२० वर्ष पछि प्रस्तावित ओएण्डएम सर्वेक्षणमा समेत अस्पताल व्यवस्थापक पदलाई समावेश नगरिनु दुखद
रोशन अधिकारी
सरकारले २० वर्ष पछि प्रस्ताव गरेको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पदलाई समावेश नगर्नु निकै दुखद कुरा हो । यसले गुुणस्तरिय स्वास्थ्य सेवा आम मानिसको मौलिक हक हो भने कुुरा जुुन नेपालको संविधानमा समेत उल्लेख छ सो कुुराको सिधै उलङघन गरेको देखिन्छ । तथापि संघीय तथा प्रदेश स्तरिय लगभग करिव ४५ भन्दा बढी अस्पतालहरूमा अस्पताल व्यवस्थापकहरू करार सेवामा कार्यरत छन् । सो व्यवस्थापकहरूले अस्पतालको सेवालाई गुुणस्तरिय बनाउन अस्पताल व्यवस्थापनमा शिक्षा हसिल गरि कार्य गरिरहेका छन् । त्यसमध्ये विभिन्न अस्पतालहरु अस्पतालको न्युनतम मापदण्डमा उत्कृष्ट भएका छन् । यसले अस्पताल व्यवस्थापनमा दक्ष जनशक्तिले नेपालको संविधानमा उल्लेख गुणस्तरिय स्वास्थ्य सेवा मौलिक हक भन्ने लक्ष्यलाई पुरा गरेको एक उदाहरण पनि हो । निजि क्षेत्रका अस्पतालहरुमा विगत लामो समय देखि यस शिक्षाको कदर गर्दै अस्पताल व्यवस्थापनमा शिक्षित जनशक्ति राखेर आफ्नो सेवा गुणस्तरिय र व्यवस्थित राखेर विभिन्न उपलब्धिहरु हासिल गरेका देख्दै आएका छौं ।
मनिसको जिवन मरणसँग सम्बन्ध राख्ने अस्पताल आफैमा संवेदनशिल क्षेत्र हो । नेपाल होस या विदेश, अस्पताल संचालनको उद्धेस्य एउटै हुुन्छ । बिरामीलाई उचित तथा गुुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने । उचित तथा गुुणस्तरिय सेवा प्रदान गर्न अस्पतालमा सम्पुुर्ण विधाका दक्ष जनशक्ति उतिकै आवश्यक हुुन्छ । उदाहरणका लागि उपचारका लागि चिकित्सक, नर्स प्यारामेडिक्स लगायतका स्वास्थ्यकर्मी , सरसफाईका लागि सरसफाइ कर्मचारी, भौतिक संरचनाका लागि सोसँगै सम्बन्धित दक्ष जनशक्ति आवश्यकता परे जस्तै अस्पताललाई उचित व्यवस्थापन गर्न दक्ष र अनुुभवि अस्पताल व्यवस्थापकको आवश्यकता पर्दछ । विरामी उपचारका लागि अस्पताल आउँदादेखि उपचारको व्रmममा र उपचार पश्चात अस्पतालबाट निस्कदासम्म लिने सम्पुुर्ण सेवालाई चुुस्त दुुरुस्त राख्न, उपचारका लागि उपयुुक्त वातावरण, व्यवस्था मिलाउनदेखि लिएर उपचारमा संलग्न जनशक्तिलाई समेत व्यवस्थित राख्न दक्ष अस्पताल व्यवस्थापकको आवश्यक पर्दछ र सो आवश्यकता पुुर्ण गर्न देश तथा विदेशबाट सो सम्बन्धि शिक्षा हासिल गरेर दक्ष बनेका अस्पताल व्यवस्थापकले नै मुुख्य भुुमिका निभाउने गर्दछन् ।
अस्पताल संचालन निर्देशिका अनुसार ५० सैया भन्दा मथिका अस्पतालमा अस्पताल व्यवस्थापक अनिवार्य रुपमा राख्नुपर्ने प्रावधान समेत रहेको छ । आर्थिक वर्ष २०७४\७५ देखि यस विषय तथा यस शिक्षाको महत्व बुझि हालसम्म लगभग करिव ४५ भन्दा बढी संघिय तथा प्रादेशिक अस्पतालहरुमा अस्पताल व्यवस्थापक करार सेवा अन्तर्गत कार्यरत छन् । तर हालसम्म पनि करार सेवामै कार्यरत रहिरहनु र २० वर्ष पछि नेपालका अस्पतालहरुको जनशक्तिका लागि संगठन तथा व्यवस्थापन (ओ एण्ड एम ) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पक्षलाई समावेश नगर्नु आफैमा खेद पुर्ण छ । हजारौ संख्यामा अस्पताल व्यवस्थापक दक्ष जनशक्ति उत्पादन हुँदा हँुदै पनि लोकसेवा आयोगले यो विषयको पद नखुलाउनु सरकारी अस्पतालले यस्ता दक्ष जनशक्तिलाई उचित मुल्याङ्कन नगर्नु तथा हालसालै प्रस्तावित ओ एण्ड एम सर्बेक्षणमा अस्पताल व्यावस्थापक पदलाई समावेश नगर्दा अस्पताल व्यवस्थापन विषय पढेका जनशक्ति तथा यस विषयलाई सरकारले अपहेलना र वेवास्ता गरेको देखिन्छ । यसको मुख्य असर देशमा भएका दक्ष जनशक्ति विदेश पलायन हुने मध्येको एक मुख्य कारण समेत हो । सरकारी स्तरका अस्पतालमा उचित मुल्याङ्कन गरि आवश्यकता अनुरुप यस्ता दक्ष जनशक्तिलाई व्यवस्थित गर्ने हो भने सरकारी अस्पतालको सेवालाई गुणस्तरिय र उचित तवरले व्यवस्थित बनाउन सकिन्छ भन्ने कुरालार्इृ नकार्न सकिदैन । वास्तवमै देशमा भएका दक्ष जनशक्ति हरुलाई देशमै रोक्ने हो भने सरकारी तथा निजि अस्पतालहरुले अस्पताल व्यवस्थापन पदहरु खुलाएर यस पदपुर्ति गर्नु आवश्यक देखिन्छ ।
अस्पताल संचालन निर्देशिका अनुसार ५० सैया भन्दा मथिका अस्पतालमा अस्पताल व्यवस्थापक अनिवार्य रुपमा राख्नुपर्ने प्रावधान समेत रहेको छ । आर्थिक वर्ष २०७४\७५ देखि यस विषय तथा यस शिक्षाको महत्व बुझि हालसम्म लगभग करिव ४५ भन्दा बढी संघिय तथा प्रादेशिक अस्पतालहरुमा अस्पताल व्यवस्थापक करार सेवा अन्तर्गत कार्यरत छन् ।
सन् २००० देखि नेपालमा सुरु भएको अस्पताल व्यावस्थापन शिक्षा हाल नेपालमा विभिन्न शैक्षिक संस्थाबाट वर्षेनि सयौंको संख्यामा स्नातक तथा स्नाकोत्तर तहमा दक्ष जनशक्ति उत्पादन भैरहेका छन् । हालसम्म देश तथा विदेशबाट लगभग ४००० जति दक्ष जनशक्ति उत्पादन भैसकेका छन् । तथापि सरकारी नितिमा भने यसको वास्ता नहँुदा यस विषयमा शिक्षित धेरै जनशक्ति विदेशिन वाध्य छन् । हजारौं संख्यामा अस्पताल व्यवस्थापक देशमा प्रसस्त हुँदा पनि नेपाल सरकार अन्तरर्गत लोक सेवा आयोग मार्फत स्थाहि पदपुर्ति नहुँदा लामो समय देखि करारमा मात्र अस्पताल व्यवस्थापकको कार्य गरिरहनु भएका अझै पनि करारमै रहनु यस शिक्षा प्रति नेपाल सरकारले गरेको अपहेलना हो ।
अस्पतालको भौतिक संरचना, गुणस्तरिय उपकरण, चिकित्सिक, नर्स , पारमेडिक्स तथा सम्पुर्णस्वास्थ्यकर्मी लगायतको कर्मचारी जतिनै गुणस्तरिय स्वास्थ्य प्रदान गर्न अस्पताल व्यवस्थापकको उतिनै महत्वपुर्ण भुमिका हुन्छ । यसमध्य कुनै एक जनशक्तिको अभावमा हामिले गुणस्तरिय स्वास्थ्य सेवा दिन सक्छौ भन्ने परिकल्पना नगर्दा हुन्छ ।
नेपालमा अस्पताल व्यावस्थापकको प्रशस्त उत्पादन भईरहनु तर सरकारी अस्पतालको गुणस्तर घटिरहनु तथा अस्पताल व्यवस्थापक शिक्षा हासिल गरेका दक्ष जनशक्ति बाहिर देशमा जान वाध्य हुनु यो सबै अस्पताल व्यवस्थापनको आवश्यकता नबुझ्नु हो तसर्थ नेपाल सरकारले अस्पताल व्यवस्थापन शिक्षा र अस्पताल व्यवस्थापन संवन्धि दक्ष जनशक्तिको महत्व बुझ्न जरुरी छ ।
अधिकारी हाल पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मार्केटिङ प्रबन्धकको रूपमा कार्यरत छन् ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन