Health TV Online
Health TV Online

‘स्वास्थ्यका कर्मचारी समायोजन प्रक्रिया चाँडै टुंगिन्छ’

‘स्वास्थ्यका कर्मचारी समायोजन प्रक्रिया चाँडै टुंगिन्छ’

बैतडी : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित बनेको बताएका छन्।

मंगलबार पाटन नगरपालिका–८ स्थित खोडपेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्यचौकी भवन उद्घाटन गर्दै उनले समायोजनले गर्दा अहिले विभिन्न स्वास्थ्य संस्थामा कर्मचारी अभाव भएको बताए।

‘स्वास्थ्यका कर्मचारी अभावप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘समायोजन प्रक्रिया चाँडै टुंगिन्छ र स्वास्थ्यका कर्मचारी अभाव रहने छैन।’

मन्त्री ढकालले स्वास्थ्यका उपकरण कमी रहेकाले परिपूर्ति गर्न आफू लागिपरेको दाबी गरे। ‘नागरिकको स्वास्थ्य सेवाप्रति सरकार गम्भीर छ’, उनले भने, ‘जनशक्ति थप गरेर भए पनि स्वास्थ्य सेवा घरदैलोमै पुर्याउँछौँ।’

फाइल फोटो

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चीनमा कोरोना भाइरसले ६ जनाको मृत्यु, ३०० संक्रमित

चीनमा कोरोना भाइरसले ६ जनाको मृत्यु, ३०० संक्रमित

‘कोरोना भाइरस’ नाम दिइएको रहस्यमयी रोगका कारण चीनमा मंगलबारसम्म छ जनाको मृत्यु भएको छ।

चीनको मध्यक्षेत्र वुहान शहरमा केही सातापहिले देखिएको ‘कोरोना भाइरस’ मृत्यु हुनेको संख्या छ पुगेको छ, वुहानका नगरप्रमुख झाओ सिआनवाङले चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीलाई जानकारी गराए।

उनले प्रभावितहरूको संख्या २९१ पुगेको बताए साथै सोमबार र मंगलबार गरी थप ८० बिरामी उपचारका लागि अस्पतालमा पुगेको उनले बताए। रोगको प्रकोप विस्तारै चीनबाट बाहिरी देशमा पनि फैलिएका खबरसँगै सावधानीका लागि एसियाली मुलुकहरूका विमानस्थलहरूमा चीनबाट प्रवेश गर्ने यात्रुहरूको परीक्षण कडा बनाइएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोना भाइरस’ मानवबाट मानवमा सर्नसक्ने पुष्टि गरेपछि छिमेकी मुलुकहरूका साथै चीनसँग प्रत्यक्ष हवाइ यातायात रहेका पश्चिमा मुलुकहरूले पनि सावधानी अपनाउन थालेका छन्।

सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्ने जस्ता साधारण चिसो, फ्लु वा न्यूमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ रोगले विश्वलाई चिन्तित तुल्याएको छ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘२१ औँ शताब्दीको खतरनाक स्वास्थ्य समस्या’ को रूपमा चित्रित श्वास–प्रश्वाससम्बन्धी रोग ‘सार्स’ लाई ‘सिभेयर एक्युट रेस्पिरेटरी सिण्ड्रोम’ भनिन्छ। तर पछिल्लो समय देखा परेको रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएको र बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरेका छन्। रोगको कारण, सर्ने माध्यम र प्रभावकारी उपचारबारे खोज र अध्ययन जारी छ।

अनुसन्धानकर्ताहरूले नयाँ रोगको संक्रमण चीनबाहिर पनि नगण्य मात्रामा रहेको बताएका छन्। उनीहरूका अनुसार थाइल्याण्डमा दुई र जापान र दक्षिण कोरिया पनि एक\एक जनामा संक्रमण देखिएको छ।

सिङ्गापुर र हङकङले वुहानबाट आउने हवाइ यात्रुको स्वास्थ्य जाँच गर्न थालिसकेका छन्। संक्रमण फैलिन नदिन अन्य मुलुकमा पनि सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ भने रोग फैलिनसक्ने माध्यम हावा र पानीसमेत भएकोले यसबाट सावधानी अपनाउन भनिएको छ। नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकहरूमा पनि यसबाट सावधानी अपनाइएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यसको संक्रमण संक्रमित वुहानस्थित ’सीफूड’ बिक्री हुने एउटा बजारसम्म फैलिएको चिकित्सकहरूले बताएका छन्।

रासस

थप समाचार

५७ कर्मचारी हटाइएपछि स्वास्थ्य अनुसन्धान परिषद्को काम प्रभावित

५७ कर्मचारी हटाइएपछि स्वास्थ्य अनुसन्धान परिषद्को काम प्रभावित

 काठमाडौं : ठूलो संख्यामा कर्मचारी एकैपटक बाहिरिएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा चलिरहेका कार्यक्रम प्रभावित हुने देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले करारका कर्मचारीको भर्ना प्रक्रिया नियमसंगत नभएको भन्दै प्रश्न गरेपछि परिषद्ले ५७ कर्मचारीलाई माघ १ गते विदा गरेको परिषदका कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाले जानकारी दिए। ‘करारका कर्मचारी भर्ना अपारदर्शी भयो भन्ने मन्त्रालयको निर्देशनात्मक पत्र आयो’, उनले भने, ‘त्यसैले हामीले उनीहरूलाई माघ १ गतेदेखि विदा गर्यौँ। करारका ५७ जना कर्मचारीको पुस मसान्तमा करार सकिएको थियो। उनीहरूको करार नवीकरण गर्न सकिएन। त्यसैले सबैलाई विदा दियौँ।’

‘मेन्टल हेल्थको डाटा आइसक्यो इन्ट्री गर्ने कर्मचारी छैन। जसलाई विशेष तालिम दिएर राखिएकाे थियो त्यो व्यक्ति नै नभएपछि त्यो काम नयाँ कर्मचारी आएर कहिले बुझाउने कहिले काम अघि बढ्ने?’ यसैगरी पपुलेसन बेस्ड क्यान्सर रजिष्ट्री अन्तिम चरणमा छ। यी सबै कार्यक्रम प्रभावित हुने त निश्चित भएको छ।

हाल परिषदमा २४ जना स्थायी कर्मचारीले मात्र काम गरिरहेका छन्। रिसर्चका विभिन्न प्रोजेक्ट अन्तर्गतका कर्मचारीलाई परिषदले विदा गरेपछि चल्दै आएका रिसर्चका कामहरू ठप्पप्रायः भएको छ। मेन्टल हेल्थ, सिकलसेल, क्यान्सर रजिष्ट्री, मिन्स्टुरेसन हेल्थलगायतका रिसर्चहरू अन्तिम अवस्थामा रहेका बेला करारका सम्पूर्ण कर्मचारीलाई विदा गर्नुपर्दा काममा प्रभाव परेको बताउँछन्, परिषदका रिसर्च युनिट प्रमुख डा. मेघनाथ धिमाल। उनले प्रोजेक्टका कर्मचारीलाई संस्थाको विनियमावली अनुसार नै राखिएको समेत जानकारी दिए। ‘तर मन्त्रालयले नै नियमसंगत भएन भनेपछि उहाँहरूलाई पठाउनुको विकल्प भएन’, उनले थपे।

यसले दीर्घकालीन असर गर्ने उनको भनाइ छ। विशेष तालिम दिएर राखिएका कर्मचारी गएपछि अब आउने कर्मचारी राख्दा उनीहरूलाई बुझाउन समय लाग्ने भन्दै यसले कार्यक्रममा ठूलो असर पर्ने बताए। ‘मेन्टल हेल्थको डाटा आइसक्यो इन्ट्री गर्ने कर्मचारी छैन’, उनले भने, ‘जसलाई विशेष तालिम दिएर राखिएकाे थियो त्यो व्यक्ति नै नभएपछि त्यो काम नयाँ कर्मचारी आएर कहिले बुझाउने, कहिले काम अघि बढ्ने?’ यसैगरी पपुलेसन बेस्ड क्यान्सर रजिष्ट्री अन्तिम चरणमा छ। यी सबै कार्यक्रम प्रभावित हुने निश्चित भएको उनको भनाइ छ।

ती कर्मचारी नेपाल सरकारबाटै स्वीकृत भएका कार्यक्रमहरूलाई सहयोग गर्न राखिएका थिए। करारका कर्मचारी परियोजनाले नै तलब दिने गरी राखिएका कर्मचारी हुन्। उनीहरूको प्रोजेक्टको समयअनुसार ६ महिनामा नवीकरण गर्ने गरिएको परिषदले जनाएको छ।

नयाँ स्वास्थ्यमन्त्री भानुभक्त ढकालले परिषदका विभिन्न काममा प्रश्न उठाउँदै आएका छन्। तीमध्ये कर्मचारी भर्ना प्रक्रिया प्रमुख हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण

स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण

डडेल्धुरा : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पताल निरीक्षण गरेका छन्।

अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिएको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. जगदीशचन्द्र विष्टले जानकारी दिए। मन्त्री ढकालले अस्पताललाई आगामी दिनका कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा सर्वपक्षीय छलफल समेत गरे।

मन्त्री ढकालले उहाँले बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेस्वर स्वास्थ्यचौकी खोड्पेको नवनिर्मित भवन उद्घाटन तथा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम पनि रहेको सांसद दामोदर भण्डारीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

दामनकाे रिसाेर्टमा निस्सासिएका ८ भारतीय नागरिककाे उपचारका क्रममा मृत्यु

दामनकाे रिसाेर्टमा निस्सासिएका ८ भारतीय नागरिककाे उपचारका क्रममा मृत्यु

काठमाडाैं : मकवानपुरको दामनस्थित एक रिसोर्टमा बेहोस भएर उपचारका लागि ल्याइएका आठ भारतीय पर्यटकको मृत्यु भएको छ।  ह्याम्स अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।

थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा पाइएका थिए। उनीहरूलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको अस्तपालले जनाएकाे छ। मृतक दुई पुरूष, दुई महिला र चार बालबालिकामध्ये कसैकाे पनि सनाखत हुन सकेकाे छैन

१५ जनाको समूह दामन-पालुङ घुम्न आएका उनीहरू एउटा कोठामा सात अर्कोमा आठजना सुतेका थिए। झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेकाले अक्सिजन कम भएर उनीहरू बेहोस भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रोग प्रतिरक्षा प्रणालीमा नयाँ खोज : क्यान्सरकाे उपचारमा नयाँ आशा

रोग प्रतिरक्षा प्रणालीमा नयाँ खोज : क्यान्सरकाे उपचारमा नयाँ आशा

वैज्ञानिकहरूले मानव शरीरको रोग प्रतिरक्षा प्रणालीको नयाँ पत्ता लागेको हिस्सा प्रयोग गरी क्यान्सर रोगको उपचार गर्न सकिने बताएका छन्।

कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले प्रोस्टेट, स्तन, फोक्सो र अन्य सबै खाले क्यान्सरको उपचार गर्ने विधिको प्रयोगशालामा परीक्षण गरेका छन्।

क्यान्सरका बिरामीहरूमा यसको परीक्षण गरिएको छैन तर वैज्ञानिकहरूले यसले क्यान्सरको उपचार गर्न ठूलो सम्भावना बोकेको बताएका छन्।

नेचर इम्युनोलोजी नामक जर्नलमा प्रकाशित अध्ययनको नतिजाको आधारमा वैज्ञानिकहरूले यो सुरुवाती चरणमा भएपनि निकै उत्साहजनक देखिएको दाबी गरेका छन्।

के पत्ता लाग्यो?

मानव शरीरको प्रतिरक्षा प्रणालीले रोगहरू लाग्न नदिन पर्खालको काम गर्छ। वैज्ञानिकहरू ट्युमरविरुद्ध प्रतिरक्षा प्रणालीको प्राकृतिक आक्रमण गराउन परम्परागत ढाँचाभन्दा फरक र यसअघि पत्ता नलागेका विधिको खोजीमा थिए।

उनीहरूले मानिसको रगतभित्र टी-सेल नामक कोष फेला पारे। त्यो प्रतिरक्षा प्रणाली सक्रिय पार्ने कोष हो जसले शरीरभित्र कुनै खतरा छ भन्ने थाहा पाउँछ। त्यसले शरीरमा क्यान्सर फैलाउन सक्ने कोषहरूलाई पनि आक्रमण गर्छ।

‘अब सबैखाले बिरामीलाई उपचार गर्न सकिने मौका हाम्रो सामु छ’, एक अनुसन्धानकर्ता प्राध्यापक एन्ड्रु सेवेलले भने, ‘यसअघि कसैले पनि यस्तो हुन सक्छ भनी सोचेका थिएनन्।’

कसरी काम गर्छ?

अनुसन्धानकर्ताहरूका अनुसार रगतमा हुने टी-सेल नामक कोष प्रयोग गरी विभिन्न प्रकारका क्यान्सरलाई आक्रमण गर्न सकिन्छ।

उनीहरूका अनुसार टी-सेल लाई एमआर १ भनिने शरीरमा प्रत्येक कोषको सतहमा रहने भागसँग अन्तरक्रिया गराएर क्यान्सर कोषमा रहेको विकारबारे थाहा पाउन सकिन्छ।

क्यान्सर भएको बिरामीबाट रगतको नमुना लिएपछि त्यसलाई आनुवंशिक रूपमा बदल्नु पर्छ र त्यसले क्यान्सर पत्ता लगाउँछ। त्यसपछि प्रयोगशालामा त्यस्ता कोषहरू धेरै परिमाणमा उत्पादन गरेर बिरामीको शरीरभित्र पठाउनुपर्छ।

अहिलेसम्म त्यो अनुसन्धान जनावरहरूमा मात्र गरिएको छ। त्यसलाई मानवमा परीक्षण गर्नु अघिका सुरक्षा जाँच हुन बाँकी नै छ। अझै धेरै अध्ययन गर्न बाँकी भएपनि वैज्ञानिकहरूले यो नयाँ प्रयोगबाट सबैखाले क्यान्सर निको पार्न सकिने विश्वास गरेका छन्।

विज्ञ के भन्छन्?

स्विट्जरल्यान्डको बासेल विश्वविद्यालयका लुसिया मोरी र जेनारो डी लिबेरोले नयाँ अनुसन्धानले धेरै सम्भावना बोकेको बताए।
‘यसले उपचारका लागि प्रतिरक्षा प्रणालीको प्रयोग गर्ने हुनाले हामी निकै उत्साहित भएका छौँ’, उनीहरूले भने।

तर म्यान्चेस्टर विश्वविद्यालयका इम्युनोलोजीका प्राध्यापक ड्यानियल डेभिसले भने, ‘अहिलेसम्म यो सुरुवाती अनुसन्धान मात्रै हो र यो बिरामीको लागि औषधि बन्ने अवस्थामा पुगिसकेको छैन। तर यो नयाँ खोज भविष्यमा बन्न सक्ने नयाँ औषधिको लागि निकै उत्साहजनक रहेकोमा दुई मत नरहेको उनले बताए।

बीबीसी नेपाली

थप समाचार

मेची अस्पतालमा ल्याप्रोस्कोपी विधिद्वारा पित्तथैलीको शल्यक्रिया शुरु

मेची अस्पतालमा ल्याप्रोस्कोपी विधिद्वारा पित्तथैलीको शल्यक्रिया शुरु

झापा : मेची अञ्चल अस्पतालमा ल्याप्रोस्कोपी विधिद्वारा पित्त थैलीको शल्यक्रिया शुरु भएको छ। सरकारी अस्पतालमा शुक्रबारदेखि पहिलो पटक यो सेवा सञ्चालनमा आएको हो। यसअघि चिरफार पद्धतिबाट शल्यक्रिया हुँदै आएको थियो।

दूरबिनको प्रयोग गरी चिरफार गरिने कारण बिरामी निजी अस्पतालतर्फ आकर्षित हुँदै आएकोमा मेसिनप्रयोग गरी शल्यक्रिया गर्ने प्रविधिबाट सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए।

अस्पतालका सर्जन डाक्टर रामबाबु खड्का नेतृत्वको टोलीले शल्यक्रिया गर्ने ठाकुरले बताए ।

अस्पतालले पहिलाेपटक याे प्रविधिबाट शल्यक्रिया गरिएको बिरामीलाई १८ हजार रूपैयाँमा बिमा सुविधा अन्तर्गत प्याकेजमा सेवा दिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

पहिलोपटक रक्तदान गर्दै हुनुहुन्छ?, जान्नैपर्छ यी कुरा

पहिलोपटक रक्तदान गर्दै हुनुहुन्छ?, जान्नैपर्छ यी कुरा

रक्तदान जीवनदान हो। एक व्यक्तिले रगत दिँदा अर्को व्यक्तिकाे ज्यान बच्नसक्छ। निश्चित अवधिमा शरीरमै नष्ट भएर जाने रगत दान गर्दा आफूलाई पनि फाइदा हुन्छ। तपाइँँ पहिलोपटक रक्तदान गर्ने सोचमा हुनुहुन्छ भने यी कुरा जान्नैपर्छ–

कम्तीमा १८ देखि बढीमा ६० वर्षसम्मका मानिसले रक्तदान गर्न सक्छन्। रक्तदान गर्नेको तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्छ। एकपटक रक्तदान गरेको तीन महिनापछि मात्र फेरि रक्तदान गर्न सकिन्छ।

रक्तदान गर्ने व्यक्तिलाई जण्डिस, औलो, मधुमेह, क्षयरोग, यौनरोग र एड्स लागेको हुनुहुँदैन।

मदिरा पिएको २४ घण्टाभित्र रगत दिनुहुँदैन। लागुपदार्थ खाएका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन।

गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारीको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन।

रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा कम्तीमा १० प्रतिशत हुनैपर्छ।

रक्तदान गर्नुभन्दा तीन घण्टाअघि तागतिलो खानेकुरा खानु राम्रो हुन्छ । रक्तदानको समय फलफूलको ताजा रस पिउँदा पनि कमजोरी महशुस हुँदैन।

एजेन्सीकाे सहयाेगमा

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कैलालीमा प्रदेशस्तरीय क्षयरोग उपचार केन्द्र स्थापना

कैलालीमा प्रदेशस्तरीय क्षयरोग उपचार केन्द्र स्थापना

कैलाली : गोदावरी नगरपालिका– ६ श्रीपुरमा क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्र स्थापना भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र बेल्जियमकी अधिराजकुमारी एस्ट्रिडले सोमबार अनुसन्धान केन्द्र उद्घाटन गरे।

प्रदेशस्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना भएपछि क्षयरोगका बिरामीलाई उपचारका लागि सहज हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले बताए। उनले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था सुधार गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।

उनले छ महिनादेखि एक वर्षभित्र सुदूरपश्चिमको स्वास्थ्य अवस्था सुधार्ने प्रतिबद्धता व्यक्त गरे। अधिराजकुमारी नै मानार्थ रहेको ‘डेमिन फाउण्डेसन’ नामको गैरसरकारी संस्था र स्वास्थ निर्देशनालय तथा स्थानीय संघसंस्थाको सहयोगमा निर्माण गरिएको केन्द्रमा जटिल प्रकारका क्षयरोगीको उपचार हुने बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

शल्यक्रियाको चार हप्ताअघिदेखि धूमपान नगरे खतरा कम

शल्यक्रियाको चार हप्ताअघिदेखि धूमपान नगरे खतरा कम

कुनै पनि शल्यक्रिया गर्नु चार हप्ताअघि धूमपान छाडे त्यसबाट हुने खतरा धेरै कम हुने एक अध्ययनले देखाएको छ।

कम्तीमा चार हप्ता अगाडिदेखि मात्रै पनि धूमपान नगरे रगतमा धेरै सुधार भएर शल्यक्रियापछि हुने संक्रमणको सम्भावना निकै कम हुने सोमबार सार्वजनिक एक अध्ययनले देखाएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गरेको अध्ययनमा धूमपान गर्नेहरूलाई ठूलो सानो दुवै प्रकारका शल्यक्रियापछि संक्रमणको खतरा बढी हुन्छ। अध्ययनका अनुसार यस्तो गर्नाले मुटुले काम गर्ने क्षमतामा पनि बृद्धि हुने गरेको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

अष्ट्रेलियाको न्युक्यास्टल विश्वविद्यालय र वर्ड फेडेरेसन अफ सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट (डब्लूएफएसए) सँगको सहकार्यमा डब्लूएचओले अध्ययन गरेको हो ।

चार हप्तासम्म धूमपान नगर्दा स्वास्थ्य अवस्थामा १९ प्रतिशत सुधार हुने गरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ। ‘कुनै पनि बिरामीको सानो वा ठूलो जस्तोसुकै शल्यक्रिया गर्नुभन्दा कम्तीमा चार हप्ताअगाडिदेखि धूमपान नगरेमा उसको स्वास्थ्यमा धेरै राम्रो परिणाम देखिने तथ्य पत्ता लागेको छ’, डब्लूएचओको सूर्ती निषेध इकाइका प्रमुख डा. विनायक प्रसादले भने।

धूमपानका कारण फोक्सोलाई नोक्सान गर्ने र त्यसले शरीरका अन्य अंगको स्वास्थ्यलाई पनि असर गर्ने तथा शारिरिक समस्या सृजना गर्ने उनले बताए।

डब्लूएचओले सबै देशले धूमपानविरुद्धको सचेतना वृद्धि गर्नुपर्ने भन्दै त्यसका लागि चेतनामूलक कार्यक्रम र शैक्षिक अभियान सञ्चालन गर्न पनि सुझाव दिएको छ।

रासस

थप समाचार

संसद् बैठकमा सांसदले सोधे, मेडिकल कलेजलाई किन सम्बन्धन नदिएको?

संसद् बैठकमा सांसदले सोधे, मेडिकल कलेजलाई किन सम्बन्धन नदिएको?

काठमाडौं : राष्ट्रियसभा बैठकमा सांसदहरूले पूर्वाधारयुक्त मेडिकल कलेजहरूलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गरेका छन्।

सोमबारको राष्ट्रियसभा बैठकमा सांसद हरिचरण सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका काम पूरा भए पनि मनमोहन मेडिकल कलेजले लामो समयसम्म सम्बन्धन नपाएको गुनासो गरे। उनले तीन हजार ६०० सय नागरिकको सेयर रहेको उक्त कलेजलाई सम्बन्धन दिन ढिलो गरेको भन्दै सरकारको आलोचना गरे।

उनले झापास्थित बी एण्ड सी अस्पतालको मेडिकल कलेजलाई पनि सम्बन्धन नदिइएको भन्दै आपत्ति जनाए। ‘यी कलेजले हरेक वर्ष सरकारलाई राजस्व बुझाउँदै आएका छन्’, उनले भने, ‘सम्बन्धन दिने कुरामा किन मौनता साँधेको।’

मेडिकल शिक्षाका लागि हरेक वर्ष ठूलो संख्यामा नेपाली विद्यार्थी  बाहिरिरहेको अवस्थामा यी कलेजले मान्यता नपाउनु दुःखद रहेको उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

प्रदेश १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन अभियान शुरु

प्रदेश १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन अभियान शुरु

विराटनगर : ‘स्वस्थ जीवन प्रवर्धनका लागि धूमपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन’ अभियान शुरु भएको छ। ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ भन्ने सन्देश प्रवाह गर्न प्रदेश  १ सामाजिक विकास मन्त्रालयले अभियान शुरु गरेको हो।

अभियान शुरु गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले धूमपानले समाजलाई नकारात्मक बाटोमा धकेल्ने  भन्दै यसको बिक्रीमा रोक लगाउनुपर्ने धारणा गरे। अभियानमा सबैको साथ र सहयोग पाउने अपेक्षा उनले गरे। आउने वर्षमा प्रदेश १ लाई धूमपानमुक्त घोषणा गर्ने उनको भनाइ छ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सुर्तीजन्य पदार्थ बेचबिखनदेखि उत्पादनसम्ममा रोक लगाउन सकेमात्र यो अभियान सफल हुने बताए। विद्यालय, कलेज जस्ता संवेदनशील ठाउँ वरपरमा यस्ता सामानमा बिक्री गर्न रोक लगाउनाका साथै बिक्री गर्नेलाई कानुनअनुसार सजाय दिन सके मात्र समाज स्वच्छ हुने धारणा  कार्यक्रमका सहभागीले व्यक्त गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

‘रहस्यमय’ चिनियाँ भाइरसको स‌ंक्रमण दक्षिण कोरियासम्म

‘रहस्यमय’ चिनियाँ भाइरसको स‌ंक्रमण दक्षिण कोरियासम्म

चिनियाँ निकायहरूका अनुसार एउटा रहस्यमय भाइरसका कारण दुई दिनमा १३९ वटा नयाँ स‌ंक्रमण देखिएका छन्।

योसँगै पहिलो पटक उक्त भाइरस चीनमा वुहानभन्दा बाहिर फैलिएको प्रमाणित भएको छ। बेइजिङ र सेन्जेनमा पनि उक्त भाइरसको स‌ंक्रमण देखिएको छन्।

दक्षिण कोरियामा समेत सोमवार कोरोनाभाइरससँग जोडिएको सङ्क्रमण देखा परेको थियो। जापान र थाइल्याण्डमा पनि सङ्क्रमण भएका छन्।

स‌ंक्रमण

अहिलेसम्म पुष्टि भएका स‌ंक्रमणको सङ्ख्या २०० नाघेको छ र श्वासप्रश्वाससँग जोडिएका स‌ंक्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य अधिकारीहरूले वुहानमा शुरूमा गएको डिसेम्बर महिनामा देखिएको यो सङ्क्रमणमा कोरोना भाइरस देखिएको उल्लेख गरेका छन्।

वैज्ञानिकहरूले उक्त भाइरसबाट निमोनियाको सङ्क्रमण देखिने भन्दै धेरै स‌ंक्रमण अझै थाहा हुन नसकेको हुनसक्ने बताएका छन्।

यूकेमा रहेका विज्ञहरूले स‌ंक्रमितहरूको सङ्ख्या सार्वजनिक गरिएका विवरणभन्दा ठूलो हुनसक्ने जनाएका छन्। उनीहरूले त्यो संख्या १,७०० आसपास रहेको उल्लेख गरेका छन् ।

यसै हप्ताको चिनियाँ नयाँ वर्षका अवसरमा लाखौं व्यक्तिहरू आफ्ना परिवारलाई भेट्न आवतजावत गर्ने क्रममा अनुगमनमा कडाइ गर्ने चीनले वाचा गरेको थिए।

को स‌ंक्रमित भएका छन्?

वुहानका अधिकारीहरूले १३६ वटा संक्रमणका नयाँ घटना पुष्टि भएको र थप एक जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका थिए।

आइतवार अबेरसम्ममा गम्भीर अवस्थामा रहेका नौसहित १७० जनाको वुहानमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।

वुहानको भ्रमण गरी फर्किएका दुई जनाको बेइजिङस्थित एउटा जिल्ला अस्पतालमा निमोनियाको उपचार भइरहेको जनाइएको छ।

उक्त भाइरसको संक्रमण अन्य देशसम्म पनि पुग्न थालेको छ। थाइल्याण्ड र जापानमा देखा परेको सङ्क्रमणमा वुहानको यात्राबाट फर्किएका मानिसहरूसँग जोडिएको छ।

सोमबार दक्षिण कोरियाले उक्त भाइरसको संक्रमण आफ्नो देशमा पनि फेला परेको बताएको छ। ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण स्थानीय अस्पतालमा भर्ना भएकी एक ३५ वर्षीया महिला वुहानबाट फर्किएकी थिइन र उनको उपचार भइरहेको छ।

अधिकारीहरू के भन्छन्?

चीनको राष्ट्रिय स्वास्थ्य निकायले उक्त भाइरसलाई अझै पनि रोकथाम र नियन्त्रण गर्न सकिने अवस्था रहेको जनाएको छ।

उक्त निकायले भाइरसको स्रोत, फैलावट र डीएनएमा देखिएका परिवर्तनका विधि अझै अस्पष्ट रहेको उल्लेख गरेको छ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनावरबाट उक्त भाइरस उत्पत्ति भएको हुनसक्ने उल्लेख गर्दै केही मानवमा सो सङ्क्रमण फैलिएको जनाएको छ।

थप अध्ययनपछि मात्रै उक्त संक्रमण फैलिनुको कारण प्रष्ट हुने उसको भनाइ छ।

कोरोना भाइरसको जोखिम कम गर्न असुरक्षित जनावरहरूसँग सम्पर्क नराख्ने, मासु र अण्डा पूरा पकाएरमात्रै खानुपर्ने र रुघाखोकीको सङ्केत देखिएका बिरामीसँग नजिकै नबस्न सुझाव दिइएको छ।

यो भाइरस के हो?

बिरामीबाट सङ्कलन गरिएको र चीन तथा डब्लूएचओका प्रयोगशालामा परीक्षण गरीएका नमुनाहरूले कोरोना भाइरसले संक्रमण निम्त्याएको प्रमाणित गरेका छन्।

कोरोना भाइरस भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो। योसँगै मानवलाई स‌ंक्रमित गर्ने भाइरसको संख्या सात पुगेको छ।

कोरोना भाइरसका कारण रुघाखोकीको समस्या देखिन्छ, तर श्वासप्रश्वाससम्बन्धी गम्भीर सङ्क्रमण सार्स पनि कोरोना भाइरसले नै निम्त्याएको थियो।

सन् २००२ मा चीनमा सार्सले ७७४ जनाको ज्यान लिएको थियो भने ८,०९८ जनालाई स‌ंक्रमित गरेको थियो।

वुहानमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा नदेखिएको भाइरस हो। यसको अनुवंशिक अध्ययनले नयाँ भाइरस सार्ससँग निकट रहेको देखाउँछ।

कोरोनाभाइरस जनावर र मानिसबीच सर्ने भाइरस हो। पहिचान भएका थुप्रै अन्य कोरोनाभाइरस जनावरमा देखिए पनि तिनले मानिसलाई सस‌ंक्रमित बनाएका छैनन्।

बीबीसी नेपाली

थप समाचार

जाडोमा तामा खाँदा हुने फाइदा

जाडोमा तामा खाँदा हुने फाइदा

विदेशमा बाँसको तामा ‘बेम्बो शुट’को नामले चिनिन्छ। जापान र चीनलगायत मुलुकको पनि लोकप्रिय खानेकुरा हो तामा। अन्य मुलुकमा बाँसको तामाका धेरै परिकार बनाइन्छ।

नेपालमा भने आलु बोडी तामाको तरकारी खाने चलन छ। तामालाई भाँडामा खाँदेर अचार बनाएर खाने पनि चलन छ। जाडोमा तामाको रस खाँदा न्यानो हुन्छ। तामामा धेरै औषधीय गुण छन्। तामा खाँदा हुने फाइदा–

बाँसको तामाले मुटुरोग, रक्तचाप, अत्यधिक कोलेस्ट्रोल, आन्तरिक घाउचोटको समस्या नियन्त्रण गर्न प्रभावकारी हुन्छ।

बाँसको तामामा कार्बोहाइड्रेडको मात्रा अत्यन्त कम हुन्छ। यसकारण मधुमेह रोगीको लागि पनि यो फाइदाजनक छ।

पाचन प्रकियामा भएका समस्या पनि तामाले हटाउँछ। नियमित रूपमा खाँदा पिसाबमा संक्रमण भएका बिरामीलाई फाइदा पुग्छ।

यसले ग्यास्ट्रिक र अल्सरका बिरामीलाई समेत तामाले फाइदा गर्छ। नियमित सेवनले क्यान्सरको सम्भावना कम गर्छ।

बाँसको तामामा कम क्यालोरी हुन्छ। तौल घटाउन चाहनेहरूका लागि पनि यसले फाइदा पुर्‍याउँछ।

श्वासप्रश्वासको समस्याबाट ग्रसित बिरामीलाई नियमित तामा सेवनले ठूलो राहत मिल्छ।

थप समाचार

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव

तनहुँ : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ। केन्द्रमा सामान्य औषधि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्किने गरेका छन्।

पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गर्दा केन्द्रमा भने स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्किने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले जानकारी दिए। गण्डकी प्रदेश सरकारलाई पटकपटक जानकारी गराउँदा पनि औषधिको व्यवस्था हुन नसकेकाे उनकाे भनाइ छ।

आफू सरुवा भएर आएको डेढ महिनाको अवधिमा बिरामीको संख्या शून्य रहेको कार्यालय प्रमुख डा. रामप्रबोध मण्डलले जानकारी दिए।कार्यालयबाट प्रदान गरिने सेवासुविधा नभएपछि बिरामीको आकर्षण घटेकाे हाे। ‘बिरामीको संख्या कम्तीमा ५० पुर्याउने लक्ष्य लिएर काम गर्दा हाल दैनिक ४० देखि ४५ बिरामी आउने गरेका छन्’, मण्डलले भने।

उपचारमा आउने बिरामीलाई पञ्चकर्म विधि (औषधिको बाफ लगाएर दुखेको ठाउँमा सेक ताप गरिने विधि) थालिएसँगै बिरामीको आकर्षण बढ्न थालेको उनकाे भनाइ छ।

उक्त स्वास्थ्य केन्द्रमा अम्लपित्त, स्त्रीरोग, नसा, छाला, पायल्सलगायत समस्याका बिरामी बढी मात्रामा आउने गरेका छन्। प्रदेश सरकारले शल्यक्रिया कक्ष र व्यवस्थापन शीर्षकमा विनियोजन गरेको नौ लाख रूपैयाँबाट सामान खरिद गरी व्यवस्थापन गरिए पनि प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा ल्याउन नसकिएको डा. मण्डलले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपालमा ‘कोरोना’ भाइरस संक्रमणको सम्भावना कति?

नेपालमा ‘कोरोना’ भाइरस संक्रमणको सम्भावना कति?

चीनको वुहानबाट केही दिनअघि फर्किएका एक नेपाली विद्यार्थी ज्वरो आएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु आइपुगेका थिए। कोराेना भाइरसको लक्षण हुन सक्ने शंका गर्दै उनी हामीकहाँ आएका थिए। ज्वरो रुघाखोकी र श्वासप्रश्वासमा केही समस्या देखिएपछि उनलाई केही दिन अस्पतालमा भर्ना गरिएको थियो। उनको टेस्ट ल्याबमा पठाइएकाले कोरोना हो कि होइन भन्ने यकिन हुन बाँकी नै छ। तर स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई डिस्चार्ज गर्यौँ।

चीनमा अहिले श्वासप्रश्वाससम्बन्धी कोरोना भाइरस फैलिरहेको छ। सयाैँ मानिस संक्रमित भएकाे अनुमान गरिएकाे छ भने तीनजनाकाे मृत्यु भइसकेकाे समाचार आएकाे छ। त्यसैले मानिस त्रासमा बस्न बाध्य छन्।

नेपालमा कतिको जोखिम?

अहिले नेपाल भ्रमण वर्ष–२०२० चलिरहेको छ। २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकार र निजी क्षेत्रका संघसंस्था लागिरहेका छन्। यसरी विभिन्न देशका पर्यटक आउँदा उनीहरूसँगै विभिन्न किसिमका संक्रमण पनि भित्रिनसक्ने तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन।

झन् छिमेकी राष्ट्र चीनमा त भ्रमण मात्र नभई रोजगारी र अध्ययनका लागि हजारौँ मानिस गएका छन्। त्यताका मान्छे पनि यता छन्। व्यापारिक सिलसिलामा सयौँ नेपाली चिनियाँहरूको सम्पर्कमा भइरहन्छन्। चीनमा कोरोना भाइरस फैलिरहेको सन्दर्भमा नेपालमा पनि यसकाे  संक्रमण नफैलेला भन्न सकिने अवस्था छैन। त्यसैले सतर्कता अपनाउनुपर्छ।

लक्षण

शुरुमा ज्वरो आउने,

श्वासप्रश्वासमा कठिनाइ हुने र

खोकी लाग्ने

निमोनिया हुने

साधारण लक्षण देखिँदैमा उपचार नगरे  विभिन्न अंगमा असर पुग्ने, मिर्गौलामा असर पुग्ने र ज्यानै जानेसम्मकाे खतरा पनि बढ्छ। त्यसैले सामान्य लक्षण देखा पर्नेवित्तिकै चिकित्सककाेमा पुग्नुपर्छ।

बच्ने उपाय

सरसफाइमा विशेष ध्यान दिने

खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने

संक्रमणको आशंका भएका व्यक्तिबाट टाढै रहने।

प्रस्तुति– अशिम सापकाेटा

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

‘नेपाल प्लाष्टिक सर्जरीमा मेडिकल हब बन्न सक्छ’ (भिडियोसहित)

‘नेपाल प्लाष्टिक सर्जरीमा मेडिकल हब बन्न सक्छ’ (भिडियोसहित)

अहिले पनि धेरै मानिस प्लाष्टिक सर्जरीमा प्लाष्टिकको प्रयोग हुन्छ भन्ने ठान्छन्। प्लाष्टिक सर्जरी के हो, किन गरिन्छ र यसकाेअवस्था कस्ताे छ लगायत सेरोफेरोमा रहेर सानेपास्थित स्टार अस्पतालमा कार्यरत वरिष्ठ प्लाष्टिक सर्जन डा. जसवन शाक्यसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–

प्लाष्टिक सर्जरी भनेको के हो?

धेरैले मलाई सोध्छन्, ‘प्लाष्टिक सर्जरीमा प्लाष्टिक प्रयोग हुने हो?’ प्लाष्टिक ग्रीक शब्द हो। यसको अर्थ हुन्छ मिलाउनु। प्लाष्टिक सर्जरीमा प्लाष्टिकको प्रयोग हुने होइन। जसरी प्लाष्टिकलाई मोडेर विभिन्न आकार प्रकार दिइन्छ, त्यसरी नै सेवाग्राहीको आवश्यकताअनुसार छालालाई विभिन्न आकार दिनु नै प्लाष्टिक सर्जरी हो। प्लाष्टिक सर्जरी दुई प्रकारको हुन्छ, रिकन्स्ट्रक्टिभ र कस्मेटिक।

यी दुईमा के फरक छ त?

रिकन्स्ट्रक्टिभ सर्जरी र कस्मेटिक सर्जरीमा धेरै नै फरक छ। रिकन्स्ट्रक्टिभ सर्जरी बाध्यता हो भने कस्मेटिक रहरमा गरिन्छ। जस्तो आगोले पोलेमा, दुर्घटनामा अंगभंग भएमा वा जन्मजात  कुनै अंग निमलेमा ती अंग प्लाष्टिक सर्जरी गरेर आकारमा ल्याइन्छ। यस्तो अवस्थामा बिरामीको शरीरको कुनै अंगबाट छाला लिएर बिग्रिएको अंगमा राखिन्छ। तर ओठ, नाक, आँखा, स्तनफ कान आदि आफ्नो अंगको आकार चित्त नबुझ्दा वा अझ आकर्षक बनाउन कस्मेटिक सर्जरी गर्न सकिन्छ।

कस्मेटिक सर्जरीको कुरा गर्दा नेपालमा कुन अंगको बढी हुन्छ?

मेरो १० वर्षको अनुभवमा चिम्से आँखा ठूलो पार्ने, स्तन ठूलो बनाउने तथा टाइट बनाउने नाक मिलाउने, पेटको बोसो तान्ने बढी छन्। स्वभावैले यो सुन्दरतासँग जोडिने हुनाले प्लाष्टिक सर्जरी गराउनेमा पुरुषको तुलनामा महिलाहरू नै बढी हुन्छन्। यीमध्ये आँखाको ‘लिड’ बनाउने भनेर आउनेको संख्या अझ बढी छ। आँखामा गाजल लगाउन पाइएन भन्दै धेरै जना आउँछन्। कस्मेटिक सर्जरीले राम्रो बनाउने मात्र नभई मानिसको आत्मविश्वास पनि बढाउँछ।

सबैले गर्न मिल्छ त प्लाष्टिक सर्जरी? 

रिकन्स्ट्रक्टिभ सर्जरी उपचारकै एउटा पार्ट भएकाले यो जुन उमेर समूहलाई पनि गर्न सकिन्छ। कस्मेटिक सर्जरीमा भने उमेर हद हुन्छ। १८ वर्ष नपुगेकालाई हामी कस्मेटिक सर्जरी गर्दैनौँ। किनकी १८ वर्षसम्म उनीहरूको बढ्ने उमेर नै हुन्छ। अंगको विकास भइरहेको हुन्छ। एकपटक मिलाइसकेपछि फेरि बढ्यो भने समस्या हुन्छ। १८ वर्षपछि भने जुनसुकै उमेरकाले गराउन सक्छन्।

नेपालमा कस्तो छ यसको सेवा एवं गुणस्तर?

केही समय अघिसम्म सेलिब्रेटीहरूले मात्र कस्मेटिक सर्जरी गराएर राम्रो भएको धेरै सुनिन्थ्यो। तर अहिले सेलिब्रेटीले मात्र होइन सर्वसाधारणले पनि गराउन थालेका छन्। राम्रो हुन सबैलाई मन लाग्छ। नेपालमा पनि यो सेवा निकै फस्टाइरहेको छ। दक्ष जनशक्ति पनि बढिरहेको छ। निजी स्तरका ठूला अस्पतालमा पनि यो सेवा उपलब्ध छन्। हामीले स्टार अस्पतालमा पनि प्लाष्टिक सर्जरी सम्बन्धी सम्पूर्ण सेवा दिइरहेका छौँ।

खर्चकाे कुरा गर्दा कतिकाे महँगाे छ?

कस्मेटिक सर्जरी केही महँगो त हुन्छ नै। तर विदेशको तुलनामा यो असाध्यै सस्तो हो। यो सर्जरी विदेशतिर इन्स्युरेन्समा पर्दैन जसले गर्दा एकदमै महँगो हुन्छ। जसले गर्दा विदेशमा बस्ने धेरै नेपालीहरू नेपालमा आएर कस्मेटिक सर्जरी गराएर जान्छन्। विदेशमा बस्ने नेपालीहरू जसरी दाँतको उपचार गर्न नेपाल आउँछन त्यसैगरी कस्ममेटिक उपारका लागि पनि आउने गरेका छन्।

नेपालले यो वर्ष भिजिट नेपाल मनाइरहेको छ। यो अवसरमा नेपाल प्लाष्टिक सर्जरीका लागि मेडिकल हब बन्न सक्छ। विदेशीलाई बोलाउने होइन, हाम्रै नेपाली, जो विदेशमा महँगो पैसा तिरेर कस्मेटिक सर्जरी गरिरहेका छन्, उनीहरुलाई यो सेवाबारे जानकारी दिएर ल्याउन सके धेरै नै राम्रो हुन्थ्यो। विदेशमा दिने सेवा भन्दा १ प्रतिशत पनि कम छैन यहाँको सेवा। साथै विदेशमा खर्च गर्ने पैसामा कस्मेटिक सर्जरी गर्ने मात्र होइन, परिवार र आफन्त भेटेर नेपाल घुमेर जान सकिन्छ।

कस्मेटिक सर्जरी कत्तिको सुरक्षित मानिन्छ?

प्लाष्टिक सर्जरीमध्ये रिकन्स्ट्रक्टिभ सर्जरीमा खासै रिस्क छैन। तर कस्मेटिक सर्जरीमा भने रिस्क हुनसक्छ। किनकी यो नमिलेको अंगलाई मिलाउने कुरा हो। यसमा सेवाग्राहीले १०० प्रतिशको आशा गरिरहेको हुन्छ। कहिलेकाहीँ सोचेजस्तो नहुन सक्छ। त्यसैले कस्मेटिक सर्जरी गराउँन राम्ररी बुझेर जानुपर्छ। दक्ष एवं अनुभवी डाक्टरकोमा जानुपर्छ। साथै यसको प्रक्रिया र साइड इफेक्ट सबै बुझ्न जरुरी छ।

बुझेर  दक्ष सर्जनबाट गराउँदा यो सुरक्षित नै हुन्छ। तर जहाँ पायो त्यहाँ गराउनु हुँदैन। कस्मेटिक सर्जरी दैनिक रूपमा गरिने मेकअप जस्तो होइन। एकपटक गराएपछि सधैँका लागि हाे।

हेर्नुस् भिडियो:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चीनमा काेराेना भाइरसले तीनजनाकाे मृत्यु, १३९ संक्रमित

चीनमा काेराेना भाइरसले तीनजनाकाे मृत्यु, १३९ संक्रमित

चीनमा पछिल्लो दुई दिनमा कोरोना भाइरसका थप १३९ बिरामी देखा परेका छन्। यो रोगबाट अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको अधिकारीहरूले जानकारी दिएका छन्।

वुहान, बेइजिङ र सेन्झेनमा नयाँ बिरामी देखिएको बताइएको छ। श्वासप्रश्वाससम्बन्धी यो रोगले महामारीको रूप लिने त्रास फैलिएकाे छ।

पहिलो पटक वुहानमा देखिएको यो भाइरसका बिरामी जापान र थाइल्याण्डमा पनि भेटिएका छन् ।

थप समाचार

४० लाख सकियाे, आयुर्वेद औषधालयको निर्माणाधीन भवन पाँच वर्षदेखि अलपत्र

४० लाख सकियाे, आयुर्वेद औषधालयको निर्माणाधीन भवन पाँच वर्षदेखि अलपत्र

संखुवासभा : सिलिचोङ गाउँपालिकामा निर्माणाधीन आयुर्वेद औषधालयको भवन अलपत्र छ। गलत डिजाइनका कारण भवन निर्माण अलपत्र भएको हो। वडा नं १, २ र ३ को संगमस्थल सिसुवाटार बुधबारेमा बन्दै गरेको भवन अलपत्र भएपछि पुरानाे भवनबाट सेवा दिने गरिएको छ।

निकै पुरानो र भत्किँदै गरेको सानो घरबाट सेवा सञ्चालन गरिएको छ। स्वाथ्यकर्मी पुरानो भवनको ठाउँठाउँमा कार्टुनले टालेर  बस्दै आएका छन्। जीर्ण भवनबाट स्वास्थ्य सेवा दिएको वर्षौँ बितेको स्थानीयवासी बताउँछन्।

औषधालयको पुरानो भवन छेउमा नयाँ बनाउन शुरु गरिएको छ वर्ष बिते पनि पिल्लर उठाउनुबाहेक थप प्रगति हुन सकेको छैन। २०७१ मा तत्कालीन आयुर्वेद विभागबाट जिविस हुँदै ४० लाख रुपैयाँबाट केही पिल्लरमात्र ठड्याइएको हो।

प्राविधिक कारणले भवन निर्माणले पूर्णता नपाएको गाउँपालिकाका अध्यक्ष राम कुलुङले बताए। आयुर्वेद औषधालयमा एक कविराजसहित तीनजनाको दरबन्दी छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीले लिए सेवा

निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीले लिए सेवा

तनहुँ : शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी लाभान्वित भएका छन्।

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रद्वारा गत शुक्रबारदेखि आइतबारसम्म सञ्चालित शिविरमा दुई हजार ३५० ले सेवा लिएका हुन्।

शिविरमा विभिन्न अस्पतालमा कार्यरत ३५ विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेका थिए। शिविरमा तनहुँका साथै स्याङ्जाका सर्वसाधारणले सेवा लिएका थिए।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई लक्ष्य गरी शिविर आयोजना गरिएको उपचार केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए।

ताजा अपडेट