Health TV Online
Health TV Online

विश्वभर कोरोना संक्रमणबाट ६ सय नर्सको मृत्यु, २ लाख ३० हजार स्वास्थ्यकर्मी संक्रमित

विश्वभर कोरोना संक्रमणबाट ६ सय नर्सको मृत्यु, २ लाख ३० हजार स्वास्थ्यकर्मी संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं: विश्वभर कोरोना संक्रमणबाट ६ सय नर्सको मृत्यु भएको तथ्य बाहिर आएको छ । ‘द इन्टरनेशनल काउन्सिल अफ नर्सेस’ (आइसीएन) ले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर ६ सय भन्दा बढी नर्सहरुको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको हो ।

विश्वव्यापी रुपमा कति नर्स तथा स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भए वा मृत्यु भयो भन्ने कुनै व्यवस्थित अभिलेख नभए पनि आइसीएनले केही सिमित देशहरुको राष्ट्रिय नर्सिङ एसोसिएसन, सरकारको आधिकारिक तथ्यांक र मिडियामा आएका रिपोर्टमा आधारित भएर गरेको अध्ययन अनुसार २ लाख ३० हजार भन्दा बढी स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएको र ६ सय जना नर्सको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैविच आइसीएनले विश्वभरीका सरकारहरुलाई आफनो देशमा कति स्वास्थ्यकर्मी संक्रमित भए साथै कतिजनाको कोरोनाकै कारण मृत्यु भयो भन्ने अभिलेख व्यवस्थित गर्न र कोरोना संक्रमणबाट नर्स तथा स्वास्थ्यकर्मीलाई बचाउन सुरक्षा सामग्री प्रदान गर्न आव्हान गरेको छ ।

बुधबार प्रकासित प्रतिवेदनमा आइसीएनका प्रमुख कार्यकारी अधिकृत हवर्ड कटोनले देशहरुले यो महामारीका बेला स्पष्ट रिपोर्टिङ तथा अनुगमन संयन्त्र तयार पारी स्वास्थ्यकर्मी विरुद्ध हुने सबै खालका मनोवैज्ञानिक, यौनजन्य र शारीरिक हिंसाका घटनाहरुको पनि अभिलेख राख्नुपर्ने बताएका छन्।

थप समाचार