स्वास्थ्य बीमा कार्यक्रमलाई १० अर्ब बजेट
हेल्थ टिभी अनलाइन : सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई १० अर्ब रकम विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रकम विनियोजन गरेको बताएका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पुनसंरचना गर्दै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य बीमाको दायरा विस्तार गरिनेछ । उनले बीमितको सुविधा थैली क्रमशः वृद्धि गरिँदै लगिने र बीमितलाई फरक फरक योजनाको सुविधा उपलब्ध गराइइने जानकारी दिए ।
गत वर्ष स्वास्थ्य बीमाका लागि ७ अर्ब ५ करोड बजेट छुट्याइएको थियो । यसपटक बीमामा रकम बढाइएको छ । बीमा कार्यक्रम स्वास्थ्य मन्त्रालयको महत्वकांक्षी र प्राथमिकतामा परेको कार्यक्रम हो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’