Health TV Online
Health TV Online
Health TV Online

दोस्रो मेडिकल टुरिजम एसिया समिट काठमाडौंमा शुरु

दोस्रो मेडिकल टुरिजम एसिया समिट काठमाडौंमा शुरु

काठमाडौं:  दोस्रो मेडिकल टुरिजम एसिया समिट काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले गरेका थिए ।

सम्मेलन उदघाटन गर्दै महतोले नेपालमा मेडिकल टुरिजमको प्रचुर सम्भावना रहेको भन्दै यसमा काम गर्ने बेला आएको बताए । उनले नेपालको सुन्दरता दृश्यावलोकन गर्न आउने पर्यटकलाई स्वास्थ्य प्याकेज बनाएर सेवा दिन सकिने जिकीर गरे । उनले मेडिकल टुरिजमको लागि अब अन्तराष्ट्रिय अस्पताल तथा संस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

सम्मेलनको मुख्य उद्धेश्य नै नेपाल भित्रिने पर्यटकलाई कसरी स्वास्थ्य सेवा प्रदान गर्ने भन्ने नै हो सम्मेलन संयोजक अर्जुन चन्दले बताए । चन्दले सम्मेलनमा भारत, बंगलादेश, म्यान्मार लगायतका देशबाट डाक्टर एवं विज्ञहरु आएको जानकारी दिए ।

यसैगरी कार्यक्रमका आयोजक कृष्ण पाण्डेले भिजिट नेपाल २०२० को नजिकै पारेर गरिएको मेडिकल टुरिजम समिटले सरकारको बढी पर्यटन भित्र्याउने नीतिलाई मात्रै सहयोग गर्ने नभई उनीहरुको बसाई लम्बाउने र सेवा दिनेमा समेत सहयोग गर्ने बताए ।

 

दुई दिनसम्म हुने सम्मेलनमा  स्वास्थ्य क्षेत्रका  २ हजार बढी सराेकारवालाले अवलोकन गर्ने अनुमान रहेको पनि उनले जानकारी दिए ।
पहिलो दिन एक्स्पोका साथै बी टुबी मिटिङ राखिएको छ, उनले भने । आफनो बिजनेस प्रमोसनका लागि विभिन्न देशबाट आएका विज्ञहरुसँग छलफल गर्न सकिने हुँदा नेपालका स्वास्थ्य व्यवसायीले फाइदा लिन सक्ने पनि उनले जानकारी दिए ।

सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा भएको याे मेडिकल टुरिजम समिटले पर्यटकहरूलाई स्वास्थ्य सेवाका प्याकेज प्रदान गरी उनीहरूको बसाइँ लम्ब्याउन पनि सहयोगी बन्न सक्ने आयोजक संस्थाको विश्वास छ।
सम्मेलनको औपचारिक उद्घाटन शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम रहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको डायलासिस

त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको डायलासिस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल पुगी मिर्गौलाको नियमित डायलासिस गराएका छन्।

प्रधानमन्त्री ओली डायलासिसका लागि बिहान १०:३० बजे अस्पताल पुगेका हुन्। मिर्गौलाको काम गर्ने क्षमता कम भएपछि उनले नियमित डायलासिस गराउँदै आएका छन्।

यसअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र ग्राण्डी अस्पतालमा डायलासिस गराएका थिए।

उनको मिर्गौला पुनः प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ। चिकित्सकहरूले एपेण्डिसाइटिस शल्यक्रियाको घाउ निको भएपछि मिर्गौला पुनः प्रत्यारोपणको प्रक्रियामा जाने बताएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

विषाक्त रक्सी खाँदा २६ जनाको मृत्यु

विषाक्त रक्सी खाँदा २६ जनाको मृत्यु

विषाक्त रक्सीका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ।

राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा २६ जनाको मृत्यु भएको अधिकारीहरूले पत्रकार सम्मेलन गरी शुक्रबार जानकारी दिएका हुन्।

‘डिसेम्बर महिनामा रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रूपले बढेको छ’, प्रान्तीय शहरी प्रहरी विभागका प्रमुख लखामा अमुर्मुरुमले भने, ‘उनीहरूमध्ये अधिकांशको नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा रक्सी सेवन गर्दा मृत्यु भएको हो।’

मङ्गोलियामा नयाँ वर्षको पूर्वसन्ध्यामा निजी तथा सार्वजनिक तवरबाट खानपिनसहितका विभिन्न कार्यक्रम गरिन्छ। यस्ता कार्यक्रम रेष्टुरेन्ट, रात्रि क्लब, बारलगायतमा आयोजना गरिन्छ।

राजधानी उलान बाटोरमा अहिले उच्च सतर्कता अपनाइको अमुर्मुरुमले जानकारी दिए।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

2nd Medical Tourism Asia Summit -2019

Subscribe our Youtube channel

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

यी खानेकुरा नराख्नुस् फ्रिजमा

यी खानेकुरा नराख्नुस् फ्रिजमा

अचेल काँचो तरकारी र फलफूलदेखि पकाएको खानेकुरासम्म फ्रिजमा राख्ने चलन छ। फ्रिजमा राखेका खानेकुरा सधैँ ताजा र स्वच्छ रहन्छन् भन्ने सोचाइ छ। तर, सबै वस्तुहरूमा यो लागु हुदैन ।

कतिपय खानेकुरा र फलफूल फ्रिजमा राख्दा बिग्रिन्छन् र तिनमा रहेका तत्त्वहरू कम हुन्छ–

पाउरोटी

फ्रिजभित्रको चिसो तापक्रमले पाउरोटीमा ‘डिहाइड्रेसन’को प्रक्रिया छिटो हुन्छ। यसबाट पाउरोटी चाँडै सुक्छ र बिग्रिन्छ।

केरा

यसबाट इथाइलिन ग्यास निस्किन्छ, जसले आसपासका फलहरूलाई चाँडै पकाइदिन्छ।

सुन्तला

यसमा ‘साइट्र एसिड’ हुन्छ, त्यसैले फ्रिजभित्रको चिसो सहन सक्दैन। फ्रिजमा राख्दा यसमा दाग देखिन्छ र स्वाद पनि फेरिन्छ।

स्याउ

फ्रिजमा राख्दा यसमा रहेको एन्जाइम सक्रिय हुन्छन् र स्याउ चाँडै पाक्छ। राख्ने नै हो भने कागजमा बेरेर राख्नुपर्छ।

हरिया तरकारी

केही दिनसम्म फ्रिजमा राख्दा पात सुक्छ र तरकारी चाँडै बिग्रिन्छ।

गोलभेँडा

फ्रिजमा राख्दा गोलभेँडाभित्रको ‘मेम्ब्रन’ टुट्छ र टमाटर चाँडै गल्छ र बिग्रिन्छ।

प्याज

प्याजमा चिसोपना धेरै हुन्छ र फ्रिजमा राख्दा यसको बोक्रा गल्छ।

थप समाचार

पाचन क्षमता बढाउने उपाय

पाचन क्षमता बढाउने उपाय

हामीले खाएका खानेकुराले शरीरलाई उर्जा दिन्छ। त्यही ऊर्जाले हामी सक्रिय हुन्छौँ। खानालाई उर्जामा बदल्ने प्रक्रियालाई ‘मोटाबोलिज्म’ भनिन्छ।

मानिसको स्वास्थ्य अनुसार पाचन क्षमता अर्थात् मोटाबोलिज्म क्षमता कसैमा बढी र कसैमा कम हुनसक्छ। मोटाबोलिज्म दर बढी भए शरीरमा पर्याप्त उर्जा हुन्छ।

हाम्रो दिनचर्या, शारीरिक गतिविधि, खानपान आदिले शरीरमा मोटाबोलिज्म कम वा बढी हुने हो। पाचन क्षमता बढाउने केही उपाय

समयमा सुत्ने र उठ्ने

पर्याप्त निद्रा लिनुपर्छ, ७ देखि ८ घण्टासम्म। राति चाडै सुत्ने रबिहान सबेरै उठ्ने बनाी गर्नुपर्छ। चाँडो उठ्ने बहानामा कम निद्रा सुत्नु हानिकारक हुन्छ।

उठ्नेवित्तिकै पानी 

बिहान उठ्नेवित्तिकै खाली पेटमा मनतातो पानी पिउनुपर्छ, एक वा दुई गिलास। कागती पानी अझ राम्रो हो। यसले हाम्रो पाचन यन्त्रलाई सफा मात्र गर्दैन, प्रतिरक्षा प्रणाली पनि राम्रो बनाउँछ।

मसल्स स्ट्रेचिङ

बिहान उठेर योग, एरोबिक्स वा अन्य शारीरिक गतिविधि गर्नुपर्छ। यसले मोटाबोलिज्म दर बढाउँछ।

प्रोटिनयुक्त नास्ता

बिहान अनिवार्य नास्ता गर्नैपर्छ। बिहानको नास्ताले दिनभरको लागि शरीरलाई आवश्यक उर्जा प्रदान गर्छ । नास्तामा हल्का र प्रोटिनयुक्त खानेकुरा उपयुक्त हुन्छ।

थप समाचार

याेगले फाइदा मात्र हाेइन हानि पनि गर्नसक्छ, बुझ्नैपर्ने कुरा

याेगले फाइदा मात्र हाेइन हानि पनि गर्नसक्छ, बुझ्नैपर्ने कुरा

भनिरहनु पर्दैन, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग गर्नु अत्यन्त फाइदाजनक छ। नियमित योग अभ्यासले शरीरलाई चुस्त, स्फूर्त राख्न मद्दत गर्छ। त्यसैले स्वास्थ्यप्रति सचेत जोकोहीले अचेल योगाभ्यास गर्न थालेका छन्।

तर योग सधैँ फाइदाजनक मात्र हुँदैन। कतिपय अवस्थामा योग गर्नु घातक हुनसक्छ। विधि, समय, फाइदा–बेफाइदाबारे ज्ञान नभई योग गर्नु हानिकारक हुनसक्छ। त्यसैले योग गर्नुअघि यी कुरा बुझ्न आवश्यक छ–

सबैका लागि उपयोगी हुँदैन

योगका विभिन्न विधि एवं आसन हुन्छन्। सबै आसन सबैका लागि उपयोगी हुन्छ भन्ने हुँदैन। विशेषगरी गर्भवती, रोगी, शल्यक्रिया गरेका, मधुमेह, उच्च रक्तचाप भएकाहरूलाई कतिपय आसनले उल्टो असर पुर्‍याउँछ। त्यसैले कुन रोगका लागि कस्तो योगासन गर्ने थाहा हुनैपर्छ।

समय नमिल्दा

योग गर्नका लागि उपयुक्त समय हो, बिहान। अझ सूर्योदयअघि। योग अन्य समयमा पनि गर्न त सकिन्छ। तर पेट भरि बनाएर योग गर्दा कतिपय आसनले उल्टो असर हुन्छ। खाना खाएपछि वा पानी पिएपछि तुरुन्तै योग गर्नु हुँदैन। योग गर्नु तीन घण्टाअघि र एक घण्टापछि केहि खानेकुरा खान नहुने बताइन्छ।

स्थान

जुन पायो त्यही ठाउँमा बसेर योग गर्नु उचित हुँदैन। योग गर्ने स्थान शान्त, स्वच्छ हुनुपर्छ। योग गर्ने स्थानमा प्रदूषण हुनुहुँदैन। पर्याप्त हावा आउजाउ गर्ने ठाँउ योगका लागि अनुकुल हुन्छ। सकेसम्म बगैंचा, छत, खुला कोठा आदिमा योग गर्न सकिन्छ। फोहोर वा प्रदूषित वातावरणमा गरिने योगले उल्टो असर पार्न सक्छ।

थप समाचार

भारतकाे ‘बीएचयू’मा चिकित्सकलाई ‘भूतविद्या’ सिकाइने

भारतकाे ‘बीएचयू’मा चिकित्सकलाई ‘भूतविद्या’ सिकाइने

भारतको एउटा प्रतिष्ठित विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययनमा ‘भूत देखेको वा भूतको वशमा’ परेको बताउने बिरामीहरूलाई उपचार गर्ने विधि सिकाउन प्रमाणपत्र तहको पाठ्यक्रम तयार पारेको छ।

बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) ले छमहिने भूतविद्या पाठ्यक्रमको पठनपाठन जनवरीदेखि शुरु गर्दैछ। उक्त पठनपाठनको जिम्मा आयुर्वेद विभागलाई दिइएको छ।

बीएचयूका एक अधिकारीले समाचारसंस्था आईएएनएससँग कुरा गर्दै विश्वविद्यालयमा ‘भूतविद्या’ नामक छुट्टै एकाइ गठन गरिएको बताए।

के पढाइन्छ भूतविद्यामा?

अधिकारीहरूले त्यो पठनपाठन प्यारानर्मल अर्थात् असाधारण घटना भनिने साइकोसोम्याटिक अर्थात् मनोशारीरिक रोगका विषयहरूमा केन्द्रित हुने बताएका छन्।

‘भूतविद्याले खासगरी मनोशारीरिक अस्वस्थता वा अज्ञात कारणले देखिएको रोग तथा मन र मस्तिष्कको अवस्थासँग जोडिएको बिमारीबारे चासो राख्नेछ’, आयुर्वेद विभागका प्रमुख यामिनीभूषण त्रिपाठीले बताइन्।

उनका अनुसार यस्तो पाठ्यक्रम राख्ने बीएचयू देशकै पहिलो विश्वविद्यालय हो, जहाँ भूतप्रेतसम्बन्धी रोगव्याधिलाई आयुर्वेदको माध्यमबाट उपचार गराउन चिकित्सकहरूलाई सिकाइनेछ।

मानसिक स्वास्थ्य

सन् २०१६ मा मानसिक स्वास्थ्य एवं स्नायुरोगसम्बन्धी राष्ट्रिय प्रतिष्ठान निम्हान्सले गरेको अध्ययनअनुसार झन्डै १४ प्रतिशत भारतीयहरू मानसिक रूपमा अस्वस्थ छन्।

सन् २०१७ मा विश्व स्वास्थ्य संगठनले २० प्रतिशत भारतीयहरू जीवनको कुनै खण्डमा डिप्रेसनको शिकार हुने गरेको आकलन गरेको थियो।

तर एक अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा केवल ४,००० जना मात्र मानसिक स्वास्थ्य सेवाप्रदायक छन्। भारतमा मानसिक स्वास्थ्यबारे निकै कम जनचेतना छ।

मानसिक स्वास्थ्यसँग जोडिएको व्यापक सामाजिक हेयभावका कारण थोरै मानिस मात्र अघि सरेर यसको उपचार खोज्छन्। विशेषगरी ग्रामीण तथा विपन्न भारतीयहरू आफूलाई समस्या परेको बेला स्थानीय धामीझाँक्रीकै शरण पर्छन्।

त्यसैले बीएचयूले भूतविद्या सिकाउन लागेको समाचारबारे सामाजिक सञ्जालमा कतिपयले प्रश्न उठाएका छन्। उनीहरूले मानसिक स्वास्थ्यको विषयमा औषधि तथा पुनर्स्थापना केन्द्र बढ्ता महत्त्वपूर्ण भएको बताएका छन्।

बीबीसी नेपालीबाट

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

स्वस्थ रहन चाहनुहुन्छ?, बिहान उठेर गर्नुस् यस्ता काम

स्वस्थ रहन चाहनुहुन्छ?, बिहान उठेर गर्नुस् यस्ता काम

भनिन्छ, बिहानीको सुरुवात राम्रो भए मात्र दिन राम्रो हुन्छ। तर, हामी जानेर वा नजानेर गरेका गल्तीले दिन मात्र होइन जीवन प्रभावित बनाइदिन्छ।

बिहान आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ। केहीबेरमा दाँयातर्फ फर्केर उठ्नुपर्छ। यसरी उठ्दा शिथिल रहेको उर्जा शरीरमा राम्ररी सञ्चार हुन्छ। यसले शरीरमा उर्जाको सञ्चारलाई सन्तुलित गर्छ। आरामसाथ उठेर लामो एवं गहिरो सास लिनुपर्छ।

बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन्। आँखा मिच्दै फोनमा फेसबुक, ट्वीटर चलाउन थाल्छन्। इमेल, म्यासेज चेक गर्न थाल्छ। अनेक किसिमका खबर आउने हुनाले यसले एकाबिहानै तनाव पैदा गरिदिन्छ। त्यसैले उठ्नासाथ मोबाइल चेक गर्नुहुँदैन ।

सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामान्य अवस्थामा फर्काउन शरीरलाई ‘स्ट्रेच’ गर्नुपर्छ। यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ। मनतातो पानी पिउनुपर्छ।

धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन्। याे राम्राे बानी हाेइन।  त्यसअघि हल्का व्यायाम गर्नुपर्छ। काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ। मानसिक तनाव हुन्छ । तर,  व्यवस्थित व्यायामले समग्र शरीरलाई फाइदा पुर्याउँछ।

कतिपय मानिस बिहान उठेर शौचालय जान अल्छी मान्छन्। तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमूत्र त्याग गर्नुपर्छ। वेलाकुवेला शाैचालय जानुपर्ने समस्या त छँदैछ, शरीरमा बिकार फैलिन्छ।  त्यसैले बिहान उठेपछि आरमपूर्वक मलमूत्र त्याग गर्नैपर्छ।

उठेर शौच आदि नित्यकर्म गरेपछि ब्रेकफास्ट लिनुपर्छ। बिहान ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई निम्ताे दिनु हो। याे बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ। रातिको खाना र बिहानको खानाबीच लामो समय हुन्छ, जसका कारण ब्लड सुगर लेभल कम हुन्छ। यदि सुतेर उठेको एक घण्टामा केही खाइएन भने ब्लड सुगर लेभल अझ घट्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बच्चा मोटोघाटो देख्दा खुशी हुने कि दु:खी?

बच्चा मोटोघाटो देख्दा खुशी हुने कि दु:खी?

बच्चा मोटोघाटो देख्दा खुशी नहुने अभिभावक को होला र! बच्चा कमजोर होलान् भनेर धेरैभन्दा धेरै खानेकुरा ख्वाउने गरेको देखिन्छ।
उनीहरूलाई बिहान उठेदेखि बेलुकी सुत्ने वेलासम्म पटक पटक ख्वाइन्छ। घरका खानाबाहेक चाउचाउ, चाउमिन, चिजबल, चकलेट, मम, पिज्जाजस्ता खानेकुरामा जोड दिइन्छ।

खानाअनुसार उनीहरूलाई शारीरिक परिश्रम पर्दैन। धेरै समय स्कुलमा बिताउँछन्। घर फर्केपछि होमवर्क। त्यसपछि कम्प्युटर, मोबाइल र टेलिभिजन।बाहिरी खेलहरू खेल्दैनन्। एकोहोरो खाना त्यसमाथि घरभित्र मात्रै रहने भएकाले उनीहरू मोटाउँदै गएका छन्।

कतिपय आमाबाबु बच्चा मोटोघाटा छन् र निरोगी छन् भनेर खुशी हुन्छन्। तर त्यसो होइन। मोटोपन आफैमा रोग हो । शरीरमा जम्ने अतिरिक्त बोसोले मोटोपन ल्याउँछ । मोटोपनले शरीरका भित्री अंगहरुको कार्य संचालनमा बाधा पुर्‍याउँछ ।

मोटोपनको कारण अहिले बच्चाहरुमा मधुमेहको समस्या ल्याउँछ। उनीहरु जति जति ठूलो हुँदै जान्छन्, उत्तिनै रोगले समात्ने सम्भावना रहन्छ । डिप्रेसन, हृदयरोग र मृगौलाको समस्या हुने खतरा रहन्छ ।

बच्चाको उमेर, उचाइ अनुसार तौल निर्धारण हुन्छ। यदि यसको सन्तुलन नमिलेमा वा उचाई र उमेर अनुसार आवश्यकभन्दा बढी तौल भएमा मोटोपन भएको भनेर बुझ्नुपर्छ।

अहिलेका बच्चाहरू मोटाउने प्रमुख कारण शारीरिक निष्क्रियता र भनेको जंकफुड हो। आमाबुवाले बच्चाको खानपानमा ध्यान दिनुपर्छ। घरबाहिरको खानामा नियन्त्रण गर्नुपर्छ। चाउचाउ, चिजबल, बर्गर, पिज्जा, मम, चाउमिन जस्ता बजारका खानेकुरा दिनुहुँदैन। सम्भव भएसम्म घरमै बनाएर दिनुपर्छ।

बच्चालाई तालिका मिलाएर खानेकुरा दिनुपर्छ। खानपान व्यवस्थित भएमा पचाउन पनि सहज हुन्छ। सही समयमा सही किसिमको खानपानले मोटो हुन दिँदैन।

टिभी वा माेबाइलमा कार्टुन हेर्दै स्न्याक्स खाने बानी हटाउनुपर्छ। बच्चालाई शारीरिक रूपमा सक्रिय राख्नुपर्छ। एकै स्थानमा बसिरहने, पढिरहने र टिभी–माेबाइल हेरिरहने बानी हटाउनुपर्छ। बच्चाहरूलाई सकेसम्म घरबाहिरका गतिविधिमा लगाउनुपर्छ। व्यायाम, बाहिरी खेलकुद, भान्सा र बगैँचाका काममा आफूसँग सक्रिय राख्नुपर्छ।

पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदै

पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदै

झापा : पूर्वाञ्चल क्यान्सर अस्पतालले यही पुस १६ गतेदेखि सेवा शुरु गर्ने भएको छ । विर्तामोड–५ मा अवस्थित सो अस्पताल चार अर्ब लगानीमा निर्माण सम्पन्न भएको हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले ३०० शय्याको अस्पतालले सन् २०२० को पहिलो दिनदेखि रेडियो थेरापी सेवा प्रारम्भ हुने जानकारी दिए।

अस्पतालले अत्याधुनिक ‘टुबिम मेसिन’ भित्र्याएको मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. निरेश थापा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. निरेश थापा

काठमाडौं : डा. निरेश थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टर (शिक्षाध्यक्ष) नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार डा. थापालाई रेक्टरको जिम्मेवारी दिएका हुन्।

यसअघि प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले रेक्टरका लागि डा. थापासहित डा भरतमणि पोखरेल र डा. बद्री बडु सिफारिस भएका थिए। डा. थापाको नाम पहिलो नम्बरमा थियो।

डा.थापा विसं २०७१ सालदेखि प्रतिष्ठानमा कार्यरत छन्। उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसियट प्रोफेसर समेत हुन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

बन्ध्याकरण गर्नै मान्दैनन् पुरूष, अस्थायी साधन प्रयोग गर्नेमा पनि महिला अगाडि

बन्ध्याकरण गर्नै मान्दैनन् पुरूष, अस्थायी साधन प्रयोग गर्नेमा पनि महिला अगाडि

कैलाली : जिल्लाका छ ठाउँमा हालै स्थायी बन्ध्याकरण शिविर सम्पन्न भयो, जहाँ १४७ जनाले बन्ध्याकरण गरे। तर पुरुष तीनजना मात्रै थिए।

उदासीपुर, पहलमानपुर, दरख, बर्दगोरियाको दोदोधारा, बलिया  र टीकापुर अस्पतालमा शिविर आयोजना भएको हो। शिविरमा बन्ध्याकरण गर्न धेरैजसो महिला नै आएका थिए। जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक ओलटनारायण चापागाईँले परिवार नियोजन गर्नेमा अधिकांश महिलारहेको बताए। ‘महिला मात्रै सेवा लिन आएपछि स्वयंसेविकालाई पुरुष पनि खोज्नुस् भन्यौँ’, उनले भने, ‘आएका पुरुष पनि बन्ध्याकरण गरे कमजोर भइन्छ भनेर त्यसै फर्किए।’

यस्तै यही पुस ८ र ९ गते टीकापुर अस्पतालमा सञ्चालित स्थायी बन्ध्याकरण शिविरमा ७५ जनाले बन्ध्याकरण गरेका छन्। बन्ध्याकरण गर्ने सबै महिला छन्। ‘बन्ध्याकरणका लागि गाउँगाउँबाट सेवाग्राही ल्याउने काम स्वास्थ्यकर्मी र हामीले गर्यौँ’, स्वयंसेविका चन्द्रावती शर्माले भनिन्, ‘दुई वा दुईभन्दा बढी सन्तान जन्माएका धेरै दम्पतीलाई अनुरोध गरेंँ, तर पुरुष कसैले मानेनन्।’

स्वयंसेविका रुक्मिणी शर्मा महिलाको तुलनामा पुरुषले बन्ध्याकरण गर्न सजिलो हुने भए पनि बुझाउन नसकिएको बताइन्। ‘पुरुषले बन्ध्याकरण गरे फेरि सन्तान जन्माउन चाहे उल्टाउन मिल्छ, महिलाले मिल्दैन तर पनि पुरुष मान्दैनन्’, उनले भनिन्, ‘पुरुषले परिवार नियोजन महिलाकै जिम्मेवारी जस्तो गर्ने गरेका छन्।

पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमीभन्दा महिलाले गर्ने मिनील्याप धेरै गाह्रो र जोखिमपूर्ण भएको टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्काले बताइन्। उनका अनुसार पुरुषहरूको शुक्रवाहिनी नली आवश्यकता परे फेरि जोडेर सन्तान जन्माउन सकिन्छ। महिलाले भने मिनील्याप गरिसकेपछि सन्तान जन्माउनै सक्दैनन्। ‘परिवार नियोजन क्याम्पमा मिनील्याप गर्न नमिल्ने महिला घर फर्किन्छन् तर पुरुषलाई स्थायी बन्ध्याकरण गराउँदैनन्।’

कैलालीका भजनी र जोशीपुरमा शिविर सञ्चालन भइरहेको छ। विभिन्न खतरा र जोखिम हुंँदा पनि महिलाहरू परिवार नियोजनबारे पुरुषभन्दा बढी सचेत रहेको देखिन्छ।

परिवार नियोजन निरीक्षक चापागाईँ अस्थायी साधन प्रयोग गर्नेमा पनि महिलाको सङ्ख्या धेरै रहेको बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

जनस्वास्थ्य विज्ञहरूले घाेषणा गरे ‘पत्रु खाना’ बहिस्कार अभियान

जनस्वास्थ्य विज्ञहरूले घाेषणा गरे ‘पत्रु खाना’ बहिस्कार अभियान

काठमाडौं : जनस्वास्थ्य विज्ञहरूले पत्रु खाना (जंक फुड) बहिस्कार अभियान शुरु गर्ने भएका छन्। विषेशगरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारिरहेकाे पत्रुखाना सबैले बहिष्कार गर्नुपर्ने भन्दै उनीहरूले अभियान चलाउन लागेका हुन्।

नेपाल जनस्वास्थ्य प्रतिष्ठानले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा. रिता थापाले पत्रु खानाबारे सबै सचेत हुनुपर्ने बताइ्न्। पत्रु खानाले अभिभावकमा आर्थिक भार थप्नुका साथै बालबालिकामा कुपोषण निम्त्यारहेको दाबी गरिन्।

‘बजारमा सजाएर राखिएका आलुचिप्स, चाउचाउ, चाउमिन, कोक फेन्टा जस्ता खाना र पेय पदार्थले बालबालिकालाई सानै उमेरदेखि रोगको दलदलमा पारिरहेको छ’, डा. थापाले भनिन्, ‘यसको असरबारे आमाबाबु बढी सचेत हुनुपर्छ।’

उनले चाउचाउमा पौष्टिक तत्त्व हाल्ने भन्ने प्रसंग निकाल्दै पत्रु खानामा पौष्टिक तत्त्व थपेर बेच्छौँ भन्नु सुँगुरलाई लिपिष्टिक लगाएर राम्रो बनाउँछौ भन्नु जस्तै रहेको बताइन्। यसविरुद्ध अब सम्पूर्ण जनस्वास्थ्य विज्ञ एकजुट भएर लाग्ने पनि थापाले बताइन्।

कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले पत्रु खानाले कसैलाई पनि फाइदा नपुग्ने भन्दै यसको प्रयोग नगर्न आग्रह गरिन्। बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि उनीहरूलाई पत्रुखानाबाट टाढै राख्नुपर्ने उनले बताइन्।

‘चाउचाउ खाएर कुनै पनि पौष्टिक तत्त्व पाइँदैन भन्ने कुरामा सचेत हुनुस्’ उनले भनिन्, ‘हाम्रा पुर्खाले भान्सामा जे पकाएर खाए त्यो नै हाम्रा लागि पौष्टिक खानेकुरा हो।’ बजारिया खानेकुराको साटो बरु घरमै बनेका हलुवा–रोटी–तरकारी, चना–चिउरा र मकै–भटमास जस्ता खानेकुरामा जोड दिन उनले आग्रह गरिन्।

पत्रुखानाकै कारण नेपालमा सानै उमेरदेखि बालबालिकामा मधुमेह, मिर्गौलाको समस्या एवं मुटुको रोग देखिन थालेको पनि विज्ञहरूले बताए। उनीहरूले पत्रु खानाविरुद्ध अभियानका लागि हस्ताक्षर समेत गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

मुटुरोगलाई निम्तो दिने यी बानी

मुटुरोगलाई निम्तो दिने यी बानी

हामी धेरैजसोले सुनेकै कुरा हो विलासी जीवनशैली, गलत खानपान, धूमपान, मद्यपान र रातो मासुको सेवनले मुटुलाई असर गर्छ। मुटुलाई हानि पुर्याउने तत्त्व यी मात्र होइनन्, अरु पनि छन्। हामीले दैनिक जीवनयापनका क्रममा गर्ने गल्तीले मुटुरोगलाई निम्तो दिइरहेको हुन्छ।

नुनको अधिक सेवन

नुन सेवनले शरीरमा पानीको मात्रा बढाउँछ। यसका कारण रगत पातलो हुन्छ। शरीरमा धेरै रगत उत्पादन हुन्छ। शरीरमा ज्यादा रगत उत्पादन भएमा मुटुमा दबाब पर्छ। त्यसले हृदयाघात हुने सम्भावना बढ्छ।

मुखको सफाइमा हेलचेक्राइँ

मुखको सफाइ राम्ररी नहुनुले पनि मुटुको समस्या बढ्छ। सझाइमा ध्यान नदिँदा मुखमा ब्याक्टेरिया उत्पन्न हुन्छ। ब्याक्टेरिया मुखबाट घाँटी हुँदै मुटुमा पुुग्छ । त्यसैले मुटु स्वस्थ राख्नका लागि पनि दाँतका साथै मुखको सफाइ अत्यन्त जरुरी छ।

अपूर्ण निद्रा 

निद्रा र मुटुको बीच प्रत्यक्ष सम्बन्ध हुन्छ। निर्धक्क साथ सुत्न नसक्ने मानिस तथा तनावका कारण निद्रा खल्बलिए रक्तचाप स्वतः बढ्छ। निद्रा खल्बलिनाले मानिस दिनभर तनावमा रहन्छ। यसले मुटुमा दवाव उत्पन्न भई मुटुमा समस्या निम्त्याउँछ।

कामको चाप

मुटुको समस्या बढाउने कारणमध्ये एक हो, कामको चाप लामो समयसम्म तनावमा रहनाले मुटुको गति तिव्र हुनुका साथै रक्तचाप बढ्छ। जसका कारण रक्तधमनीमा समस्या उत्पन्न हुनेसमस्या उत्पन्न हुन्छ। कामकै बिचमा लामो सास लिने, केही समय टहलिने र केही समय आफूलाई मन परेको काममा लाग्ने गर्दा पनि ‘फ्रेस’ हुन सकिन्छ।

घण्टौ टिभी वा कम्प्युरमा बस्ने

लामो समयसम्म एकै ठाउँमा बसेर टिभी हेर्ने, कम्प्युटरमा काम गर्ने बानी पनि मुटुका लागि घातक सावित हुन सक्छ। हरेक ३० मिनेटमा केही समयका लागि भएपनि यताउता डुल्न सुझाव दिइन्छ। एकै ठाँउमा लामो समय बसेर टिभी हेर्नाले वा कम्प्युरमा काम गर्दा मुटुको धमनीमा अवरोध खडा भई मानिसको ज्यान समेत जानसक्छ ।

थप समाचार

३० वर्ष कटेपछि गराउनुस् नियिमत यी जाँच

३० वर्ष कटेपछि गराउनुस् नियिमत यी जाँच

बढ्दो उमेरसँगै शरीरमा विभिन्न समस्याले सताउँछ। अझ अहिले त अप्राकृतिक खानपान र जीवनशैलीले मानिसहरू कम उमेरमै राेगी बन्ने गरेका छन्। वेलावेलामा स्वास्थ्य परीक्षण गर्ने हो भने समयमै रोगको पहिचान हुन्छ र वेलैमा उपचार हुनसक्छ।

प्रारम्भिक चरणमै रोग निदान भए उपचार पनि सहज हुन्छ। त्यसैले चिकित्सकहरू सल्लाह दिन्छन्, ३० उमेर कटेपछि नियमित यी परीक्षण गराउनुस्–

रक्तचाप

वेलावेलामा रक्तचाप परीक्षण गराइराख्नुपर्छ। रक्तचापमा आएको गडबडीका कारण उच्च रक्तचापको खतरा बढ्नसक्छ। उच्च रक्तचापका कारण मुटुरोग, पक्षघात, हृदयाघात, स्ट्रोक तथा मृगौलासम्बन्धी गम्भीर रोग लाग्न सक्छ।

मधुमेह

गलत खानपान तथा परिवर्तित जीवनशैलीका कारण अचेल थुप्रैलाई मधुमेह देखिएको छ। मधुमेह भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ। स्वस्थ मानिसले पनि वर्षमा कम्तीमा एकपटक रक्तपरीक्षण गर्नुपर्छ।

पाठेघरको मुखको जाँच

नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर एक हो। पाठेघरको मुखमा क्यान्सर भएकाे वा नभएको पत्ता लगाउन पाठेघरको मुखको ‘स्क्रिनिङ’ गरिन्छ।

पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर पत्ता लगाउन ‘प्याप स्मेयर’ जाँच गर्न सकिन्छ । ३० वर्षको उमेर कटेपछि हरेक तीन वर्षमा एक पटक पाठेघरको मुखको जाच गराउनुपर्छ।

थाइराइड

विशेषगरी ३५ वर्षपछि महिलालाई थाइराइडको खतरा हुन्छ। अचानक तौल बढ्नु र तनाव हुनुलगायत थाइराइडको लक्षण हो। थाइराइड जाँचका लागि रक्तपरीक्षण आवश्यक छ।

स्तन क्यान्सर स्क्रिनिङ

विशेषगरी ४० वर्ष पार गरेका महिलालाई हरेक दुई वर्षमा स्तन जाँच गराउने सल्लाह दिइन्छ। स्तन क्यान्सर भएमा समयमै पत्ता लागोस् र उपचार गर्न सजिलो होस् भन्ने यसकाे उद्देश्य हाे। मेमोग्राफमार्फत स्तन क्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ।

कोलेस्ट्रोल

निश्चित उमेरपछि मानिसमा देखिने विभिन्न समस्यामध्ये कोलेस्ट्रोल पनि एक हो। विलासी,जीवनशैली तथा गलत खानपनका कारण रगतमा उच्च कोलेस्ट्रोलको समस्या देखिन्छ। यसले मुटुसम्बन्धी समस्या पनि निम्त्याउँछ।

 

थप समाचार

बाह्रौँ तहमा बढुवाका लागि स्वास्थ्य मन्त्रालयले माग्याे कर्मचारीको विवरण

बाह्रौँ तहमा बढुवाका लागि स्वास्थ्य मन्त्रालयले माग्याे कर्मचारीको विवरण

काठमाडौं : स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाअन्तर्गत बाह्रौँ तहमा बढुवाका लागि कर्मचारीको विवरण पठाउन  विभाग\ कार्यालयहरूलाई आग्रह गरेको छ।

मन्त्रालयले २०७६ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूरा भएका स्वास्थ्य सेवाअन्तर्गत विभिन्न समूह उपसमूहका ११ औँ तहका कर्मचारीको विवरण माग गरेको हो।

कर्मचारीहरूको व्यक्तिगत विवरण छुट्टाछुट्टै रूपमा भरी सम्बन्धित कागजातसमेत संलग्न गरी बढुवा समितिको सचिवालयमा यही पुस १४ गतेसम्म पठाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

यी समस्यामा प्रभावकारी मह र अदुवाकाे मिश्रण

यी समस्यामा प्रभावकारी मह र अदुवाकाे मिश्रण

मह र अदुवा दुवै स्वास्थ्यका लागि लाभकारी वस्तु हुन्। यी दुवैलाई मिसाएर प्रयोग गर्दा झनै फाइदाजनक हुन्छ। एक चम्चा अदुवाको जुस र एक चम्चा मह राम्रोसँग घोलेर खाँदा स्वास्थयलाई निकै फाइदा गर्छ। यो जुसमा एन्टी इन्फ्लामेट्री र एन्टी अक्सिडेन्ट गुण हुन्छन्। जसले हाम्रो शरीरलाई विभिन्न किसिमका फाइदा हुन्छ।

अदुवा र महको मिश्रण रुघाखोकी र श्वासप्रश्वाससँग जोडिएका समस्यामा प्रभावकारी मानिन्छ।

अदुवा र महको मिश्रणले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ।

दमको समस्या छ भने अदुवा र महसँगै मरिचकाे मिश्रण सेवन गर्दा आराम हुन्छ। यसले फोक्सोमा अक्सिजनको आपूर्ति बढाउँछ।

वाकवाक लाग्ने वा उल्टी हुने समस्या छ भने पनि अदुवा र महको मिश्रण प्रयोग गर्दा आराम मिल्छ।

अदुवा र महको मिश्रणले पाचनशक्ति बढाउन समेत सहयोग गर्छ। पेटसम्बन्धी समस्यालाई ठीक गर्छ।

यसको नियमित सेवनले ब्लडप्रेसर, हार्टअट्याक, स्ट्रोक जस्ता समस्या आउँदैनन्।

महिलाहरुलाई महिनावारीका क्रममा हुने पीडामा समेत मह र अदुवाको मिश्रणले औषधिको काम गर्छ।

यसले टाउको दुखाइलाई पनि कम गर्छ। माइग्रेनको समस्या समेत यो प्रभावकारी छ।

यसले क्यान्सर रोगलाई पर राख्न सहयोग गर्छ। यो मिश्रणले ‘एन्टी अक्सिडेन्ट इन्जाइम’लाई प्रेरित गर्छ र क्यान्सर सेल्स बन्नबाट रोक्छ।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

राष्ट्रिय क्षयरोग केन्द्रमै औषधि अभाव

राष्ट्रिय क्षयरोग केन्द्रमै औषधि अभाव

भक्तपुर : औषधि अभाव भएपछि जटिल खालकाे क्षयरोगका बिरामी समस्यामा परेका छन्।

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडीआर) उपचारको औषधि नपाएपछि बिरामीकाे ज्यान जोखिममा परेको हो।

क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा शुरु भएको नौमहिने छोटो उपचार विधिमा बिरामीले नौ महिना आवश्यक औषधि सेवन गरी चारदेखि छ महिनासम्म सुई लिनुपर्छ। सामान्य औषधिले काम नगरेपछि चलाइने ‘क्यानामाइसिल’ नामको औषधि नपाएपछि बिरामीको ज्यान जोखिममा परेको हो।

केन्द्रका एक चिकित्सकका अनुसार ‘क्यानामाइसिल’ नामको औषधि एक बिरामीलाई साताको छ वटाका दरले करिब पाँच महिनासम्म १५० वटा दिइनुपर्छ। क्षयरोग बिग्रिएमा एसडीआर हुने र बिरामीको उपचार असम्भव भई बिरामीको ज्यानै जानसक्ने चिकित्क बताउँछन्। क्षयरोगको जटिल रोग लागेर औषधि सेवनबाट पनि निको नभएपछि विकल्पका रूपमा बिरामीलाई यो औषधि दिइन्छ।

‘क्यानामाइसिल’ औषधि गत नोभेम्बरबाटै सकिएको र दामियन फाउण्डेसन बेल्जियमबाट चार हजार थान औषधि मगाए पनि तीन हजार २०० थान मात्रै आएको र यो १८ दिनमै सकिएपछि औषधि अभाव भएको हो ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक सागरकुमार राजभण्डारीले भने ‘क्यानामाइसिल’ नामक औषधि फेजआउट हुन लागेकाले नपाएको दाबी गरे। ‘क्यानामाइसिल नामक औषधि विस्तारै फेजआउट हुँदैछ, कम्पनीले उत्पादन नै कम गरेपछि औषधि नआएको हो’, उनले भने, ‘यसको सट्टामा ‘एमिक्यासिन’ नामक औषधि मगाएका छाैँ। भारतबाट आउनेवित्तिकै त्यही औषधि चलाउँछौँ।’

तत्काल १६ हजार औषधि चाहिने भए पनि पटकपटक माग गरेर चार हजारदेखि पाँच हजारसम्म एकपटकमा औषधि आयात गरेको र अभाव हुन नदिएको केन्द्रका निर्देशक राजभण्डारीको दाबी छ। सरकारले क्षयरोगका बिरामीका लागि निःशुल्क उपलब्ध गराउँदै आएको ‘क्यानामाइसिल’ औषधि एउटा इन्जेक्सनको ३ डलर पर्ने केन्द्रको भनाइ छ। यो औषधि नेपालका फार्मेसीमा समेत  नपाइने बिरामीको गुनासो छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

समोआमा दादुराले ८१ जनाको मृत्यु

समोआमा दादुराले ८१ जनाको मृत्यु

समोआमा दादुरा प्रकोप कारण ८१ जनाको मृत्यु भएको छ। मध्य अक्टुबरमा शुरु भएको हालसम्म ८१ जनाको मृत्यु भएको सरकारले जानकारी दिएको हो।

अझै ५ हजार २१७ व्यक्ति संक्रमित छन्। अस्पतालमा भर्ना भएका ४३ मध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। केही समययता समोआमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ।

बुधबारसम्म करिब ९५ प्रतिशत दादुराको खोप लगाइएको सरकारले जनाएको छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

ताजा अपडेट