Health TV Online
Health TV Online

भेरी अस्पतालमा सिकलसेल एनिमिया बिरामीको चाप

भेरी अस्पतालमा सिकलसेल एनिमिया बिरामीको चाप

बाँके : नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया बिरामीको चाप बढेको छ।  भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले केही समययता अस्पतालमा बिरामीको चाप बढेकाे जानकारी दिए।

पुस मसान्तसम्म ७६७ जनाले एक लाख बराबरको उपचार सेवा लिने गरी अस्पतालले सूचीकृत गरेको उनले जानकारी दिए। उपचारका लागि अस्पतालमा आउने बिरामीलाई रोगका बारेमा मनोसामाजिक परामर्श र अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता तथा स्टाफ नर्स आस्था केसीले जानकारी दिइन्।

बाँकेको भेरी अस्पतालको सामाजिक सेवा एकाइअन्तर्गत सञ्चालनमा रहेको विपन्न नागरिक स्वास्थ्य उपचार कोषबाट सिकलसेलका बिरामीले निःशुल्क उपचार पाउने एकाइ प्रमुख प्रेम सुवेदीले जानकारी दिए।

नेपालगञ्जस्थित भेरी अस्पतालमा मात्रै सिकलसेलको निःशुल्कजाँच गरिँदै आएको छ। सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख जनस्वास्थ्य समस्या हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिकलसेल प्रमाणित भएका बिरामीलाई एक लाख रूपैयाँ बराबरको औषधि र जाँचसेवा प्रदान गर्दै  आएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सुदूरपश्चिममा साढे दुई लाखले गराए स्वास्थ्य बिमा, डाेटी र डडेल्धुरामा फागुनदेखि

सुदूरपश्चिममा साढे दुई लाखले गराए स्वास्थ्य बिमा, डाेटी र डडेल्धुरामा फागुनदेखि

कैलाली : सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बिमितको संख्या साढे दुई लाख पुगेको छ। याे संख्या डोटी र डडेल्धुराबाहेककाे हाे।  कैलालीमा २०७२ चैत २५ गतेदेखि बिमा कार्यक्रम शुरु भएको थियो ।

स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउदले सुदूरपश्चिम प्रदेशमा बिमितको संख्या दुई लाख ५३ हजार ६२० पुगेको जानकारी दिए। सोमबार धनगढीमा आयोजित स्वास्थ्य बिमा अभिमुखीकरण कार्यक्रममा उनले डोटी र डडेल्धुरामा फागुन पहिलो साताबाट कार्यक्रम कार्यान्वयनमा आउने जानकारी दिए।

सात जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक लाख ३९ हजार ८२० र सबैभन्दा कम दार्चुलामा छ हजार बिमित रहेका छन्। बझाङमा ३० हजार ४५०, अछाममा २७ हजार, बाजुरामा २६ हजार ६५०, बैतडीमा १३ हजार र कञ्चनपुरमा १० हजार ७०० बीमित संंख्या रहेको कार्यक्रममा जानकारी दिइयो।

तीन प्रादेशिक अस्पताल, आठ जिल्ला अस्पताल, एक सामुदायिक अस्पताल, चार निजी अस्पताल र १४ प्राथमिक स्वास्थ्य केन्द्र गरी प्रदेशमा जम्मा ३१ स्वास्थ्य संस्थाले स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा दिदै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

उपल्लो डोल्पामा झाडापखाला, उपचारमा आम्चीको भर

उपल्लो डोल्पामा झाडापखाला, उपचारमा आम्चीको भर

डोल्पा : उपल्लो डोल्पामा झाडापखालाको समस्या देखिएको छ। डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखा परेको हो। आम्चीको भरमा  उपचार हुँदै आइएको जनाइएको छ।

दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध गाउँपालिका वडा नं. ३ का वडा सदस्य लाप्कातेण्डुप लामाले जानकारी दिए। उनले स्वास्थ्यकर्मी पठाउन र उपचारको पहल गर्न आग्रह गरे।

गत मंसिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय तहले बताएका छन्। दैनिक भाडापखालाका बिरामीको संख्या बढ्दै गएको र औषधि नहुँदा थप समस्या हुँदै गएको बताइएको छ। हिउँले ढाकेको यहाँका बस्तीका बिरामीको उपचार गर्न समस्या भएको छ।

चिसोका कारण आर्थिक अवस्था कमजोर भएका र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरस : ४२५ काे मृत्यु, २० हजारलाई संक्रमण

कोरोना भाइरस : ४२५ काे मृत्यु, २० हजारलाई संक्रमण

काठमाडाैं : चीनमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२५ पुगेको छ। यसैगरी २० हजारभन्दा बढी संक्रमित भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

वुहानमा सोमबार मात्रै ६४ जनाको मृत्यु भएको छ। तीन हजार २३५ नयाँ संक्रमित फेला परेका छन्। दुई लाख मानिस निगरानीमा रहेको पनि चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

चीनले एक सातामै तयार पारेको एक हजार शय्या भएको अस्पतालले साेमवारदेखि नै कोरानाका बिरामीको उपचार शुरु गरेको छ ।

चीनमा रहेका अन्य देशका मानिसलाई त्यहाँबाट उद्धार गरेर लग्ने क्रम बढ्दो छ। यही क्रममा चीनमा रहेका नेपालीलाई पनि बुधबारसम्म स्वदेश फर्काउने तयारी नेपाल सरकारले गरेकाे छ।

अन्य देशले आफ्ना नागरिकलाई चीन जान प्रतिबन्ध लगाएका छन् भने चीनले पनि यताउता जान रोक लगाएको छ ।

फिलिपिन्समा एकजनाको मृत्यु

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको छ।

एजेन्सीकाे सहयाेगमा

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

महोत्तरीका ११ स्थानमा ‘कोरोना’ हेल्थ डेस्क

महोत्तरीका ११ स्थानमा ‘कोरोना’ हेल्थ डेस्क

महोत्तरी : कोरोना भाइरस संक्रमण भित्रिन नदिन भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ।

ती सीमानाका हुँदै नेपाल भित्रिनेमा भाइरस संक्रमण भए\नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका भारतीय सीमावर्ती नाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, इटहर्वाकट्टी, कट्टी, सिसवाकटैया, बथनाहा, मरुवाही, भिठ्ठामोर र मटिहानीसहितका स्थानमा डेस्क सञ्चालनमा ल्याएको वरिष्ठ स्वास्थ्य प्रशासक नागेन्द्रप्रसाद चौधरीले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय ती स्थानमा डेस्क स्थापना गरिएको हो। प्रत्येक डेस्कमा उपकरणसहित दुई–दुई जना स्वास्थ्यकर्मी खटाइएका छ। नाका हुँदै नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गर्न थालिएको छ।

आवश्यकताअनुसार जनशक्ति थप्ने र अनुगमनको प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चीनको शीर्ष नेतृत्वले भन्याे, कोरोना भाइरससँग जुझ्ने क्रममा कमजोरी भयाे

चीनको शीर्ष नेतृत्वले भन्याे, कोरोना भाइरससँग जुझ्ने क्रममा कमजोरी भयाे

चीनको शीर्ष नेतृत्वले घातक कोरोना भाइरसको प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ पाइएको स्वीकार गरेका छन्।

शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने बताएको छ।

देशका सातजना शीर्ष नेताहरू रहेकाे समितिले भाइरसको उत्पत्ति भएको ठानिएको वन्यजन्तु बजारलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन समेत निर्देशन दिएको छ।

बैठक

राष्ट्रपति सी जिनपिङ्ले अध्यक्षता गरेको उक्त बैठकको समाचार सरकारी समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको थियो, जसले यस प्रकोपलाई ‘एउटा ठूलो परीक्षा’ भन्दै चीनको शासन प्रणालीले थुप्रै पाठहरू सिक्नुपर्ने बताइएको छ।

चिनियाँ नेतृत्वले यस प्रकोपलाई एउटा ‘ठूलो परीक्षा’ भन्दै चीनको शासन प्रणालीमा थुप्रै पाठ सिक्नुपर्ने बताइएको छ।
उनीहरूले गैरकानुनी वन्यजन्तुको क्षेत्रलाई गम्भीरतापूर्वक हेर्नुपर्ने बताएका छन्।

त्यसलाई उनीहरूले दृढतापूर्वक प्रतिबन्ध लगाउनुपर्ने बताउँदै त्यस्ता बजारमा हुने अनुगमनलाई बढाउनुपर्ने जनाएका छन्।

प्रयास

वुहान शहर आफूहरूको उच्च प्राथमिकतामा रहेको भन्दै त्यहाँ थप स्वास्थ्यकर्मी पठाउने शीर्ष समितिले जनाएको छ। नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्य बजारबाट फैलिएको अनुमान गरिएको छ।

चमेरोलाई समेत भाइरसको सम्भावित स्रोतको रूपमा पाइएको एउटा अध्ययनले देखाएको छ। तर त्यो त्यहाँ सहजै पाइने पक्षी नभएकाले वास्तविकता पहिचान गर्ने काम अझै जारी छ।

अहिलेसम्मको अवस्था

कोरोनाभाइरसको प्रकोप फैलिएसँगै चीनमा ३६१ जनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म १७ हजार मानिसमा संक्रमण पाइएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढि मानिसमा पाइएको संक्रमणमा चीन बाहिरसमेत फिलिपिन्समा एकजनाको मृत्यु भएको छ।

यद्यपि चिनियाँ टेलिभिजनले मंगललवार सबेरै बताए अनुसार सबैभन्दा बबी प्रभावित हुबे प्रान्तमा थप ६४ जनाले ज्यान गुमाएको र दुई हजार तीन सयभन्दा बढी नयाँ संक्रमण पाइएको बताइएको छ। मुख्यभूमि चीनमा यसरी ज्यान गुमाउनेको संख्या सन् २००२–०३ मा फैलिएको सार्सभन्दा धेरै भइसकेको छ।

जनवरी ३० तारिखमा विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भाइरसबारे विश्वव्यापी रूपमा स्वास्थ्य संकटकाल घोषणा गरेको थियो। जी सेभेन समूहका देशहरू– अमेरिका, जर्मनी, जापान, ब्रिटेन, क्यानाडा, फ्रान्स र इटलीका स्वास्थ्य मन्त्रीहरूले सोमवार एउटा बैठक गरेका छन्।

जसमा उनीहरू यात्रा नियमन, अध्ययन(अनुसन्धान र विश्व स्वास्थ्य संगठन एवं चीनसँग सहकार्य गर्ने सहमति गरेको जर्मन स्वास्थ्यमन्त्री यन्स स्पानले जनाएका छन्।

जनवरी २३ तारिखमा अमेरिकाले आफ्ना अत्यावश्यक बाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई भाइरस देखापरेको वुहान शहरबाट फर्किन निर्देशन दिएको थियो। थुप्रै देशले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याएका छन् र सुरुवाती केही दिन उनीहरूलाई क्वारेन्टाइनमा राखेर निगरानी गरेका छन्।

बीबीसी नेपालीबाट

थप समाचार

सचेत रहे बच्न सकिन्छ स्तन क्यान्सरबाट (भिडियोसहित)

सचेत रहे बच्न सकिन्छ स्तन क्यान्सरबाट (भिडियोसहित)

फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। नेपालमा अन्य क्यान्सरको तुलनामा स्तन क्यान्सर बढिरहेको बताइन्छ। यसैको सेरोफेरोमा रहेर स्तन क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्रशेखर अमात्यसँग गरिएकाे कुराकानी—

स्तन क्यान्सर भनेको के हो?

स्तन क्यान्सर नामले नै प्रष्ट हुन्छ, यो स्तनमा हुने क्यान्सर हो। याे क्यान्सर विशेषगरी महिलालाई हुन्छ। यसको मतलब पुरुषलाई हुँदैन भन्ने होइन तर महिलाको तुलनामा कम हुन्छ । स्तनमा धेरै तन्तु हुन्छन्। दूध बनाउने ग्रन्थी, दूधलाई मुण्टासम्म लग्ने नली, बोसो, रेसा, मांसपेशी र छाला हुन्छन्। दूध बनाउने ग्रन्थीबाट मुण्टासम्मको नलीमा हुने क्यान्सरलाई स्तन क्यान्सर भनिन्छ। यो क्यान्सर ९५ प्रतिशत भने नलीमा हुन्छ। बोसो, रेसा र मांसपेशीमा तुलनात्मक रूपमा कम हुन्छ।

यो क्यान्सर के कारणले हुन्छ?

दैनिक व्यायाम नगर्ने तथा मोटा महिलामा स्तन क्यान्सरको सम्भावना बढी हुन्छ। वंशाणुगत कारणले पनि हुन्छ। महिनावारी छिटो ढिलो हुनुले पनि यो क्यान्सरसँग सम्बन्ध राख्छ। ढिलाे विवाह ,बढी उमेरमा गर्भधारण बच्चालाई स्तनपान नगराउने गर्दा पनि यो समस्या उत्पन्न हुन्छ। यही समस्याका कारणे गर्दा स्तन क्यान्सर भयो भनेर किटान गर्न भने गाह्रो छ।

नेपालमा स्तन क्यान्सरको अवस्था कस्तो छ ?

नेपालको सन्दर्भमा क्यान्सर रोगका बिरामी बिरामी पाँच देखि छ हजारजति भएको अनुमान गरिन्छ। आधिकारिक अध्ययन अघि बढेको छ भने परिणाम आउन बाँकी छ। पछिल्लो समय काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लामा भएको अध्ययन अनुसार सबैभन्दा उच्च स्थानमा देखिएको स्तन क्यान्सर नै छ भन्ने गरीन्छ।

धेरैजस्तो महिला स्तन जँचाउने गर्दैनन्। एकातिर स्तन जान्छ भन्ने डर अर्कोतिर ज्यानै जान्छ भन्ने डर। त्यसै समस्या बल्झिँदै जान्छ। स्तन क्यान्सर भन्ने बितिकै स्तन पूरै काट्नु पर्दैन भन्ने बुझ्न जरुरी छ। नेपाल क्यान्सर अस्पतालमा लगभग ६० देखि ७० प्रतिशत स्तन संरक्षण गरेर शल्यक्रिया गर्ने गरेका छौँ।

स्तन क्यान्सरको सन्दर्भमा महिला कतिको सचेत भएको पाउनु भएको छ?

१०  वर्ष अघिको कुरा गर्दा महिलाहरू क्यान्सर तेस्रो चरणमा पुगेपछि आउँथे। अहिले सञ्चारमाध्यमकाे विकासले मानिसमा चेतना बढेको छ। पहिलो वा दोस्रोमा चरणमै जाँच गर्न हामीकहाँ आउँछन्। प्रारम्भिक अवस्थामा जाँच गर्न सके स्वास्व र आर्थिक दृष्टिकोणले भार पर्दैन भन्ने चेतना बढेको छ।

सामान्यतया कुन उमेरका महिलालाई यो क्यान्सर हुन्छ?

विश्वव्यापी आँकडा हेर्दा स्तन क्यान्सर सामान्यतया ५० देखि ६० वर्षको उमेरमा हुने गरेको देखिन्छ। पुरुषमा पनि १ प्रतिशत स्तन क्यान्सर हुन्छ। नेपालको सन्दर्भमा स्तन क्यान्सर ४० देखि ५० वर्षको उमेर समूहमा देखिएको छ। यो भयो ग्रामीण परिवेशको कुरा। शहरी क्षेत्रमा बसोबास गर्ने महिलामा त ४० वर्षभन्दा कम उमेरमा पनि यो क्यान्सर भएको पाइएको छ।

यसबाट बच्न हरेक महिलाले ४० वर्ष पुगेपछि स्वास्थ परीक्षण गरी ‘म्यामोग्राम’ गर्न आवश्यक छ। आफैँ पनि जाँच गर्न सकिन्छ।  सबै महिलाले महिनावारी भएको समयमा आफ्नो स्तन परीक्षण गर्नुपर्छ। महिनावारी भएका पहिलो हप्ता आफ्नो स्तन आफैँ जाँच्न सकिन्छ। स्तनमा गाँठागुँठी आएको थाहा पाउन सकिन्छ। प्रारम्भिक चरणमै पत्ता लागेमा यसबाट बच्न सकिन्छ।

आफ्नो स्तन परीक्षण कसरी आफैँ गर्ने?

स्तनलाई थिचेर स्तनमा गिर्खा छ कि छैन भनी हेर्ने विधि हो। दायाँबाट बायाँतर्फ र बायाँबाट दायाँतर्फ माथिबाट मुनि  हत्केलाले जाँच गर्न सकिन्छ। यो जाँच जुनसुकै अवस्थामा पनि गर्न सकिन्छ। परीक्षणका क्रममा स्तनमा गाँठागुठी देखिए वा मुण्टाबाट पिप र रगत आउने जस्ता समस्या देखा परे तुरून्त सम्बन्धित चिकित्सकसँग जाँच गराउनुपर्छ र सल्लाह लिनुपर्छ।

स्तन क्यान्सरको लक्षण के के हुन्?

शुरुको अवस्थामा कुनै पनि लक्षण देखा पर्दैन। दुख्दा पनि दुख्दैन। विभिन्न जाँचहरूबाट मात्रै क्यान्सर पत्ता लाग्छ। हाम्रो समाजमा शरीरमा कुनै समस्या नदेखिई उपचार गराउने चलन छैन। जब क्यान्सर बढेर आउन थाल्छ। यसले स्तनमा केही परिवर्तन गर्न शुरु गर्छ। ढिलो अवस्थामा स्तनमा गिर्खा आउने, मुण्टा गाडिने, स्तनको छालाको रंग परिवर्तन हुने र मुण्टाबाट पिप वा फोहोर आउने जस्ता लक्षण देखिन्छन्।

स्तन सामान्य भन्दा केही फरक अवस्था देखियो भने उपचार गरिन्छ र थाहा पाउन सकिन्छ। स्तनको भिडियो एक्सरे( अल्ट्रासाउण्ड) गरिन्छ। शंका लागेको अवस्थाम भने यदी शंका लागेको अवस्थामा शरीरमा भएको मासुको टुक्रा निकालेर क्यान्सर हो वा होइन भन्ने निर्क्याेल गर्न सक्छौँ। स्तन क्यान्सर कुन तहमा छ कस्तो अवस्थामा छ भन्ने कुरा पत्ता लगाउन सकछौ।

कसरी गरिन्छ यसकाे उपचार?

क्यान्सरको उपचारमा तीन किसिमका विधि प्रचलित छन्, शल्यक्रिया, केमोथेरापी र रेडियो विकिरण। स्तन क्यान्सरको उपचार विधि पनि त्यही नै हो। एउटा विधिले काम नगर्दा अर्को विधि प्रयोग गर्ने हो। क्यान्सर कुन अवस्थामा छ भन्ने कुराले उपचार निर्धारित हुन्छ। जटिल उपचारमा फसेर शारीरिक कष्ट र आर्थिक भार बेहोर्नुभन्दा समयमै पत्ता लगाई निदानतर्फ लाग्नु उचित हुन्छ।

भिडियो: 

थप समाचार

१३ जिल्लामा शनिवारदेखि खुवाइँदै हात्तीपाइले रोगविरुद्ध औषधि

१३ जिल्लामा शनिवारदेखि खुवाइँदै हात्तीपाइले रोगविरुद्ध औषधि

काठमाडौं : सरकारले यही माघ २५ गतेदेखि १३ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन गर्ने भएको छ।

सोमवार पत्रकार सम्मेलन गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक लालले ‘हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन अभियान २०७६’ सञ्चालन गर्न लागेको जानकारी दिए। १३ जिल्लाका १३८ स्थानीय तहमा औषधि खुवाउने उनले बताए।

यो कार्यक्रममार्फत ७४ लाख ६१ हजारलाई औषधि खुवाउने लक्ष्य लिएको उनको भनाइ छ। औषधि सेवन कार्यक्रममा पाँच हजार ८८५स्वास्थकर्मी र १० हजार ८३८ स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक रोशन पोख्रेलले औषधिबारे भ्रम फैलाइएकाले हात्तीपाइले रोग नियन्त्रण हुन नसकेको तर्क गरे। औषधिबारेको भ्रम चिर्न सञ्चारमाध्यम सहयोगी हुने उनको विश्वास छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चीनमा रहेका नेपालीलाई बुधवार स्वदेश ल्याइने

चीनमा रहेका नेपालीलाई बुधवार स्वदेश ल्याइने

काठमाडौं : सरकारले चीनमा रहेका नेपालीहरूलाई स्वास्थ्य परीक्षणपछि मात्रै स्वदेश ल्याउने भएको छ। आइतबार बिहानसम्म फारम भरेका १८० जनालाई स्वास्थ्य परीक्षणपछि मात्र बुधवार स्वदेश ल्याउने सरकारले जनाएको हो।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फाराम भरेका सबैको स्वास्थ्य परीक्षण हुने बताए। परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उनले बताए। ‘सबैको स्वास्थ्य जाँच हुन्छ। यदि पोजेटिभ देखियो भने चीनले नै पठाउँदैन’, उनले भने, ‘त्यहीँ उपचार हुन्छ। अरुलाई नेपाल ल्याउनेछौँ।’

अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको पनि उनले दाबी गरे। नेपाल फर्काएपछि उनीहरूलाई ‘क्वारेन्टाइन’मा राखिने जानकारी दिए। ‘क्वारेन्टाइन’मा स्वस्थ मान्छेलाई राखिने र आइसोलेसनमा संक्रमितलाई राखिने उनले बताए। ‘स्वदेश फर्काइएका नेपालीलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिनेछ’, उनले भने।

मन्त्रालयले उनीहरूलाई राख्ने ठाउँको खोजी भइरहेको जनाएको छ। मंगलबर बेलुकीसम्म ठाउँ एकिन हुने  बित्तिकै उनीहरुलाई ल्याइने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपाल चिकित्सक संघ निर्वाचन: चौँथो दिन खस्यो ७५९ मत

नेपाल चिकित्सक संघ निर्वाचन: चौँथो दिन खस्यो ७५९ मत

काठमाडौं:  उपत्यकाभित्र नेपाल चिकित्सक संघको निर्वाचनको चौंथो दिन आज ७ सय ५९ मत खसेको छ । संघका प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले आज ७ सय ५९ मत खसेको बताए ।

बिहान ११ बजदेखि शुरु भएको मतदान ४ बजे सकिएको थियो । शुक्रबारदेखि शुरु भएको मतदान भोलिसम्म चल्नेछ ।  संघको नयाँ कार्यसमितिका लागि लोकतान्त्रिक समूहबाट डा लोचन कार्की र पेशागत समावेशी समूहबाट डा पुष्पमणी खरालको टोली चुनावी मैदानमा छ। संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा छन्।

यसअघि उपत्यकाबाहिर १६ स्थानमा मतदान भइसकेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रेडियोथेरापी सेवा नहुँदा वीरमा क्यान्सरका बिरामी आधा घटे

रेडियोथेरापी सेवा नहुँदा वीरमा क्यान्सरका बिरामी आधा घटे

काठमाडौं: सधैं बिरामीको भिडभाड हुने वीर अस्पतालमा क्यान्सरका बिरामी भने आधा भन्दा बढीले घटेका छन्। क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने रेडियोथेरापी सेवा नहुँदा अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या घटेको हो ।
क्यान्सर दिवसको पूर्व सन्ध्यामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वीर अस्पतालमा कार्यरत विज्ञहरुले यस्तो बताएका हुन्। कार्यक्रममा वीर अस्पतालमा कार्यरत क्यान्सर विशेषज्ञ डा सन्ध्या चापागाईले विगत दुई वर्ष यता बिरामी आधाले घटेको बताइ्न। उनले भनिन, ‘अघिल्ला वर्षहरुमा १५ सय देखि २ हजारको हाराहारीमा बिरामी सेवा लिन आउनेमा हाल वर्षेनी ७ सय जति मात्र बिरामीले सेवा लिएका छन्। यसको मुख्य कारण भनेकै रेडियोथेरापी सेवा नहुनु हो ।’

वीर अस्पतालमा रहेको पुरानो रेडियोथेरापी मेशिन बिग्रिएपछि नयाँ जडान गरिएको छैन जसका कारण बिरामी मारमा परेका हुन्। सरकारले अत्याधुनिक टोमोथेरापी मेशिन ल्याइसकेको भए पनि राख्ने ठाउँको अभाव देखाउँदै सञ्चालनमा ल्याउन सकेको छैन। वीर अस्पतालमा रेडियोथेरापी मेशिन नहुँदा विरामीलाई किमोथेरापी एवं शल्यक्रिया गरेपछि रेडियोथेरापी सेवा लिन अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको विशेषज्ञहरुको भनाई छ । जसले गर्दा बिरामी बाध्य भएर अन्यत्र जान थालेका छन्।

कतिपय अवस्थामा त आर्थिक अवस्था कमजोर भएका बिरामी वीरमा सेवा नहुने भएपछि सिधै घर फर्किने गरेको पनि उनीहरुकाे भनाई छ । यसैगरी कार्यक्रममा वीर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले क्यान्सरको सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एनसीडी तथा मेन्टल हेल्थ शाखा प्रमुख डा फणिन्द्र बरालले क्यान्सरको उपचार सेवा भन्दा पनि प्रिभेन्टिभ पक्षलाई अझ बढी जोड दिनुपर्ने बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

डाेटीमा कुष्ठराेगी बढेकाे बढ्यै

डाेटीमा कुष्ठराेगी बढेकाे बढ्यै

डाेटी : जिल्लामा कुष्ठरोगीको संख्या बढिरहेको छ। सात महिनायता चार नयाँ कुष्ठरोगीको संख्या थपिएको छ। अहिले जिल्लामा सातजना कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्षको अन्तिम असारसम्म जिल्लामा तीन कुष्ठरोगी रहेकामा चालु आवको पुस मसान्तसम्ममा थप चारजना फेला परेको कार्यालयले जनाएको छ।  केआईसिंह गाउँपालिकामा एक, शिखर नगरपालिकामा दुई, पूर्वीचौकी गाउँपालिकामा एक, दिपायल–सिलगढी नगरपालिकामा दुई र बडीकेदार गाउँपालिकामा एक कुष्ठरोगी फेला परेका हुन् ।

स्वास्थ्य कार्यालयको रेकर्डमा आउन बाँकी रहेका दुई नयाँ कुष्ठरोगी फेला परेको क्षय कुष्ठरोगसम्बन्धी फोकल पर्सन उद्धवसिंह ठगुन्नाले बताए। ‘हाम्रो रेकर्डमा आउन बाँकी रहेका दुईजना कुष्ठरोगीबारे जानकारी आएको छ’, उनले भने, ‘सबै अध्ययन गरेर हामी रेकर्डमा राख्नेछौँ।’

जिल्लामा कुष्ठरोगीको संख्या थपिँदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालु आवमा जिल्लाका नौवटै स्थानीय तहमा कुष्ठरोगका बिरामी पहिचानका लागि ‘स्क्रिनिङ क्याम्प’ गर्ने योजना रहेको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख तथा जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए।

नेपाल सरकारले कुष्ठरोग मुक्त नेपालको परिकल्पना गर्दै सन् २०२० मा कुष्ठरोग प्रकोप दर प्रति १० हजार जनसंख्यामा एकभन्दा कम गर्ने लक्ष्य राखेको छ। कुष्ठरोगीको संख्या थपिएपछि उक्त लक्ष्य चुनौतीका रूपमा लिइएको छ। कुष्ठरोगका बिरामीलाई देवीदेउता, पिशाच लागेको भन्ने अन्धविश्वास र विभेदको अन्त्य गरी ससम्मान स्वास्थ्योपर गर्ने वातावरण सिर्जनाका लागि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सर्लाहीमा बढ्याे असुरक्षित गर्भपतन, प्रशासन माैन

सर्लाहीमा बढ्याे असुरक्षित गर्भपतन, प्रशासन माैन

सर्लाही : जिल्लामा निजी स्वास्थ्य केन्द्रहरूले असुरक्षित गर्भपतनलाई तीव्रता दिँदा पनि प्रशासनले अंकुश लगाउन सकेको छैन।

नियमनकारी निकायद्वारा नियमित अनुगमन, निगरानी तथा कानुनी कारवाहीे नहुँदा अवैधानिक गर्भपतन फस्टाएको हो। सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरूबाहेक सर्लाहीमा निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक र औषधिपसलले समेत गर्भपतन गर्दै आएका छन्।

कतिपय निजी अस्पताल, पोलिक्लिनिक र स्वास्थ्य क्लिनिकले बिरामीको साधारण रोग परीक्षण तथा उपचार गर्ने इजाजत पाए पनि कुनै पनि किसिमका चिरफार तथा गर्भपतन गराउन पाउँदैनन्। तर नियमनकारी निकायको निगरानीको अभावले सबै पोलिक्लिनिक र क्लिनिकले अवैध गर्भपतनको काम गर्दै आएका छन् ।

जिल्लाको नवलपुर, हरिवन, मलङ्गवालगायत क्षेत्रका अधिकांश क्लिनिक, निजी स्वास्थ्य संस्था एवं औषधि बिक्रेताले पैसाको लोभमा असुरक्षित गर्भपतन कार्यमा संलग्न भएको पाइएको हो।

मेरी स्टोपका चिकित्सक वीरेन्द्र महतोका अनुसार अवैध र असुरक्षित सम्बन्धले गर्भ बसेपछि पारिवारिक घृणा तथा सामाजिक बेइज्जतीबाट जोगिन जस्तोसुकै क्लिनिक तथा स्वास्थ्य संस्थामा गर्भपतन गराउन जाने गरेको पाइएको छ। ‘सुरक्षित गर्भपतनको इजाजत नपाएका त्यस्ता स्वास्थ्य संस्थाले गर्भपतनका लागि औषधि खुवाउँछन्’, उनले भने, ‘जसका कारण महिलाको स्वास्थ्यमा गम्भीर असर पर्छ र अन्त्यमा अस्पताल पुग्छन्।’

सुरक्षित गर्भपतनको अनुमति नलिएका स्वास्थ्य संस्था तथा औषधि बिक्रेताले गर्भपतन गराउन दर्ता नै नभएका औषधिको प्रयोग गर्ने गरेका छन्। नेपालमा दर्ता नै नभएका मिसोप्रोष्टल, अनवान्टेड किट, अनडिजायर किट, प्रेगनेन्ट किट, मिथेप्रिस्टललगायत औषधि गर्भवतीलाई खुवाउने गरेको पाइएको प्राथमिक स्वाथ्य केन्द्र लालबन्दीका चिकित्सक चन्दन चौधरीले बताए। ‘यस्तो कार्य गैरकानुनी हो। मानव स्वास्थ्यमा खेलबाड हो’, उनले भने, ‘गर्भपतनका लागि खुवाइने ती औषधि परिवार नियोजनका साधनका रूपमा समेत प्रयोग गर्न थालेको पाइएको छ।’

अवैध रूपले सञ्चालित गर्भपतन केन्द्रहरूले नियम र कानुनको ख्यालै नराखी गर्भपतन गराउने भएकाले उनीहरूले त्यसबापत महँगो शुल्क लिन्छन् । यसरी गर्भपतन गराउँदा ती पोलिक्लिनिक र क्लिनिकहरूले सेवाग्राहीहरूको अवस्था हेरेर १० देखि २५ हजारसम्म असुल्ने गरेकाे स्थानीयवासीकाे भनाइ छ ।

आठ हप्ताभन्दा कम समयको गर्भपतन गराउन प्रयोग गरिने मिसोप्रोष्टल औषधि सोभन्दा बढी समयको गर्भपतन गराउन पनि प्रयोग गर्ने गरेका कारण महिलामा बाँझोपन हुने, पाठेघरमा साल अड्किने, रक्तस्राव बढी भएर मृत्यु हुनेसम्मका समस्या आउने चिकित्सकको भनाइ छ। गर्भपतनका लागि सेवन गर्ने औषधिबाट विभिन्न शारीरिक समस्या भएपछि अस्पताल पुग्ने ती महिला पेट दुखेकाे बहानामा उपचार गराउन आउने  चिकित्सक चौधरीले बताए।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सीमा क्षेत्रमा ‘कोरोना’ सहायता कक्ष

सीमा क्षेत्रमा ‘कोरोना’ सहायता कक्ष

भैरहवा : जिल्ला प्रशासन कार्यालय रूपन्देहीले कोरोना भाइरसको जोखिम मध्यनजर गर्दै नेपाल भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।

भारतसँगको खुला सीमा भएकाले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा स्वास्थ्य जाँचमा कडाइ गरिएको हो।

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा प्रशासनको निर्देशनपछि कोरोनाबारे जाँच तथा यसको सचेतना सहायता कक्ष स्थापना गरिएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरत शर्माले जानकारी दिए।

सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शंका लागेमा नजिकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। सहायता कक्ष बिहान ७ देखि साँझ ८ बजेसम्म सञ्चालन भइरहेकाे छ।

थप समाचार

भरतपुर अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै काउण्टर

भरतपुर अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै काउण्टर

चितवन : भरतपुर अस्पतालले बहिरंग सेवामा रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै टिकट काट्ने र अलग्गै परीक्षण गर्ने  व्यवस्था गरेको छ। अस्पतालले पाँचमध्ये एउटा काउण्टरमा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाएको हाे।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोमबारदेखि अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलग रूपमा गर्ने व्यवस्था मिलाइएको छ। कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए।

उपचारसँगै सचेतनामा पनि अस्पताल जुटेको छ। कोरोना भाइरस संक्रमण हुन नदिन सचेतना जगाउने उद्देश्यले आइतवार अस्पताल परिसरमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले मास्क लगाएर नमस्कार गर्दै सन्देश प्रवाह गरेका छन्।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तिवारीले बिरामीको चाप हुने समयमा सबैलाई सचेतना जगाउने गरी भिडभाडमा मास्क लगाउन र हात नमिलाउन सन्देश प्रवाह गरेकाे जानकारी दिए।

अस्पतालमा पाँच शय्याको विशेष (आइसोलेसन) कक्ष स्थापना गरिएको छ। अस्पतालका दुई जना विशेषज्ञ फिजिसियनलाई सो कक्षको जिम्मेवारीसमेत दिइएको छ। अस्पतालले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग कोरोना भाइरसका विषयमा विशेष अन्तरक्रिया गर्ने जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरस : संक्रमण भएपछि मानिसको शरीरमा के हुन्छ?

कोरोना भाइरस : संक्रमण भएपछि मानिसको शरीरमा के हुन्छ?

नयाँ कोरोना भाइरसविरुद्धको संघर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ।

यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ? यसका लक्षणहरू के हुन्? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ? यसको उपचार कसरी हुन्छ?

महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ।

त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा ‘लान्सिट’ मेडिकल जर्नलमा प्रकाशित भएको छ।

फोक्सोमा आक्रमण

ती सबै ९९ बिरामीलाई अस्पताल लगिँदा निमोनियाको संक्रमण देखिएको थियो। अन्य लक्षण यस्ता थिए–

८२ जनालाई ज्वरो आएको थियो। ८१ जनालाई रुघाखोकी लागेको थियो। ३१ जनाको श्वासप्रश्वासमा समस्या भएको थियो। ११ जनालाई मांसपेशी दुख्ने समस्या थियो। ९ जनामा मिश्रित समस्या देखिएको थियो। ८ जनालाई टाउको दुःखेको थियो। ५ जनाको घाँटीमा संक्रमण भएको थियो।

प्रारम्भिक मृत्यु

ज्यान गुमाउने प्रथम दुई बिरामी लामो समयदेखि धूमपान गर्ने व्यक्ति भए पनि झट्ट हेर्दा सामान्य देखिन्थे।

तर चुरोटले उनीहरूको फोक्सो कमजोर बनाएको हुन सक्छ।

तीमध्ये ६१ वर्षीय पुरुषलाई अस्पताल ल्याइँदा गम्भीर अवस्थाको निमोनिया भएको थियो। उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकेको थिएन।

भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनले सास फेर्न छाडे। अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भयो। अर्का बिरामी ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो भएको थियो। उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो।

गम्भीर निमोनिया र शरीरभरि  संक्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो।

कम्तीमा १० प्रतिशतको मृत्यु

जनवरी २५ सम्ममा ती ९९ बिरामीमध्ये ५७ जना अझै अस्पतालमा छन्। ३१ जना घर फर्केका छन्। ११ जनाको मृत्यु भएको छ। त्यसको अर्थ यस रोगको मृत्युदर ११ प्रतिशत हो भन्ने चाहिँ होइन।

अस्पतालमा भएका केहीको अझै ज्यान जान सक्छ भने सामान्य लक्षण देखिएका धेरै मानिस अस्पताल नै नआएका पनि हुन सक्छन्।भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनले सास फेर्न छाडे। अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भयो।

अर्का बिरामी ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो भएको थियो। उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो। गम्भीर निमोनिया र शरीरभरि संक्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो।

अस्पतालमा भएका केहीको अझै ज्यान जान सक्छ भने सामान्य लक्षण देखिएका धेरै मानिस अस्पताल नै नआएका पनि हुन सक्छन्।

बजारसँग सम्बन्ध

यो नयाँ भाइरसलाई २०१९ एनसीओभी नामकरण गरिएको छ।

ह्वानेनस्थित एउटा समुद्री खाद्यपदार्थ बजारमा जिउँदै बेच्न राखिएका जीवबाट उक्त भाइरस फैलिएको अनुमान छ।

सङ्क्रमण भएको पहिला पुष्टि भएका ९९ जनामध्ये ४९ जनाको उक्त बजारसँग प्रत्यक्ष सम्बन्ध थियो।

दुई जना सामान किन्न गएका ग्राहक थिए भने ४७ जना त्यहीँ काम गर्थे।

अधबैँसेहरू धेरै प्रभावित

ती ९९ बिरामीमध्ये धेरैजसो अधबैँसे थिए।

उनीहरूको औसत आयु ५६ थियो र ६७ जना पुरुष थिए।

यद्यपि द चाइना सेन्ट्रर्स फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले प्रकाशित गरेको एउटा विवरणले १.२ पुरुष प्रभावित हुँदा १ महिला प्रभावित हुने देखाएको छ।

यसले दिने सन्देश यस्ता हुन सक्छन्–

पुरुषहरू सबैभन्दा बढी प्रभावित हुन सक्छन्। त्यसैले उनीहरूलाई अस्पतालमा उपचार गरिनुपर्छ।

सामाजिक र सांस्कृतिक कारणले गर्दा प्रकोपको आरम्भमा पुरुषहरू भाइरसको संक्रमणमा धेरै परेका हुन सक्छन्।

पुराना बिरामी

ती ९९ जनामध्ये धेरै जना पहिले नै अन्य केही रोगबाट पीडित थिए। त्यसैले कमजोर प्रतिरक्षा प्रणालीका भएको हुनाले भाइरसको संक्रमण भएको हुन सक्छ।

४० जनाको मुटु कमजोर थियो वा रक्तनलीहरू बिग्रिएका थिए। उनीहरू हृदयरोग र स्ट्रोकजस्ता समस्याबाट पीडित थिए। १२ जनामा मधुमेह थियो।

बीबीसी नेपालीबाट

थप समाचार

स्वास्थ्य सेवातर्फ १२औँ तहका लागि पाँच जनाको नाम सिफारिस

स्वास्थ्य सेवातर्फ १२औँ तहका लागि पाँच जनाको नाम सिफारिस

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औँ तहका तीनवटा प्रमुख विशेषज्ञ पदमा पाँच जनाको नाम सिफारिस भएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच जनाको नाम सिफारिस गरेको हो।

उक्त बढुवा समितिले डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह, डा. भीमसिंह तिंकरी, डा. केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।

प्रमुख विशेषज्ञ पदमा बढुवा भएकामध्ये एक जनालाई सचिवका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चीनको हुनानमा बर्ड फ्लु

चीनको हुनानमा बर्ड फ्लु

कोरोना भाइरस संक्रमण राेक्ने चुनाैती रहेकाे  वेला चीनमा ‘बर्ड फ्लु’ संक्रमण देखिएको छ। हुनान प्रान्तमा बर्ड फ्लु प्रकोप देखिएको हो।

यो संक्रमण हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको हो। हालसम्म फार्मका १७ हजार ८२८ कुखुरा नष्ट पारिएको  अधिकारीहरूले जनाएका छन्।

चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘शुआङकिङको शाओयाङ शहरको एक कुखुरा फार्ममा बर्ड फ्लु संक्रमण देखिएको छ। फार्ममा रहेका सात हजार ८५० चल्लाहरूसहित चार हजार ५०० कुखुराहरू मरेका छन् भने संक्रमणपछि १७ हजार ८२८ कुखुरा नष्ट गरिएको छ।’ मन्त्रालयले  मानिसमा भने बर्ड फ्लुको संक्रमण अहिलेसम्म नदेखिएको बताइएको छ।

चीनले कोरोना भाइरसको संक्रमणका कारण ठूलो जनशक्ति लगाएर यसलाई नियन्त्रण गर्न लागिपरेको समयमा हुनानमा देखिएको बर्ड फ्लुले चीनलाई अर्काे चुनाैती थपिएकाे छ।

यो ठाउँ कोरोना भाइरसको संक्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा पर्छ।

थप समाचार

गाउँमा स्वास्थ्य शिविर

गाउँमा स्वास्थ्य शिविर

सिरहा : धनगढीमाई नगरपालिका–११ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १३५ ले स्वास्थ्य जाँच गराएका छन्। वडाकाे आयोजनामा आधारभूत विद्यालय नैनपुर बरगाछी चौतारामा शिविर सञ्चालन गरिएको हाे।

शिविरमा मधुमेह, रक्तचाप, थाइराइड, पिसाब तथा स्त्रीरोग सम्बन्धी बढी बिरामी पाइएको वडाध्यक्ष गंगाराम यादवले जानकारी दिए।

शिविरमा डा. सुभाष चौधरी, डा. लुस्युन यादव, अनमी पार्वती चौधरी र चन्दा चौधरीलगायतले सेवा दिएका थिए। वृद्धवृद्धा, दलित र विपन्न परिवारलाई गाउँ बस्तीमा स्वास्थ्यसेवा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरेकाे  यादवले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

जमुनाहा नाकामा ‘कोरोना’ हेल्थ डेस्क

जमुनाहा नाकामा ‘कोरोना’ हेल्थ डेस्क

बाँके : कोरोना भाइरसको संक्रमण् भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ ।

जमुनाह सीमानाका हुँदै नेपाल भित्रिनेहरूलाई भाइरस संक्रमण भए\नभएको जाँच गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए।

आइतबारदेखि सञ्चालित डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ। डेस्कले विशेषगरी ज्वरो आएका, रुघाखोकी लागेका र शंकास्पदको स्वास्थ्य परीक्षण गर्नेछ। यसका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिने जनाइएको छ।

ताजा अपडेट