Health TV Online
Health TV Online
Health TV Online

तपाईँको बच्चामा डेडोपन छ?, गराई हाल्नुस् उपचार

तपाईँको बच्चामा डेडोपन छ?, गराई हाल्नुस् उपचार

मानव शरीरमा विभिन्न अंगहरूको छुट्टाछुट्टै विशेषता छ। त्यसमध्ये आँखा प्रमुख अंगमा पर्छ।

डेडोपन आँखामा देखिने एक समस्या हो। जुन जोकोहीलाई हुनसक्छ। कसैकसैको आँखा जन्मजात नै डेडोपन हुन्छ भने कतिपयको विभिन्न रोगका कारणले पनि हुनसक्छ।

हामीकहाँ बच्चाको आँखा डेडो भएमा ‘भाग्यमानी’ भन्ने चलन छ। तर वास्तवमा यो एक किसिमको रोग हो। यस्ता भ्रमको पछि लागेर उपचार नगर्दा बच्चाले जीवनभर आँखा देख्न नसक्ने पनि हुन सक्छन्।

डेडोपनको मुख्य कारण दृष्टिदोष नै हो। विभिन्न कारणले गर्दा बच्चाको आँखा कमजोर हुनसक्छ जस्तै आँखामा मोतिबिन्दु भएमा, मायोपिया भएमा पनि डेडोपन हुनसक्छ। कहिलेकाहीँ एउटा आँखा कमजोर भएमा त्यसलाई कम प्रयोग गरी स्वस्थ आँखा बढी प्रयोग गर्न थाल्छ। त्यसैले एउटै आँखामा भार पर्छ। उसले हेर्दा थोरै बाहिर वा भित्र हेरे जस्तो देखिन्छ। जसलाई हामी डेडोपन भन्छौँ।

अर्को कुरा चिकित्सकले दृष्टिदोषमा चस्मा लगाउन भनेको वेला चस्मा लगाइएन भने पनि यस्तो समस्या आउनसक्छ।

उपचार

पहिला डेडोपनको उपचार थिएन भने अहिले डेडोपनको उपचार पर्याप्त मात्रामा छ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने अहिले सबैखाले डेडोपनको उपचार सम्भव छ। पहिले पहिले उपचार नभएका वेला अन्धविश्वासमा परेर बस्ने गरेको भए पनि अहिले त्यसो गर्नुपर्ने अवस्था छैन। समयमै पत्ता लगाउन सकियो र उपचार भयो भने यो निको हुने समस्या हो।

डेडोपनाको समस्या न्यूनीकरण गर्न समयमा नै बच्चाको आँखाको ध्यान दिनुपर्छ। बच्चासँग बढी सँगै हुने भनेको आमा नै हो। त्यसैले आमाले बच्चाको आँखा कस्तो छ भन्ने याद गर्नुपर्छ। बच्चा जन्मेपछि शंका लागेमा आँखा विशेषज्ञलाई देखाउनुपर्छ। विकसित देशहरूमा बच्चा जन्मेपछि आँखा ‘स्क्रिनिङ’ गर्ने चलन छ। तर हामीकहाँ अहिलेसम्म त्यसबारे छलफल नै भएको छैन ।

बच्चा जन्मिनेबित्तिकै, प्री स्कुल लग्दा र स्कुलमा भर्ना गर्दा आँखाजाँच गर्ने व्यवस्था हुने हो भने यो समस्या बेलैमा पत्ता लाग्छ र समाधान पनि छिटै निस्किन्छ ।

बच्चा सातदेखि आठ वर्ष पुग्दासम्म आँखाको सम्पूर्ण विकास भइसकेको हुन्छ। त्यसैले यही बेला आँखाको स्क्रिनिङ र सही उपचार गर्दा डेडोपन मात्र हाेइन अन्य रोगबाट पनि जोगाउन सकिन्छ ।

ईशान बाल अस्पतालमा जन्मिने बच्चाको आँखा कस्तो छ भनेर हेर्ने गरेका छौं। स्क्रिनिङ गर्छौँ। यसैगरी सबै आमाहरू सचेत भएर आफ्नो बच्चाको आँखा जाँच गराउन जरुरी छ।

ईशान बाल अस्पतालमा कार्यरत डा मिनु चोधरीसँग हेल्थ टिभी अनलाइनका अशिम सापकोटाले गरेको कुराकानीमा आधारित 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

चिसोले बालबालिका र वृद्धवृद्धा मारमा

चिसोले बालबालिका र वृद्धवृद्धा मारमा

रसुवा : अत्यधिक तुसारो र धाराको पानीसमेत जमेर बरफ बन्न थालेपछि  बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। चिसोका कारण बालबालिकालाई निमोनिया र वृद्धवृद्धालाई खोकीको समस्या देखा परेको हो।

चिसोको असरबाट निमोनिया एवं दम खोकीका बिरामी बढेको रसुवा अस्पतालका प्रमुख डा.अनिलकुमार खरेलले बताए। उनका अनुसार दिनमा १५ भन्दा बढी चिसोप्रभावित बिरामी अस्पताल आउने गरेका छन्।

चिसोयामभर बालबालिका र ज्येष्ठ नागरिकलाई कम नुहाउने, नुहाउनै परे हल्का तातोपानीले चाँडो नुहाइदिने र तेलको मालिस गर्ने गर्न डा. खरेलले सुझाव दिए। बालबालिकालाई तातो खुवाउने, सिरक वा कम्बल ओडाएर घरभित्रै राख्ने र आगो ताप्नु परेमा हिटर वा कोइला मात्र प्रयोग गर्न पनि उनले सल्लाह दिए।

चिसोको असरले निमोनिया, रूघाखोकी लागि राखेको अवस्थामा दाउरा बाल्दा धुवाँले थप समस्या पार्ने उनको भनाइ छ। चिसोको बहानामा मदिरा तथा सुर्तीजन्य वस्तु प्रयोग नगर्न पनि चिकित्सकले सुझाव दिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

नर्स भेटिइन् मृत

नर्स भेटिइन् मृत

कैलाली : धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स सोनम ऐर मृत अवस्थामा फेला परेकी छिन्।

धनगढी–५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका –१० की २० वर्षीया ऐर मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्। उनको मृत्युबारे अनुसन्धान अघि बढाएको कार्कीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

आँखाको नानी स‌ंकलन र प्रत्यारोपण, दृष्टिविहीनलाई वरदान

आँखाको नानी स‌ंकलन र प्रत्यारोपण, दृष्टिविहीनलाई वरदान

काठमाडौ‌ं : तिलगंगा आँखा प्रतिष्ठान, नेपाल आँखा बैंकले शुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ।

बैंकमा हालसम्म ७५ हजारभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन्। झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन्। पछिल्लो समयमा आँखादान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको प्रतिष्ठानले जनाएको छ।

आँखाको नानीमा संक्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रिने सम्भावना बढी हुन्छ। नेपालमा दृष्टिविहीन हुनुको पहिलो कारण मोतिविन्दु हो भने दोस्रो कारण आँखाको नानी बिग्रिएर हो।

दृष्टिविहीनताको एकमात्र उपचार आँखाको नानी प्रत्यारोपण गरी पुनःदृष्टि दिलाउनु नै रहेको प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ बताउँछिन्। ‘नेपालमा आँखाको नानीका कारण दृष्टिविहीन भएका थुप्रै व्यक्ति छन्, जो पुनः यो संसार नियाल्ने पर्खाइमा छन्’, उनी भन्छिन्, ‘त्यस्ता व्यक्तिका लागि तपाईँ हामीले मृत्युपश्चात आँखादान गरिदिने हो भने एक दाताको आँखादानबाट दुईभन्दा बढी दृष्टिविहीनले यो संसार पुनः देख्न पाउँछन्।’

विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिविहीन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैंकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको हो।

बैंकले आँखाको नानी दान गर्ने दाताबाट मृत्युपश्चात नानी संकलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्छ। प्रमुख कार्यकारी अधिकृत डा गुरुङले अहिले धेरै मानिसको आँखा दानप्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर रहेको बताइन्।

शुरुआती चरणमा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाउँमा गएर आँखा दानसम्बन्धी जनचेतना जगाई यसबारेमा बुझाउने गरिन्थ्यो। अहिले आर्यघाटमा विद्युतीय शव दाह गृहलगायत काठमाडौँमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताले  दिने गर्छन्। यसले गर्दा आँखादान गर्नेको संख्या बढ्दो क्रममा रहेको बैंकका मेडिकल डाइरेक्टर डा. लीना बज्राचार्यको भनाइ छ।

त्यस्तै स्थानीय आँखा अस्पताल मेची, विराटनगर, लाहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी स‌ंकलन केन्द्र स्थापना भई आँखाको नानी स‌ंकलन गरिरहेको प्रतिष्ठानले जनाएको छ।

नेपाल आँखा बैंकले आँखा बैंकको अन्तरराष्ट्रिय महासंघ तथा दृष्टि जीवनले निर्धारण गरेको मापदण्ड पूरा गरी अन्तरराष्ट्रिय गुणस्तर कायम राखेको जनाएको छ। बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देशभित्रबाटै स‌ंकलन गरी स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपलब्ध गराइन्छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

जाडाेमा प्रशस्त खानुस् तिल, यस्ता छन् फाइदा

जाडाेमा प्रशस्त खानुस् तिल, यस्ता छन् फाइदा

जाडोमा तिलको लड्डु खाने चलन छ। काँचै तिल वा भुटेर सख्खरमा मुछेर लड्डु बनाइन्छ। यस्तै विभिन्न किसिमका अचार बनाउँदा पनि तिल अनिवार्य मानिन्छ। तिलको छोप पनि कम स्वादिलो हुँदैन।

तिलका परिकार स्वादिलो त हुन्छ नै, स्वास्थ्यका दृष्टिले पनि यो निकै उपयुक्त मानिन्छ। यो देख्दा सानो भए पनि क्याल्सियम, आइरन, म्याग्नेसियम, जिन्क र सेलेनियमले भरिपूर्ण हुन्छ।

खराब कोलेस्ट्रोल दूर

तिलमा मोनो स्याचुरेटेड फ्याटी एसिडले शरीरमा भएको खराब कोलेस्ट्रोल नष्ट गर्छ र शरीरमा आवश्यक कोलेस्ट्रोलको मात्रा बढाउँछ। यसका कारण हृदयाघातको जोखिम कम हुन्छ।

स्वस्थ राख्छ मुटु 

तिलले मुटुको मांसपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ। जसले मुटुको धड्कन नियमित बनाउँछ ।

बलियो बनाउँछ हड्डी 

१०० ग्राम तिलमा १८ ग्राम प्रोटिन पाइन्छ ।तिलमा डायटरी प्रोटिन तथा एमिनो एसिड पाइन्छ, जसले बालबालिकाको हड्डीको विकास गर्नुका साथै बलियो समेत बनाउँछ।

मधुमेहमा लाभदायक

तिलमा पाइने एन्टी ग्लिसेमिकले रगतमा रहेको ग्लुकोजको मात्रा ३६ प्रतिशत कम गर्छ। टाइप २ मधुमेहका बिरामीका लागि यो लाभदायक मानिन्छ ।

गर्भवतीलाई उपयोगी

तिलमा फोलिक एसिड पाइन्छ, जसले गर्भवती र गर्भमा रहेको शिशुको विकासमा मद्दत पुर्याउँछ।

थप समाचार

पालुङमा स्पार्क हस्पिटलकाे निशुल्क शिविर

पालुङमा स्पार्क हस्पिटलकाे निशुल्क शिविर

काठमाडौं : स्पार्क हस्पिटल कालिमाटी र महालक्ष्मी विकाश बैंक ,पालुङ शाखाले संयुक्त रुपमा गरेकाे निशुल्क शिविर सम्पन्न भएकाे छ ।

शनिबार पालुङमा गरिएकाे  १ दिने उक्त निशुल्क हाडजोर्नी तथा नशा शिविरमा ११६ जना सर्वसाधारणले सेवा लिएका थिए।

शिविरमा आएका धेरै विरामीले फिजियोथेरापी सेवा लिएका थिए भने उनीहरुलाई आवश्यकता अनुसार निशुल्क औषधि समेत वितरण गरिएको अस्पतालले जनाएको छ ।

शिविरमा हाडजोर्नी तथा नशाका  समस्या लिएर आउनेमा महिला बढी देखिन्थे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

मेट्रो अस्पतालमा क्रिटिकल केयरसम्बन्धी सेमिनार

मेट्रो अस्पतालमा क्रिटिकल केयरसम्बन्धी सेमिनार

काठमाडौं : महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालमा क्रिटिकल केयरसम्बन्धी सेमिनार सम्पन्न भएको छ। शनिबार सम्पन्न एक दिने सेमिनारमा ५० जना नर्स सहभागी थिए।

आईसीयूमा काम गर्ने नर्सहरूलाई दिइएको एक महिने क्रिटिकल केयर तालिमपश्चात् सेमिनार राखिएको अस्पतालकी नर्सिङ प्रमुख निता डंगोलले जानकारी दिइन्। ‘आईसीयूमा काम गर्ने नर्सले एकमहिने विशेष तालिम लिएर आएपछि हामीले  सबै स्टाफलाई ज्ञान बाँड्नका लागि यो सेमिनार गरेका हौँ’, उनले भनिन्।

आईसीयूमा काम गर्ने नर्सले सीपीआर कसरी दिने, भेन्टिलेटर लगायतका मेडिकल उपकरण कसरी चलाउने, सिकिस्त बिरामीकाे सेवा गर्ने कसरी गर्ने  भन्ने जान्न आवश्यक हुने भएकाले सात जना नर्सलाई विशेष तालिम लिन पठाएको पनि उनले जानकारी दिइन्।

आईसीयूमा काम गर्न नर्समा यससम्बधी विशेष सीप र ज्ञान चाहिन्छ। मेट्रो अस्पतालले आईसीयू\एनआईसीयूको थप सेवा बिस्तार गरेसँगै नर्सहरुलाई पनि तालिम दिन शुरु गरेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

गाजर खाँदा हुने फाइदा

गाजर खाँदा हुने फाइदा

गाजर स्वादिलो मात्र होइन स्वास्थ्यवर्धक खानेकुरा हो। सिंगै होस् वा सलादको रूपमा अथवा तरकारी वा हलुवाका रूपमा खान सकिने गाजर पौष्टिकताले भरपुर छ।

भिटामिन ए, बी, सी, डी, ई तथा के समेत पाइन्छ। यसमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्त्व पाइन्छ। गाजर सम्भव भए दिनहुँ खानु राम्रो। नियमित गाजर खानुका फाइदा–

रक्तअल्पताको समस्यामा गाजरको नियमित सेवन रामवाण हो। गाजरले रगत उत्पादन बढाउँछ।

भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि यसले सहयोग गर्छ। रतन्धो हुनबाट जोगाउँछ।

गाजरको नियमित सेवनले रगतलाई बढी गाढा हुनबाट जोगाउाछ। यसका कारण मुटुरोगको जोखिम कम हुन्छ।

नियमित रूपमा गाजर खानाले खोकी, दम र पिसाब पोल्नेजस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ।

नियमित गाजर सेवनले छाला स्वस्थ तथा चमकदार बनाउँछ। यसले क्यान्सरको जोखिम पनि कम गर्छ।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

चिसोले बिरामी पर्न थाले राउटे बालबालिका

चिसोले बिरामी पर्न थाले राउटे बालबालिका

सुर्खेत : चिसोका कारण राउटे समुदायका बालबालिका बिरामी पर्न थालेका छन्। दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएका राउटे बालबालिका बिरामी परेका हुन्।

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताए। ‘चिसो बढेपछि बालबालिकालाई समस्या भएको छ, हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ’, उनले भने, ‘बालबालिकालाई गाह्रो छ।’

चिसोबाट बिरामी परेको समाचारसँगै विभिन्न संघसंस्थाको सहयोगमा राउटे बस्तीमै पुगेर चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको छ।

कम्बल, हाइनेकलगायत कपडासँगै चामल, पिठो, घिउलगायतका खाद्यसामग्री वितरण गरिएको राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन्।

प्रतीकात्मक तस्विर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

तातो दूधमा सख्खर हालेर पिउनुस्, पाउनुस् यस्ता फाइदा

तातो दूधमा सख्खर हालेर पिउनुस्, पाउनुस् यस्ता फाइदा

तातो दूधसँग सख्खर खानु फाइदाजनक छ। यसले सानादेखि गम्भीर रोगहरूमा  फाइदा गर्छ।

रगत बढाउँछ

दूध र सख्खरको सेवन गर्दा रगत सफा हुन्छ। यसलाई पिउँदा शरीरमा रगतको कमी र थकान रहँदैन।

ताैल बढ्नबाट रोक्ने

तातो दूधमा सख्खर हालेर खाँदा शरीरकाे ताैल नियन्त्रण हुन्छ। त्यसैले चिनीको ठाउँमा सख्खर मिलाएर पिउँदा ताैल कम हुन्छ।

छाला बनाउँछ मुलायम

तातो दूध र सख्खरको सेवनले छाला मुलायम हुन्छ र छालासम्बन्धी समस्या पनि दूर हुन्छ। कपाल पनि बलियो र चमकदार हुन्छ ।

रुघाखोकीबाट आराम

जाडोमा रुघाखोकी मा सख्खर–दूधको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।

थकान अन्त्य

अत्यधिक थकाइ महशुस भएको छ भने तातो दूध र सख्खरको सेवन गर्नुस्, तुरुन्तै आराम मिल्नेछ।

हटाउँछ जोर्नीको दुखाइ

सख्खर खाँदा जोर्नीको दुखाइमा राहत मिल्छ। यसका लागि सख्खरको एउटा सानो टुक्रा काँचो बेसारसँग मिलाएर खानुपर्छ र साथमा तातो दूध पिउनुपर्छ।

महिनावारीमा राहत

महिनावारीमा हुने पीडाबाट छुट्कारा पाउनका लागि तातो दूधसँग सख्खरको सेवन गर्नुपर्छ। महिनावारी शुरु हुनुभन्दा एक हप्ता अघिदेखि दैनिक एक चम्चा सख्खरको सेवन गर्दा फाइदा हुन्छ।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

रुघाखोकीका बिरामीले भरिए स्वास्थ्यचौकी

रुघाखोकीका बिरामीले भरिए स्वास्थ्यचौकी

हुम्ला  : चिसो बढेसँगै जिल्लाका सातवटै गाउँपालिकाका स्वास्थ्यचौकीमा बिरामी बढेका छन्।

सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामी बढेका छन्। करिब ५०० घरधुरी रहेको सो गाउँका अधिकांश बासिन्दा थला परेका छन्। जिल्लाकै बढी जनसङ्ख्या र ठूलो बस्ती रहेको ठेहेमा यतिबेला एक घरमा दुईदेखि तीन जना बिरामी भएका छन्।

रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको ठेहे स्वास्थ्यचौकीमा दैनिक ४५ देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अहेब नर भण्डारीले जानकारी दिए। स्वास्थ्यचौकीमा उपचार गराउन आउने बिरामीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी आउने गरेको उनले बताए।

ठेहे स्वास्थ्यचौकीमा आफू र कार्यालय सहयोगी मात्रै रहेको भण्डारीले जानकारी दिए। दैनिक ४५ देखि ५० जना बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुपरेको उनले बताए।

यस्तै जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढेको छ। रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ हुने गरेको जिल्ला अस्पतालका चिकित्सतक टसी लामाले जानकारी दिए।

उनका अनुसार मौसमी रुघाखोकीले बिरामीको संख्या बढेको छ । जिल्लाका तल्लो क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा पनि बिरामीको चाप बढेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

चिसाे याममा हड्डी र जाेर्नीकाे दुखाइ, नगर्नुस् हेलचेक्र्याइँ

चिसाे याममा हड्डी र जाेर्नीकाे दुखाइ, नगर्नुस् हेलचेक्र्याइँ

चिसो याममा ढाड दुख्ने, घुँडा दुख्ने, जोर्नीहरू अररो हुने समस्याले बढी सताउँछ। जाडो जति जति बढ्छ, हाडजोर्नीका बिरामीको दुखाइ पनि बढ्दै जान्छ। यसका साथै चिसोमा धेरैको दैनन्दिन पनि फेरिन्छ। नियमित व्यायाम गर्ने, मर्निङ वाक गर्ने क्रम कम हुन्छ वा रोकिन्छ। जोर्नीहरूमा पहिल्यै समस्या भएकालाई यो समयमा बढी सताउँछ अर्थात् समस्या बल्झिन थाल्छ।

त्यसैले चिसोमा यस्ता समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढ्छ। अर्को कुरा चिसोकै कारण बिरामी अति दुखाइ नभएसम्म अस्पताल नजाने प्रवृत्तिका हुन्छन्। चिसो छ भोलि जाउँला भनेर बस्ने बिरामी धेरै हुन्छन्। दुखाइ सहन नसकेर वा हिँडडुल गर्न नसक्ने भएपछि मात्र अस्पताल जाने गरेको पाइन्छ।

जोर्नीको दुखाइको समस्या एउटा त बढ्दाे उमेरका कारणले पनि हुन्छ। त्यसलाई हामी सामान्य मान्छौँ। तर आजभोलि हामीकहाँ अहिले कम उमेरमै हड्डी खिइएर आउनेको संख्या पनि उत्तिकै छ। यो सबै हाम्रो व्यायाम नगर्ने बानी, जंक फुडको अत्यधिक प्रयोग, दुई पाइला पनि नहिँडेर गाडी चढ्ने लगायतका बानीका कारण भएको हो। जबसम्म हामी यसलाई सुधार गर्दैनौँ, तबसम्म जोर्नी दुखाइ कम हुन सक्दैन।

योसँगै चिसोका कारण हाम्रो हड्डी अररो भएर बसेको हुन्छ। यो समयमा हामीले झन धेरै चलायमान हुन जरुरी हुन्छ। चिसोमा बढी निष्क्रिय हुने, सिरकभित्रै बसिरहने बानीले पनि दुखाइ बढी गराउँछ। जति धेरै ‘एक्सरसाइज’ गर्यो , हिंडडुल गर्यो त्यति नै शरीरमा रगत सञ्चालन पनि राम्ररी हुन्छ। दुखाइ कम हुन्छ।

बुझ्नुपर्ने कुरा केहो भने चिसोले रोग ल्याएर दुख्ने होइन। पहिल्यैदेखि भएको समस्यालाई चिसोले अझै बढाइदिने हो। त्यसैले हाडजोर्नी दुखाइ, बाथ रोग भएका, हड्डी खिइएका बिरामीले यो समयमै अरु भन्दा बढी सावधानी अपनाउनुपर्छ।

यस्ता बिरामीले सकेसम्म चिसोबाट जोगिनुपर्छ। बाक्लो न्यानो लुगा लगाउने, चिसोपानी नखेलाउने, नुहाउँदा वा लुगा धुँदा तातोपानीकै प्रयोग गर्ने, धेरै चिसो र हुस्सु लागेको बेला घरभित्रै बस्ने गर्नुपर्छ। यसका साथै चिकित्सकले भने बमोजिम व्यायाम नियमित रूपमा गर्नुपर्छ। आज जाडो छ भनेर अल्छी गर्दा समस्या बढ्दै जान्छ।

दुखाइ भएर अस्पताल आएपछि फिजियोथेरापी लगायतका अन्य थेरापी एवं मसाजद्वारा दुखाइ कम गराउन सकिन्छ। तर सकेसम्म समस्या बढ्नै नदिन प्रयास गर्नुपर्छ। यति कुरामा ध्यान दिएमा चिसोका कारण बढ्ने दुखाइबाट केही हदसम्म भए पनि जोगिन सकिन्छ ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

हुस्सु र शीतलहरले सिरहाकाे जनजीवन कष्टकर, विद्यालयमा पाँच दिन विदा

हुस्सु र शीतलहरले सिरहाकाे जनजीवन कष्टकर, विद्यालयमा पाँच दिन विदा

सिरहा : विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा विदा दिइएको छ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा विदा दिएको जानकारी दिए। वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको शिक्षा शाखा प्रमुख लामाले बताए।

यस्तै अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका सामग्री वितरण गर्दै आएका छन्।

बाक्लो हुस्सु र शीतलहरका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ भने चिसोेबाट बिरामी भएकाहरुको स्वास्थ्य संस्थामा चाप बढेकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

आँखादान गरी दिवंगत भएकाहरूको सम्झना

आँखादान गरी दिवंगत भएकाहरूको सम्झना

काठमाडौं  : आँखादान गरी दिवंगत भएकाहरूको सम्झनामा तिलगंगा आँखा प्रतिष्ठान नेपाल आँखा बैंकले श्रद्धाञ्जली सभा गरेको छ।

शनिबार तिलगंगामा आयोजित सभामा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले २५ वर्षअगाडि शुरु भएको आँखादान अभियानमा हजारौँ सहभागी भएको भन्दै खुशी व्यक्त गरे।उनले नेपालीका लागि नेपालबाटै आँखाको नानी प्रत्यारोपण गर्ने अवस्था रहेको बताए।

आँखादानबारे जनमानसमा अझै पनि भ्रम रहेको उनको भनाइ छ। ‘आँखादान भन्ने बित्तिकै आँखाको डल्लो झिक्ने होइन, बाहिरको नानी मात्र झिक्ने हो’, उनले भने, ‘यसमा धार्मिक, साँस्कृतिक रूपमा कुनै बाधा पर्दैन।’

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले धेरैभन्दा धेरैलाई मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन कार्यक्रम आयोजना गरेको बताइन्।

नेपाल आँखा बैंककी मेडिकल डाइरेक्टर डा. लिना बज्राचार्यले आँखा बैंकको सेवालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन्।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मरणोपरान्त आँखादान गर्ने घोषणा गरे।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वका साथै आँखादान गर्नेहरूका परिवारका सदस्यको उपस्थिति रहेको थिायो। प्रत्येक वर्ष डिसेम्बर २८ मा आँखा बैंकले आँखादान गरी दिवंगत भएकाहरूको सम्झनामा कार्यक्रम गर्दै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

मुटु परीक्षण शिविरमा १२०० लिए सेवा

मुटु परीक्षण शिविरमा १२०० लिए सेवा

रोल्पा : जिल्लामा पहिलोपटक भएकाे मुटुसम्बन्धी निःशुल्क शिविरमा एक हजार २०० बढीले सेवा लिएका छन्।

रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा एक हजार २०० जनाको सामान्य परीक्षण गरिएको थियो। पाँच सय बढीलाई औषधि वितरण गरिएको शिविरमा १२३ को रक्तचाप परीक्षण, ३८५ को ईसीजी र ५२१ को इको परीक्षण गरिएको थियो।

जिल्लामा पहिलोपटक सञ्चालन भएको यस प्रकारको शिविरले मुटुरोगी लाभान्वित भएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए। शिविरमा मुटुरोग विशेषज्ञसहित १८ चिकित्सकको बिरामीकाे जाँच गरेका थिए।

शिविरमा आएका मुटुरोगका २७ जटिल बिरामीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा सिफारिस गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ। सिफारिस गरिएका बिरामी र उनका एक सहयोगीलाई यातायात खर्चसहित निःशुल्क शल्यक्रियाको व्यवस्था आयोजकले व्यहोर्ने भएको छ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सम्मान फाउण्डेसनको आयोजनामा भएको शिविरमा जयन्ती फाउण्डेसनको सहयोग रहेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

डायलासिस युनिटमा डाक्टरकाे मुख देख्नै गाह्राे

डायलासिस युनिटमा डाक्टरकाे मुख देख्नै गाह्राे

बाँके : सरकारले दिएको राहतले धेरै हदसम्म सुविधा दिए पनि अझै अत्यधिक गरीब तथा विपन्नहरू पैसा र डायलासिसको पहुँच अभावका कारण मृत्युवरण गर्न बाध्य छन्।

मिर्गौला रोगीको उपचारका लागि मात्रै सरकारले हरेक वर्ष करोडौँ रूपैयाँ खर्च गर्ने गरेको छ। मिर्गौला रोगबाट ग्रसित व्यक्तिका लागि नेपालगञ्जस्थित तत्कालीन भेरी अञ्चल अस्पतालमा पहिलोपटक विसं २०७४ पुस १२ गतेदेखि निःशुल्क डायलासिस सेवाको थालनी भएको थियो।

यसअघि करिब एक दशक पहिला ल्याइएका मेसिन विशेषज्ञ चिकित्सक अभावमा काठमाडौँ फिर्ता पठाइएको थियो। दुई वर्षअघि नयाँ मेसिन र तालिमप्राप्त भएपछि भेरीले उक्त सेवा थालनी गरेको हो। अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्रबहादुर चन्दको सक्रियता र प्रयासले उक्त सेवा शुरू भएको थियो। सेवा थालनीसँगै भेरीमा पहिलोपटक शुभम् गुप्ताको डायलासिस भएको अस्पतालको रेकर्डमा उल्लेख छ।

तत्कालीन अवस्थामा अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. पारस श्रेष्ठले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट दुई महिनाको तालिम लिएर आएका थिए। उहाँसहित अस्पतालमा कार्यरत तीन नर्सहरूलाई तीन महिनाको र प्राविधिकलाई दुई महिनाको तालिम दिइएको थियो। अस्पतालका अनुसार त्यतिबेला चार मेसिनमध्ये तीन चालू अवस्थामा राखिका थिए।

एउटा मेसिन आपत्कालीन अवस्थामा प्रयोग गरिने भनिएको थियो। मेसु चन्दको पहलमा शुरु भएको उक्त सेवा त्यतिबेला बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको डायलासिस युनिटमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन्। मिर्गौलाका बिरामीलाई सातामा दुईदेखि तीन पटकसम्म डायलासिस सेवा दिनुपर्छ। निःशुल्क नहुँदा बिरामी लामो समयदेखि मर्कामा पर्दै आएका थिए।

तर, भेरीमा उक्त सेवा शुरू भएपछि अहिले पनि विपन्न र दुर्गम क्षेत्रका बिरामीले लाभ पाइरहेका छन्। अस्पतालको सम्पर्कमा आएका मिर्गौलाका बिरामीको तथ्याङ्क सङ्कलन गरी पालो तोकेर उपचारको व्यवस्था मिलाएको अस्पतालले जनाएको छ। त्यसो त भेरी अस्पतालमा रहेको हेमोडायलासिस युनिटमा चिकित्सकहरूको मुख देख्नै मुस्किल हुने गरेको छ। अस्पतालले मिर्गौलाका बिरामीको अवस्था बुझ्न केही चिकित्सकलाई ‘राउण्ड’मा पठाउने व्यवस्था गरेको छ।

तर, उक्त युनिटमा राउण्ड जाँचका लागि आउने चिकित्सकहरूले ढोकाबाटै राउण्ड जाँच गर्ने र फर्किने गरेका छन्। बिरामी उपचारकक्षमा पीडादायी अवस्थामा छट्पटाइरहेका हुन्छन्, राउण्डमा आउने चिकित्सक ढोकामै उभिएर त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सबै ठिक छ नि भन्दै त्यहीँबाट बाहिरिन्छन्’, एक बिरामीले भने, ‘राउण्डमा आउने चिकित्सकले बिरामीको अवस्था बिरामीसँग पो सोध्ने होला त?’

जानकारहरुका अनुसार राउण्ड जाँच भनेको चिकित्सक बिरामीकै छेउमै पुगेर उसको अवस्थाबारे बुझ्नु र सल्लाह–सुझाव दिनु र आवश्यक परे आकस्मिक सघन उपचार गर्नु हो। तर, भेरीको डायलासिस युनिटमा चिकित्सक बिरामीको छेउमा जानु त परै जाओस् ढोकाबाटै भित्र नपस्ने गरेको बिरामी बताउँछन्। अहिले उक्त युनिट मेडिकल विभागमा राखिएपछि डा. राजन पाण्डे, रजनी केसीलगायतले ढोकाबाटै ‘राउण्ड’ जाँच गर्दै आएको बिरामी बताउँछन्।

यद्यपि यसअघि डा पारस श्रेष्ठ कहिलेकाहीँ आए पनि बिरामीकै छेउमा पुगेर अवस्था बुझ्ने र उपचार गर्ने गर्दै आएका थिए। उनी पनेि बाहिर छन्। यसले मिर्गौला बिरामीले चिकित्सकबाट राउण्डको समयमा पाउनुपर्ने सल्लाह–सुझाव, उपचार र परामर्श पाउन सकेका छैनन् । दैनिक नयाँ बिरामी डायलासिसका लागि सम्पर्कमा आउने गरेका छन्। बिग्रेका मेसिन मर्मत गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

तर, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रूपानन्द अधिकारी आफ्नो जिम्मेवारीबाट पन्छिन थालेको झण्डै सात महिना बितिसकेको अस्पतालका कर्मचारीको गुनासो छ। स्वास्थ्य मन्त्रालयले नयाँ चार मेसिन र चिकित्सकका लागि तालीमको व्यवस्था गरेपछि भेरीमा उक्त सेवा विस्तार गरिएको हो । अस्पतालले होमोडायलासिस सेवा थालनी गरेको शनिबार दुई वर्ष पुगेको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

अस्पतालमा विद्युतीय टोकन

अस्पतालमा विद्युतीय टोकन

म्याग्दी : बेनी अस्पतालमा बिरामीको सुविधाका लागि विद्युतीय टोकन प्रणाली शुरु भएको छ।

लाइनमा बस्नुपर्ने झञ्झटको अन्त्य गर्दै सेवा प्रभावकारी बनाउन यो प्रणाली शुरू गरेको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। ‘आफ्नो पालोमा टिकट लिएर चिकित्सकसम्म पुगी उपचार गराउन यसले सजिलो बनाएको छ’, उनले भने।

लाइनमा बस्दा भीडभाड हुने तथा बिरामीलाई उपचारमा समस्या हुने, घचेटाघचेट हुने लाइनमा पालो मिचेर अगाडि जाने र इमर्जेन्सीका नाममा आफन्तलाई लाइनमा घुसाउने लगायतका समस्या हट्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले बताए।

अस्पतालले निकट भविष्यमै मिर्गौला रोगीका लागि डायलासिस सेवा शरु गर्ने तयारी गरेको पनि उनले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

‘नेपाल बन्न सक्छ ‘मेडिकल टुरिजम हब’

‘नेपाल बन्न सक्छ ‘मेडिकल टुरिजम हब’

काठमाडौं : विज्ञहरूले नेपाललाई ‘मेडिकल टुरिजम हब’ बनाउन सकिने बताएका छन्। ‘याक एण्ड यती’ होटलमा आयोजित दोस्रो मेडिकल टुरिजम एसिया समिटमा सहभागीहरूले मेडिकल टुरिजम हबका लागि नेपाल सक्षम रहेको बताएका हुन्।

सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा पनि स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ ज्ञान र प्रविधिहरू भित्र्याउन सके मात्र नेपाल स्वास्थ्य क्षेत्रको केन्द्र बन्न सक्ने धारणा राखे।

मन्त्री ढकालले नेपालको स्वास्थ्य क्षेत्रलाई गति दिन ऐन, कानुनमा छुटेका कुरा थप्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाए। सरकारी र निजी क्षेत्रमा अस्पतालबीचको दूरी हटाउएर सन्तुलनमा ल्याउन प्रयास गर्ने उनको भनाइ छ।

कार्यक्रममा नेपाल मेडिसिटी हस्पिटलका अध्यक्ष डा‍. उपेन्द्र महतोले नेपाललाई ‘मेडिकल टुरिजम हब’ बनाउन सकिने दाबी गरे। सरकारी तथा निजी क्षेत्रका अस्पतालबीच सहकार्य भए नेपाल चाँडै विश्वकै उपचार केन्द्र बन्ने धारणा राखे। उनले अब नेपालीहरूले उपचारको लागि विदेश जानुपर्ने बाध्यता नभएको पनिजिकिर गरे।

सम्मेलनमा सहभागीहरूले सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा भएको यो मेडिकल टुरिजम समिटले स्वास्थ्य सेवाका प्याकेज प्रदान गरी पर्यटकहरूको बसाइँ लम्ब्याउन सहयोगी बन्नसक्ने विश्वास व्यक्त गरे।

सम्मेलनमा विभिन्न मुलुकका डाक्टर, जनस्वास्थ्य विज्ञ, अस्पतालका प्रतिनिधि, स्वास्थ्य व्यवसायी गरी दुई हजारभन्दा बढीको सहभागिता थियो। नेपालमा मेडिकल टुरिजमको विकासका लागि एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्स तथा नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनले सम्मेलन आयोजना गरेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

‘नर्स भएपछि जस्तोसुकै परिस्थिति ‘ह्याण्डल’ गर्न सक्नुपर्छ’

‘नर्स भएपछि जस्तोसुकै परिस्थिति ‘ह्याण्डल’ गर्न सक्नुपर्छ’

३५ वर्षदेखि नर्सिङ पेशामा रहेकी लालदेवी महर्जन हाल काठमाडौंस्थित ग्राण्डी अस्पतालमा नर्सिङ निर्देशक छिन्। उनै लालदेवीको भोगाइ यो साताको नर्सका कुरामा।

२०१८ वैशाखमा काठमाडौंको लाजिम्पाटमा जन्मिएकी म सानैदेखि पढाइमा अब्बल थिएँ। अरुको दुःख देख्न सक्दैनथेँ। अरु खुशी भएको देख्दा खुशी हुन्थेँ, अरु दुःखी हुँदा दुःख लाग्थ्यो। विशेषगरी दुःखी बिरामीको सेवा गर्न निकै मन पर्थ्यो। आफन्त कोही बिरामी भएर भेट्न जाँदा सेता कपडा लगाएका महिलाहरूले सेवा गरेको देख्दा उनीहरूबाट प्रभावित हुन्थेँ। यस्तै बन्न पाए पनि हुन्थ्यो भन्ने त लाग्थ्यो। तर उनीहरू नर्स हुन्, उनीहरूको धर्म हो भन्ने पूरै बुझेको थिइनँ।

मैलै विद्यालय तहको पढाइ कन्या स्कुल लैनचौरबाट पूरा गरेँ। एसएलसी सकेपश्चात् कुन विषय पढ्ने भन्ने विषयमा अलमल भइरहेको थियो। स्कुलमा मेरो प्रस्तुति राम्रो थियो। बोल्नदेखि अन्य क्रियाकलापमा पनि अब्बल भएको देखेर सबैले मलाई ‘कानुन पढ’ भनेर सल्लाह दिने गर्थे। चिनजानको एकजना दाइले नर्सिङमा भविष्य छ, यही पढ भनेर सिफारिस गर्नुभयो। नर्सिङ किन पढ्ने भन्ने समेत थाहा नभईकनै म यतातिर लागेँ।

२०३५\३६ सालको त्यो समयमा नर्सिङ विषय र पेशालाई त्यति राम्रो दृष्टिले हेरिदैनथ्यो। अरु विषय पढ्न नसक्ने पढ्ने विषय हो भन्ने आमबुझाइ थियो। पढाइदेखि अतिरिक्त क्रियाकलापमा समेत अब्बल म आँट गरेरै यतातिर लागेकी थिएँ। आफन्त र साथीहरूले ‘नर्सिङमा नलाग’ भनेर सुझाव पनि दिएका थिए।

नर्स पढ्न मलाई परिवारले साथ दियो सबैभन्दा ठूलो ढाडस र सहयोग मैले मेरी आमाबाट पाएँ। त्यतिखेर छोरी मान्छेले एसएलसी गर्नु नै ठूलो मानिन्थ्यो। इन्टरमिडियटतिर पढ्दापढ्दै बिहे गरिदिने चलन थियो। मेरी आमाले छोरीले पढेसम्म पढाउँछु भनेर ममा हौसला भरिदिनुभयो। आज म जेजति छु, जहाँ आइपुगेकी छु सबै उहाँकै देन हो।

महाबौद्ध क्याम्पसबाट ०४१ सालमा नर्सिङमा पीसीएल गरेँ। महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट सेवा शुरु गरेँ। यसबीचमा ठमेलस्थित सरस्वती क्याम्पसबाट बीकम पनि गरेँ। त्यो समयमा तीन वर्ष काम गरेपछि नर्सिङमा स्नातक गर्न पाउने प्रावधान थियो। ०४४ सालमा स्नातक सकेँ। बिहानको क्लास लिएर ०५५\५६मा ‘एमपीपी’ पनि गरेँ। टिचिङमा पाइने अध्ययन विदालाई सदुपयोग गर्दै सन् २००४ मा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट ‘एमएससी इन हस्पिटल एडमिनिस्ट्रेसन’ गरेँ।

यत्रो वर्ष नर्सिङ पेशामा रहँदा मैले बुझेको अस्पताल भनेको मन्दिर हो। बिरामीको मात्र होइन, डाक्टर नर्स र अन्य स्वास्थ्यकर्मीको पनि। बिरामी र तिनका आफन्त अस्पतालमा ठूलो आशा लिएर आएको हुन्छ। त्यसलाई हामी स्वास्थ्यकर्मीले हरसम्भव पूरा गर्नुपर्छ। उनीहरूको आशामा तुसारापात हुन दिनुहुँदैन। बिरामीको सहज उपचारका लागि हामी डाक्टर र नर्सबीचको सम्बन्धले महत्त्वपूर्ण भूमिका खेल्छ। यो भनेको नङ र मासुबीचको सम्बन्धजस्तो हो, विश्वासमा अडेको।

अस्पतालमा हामीले बिरामीको सेवा गर्दा डाक्टरले दिएको सल्लाहअनुसार गर्ने हो। बिरामीको मनोभावना बुझ्न पनि उत्तिकै जरुरी छ। अस्पतालमा धेरै किसिमका बिरामी आउँछन्। कोही छिटो रिसाउने, झर्किने पनि हुन्छन्। उनीहरूको व्यवहार हेरेर कुन किसिमले सेवा गर्दा प्रभावकारी हुन्छ भन्ने नर्सले बुझेकै हुनुपर्छ। बिरामी रिसायो भन्दैमा नर्सले झर्किने वा रिसाउने गर्नुहुँदैन। जस्तोसुकै परिस्थितिलाई सहज रूपमा ‘ह्याण्डल’ गर्न सक्नुपर्छ।

अस्पतालमा बिरामी लिएर आउने परिवार वा आफन्तप्रति पनि राम्रो व्यवहार गर्नुपर्छ, नर्सले। घरमा बिरामी भएकाले उनीहरू शारीरीक वा मानसिक रूपमा समस्याग्रस्त भएका हुन्छन्। त्यसैले कहिलेकाहीँ हामीप्रति उग्र हुनु स्वाभाविक पनि हो। त्यो परिस्थितिलाई बुझेर नर्सले स्थिति सामान्य बनाउन प्रयास गर्नुपर्छ।

कोही बिरामी एक दुईदिन अस्पताल बसेर जान्छन्। कोही बिरामी महिनौँ अस्पताल बस्नुपर्ने हुनसक्छ। धेरैसमय उनीहरूको हेरचाह गर्दा पारिवारिक सम्बन्ध कायम हुन्छ। हामी परिवारका सदस्यजस्तै हुन्छौँ। बिरामी निको भएर जाँदा एककिसिमले रमाइलो पनि हुन्छ। अर्कोतर्फ धेरैदिन बसेर छुट्टिने वेला नरमाइलो पनि लाग्छ। कोही त पछि पनि आफ्नो नाम लिएर बोलाउँदै आउँछन्। त्यो देख्दा साह्रै आनन्द आउँछ। पेशाप्रति गौरव लाग्छ।

हामी सधैँ सफल हुन्छौँ भन्ने पनि हुँदैन। कहिलेकाहीँ प्रयास गर्दागर्दै पनि असहज परिस्थितिको सामना गर्नुपर्छ। धेरै प्रयासका बाबजुद बिरामीलाई बचाउन नसक्दा साह्रै दिक्क लाग्छ। हुन त हामीले सकेको प्रयास गरेकै हुन्छौँ। त्यत्रो प्रयास विफल हुँदा नरमाइलो लाग्नु स्वाभाविकै पनि हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कसले बुझ्ने हामी नर्सका पीडा ?

कसले बुझ्ने हामी नर्सका पीडा ?

भर्ना प्रक्रिया अघि बढाउन मेडिकल कलेजहरूलाई आयोगको निर्देशन

भर्ना प्रक्रिया अघि बढाउन मेडिकल कलेजहरूलाई आयोगको निर्देशन

काठमाडौं : चिकित्सा शिक्षा आयोगले यो शैक्षिक सत्रको एमबीबीएस, बीडीएस र नर्सिङ लगायत विषयको भर्ना प्रक्रिया तत्काल अगाडि बढाउन मेडिकल कलेजहरूलाई निर्देशन दिएको छ ।

ओपन हाउस काउन्सिलिङ गरेर भर्ना प्रकृया तत्काल अगाडि बढाउन विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई निर्देशन दिएको आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले जानकारी दिए।

उनका अनुसार छात्रवृत्ति छनोट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्नेछ। विभिन्न कारणले एमबीबीएस, बीडीएस र नर्सिङ लगायतका स्नातक तहको भर्नामा ढिलाइ भइसकेको छ। भर्नाका लागि विश्वविद्यालय तथा प्रतिष्ठानहरुले प्रवेश परीक्षा यसअघि नै लिइसकेका छन्।

ताजा अपडेट