नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा निर्वाचित
हेल्थ टिभी अनलाइन : नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको सामाजिक संजालमार्फत सबैलाई जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको छ । हामी सबै नेपालीलाई बधाई ।’
विश्व स्वास्थ्य संगठनको स्वीट्जरल्यान्डको जेनेभामा भएकाे ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो। अब नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?