Health TV Online
Health TV Online
Health TV Online

शीतलहरको सकस : चिसो बढेपछि विद्यालय बन्द

शीतलहरको सकस : चिसो बढेपछि विद्यालय बन्द

महोत्तरी : दिनभरि लगातार चिसो स्याँठ चलेर जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेपछि नगरक्षेत्रका आधारभूत र माध्यमिक गरी १६ वटै विद्यालय शुक्रबारदेखि सोमबारसम्मका लागि बन्द गरिएका हुन्। बिहीबार नगर कार्यपालिकाको शिक्षा शाखाले विद्यालय बन्द गर्ने निर्णय गरेको शाखा प्रमुख ज्ञानेन्द्र यादवले जानकारी दिए। त्यसपछिको अवस्था हेरेर थप निर्णय गरिने शाखाले जनाएको छ।

विद्यालय बन्द गर्नसँगै औरही नगरपालिकाले गरिब र विपन्न बस्तीमा आगो ताप्न सुकेका मुडा वितरण पनि थालेको छ। प्रथम चरणमा अत्यन्त गरिब मुसहर समुदायको बसोबास रहेका बस्ती र मानिसको बढी चहलपहल हुने सार्वजनिक स्थलमा मुडा बालेर धुनी लगाइएको औरहीका नगरप्रमुख सुनिलकुमार यादवले बताए। जिल्लाका १५ वटै स्थानीयतहले चिसोबाट धेरै प्रभावितको पहिचान गरी तत्कालीन राहत पुर्याउने तयारी गरिरहेका जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए।

जिल्लाका अन्य क्षेत्रमा पनि धमाधम मुडा सल्काएर धुनी लगाइँदैछन्। जिल्लाको लोहारपट्टि नगरपालिकाले पनि आफ्नो नगरक्षेत्रका बस्तीमा मुडा पुर्याएर धुनी सल्काइएको नगरप्रमुख शैलेन्द्र यादवले जानकारी दिए। विद्यालय बन्द गर्नेबारे भोलि शनिबार दा नै हुँदा मौसमको अवस्था हेरेर निर्णय गर्ने लोहारपट्टि नपाको तयारी छ।

एक साताअघि पानी परेपछि बढ्दै गएको जाडो गत मंगलबार बिहानदेखि नै चिसो सिरेटो लगातार चल्न थालेपछि महोत्तरीका गाउँनगर बस्ती अत्यन्त प्रभावित भएका छन्। अहिले जिल्लाको मध्य र दक्षिणी भेगमा दिनहुँ बाक्लो हुस्सुसमेत लाग्ने गरेको छ।

तुषारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्किन नसकेपछि बजारमा चहलपहल घटेको छ। एक सातादेखिको चिसोले बन्द व्यापार मात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन्। लगातारको चिसो सिरेटोले घरपालुवा पशुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानको भनाइ छ।

बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन्। दैनिक ज्यालादारी गरेर गुजारा गर्न पर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र ससाना नानीहरुको स्याहारसम्भार कठिन भएको छ। घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर ओरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन्। अहिले जिल्लाका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन्।

आफ्नै घर वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन्। यसैगरी फोहर कपडा, मिल्किएका कसिंगर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले बताए। आगो बालिएको ठाउँबाट निस्कने धुँवाले बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने डा. झाको भनाइ छ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउन स्थानीय तहसँग सामाजिक संघ संस्थाले आग्रह गरेका छन्।

प्रतीकात्मक तस्विर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

डा. भट्टलाई विज्ञान पुरस्कार

डा. भट्टलाई विज्ञान पुरस्कार

काठमाडौं : नर्भिक अस्पतालका डाक्टर यादवकुमार देव भट्टले २०७६ सालको विज्ञान पुरस्कार प्राप्त गरेका छन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ललितपुरको खुमलटारस्थित कार्यालयमा कार्यक्रम गरी डा. भट्टलाई हालै विज्ञान पुरस्कार प्रदान गरेको हो।

नेपालमा इन्टरभेन्सनल (बिनाचिरफार गरिने मुटुरोग उपचार) प्रविधिको शुरुवात, विकास र प्रवर्धन गरी उल्लेख्य योगदान पुर्‍याएवापत उनलाई उक्त पुरस्कारले सम्मान गरेको प्रतिष्ठानले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

बंगलादेशमा डेंगुले १४१ जनाको मृत्यु

बंगलादेशमा डेंगुले १४१ जनाको मृत्यु

लामखुट्टेको टोकाइका कारण आउने डेंगु ज्वरोका कारण यो वर्ष बंगलादेशमा मृत्यु हुनेको संख्या १४१ पुगेको छ।

डिसेम्बर १ देखि १८ सम्ममा डेंगु भाइरसबाट संक्रमित भई अस्पताल भर्ना हुने बिरामीको संख्या एक हजार ८३ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले दिएको तथ्यांकमा डेंगुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३५, अगस्टमा ८२, सेप्टेम्बरमा १३ र अक्टोबरमा तीन र डिसेम्बरमा जनाको मृत्यु भएको थियो।

नोभेम्बरमा चार हजार ११, अक्टोबरमा आठ हजार १४३, सेप्टेम्बरमा १६ हजार ८५६ र अगस्टमा सबैभन्दा धेरै ५२ हजार ६३६ व्यक्ति संक्रमणपछि अस्पताल पुगेका थिए। गत वर्षको तुलनामा डे‌ंगुका कारण मृत्यु हुनेको संख्या झण्डै पाँच गुणा बढेको र संक्रमण झण्डै १० गुणामा देखिएको छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

प्रधानमन्त्री ओलीको १०औँ पटक डायलासिस

प्रधानमन्त्री ओलीको १०औँ पटक डायलासिस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको १०औँ पटक डायलासिस गरिएको छ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार अपराह्न उनको डायलासिस गरिएको हो।

मिर्गौलाको आयु बढाउन सिंगापुरमा गत भदौमा ६ पटकसम्म गरिएको प्लाज्मा फेरोसिसले काम नगरेपछि ओली गत कात्तिकमा धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएर दुई पटकसम्म डायलासिस गराएका थिए।

एपेन्डिसाइटिसको अप्रेसनपछि मनमोहनको १० दिनसम्म आईसीयूमा रहने क्रममा प्रधानमन्त्री ओलीको मिर्गौलाको पनि डायलाइसिस भएको थियो।

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरेको मिर्गौलाले करिब काम गर्न छाडिसकेको अवस्थामा नियमित डायलाइसिस भइरहेको छ। चिकित्सकहरूले एपेन्डिसाइटिसको घाउ बिसेक भएपछि मिर्गौला प्रत्यारोपणको तयारी गर्ने बताएका छन्

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

यसरी थाहा पाउनुस् मेरूदण्डको समस्या – डा. विनोद विजुक्छे

Subscribe our Youtube channel

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

अभावै अभावबीच भरतपुर अस्पताल

अभावै अभावबीच भरतपुर अस्पताल

चितवन : केन्द्रीय अस्पतालको रूपमा स्तरोन्नति भए पनि  भरतपुर अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन ।

६०० शय्या रहेको अस्पतालमा पछिल्लो समय चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी अभाव छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको दरबन्दी कम भएको जानकारी दिए।

हाल अस्पतालमा १७५ जनाको दरबन्दी छ। तर १४५ जना मात्र कार्यरत छन्। ४० जना चिकित्सकको दरबन्दी भए पनि हाल २६ जना मात्र छन्।

पछिल्लो समय अस्पताल सञ्चालनमा विकास समितिका स्वास्थ्यकर्मीले धानेका छन्। ४०८ जना समितिका कर्मचारी कार्यरत छन्। तीमध्ये ४९ जना चिकित्सक हुन्।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले विकास समिति बाहेक स्वास्थ्य सेवाका चिकित्सक, नर्स अनमी गरी ७५७ जनाको नयाँ दरबन्दी प्रस्ताव गरिएको जानकारी दिए।

चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउँछन्। अस्पतालमा वार्षिक तीन लाख ५० हजार भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क छ। एकै दिनमा दुई हजार २०० सम्म बिरामी बहिरंग सेवा लिन आएको तिवारीले जानकारी दिए।

अस्पतालमा १९ वटा विभाग छ। भरतपुर अस्पताल काठमाडौँको परोपकार प्रसूति गृहपछि सबै भन्दा बढी सुत्केरी हुने अस्पताल मानिन्छ। अस्पतालमा गत आर्थिक वर्षमा १३ हजार ५४५ जनाले बच्चा जन्माएका थिए।

गत फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले अस्पताल केन्द्रीयस्तरको बनाउने निर्णय गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

जाडाेमा झाडापखाला : बालबालिकाकाे ज्यानै जान सक्छ

Subscribe our Youtube channel

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

औषधि पनि हो जाडाेकाे घाम

औषधि पनि हो जाडाेकाे घाम

जाडोमा घाम प्यारो हुन्छ। घाम शरीरबाट चिसो भगाउनलाई मात्र नभई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ। औषधि पनि हो जाडोको घाम। तर, कतिपय व्यस्तताका कारण घाममा बस्न पाउँदैनन्। त्यसै समय छुट्याएरै घाममा बस्नु उपयुक्त हुन्छ। घाम ताप्नुका फाइदा–

जाडोमा घाममा बस्दा तत्काल हुने सबैभन्दा ठूलो फाइदा शरीरलाई चिसोबाट बचाएर न्यानो प्रदान गर्ने हो। यसले मानिसको कार्यक्षमता समेत बढाउँछ।

घामले रक्तसञ्चारलाई सन्तुलित बनाउँछ। शरीरमा रगत जम्ने प्रक्रियालाई सूर्यको न्यानो प्रकाशले रोक्छ।रक्तसञ्चार पनि चुस्त हुन्छ । जाडोको घामको न्यानोले चिनी र मुटु रोगीलाई समेत राहत प्रदान गर्छ ।

घाममा बस्दा शरीरले भिटामिन डी ग्रहण गर्छ। यसले हड्डी मजबुत बनाउन सहयोग गर्छ। त्यसको साथै यसले जोर्नी र चिसोको कारणले हुने शारिरिक दुखाईमा पनि राहत प्रदान गर्छ।

कतिपयलाई वेलावेला शरीरमा हुने विभिन्न प्रकारका फंगल संक्रमणले निकै दुख दिइरहेको हुन्छ। नियमित रूपमा घाममा बस्ने गर्नुस्। जाडोको घामले त्यस्तो संक्रमण निको पार्न महत्त्वपूर्ण भूमिकाखेल्छ। यस्तो घामले विभिन्न किसिमका किटाणुको संक्रमबाट पनि बचाउँछ।

घाम ताप्दा तनावमुक्त हुन पनि सहयोग पुग्छ। निद्रा नपर्ने समस्या भएकाहरूलाई राहत मिल्छ।

थप समाचार

जिल्ला अस्पतालमा चार प्रकारका बिरामीलाई निःशुल्क उपचार

जिल्ला अस्पतालमा चार प्रकारका बिरामीलाई निःशुल्क उपचार

डाेटी : जिल्ला अस्पतालमा चार प्रकारका बिरामीले निःशुल्क स्वास्थ्य उपचार पाउने भएका छन्।

अस्पताल व्यवस्थापन समितिको पहिलो बैठकले अस्पतालमा स्वास्थ्य उपचार गर्न आउने ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए।

अध्यक्ष जोशीका अनुसार जिल्ला अस्पतालमा उपचार गराउन आउने चार प्रकारका व्यक्तिलाई नाम दर्तादेखि चिकित्सकीय तथा भिडियो एक्स–रे तथा ल्याबमा कुनै पनि प्रकारको शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको छ।

सेवा लिन आउने उक्त प्रकारका व्यक्तिले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य देखाउनु पर्नेछ। जिल्ला अस्पताल डोटीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन अस्पताल व्यवस्थापन समितिले नयाँ चिकित्सक भर्ना गर्ने निर्णयसमेत गरेको छ।

अस्पतालको विकास तथा थप सुधारका लागि समितिको पहिलो बैठकले महत्वपूर्ण निर्णय गरेको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिए। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको जिल्ला अस्पतालमा अस्पताल व्यवस्थापन समिति आएपछि अवरुद्ध कामले निरन्तरता पाउने भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

जाजरकाेटका सबै वडामा स्वास्थ्य संस्था निर्माण शुरु

जाजरकाेटका सबै वडामा स्वास्थ्य संस्था निर्माण शुरु

जाजरकोट : सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन जिल्लाका सात वटा स्थानीय तहले सबै वडामा स्वास्थ्य संस्था निर्माण शुरु गरेका छन्। संघीय सरकारको अनुदानमा यहाँका सबै स्थानीय तहले नयाँ स्वास्थ्य संस्था निर्माण कार्य शुरु गर्नुका साथै स्वास्थ्यकर्मी भर्ना अभियान थालेका हुन्।

नलगाड नगरपालिकाको दल्ली, तल्लु, कैना, लहँ, चौखा र औलगुत्तामा स्वास्थ्य रहेका थिए। ती स्वास्थ्य सबैको पहुँचमा नभएको भन्दै नगरपालिकाले नगरभित्रका १, ४, ५, ६ ९, १० र १२ नम्बर वडामा नयाँ स्वास्थ्य संस्था निर्माण शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए। उनका अनुसार पुरानो भएको ठाउँबाट सबै ठाउँका स्थानीय बासिन्दाको पहुँच नपुग्ने भन्दै नयाँ दरबन्दी सिर्जना गरी स्वास्थ्य संस्था स्थापना गर्न लागिएको हो। स्वास्थ्यकर्मी नियुक्तिको कामसमेत शुरु भइसकेको उनले जानकारी दिए।

त्यस्तै बारेकोट गाउँपालिकाका ३, ४, ५, ६, ७ र ९ मा नयाँ स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएको छ । बोलपत्र आह्वान भई काम शुरु गर्ने तयारीमा पुगेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। सदरमुकामको भेरी नगरपालिका नयाँ सात वटा स्वास्थ्य संस्था निर्माण हुन लागेका छन्। ५० शय्याको स्वास्थ्य सेवा कार्यालय रहेको भेरी नगरपालिकामा स्वास्थ्य संस्था नभएका वडामा दरबन्दीसहितका स्वास्थ्यकर्मी र नयाँ भवन निर्माण हुन लागेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए।

कुशे गाउँपालिकामा १, ३, ६ र ७ मा नयाँ सुविधासम्पन्न नयाँ भवन निर्माणका लागि बोलपत्र आह्वान गरी स्वास्थ्यकर्मी भर्ना करिब टुङ्गिएको प्रमुख प्रशासकीय कृष्णश्याम पौडेलले जानकारी दिए।

जिल्लाको अतिविकट स्थानीय तह जुनीचाँदे गाउँपालिका–७ वटा वडामा नयाँ भवन निर्माणको काम शुरु भएको प्रशासकीय अधिकृत सर्वदल शाहीले बताए। २, ३, ४, ६, ७, ८ र १० नम्बर वडामा निर्माण शुरु भएको हो। त्यसैगरी शिवालय गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य संस्थाको भवन निर्माणको काम शुरु हुने प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

प्रहरी अस्पतालमा रक्तसञ्चार केन्द्र

प्रहरी अस्पतालमा रक्तसञ्चार केन्द्र

काठमाडौं : नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकको ४० लाख रुपैयाँ सहयोगमा ‘रक्तसञ्चार केन्द्रको स्थापना गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिनेभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे। ‘अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ’, उनले भने, ‘आगामी दिनमा झन् राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्।’

अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न ३०० शय्यामा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताए।

महानिरीक्षक खनालले अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेसन सेन्टर’समेत उद्घाटन गरे। २०४० चैत २७ गते २५ शय्याबाट शुरु भएको अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारणका लागि १० शय्या छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

भक्तपुरमा पनि रगत अभाव

भक्तपुरमा पनि रगत अभाव

भक्तपुर : काठमाडाैं र ललितपुरमा रगत अभाव हुँदा मानिसहरू भक्तपुर आउँथे। ‘रगत नपाए भक्तपुर जानु’ भनिन्थ्याे। तर अचेल यहाँ रगत अभाव हुन थालेको छ। जिल्लामै जटिल रोगको उपचार हुने अस्पतालमध्ये शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पतालबाट मात्रै दैनिक बिरामी रगत लिनका लागि रेडक्रसको रक्तसञ्चार केन्द्रमा भौँतारिने गरेका छन् ।

त्यसमाथि पनि जिल्ला अस्पताल र निजी अस्पतालबाट थप रगत लिन आउने बिरामी मात्रै नभई उपत्यका तथा बाहिरी जिल्लाबाट आपत्कालीन रूपमा रगत लिनका लागि आउने बिरामीले चाहिए जति रगत नपाउँदा बिरामीको ज्यान नै जोखिममा पर्ने बताउँछन्।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रमा धरानदेखि रगत लिन आएका दीपक थापाले रगत नपाएर राजधानीमा भौँतारिँदा बिरामीको ज्यान नै जोखिममा परेको बताए। उनी अर्बुद रोग भएका आफन्तका लागि पाँच पिन्ट रगत लिन काठमाडाैं आएका हुन् । रक्त सञ्चार केन्द्र काठमाडौँमा एक पिन्ट मात्रै पाएपछि थप रगतका लागि उनी भक्तपुर आए। यहाँ पनि दुई पिन्ट रगत मात्रै पाएकाले रगत खोज्दाखोज्दै बिरामीको ज्यान जाने चिन्तामा थिए उनी।

वीरअस्पतालबाट रगत लिन आएका राम कार्कीले तत्काल शल्यक्रिया गर्न रगत माग भएपछि काठमाडौँमा नपाएर भक्तपुर आएको बताए। आफ्ना बिरामीको तत्काल शल्यक्रिया गर्न चाहिने रगत लिन भक्तपुर पुग्दा पनि रगत नपाएपछि नेपाल रेडक्रस सोसाइटीले दुईजना दातालाई बोलाएर रगत झिकेर पठाए पनि अझै दुई पिन्ट रगत नपुगेको उनले बताए।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोजकुमार थापाले मागअनुसारको रगत पुग्ने गरी दिन नसके पनि भक्तपुर आउनेलाई रित्तो हात भने नफर्काएको दाबी गरे। अत्यावश्यक र आपत्कालीन अवस्थाका बिरामीका हकमा भने रेकर्डमा रहेका रक्तदातालाई तत्काल बोलाएर रक्तदान गर्न लगाई रगत दिएर पठाउने गरेको थापाको भनाइ छ।

रक्तदान कम हुने, दुर्घटनाका घाइते र अन्य बिरामीको संख्या बढ्ने भएकाले रगतको अभाव चुलिएको उनकाे भनाइ छ। दैनिक रक्तदान कार्यक्रम राख्दा पनि रगतको माग पूरा गर्न नसकेको थापाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

जाडाेमा झाडापखाला : बालबालिकाकाे ज्यानै जान सक्छ

जाडाेमा झाडापखाला : बालबालिकाकाे ज्यानै जान सक्छ

झाडापखाला भन्नेबित्तिकै सामान्यतया गर्मीयाममा मात्र हुन्छ भन्ने आम बुझाइ छ। गर्मीमा पानी दूषित हुने र विभिन्न किटाणुले फैलाउने संक्रमणका कारण खाना संक्रमित हुने झाडापखालाको समस्या देखिन्छ।

गर्मीयाममा मानिसहरू झाडापखाला हुनसक्ने भन्दै सचेत हुने गरेको पाइन्छ। हातगोडाको सफाइ, घर वरपर सरसफाइदेखि खानेकुरामा समेत सचेत भएको पाइन्छ। तर जाडोमा भने सरसफाइ र खानपानमा त्यति ध्यान दिएको पाइन्न। ‘जाडोमा जे खाए पनि पच्छ। रोगका किटाणुहरूको संक्रमण हुँदैन’ भन्ने भ्रमका कारण यस्तो भएको हो। तर यो गलत हो। गर्मी महिनामा हामी जति सचेत हुन्छौँ त्यति नै सचेत जाडोमा पनि हुनुपर्छ, सरसफाइको सन्दर्भमा।

चिसोयाममा पनि झाडापखाला लाग्छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। चिसो मौसममा हुने भएकाले यसलाई ‘विन्टर डायरिया’ भनिन्छ। यो समयमा विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा झाडापखालाको समस्या देखिन्छ। चिसोमा हुने पखाला ‘रोटा’ भाइरसका कारण हुन्छ।

समयमै उपचार नगर्दा यसका कारण बालबालिकाको मृत्यु हुन्छ। झाडापखालाबाट बच्न सर्वप्रथम सरसफाइमा ध्यान दिनुपर्छ। घरमा मात्र नभई स्कुल वा किण्डरगार्डेनबाट पनि यो बालबालिकालाई यो समस्या आउनसक्छ। मन्टेस्सरीमा बच्चाहरुको संख्या धेरै हुने भएकाले एकजनामा मात्रै पनि झाडापखाला हुँदा एकबाट अर्कोमा सर्ने सम्भावना हुन्छ। बालबालिकाले औँला र खेलौना मुखमा हालिराख्ने कारण यो सहजै सर्न सक्छ।

काठमाडौंलगायत शहरी क्षेत्रमा अस्पतालको पहुँच हुने भएकाले समस्या समाधान गर्न त्यति कठिनाइ हुँदैन। तर दुर्गम ठाउँ जहाँ स्वास्थ्य केन्द्र टाढा टाढा छन्, त्यस्ता ठाउँमा उपचारमा कठिनाइ हुन्छ। चिकित्सक र औषधि भनेको वेला नपाइने भएकाले बालबालिकाको ज्यानै जान सक्छ। त्यसैले यो समस्या न्यूनीकरण गर्न हरेक स्थानमा खोप पुर्याउन आवश्यक छ।

नेपालजस्ताे विकासोन्मुख देशमा यो समस्या चुनौतीको रूपमा देखा परेको छ। विकसित मुलुकमा यसको रोकथामका लागि रोटा भाइरसविरुद्ध खोप सञ्चालन गरिएको पाइन्छ। नेपालजस्ता विकासाेन्मुख देशमा भने याे सहज र सर्वसुलभ हुन सकेकाे छैन। चिसोमा बालबालिकालाई हुनसक्ने झाडापखाला र यसको कारक रोटा भाइरसबारे सबै जनचेतना फैलाउन आवश्यक छ। रोटा भाइरसको संक्रमण हुन नदिने मुख्य उपाय नै सरसफाइ हो। यसको खोप सर्वसुलभ बनाउन राज्य पनि लाग्नुपर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

महानगरका मिर्गाैला बिरामीलाई सैनिक अस्पतालमा नि:शुल्क हेमोडाइलासिस

महानगरका मिर्गाैला बिरामीलाई सैनिक अस्पतालमा नि:शुल्क हेमोडाइलासिस

काठमाडौं : काठमाडौं महानगरका मिर्गौलारोगीहरूले अब सैनिक अस्पतालबाट निशुल्क हेमोडायलाइसिस सेवा पाउने भएका छन्।महानगरपालिका र नेपाली सेनाले मिर्गौला बिरामीलाई निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्न सहकार्य गरेका हुन्।

बुधबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे। वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने सो सेवा लिनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस लिनुपर्नेछ।

नगर प्रमुख शाक्यले शहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवर्धनका लागि महानगरले अघि बढाएको साझेदारीअन्तर्गत नेपाली सेनासँग सम्झौता गरेको बताए। ‘महानगरले अस्पताल खोल्ने योजना बनाएको छ, त्यो तत्काल सम्भव छैन, त्यसैले अहिले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई आवश्यक सेवा दिने प्रयास गरेका छौँ’, उनले भने।

प्रधानसेनापति थापाले नेपाली सेनाले जनसाधारणको हित हुने क्षेत्रमा काम गरिरहेको बताए। उनले नेपाली सेना स्थानीय सरकारसँग मिलेर जनताका लागि आवश्यक पर्ने अत्यावश्यक सेवा दिन तयार रहेको जानकारी दिए।

पहिलो चरणमा एक करोड ५० लाख सहयोग

यसका लागि महानगरपालिकाले शुरुमा एक करोड ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ। हेमोडाइलासिसका लागि आवश्यक यन्त्र, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक सेनाले योजनासहितको खाका र लागत रकम महानगरसँग माग गर्नेछ। माग गरिएको रकम कार्य प्रगतिका आधारमा पुनः  एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरपालिकाको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ।

तत्कालका लागि सेनाले वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोतसाधनबाट एक सिफ्ट थप गरी प्रतिदिन नौदेखि १२ सम्म बिरामीका लागि हेमोडाइलासिस सेवा दिनेछ। त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधारलगायत स्रोतसाधन थपेपछि सेवा विस्तार गर्दै लगिने कार्यक्रममा प्रधानसेनापति थापाले जानकारी गराउनुभयो। उक्त सम्झौताको अवधि पाँच वर्ष तोकिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

डा. ज्ञवालीलाई ग्लोबल अंकोलोजिस्ट युवा अनुसन्धानकर्ता अवार्ड

डा. ज्ञवालीलाई ग्लोबल अंकोलोजिस्ट युवा अनुसन्धानकर्ता अवार्ड

काठमाडौं :  डा. विशाल ज्ञवालीले ग्लोबल अंकोलोजिस्ट युवा अनुसन्धानकर्ता अवार्ड प्राप्त गरेका छन्। उनलाई अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजीले अवार्ड प्रदान गरेको हो।

उनलाई प्रयोगात्मक विज्ञान अन्तर्गत ग्लोबल अंकोलोजिस्ट युवा अनुसन्धानकर्ता अवार्ड दिइएको हो। यससँगै अनुसन्धान सञ्चालनका लागि डा. ज्ञवालीले ५० हजार डलर प्राप्त गर्नेछन्।

न्यून आय भएका देशमा प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराउनेहरूलाई डा. ज्ञवालीले आधारभूत किमोथेरापीको तालिमको विषयमा प्रस्ताव तयार पारेका थिए। यही प्रस्तावलाई अवार्ड प्रदान गरिएको हो। नयाँ अनुसन्धानकर्ताहरूलाई ग्लोबल अंकोलोजीमा गुणस्तरीय अनुसन्धानमा प्रोत्साहन गर्न यो अवार्ड प्रदान गरिएको जनाइएको छ।

२०५९ सालकाे एसएलसी बाेर्डफर्स्ट डा. ज्ञवाली दक्षिणी अन्टारियोको क्यान्सर केन्द्रको अंकोलोजी विभागमा क्यान्सर विज्ञ र क्विन्स युनिभर्सिटीमा सहायक प्राध्यापक छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

स्पार्क हस्पिटल विराटनगरले निशुल्क स्वास्थ्य शिविर गर्दै

स्पार्क हस्पिटल विराटनगरले निशुल्क स्वास्थ्य शिविर गर्दै

काठमाडौं : स्पार्क नेचुरोपेथी तथा फिजियोथेरापी अस्पताल विराटनगरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । अस्पतालले आफनो चौंथो वार्षिकोत्सवको अवर पारेर यही पुस ९र १० गते निशुल्क शिविर गर्न लागेको अस्पतालका अध्यक्ष रुपेस अधिकारीले जानकारी दिए ।

शिविरमा आउने विरामीलाई काठमाडौंबाट गएका विशेषज्ञ चिकित्सकहरुले जाँच गर्ने छन्। नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा प्राकृतिक रुपबाट गरिने उपचारप्रति विरामीलाई प्रेरित गर्ने र रोग लागिसकेकालाई प्राकृतिक माध्यमबाट उपचार गर्ने उद्देश्यले शिविर गर्न लागिएको पनि अधिकारीले बताए ।

शिविरमा हड्डी खिइएकोे, बाथ, नशा च्यापिएको, हाडजोर्नीको दुखाई, प्यारालाइसिस, ढाड दुख्ने लगायतका समस्याको विशेष उपचार हुनेछ। यसका साथै शिविरमा आउने विरामीलाई औषधिमा समेत विशेष छुट प्रदान गरिनेछ । अस्पताल प्रांगणमा हुने शिविर बिहान ८ बजेदेखि ४ बजेसम्म चल्नेछ । शिविरको दोस्रो दिन वृहत रत्तदान कार्यक्रम समेत राखिएको छ ।

दुई दिनसम्म चल्ने उक्त शिविरमा झण्डै ३ सय ५० जना विरामीले सेवा लिने आयोजकको अपेक्षा छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

महिनावारीमा के गर्ने?, के नगर्ने?

महिनावारीमा के गर्ने?, के नगर्ने?

हरेक महिना ३–४ दिन योनिमार्गबाट रगत बग्ने प्रक्रिया नै महिनावारी वा मासिक श्राव हो। महिनावारी महिलामा हुने प्राकृतिक प्रक्रिया हो।
नेपालजस्तो विकासोन्मुख मुलुकमा महिनावारीमा किशोरी तथा महिलाहरू स्वस्थ खानेकुरा र स्वस्थ कपडा प्रयोग गर्नबाट वञ्चित हुने गरेका छन्।

अज्ञानता र शिक्षाको अभावमा महिनावारी स्वस्थ बन्न सकिरहेको छैन। महिनावारी स्वस्थ बनाउने केही टिप्स–

महिनावारीका वेला सरसफाइमा ध्यान दिनुस्। यौनाङ्ग सफा राख्नुस्। रेडिमेड प्याड हाेस् वा घरेलु कपडा, सफा र किटाणुमुक्त हुनैपर्छ। सफा राख्ने नाममा यौनाङ्गमा धेरै पानीको प्रयोग पनि नगर्नुस्।

योनिमार्गको सफाइका लागि सामान्य साबुन वा कम क्षार भएका ‘भजाइनल वास’को प्रयोग गर्न सकिन्छ। योनिमार्गको छेउछाउमा सुगन्धित पाउडर र प्याड  प्रयोग नगर्नुस्।

भिटामिन ‘सी’ र ‘ए’युक्त ताजा फलफूल खानुस्। फलफूलमा हुने प्राकृतिक रेशाहरुले आन्द्राको चाल सन्तुलनमा राख्छ। यसले योनिमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ।

दैनिक ३–४ लिटरभन्दा बढि पानी पिउनुस्, तर  चिया, कफी र मदिरा नखानुस्।

धेरै गुलियो तथा दूधबाट बनेका परिकारले पनि योनिमार्गका जीवाणु बढाउन मद्दत गर्ने भएकालेयस्ता खानेकुरा कमै खानुस् ।

दुखाइ कम गर्न हट रबर ब्यागकाे प्रयाेग र चिकित्सकको सल्लाहबमोजिम दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ। सामान्यभन्दा धेरै रगत गएमा वा धेरै दिनसम्म रगत बगेमा चिकित्सककोमा जानुपर्छ।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

नाककाे हड्डी बांगाे हुने समस्या र समाधान

नाककाे हड्डी बांगाे हुने समस्या र समाधान

मानव शरीरका हरेक अंगका छुट्टाछुट्टै विशेषता छन्। एउटाको काम अर्कोले गर्न नसक्ने भएका कारण सबै अंग महत्त्वपूर्ण छन्। नाकको सन्दर्भमा कुरा गर्ने हो यसको मुख्य काम श्वास फेर्ने हो। तर यो व्यक्तिको सौन्दर्यसँग पनि जोडिएको हुन्छ। नाककाे आकारकै कारण मानिसमा आत्मविश्वासकाे कमी हुने समस्या पनि देखिन्छ।

रुघा लाग्ने, बन्द हुने र यसैका कारण टाउको दुख्ने यी सामान्य समस्या हुन् नाकका। लामो समयसम्म रुघा लागिरहने, सिंगान बग्ने वा रगत आउने र श्वासप्रश्वासमै वाधा पुग्नेजस्ता समस्या देखिए सचेत हुनैपर्छ।

नाकबाट रगत आउने कारण विभिन्न हुनसक्छ। नाकमा मासुको डल्ला आउने र विभिन्न कारणले गर्दा ठूलो भई यसले समस्या उत्पन्न गरेको हुन्छ। यसैका कारण नाकमा इन्फेक्सन भई रगत आउनेजस्ता समस्या देखिन्छ।

नाक बांगो हुने समस्या

कतिपय मानिस नाक बांगो हुने, आकृति नै परिवर्तन भई थेप्चो हुने जस्ता समस्या लिएर हामीकहाँ आउँछन्। याे समस्याका कारण कतिपयकाे श्वासप्रश्वासमा अवराेध पुगेकाे हुन्छ। कतिपय भने साैन्दर्यका कारण चिन्तित हुन्छन्।

नाकमा ट्युमर पलाएर नाक बाहिरबाट नै बांगो देखिन्छ। भित्र रहेको हड्डी बांगिए पनि नाक बांगो हुन्छ। केहीमा यो समस्या जन्मजात हुन्छ। आमाको गर्भ रहँदा नै विभिन्न कारणले नाक बांगो भएको हुन्छ। त्यसको असर सानोमा त्यति थाहा हुँदैन। बच्चा ठूलो हुँदै गर्दा देखिन्छ। कतिपयमा भने सानो हुँदा लडेका कारण नाकमा चोट लागेर यस्तो हुनसक्छ।

समाधान

यस्तो समस्याबाट ग्रसितहरूको समाधानको उपाय भनेको शल्यक्रिया नै हो। शल्यक्रिया बांगिएको हड्डी शल्यक्रियाको माध्यमबाट सोझ्याउन सकिन्छ। यसपछि बिरामीले सहज रूपमा श्वास फेर्न सक्छन्। यो शल्यक्रिया सहज र सरल तरिकाले गरिन्छ। नाक बांगो हुँदैमा सबैलाई शल्यक्रिया गर्नुपर्छ भन्ने हुँदैन। अन्य विधिबाट पनि उपचार गर्न सकिन्छ।

नाकको हड्डी बांगो भएका कारण श्वास फेर्न अवरोध भए विशेषज्ञ चिकित्सककहाँ पुगेर परामर्श लिनुपर्छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

‘नर्सलाई हेर्ने समाजकाे दृष्टिकाेण बदलिएकाे छ’

‘नर्सलाई हेर्ने समाजकाे दृष्टिकाेण बदलिएकाे छ’

३० वर्षदेखि नर्सिङ पेशामा रहेकी दिलकुमारी गुरुङ हाल काठमाडौंको ईशान बाल तथा महिला अस्पतालमा मेट्रोन छिन्। उनै नर्स दिलकुमारीका कुरा यो पटकको नर्सका कुरामा–

मैले नर्सिङ पेशा शुरु गरेको ३० वर्षभन्दा बढी भइसकेको छ। नेपाल प्रहरीमा ३० वर्ष सेवा गरी ‘रिटायर्ड’ भएकी हुँ। केही महिनादेखि ईशान बाल तथा महिला अस्पतालमा मेट्रोन छु।

सानै उमेरदेखि अरुको सेवा गर्ने, बिरामी र अशक्तहरूको सेवा गर्ने इच्छा पलाउँथ्यो ममा। कोही दुःखमा परेको मानिस देखे कसरी सेवा गर्ने होला भन्ने कुरा मनमा खेलिरहन्थ्यो। तर कसरी सेवा गर्ने भन्ने कुनै ‘आइडिया’ थिएन।

सानैदेखि देखेको सपना पूरा गर्ने माध्यम मेरै बुबा बन्नुभयो। बुबा भारतीय सेनामा काम गर्नुहुन्थ्यो। म सानै छँदा लडाइँकै क्रममा एकपटक बुबालाई ठूलो चोट लाग्यो। शल्यक्रियापश्चात् पनि निकै महिना अस्पताल बस्नुपर्ने भयो। त्यसबेला अस्पतालमा बस्दा नर्सहरुले गरेको सेवा देखेर बुबालाई छोरीलाई पनि यस्तै बनाउँछु भन्ने सोच आएछ।

पछि उहाँले नै मलाई नर्स पढ्न प्रेरणा दिनुभयो। त्यसैले बुबाकै कारण म आज यो पेशामा छु। बुबाको रोजाइ भए पनि बिस्तारै यो पेशा मेरो पनि रोजाइ बन्दै गयो। यसमै रमाएँ।

पीसीएल लेभलको पढाइ सकेलगत्तै प्रहरी अस्पतालमा नर्स मागेको थियो निवेदन दिएँ। पास पनि भएँ। त्यसबेला अहिले जस्तो धेरै नर्स उत्पादन हुँदैनथे। जागिरका लागि अलि सजिलो नै थियो।

जागिरे त भएँ। प्रहरी अस्पतालमा काम गर्न निकै कठिन हुन्थ्यो। शुरु शुरुमा निकै गाह्रो भयो। संगठनको कडा नियम कानुनमा बाँधिन साह्रै गाह्राे । तर पछि बिस्तारै बानी पर्दै गयो।

अहिले त्यहाँबाट रिटायर्ड भएपछि मैले ईशान बाल अस्पताल रोजेँ। यसको पनि कारण छ। मलाई बच्चाहरूको सेवा गर्न निकै आनन्द लाग्छ। अबको समय बालबालिकाको सेवामा समर्पित गर्ने विचार छ।

यो अस्पताल प्रहरी अस्पतालभन्दा पक्कै धेरै हिसाबमा फरक छ। यहाँ स–साना बालबालिका विभिन्न प्रकारका रोग लिएर आउँछन्। कोही त आफ्नो समस्या समेत भन्न नसक्ने अवस्थाका हुन्छन्।

उनीहरूको लक्षण हेरेर उपचार गर्नुपर्छ। त्यसैले पनि काम एउटै भए पनि तरिका फरक छ। ईशान बच्चाहरुको लागि विशिष्टीकृत अस्पताल हो। यहाँ विशेष उपचार हुन्छ। म अब यी स–साना बालबालिकाको मुहारमा मुस्कान देखेर रमाउन थालेकी छु। यसको छुट्टै सन्तुष्टि छ।

अहिले नर्सिङ क्षेत्रमा धेरै चुनौती छन्। धेरै प्राइभेट अस्पतालले नर्सलाई कम तलब दिएर उनीहरूको श्रमशोषण गरिहेका छन्। बिरामी धेरै नर्स थोरै हुँदा समस्या हुन्छ। अनि गाली नर्सले खानुपर्छ।

यस्ता कुराहरूले अलिकति नरमाइलो त लाग्छ नै, तर समाजमा नर्सलाई हेर्ने दृष्टिकोण भनें बदलिँदै गएको छ। हामीले पढ्ने बेलासम्म धेरैले नर्स बनेकी भनेर कुरा काट्थे। तर अहिले यो सम्मानित पेशा मानिन्छ। यो देखेर मलाई खुशी लाग्छ।

प्रस्तुती:  अशिम सापकोटा

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कसले बुझ्ने हामी नर्सका पीडा ?

कसले बुझ्ने हामी नर्सका पीडा ?

किन आवश्यक छ शरीरलाई भिटामिन ई?

किन आवश्यक छ शरीरलाई भिटामिन ई?

शरीरलाई आवश्यक पोषक तत्त्वमध्ये भिटामिन ई पनि एक हो। यो बोसोमा घुलनशील भिटामिन हो। यसले एन्टिअक्सिडेन्टका रूपमा पनि काम गर्छ।

कोशिकाहरूले एकअर्कासँग प्रतिक्रिया जनाउन भिटामिन ईको प्रयोग गर्छन्। यसले शरीरको रोग प्रतिरोधक क्षमता बलियो बनाएर राख्छ। साथै, शरीरलाई एलर्जीबाट बचाउन पनि यसकाे ठूलाे भूमिका हुन्छ।

यसले कोलस्ट्रोल नियन्त्रणमा राख्न प्रमुख भूमिका खेल्छ। त्यसैले यो भिटामिन  शरीरका लागि अत्यन्त आवश्यक छ। सन्तुलित खानपानका माध्यमबाट भिटामिन ई सजिलै प्राप्त गर्न सकिन्छ।

भिटामिन ई अभाव भए

दृष्टि कमजोर हुनु, हेर्दा आँखा तिर्मिराउनु

मांसपेशीहरूमा कमजोरी आउनु, कमजोरी महशुस हुनु

शरीरका अंगहरूले सहज ढंगमा काम नगर्नु

प्रजनन क्षमता कमजोर हुनु आदि।

यी खानेकुरामा पाइन्छ 

भिटामिन ई अण्डा, ड्राइ फ्रुट्स, बदाम, ओखर, सूर्यमुखीको बीउ र हरियो पात भएका तरकारीबाट प्राप्त हुन्छ। यस्तै सखरखण्ड, सलगम, एभाेकाडाे, ब्रोकाउली, आँप र मकै आदिबाट पनि भिटामिन ई पाइन्छ।  यो तोरीको तेल, बदाम, तिल, जैतुन आदिबाट पनि पाइन्छ।

थप समाचार

ताजा अपडेट