा यसो नगर्नुस्।

हावा राम्ररी आवतजावत नहुने  बन्द कोठामा गिजर, हिटर चलाउँदा निसास्सिएर ज्यानै जानसक्ने हुँदा यसो नगर्नुस्। हिटर निभाएर मात्र सुत्ने गर्नुहाेस्।

आगोले पोलिहाले

आत्तएिर दौडिनु हुँदैन। यस्तो अवस्थामा रोकिनुहोस्, भुईँमा लड्नुहोस्। अनि लडिबुडी गरेर जिउमा लागेको आगो निभाउनुहोस्। यसरी ननिभे बाक्लो कम्बल वा सिरकले छोपेर निभाउन सकिन्छ।

आगो निभेपछि लुगा, घडी र गहनाहरू फुकाल्नुस्। त्यस पछि घाउलाई धाराको पानीमा कम्तीमा आधा घण्टा धुनुस्।

घाउलाई सफा कपडाले छोपेर नजिकको अस्पतालमा तुरुन्तै जानुस्। अस्पताल टाढा भएमा बाटोमा प्रशस्त नुन, चिनी, पानी वा जीवनजल सेवन गर्दै जानुस्।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

रूपन्देहीमा ५८ प्रतिशत महिलाले गराए असुरक्षित गर्भपतन

रूपन्देहीमा ५८ प्रतिशत महिलाले गराए असुरक्षित गर्भपतन

रूपन्देही : जिल्लामा ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गर्ने गरेको एक तथ्याङ्कले देखाएकाे छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य क्षेत्रमा कार्यरत आइपास नेपालले यस्ताे तथ्यांक सार्वजनिक गरेकाे हाे।

महिलाको स्वेच्छामा सुरक्षित स्वास्थ्य संस्थामा मात्र गर्भपतन गर्नुपर्ने प्रावधान भए पनि चेतना कमीका कारण असुरक्षित गर्भपतन गराउनेको संख्या कमी हुन नसकेको आइपास नेपालका प्रतिनिधि लक्ष्मण केसीले बताए। कतिपयले लाज र समाजमा अपहेलनामा पर्ने डरले असुरक्षित गर्भपतन गराउने गरेका छन्।

सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा पाइन्छ भन्ने जानकारीसमेत धेरैलाई छैन। ४१ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्रै गर्भपतनले कानूनी मान्यता पाएको ज्ञान भएको केसीले जानकारी दिए।

गर्भपतन गराउनेमध्ये २० वर्षमुनिका ११.९८ प्रतिशत छन् भने २० वर्षमाथिका ८८.०२ प्रतिशत छन्। परिवार नियोजनका साधन प्रयोग गर्दा असर गर्छ भन्ने भ्रमका कारण अनिच्छित गर्भ रहने कारण गर्भपतन गराउनेको संख्या बढेकाव गएको महिला कानून र विकास मञ्चका प्रदेश संयोजक नरेन्द्र बस्यालको भनाइ छ ।

‘असुरक्षित गर्भपतन घटाउन निःशुल्क सेवामा मात्रै लगानी गरेर पुग्दैन’,  उनले भने,  ‘गर्भपतनबारे विद्यालय, घर र समुदायलाई नै सचेत गराउनुपर्छ।’ गर्भपतनले कानूनी मान्यता पाइसकेको र यो निःशुल्क छ भन्नेबारे ग्रामीण भेग तथा शहरका शिक्षित महिला तथा किशोरी पनि जानकार नभएकाले सचेतनाका कार्यक्रम बढाउनुपर्ने सुझाव उनले दिए।

आइपास नेपालको तथ्यांकअनुसार प्रदेश ५ मा आर्थिक वर्ष ०७५\७६ मा १७ हजार ३१२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। अघिल्लो वर्ष यो संख्या १८ हजार ७६३ थियो। यो आवमा दुई हजार ६२८ ले असुरक्षित गर्भपतन गराएका कारण समस्या देखिएपछि अस्पतालमा थप सेवा लिएका थिए। अघिल्लो वर्ष यो संख्या तीन हजार ३०६ थियो ।

प्रदेशमा सुरक्षित गर्भपतन गराए पनि थप समस्या देखिएका कारण यो वर्ष एक हजार ८५५ ले उपचार गराएका थिए। अघिल्लो वर्ष ०७४\७५ मा दुई हजार ८८ ले उपचार गराएका थिए। प्रदेश ५ मा २६४ संस्था सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

नमुना स्वास्थ्य केन्द्र चिकित्सकविहीन, जाँच नहुँदा चार शव अलपत्र

नमुना स्वास्थ्य केन्द्र चिकित्सकविहीन, जाँच नहुँदा चार शव अलपत्र

बाजुरा : पूर्वीउत्तरी क्षेत्रको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ। चिकित्सक गणेश चौधरी समायोजन भएर अन्यत्रै गएपछि स्वास्थ्य केन्द्र चार महिनादेख्रि चिकित्सकविहीन बनेको हो। चिकित्सक नहुँदा अहिले स्थानीयवासीले ठूलो सास्ती खेप्नुपरेको छ।

हिमाली गाउँपालिका–७ बाधुको कालापडा भिरबाट सडक दुर्घटना हुँदा मृत्यु भएकाको शव स्वास्थ्य केन्द्रमा राखिएको चार दिन भएको छ। मृतकका परिवार  चिकित्सकको पर्खाइमा रहेका छन्। शव परीक्षण हुन सकेको छैन। कालापडा भिरबाट कर्णाली नदीमा बिहीबार जिप खस्दा चार जनाको मृत्यु भएको थियो।

जिल्लाकै स्वास्थ्य केन्द्रमा आफन्त चार दिनदेखि शव कुरिरहेका छन्। शव सड्ने अवस्था पुगिसकेका छन्। नागरिक अगुवा जनेश भण्डारीले भने, ‘कोल्टीमा चिकित्सक भएको भए बिहीबार नै शव परीक्षण गरेर आफन्तले काजकिरीया शुरु गरिसक्थे। आजसम्म शव कुरिरहनु पर्दैनथ्यो। ‘

चिकित्सक नहुँदा बाजुराका उत्तरी क्षेत्रका चार स्थानीय तह र छिमेकी जिल्ला हुम्ला, कालिकोट र मुगुका जनतालाई सास्ती भएको छ। स्वास्थ्य सस्थामा दैनिक ८० बिरामी उपचारमा आउने गरेका छन्। चिकित्सक नभएकै कारण नेपालगञ्ज, मार्तडी सिफारिश गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

बूढीनन्दा नगरपालिका–१ का बडा अध्यक्ष नृपराज खत्री नमुना स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि हवाइजहाजकाे महंगाे भाडा तिरेर नेपालगञ्ज जानुपर्ने बिडम्बना रहेको बताउँछन्। वर्षाले मार्तडी कोल्टी अवरुद्ध हुँदा समदरमुकाम मार्तडीलगायत अन्य ठाउँमा लैजान पनि समस्या भएको छ । बाजुराको हुम्ला, मुगु र कालिकोटका ५० हजार सर्वसाधारणलाई स्वास्थ्य केन्द्रले सेवा दिँदै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

विपन्नका लागि ग्राण्डीमा ४० शय्या

विपन्नका लागि ग्राण्डीमा ४० शय्या

काठमाडौं : टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विपन्न व्यक्तिहरूलाई नि:शुल्क स्वास्थ्यसेवा दिन ४० श्ययो व्यवस्था गर्ने भएको छ ।

अस्पतालको सातौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अस्पतालले सिद्धार्थ वार्ड स्थापना गरेर ४० शयाबाट निःशुल्क सेवा दिने बताएको हो।

अस्पतालका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले ग्राण्डी अस्पतालले गरिब नागरिकलाई सेवा दिने उद्देश्यले ४० श्यया निःशुल्क गर्न लागेको जानकारी दिए। ‘ग्राण्डी अस्पताल धनी व्यक्तिले उपचार गर्ने अस्पताल हो भन्ने आम मानिसको बुझाइ छ’, उनले भने, ‘यसलाई चिर्न लागि पनि हामीले ४० शय्या निःशुल्क गर्न लागेको हौँ।’

अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले सात वर्षको अवधिमा अस्पतालले चार हजारभन्दा बढी विशेष, आठ लाखभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपीडी) सेवा दिएको बताए। ५० हजार अन्तरङ्ग बिरामी, ३० हजार सर्जरी, ४१ हजार आकस्मिक सेवा र तीन हजारको हेलिकोप्टरमार्फत उद्धार गरी स्वास्थ्यसेवा प्रदान गरेको उनले जानकारी दिए।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अस्पताललाई चाहिने सहयोग गर्ने आश्वासन दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

निःशुल्क आँखा शिविरमा २९७ ले लिए सेवा

निःशुल्क आँखा शिविरमा २९७ ले लिए सेवा

कास्की : माच्छापुच्छ्रे  गाउँपालिका–२ सार्दिखोलामा आयोजित निःशुल्क आँखा शिविरमा २९७ जना लाभान्वित भएका छन्।

रमाकान्त\निर्मला फाउण्डेशनको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा भएको शिविरमा सार्दिखोला, चौर, खाँदरजुङ, घलेखर्क, च्याङलुङ, नेप्राङ तथा छिमेकी वडाका स्थानीय बासिन्दाले सेवा लिएका हुन्।

अस्पतालका स्वास्थ्यकर्मीले शिविरमा सहभागीको आँखा परीक्षण गरी औषधि तथा चस्मा वितरण गरे। परीक्षणमा आएकामध्ये सात जनामा मोतीविन्दु देखिएकाले शल्यक्रियाका लागि आँखा अस्पताल रेफर गरिएको छ। शिविरमा सहभागीलाई आँखा अस्पतालमा समेत शल्यक्रियाका लागि कुनै शुल्क नलाग्ने बताइएको छ।

हिमालयआँखा अस्पतालका प्रबन्ध निर्देशक डा. इन्द्रमान महर्जनले मानव जीवनका लागि आँखा सबैभन्दा संवेदनशील अंग भएकाले यसको बढी ख्याल गर्न सल्लाह दिए।

आँखाका बिरामीलाई सहज र पायकपर्ने स्थानमै सेवा प्रदान गर्नका लागि अस्पतालले वर्षमा १०० भन्दा बढी स्थानमा सहकार्यमा शिविर राख्ने गरेको उनले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

स्वास्थ्य नीति चाँडै : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य नीति चाँडै : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौ‌ं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य नीति चाँडो ल्याउने तयारी भइरहेको बताएका छन्।

काठमाडौँ महानगरपालिका–१४ स्थित ग्रिनलन्स एकेडमीको २६ औँ वार्षिकोत्सवमा उनले विद्यालय आसपास सुर्ती तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाइने नियमसहितको स्वास्थ्य नीति ल्याउने बताए।

मन्त्री ढकालले लामो अध्ययनपछि हालै ल्याइएको शिक्षा नीतिमा विद्यालयलाई क्षमतावान् बनाउन प्राथमिकता दिएको दाबी गरे।

‘निजी विद्यालयलाई प्रोत्साहन गरी सरकारी विद्यालयलाई प्रतिस्पर्धात्मक बनाउने तयारी सरकारले गर्दैछ’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिमुक्त बनाउनुपर्छ : मुख्यमन्त्री शाही

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिमुक्त बनाउनुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विज्ञान प्रतिष्ठानलाई राजनीतिमुक्त गर्नुपर्ने बताएका छन्।

नवनियुक्त  शिक्षाअध्यक्ष प्रा. डा.निरेश थापा र निर्देशक प्रा. डा.मंगल रावलसँग भेट गरी उनले प्रतिष्ठानले प्रदेशभर सेवा विस्तार गरी प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए। उनले प्रदेश सरकारले प्रतिष्ठानको विकासमा समन्वय, सहजीकरण र आवश्यकतामा सहयोग गर्ने आश्वासनसमेत दिए।

शिक्षाध्यक्ष डा.थापाले प्रतिष्ठानको शैक्षिक क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने बताए। निर्देशक डा.रावलले प्रतिष्ठानको विकासबाट कर्णालीको विद्यमान स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउने विश्वास व्यक्त गरे।

प्रतिष्ठानको पुस १४ सातौँ सिनेट बैठकले शैक्षिक कार्यक्रमहरु एमबीबिएस, एमडीजीपी जनरल प्राक्टिक्स, एमएस अर्थोपेडिक्स, एमडी इन एनेस्थियोलोजी, एमडी एण्ड पेड्रियाडिक्स, एमडी गाईनोकोलोजी, एमएसी ईपिडिमियोलोजी, ब्याचलर इन न्यूट्रिसन र फार्मेसी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

यसकारण हुन्छ थाइराइडको समस्या, सामान्य लक्षणमै गराउनुस् उपचार

यसकारण हुन्छ थाइराइडको समस्या, सामान्य लक्षणमै गराउनुस् उपचार

दुई तीन दशकयता मानिसहरूमा थाइराइडको समस्या बढी देखिन थालेको छ। यो समस्या पुरुषहरूको दाँजोमा महिलाहरूमा बढी देखिएको छ। थाइराइड समस्या  स्वास्थ्य क्षेत्रमा र समाजमा नै एउटा ठूलो समस्याको रूपमा देखिएको छ। त्यसैले थाइराइड के हो, कस्ता किसिमका समस्या हुन्छन्, यसबाट बच्ने उपाय र उपचारको बारेमा जानकारी राख्न आवश्यक छ।

हाम्रो शरीरमा हुने विभिन्न ग्रन्थीमध्ये एउटा ग्रन्थी थाइराइड हो। यो घाँटीमा श्वासनलीको अगाडि र रुद्रघण्टीको मुनि हुन्छ। यसले थाइराइड हर्मोन टी ३ र टी ४ उत्पादन गर्छ। रगतको माध्यम हुँदै यी हर्मोन सम्पूर्ण शरीरमा भ्रमण गर्छन्। यसले शरीमा उर्जा उत्पादन गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भने हरेक कोष तन्तुहरूलाई स्वस्थ्य राखी तिनीहरूको विकास र सञ्चालनमा लागि पनि मद्दत गर्छ।

मुख्यतः थाइराइडको काम गर्ने क्षमतामा कमी भए वा हर्मोनको उत्पादनमा कमी भएमा हाइपो थायराडिज्म र बढी भएमा हाइपर थायराडिज्म हुन्छ।

यी हर्मोनहरू कति उत्पादन गर्ने भनेर मस्तिष्कमा रहेको अर्को ग्रन्थी (पिट्युटरी) मा उत्पादन हुने ‘थाइराइड स्टिमुलेटिङ हर्मोन’ले निर्धारण गर्नमा प्रशस्त मात्रामा आयोडिनको आवश्यकता पर्दछ। यी हर्मोन बन्ने बनाउने प्रक्रिया सामान्य रहेमा मात्र हामी स्वस्थ अनुभव गर्न सक्छौँ। यदि यी हर्मोनहरूमा केही मात्र तलमाथि भएमा पनि  थाइराइडसम्बन्धी समस्या देखिन सक्छ। मुख्यतः थाइराइडको काम गर्ने क्षमतामा कमी भए वा हर्मोनको उत्पादनमा कमी भएमा हाइपो थायराडिज्म र बढी भएमा हाइपर थायराडिज्म हुन्छ।

हाइपो थायराडिज्मका लक्षण

तौल बढ्दै जाने

चिसो सहन नसक्ने

कमजोरी अनुभव हुने

छाला सुख्खा हुने

अल्छी बढी लाग्ने अथवा आलस्य हुने

डिप्रेसनका लक्षण देखिने

दिसा कब्जियत हुने

महिनावारी अनियमित हुँदै जाने

हात खुटा सुन्निने आदि।

हाइपर थायराडिज्मका लक्षण

खाना रुचि बढे पनि तोल घट्दै जाने

गर्मी सहन नसक्ने

मुटुको धड्कन बढ्दै जाने

चिडचिडाहट हुने

पसिना धेरै आउने

हातहरू काँप्ने

निद्रा नलाग्ने

दिसा बढी लाग्ने

गर्भाधानमा समस्या देखिने

आँखा बाहिर निस्कने तथा ठूलो देखिने आदि।

लक्षणका रूपमा सामान्यतया यी कुराहरू देखिँदै जान्छन्। सामान्य लक्षणहरू देखिनासाथ चिकित्सकसँग सल्लाह लिइहाल्नुपर्छ। यसले स्वास्थ्यमा जटिल समस्या निम्तिन दिँदैन।

थाइराइडको समस्या भएका बिरामीहरूमा धेरै लक्षण नदेखिन पनि सक्छ। त्यसैले कुनै समस्या देखिनासाथ चिकित्सकको सल्लाहमा रगत जाँच गरी टी ३, टी ४ र टी ५ को मात्रा हेरेर कस्तो खालको थाइराइडको समस्या हो भनेर पत्ता लगाउन सकिन्छ। साथै शारीरीक जाँच, घाँटीको अल्ट्रासाउण्ड र बायोप्सी आदिबाट पनि थााइराइड ग्रन्थीको रोग पत्ता लगाई उपचार गर्न सकिन्छ।

पारिवारिक रुपमा यस्तै समस्या भएका व्यक्ति छन् भने हुने सम्भावना बढी हुन्छ। त्यस्तै महिलाहरूमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा र सधै मानसिक तनावमा रहने व्यक्तिमा बढी हुन्छ। अझै पनि ग्रामीण भेगका बासिन्दाहरूले ढिके नुन प्रयोग गर्ने भएकाले उनीहरूमा आयोडिनको कमी भई गलगाँड आउने गरेको पाइन्छ। यस्तो अवस्थामा पनि हाइपोथायराडिज्म हुन्छ। साथै उमेर बढ्दै जाँदा हुने मधुमेह बाथ मुटु रोग आदिका बिरामीमा पनि थाइराइड देख्न सकिन्छ।

शरीरमा थाइराइड हर्मोनहरू सन्तुलनमा ल्याउनु नै यसको चिकित्साको मुख्य उदेश्य हो। त्यसैले चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा हर्मोन सन्तुलनमा ल्याउने औषधिको सेवन गरेर हाइपर र हाइपोथायराडिज्मको उपचार गर्नुपर्छ।

यसबाट सुरक्षित रहन जोखिम समूहका व्यक्तिहरूले समय समयमा रगत परीक्षण गराइरहनु पर्दछ । साथै आयोडिनयुक्त नुनको प्रयोग हरियो सागसब्जी तथा फलफूल सन्तुलित रूपमा गर्नुपर्छ। धूमपान–मदिरापान नगर्ने, चिया कफी धेरै नखाने, नियमित शारीरिक व्यायाम गर्ने, दिनहुँ योगाभ्यास गर्ने गर्दा यसले सम्पूर्ण शारीरिक अंग मन र मस्तिष्कलाई समेत स्वस्थ र स्वच्छ राखी निरोगी बनाउन मद्दत गर्छ।

विशेषगरी थाइराइडका बिरामीहरूका लागि यस्ता योगाभ्यास छन्, ती गर्ने गरेमा थाइराइड रोगबाट बच्न र त्यसलाई कम गर्न मद्दत पुग्छ। प्राणायाम, अनुलोम–विलोम, भ्रामरी र उज्जयी बढी उपयोगी छन्। हाइपोथायराडिज्ममा शीतली र शीतकारी प्राणायाम गर्दा अझ राम्रो हुन्छ। आसनहरूमा सर्वासन, शीर्षासन हलासन र सि‌ंहासन आदिले बढी फाइदा हुन्छ।

हिजोआज मानिसहरूमा स्वास्थ्यसम्बन्धी सचेतना बढेकोले र विशेषगरी शहरी क्षेत्रहरूमा स्वास्थ्य सेवा सर्वसुलभ उपलब्ध हुने भएकोले यस्ता ठाउँमा थाइराइड समस्या पहिचान गर्न सजिलो भएको छ। यद्यपि हाम्रो देशमा यस्ता ठाउँहरू प्रशस्त छन् जहाँ न्यूनतम सेवाहरू पनि उपलब्ध हुन सकेको छैन। त्यसैले जनमानसमा पुग्नेगरी जानकारीमूलक कार्यक्रम गर्न जरुरी छ।

डा‍. वर्षा हाडा, जनरल फिजिसियन, नेचर केयर हस्पिटल

आरोग्य सन्देश पुस्तकबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

चिसोमा बालबालिकालाई कसरी जोगाउने?

चिसोमा बालबालिकालाई कसरी जोगाउने?

काठमाडौं : चिसो बढेसँगै अस्पताल तथा स्वास्थ्यचौकीमा बिरामीको घुइँचो बढेको छ। चिसाेमा विशेषगरी बालबालिका बढी प्रभावित हुन्छन्।

बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडाबान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सक सुझाव दिन्छन्। विशेषगरी पाँच वर्षभन्दा कम उमेरकालाई रुघाखोकी र निमोनिया हुनसक्ने पाटन अस्पतालका बाल विशेषज्ञ डा. भीष्म पोखरेल बताउँछन्।

‘पहिल्यैदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ। पाटन अस्पतालमा भर्ना भएका बालबालिकामा निमोनिया, रुघाखोकी र झाडाबान्ताको बढी समस्या देखिन्छ’, उनी भन्छन्। उनका अनुसार घरमा कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई परै राख्नुपर्छ। भीडभाडमा पनि लैजान हुँदैन।चिसोमा ‘रोटा भाइरस’ ले ‘भाइरल डाइरिया’ पनि गराउन सक्छ।

डा. पोखरेलले बालबालिकालाई न्यानो पारेर राख्न र उमेर अनुसारको नियमित खोप लगाउन आग्रह गरे। उनले दम र कुपोषण हुने बालबालिकाका लागि फ्लुको खोप लगाउनुपर्ने बताए। बालबालिकालाई दुई वर्षसम्म आमाको दूध नियमित खुवाउन तथा पोषणयुक्त खाना दिँदा पनि उनीहरूमा रोग प्रतिरोधात्मक शक्ति बढ्छ।

बाल सर्जन डा. दिनेश कोइराला बालबालिकालाई चिसोमा टाउको दुख्न सक्ने भएकाले जोगाउन सल्लाह दिन्छन्। बाहिर हिँडाउँदा बालबालिकाहरूलाई शरीर पूरै छोप्ने लुगा लगाइदिन उनले सुझाव दिए। ‘चिसोमा बालबालिकालाई रुघाखोकी लागेमा तुरुन्त चिकित्सककोमा लैजानुपर्छ। चिसोले श्वासप्रश्वासमा असर र पेट दुख्न सक्छ। आन्द्रामा असर गर्न सक्छ’, उनले भने।

डा. दिनेश कोइरालाले ज्येष्ठ नागरिकलाई पनि स्वास्थ्यमा ख्याल गर्न सुझाव दिँदै चिसो खाने कुरा नखान र तातो खान सिफारिस गरे। अन्य कुनै रोग भएकाले ज्येष्ठ नागरिकलाई चिसोले थप रोग लाग्नसक्ने र दम बिग्रिएमा निमोनिया हुने उनको भनाइ छ। छालामा बोसो कम हुने हुँदा चिसोले उनीहरूलाई चाँडै समाउने उनले बताए।

जाडोमा धेरै आगो वा हिटरले बढी सेकाउँदा बालबालिकाहरू खेलेर आलो वा हिटरमा पर्नसक्नेमा सचेत हुनुपर्छ। घरका झ्याल ढोका थुनेर आगो बाल्दा  कोठामा अक्सिजन कम भई मानिसको मृत्यु हुनसक्नेमा सचेत रहनुपर्ने चिकित्सकको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

बिरामी अस्पताल लैजान एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी?

बिरामी अस्पताल लैजान एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी?

तम्घास : गाउँका कोही बिरामी परे कि त भाडाकै गाडी खोज्नुपर्छ, कि त शान्तिपुरबाट एम्बुलेन्स मगाउनुपर्छ। नियमित चल्ने सवारीसाधनमा अक्सिजन हुँदैन। शान्तिपुरबाट एम्बुलेन्स आउन डेढ घण्टा कुर्नुपर्छ, जसले गर्दा बिरामीहरूलाई निकै समस्या पर्छ।

यो समस्या गुल्मीको सत्यवती गाउँपालिकाका नागरिकले खेप्दै आएका छन्। स्थानीय तहको निर्वाचन भएको तीन तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको दुई वर्ष भइसक्दा पनि जनप्रतिनिधिले आफ्ना नागरिकका लागि एम्बुलेन्स खरिद गर्न सकेका छैनन्।

सत्यवती गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सातवटा स्वास्थ्य चौकी र छ वटा सामुदायिक स्वास्थ्य केन्द्र गरी १४ स्वास्थ्य संस्था छन्। तर तीमध्ये कुनैमा पनि एम्बुलेन्स नभएको गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्यबहादुर रानाले बताए। कोही बिरामी परे गाडीमा बढी भाडा तिरेर पठाउनुपर्ने बाध्यता रहेको उनले सुनाए। अधिकांश बिरामी स्थानीय गाडीमा जाने र अत्यावश्यक परे मजुवा तथा शान्तिपुरबाट एम्बुलेन्स बोलाउने गरिएको उनले जानकारी दिए।

जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र जिल्लाकै उत्कृष्ट स्वास्थ्य केन्द्रअन्तर्गत पर्दछ । जिल्लामै पहिलो पटक सर्पदंशको जाँच तथा डेङ्युको परीक्षण जुहाङ्गमा हुन्छ । त्यसका साथै ५८ प्रकारका निःशुल्क र अन्य सःशुल्क गरी झण्डै ८० प्रकारका सेवा केन्द्रले प्रदान गर्छ तर हालसम्म पनि ‘संस्थाको एम्बुलेन्स नहुँदा सेवा प्रवाहमा कठिनाइ छ। ‘गाउँपालिका र मन्त्रालयमा धेरै पटक धाएँ, तर उपलब्धि छैन’,केन्द्रकी प्रमुख डा. शिला ढकालले भनिन्, ‘गाउँबाट केन्द्रसम्म ल्याउने र यहाँबाट रिफर गर्नुपर्ने बिरामीलाई निकै समस्याछ।’

सत्यवती गाउँपालिकाले गत आर्थिक वर्षमा लु १ झ ४३९ नम्बरको डबल क्यापसहितको स्कार्पियो किन्यो।  ४० लाख एक हजार १७२ रुपैयाँमा किनेको एसीसहितको स्कार्पियोमा गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललगायत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले रजाइँ गर्छन् तर जनताको करबाट नेतालाई गाडी किन्दा नागरिकलाई भने एम्बुलेन्ससम्म पनि खरिद गरिएको छैन।

यस सम्बन्धमा गाउँपालिका अध्यक्ष ढकालले गत वर्ष एम्बुलेन्सको लागि गाउँपालिकाले १२ लाख छुट्याए पनि महेन्द्र कम्पनीको एम्बुलेन्स बन्द भएको कारण ल्याउन नपाएको बताए । यो वर्ष प्रदेश सरकारले पनि सहयोग गर्ने आश्वासन दिएकोले एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले छ लाख रुपैयाँ विनियोजन गरेको ढकालले दाबी गरे।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

बोनम्यारो पीडित बालिकालाई रकम सहयोग

बोनम्यारो पीडित बालिकालाई रकम सहयोग

स्याङ्जा : बोनम्यारोको समस्याबाट पीडित यहाँकी एक बालिकाको उपचारार्थ नेपाल मगर संघ गल्याङले छ लाख ४० हजार रकम सहयोग गरेको छ।

गल्याङ नगरपालिका– ३ बस्दै आएकी १६ वर्षीया विमला राना चार वर्षदेखि बोनम्यारो रोगबाट पीडित छिन्।

उनको उपचारमा सहयोग गर्न रकम संकलन गरी हस्तान्तरण गरिएको संघ अध्यक्ष कुमार रानाले जानकारी दिए। ‘जीवन मरणको दोसाँधमा रहेकी १६ वर्षीया बालिकाको उपचारमा सहयोग गरी पुनर्जीवन दिने उद्देश्यले ‘विमला रानाको जीवन बचाऔँ अभियान’मार्फत रकम सङ्कलन गरेका हौँ’, उनले भने।

बालिकाकी आमा कुमारी रानाले छोरीको उपचारमा अस्पताल धाउँदा धाउँदा पैसा सकिएपछि सहयोगका लागि विभिन्न ठाउँमा आग्रह गरेको बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

विषादी प्रयोगमुक्त सप्ताह हुने

बन्दाले कसरी क्यान्सर रोकथाम गर्न सक्छ?

बन्दाले कसरी क्यान्सर रोकथाम गर्न सक्छ?

वैज्ञानिकहरूले आन्द्राको क्यान्सरको जोखिम घटाउने गुण भएका केही सागपातहरूको पहिचान भएको बताएका छन्। तिनमा बन्दा र ब्रोकाउली पनि छन्।

‘क्रुसिफेरी’ वर्गका ती वनस्पति खाँदा पेटलाई फाइदा हुन्छ। तर त्यसको विस्तृत कारण भने त्यति स्पष्ट भइसकेको छैन।

फ्रान्सिस क्रिक इन्स्टिट्युटका वैज्ञानिकहरूले ती सागपात पचेपछि पेटमा क्यान्सर प्रतिरोधी रसायन बनेको प्रमाण भेटेका छन्।

क्यान्सर रिसर्च यूकेले धेरै सागपात खानु पर्नाका पर्याप्त कारणहरू रहेको बताएको छ।

यो अनुसन्धानले मुसा र प्रयोगशालामा विकसित आन्द्राको अध्ययन गरेर कसरी सागपातले आन्द्राको भित्री सतहलाई फेरिदिन्छ भनेर हेरेको थियो।

आन्द्राको सतह पनि छालाजस्तै निरन्तर रूपमा बनिराख्छ। यो प्रक्रियाका लागि चारदेखि पाँच दिन लाग्छ।

तर यो निरन्तर भइराख्ने प्रक्रिया नियन्त्रित हुनुपर्छ। नत्र यसले क्यान्सर वा आन्द्रामा ‘इन्फ्लमेसन’ अर्थात् शूल हुनसक्छ।

‘इम्युनिटी’ जर्नलमा प्रकाशित सो अनुसन्धानबारेको लेखमा उपर्युक्त सागपातमा भएका रासायनिक तत्त्वहरू महत्त्वपूर्ण रहेको उल्लिखित छ।

भान्सादेखि क्यान्सर रोकथामसम्म

यी सागपात चबाउँदा बन्ने इन्डोल–३ कार्बिनल नाम गरेको रसायनबारे अनुसन्धानकर्ताहरूले अध्ययन गरे। अनुसन्धानकर्ता डा. गिटा स्टकिङ्गर भन्छिन्, ‘सागपात धेरै नपाकोस्, ब्रोकोली ढाडिएको नहोस् भनेर हेक्का राख्नुपर्छ।’

पाचनप्रणालीभित्र यात्रा गर्दै जाँदा यो रसायन पेटमा हुने अम्लसँग मिसिएर परिवर्तित हुन्छ।

तल्लो आन्द्रामा यसले आन्द्राको सतह पुनरुत्पादन गर्ने ‘स्टेम सेल’ र शूल नियन्त्रण गर्ने ‘इम्युन सेल’हरूको गतिविधिलाई फेरिदिन सक्छ।

अनुसन्धानले इन्डोल–३ कार्बिनल प्रचर मात्रामा हुने खानेकुराले आनुवंशिक कारणले उच्च जोखिम भएका मुसालाई पनि क्यान्सरबाट जोगाएको अनुसन्धानले देखाएको छ।

स्टकिङ्गर भन्छिन्, ‘मुसाहरूमा ऐँजेरु बन्न थालेपछि हामीले उपयुक्त खाना दिन थाल्यौँ। त्यसले ऐँजेरुको वृद्धिलाई रोकिदियो।’

स्टकिङ्गरका अनुसार सो अनुसन्धानबाट पत्ता लागेको कुरा ‘आशाप्रद’ छ। आफूले मासु खान घटाएर धेरै सागसब्जी खान थालेको उनी बताउँछिन्।

‘यो अध्ययनबाट यो प्रणालीले कसरी काम गर्छ भन्नेबारे रासायनिक विधि थाहा भएको छ’, उनले भनिन्।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

पुरूषलाई मात्र हुने क्यान्सर

पुरूषलाई मात्र हुने क्यान्सर

मुख फोक्सो, प्रोस्टेट पेट आन्द्रा र छालाको क्यान्सर पुरुषहरुमा हुने क्यान्सर हुन्। मुखको ल्युकोप्लाकिया हुनुभन्दा अगाडिको अवस्था हो। यी क्यान्सरहरूको जोखिम बढ्दो उमेरसँगै बढ्छ।

क्यान्सर हुने प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। फोक्सोको क्यान्सर प्रायजसो धूमपान गर्नेहरूलाई हुन्छ। त्यसैगरी स्वरयन्त्र खानेनली मृगौला मूत्रथैली र पेटको क्यान्सर हुने जोखिम पनि धूमपानसँगै बढ्छ।

सुर्तीजन्य पदार्थ चपाउनु पनि उत्तिकै हानिकारक हुन्छ। यो मुखको क्यान्सर निम्त्याउने प्रमुख कारक तत्त्व हो। त्यस्तैगरी वातावरणीय र आन्तरिक वायु प्रदूषण, कलकारखानाबाट हुने प्रदूषण र अरुले गरेको चुराेट, बिँडी र तमाखुको धुवाँले पनि क्यान्सर हुन सक्ने जोखिमलाई बढाउँछ।

अस्वस्थकर खानपिन गर्ने बानी जस्तै बोसोयुक्त खाना खाने बानी आदिले विभिन्न किसिमको क्यान्सर हुने जोखिम बढाउँछ।

यीमध्ये कुनै लक्षण देखिए तुरुन्तै चिकित्सककहाँ  जानुस्–

मुखमा कुनै घाउ वा सुजन हुनु

घाँटीमा ग्लान आउनु

खोक्दा रगत आउनु

दिसा गने बानीमा परिवर्तन आउनु

खान मन नलाग्नु र तौल घट्नु

समयमै क्यान्सर रोगको जाँच गर्नाले यसको चाँडो पहिचान गरी राम्रो किसिमले उपचार गर्न मद्दत गर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

जाडाेमा घिउ खाँदा हुने फाइदा

जाडाेमा घिउ खाँदा हुने फाइदा

घिउ पौष्टिक पदार्थ हो। अझ जाडोमा यसको छुट्टै महत्त्व छ। भात, तरकारी, दालरोटी र परौठा बनाउनका लागि यसको प्रयोग गर्न सकिन्छ।

शुद्ध जातका गाईभैँसीका मिसावट नभएको घिउले मानिसलाई बल प्रदान गर्नुका साथै आरोग्य र दीर्घायु प्राप्त हुन्छ।

यी हुन् घिउका फाइदा–

घिउले छाला स्वस्थ राख्नुको साथै स्मरणशक्ति बढाउन सकारात्मक भूमिका खेल्छ ।

घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ।

कब्जियतका बिरामीलाई घिउ सेवन निकै फाइदाजनक हुन्छ।

यसले छालामा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ, जसले  हिँडडुल गर्न सहजता मिल्छ ।

यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउँछ।

शुद्ध घिउ सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोग पुग्छ।

घिउले शरीरलाई चंगा बनाउन मद्दत गर्नुका साथै आरामदायी निद्रामा सहयोग पुर्याउँछ ।

थप समाचार

‘बिरामीको सेवामा लाग्न पाउँदा आनन्द अनुभूति हुन्छ’

‘बिरामीको सेवामा लाग्न पाउँदा आनन्द अनुभूति हुन्छ’

काभ्रेपलाञ्चोक मण्डन देउपुरकी कृपा पौडेल हाल मेट्रो काठमाडौँ अस्पतालमा क्रिटिकल केयर विभागमा कार्यरत छिन् । यसपालिकाे नर्सको कुरामा उनै कृपाका कुरा–

सानोमा नर्सले लगाउने पोशाक देखेर आकर्षित हुन्थेँ। अर्को कुरा मेरो गाउँमा अस्पताल थिएन। उपचारका लागि टाढा जानुपर्थ्याे। त्यसले पनि मलाई ठूलो भए पछि स्वास्थ्य क्षेत्रमा लाग्नुपर्छ र दूर दराजमा पुगेर सेवा गर्नुपर्छ भन्ने भावना जगायो।

विद्यासदन इङ्लिस बोर्डिङ स्कुलबाट २०६८ सालमा एसएलसी सकेपछि प्लस टुमा विज्ञान पढेँ। २०७१ मा १२ सकेपछि नर्सिङ क्षेत्रमा अघि बढ्ने सोच आयो। त्यसलाई मेरो परिवारले पूर्णरूपमा साथ दियो। एभरेष्ट कलेज अफ नर्सिङ तीनकुनेबाट यसैवर्ष बीएस्सी नर्सिङ पूरा गरेँ।

स्नातक सकेपछि केही समय हेल्पिङ हेण्ड हस्पिटलमा इन्टर्नसिप गरेँ। गत कार्तिकदेखि म मेट्रो अस्पतालको क्रिटिकल केयर विभागमा कार्यरत छु ।

म यो सेवामा लागेको धेरै नभए पनि अहिलेसम्म मैले सिकेको अस्पताल डाक्टरको उपचार नर्सको सेवाले बिरामीहरूले नयाँ जीवन प्राप्त गर्ने ठाउँ हो। डाक्टर र नर्सको सहकार्यविना कुनै पनि अस्पातालको उपचार सहज हुँदैन। अझ मैले काम गर्ने क्रिटिकल केयर त निकै संवेदनशील विभाग हो।

अस्पतालमा आएर हाम्रो सेवापश्चात् निको भएर गएको देख्दा निकै आनन्द आउँछ। राम्रो पेशामा लागेछुजस्तो लाग्छ। आफूप्रति गर्व लाग्छ। अनेक प्रयास गर्दा पनि सफल नभई बिरामीको मृत्यु हुँदा ज्यादै नरमाइलो महशुस हुन्छ।

धेरैजसो बिरामी र तिनका आफन्तसँग हामी परिवारको सदस्यजस्तै बनेका हुन्छौँ। कुनै कुनै बिरामीका परिवार अलि नबुझ्ने किसिमका हुन्छन्। नर्स भएको नाताले हामीले परिस्थितिलाई सहज बनाएर उनीहरूसँग कुरा गर्छौँ। एकातिर मानवसेवाको काम अर्कोतिर आफूले रोजेको पेशा भएकाले म यसप्रति पूर्णरूपमा सन्तुष्ट छु।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कसले बुझ्ने हामी नर्सका पीडा ?

कसले बुझ्ने हामी नर्सका पीडा ?

स्वास्थ्य मन्त्रालयका सहसचिव न्यौपानेको सरुवा

स्वास्थ्य मन्त्रालयका सहसचिव न्यौपानेको सरुवा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनतर्फका सहसचिव शिवराम न्यौपानेको सरुवा भएको छ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार न्यौपानेलाई स्वास्थ्यबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीमा प्रमुख रहेका न्यौपाने गत साउनमा स्वास्थ्य मन्त्रालय आएका थिए।

स्वास्थ्यमा प्रशासन तर्फका दुई सहसचिवको पद रहेको छ। सरकारले एक साता अघि मात्र सहसचिव रघुराम विष्टलाई ल्याएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

स्वस्थ दूधले बच्चाहरूमा मोटोपनको जोखिम कम

स्वस्थ दूधले बच्चाहरूमा मोटोपनको जोखिम कम

स्वस्थ दूध पिउने बच्चाहरूमा चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा मोटोपनको सम्भावना कम हुने एक अध्ययनले देखाएको छ।

हालै सार्वजनिक गरिएको एक अध्ययनले ‘होल मिल्क’ अर्थात् स्वस्थ दूध पिएका बच्चामा मोटोपनको सम्भावना कम हुने गरेको पाइएको हो।

सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ।

चिल्लो पदार्थयुक्त दूध पिउने बच्चाहरूको तुलनामा स्वस्थ दूध पिउने बच्चाहरुमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

अध्ययन प्रतिवेदन सात फरक फरक देशका २८ अध्ययनको विश्लेषण गरेर तयार पारिएको जनाइएको छ। ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो। तीमध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका थिए।

अध्ययनको नेतृत्व गरेका डा जोनाथन मागुइरेले दूध सेवनको अवस्था नै बालबालिकाको बढी तौल हुने कि नहुने भन्ने कुराको मुख्य कारक रहेको बताए।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

कलिला केटाकेटीमा हुने आँखाकाे क्यान्सर ‘रेटिनोब्लास्टोमा’

कलिला केटाकेटीमा हुने आँखाकाे क्यान्सर ‘रेटिनोब्लास्टोमा’

बालबालिकाको आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने त्यसलाई सामान्य रूपमा लिन नहुने चिकित्सकहरूले बताउँछन्।

बालबालिकाको आँखामा लाग्ने क्यान्सर जसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ, त्यसको एउटा मुख्य लक्षण लामो समयसम्म आँखा रातो हुनु रहेको चिकित्सकहरू बताउँछन्।

त्यसबाहेक आँखाको नानीमा सेतो टिका वा बत्तीजस्तो देखिनु यो रोगको अर्को लक्षण हो। चिकित्सकहरूका अनुसार आँखा बाङ्गो हुँदै जानु, आँखा रातो भइराख्नु र जति उपचार गरे पनि ठिक नहुने यसका शुरुवाती लक्षण हुन्।

तत्काल उपचार

बालबालिकाको आँखामा यस्ता समस्या देखिनेबित्तिकै उपचार गर्न थाल्न पाए यो रोग निको पार्न सकिने आँखाको क्यान्सर रोग विशेषज्ञ पूर्णिमा राजकर्णिकार बताउँछिन्।

‘रोग लाग्नेबित्तिकै उपचार शुरु गर्न पाए बिरामीको आँखाको ज्योति र ज्यान दुवै बचाउन सक्छौं। तर यस्तो रोग लागेका बिरामी हामीकहाँ आइपुग्दा निकै ढिलो भइसकेको हुन्छ’, तिलगंगा आँखा अस्पताल काठमाडौं कार्यरत डा. राजकर्णिकारले भनिन्।

चिकित्सकहरुका अनुसार प्राय पाँच वर्ष मुनिका बालबालिकामा रेटिनोब्लास्टोमा हुन्छ।

कसैलाई दुवै आँखामा

अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार विश्वमा १५ हजार बालबालकामध्ये एक जनामा यस किसिमको क्यान्सर देखिन्छ। नेपालमा वर्षमा ४०\५० जना बालबालिकामा रेटिनोब्लास्टोमा हुने अनुमान गरिएको डा. राजकर्णिकारले बताइन्।

गत वर्ष मात्र रेटिनोब्लास्टोमा भएका करिब ३५ जना नयाँ बिरामी तिलगंगा आँखा अस्पतालमा उपचार गराउन आएको बताइएको छ। त्यसमध्ये १० जना बिरामीको दुवै आँखामा रेटिनोब्लास्टोमा भएको भेटिएको थियो।

जनचेतना

‘यो रोग निकै छिटो फैलिन्छ त्यसैले सुरुमै उपचार थाल्न नपाए यसले जटिल समस्या उत्पन्न गर्छ’, उनी भन्छिन्, तर आँखाजस्तो संवेदनशील अंग र बालबालिकासँग जोडिएको यस रोगबारे धेरैलाई राम्रो जानकारी छैन त्यसैले जनचेतना फैलाउन जरुरी छ।’

सबै अभिभावक, दूर दराजमा बसेका प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रदयाकहरूदेखि बालबालिकासँग धेरै सम्पर्कमा रहकने शिक्षक, समाज र परिवारका अन्य सदस्यले याे रोगका लक्षणबारे थाहा पाउन जरुरी रहेको डा. राजकर्णिकार बताउँछिन्।

बीबीसी नेपालीबाट

थप समाचार

ताजा अपडेट