Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वस्थ रहन दैनिक कति घण्टा सुत्न आवश्यक छ ?

स्वस्थ रहन दैनिक कति घण्टा सुत्न आवश्यक छ ?

डा पंकज देव

स्वस्थ रहन एक जना वयस्क व्यक्तिले दैनिक कति घण्टा सुत्न पर्छ होला ? कतिपयले कामको चपेटामा म त ४ घण्टा मात्र सुत्छु भन्नुहुन्छ भने कतिपय व्यक्ति १० घण्टा पनि सुतेको पाइन्छ । तर वास्तवमै हामीलाई कति घण्टाको निन्द्रा आवश्यक हो त आउनुस चर्चा गरौं । तपाइँ हामीलाई स्वस्थ रहनका लागि जति स्वस्थकर खाना तथा शारीरिक व्यायामको आवश्यक छ त्यसैगरी उचित निन्द्रा पनि त्यत्तिकै आवश्यक छ । एक जना वयस्क व्यक्तिलाई स्वस्थ रहनका लागि कम्तीमा पनि ७ देखि ८ घण्टाको निन्द्रा आवश्यक पर्छ ।बालबालिकाको हकमा भने उनीहरुलाई धेरै चाहिन्छ । निन्द्राले शरीरलाई ताजापन र उर्जा प्रदान गरिरहेको हुन्छ ।

तर के कुरा याद गर्नुपर्छ भने कहिले कति बजे सुत्ने त कहिले कति बजे सुत्ने गर्नु हुँदैन । सधैं एउटै रुटिन बनाएर त्यही समयमा सुत्ने र त्यही समयमा उठ्ने गरेमा शरीरलाई आराम प्राप्त हुन्छ । र अनेकौं समस्याबाट पनि बच्न सकिन्छ । कसै कसैको रातीको ड्युटी हुन्छ त्यस्ता व्यक्तिले दिउँसोमा सुत्दा आफूलाई अरु कसैको डिस्टर्ब नहुने गरी पूरा निन्द्रा सुत्न आवश्यक हुन्छ । तर सुत्ने समय एउटै बनाएको राम्रो ।

निन्द्रा यस्तो कुरा हो जुन हाम्रा शरीरलाई पुगेन भने यसले दुख दिने मात्र होइन शरीरमा अनेकौं रोग निम्तिन थाल्छ । हाम्रो पर्याप्त निद्रा नपुग्दा शरीरमा अनेकौं स्वास्थ्य समस्या आउन सक्छन् । ती समस्याहरुमा थाइराइड बढ्ने, मधुमेहको जोखिम बढ्ने मोटोपन हुने, उच्च रक्तचाप, ब्रेन स्ट्रोक, चिडचिडाहट हुने आदिको समस्या आउन सक्छ । राती जब हामी सुत्छौं त्यो भनेको शरीरले हाम्रो शरीरको आवश्यक रिपेयर गर्न थाल्छ । यदि हामी राम्ररी सुतेनौं भने सो अवस्थामा रिपेयर हुने काम राम्ररी हुन पाउँदैन र त्यसको फलस्वरुप अनेकौं समस्या देखिन थाल्ने हुन्छ । त्यसैले पनि हामीले निन्द्रालाई सामान्य रुपमा लिन हुन्न । प्रयाप्त मात्रामा सुतेर शरीरलाई आफनो नियमित आवश्यक कार्य गर्न दिन जरुरी हुन्छ ।

यदि राति मिठो निन्द्रा लागेको छ भने हाम्रो शरीर बिहान उठेपछि चंगा हुन्छ । जसले दिनभरी काम गर्नका लागि उर्जा पनि दिन्छ । हामी दिनभर कामको शिलशिलामा यताउता गर्दा शारीरिक र मानसिक रुपमा थाकेका हुन्छौं । त्यो थकान मेटेनका लागि पनि हाम्रो शरीरलाई आराम अर्थात निन्द्रा आवश्यक हुन्छ । यदि हामी राति राम्ररी सुत्न सकेका छैनौं भने वा निन्द्रा पुगेको छैन भने दिनभर अल्छी लाग्छ र शरीर बोझिलो हुन्छ र काममा मन लाग्दैन । स्वस्थकर खान खाएर मात्र हुँदैन आफूलाई स्वस्थ राख्नका लागि पनि रातीमा राम्रोसँग निदाउन आवश्यक हुन्छ भन्ने कुरा हामीले बुझ्यौं भने धेरै सम्भावित रोगहरुबाट बच्न सक्छौं । आर्काइभबाट :

(पल्मोनोलोजिस्ट डा देव कुपन्डोलस्थित आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छन् ।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार