जलवायु परिवर्तन र एएमआर सम्बन्धी भिडियो प्रतियोगिता
हेल्थ टिभी अनलाइन : जलवायु परिवर्तनले एन्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) लाई कसरी बढाइरहेको छ भन्ने विषयमा भिडियो प्रतियोगिता हुने भएको छ । प्रोजेक्ट पल्सले २ देखि ५ मिनेटसम्मको जलवायु परिवर्तन र एएमआरसम्बन्धी सचेतनामूलक भिडियोको लागि निवेदन आव्हान गरेको छ ।
निवेदन दिने अन्तिम मिति यही मे २५ सम्म रहेको छ । भिडियो प्रतियोगिताका लागि डकुमेन्ट्री, एनिमेसन, जनचेतनामूलक भिडियो, लघु चलचित्र मार्फत वास्तविक कथा तथा तथ्यांक तथा समाधान प्रस्तुत गर्न सकिने बताइएको छ । भिडियो प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । यसैगरी थप १० उत्कृष्ट भिडियो बनाउनेलाई प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
एएमआरको बढ्दो जोखिमलाई हेरेर आम जनमानसमा सचेतनाका लागि यो भिडियो प्रतियोगिता राखिएको आयोजकको भनाई छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड