Health TV Online
Health TV Online
Health TV Online

कसरी जोगाउने बालबच्चाको मिर्गौला?

कसरी जोगाउने बालबच्चाको मिर्गौला?

नेपालमा कति बालबालिका मिर्गौलाको समस्याबाट ग्रसित छन् भन्ने यकिन तथ्यांक छैन। तर शिक्षण अस्पतालमा भर्ना भएका बालबालिकाहरूमाथि एक वर्षसम्म गरिएको अध्ययनले करिब ६.९८ प्रतिशतमा कुनै न कुनै प्रकारको मिर्गौलारोग लागेको पाइएको थियो। समयमै ध्यान नपुर्याउँदा मिर्गौलारोगका कारण धेरै बालबालिकाको मृत्यु भएको छ भने धेरैजना पछिसम्म समस्या लिएर बसिरहेका छन्।

बालबालिकामा मिर्गौलारोग लाग्ने विभिन्न कारण छन्। कोही त मिर्गौलामा समस्या लिएर नै जन्मेका हुन्छन्। बालबच्चाको मिर्गौला कति स्वस्थ छ भन्ने कुरा आमाको गर्भदेखि निर्धारण हुन्छ। गर्भावस्थामा आमाको खानपान र गरेको क्रियाकलापबाट पनि गर्भमा रहेको शिशुको मिर्गौलाको भविष्य तय हुन्छ।

त्यसैले गर्भावस्थामा आमाले धूमपान गर्नु हुँदैन। उच्च रक्तचाप तथा मधुमेह छ भने सन्तुलनमा राख्नुपर्छ। आइरन र फोलिक एसिडबाहेक जथाभावी औषधि सेवन गर्नु परे चिकित्सकको परामर्श लिुनुपर्छ।

बालबालिकाको मिर्गौला बिगार्ने मुख्य कारण पिसाब बन्द भइरख्नु र पिसाब फेर्दा समस्या हुनु हो। बालबालिकाहरूलाई पिसाबको समस्या आइरहे मिर्गौलाको समस्याको संकेत हो। पिसाबमा संक्रमणका कारण समस्या आइरहेमा तुरन्त चिकित्सकको परामर्श लिई उपचार गराइहाल्नु पर्छ।

बालबच्चाको मिर्गौला जोगाउन स्वस्थ खाना खुवाउनु पर्छ। फोहोरका कारण पनि पिसाबमा संक्रमण हुने भएकाले सरसफाइमा ध्यान दिन जरुरी छ। नियमित पानी पिउने बानी बसाल्नुपर्छ। लामो समयसम्म पिसाब रोकेर राख्न दिनु हुँदैन। नियमित रूपमा वर्षको एकपटक मिर्गौलाको सामान्य जाँच गराउनुपर्छ। नियमित शारीरिक व्यायाम गराउनुपर्छ। पोषिलो खानेकुरा खुवाउनुपर्छ।

कति बाबुआमाले बालबच्चाको पिसाब संक्रमण हुँदा पनि त्यति ध्यान दिएको पाइँदैन। यसका कारण पछि मिर्गौला फेल भएको पनि पाइएको छ। चिकित्सकलाई देखाइहाले पनि औषधि नियमित नखुवाउने गरेको पनि पाइन्छ। बिचमै ठिक भयो भन्दै पूरै औषधि नखुवाउँदा पछि मिर्गौलाले काम गर्न छाडेको उदाहरण पनि छन्।

आगोले अंग जल्दा, जलवियोजन हुँदा, निरन्तर रगत बग्दा र चोटपटकका कारण बालबालिकाको रक्तचाप कम भई मिर्गौलामा रगत प्रवाह कम हुँदा पनि अल्पकालीन रूपमा मिर्गौला बिग्रिन सक्छ।

मिर्गौला रोगलाई ‘सुसुप्त हत्यारा’ भनिन्छ। यो रोगको कुनै लक्षण हुँदैन। यसले करिब ८० प्रतिशत काम नगर्दा पनि लक्षण थाहा हुँदैन। जब लक्षण थाहा भएर चिकित्सककहाँ पुगिन्छ त्यत्तिखेर निकै ढिला भइसकेको हुन्छ। बाँच्ने उपाय भनेको मिर्गौला प्रत्यारोपण गर्नु वा आजीवन डायलाइसिसमा बस्नु मात्र हो, जुन एकदमै खर्चिलो र झञ्झटिलो हुन्छ।

बालबालिकामा पटक–पटक पिसाबमा संक्रमण भइरह्यो भने यसमा बाबुआमा गम्भीर हुन जरुरी छ। सामान्य औषधिले उपचार गरेर केही समयका लागि निको भए पनि यो समस्या किन आइरहेको छ भन्न थप उपचार आवश्यक हुन्छ। यस्ता समस्यामा चुप लागेर बसे पछि गम्भीर असर परी मिर्गौला बिग्रिन सक्छ।

बालबालिकाले पिसाब फेर्दा कहिलेकाहीँ रगत गयो भने तुरुन्त चिकित्सकको परामर्श लिइहाल्नु पर्छ। पिसाब वा रगत जाँचेर, भिडियो एक्स–रे गरेर वा आवश्यक परेमा बायोप्सी जाँच (मिर्गौलाबाट सानो टुक्रा निकालेर) पनि मिर्गौला रोगको अवस्थाबारे थाहा पाउन सकिन्छ।

बालबच्चामा देखिने अर्को समस्या भनेको ‘नेफ्रोटिक सिन्ड्रोम’ हो। यो भनेको बालबच्चाको पिसाबबाट प्रोटिन जाने समस्या हो। यसरी प्रोटिन गइरहयो भने भित्रभित्रै मिर्गौला बिगार्ने हुँदा यसमा सचेत हुन जरुरी छ।

कतिपय बालबालिकाको जन्मदै एउटा मात्र मिर्गौला लिएर जन्मेका हुन्छन्। यसो भएमा अत्तिनु हुँदैन। दुईवटै मिर्गौला भएको बच्चा जस्तै उसले जीवनयापन गर्न सक्छ। त्यस्ता बच्चालाई बुझ्ने भएपछि उचित परामर्श दिनुपर्छ। नत्र उमेर पुगिसकेपछि उनीहरूमा मानसिक समस्या आउन सक्छ।

कसैको जन्मजात नै मिर्गौला ठीक स्थानमा नभई अन्य स्थानमा हुने, नली सुन्निने, मिर्गौलामा पानीका फोकाहरु (सिस्ट) हुने, पिसाब थैलीमा समस्या हुने तथा जन्मेको केही समयपछि पत्थरी हुने हुनसक्छ। यसो हुँदैमा अभिभावक आत्तिनु हुँदैन। समयमै उपचार गरे यी समस्याबाट मुक्ति पाइन्छ।

बालबच्चाको मिर्गौला जोगाउन स्वस्थ खाना खुवाउनु पर्छ। फोहोरका कारण पनि पिसाबमा संक्रमण हुने भएकाले सरसफाइमा ध्यान दिन जरुरी छ। नियमित पानी पिउने बानी बसाल्नुपर्छ। लामो समयसम्म पिसाब रोकेर राख्न दिनु हुँदैन। साथै बच्चा ९–१० वर्षसम्म पनि ओछ्यानमा पिसाब फेरिरहन्छ भने पनि चिकित्सकको परामर्श लिनुपर्छ। नियमित रूपमा वर्षको एकपटक मिर्गौलाको सामान्य जाँच गराउनुपर्छ। नियमित शारीरिक व्यायाम गराउनुपर्छ। पोषिलो खानेकुरा खुवाउनुपर्छ। यसले बालबच्चाको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ।

आमाबाबुको हेलचेक्र्याइँ तथा सामान्य गल्तीले भविष्यका कर्णधार बालबालिकाको मिर्गौला काम नै गर्न नसक्ने अवस्थासम्म पुग्न हुन्छ। मिर्गौला प्रत्यारोपण वा डायलाइसिस जस्तो जटिल अवस्थासम्म पुग्दा लाखौँ रुपैयाँ खर्च गर्नु पर्ने अवस्था सिर्जना हुने भएकाले सबै अभिभावक सचेत हुन जरुरी छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन

पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन

काठमाडौं:  पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत श्रेष्ठको बिहिवार बिहान ७ बजेर ५५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

ज्वरो एवं रुघाखोकी सन्चो नभएपछि श्रेष्ठलाई एक साता अघि भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ सुधार नभएपछि उनलाई मनमोहन भाष्कुलर हुँदै त्रिवि शिक्षण अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

५९ वर्षीया श्रेष्ठले ३७ वर्ष नेपाल सरकारमा रहेर काम गरेका थिए । उनले यही क्रममा स्वास्थ्य मन्त्रालयमा समेत सचिवको कार्यभार सम्हालेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी

नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी

काठमाडौं : नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी भएको छ।

बुधबार काठमाडौंमा सम्पन्न भएको संघको निर्वाचनमा प्राध्यापक राईको प्यानलले जितेको हो ।

राईले प्रतिद्धन्दी प्राध्यापक मुना राना थापालाई जितेकी हुन्। संघको चुनावका लागि प्रगतिशिल र पेशागत गरी दुई समूह मैदानमा थिए । बुधबार बिहान ७ बजेदेखि शुरु भएको मतदान देशभरका २१ मतदान केन्द्रमा साँझ ५ बजेसम्म चलेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

‘स्वास्थ्य क्षेत्रमा रहेका गैरक्रियाकलाप अन्त्य गर्छु’

‘स्वास्थ्य क्षेत्रमा रहेका गैरक्रियाकलाप अन्त्य गर्छु’

विराटनगर : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रभित्र रहेका गैरक्रियालाप अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको ‘स्वस्थ जीवन प्रवर्धन’ अभियान शुरु गर्दै कार्यक्रममा उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यक्षेत्रमा रहेका बेथिति सुधार गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले स्वास्थ्य क्षेत्रका कर्मचारी राज्य र जनताप्रति जवाफदेही हुनुपर्ने बताए। स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारीलाई स्थानीय निकायमा प्रशासन क्षेत्रमा समायोजन गर्नु गलत भएको भन्दै मन्त्री ढकालले यसका लागि पुनःसमायोजन प्रक्रिया खुला गरेको जानकारी दिए।

स्वास्थ्यमन्त्री ढकालले प्रादेशिक अस्पताल (कोशी)को नाममा विज्ञापन गरी निजी स्वार्थका लागि क्लिनिक सञ्चालन गरिरहेका अस्पतालका चिकित्सक फेला पारेको भन्दै उनले यस्ता गलत क्रियाकलापलाई नियन्त्रण गर्ने बताए।

प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको बजेट विगतमा अस्पताल र स्वास्थ्य चौकीमा खर्चमा भएकोमा अब रोग लाग्न नदिन ‘स्वस्थ्य प्रवर्धन अभियान’मा खर्च गरिने जानकारी दिए। उनले रोगको जडका रूपमा रहेको सुर्तीजन्यपदार्थ नियन्त्रण अभियान प्रदेश राजधानी विराटनगरबाट शुरु गर्ने जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

गर्भवती र सुत्केरीको घरमा झण्डा, हातमा अण्डा

गर्भवती र सुत्केरीको घरमा झण्डा, हातमा अण्डा

जाजरकोट : गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिने भएको छ। नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवती पहिचान गरी घरघरमा झण्डा गाड्ने भएको छ।

झण्डा अभियानले गर्भवतीले खुलेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग राख्नसक्ने स्वास्थ्यकर्मीले बताएका छन्।नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाड्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए। गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य अवस्था सुधार गरी निरोगी बनाउका लागि अण्डा उपलब्ध गराइने भएको छ।

त्यस्तै स्थानीय जातको तोरीको तेल, एक जोडा कुखुराको भाले, पोथीसमेत गर्भवती तथा सुत्केरी महिलालाई उपलब्ध गराउन लागिएको छ। गरिब, दलित, जनजाति र नियमित स्वास्थ्य जाँच गरेको महिलालाई मात्र यो सुविधा उपलब्ध गराइने सिंहले जानकारी दिए। प्रत्येक वडाबाट ३५ जना पर्नेगरी ती सामग्री वितरण गरिनेछ।

अर्थ अभाव भएकै कारण सुत्केरी भएको समयमा खाना नपाएपछि कुपोषण भएर धेरैको ज्यान जाने गरेको अवस्थालाई हल गर्न नगरपालिकाले सबै खालका महिलालाई समानताका आधारमा मूल प्रवाहमा ल्याउन विशेष योजना ल्याएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए। कार्यालयका अनुसार बर्थिङ सेन्टरबाट टाढा रहेका र विपन्न गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराइने भएको छ।

त्यस्तै सुत्केरीलाई चिसोमा स्याहारसुसार गर्नका लागि हिटर वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले बताए। चेतना अभावमा घरमै सुत्केरी हुने, आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्तो अभियान थालेको उनले जानकारी दिए। उक्त अभियानलाई प्रभावकारी बनाउन विद्यालय, महिला स्वास्थ्य स्वयमसेविका, आमा समूहलगायत स्वास्थ्य समूहलाई सचेतना कक्षा सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

क्यान्सरबाट बच्ने उपाय

क्यान्सरबाट बच्ने उपाय

थाहा भएको कुरा हो, गलत जीवनशैली र खानपानका कारण क्यान्सर हुनसक्छ। त्यसैले त्यस्ता आहारविहारबाट बच्न आवश्यक छ।

क्यान्सरकाे प्रमुख कारण सुर्तीजन्य पदार्थ सेवन। चुरोटले फोक्सो, किड्नी, ब्ल्याडरको क्यान्सर र गर्भाशयको क्यान्सर हुन सक्छ। सुर्ती र गुट्खा खाँदा मुख र पाचन ग्रन्थीमा क्यान्सर हुन सक्छ। बिँडी वा चुरोट पिउँदा शरीरमा क्यान्सर उत्पादक तत्त्व प्रवेश गर्छन्। यी तत्त्वले स्वस्थ कोशिकाहरूलाई रोगी कोशिकामा बदलिदिन्छन् र यही कोशिकाहरू क्यान्सरमा परिणत हुन्छन्।

यस्तै कुहिएको, बासी, सडेगलेको, तारेको, भुटेको र मसलादार खानेकुरा अस्वस्थ्यकर हुन्छन्। यस्ता खाना क्यान्सरको कारण बन्छ।

तौल नियन्त्रण राख्नुपर्छ। शरीरलाई फुर्तिलो राख्नुपर्छ। मोटोपनाका कारण मूत्राशय, स्तन, गर्भाशय र ठूलो आन्द्राको क्यान्सर आदिको खतरा हुन्छ। त्यसैले व्यायाम वा शारीरिक श्रम गर्नुपर्छ।

दिनभर कामका लागि आवश्यक उर्जा पाउन पौष्टिक आहार आवश्यक छ। फल, सागपात, दूध, अण्डा र ड्राई फ्रुट्स पौष्टिक आहार हुन्। यिनकाे गुणस्तर र सरसफाइमा ध्यान दिनुपर्छ।

सूर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर निश्चित समय मात्र। ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरण पनि आउँछन्, जो शरीरका लागि हानिकारक हुन्छन्। यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा छाला क्यान्सरको खतरा हुन्छ।

बढ्दाे शहरीकरणका कारण धुवाँ धुलाेजस्ता प्रदूषण बढेका छन्। प्रदूषण पनि क्यान्सरकाे कारक बन्न सक्छ। यसबाट जाेगिने उपाय अपनाउनुपर्छ।

थप समाचार

अनुहारको चाउरीपना हटाउने ‘बोटक्स’ कति सुरक्षित ?

अनुहारको चाउरीपना हटाउने ‘बोटक्स’ कति सुरक्षित ?

‘बोटक्स’ चाउरीपना हटाउने विश्वभर चलनचल्तीमा रहेको प्रभावकारी कस्मेटिक उपचार पद्धति हो। यो इन्जेक्सनको माध्यमबाट दिइन्छ। बोटक्सबारे पछिल्लो समय अझ चर्चा हुन थालेको छ। विशेषगरी यो महिलाहरुले बढी प्रयोग गर्छन्। यद्यपि इन्टरटेन्टमेन्ट इन्डस्ट्रीमा काम गर्ने पुरुषहरूले पनि बोटक्स लगाउने गरेको पाइन्छ। उपचार गरेको तीन दिन देखि  नै परिणाम देखिने हुँदा यो धेरैको रोजाइमा परेको छ। बोटक्स लगाएको  तीन दिनदेखि एक सातामा यसले काम गर्छ र बिस्तारै चाउरीपना हट्दै जान्छ।

त्यसो त अनुहारमा आएको चाउरीपना हटाउन ‘केमिकल पिलिङ’, ‘लेजर’ लगायतका अन्य उपचार विधि पनि छन्, जसले अनुहारको चाउरीपना हटाउनेदेखि चमक ल्याउनेसम्मका काम गर्छन्। यो लामो समयसम्म गर्न पर्ने भएकाले धेरैको रोजाइमा बोटक्स नै पर्छ। तुरुन्त रिजल्ट चाहिनेलाई भने सबैभन्दा बढी प्रभावकारी बाेटक्स नै हो।

बोटक्स एक किसिमको केमिकल हो। यसले शरीरमा मांसपेशी र नशाबीच चलायमान हुने कामको सम्बन्धलाई छुट्याइदिन्छ, जसले गर्दा मसल खुम्चिन र तन्किन बन्द हुन्छ। त्यसैले बोटक्स लगाएको भागमा छाला खुम्चिन पाउँदैन। कुन भागमा बोटक्स लगाउने हो त्यसको सही प्वइन्ट पत्ता लगाएर इन्जेक्सन दिइन्छ। तीन देखि ६ महिनासम्म यसको असर रहिरहन्छ।

त्यसो त अनुहारमा आएको चाउरीपना हटाउन ‘केमिकल पिलिङ’, ‘लेजर’ लगायतका अन्य उपचार विधि पनि छन्, जसले अनुहारको चाउरीपना हटाउनेदेखि चमक ल्याउनेसम्मका काम गर्छन्। यो लामो समयसम्म गर्न पर्ने भएकाले धेरैको रोजाइमा बोटक्स नै पर्छ। तुरुन्त रिजल्ट चाहिनेलाई भने सबैभन्दा बढी प्रभावकारी बाेटक्स नै हो।

चाउरीपनाका आधारमा यो कतिसमम रहने भन्ने हुन्छ। बढी चाउरीपना र छालाको प्रकृति अनुसार पनि यसको असर कति सम्म रहन्छ भन्ने हुन्छ। त्यसैले हामी तीनदेखि ६ महिना भन्छौँ।

बोटक्स कस्मेटिक रूपमा राम्रो हुन मात्र हाेइन उपचारमा पनि प्रयोग गरिन्छ। यो डेढो आँखा सिधा गर्न ‘सर्भाइकल डिस्टोनियामा, क्रोनिक माइग्रेन’मा नशा रोग विशेषहरूले पनि यसको प्रयोग गर्छन्।

यसैगरी बोटक्स तुरुन्त र एक सातादेखि एक महिनासम्मका लागि पनि लगाउन सकिन्छ। यस्तो उपचारलाई मेजो बोटक्स भनिन्छ। यो सुपरफिसियल रूपमा उपचार गरिन्छ। तुरुन्त रिजल्ट आउने हुँदा कसैको विवाह भोज, व्रतबन्ध, पूजा आदिका लागि तत्कालका लागि बोटक्स लगाएर अनुहारको चाउरीपना हटाउने चलन पनि बढ्दो छ। यसका लागि न त धेरै समय नै लाग्छ, न त धेरै खर्च नै। १० देखि १५ मिनेटमै बोटक्सको सम्पूर्ण उपचार सकिन्छ। चाउरीपना पनि दोस्रो दिन देखि नै हट्न थाल्छ।

कुन उमेर समूहले लगाउन मिल्छ?

हुन त यो उमेरसँगै आउने चाउरीपना हटाउन बोटक्स लगाइने हुँदा ३० वर्ष पछि नै लगाउने चलन छ। तर १८ वर्ष पुगेकाले यो बोटक्स लगाउन सक्छन्। तर ३० वर्ष पछिकाले बढी लगाउँछन्। विदेशमा बस्ने र नेपाल आउँदा यो उपचार गरेर जाने धेरै छन्। बोटक्सको असर ६ महिनापछि बिस्तारै कम हुँदै जान्छ। त्यसैले यो ६ महिनामा लगाउँदा राम्रो हुन्छ।

खासगरी अनुहारमा बोटक्स गरिन्छ। निधारमा देखिने मसिना फाइन लाइनदेखि चिउँडो, आँखा वरिपरी बोटक्स गरिन्छ। नाकको वरिपरी, घाँटीमा पनि बोटक्स गरिन्छ। कति चाउरीपना छ, कुन कुन अंगको चाउरीपना हटाउने हो, त्यसअनुसार यसको उपचार खर्च निर्धारण गर्छ। जति धेरै ठाउँमा गरियो त्यति नै बढी खर्च लाग्छ।

कतिको सुरक्षित?

बोटक्स सुरक्षित हुँदाहुँदै पनि कहिलेकाहीँ यसको नकारात्मक असर देखिनसक्छ। यदि सही ठाउँमा बोटक्स लगाइएन भने यसले विभिन्न साइड इफेक्ट देखाउँछ। कतिपय अवस्थामा मुखै बांगिन पनि सक्छ। यसको असर ६ महिनासम्म देखिने हुँदा ६ महिनासम्म मुख बांगिन सक्छ। त्यसैले बोटक्स दक्ष चिकित्सकसँग मात्रै लगाउनुपर्छ, जसले शरीरका सबै अंगको बारेमा पढेका हुन्छन्। विज्ञापनको भरमा बोटक्स लगाउन जानु हुँदैन। राम्रो बन्ने सुरमा झनै कुरुप बन्ने सम्भावना हुन्छ। बाेटक्स लगाउँदा बुझेर मात्र लगाउनुपर्छ ।

दक्ष र अनुभवी चिकित्सकसँग परामर्श गरी लगाउँदा भने यसले तपाइँलाई चाउरीपना हटाउने मात्र होइन, आत्मविश्वास पनि बढाउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

ड्राई फ्रुट्स सेवनका फाइदा

ड्राई फ्रुट्स सेवनका फाइदा

किसमिस

दाख वा किसमिसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै समस्या समाधान हुन्छ। यो मुटुका लागि पनि लाभदायक छ। यसमा पर्याप्त मात्रामा आइरन र प्रोटिन हुन्छ ।

काजु

काजुलाई ड्राई फ्रुट्सको राजा भनिन्छ। यसमा प्रशस्त मात्रामा क्यालोरी, चिल्लो, कार्बोहाइड्रेट, प्रोटिन र भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ। यसमा क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त मात्रामा पाइन्छ।

मधेशी बदाम

भारतीयहरू यसलाई बदाम वा बादाम भन्छन्। अंग्रेजीमा आलमण्ड। मधेशी बदाममा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइन्छ। यसमा क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत हुन्छ। फाइबरयुक्त भएकाले बदाम मुटुका लागि समेत राम्रो मानिन्छ। मधेशी बदाम सेवनले दाँत एवं हड्डी बलियो हुन्छ।

पेस्ता

पेस्ता स्वास्थ्यका लागि अति उत्तम फल मानिन्छ। यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बीका साथै अत्यधिक फाइबर हुन्छ। यसको सेवनले कोलेस्ट्रोल तथा हृदयाघातबाट बचाउँछ।

अन्जीर

अन्जिरमा प्रोटिन तथा पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ। यसको सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दुखाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ। यसको सेवनले शरीरमा तागत दिन्छ।

ओखर

ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ। यसले रगतमा कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ। यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ। ओखरकाे नियमित सेवनल साैन्दर्य वृद्धि हुन्छ।

थप समाचार

नेपाल नर्सिङ संघमा मतदान जारी, अध्यक्षमा प्रा.थापा र प्रा.राईबीच प्रतिस्पर्धा

नेपाल नर्सिङ संघमा मतदान जारी, अध्यक्षमा प्रा.थापा र प्रा.राईबीच प्रतिस्पर्धा

काठमाडौं : नेपाल नर्सिङ संघमा नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ। देशभरका २१ मतदान केन्द्रमा बुधबार बिहान ७ बजे शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ।

संघमा नयाँ नेतृत्वका लागि संयुक्त पेशागत प्यानलबाट प्रा. मुना राना थापा र प्रगतिशील प्यानलबाट प्रा. मनकुमारी राईबीच प्रतिस्पर्धा हुँदैछ।

अध्यक्षकी प्रत्यासी थापा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की प्राध्यापक हुन्। राईले भने एक वर्षअघि संस्थानबाट अवकाश पाइसकेकी छिन्।

तीन वर्षमा हुनुपर्ने नेपाल नर्सिङ संघको निर्वाचन पाँच वर्षपछि हुन लागेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

ल्वाङ सेवनले यी समस्या हुन्छन् दूर

ल्वाङ सेवनले यी समस्या हुन्छन् दूर

ल्वाङलाई हामी मसलाका रूपमा प्रयोग गर्छौँ। यसैगरी औषधिका रूपमा पनि यसको प्रयोग हुन्छ।

आयुर्वेदमा दाँत, घाँटी, फोक्सोसम्बन्धी राेग तथा यौन समस्यामा ल्वाङ लाभदायक हुन्छ। उल्टी, पेटसम्बन्धी समस्या, शरीरको दुखाइजस्ता समस्यामा यसको प्रयोगले आराम दिन्छ।

एक गिलास तातो पानीमा पाँचवटा ल्वाङ हालेर रातभरि राखेर पिउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या दूर हुन्छन्–

यसले पाचन क्रिया राम्रो बनाउँछ। उल्टी आउने समस्यामा समेत यसले फाइदा हुन्छ।

ल्वाङले दाँतको दुखाइ हटाउँछ। यसले मुखबाट दुर्गन्ध आउने समस्या समेत ठीक पार्छ।

ल्वाङपानीले तनाव हटाउँछ। यो तनाव एवं निद्रासम्बन्धी समस्यामा लाभदायक हुन्छ।

यसले नसालाई शान्त राख्छ त्यसैले पार्किन्सन तथा शरीर काम्ने रोगमा समेत निकै फाइदा पुर्याउँछ।

ल्वाङ वा ल्वाङ भिजाएकाे पानी नियमित पिउँदा फाइदा लिन सकिन्छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

क्यान्सरबाट बच्न आहारविहारमा दिनुपर्छ विशेष ध्यान

क्यान्सरबाट बच्न आहारविहारमा दिनुपर्छ विशेष ध्यान

पोखरा : सरोकारवालाहरूले क्यान्सरबाट बच्न आहारविहारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

क्यान्सर काउन्सिल नेपालले मंगलबार गरेको क्यान्सर रोग विषयक सचेतना कार्यक्रममा विज्ञहरूले आहारविहार र असावधानीका कारण धेरै व्यक्ति क्यान्सरको जोखिममा परेको बताएका हुन्।

वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले रहनसहन, आहार विहार र असावधानीका कारण धेरैले क्यान्सर रोगबाट ज्यान गुमाउनुपरेको बताए।

‘सुर्तीजन्य पदार्थ, मदिरा आदिको सेवनले क्यान्सर रोग बढाएको छ’, उनले भने, ‘बेलैमा सावधानी अपनाउन नसक्दा पनि यसको मारमा पर्नेको संख्या धेरै छ।’ विश्वमा सन् २०१८ मा क्यान्सरकै कारण करीब १० लाख जनाले ज्यान गुमाएको भन्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगका कारण २२ प्रतिशतले ज्यान गुमाउने गरेको बताए।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले बेलैमा सचेत भए क्यान्सरबाट हुने जोखिममा कमी ल्याउन सकिने बताए। उनले समाजमा क्यान्सरसम्बन्धी सचेतना अपरिहार्य रहेको तर्क गरे।

सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रणलगायत आहारबिहारमा ध्यान पुर्याउने हो भने त्यसले क्यान्सरजन्य रोगबाट बच्न धेरै सहयोग पुग्ने उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान

स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान

गुल्मी : कालीगण्डकी गाउँपालिका–७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ। पण्डित वेणीमाधव पौडेल फाउण्डेसन गुल्मीले मंगलबार स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो।

काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कालीगण्डकी गाउँपालिका–७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे। राज्यले गर्नुपर्ने काम नेता थापाले फाउण्डेसनले गरेकाे भन्दै खुशी प्रकट गरे।

भुर्तुङ स्वास्थ्यचौकीमार्फत सञ्चालन हुने यो एम्बुलेन्सले सोही वडासहित खड्गकोट, चन्द्रकोट गाउँपालिकाका केही वडा र बागलुङका नागरिकलाई समेत सेवा दिने वडाध्यक्ष शाहले जानकारी दिए। एम्बुलेन्स नभएका कारण डोको, स्ट्रेचर तथा निजी सवारीसाधनमा चर्को मूल्य तिरेर स्वास्थ्य संस्थासम्म पुर्याउनुपर्ने बाध्यता स्थानीयवासीलाई थियो।

गाउँका नागरिकको समस्यालाई मध्यनजर राख्दै बुबाको सम्झनामा एम्बुलेन्स प्रदान गरेको छोरा गोकर्ण पौडेलले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

गंगालाल अस्पतालको कार्यकारी निर्देशक पदमा डा चन्द्रमणी अधिकारी नियुक्त

गंगालाल अस्पतालको कार्यकारी निर्देशक पदमा डा चन्द्रमणी अधिकारी नियुक्त

काठमाडौं:  शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीको कार्यकारी निर्देशक पदमा सरकारले मुटुरोग विशेषज्ञ डा चन्द्रमणी अधिकारीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मुटुरोग विशेषज्ञ डा अधिकारीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि डा ज्योतिन्द्र शर्मा केन्द्रका निर्देशक थिए । उनको कार्यकाल गत साउनमा नै सकिएको थियो । त्यसपछि डा युवराज लिम्बूलाई अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

बालबालिकालाई निमोनियाबाट जोगाउन डा. कविताका टिप्स

Subscribe our Youtube channel

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

गाउँपालिकाकाे ‘पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता’ अभियान

गाउँपालिकाकाे ‘पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता’ अभियान

बेझाङ (पाल्पा) : घरमा सुत्केरी हुने संख्या शून्य बनाउन पाल्पाको निस्दी गाउँपालिकाले ‘पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता’ अभियान तीव्र पारेको छ ।

नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पाका निस्दी गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता गर्न टोल अभियान शुरु गरेको हो ।

निस्दी–४ स्थित मित्याल स्वास्थ्य चौकीले गाउँपालिकामा नै पहिलोपटक पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु गरेको छ। २०७३ देखि हालसम्म निस्दी–४ को मौलाथर वा साबिक मित्याल गाविस–५ को मौलाथरमा शत्प्रतिशत संस्थागत सुत्केरी भइसकेकाले मौलाथर टोलबाट अभियान शुरु गरिएको मित्याल स्वास्थ्य चौकीका प्रमुख पुरबहादुर सारुले बताए।

गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले गाउँपालिकामा सुनिश्चितता नै गर्नु आवश्यक रहेको भन्दै टोेलमा मात्र नभई वडा हुँदै सिङ्गो गाउँपालिकालाई घोषणा गर्नुपर्ने बताइन्।

स्वास्थ्य संयोजक रेमबहादुर दिशाले अन्य गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेको हुनाले यस गाउँपालिकामा पनि छिटोभन्दा छिटो पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न जोड दिएको बताए। पूर्ण संस्थागत सुत्केरी घोषणाका लागि ९५ प्रतिशतभन्दा बढी संस्थागत सुत्केरी र ९५ प्रतिशतभन्दा बढी गर्भवती परीक्षण हुनुपर्नेछ।

पाल्पाका पूर्वखोला र बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् भने अन्य स्थानीय तह पनि घोषणा गर्ने तयारीमा जुटेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

चिकित्सा शिक्षा आयोगमा दन्तचिकित्सककाे प्रतिनिधित्व गराउन संघकाे आग्रह

चिकित्सा शिक्षा आयोगमा दन्तचिकित्सककाे प्रतिनिधित्व गराउन संघकाे आग्रह

काठमाडौं : नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगमा डेण्टल एसोसिएसनको प्रतिनिधित्व गराउन आग्रह गरेको छ।

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा दन्त चिकित्सकहरूले पुर्याएको योगदानले समग्र स्वास्थ्य सेवामा उल्लेख्य टेवा पुगेको भन्दै संघले आफ्नो प्रतिनिधित्वका लागि एसोसियसनले उठाएको माग सम्बोधन गर्न आयोगसँग आग्रह गरेको हो।

‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्य बमोजिम चिकित्सा शिक्षा आयोगको गठन भएको हुनाले’, मंगलबार विज्ञप्ति निकालेर संघले भनेको छ, ‘उक्त आयोगमा डेण्टल एसोसिएसनको तर्फबाट समेत प्रतिनिधित्व हुन सकेको खण्डमा आशातित प्रतिफल प्राप्त गर्न सकिने नेपाल चिकित्सक संघको ठहर छ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

शरीरलाई फाइदाजनक मात्र छैन क्याल्सियम

शरीरलाई फाइदाजनक मात्र छैन क्याल्सियम

हाम्रो शरीरलाई क्याल्सियम किन आवश्यक छ? जवाफ आउँछ, हड्डी बलियो बनाउन। तर, क्याल्सियमको सम्बन्ध हड्डीसँग मात्र छैन। यसले शरीरमा चमक ल्याउन मद्दत गर्छ।

स्वस्थ्य जीवनका लागि लागि दैनिक २०० देखि ३०० मिलिग्राम क्याल्सियम जरुरी छ। दुग्धजन्य पदार्थ, फलफूल, सागसब्जी र ड्राई फ्रुट्स् आदिबाट यो प्राप्त हुन्छ। घामको किरणबाट पनि क्याल्सियम प्राप्त हुन्छ भन्ने धेरैलाई थाहा भएकै कुरा हो।

एक कप दूधले शरीरमा तीनसय मिलिग्राम क्याल्सियम प्राप्त हुन्छ भने दहीबाट डेढ सय देखि दुई सय मिलिग्राम। दैनिक मात्रामा दूधको सेवन तथा फलफूल तथा साजसब्जीको सेवनले शरीरमा दैनिक ६०० देखि ७०० मिलिग्राम क्याल्सियमको आपूर्ति हुन्छ।

चिकित्सकहरूका अनुसार अधिक मात्रामा क्याल्सियम सेवनले शरीरमा अधिक मात्रामा क्याल्सियम भन्ने सोच्नु गलत हुन्छ। रगतमा क्याल्सियमको कमी भएमा हड्डी कमजोर बनाउँछ। यसका कारण हड्डी भाँचिने हुने खतरा बढ्छ।

चिकित्सकका अनुसार धेरैजसो अवस्थामा मिर्गौलामा हुने पत्थरी क्याल्सियमकै कारण हुन्छ। तर विभिन्न अनुसन्धानले क्याल्सियमयुक्त आहारको सेवनले मिर्गौलामा पत्थरी हुने खतरा कम हुन्छ।

कारण के हो भने क्याल्सियमका कारण ‘आक्जलेट’को अवशोषण कम हुन्छ। आक्जलेट त्यस्तो अणु हो, जाे क्याल्सियमसित लडेर मृगौलामा पत्थरीको कारण बन्न सक्छ।

थप समाचार

बालबालिकालाई निमोनियाबाट जोगाउन डा. कविताका टिप्स

बालबालिकालाई निमोनियाबाट जोगाउन डा. कविताका टिप्स

जाडो मौसममा चिसोका कारण  बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी मारमा पर्छन्। अझ पाँच वर्ष मुनिका बालबालिकालाई यसले बढी सताउँछ। यो समयमा साना बालबालिकालाई रुघाखोकी ज्वरोदेखि निमोनियासम्म हुनसक्ने सम्भावना हुन्छ।

निमोनिया भनेको फोक्सोमा हुने एक प्रकारको रोग हो। यसमा ब्याक्टेरियाका कारण समस्या देखिन्छ। यसका साथै सरसफाइ र खानपानमा पनि यो निर्भर रहन्छ। यसका साथै धुवाँधुलो वा प्रदूषणका कारण पनि बच्चालाई निमोनिया हुनसक्छ।

त्यसो त निमोनिया चिसो मौसममा मात्र हुने होइन यो अन्य मौसममा पनि हुनसक्छ। तर चिसो मौसममा भने यसका किटाणु बढी सक्रिय हुने हुँदा यो मौसममा बढी देखिन्छ। यो मौसममा हुने निमोनियालाई ‘भाइरल निमोनिया’ पनि भनिन्छ।

निमोनिया भएमा बालबालिकामा यस्ता लक्षण देखिन्छन्– सास फेर्न गाह्रो हुने, छिटो छिटो श्वास फेर्ने, ज्वरो आउने, खोकी लाग्ने र कोखा हान्ने, खान मन नलाग्ने।

यस्ता लक्षण देखिएमा बालबालिकालाई तुरुन्त चिकित्सककहाँ लैजानुपपर्छ। अन्यथा रोग झनै जटिल बन्ने र बच्चाको मृत्यु समेत हुनसक्ने सम्भावना हुन्छ।

निमोनियाबाट बच्चालाई बचाउन अभिभावकले विशेष सावधानी अपनाउनुपर्छ। कतिपय बाबुआमाले बच्चालाई जाडो भयो भनेर चाहिने भन्दा बढी लुगा लगाइदिन्छन्। यसले गर्दा भित्र पसिना आएर बच्चालाई चिसो लाग्न सक्छ। यस्तो कुरामा विशेष गरी आमा बाबुले ध्यान दिन जरुरी छ। ठूलो मान्छेलाई जति लुगा लगाउँदा पुग्छ बच्चालाई पनि त्यहीअनुसार लगाइदिँदा पुग्छ भन्ने कुरा बुझ्न जरुरी छ।

निमोनिया भएमा बालबालिकामा यस्ता लक्षण देखिन्छन्– सास फेर्न गाह्रो हुने, छिटो छिटो श्वास फेर्ने, ज्वरो आउने, खोकी लाग्ने र कोखा हान्ने, खान मन नलाग्ने। यस्ता लक्षण देखिएमा बालबालिकालाई तुरुन्त चिकित्सककहाँ लैजानुपपर्छ। अन्यथा रोग झनै जटिल बन्ने र बच्चाको मृत्यु समेत हुनसक्ने सम्भावना हुन्छ।

कतिपय बाबुआमाले बच्चाको नाक कानमा तेल हाल्ने गर्छन्। यसो गर्दा अक्सिजन आदानप्रदानमा समस्या हुन्छ र बच्चालाई सास फेर्न गाह्रो हुन्छ। रोगसँग लड्ने बालबलिकाको क्षमता कम हुने हुँदा उनीहरुलाई ससाना किटाणुले पनि छिटो आक्रमण गर्न सक्छन्। त्यसैले उनीहरूलाई प्रदूषणबाट बचाउनुपर्छ। घर वरपरको वातावरण एवं बच्चा सुत्ने र खेल्ने स्थान पनि सफा हुनुपर्छ।

कहिल्यै पनि घाम नआउने घरमा हुर्केका बच्चालाई निमोनिया हुने सम्भावना बढी हुन्छ। अर्को कुरा बच्चाले जिद्दी गर्यो भन्दैमा फ्रिजमा राखेका खानेकुरा एवं आइसक्रिम, कोल्ड ड्रिंक्स लगायतका बट्टामा राखिएरका सुगरी पेय पदार्थ खान दिनुहुँदैन। यसले निमोनिया हुने मात्र होइन बालबालिकामा अन्य समस्या पनि आउनसक्छ।

सबैभन्दा महत्वपूर्ण कुरा निमोनियाविरुद्धको खोप अनिवार्य रूपमा लगाउनुपर्छ। बच्चा ६ हप्ता १० हप्ता र नौ महिना गरी तीन पटक खोप लगाइन्छ। सरकारले नि:शुल्क उपलब्ध गराएको खोप लगाउँदा धेरै हदसम्म बच्चालाई निमोनियाबाट जोगाउन सकिन्छ।

बच्चालाई रुघाखोकी त लागेको हो नी भनेर औषधी पसलबाट आफूखुशी औषधि खुवाउने नगर्नुस्। यसले रोगलाई झनै जटिल बनाउँछ। सकेसम्म माथि उल्लेख भएका लक्षण देखिए नजिकैको अस्पताल लगेर चिकित्सकलाई देखाउनुपर्छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

उमेर नपुग्दै कपाल फुल्यो? कालाे बनाउन अपनाउनुस् यी घरेलु उपाय

उमेर नपुग्दै कपाल फुल्यो? कालाे बनाउन अपनाउनुस् यी घरेलु उपाय

अचेल खानपान, जीवनशैली र वातावरणका कारण उमेर नपुग्दै केश फुल्ने समस्या बढ्दो छ। उमेर नपुग्दै केश सेतो हुने समस्या देखिँदा मानिसहरू विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन्।

यसले तत्कालका लागि केश कालो बनाए पनि त्यो क्षणिक हो। यस्ता सामग्रीमा पाइने रसायनले कपाललाई झन् हानि गर्छ। त्यसैले यसको समाधान प्राकृतिक रूपमा खोज्नुपर्छ। आफ्नै घर वरपर वा भान्सामा पाइने वस्तुबाट कपाल कालो पार्ने विधि अपनाउनुपर्छ।

पहिलो उपाय
नरिवलको तेलमा कागतीको रस मिसाएर केशमा मसाज गर्ने । यसरी मसाज गरेको एक घण्टामा धुने।

दोस्रो उपाय
कपालमा नियमित बदाम र नरिवलको तेल लगाउने। कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट समेत यसले मद्दत गर्छ।

तेस्रो उपाय
अमलाको रस निरन्तर कपालमा लगाउने गरे पनि सेतो कपाल कालो हुन्छ ।

चौथो उपाय
कपालमा काँचो मेवा र कालो तिलको रस प्रयोग गर्न सकिन्छ।

साथै, केश स्वस्थ राख्न भिटामिन, मिनरल्स, फलाम (आइरन), कपर प्राप्त हुने पोषणयुक्त खानेकुरा खानुपर्छ । माछामासु, ग्रीन टी, सागपात, गाँजर, मेवा, आदि मात्रा मिलाएर खाँदा केश स्वस्थ रहन्छ।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

अर्घाखाँचीमा असुरक्षित गर्भपतन बढ्दै

अर्घाखाँचीमा असुरक्षित गर्भपतन बढ्दै

अर्घाखाँची : सरकारको सूचीकृत संस्थाले मात्र गर्भपतन गराउन पाउने भए पनि सदरमुकाम सन्धिखर्कमा निजी स्वास्थ्य संस्थाहरूले जथाभावी सेवा दिइरहेका छन्।

सन्धिखर्क नगरपालिकाले मेडिकल, पोलिक्लिनिक र फार्मेसीमा अनुगमन गर्दा नियमविपरीत गर्भपतन सेवा सञ्चालन गरेको पाइएको हो। अर्घाखाँची अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतनको सेवा भए पनि महिला निजी मेडिकलमा गएर गर्भपतन गराउन औषधि सेवन गर्ने गरेको पाइएको छ।

नियमविपरीत मेडिकल र पोलिक्लिनिकले गर्भपतन गराउने, बेच्न नहुने औषधि बिक्री गर्ने भेटिएको अर्घाखाँची अस्पतालका डा.कपिल गौतमले बताए। कतिपयले मेडिकलमा गएर गर्भपतनको औषधि खाने र रक्तश्राव भएपछि मात्र सफा गर्न अस्पताल आउने गरेको उनले बताए।

साउन, भदौ र असोज गरी तीन महिनामा अर्घाखाँची अस्पतालमा गर्भपतन गराएका ५६ मध्ये ३६ जना मेडिकलको औषधि सेवन गरेर सफा नभएपछि मात्र जिल्ला अस्पताल गएका छन्। मेडिकलमा अवैधानिक तवरबाट औषधि खाने र रक्तश्राव नरोकिएर शरीरमा रगत सकिएपछि मात्र आउनेको संख्या अधिक रहेको डा. गौतमले बताए।

स्वास्थ्यको सेवा र प्रदान गरिने सेवाको मूल्यसूची राख्नुपर्ने भए पनि नराखिएको, अर्कैको नाममा रहेको मेडिकल सञ्चालन गरेको, लाइसेन्सधारी व्यक्तिले मात्र नभई अरुले पनिऔषधि बेच्ने गरेक पाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पूर्ण पराजुलीले बताए।

ताजा अपडेट