विश्वभर कोरोना संक्रमणबाट ६ सय नर्सको मृत्यु, २ लाख ३० हजार स्वास्थ्यकर्मी संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं: विश्वभर कोरोना संक्रमणबाट ६ सय नर्सको मृत्यु भएको तथ्य बाहिर आएको छ । ‘द इन्टरनेशनल काउन्सिल अफ नर्सेस’ (आइसीएन) ले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर ६ सय भन्दा बढी नर्सहरुको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको हो ।
विश्वव्यापी रुपमा कति नर्स तथा स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भए वा मृत्यु भयो भन्ने कुनै व्यवस्थित अभिलेख नभए पनि आइसीएनले केही सिमित देशहरुको राष्ट्रिय नर्सिङ एसोसिएसन, सरकारको आधिकारिक तथ्यांक र मिडियामा आएका रिपोर्टमा आधारित भएर गरेको अध्ययन अनुसार २ लाख ३० हजार भन्दा बढी स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएको र ६ सय जना नर्सको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
यसैविच आइसीएनले विश्वभरीका सरकारहरुलाई आफनो देशमा कति स्वास्थ्यकर्मी संक्रमित भए साथै कतिजनाको कोरोनाकै कारण मृत्यु भयो भन्ने अभिलेख व्यवस्थित गर्न र कोरोना संक्रमणबाट नर्स तथा स्वास्थ्यकर्मीलाई बचाउन सुरक्षा सामग्री प्रदान गर्न आव्हान गरेको छ ।
बुधबार प्रकासित प्रतिवेदनमा आइसीएनका प्रमुख कार्यकारी अधिकृत हवर्ड कटोनले देशहरुले यो महामारीका बेला स्पष्ट रिपोर्टिङ तथा अनुगमन संयन्त्र तयार पारी स्वास्थ्यकर्मी विरुद्ध हुने सबै खालका मनोवैज्ञानिक, यौनजन्य र शारीरिक हिंसाका घटनाहरुको पनि अभिलेख राख्नुपर्ने बताएका छन्।
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै