Health TV Online

‘मेनोपज’पछि कस्तो गर्ने जीवनयापन?, कस्तो खानपान?

‘मेनोपज’पछि कस्तो गर्ने जीवनयापन?, कस्तो खानपान?

सामान्य भाषामा महिलाहरूको मासिक चक्र (महिनावारी) रोकिनुलाई रजोनिवृत्ति (मेनोपज) भनिन्छ। महिनावारी नियमित वर्षदिनसम्म रोकिएको अवस्था मेनोपज हो। किशोरअवस्थामा महिनावारी शुरु हुनु र प्रौढावस्थामा रोकिनु यो प्राकृतिक नियम हो। मेनोपज सामान्यतया ४० देखि ५० वर्षको बीचमा हुन्छ।

कतिपयमा मेनोपजले विभिन्न समस्या ल्याउँछ। चिडचिडापन हुने, विभिन्न चिन्ताले सताउने, कुराहरू बिसिर्ने, गर्मी महशुस हुने, पसिना आउन], निद्रा नलाग्ने र धेरै रिस उठ्ने जस्ता समस्याले सताउँछ।

महिलाहरुमा उमेर बढ्दै जाँदा डिम्बाशयबाट निस्किने हर्मोन कम हुँदै जाने भएकाले मेनोपजका वेला धेरै समस्या देखिन्छन्। महिलामा ४५ वर्ष आसपासमा पुगेपछि शरीरमा हर्मोन कमी हुँदै जान्छ। फलस्वरूप महिनावारी सुक्ने हो।

हर्मोनको गडबडीका कारण यो समयमा शरीरका हाड कमजोर हुन सक्छन्। घरेलु काम गर्दा सामान्य घाउ चोटपटक लाग्दा पनि हाड भाँचिन सक्छ। यो उमेरका महिला पहिलेजस्तो सक्रिय हुन नसक्ने हुँदा मोटोपन बढ्छ। हृदयाघात मस्तिष्काघातजस्ता समस्या पनि आउन सक्छ। खानपान बानी व्यवहारमा ध्यान दिने हो भने तौल वृद्धि हुन पाउँदैन र खतरनाक रोगले आक्रमण गर्ने सम्भावना पनि कमै हुन्छ।

मेनोपजको अवस्थामा पुगिसकेका महिलाले स्वस्थकर खानपान र उचित योग– व्यायामबाट जीवनयापन सहज बनाउन सक्छन्। मेनोपज भइसकेपछि स्वस्थ रहन अपनाउनुपर्ने उपाय–

हरियो सागपात प्रशस्त खाने

मौसमी फलफूल सेवन गर्ने

दहीदूध लगायत पौष्टिक तत्त्व पाइने खानेकुरा खाने

गेडागुडी प्रशस्त खाने

दैनिक कम्तीमा आधा घण्टा व्यायाम गर्ने

ध्यान गर्ने

भिटामिन डी र क्याल्सियम सेवन गर्ने

मेनोपजका वेला माथि भनिएको जस्तो समस्या देखिए सम्बन्धित चिकित्सकसँग परामर्श लिन वा उपचार गराउनुपर्छ। परीक्षण गरी परामर्श लिन आवशयक हुन्छ। केही समयका लागि औषधि ‘इस्ट्रोजिन’ चलाउन पनि सकिन्छ।

हेर्नुहाेस् भिडियाे :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

‘कोरोनाबाट जोगिन तीन तहका सरकारबीच समन्वय’

‘कोरोनाबाट जोगिन तीन तहका सरकारबीच समन्वय’

हेल्थ टिभी अनलाइन\काठमाडौ‌ं : सरकारले कोरोना भाइरसको संक्रमणबाट जोखिनका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य गरी आवश्यक व्यवस्था मिलाएको दाबी गरेको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमणबाट जोगिन सरकारले तयारी तीव्र पारेको बताएका हुन्। उनले संक्रमणबाट जोगिन विगतमा भन्दा अझै धेरै सावधानी अपनाउनुपर्ने बताए।

‘छिमेकी मुलुकमा पनि संक्रमण देखिएकाले विशेष तयारीका साथ तीनै सरकारबीच समन्वय गरी विभिन्न स्थानमा जाँचको व्यवस्था मिलाउने काम गरिरहेका छौँ’, उनले भने, ‘विभिन्न अस्पतालमा १५५ वटा आइसोलेसन बेड तयार पारेका छौँ।’ उनले चन्द्रगढी, जनकपुर, भरतपुर, धनगढी विमानस्थलमा विमानमा चढ्नुभन्दा अघि जाँच गरेर मात्रै पठाउने व्यवस्था गरेको जानकारी दिए।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई लिएर अहिले उपप्रधानमन्त्रीको नेतृत्वमा गृह, शिक्षा स्वास्थ्य, पर्यटन, उद्योग अर्थ लगायतका मन्त्रालय समेत समेटर उच्चस्तरीय समिति बनाएको ढकालले जानकारी दिए। अस्पताल क्षेत्रसँग सम्बन्धितलाई परिचालन गर्न सजिलो होस् भनेर मुख्य सचिवको नेृतृत्वमा कार्यकारी समिति पनि बनाएको उनले बताए।

विदेशमा बस्ने नेपालीहरुका लागि उच्च जोखिमको मुलुकबाट आउने प्रत्येक व्यक्तिलाई जाँच गरेर मात्रै पठाउने व्यवस्था मिलाएको उनको भनाइ छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपाल औषधि उत्पादक संघले भन्यो, ६ महिनालाई पुग्ने औषधि छ

नेपाल औषधि उत्पादक संघले भन्यो, ६ महिनालाई पुग्ने औषधि छ

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधि अभाव नहुने प्रतिक्रिया दिएको छ।

शुक्रवार पत्रकार सम्मेलन गरी संघले औषधिको विषयमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताएको हो। संघका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको जानकारी दिए।

संघका महासचिव  विप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए। अधिकारीले अप्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगीलाई प्रोत्साहन गर्नुपर्ने तर्क गरे। हारगुहार गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

‘सरकारले प्रोत्साहन गर्ने हो भने दुई वर्षमा नेपाली औषधि उद्योगलाई पूर्णरूपले आत्मनिर्भर बनाउन सकिन्छ’, उनले भने। भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगएपछि नेपाली बजारमा औषधि अभाव हुनसक्ने अनुमान गरिरहँदा संघले वस्तुस्थिति जानकारी गराएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

हिँडडुल गराउन र ठोस आहार खुवाउन थालियो

प्रेस संयोजक थापा भन्छन्, प्रधानमन्त्रीले टेलिफोन गर्नुभयो

हिँडडुल गराउन र ठोस आहार खुवाउन थालियो

हेल्थ टिभी अनलाइन\काठमाडौं : दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी दिन शुक्रवार अपराह्न आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले यस्तो जानकारी दिएका हुन्।

‘प्रधानमन्त्रीलाई आजदेखि ठोस आहार दिन थालिएको छ’, उनले भने, उहाँको भाइटल र ल्याब रिपोर्ट पनि सामान्य छ।’ खड्गाले मृगौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार भएको जानकारी दिए।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्री आफैँले आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाललाई टेलिफोन गरेर आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिएको दाबी गरे।

बुधबार प्रधानमन्त्रीको ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो। उनले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएका थिए।

 

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मिर्गौला प्रत्यारोपण : पहिलो होस् वा दोस्रो, एउटै हो प्रक्रिया

मिर्गौला प्रत्यारोपण : पहिलो होस् वा दोस्रो, एउटै हो प्रक्रिया

कुनै समस्या आएर दुवै मिर्गौलाले काम गर्न नसकेको अवस्था (किड्नी फेल) मा अर्को प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ। प्रत्यारोपण नगरेको अवस्थामा नियमित डायलासिस गरिरहनुपर्छ।

मिर्गौला काम नलाग्ने भएको अवस्थामा एक मात्र उपाय, प्रत्यारोपण नै हो। डायलासिस रकम अभाव वा दाता नभेटिएको अवस्था वा बिरामीमा भएको अन्य रोगका कारणले शल्यक्रिया गर्न नसक्दा डायलासिसको सहारा लिने हो। डायलासिसको माध्यमबाट मिर्गाैलाको काम गराइराख्ने हो। मिर्गाैलाले फ्याँक्न नसकेको फोहोर डाइलासिस मेसिनले सफा गर्ने हो।

मिर्गौला प्रत्यारोपण भन्नेबित्तिकै दाताले दिएको मिर्गौला अर्को व्यक्तिमा हाल्ने भन्ने बुझिन्छ। मानव शरीरमा हुने दुईमध्ये एक मिर्गौलामात्र रहेपनि काम गर्ने भएकाले दुवै मिर्गौला स्वस्थ भएका व्यतिले अर्का व्यक्तिलाई दान गर्न सक्छन्।

निश्चित अवधिपछि पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले पनि काम गर्न छाड्दा दोस्रो प्रत्यारोपण गर्नुपर्ने पनि हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा पनि त्यही हो। १२ वर्षअघि भारतको दिल्लीमा प्रत्यारोपित मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस गराइरहेका प्रधानमन्त्री ओली बुधवार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउनुभएको हो।

मिर्गौला प्रत्यारोपण पहिलो होस् वा दोस्रो प्रक्रिया एउटै हो। पहिलोपटक प्रत्यारोपण गर्दा जति जोखिम हुन्छ, दोस्रोपटक कम हुँदैन। अतर अहिले प्रत्यारोपण गर्ने प्रविधि र औषधिको विकासले जोखिम कम हुँदै गएको अवस्थ पनि छ।

मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई रोगसँग लड्नसक्ने क्षमता कम गराउने औषधि सेवन गराइन्छ। रोगसँग लड्नसक्ने क्षमता कम भएका कारण संक्रमण हुनसक्ने सम्भावना हुन्छ। प्रत्यारोपणपछि शरीरको जुनसुकै भागको ‘इन्फेक्सन’ देख्न सकिन्छ– पेट, आन्द्रा, छाती वा पिसाब। इम्युनिटी घटाउन प्रयोग गरेको औषधिले ‘साइड इफेक्ट’ गर्नसक्छ।

नेपालको कानुनअनुसार नाता पर्ने व्यक्तिमा मात्र मिर्गौला दान गर्न पाइन्छ। दिने र लिनेको रक्तसमूह एकै हुनुपर्छ। मिर्गौला प्रत्यारोपण गर्दा सर्वप्रथम लिने र दिने दुवैको स्वास्थ्यस्थिति मध्यनजर गरिन्छ। दातालाई कुनै पनि असर नपर्ने अवस्थामा मात्र मिर्गौला प्रत्यारोपणका लागि स्वीकृति दिइन्छ। दाता पनि पूर्णरूपमा स्वस्थ हुनुपर्छ। उसकाे शरीरमा रहेका दुवै मिर्गौलाले आधा आधा काम गर्न पनि सक्छ। नगर्न पनि सक्छ। मिर्गौलाको काम गर्ने क्षमता ‘डीटीपीए’को आधारमा यकिन गरिन्छ।

नेपालमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र तथा प्राइभेटमा ग्राण्डी अस्पताललगायतमा मिर्गौला प्रत्यारोपण गरिन्छ। नेपालमा गरिएका अधिकांश प्रत्यारोपण सफल भएका छन्। कतिपय मानिस दोस्रोपटकको प्रत्यारोपण सफल नहुने आशंका गर्छन्। तर त्यो कमै मात्र हो। नेपालको सन्दर्भमा पनि दोस्रोपटकको मिर्गौला प्रत्यारोपण असफल भएको कमै छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

औषधि अभाव हुन नदिन सांसदले गरे सरकारको ध्यानाकर्षण

औषधि अभाव हुन नदिन सांसदले गरे सरकारको ध्यानाकर्षण

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले काेराेना संक्रमण भित्रिन नदिन आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गरेका छन्।

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्री अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन सभामुखमार्फत सरकारसँग आग्रह गरेका हुन्।

नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल गौतमले विश्वमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिन सक्नेतर्फ सचेतना अपनाउन आग्रह गरिन्। नेकपाका सांसद धर्मशीला चापागाईँले बजारमा अत्यावश्यक वस्तु अभाव हुन थालेकोतर्फ ध्यानाकर्षण गराउँदै छानबिन गरी अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरिन्। सामान लुकाउने र कालोबजारी गर्ने अवस्था देखिएकाले अनुगमन गरी वस्तुस्थितिबारे सार्वजनिक गर्न उनले माग गरिन्।

छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म नेपालमा रोगको संक्रमण देखिएको छैन। चीनबाट आएका एक व्यक्तिमा देखिएको संक्रमण हटिसकेको र त्यसपछि कसैमा नदेखिएको सरकारले जनाएको छ।

बिहीबार मात्रै सरकारले ‘कोभिड–१९’ को नियन्त्रण र रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने, बजारमा अभाव सिर्जना हुन नदिने र जनचेतनाका कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेकाे थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘बिरामीको यस्तो व्यवहारले कहिलेकाँही त दिक्क लाग्छ’

‘बिरामीको यस्तो व्यवहारले कहिलेकाँही त दिक्क लाग्छ’

बिबिशा तामाङ हाल काठमाडौंको बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालमा अप्रेसन थिएटरमा स्टाफ नर्सका रूपमा कार्यरत छिन्। उनै बिबिसाका कुरा यो पटककाे नर्सका कुरामा।

सानैदेखि मानिसको सेवा गर्ने, दुःखीहरूलाई सहयोग गर्ने कुरामा चासो लाग्थ्यो। स्कुलमा पढ्दादेखि नै नर्स बन्ने इच्छा थियो। सन् २०१२ मा धनकुटास्थित युरिका स्कुलबाट एसएलसी गरेपछि बीपी कोइराला इन्सिच्युट अफ हेल्थ साइन्समा पढ्न थालेँ। परिवारका कुनै पनि सदस्य ‘यो क्षेत्रमा नभएकाले नर्सिङमा लागेर गल्ती त गरिनँ’ भन्ने लाग्थ्यो, कहिलेकाहीँ। तर मानवसेवाको काममा लाग्ने विषय छानेको भनेर खुशी नै हुन्थेँ।

नर्सिङ पढ्दाको एउटा घटना कहिल्यै बिर्सिन्नँ। ‘बाइपोलर डिसअर्डर साइक्लोजी’ समस्या भएको एक बिरामी थिए। रोगका कारण होला, उनी समय–समयमा फरक–फरक व्यवहार देखाउँथे। हामी पढ्दै थियौँ। यस्तो देखैकै थिएनौँ। अप्ठ्यारो लाग्थ्यो। उनको समस्या नबुझेर हप्काउँथ्यौँ पनि। उनी हामीले गरेको व्यवहार डाक्टरलाई सुनाएर दुःखी हुने गर्दा रहेछन्। हामीलाई उनको केयर गर्न गाह्रो भइरहेको थियो। तर डाक्टरहरूले ‘उहाँसँग राम्रोसँग प्रस्तुत हुनु, उनको समस्या यस्तो हो, यस्तो समस्या भएकाले यस्तै व्यवहार देखाउँछन्’, भन्ने सल्लाह दिन्थे।

२०१५ मा पढाइ सकेपछि अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा ९ महिना काम गरे। त्यसपछि म ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छु। हामीकहाँ विशेषगरी महिला र बालबालिका विभिन्न समस्या लिएर आउँछन्। पहिले पोस्ट अपरेटिभ विभागमा कार्यरत थिएँ। हाल अप्रेसन थिएटरमा छु। अस्पतालमा भर्ना भएका निकै जटिल समस्या भएकालाई म कार्यरत कक्षमा अप्रसेन गरिन्छ। अप्रेसनपछि उनीहरूको अस्पताल बसाइ लामो हुने भएकाले बिरामी र उनीहरूको परिवारसँग ‘अट्याचमेण्ट’ हुन्छ। हामी परिवारका सदस्यझैँ बन्छौँ।

अस्पतालमा भर्ना भएका कतिपय बिरामी र तिनका परिवारले ‘पैसा तिरेकै छौँ, त्यसैले नर्सले घरको पर्सनल असिस्टेन्टले जस्तै व्यवहार गर्नुपर्छ’ भन्ने सोच राखेका हुन्छन्। नर्सलाई दुःख दिनुपर्छ भन्ने सोचका हुन्छन्। कहिलेकाँही यस्ता घटनाले बेकारमा यस्तो पेशामा लागेछुजस्तो हुन्छ। बिरामी मात्र होइन कुनै कुनै नर्स पनि खराब प्रवृत्तिका हुन्छन्। उनीहरू आफूलाई बढी जान्नेसुन्ने, ठूलो भएको देखाउन खोज्छन्। यो दुवै प्रवृत्ति खराब हो।

डाक्टर होस् वा नर्स दुवैको उद्देश्य भनेको बिरामीको उपचार गरी उनीहरूको मुहारमा खुशी ल्याउनु हो। डाक्टर र नर्स दुवैले आआफ्नो भूमिक ठीकसँग निर्वाह गरे भने समस्या आउँदैन। दुवैबीच सहकार्य जरुरी हुन्छ। एकअर्कालाई सानो देखाउने, एकअर्काको कार्यमा हस्तक्षेप गर्दा समस्या आउने हो। पाँच वर्षको अवधिमा मैलै कहिल्यै यस्तो भोग्नुपरेको छैन।

यो पेशामा लाग्छु भनेर पढ्न थाल्दा होस् वा अहिले काम गर्दा नै, मलाई परिवारको ठूलो सहयोग छ। परिवारका सदस्यहरूको साथ नपाएको भए सायद यो पेशामा लाग्न सकिँदैनथ्यो होला। पहिले पहिले नर्सलाई हेर्ने दृष्टिकोण राम्रो थिएन। अहिले नर्सिङको क्षेत्र निकै फराकिलो बनेको छ। यो सम्मानित पेशा हो भन्ने सबैले बुझ्न थालेका छन्। मानवसेवा गर्ने र धेरैलाई जीवन दिने कार्यमा सहभागी हुने पेशामा लागेकोमा मलाई गर्व महशुस हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कसले बुझ्ने हामी नर्सका पीडा ?

कसले बुझ्ने हामी नर्सका पीडा ?

धौलागिरि अञ्चल अस्पतालमा ‘आइसोलेसन’ कक्ष

धौलागिरि अञ्चल अस्पतालमा ‘आइसोलेसन’ कक्ष

हेल्थ टिभी अनलाइन\बागलुङ : धौलागिरि अञ्चल अस्पतालमा  ‘आइसोलेसन’ कक्ष स्थापना भएको छ।

कोरोना भाइरस संक्रमण बढ्दै गएमा धौलागिरिकै ठूलो अस्पतालमा सम्भावित बिरामी आउनसक्ने भन्दै दुई शय्याको कक्ष स्थापना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए।

शंकास्पद बिरामीलाई विशेष निगरानीमा उपचार तथा परामर्शका लागि आइसोलेसन कक्ष तयार गरिएको उनले बताए। ‘आइसोलेसन कक्षमा अहिले दुई शय्याको छ। यदि संक्रमणका बिरामी देखा परेमा बढ्न अन्य कक्ष थप हुन्छ।’

विशेषगरी ज्वरो, रुखा र खोकीका बिरामी अस्पतालमा आउनासाथ उच्च सतर्कताका साथ उपचार तथा परामर्श गरिने अस्पतालले जनाएको छ। निजी अस्पताललाई पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर आइसोलेसन कक्षको तयारी गर्न प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले आग्रह गरे।

उहाँले जिल्लामा सार्वजनिक सभा, समारोह, मेला उत्सव नगर्न आह्वान गरेको बताए। सरोकारवालासँगको बैठकले जिल्लामा सभा समारोह, भोज भतेर, वार्षिकोत्सव, महोत्सव, महायज्ञ, खेलकुद कार्यक्रम नगर्न आग्रह गर्ने निर्णय गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

वीरेन्द्रनगरमा सर्जिकल मास्क अभाव

वीरेन्द्रनगरमा सर्जिकल मास्क अभाव

हेल्थ टिभी अनलाइन\सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरूमा सर्जिकल मास्क अभाव देखिएको छ।

यहाँ मौज्दात सर्जिकल मास्क व्यवसायीले महँगो मूल्यमा काठमाडौं  पठाएपछि अभाव सिर्जना भएको हो। नेपाल औषधि व्यवसायी संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करिब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल मास्क मौज्दात नरहेको जानकारी दिए। ‘डिलरमै मास्क छैन, हामीसँग भएको पनि सकियो’, उनले भने, ‘एक महिनादेखि मास्क ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन।’

वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ। सुर्खेत उद्योग वाणिज्य सङ्घ, रेडिमेड तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाका मास्क पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिए। कपडाको मास्क किन्ने ग्राहकको संख्या बढेको उनले बताए।

एकजना चिकित्सकको निगरानीमा

काठमाडौँबाट सुर्खेत आएका एक युवकलाई ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ। बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवकमा १००.५ डिग्री सेल्सियस ज्वरो देखिएको हो। जापानबाट कोरिया हुँदै उनी नेपाल आइपुगेको बताइएको छ। उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले ज्वरो बढी देखिएकाले उनलाई पूर्णरूपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए। उनले भने, ‘ती युवकलाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था रहेको छैन।’ प्रदेश सरकारले विश्वमा महामारीका रूपमा फैलिएको भाइरसबाट सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

रुकुमपूर्वका सबै स्थानीय तहमा बन्दै१५ श्ययाका अस्पताल

रुकुमपूर्वका सबै स्थानीय तहमा  बन्दै१५ श्ययाका अस्पताल

हेल्थ टिभी अनलाइन\रुकुमपूर्व : सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

सिस्ने गाउँपालिका–५ को रुकुमकोट स्वास्थ्य चौकी र भूमे गाउँपालिका–९ को चुनबाङ स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न लागिएको प्रदेश ५ का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिए।

पुथाउत्तरगङ्गा गाउँपालिकाको कोल प्राथमिक स्वास्थ्य केन्द्रलाई गत वर्ष नै स्तरोन्नति गर्ने निर्णय भएको थियो। नजिकै उपचार सेवा पाइने आशा पलाएको चुनबाङ गैरीगाउँकी मनकुमारी पुनले बताए। अहिले सर्वसाधारण सामान्य उपचारका लागि रोल्पाको बागमारा पुगेर निजी क्लिनिकमा उपचार गराउन बाध्य छन्।

चुनबाङ रोल्पाका धेरै गाउँको केन्द्र मानिन्छ । ‘यसैले चुनबाङमा अस्पताल बन्नु भनेको रुकुमपूर्व र रोल्पाका सर्वसाधारणका लागि पनि सुविधा मिल्नु हो’, गैरीगाउँका प्रेमबहादुर पुन मगरले भने, ‘अब ससाना रोगका लागि दाङ, नेपालगञ्ज झर्नुपर्ने बाध्यता हट्छ कि भन्ने आशा पलाएको छ ।’ निर्णय कार्यान्वयनका लागि वडा तथा गाउँपालिकाले पहल गर्नुपर्ने उनले बताए।

स्तरोन्नति भएका स्वास्थ्य सस्थाको चालू आवमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । अस्पतालमा सम्बन्धित गाउँपालिका र संघीय सरकारको संयुक्त लगानी रहने जनाइएको छ। रुकुमकोट स्वास्थ्य चौकी भने अन्यत्रै सारिएको छ। यसअघि स्वास्थ्य चौकीको भवनमा जिल्ला अस्पताल उद्घाटन गरेर सञ्चालन गरिएको छ भने वडा नं. ५ को स्वास्थ्य चौकी ६ मा लगिएको छ।

सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले संघीय सरकारको निर्णय प्राप्त भएपछि यस विषयमा छलफल हुने र अस्पताल निर्माणका लागि गाउँपालिकाबाट आवश्यक पहल गर्ने जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बेथ्लिहम नगरलाई क्वारेन्टाइनमा राख्ने इजरायल र प्यालेस्टाइनको निर्णय

बेथ्लिहम नगरलाई क्वारेन्टाइनमा राख्ने इजरायल र प्यालेस्टाइनको निर्णय

सात जनामा कोरोना भाइरस संक्रमण देखिएपछि इजरायल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छन्।

शुक्रवार रातिदेखि प्यालेस्टिनी र इजरायलीहरूलाई शहर छाड्न र त्यहाँ आउन रोक लगाइएको हो। यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागू हुनेछ।

इजरायली रक्षामन्त्रीले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा त्यसलाई कार्यान्वयन गर्न इजरेली सेनालाई आदेश दिएका छन्।

यसअघि बेथ्लिहेमस्थित एउटा गिर्जाघर बन्द गरिएको थियो। प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न ‘वेस्ट ब्याङ्क’मा एक महिने संकटकाल घोषणा गरेका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विद्यार्थीमा कोरोना भाइरसबारेको भ्रम हटाउनू : शिक्षा मन्त्रालय

विद्यार्थीमा कोरोना भाइरसबारेको भ्रम हटाउनू : शिक्षा मन्त्रालय

हेल्थ टिभी अनलाइन\काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस संक्रमणको विषयमा सतर्कता अपनाउन अपिल गरेको छ।

मन्त्रालयले संक्रमण फैलिने प्रक्रिया र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन सचेत गराउन विद्यालय वा शिक्षण संस्थालाई भनेको छ। यस्तै संक्रमणबाट बच्ने उपाय सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसबारे पढ्न र छलफल गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नेलगायत गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको अपिलमा कोरोना भाइरससम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतका वेबसाइटको ठेगानाबारे जानकारी दिएर सबै विद्यार्थीलाई सूचित हुने अवस्था सिर्जना गर्न भनिएको छ। यस्तै स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

यसैगरी भीडभाड भएको ठाउँमा सकभर नजाने, राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवं खानेकुरा नखान, साबुन पानीले पटकपटक राम्ररी हात धुन, खानाखाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुन, हात नमिलाउन, अङ्कमाल नगर्न र टाढैबाट नमस्कार गर्न सिकाउन पनि भनिएको छ ।

कुनै विद्यार्थीलाई ज्वरो रुघाखोकी देखिएमा विद्यालयरशिक्षण संस्थामा तत्काल अन्य विद्यार्थीहाट अलग्गै राख्न, अभिभावकलाई तत्काल सम्पर्क गरी सुरक्षित तरीकाले जिम्मा लगाउन भनिएको छ।  वा नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरूको सल्लाहअनुसार उपचार गर्ने गराउन, ज्वरो र रुघाखोकी लागेका विद्यार्थी र तिनका परिवारका अन्य व्यक्तिलाई घरमा सुरक्षित तवरले अलग्गै ठाँउमा राख्न पनि सुझाव दिइएको छ।

विश्वव्यापी सो सङ्क्रमणको स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, साँस्कृतिक कार्यक्रमजस्ता समारोह आयोजना नगर्न, सामूहिक पिकनिक वा शैक्षिक भ्रमणजस्ता कार्यक्रम स्थगन गर्न पनि आग्रह गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मध्यपुर थिमीमा ‘आइसोलेसन वार्ड’

मध्यपुर थिमीमा ‘आइसोलेसन वार्ड’

हेल्थ टिभी अनलाइन\भक्तपुर : थिमीस्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले ‘आइसोलेसन वार्ड’ निर्माण शुरु गरेको छ।

भक्तपुरमा सरकारी र निजी गरी नौवटा अस्पताल रहे पनि पहिलो पटक नगरपालिकाको नेतृत्वमा सञ्चालित यो अस्पतालले आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो।

मध्यपुर थिमी नगरपालिकाको नेतृत्वमा सिद्धिकाली क्षेत्रमा सञ्चालनमा रहेको उक्त अस्पतालमा बिहीबार आइसोलेसन वार्ड निर्माण शुरु गरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

एक साताभित्र आइसोलेसन वार्ड निर्माण सम्पन्न गरेर तयारी अवस्थामा राखिने उनको भनाइ छ। नगरपालिकाले अस्पतालमा औषधि अभाव नहुने गरी व्यवस्थापन गरेको श्रेष्ठले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको संक्रमण त्रास : शहरमा अधिकांशको मुखमा मास्क (फोटो फिचर)

कोरोनाको संक्रमण त्रास : शहरमा अधिकांशको मुखमा मास्क (फोटो फिचर)

हेल्थ टिभी अनलाइन\काठमाडाैं : विश्वभर कोरोना संक्रमण फैलिएसँगै नेपालमा पनि यसको त्रास छ। कोरोना मात्र नभई अन्य संक्रमणबाट बच्न मास्कको प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्। त्यसैले शहर बजारमा हिँड्ने अधिकांशले अचेल मास्क लगाएर हिँडेको देखिन्छ।

मास्कको कालोबजारी भइरहेको समाचार आइरहँदा कतिपय औषधि पसलमा भने मास्क अभाव भन्दै सूचना टाँसेको पनि देखियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

प्रधानमन्त्री ओली खतरामुक्त, एक सातामा डिस्चार्ज हुने

प्रधानमन्त्री ओली खतरामुक्त, एक सातामा डिस्चार्ज हुने

हेल्थ टिभी अनलाइन\काठमाडाै‌ं : प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन्।  शरीरका सबै सूचक सामान्य रहेको र उनलाई तरल र नरम आहार दिन शुरु गरिएको चिकित्सकहरूले बताएका छन्।

प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए। मिर्गौलादान गर्ने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र उहाँलाई पनि तरल र नरम आहार दिन थालिएको उनले बताए।

अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेको र एकसातामा अस्पतालबाट डिस्चार्ज हुने प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्या सिंह शाहले जानकारी दिइन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न देशका प्रधानमन्त्री तथा देशका प्रतिनिधिबाट स्वास्थ्यलाभको शुभकामना आउने क्रम जारी रहेको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइरसँग लड्न आईएमएफले ५० अर्ब अमेरिकी डलर दिने

कोरोना भाइरसँग लड्न आईएमएफले ५० अर्ब अमेरिकी डलर दिने

कोरोना भाइरस (कोभिड १९) सँग लड्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ५० अर्ब अमेरिकी डलर (झण्डै ५८ खर्ब रुपैयाँ) आर्थिक सहायता दिने भएको छ।

कोरोना उद्गमस्थल चीनलगायत विश्वका ७० भन्दा बढी देशमा संक्रमण फैलिएपछि मुद्रा कोषले सहायता घोषणा गरेको हो।

सरुवा रोगसँग लड्न नसक्ने र कमजोर स्वास्थ्य प्रणाली भएका गरीब र मध्यम आय भएका मुलुकले यो सहायता पाउनेछन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा

अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा

कोरोना भाइरस संक्रमणका कारण एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ।

जहाज चढेर सान फ्रान्सिस्कोबाट मेक्सिको गएका ७१ वर्षीय वृद्धको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। क्यालिफोर्नियामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।

अमेरिकामा १६ राज्यमा कम्तीमा १५० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वाशिङ्गटन राज्यका हुन्।

कोरोना भाइरसको संक्रमण टेक्सास र नेब्रास्का राज्यमा समेत पुगेको छ। संक्रमणदर बढेपछि वाशिङ्गटन र फ्लोरिडा राज्यले एक हप्ताकाे अन्तरमा आपतकाल घोषणा गरेका थिए।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

जीवनमा पहिलोपटक भिडियो एक्स रे गराउँदा…

जीवनमा पहिलोपटक भिडियो एक्स रे गराउँदा…

हेल्थ टिभी अनलाइन\जाजरकोट: आर्थिक अवस्था कमजोर भई स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीका लागि गाउँगाउँमा निःशुल्क भिडियो एक्स रे सेवा सुरु गरिएको छ।

भेरी नगरपालिकाले स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीलाई गर्भजाँच गर्न निःशुल्क भिडियो एक्स रे सेवा सुरु गरेको हो। भिडियो एक्स–रे गरी गर्भजाँच गर्ने अधिकांश महिलाले जीवनमा पहिलोपटक भिडियो एक्स रे गरेको बताएका छन् ।

‘भिडियो एक्स रे कस्तो हुन्छ भन्ने थाहा थिएन, अहिले पहिलोपटक गाउँमै आफैँले सेवा लिएर थाहा पाएँ’ भेरी–११ कट्टी गाउँकी रमिता कामीले भनिन्, ‘पैसा नभएका कारण भिडियो एक्स रे सकिएको थिएन।’

उनीजस्तै तुली विक अहिले दोस्रोपटक गर्भजाँच गर्न जगतिपुर स्वास्थ्य चौकीमा आइन्। ‘पहिलोपटक जाँच नगरी छोरीको जन्म दिए, अहिले नगरपालिकाले भिडियो एक्स रे गर्दैछ भन्ने सुनेर भिडियो एक्स–रे गर्न आए’, उनले भनिन्, ‘यो वर्षदेखि नियमित गर्भजाँचदेखि भिडियो एक्स रेसम्म गर्न पाइयो।’

अहिले नगरपालिकाले १४ वटै वडामा गर्भवतीको स्वास्थ्य परीक्षणका साथै भिडियो एक्स रे सेवा गर्दै आएको छ। सुरक्षित मातृत्व कायम गरी नवजात शिशुको मृत्युदर घटाउन यो अभियान चालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। पैसाको अभावमा कोही गर्भवतीको स्वास्थ्य जाँच गर्न समस्या नहोस् भनी नगरपालिकाले यस्ताे कार्यक्रम गर्दै उनकाे भनाइ छ।

आमा र शिशुको पोषण सुधार गर्नका लागि गर्भवतीका लागि निःशुल्क भिडियो एक्स रे सेवा सञ्चालन गर्दा बालविवाहको डरलाग्दाे दृश्य देखिएको नगर प्रवक्ता पार्वती विकले बताइन्। गर्भवती जाँच गराउने अधिकांश १६ वर्ष देखि २० वर्ष मुनिका रहेका जाँचमा संलग्न चिकित्सक भुपेन्द्रप्रकाश मल्लले जानकारी दिए।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भरतपुर विमानस्थलमा हेल्थ डेस्क

भरतपुर विमानस्थलमा हेल्थ डेस्क

हेल्थ टिभी अनलाइन\चितवन : नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा  पुनः स्वास्थ्य कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो।

गत माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो। नागरिक उड्डयन प्राधिकरण भरतपुरले बुधबार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गर्न अनुरोध गरेको थियो। प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा बिहीबार कक्ष स्थापना गरिएको हो।

महानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार दुईजना प्यारामेडिक्स र एकजना नर्सिङ स्टाफ कक्षमा रहेका छन्। उनीहरूले जहाजबाट ओर्लिएका यात्रुहरुको अवस्था बुझेर शंकास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन्।

विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ। ती बिरामीका कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको आइसोलेशन कक्षमा पठाइने व्यवस्था मिलाइएको छ। नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रु धेरै आउने हुँदा जोखिम हुनसक्ने भन्दै स्वास्थ्य कक्ष पुनः सञ्चालनमा ल्याइएको बताए।

यस्तै कार्यालयले आज सूचना जारी गरी हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउनेहरूलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ। सूचनामा कोरोनाको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुहरूलाई हवाइ यात्रा तथा विमानस्थल क्षेत्र प्रवेश नगर्न अनुरोध गरेको छ।

भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् । ती जहाजबाट दैनिक ८०० हाराहारी यात्रु आवतजावत गर्दछन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ब्रिटेनमा झूटो दाबी गर्ने मास्क कम्पनीको विज्ञापन बन्द

ब्रिटेनमा झूटो दाबी गर्ने मास्क कम्पनीको विज्ञापन बन्द

कोरोना भाइरसको संक्रमण फैलिनबाट मुख छोप्ने मास्कले रोक्ने दाबी गरिएका दुईवटा कम्पनीका विज्ञापनलाई ब्रिटेनमा प्रतिबन्ध लगाइएको छ।

ब्रिटेनको नियामक निकाय एडभरटाइजिङ स्ट्याण्डर्ड अथोरीटी एएसएले इजी सपिङ फोर होम लिमिटेड र नोभाड्स ओयूले नियम मिचेको भन्दै यस्तो आदेश दिएको हो।

ती विज्ञापनहरू ‘भ्रामक, गैरजिम्मेवार र कुनै ‍औचित्यपूर्ण कारणविना भय फैलाउन सक्ने’ रहेको उक्त निकायको भनाइ छ। स्वास्थ्य अधिकारीहरूले भाइरस फैलिन नदिन धेरैपटक हात धुन सुझाव दिएका छन्।

कस्ता थिए विज्ञापन?

इजी सपिङ फोर होम लिमिटेडको विज्ञापन अमेजनको वेबसाइटमा छापिएको थियो। नोभाड्स ओयूले बनाएको ‘अक्सिब्रेथ’ मास्कको विज्ञापन स्कटिस सन वेबसाइटमार्फत टेबोला नेटवर्क र अरू साइटहरूमा प्रकाशित भएको थियो।

अक्सिब्रेथ प्रोको विज्ञापनमा भनिएको थियो, ‘अवस्था धेरै चिन्ताजनक छ भन्नु जायज नहोला। मैले सुनेको सबैभन्दा राम्रो सुझाव धैर्यवान बन्नु र आफूलाई सुरक्षित बनाउन व्यावहारिक कदम चाल्नु हो।’

‘सबैभन्दा राम्रो उपाय उच्च गुणस्तरको मास्क प्रयोग गरी आफूलाई भाइरस, ब्याक्टेरिया र अरू वायु प्रदूषकबाट आफूलाई जोगाउनु हो।’ एएसएले ती विज्ञापनहरूले वास्तविक सुझाव नदिएको भन्दै ती भ्रामक रहेको जनाएको छ।

एक प्रवक्ताले ब्रिटेनको जनस्वास्थ्य निकायले एएसएलाई आफूहरूले मास्कले कोरोना भाइरसको संक्रमणबाट जोगाउने भनेर सुझाव नदिने बताएको जानकारी दिए।

एएसएले उपचार गर्ने थलो बाहिर मास्क प्रयोग गर्दा त्यसबाट हुने व्यापक लाभबारे कम प्रमाण रहेको आफूले बुझेको जनाएको छ।

बीबीसी

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ताजा अपडेट