Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘एनआइसीयू रहेका बच्चाका लागि त हामी नर्स नै आमा बनेर उपचार र स्याहार गर्नुपर्छ’ (भिडियोसहित)

‘एनआइसीयू रहेका बच्चाका लागि त हामी नर्स नै आमा बनेर उपचार र स्याहार गर्नुपर्छ’ (भिडियोसहित)

प्रतिमा श्रेष्ठ विगत ७ वर्षदेखि काठमाडौंको बसुन्धरामा रहेको ईशान बाल तथा महिला अस्पतालमा एनआइसीयू नर्सका रुपमा कार्यरत छिन्। बच्चाहरुको विभाग त्यसमा पनि एनआइसीयूमा काम गर्ने नर्स प्रतिमाको अनुभव यो पटकको नर्सका कुरामा :

म सानैदेखि बच्चासँग एकदमै घुलमिल हुन मन पराउँथे । उनीहरुसँग समय बिताउँदा रमाइलो लाग्थ्यो । उनीहरुकै लागि र उनीहरुसँगै भएर काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । तर कसरी भन्ने चाहिं थाहा थिएन । म आफै नै नर्स बन्छु भन्ने सोचेकी थिइन । घरमा दिदी स्टार्फ नर्स हुनुहुन्थ्यो । त्यसैले पछि अलि बुझ्ने भएपछि भने नर्स बन्छु भन्ने सोचें । एसएलसी पास भएपछि भने मैले अब नर्सिङ नै पढ्छु र बच्चाहरुको सेवामा काम गर्छु भन्ने सोचेर काठमाडौं आएँ ।

जब बिरामी बच्चा निको भएर आमालाई सुम्पिन्छौं त्यो बेला आमा र परिवारमा देखिएको खुशीले असाध्यै सन्तुष्टी मिल्छ । आफूले गरेका सबै दुख बिर्सन पुग्छु । यो नै सबैभन्दा ठूलो उपलब्धी हो मेरो पेशाको भन्ने लाग्छ ।

गोरखाबाट मैले एएएलसी पास गरेकी हुँ । साथीहरू ‘यो पढुँ, ऊ पढुँ’ भन्दै थिए। मचाहिँ कतै मन नडुलाई अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा पीसीएल नर्सिङमा इन्ट्रान्स दिएँ र नाम निस्कियो र त्यहीँ पढ्न थाले । त्यतिवेला एसएलसी पास गरेका केटीहरूमा नर्सिङप्रति आकर्षण धेरै नै थियो। पढाइमा मलाई छुट्टै किसिमको ऊर्जा महशुस हुन्थ्यो। मैले नर्सिङ पढेर बच्चाहरुको लागि केही गर्नु पर्छ भन्ने लाग्थ्यो।
पीसीएल सकेर एक वर्ष भने लाइसेन्सको तयारी गरेर बसें । र लाइसेन्स पाएपछि कामको खोजीमा थिएँ। त्यहीबेला ईशाल बाल अस्पतामाल भ्याकेन्सी खोलेको थियो । मैले तुरुन्तै अप्लाइँ गरें र सेलेक्ट पनि भएँ । त्यसपछि शुरु भयो मेरो बच्चासँगको सेवासहितको यात्रा। अहिले त झण्डै ७ वर्ष भइसक्यो यहाँ काम गर्न लागेको ।

शुरुमा २ साता मलाई तालिममा राखियो । तालिम सकिएपछि पहिलो दिन अस्पताल पुगेँ। विभाग थियो, एनआइसीयू । सिकिस्त भएका बच्चाहरुको रेखदेख र केयर गर्नुपर्ने । काम गर्न शुरु गर्दा सानै थिएँ। परिपक्व थिइनँ। बच्चाको उपचार सहज थिएन। छुँदै डर लाग्ने बच्चालाई तलमाथि भए के होला भन्ने डर लाग्थ्यो। तर पनि काम त गर्नेपर्ने थियो । अहिले त बानी नै परिसक्यो उनीहरुसँग ।

एनआइसीयू भनेको जन्मेको दिनदेखि २८ दिनसम्मका सिकिस्त बिरामी नवजात शिशु राख्ने ठाउँ हो । जहाँ २४ घण्टा नै बच्चालाई हेनुपर्ने हुन्छ । अर्को कुरा एनआइसीयूमा नर्मल बच्चालाई राख्नै पर्दैन्। उनीहरुलाई अक्सिजन सपोर्ट, भेन्टिलेटर, तापक्रम मिलाउने लगायतका सहयोगका लागि यहाँ राख्ने हो । कतिपय बच्चा समय भन्दा अगावै प्रिम्याचोर जन्मेका हुन्छन्। उनीहरुलाई विशेष केयर गर्नुपर्छ । यस्ता बच्चा लामोसमयसम्म एनआइसीयूमा बस्छन्। उनीहरुसँग यस्तो अट्याचमेन्ट हुन्छ की उनीहरु डिस्चार्ज भएर जाँदा नरमाइलो लाग्छ ।

मलाई आफनो पेशामा सबैभन्दा नराम्रो फिल हुने भनेकै आफूले आमा जस्तै बनेर स्याहार गरिरहेको बच्चाको जब आफनै अगाडी मृत्यु हुन्छ त्यो बेला हाे । आफ्नै बच्चाको मृत्यु भए जस्तै लाग्छ र आँखाबाट आँशु रोक्नै सक्दिन। आँशुसहित भए पनि अर्को बच्चाको स्याहारमा लाग्नै पर्छ । यो मेराे पेशाको बाध्यता हो । उ गए पनि अर्को बच्चालाई जान दिन हुन्न भन्ने लागेर सेवामा फर्किन्छु । तर त्यही कुराले कयौं दिन डिस्टर्व भइरहन्छ । भोलिपल्ट आउँदा पनि बच्चा त्यही बेडमै छ की भन्ने लाग्छ ।

अर्को कुरा एनआइसीयूमा काम गर्न धेरै नै चुनौती छ । एक त बच्चालाई उपचार गर्न गाह्रो हुन्छ किनकी उनीहरुले आफूलाई के भएको हो भनेर भन्न सक्दैनन्। उनीहरुको अवस्था हेरेर उपचार र रेखदेख गर्नुपर्ने हुन्छ । त्यसमा पनि भर्खर जन्मेका बच्चालाई स्याहार गर्न त झनै गाह्रो छ ।

अर्को चुनौती भनेको बच्चा एनआइसीयूमा हुन्छ अर्कोतिर भर्खर जन्मेको बच्चालाई आमाले छुन पनि नपाउँदा आमालाई पीडा भइरहेको हुन्छ । उहाँहरु बच्चालाई छुन पाए, बोक्न पाए भन्ने ठान्नुहुन्छ तर जोखिम हुने भएकाले हामी दिन सक्दैनौँ । त्यो बेला कति आमाहरु रिसाउनुहुन्छ । हामीलाई गाली पनि गर्नुहुन्छ । तर हामी यो कुरा बुझ्छौं र उहाँहरुलाई सम्झाउँछौं ।

जब बिरामी बच्चा निको भएर आमालाई सुम्पिन्छौं त्यो बेला आमा र परिवारमा देखिएको खुशीले असाध्यै सन्तुष्टी मिल्छ । आफूले गरेका सबै दुख बिर्सन पुग्छु । यो नै सबैभन्दा ठूलो उपलब्धी हो मेरो पेशाको भन्ने लाग्छ । आफूले हेरेको बिरामी बच्चासहित आमाहरु पछि फर्केर खोज्दै आएको देख्दा निकै आनन्द महशुस हुन्छ। यो पेशामा अझ राम्रो गर्ने जोश आउँछ।

डाक्टर, नर्स वा अन्य स्वास्थ्यकर्मी सबैको मुख्य उद्देश्य भनेकै बिरामीलाई कसरी निको पारेर घर फर्काउने भन्ने नै हो। अस्पतालमा डाक्टर वा नर्स एक्लैले कुनै पनि काम गर्न सक्दैन। बिरामीको उपचार गर्ने क्रममा डाक्टर, नर्स लगायतको टिमले उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। तर धेरै जसो क्रेडिट चाहिं डाक्टरलाई मात्र जान्छ । यो चाहिं अन्याय भयो जस्तो लाग्छ ।

तर त्यही बेला केही गरी हरसम्भव प्रयास गर्दा पनि बच्चालाई बचाउन सकिएन भने चाहिं कसरी आमा बुवालाई भन्ने भनेर सबैभन्दा तनाव हुन्छ । यस्तो अवस्था हेर्न नपरे हुन्थ्यो भन्ने लाग्छ तर के गर्नु अस्पतालमा आएका सबै बच्चालाई बचाउन नसकिने रहेछ । मलाई आफनो पेशामा सबैभन्दा नराम्रो फिल हुने भनेकै आफूले आमा जस्तै बनेर स्याहार गरिरहेको बच्चाको जब आफनै अगाडी मृत्यु हुन्छ त्यो बेला हाे । आफ्नै बच्चाको मृत्यु भए जस्तै लाग्छ र आँखाबाट आँशु रोक्नै सक्दिन। आँशुसहित भए पनि अर्को बच्चाको स्याहारमा लाग्नै पर्छ । यो मेराे पेशाको बाध्यता हो । उ गए पनि अर्को बच्चालाई जान दिन हुन्न भन्ने लागेर सेवामा फर्किन्छु । तर त्यही कुराले कयौं दिन डिस्टर्व भइरहन्छ । भोलिपल्ट आउँदा पनि बच्चा त्यही बेडमै छ की भन्ने लाग्छ ।

डाक्टर, नर्स वा अन्य स्वास्थ्यकर्मी सबैको मुख्य उद्देश्य भनेकै बिरामीलाई कसरी निको पारेर घर फर्काउने भन्ने नै हो। अस्पतालमा डाक्टर वा नर्स एक्लैले कुनै पनि काम गर्न सक्दैन। बिरामीको उपचार गर्ने क्रममा डाक्टर, नर्स लगायतको टिमले उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। तर धेरै जसो क्रेडिट चाहिं डाक्टरलाई मात्र जान्छ । यो चाहिं अन्याय भयो जस्तो लाग्छ ।

अहिले त आफूले रोजेको पेशामा रहन पाउँदा निकै खुशी छु। कोरोना महामारीका बेलामा पनि धेरै बच्चाहरुलाई सेवा गर्ने मौका मिल्यो । यसले छुट्टै आनन्द आउने रहेछ । मेरो परिवारको पूरा साथ सहयोग माया हौसला पाएर यहाँसम्म आइपुगेकी छु। यो पेशा लागेकालाई अहिले सम्मानको दृष्टिले हेरिन्छ। त्यसैले पनि सही क्षेत्रमा लागेको रहेछु भनेर गर्व महशुस हुन्छ।

भिडियो : 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या