Health TV Online
Health TV Online
Health TV Online

हेटौँडा अस्पतालमा भेन्टिलेटर र आईसीयू सञ्चालन

हेटौँडा अस्पतालमा भेन्टिलेटर र आईसीयू सञ्चालन

हेटौँडा : अस्पतालमा सघन उपचार कक्ष ‘आईसीयू’ र भेन्टिलेटर सेवा शुरु भएको छ। नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेसिन मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

१६ लाखमा किनिएका दुईवटा मेसिन जनशक्ति अभावलगायतका कारण थन्किएर रहेको थियो। अस्पतालले परीक्षणस्वरूप आईसीयू पनि सञ्चालन गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए। जनशक्ति अभावका कारण हाल एउटा शय्या मात्र आईसीयू सञ्चालनमा ल्याएकोे हेटौँडा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठले बताए।

आगामी असारसम्ममा पाँच शय्याको आईसीयू तथा डायलसिस सञ्चालन गर्ने गरी अस्पतालले तयारी गरिरहेको पनि अस्पताल विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए।

प्रदेश सरकार मातहत अस्पताल आएपछि अस्पतालमा परिवर्तन आएको छ। बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिस्ट लगायत  विशेषज्ञ डाक्टर तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण हेटौँडा अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न थालेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

शीतलहरले नेपालगञ्जका विद्यालय बन्द

शीतलहरले नेपालगञ्जका विद्यालय बन्द

नेपालगञ्ज : अत्यधिक चिसो बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालय चार दिनका लागि बन्द गरिएको छ।

ती पालिकाअन्तर्गतका शिक्षा समितिको निर्णयअनुसार मंगलबारदेखि पुस १८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो। निरन्तरको शीतलहर र चिसोले जनजीवन कष्टकर बनेपछि विद्यालय बन्द गर्ने निर्णय भएको नेपालगञ्ज नगर शिक्षा समितिका प्रमुख गोर्खबहादुर थापाले बताए।

अत्यधिक चिसोका कारण नेपालगञ्जका गरिब, असहाय, बेसहारा बढी प्रभावित भएपछि उपमहानगरपालिकाले आगो ताप्न टोल टोलमा दाउरा वितरण गरेको छ। उनीहरुलाई चिसोबाट जोगाउन उपमहानगरपालिकाले वडा कार्यालयबाट टोल टोलमा दाउरा वितरण गरेको सूचना अधिकारी शरद पौडेलले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

शरीर र मन स्फूर्त राख्छ मसाजले

शरीर र मन स्फूर्त राख्छ मसाजले

मसाज भन्ने बित्तिकै हामी रोग लागेपछि मात्रै गर्ने भन्ने बुझ्छौँ। मसाज कुनै रोग लागेपछि मात्र होइन स्वस्थ मानिसले पनि गर्दा यसले शरीरमा स्फूर्ति बढाउँछ।

शरीरलाई स्वस्थ राख्ने मात्र हाेइन मसाजले मन मस्तिष्क पनि स्वस्थ बनाउँछ। मानसिक र शारीरिक रूपमा यसले स्फूर्त बनाउँछ। नियमित व्यायाम गरेजस्तै नियमित मसाजले धेरै रोगबाट बच्न सकिन्छ।

नेचरोप्याथी अस्पताल भएकाले हामीकहाँ धेरैजसो हाडजोर्नी दुख्ने, प्यारालाइसिस, नशा च्यापिएका र बाथरोगका बिरामी धेरै आउँछन्। डाक्टरले यो मसाज गर्ने भनेर लेखेपछि मात्र हामी रोग अनुसार त्यही खालको मसाज गर्छौँ।

हामीले कसलाई कस्तो खालको मसाज गर्ने भन्ने टेक्निक हुन्छ। बिरामीको रोगअनुसार ‘प्वइन्ट’ पत्ता लगाएर त्यही टेक्निक बमोजिम मसाज गर्छौँ। नसा च्यापिएका, प्यारालाइसिसको बिरामीलाई दैनिक रूपमा रुटिन बनाएर अलि धेरै समयसम्म मसाज गर्नुपर्ने हुन्छ। स्वस्थ मानिसले सातामा एक पटक मसाज गर्दा राम्रो हुन्छ।

हामीकहाँ धेरै बिरामी निको भएर गएपछि पनि नियमित मसाज गर्न आउँछन्। आजभोलि कतिपय त स्वास्थ्यप्रति धेरै नै सजग छन्। उनहरू एक दिन बिराएर ‘होल बडी’ मसाज गर्न आउँछन्।

जाडो महिनामा त आयल मसाज गर्दा शरीरलाई न्यानो राख्न मात्रै हाेइन रक्तसञ्चार राम्ररी गराउन पनि मद्दत गर्छ। त्यसैले आमाले आफ्नो बच्चालाई घाममा राखेर तेल लगाउने चलन थियो। त्यो असाध्यै वैज्ञानिक चलन हो। त्यसबेला हाम्रा पूर्वजलाई विज्ञान थाहा थिएन होला तर तेल लगाउँदा बच्चा स्वस्थ हुन्छ भन्ने बुझेर नै मसाज गर्थे।

जाडोमा हाम्रो शरीर सुख्खा भइरहेको हुन्छ यो वेला अझ बढी मसाज गर्नुपर्छ। यसले एक त चिसोबाट बचाउँछ अर्को कुरा फूर्तिलो हुन पनि सहयोग गर्छ ।

मसाजका फाइदा

मसाजले हाडजोर्नीको दुखाई कम गराउँछ।

शरीरको रक्तप्रवाहलाई नियमित बनाउन सहयोग गर्छ।

शरीरलाई फूर्तिलो बनाउन सहयोग गर्छ।

मसाजले शरीरलाई मात्र नभएर मस्तिष्क समेत स्फूर्त राख्न सहयोग पुर्‍याउँछ।

मसाजले मानसिक तनाव र थकान हटाउन मद्दत गर्छ।

मसाजले मन र शरीर दुबै चंगा बनाउँछ।

मसाज थेरापिस्ट शर्मिला कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा कार्यरत छिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

सिसडोलमा फोहाेरबाट मानव स्वास्थ्यमा असर छैन : नास्ट

सिसडोलमा फोहाेरबाट मानव स्वास्थ्यमा असर छैन : नास्ट

काठमाडौँ : उपत्यकाको फोहर विसर्जनस्थल सिसडोलमा फोहाेरका कारण स्थानीयवासीको स्वास्थ्य र यहाँको वातावरणमा नकारात्मक असर नदेखिएको पाइएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यो क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन र अनुसन्धान गरी सो क्षेत्रमा खासै समस्या नरहेको प्रतिवेदन सार्वजनिक गरेको छ। काठमाडौँ महानगरपालिकाले नास्टलाई दिएको जिम्मेवारीअनुसार नास्टले गत असोजदेखि दुई महिना लगाई सिसडोल क्षेत्रमा अध्ययन गरिएको प्रतिष्ठानले जनाएको छ।

यहाँ बग्ने पानी र भूमिगत सतह, गन्धमापन, ग्यास, धुलोको कण, फोहरको लेदो लिचेत, आँखाले देखिने वा नदेखिने वस्तु, चराचुरुङ्गी, माछा, जनावर आदिको अध्ययन गरी यस क्षेत्रमा खासै समस्या नरहेको तथ्याङ्क सार्वजनिक गरेको हो।

प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा.भोजराज पन्तले आफ्नो कार्यालयमा रहेको गन्धमापन यन्त्र (अल्फ्याक्टोमिटर) ले गरेको अध्ययनले सिसडोलमा रहेको फोहरका कारण उत्पन्न हुने ग्यासले स्थानीयमा खासै असर नगर्ने बताए।

नास्टले सिसडोलको २४ स्थानबाट गन्धमापन गरेको कार्यक्रममा बताइएको छ। नास्टले सिसडोल क्षेत्रमा मिथेन र कार्बनडाइअक्साइडको मात्रा नपाइएको पन्तले जानकारी दिए। सो क्षेत्रमा रहेको धुलोको कण मापदण्डभित्र नै रहेको नास्टले पाएको छ।

सिसडोल फोहर व्यवस्थापन गर्नेस्थल थप चुस्त र दुरुस्त हुनुपर्ने, उपत्यकाबाट फोहर लैजाने क्रममा छोेपेर लानुपर्ने, पुनःप्रयोग गर्न मिल्ने फोहरलाई छुट्याउनुपर्ने नास्टले बताएको छ। सिसडोल फोहोर विसर्जन गर्ने क्षेत्रभित्र मानिस र कुकुर सजिलै जान रोक गर्नुपर्ने, फोहोरको लेदो जाँचेर मात्र फाल्दा जलचरलगायत माटोमा प्रभाव नपर्ने नास्टको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

अब सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड

अब सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड

काठमाडौं : अब देशभरका सामुदायिक विद्यालयका छात्राले सेनेटरी प्याड निःशुल्क पाउने भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धिपुर माविबाट अभियान शुरु गरे। यससँगै अब सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका किशोरावस्थाका छात्राले महिनावारीका समयमा आवश्यक पर्ने सेनेटरी प्याड निःशुल्क पाउनेछन्।

सरकारले निःशुक सेनेटरी प्याड कार्यविधि बनाई स्थानीय तहलाई अनुदानका रूपमा स्थानीय तहलाई बजेट निकासा गरेकाे छ। मन्त्री पोखरेलले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याडका लागि पठाइएको रकम अन्यत्र खर्च गर्न नपाइने बताए। प्याडको अभावमा छात्राको पढाइमा समस्या हुन नदिन आवश्यक प्रबन्ध गर्न स्थानीय तह र विद्यालयलाई आग्रह गरे।

गत मंसिर ३० गतेको मन्त्रिपरिषद्का  बैठकले सेनेटरी प्याड प्याड वितरण कार्यविधि, २०७६ पारित गरेको थियो। कार्यविधिअनुसार प्रत्येक स्थानीय तहका छात्राको तथ्यांक संकलन गरी अर्थ मन्त्रालयमा बजेट माग गर्नुपर्नेछ। रकम प्राप्त भएपछि सम्बन्धित स्थानीय तहले आफ्ना समुदायिक विद्यालयका लागि प्रचलित खरिद कानुनबमोजिम गुणस्तरीय प्याड खरिद गर्नुपर्नेछ।

स्थानीय तहले स्थानीयरूपमा निर्मित पुनःप्रयोगमा ल्याउन सकिने प्याड बनाएर वितरण पनि गर्न सक्नेछ। कार्यविधिले विद्यालयमा प्याड वितरणका लागि सम्भव भएसम्म नर्स र नर्स सम्भव नभएमा महिला शिक्षक वा प्रारम्भिक बालविकासका महिला सहजकर्ता वा स्वास्थ्य तथा जनसंख्या विषय शिक्षक वा महिला कार्यालय सहयोगीलाई सम्पर्क व्यक्ति तोकिने उल्लेख छ। प्याडको विर्सजन गर्दा वातावरणीय पक्षलाई पनि ध्यान दिन कार्यविधिमा भनिएको छ।

कतिपय जिल्लामा महिनावारी हुँदा छात्रा विद्यालय नआउने र कक्षा छाड्ने प्रवृत्ति देखिएकाले उनीहरूको नियमितता र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले यस्तो व्यवस्था गरेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई तीन वर्ष जेल

जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई तीन वर्ष जेल

पहिलो पटक सम्पादित जीनसहित बच्चाहरूको जन्म गराएको दाबी गर्ने एक वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल सजाय सुनाइएको छ।

ख जिएन्क्वे नामक ती वैज्ञानिकले एआईभीको संक्रमणबाट जोगिने गुण विकास गर्न भ्रूणको जीन सम्पादन गरी बच्चा जन्माएको बताएका थिए।

चीनको एउटा अदालतले मानवभ्रूणमा आफूखुशी प्रयोग गर्न लगाइएको प्रतिबन्धको खले उल्लंघन गरेको ठहर गरेको छ।

गत वर्ष नोभेम्बरमा उनले ती जुम्ल्याहाको जन्म भएको घोषणा गर्दा संसारभरिबाट उनको आलोचना भएको थियो।

समाचारसंस्था सिन्ह्वाका अनुसार त्यही बेला अर्को बच्चाको पनि जन्म भएको थियो। उक्त कुराको पहिला पुष्टि भएको थिएन।

ग्वाङ्डोङ प्रान्तस्थित स्थानीय सरकारले ती बच्चाहरूलाई चिकित्सकीय निगरानीमा राखेको छ।

अदालतको आदेशमा जेल सजायबाहेक उनले ३० लाख यूआन अर्थात् झण्डै चार करोड ९० लाख रुपैयाँ जरिबाना तिर्नुपर्ने उल्लेख छ।

अदालतले उनीसँग मिलोमतो गरेको ठहर गर्दै अरू दुई जनालाई पनि छोटो अवधिका लागि जेल सजाय सुनाएको छ।

सिन्ह्वाका अनुसार शन्जनस्थित अदालतले अभियुक्तहरूले ‘व्यक्तिगत प्रख्याति र लाभ’का लागि काम गरेको र ‘चिकित्सकीय सुव्यवस्था बिथोलेको’ ठहर गरेको छ।

अदातलका अनुसार ती प्रयोग गर्दा उनीहरूले वैज्ञानिक अनुसन्धान र चिकित्सकीय आचारसंहिताको आधारबिन्दु नै उल्लङ्घन गरेका थिए।

 के भएको थियो?

नोभेम्बर २०१८ मा ख जिएन्क्वेले जीन सम्पादन गरिएका लुला र नाना नामक जुम्ल्याहा बालिकाको जन्म भएको एउटा भिडिओमार्फत् घोषणा गरेका थिए। त्यो भिडिओ समाचारसंस्था एपीले खिचेको थियो।

आफ्नो प्रयोगबारे उनले भनेका थिए, ‘मलाई थाहा छ मेरो काम विवादास्पद हुन्छ। तर मलाई लाग्छ परिवारहरूका लागि यो प्रविधि आवश्यक छ र म उनीहरूका लागि आलोचना खेप्न तयार छु।’

भिडिओ सार्वजनिक भएपछि चीन र अन्य देशका वैज्ञानिकहरूले खको व्यापक आलोचना गरे।

चीनको प्रहरीले उनको दाबीको विषयमा छानबिन थाल्यो र सरकारले उनको अनुसन्धान रोक्न आदेश दियो।

उनी कार्यरत सदर्न यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजीले उनलाई निकालिदियो।

चाइनिज अक्याडमी अफ साइन्सले एउटा विज्ञप्तिमा मानवमा जीन सम्पादन गर्ने विषयको कडा विरोध गर्‍यो।

उनले के गर्न खोजेका थिए?

खको प्रयोग सीसीआर ५ नामक जीनमा केन्द्रित थियो।

सो जीनमा रोगप्रतिरोध प्रणालीको क्षमताबारे महत्त्वपूर्ण सूचनाहरू हुन्छन्। तर सोही जीनको सहायतामा एचआईभीले मानवको शरीरमा भएका कोषमा प्रवेश गर्छ।

सीसीआर५ मा परिवर्तन गर्दा त्यो बाटो बन्द हुन्छ र त्यसबाट एचआईभीलाई प्रतिरोध गराउने क्षमता मानिसमा विकसित हुन्छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले सात जोडीलाई आफ्नो कामका लागि राजी गराएका थिए। उनीहरूमध्ये सबै पुरुषलाई एचआईभी भएको थियो भने महिलाहरू एचआईभीमुक्त थिए।

कृत्रिम गर्भाधान गराउने चिकित्सालयमा मानवभ्रूण विकसित गरेर तिनको सीसीआर५ जीनमा परिवर्तन गर्न खोजियो।

आचारसंहिताको अनिवार्य समीक्षाका लागि उनले जाली कागजपत्र पेस गरे तथा चिकित्सकहरूलाई सम्पादित जीन भएका भ्रूण दुई महिलाको गर्भाशयमा राख्न लगाउन गलत जानकारी दिए।

सम्पादित जीन भएका बच्चाको गत वर्ष जन्म भयो।

बच्चालाई कस्तो असर?

जीन सम्पादन गर्दा ती बच्चाको आनुवंशिक संरचनामा म्यूटेशन अर्थात् अनपेक्षित विकृति उत्पन्न भएको छ।

सम्पादित जीन भएका बच्चामा कस्तो कस्तो प्रभाव पर्छ भन्ने अहिले अस्पष्ट नै छ। तर ती असरहरू दीर्घकालीन हुन सक्छन्।

ती बच्चाहरूले पछि सन्तान जन्माए भने आनुवंशिक संरचनामा भएको परिवर्तन तिनका सन्तानमा पनि सर्न सक्छ। त्यसले मानवजातिको आनुवंशिक संरचनामै परिवर्तन गरिदिन सक्छ। खको प्रयोगमा यो विषय झन् जटिल देखिएको छ।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

2nd Medical Tourism Asia Summit -2019 / Part 2

Subscribe our Youtube channel

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

तपाईँको बच्चामा डेडोपन छ?, गराई हाल्नुस् उपचार

प्रतिष्ठानमा ६ अर्बको पाँचवर्षे गुरुयोजना पारित

प्रतिष्ठानमा ६ अर्बको पाँचवर्षे गुरुयोजना पारित

काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले १२ वटा प्रस्ताव पारित गरेको छ।

प्रतिष्ठानमा एमडी एमएसका लागि एमडीजीपी, अर्थोपेडिक्स, गाइनो, पेडियाट्रिक्स लगायत कार्यक्रम सञ्चालन गर्ने, स्नातकोत्तरमा इपिडिमियोलोजी, फर्मेसी कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पारित भएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।

बैठकले ६ अर्बको पाँचवर्षे बहुवर्षीय गुरुयोजना समेत पारित गरेको प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले जानकारी दिए। उनका अनुसार चालू आर्थिक वर्षका लागि ६९ करोडको बजेट छ।

यस्तै प्रतिष्ठान छनोट समितिको अध्यक्षमा प्रा.डा. गणेश गुरुङ र सदस्यमा डा. तरुण पौडेललाई नियुक्त गर्ने निर्णय भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

चिसाेमा ‘ब्रेन स्ट्रोक’को खतरा

चिसाेमा ‘ब्रेन स्ट्रोक’को खतरा

मस्तिष्कमा अचानक रक्तसञ्चार भई त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्काघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ।

ब्रेन स्ट्रोक हुँदा टाउकोको एकापट्टिको भागमा प्यारालाइसिस हुने, मुख बांगिने, आँखा नदेख्ने आदि समस्या हुन्छ। मस्तिष्कको पूरै भागबाट रक्तसञ्चार बन्द भए मृत्युसमेत हुन्छ। अत्यधिक धूमपान गर्नु, बढी तनावयुक्त जीवन जिउनु आदि कारणले यसको जोखिम हुन्छ।

गर्मी मौसमको तुलनामा जाडोमा ब्रेन स्ट्रोक हुने समस्या ३० प्रतिशतले बढी हुन्छ।  जाडोमा रगत गाढा हुन्छ। यसका कारण नसामा दबाब पर्ने र फुट्ने सम्भावना हुन्छ। फलस्वरूप ब्रेन स्ट्रोकको जोखिम बढ्छ। जाडाेमा उच्च रक्तचाप बढ्ने र व्यायाम, खानपान आदिमा हेलचेक्र्याइँ गर्दा यसको जोखिम बढ्छ।

जुनसुकै उमेरका मानिसमा पनि ब्रेन स्ट्रोक वा पक्षाघातको खतरा हुन्छ। मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीमा यसको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन्।

उपचार

ब्रेन स्ट्रोक भएमा सकेसम्म छिटो उपचारका लागि लैजानुपर्छ। मस्तिष्कमा रगत भरिँदै गएको भए अझ चाँडाे गर्नुपर्छ। रक्तसञ्चार बन्द भएर पक्षाघातको स्थिति आए जतिसक्दाे चाँडाे अस्पताल पुर्‍याउनुपर्छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

एक कर्मचारीकाे भरमा स्वास्थ्यचाैकी

एक कर्मचारीकाे भरमा स्वास्थ्यचाैकी

ओखलढुंगा : कर्मचारी अभावका कारण सुनकोशी गाउँपालिकाको १ को बलखु स्वास्थ्यचौकी र प्रसूतिगृहमा उपचारमा समस्या भएको छ।

अनमी, अहेब, हेल्थ असिस्टेन्स र प्रसूतिका लागि तालिमप्राप्त नर्सिङ कर्मचारी हुनुपर्ने भए पनि स्वास्थ्यचौकी तीन महिनादेखि करारका एकजना कर्मचारीको भरमा चलेको छ।

तीन स्वास्थ्यकर्मी समायोजन भई अन्यत्र गए पछि करारकी स्वास्थ्यकर्मी शशी ढकालले स्वास्थ्य चौकी र प्रसूतिगृह हेरिरहेकी छिन्। नयाँ कर्मचारी नआउँदा ०७६ असोजदेखि स्वास्थ्यचौकीमा बिरामी जाँच्ने, औषधि दिने र प्रसूति गराउने काम एक्लैले गरिरहेकी छिन्।

प्रसूति गराउँदा अत्यधिक रक्तश्राव हुने, सुत्केरी बेहोश हुनेजस्ता समस्या आउँदा समस्या पर्ने ढकालले बताइन्। स्वास्थ्यकर्मी व्यवस्थापन गरिदिन पटकपटक गाउँपालिकामा अनुरोध गरे पनि सुनुवाइ नभएको गुनासो उनले गरिन्।

गाउँपालिकाले भने समायोजन भएर आएका स्वास्थ्यकर्मीको संख्या कम रहेका कारण समस्या भएको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

एपी क्याटको पाँचौ सम्मेलन आगामी वर्ष डिसेम्बरमा, भरतपुर महानगरले गर्ने

एपी क्याटको पाँचौ सम्मेलन आगामी वर्ष डिसेम्बरमा, भरतपुर महानगरले गर्ने

चितवन : एसिया प्यासिफिक सिटिज अलायन्स फर टोबाको कन्ट्रोल एण्ड एनसीडीज प्रिभेन्सन ‘एपी क्याट’को पाँचौ सम्मेलन चितवनको भरतपुरमा हुने भएको छ। आइतबार भरतपुर महानगरपालिकामा भएको बैठकले आगामी वर्ष डिसेम्बर १–३ मा सम्मेलन गर्ने निर्णय गरेको हो।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको अध्यक्षतामा बसेको बैठकले भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको पाँचौ एपी क्याट सम्मेलनको मिति घोषणासँगै कार्यक्रमको तयारी पनि शुरु भएको घोषणा गरेको छ।

द युनियनको आह्वानमा नसर्ने रोग र यसको प्रमुख कारक मानिएको सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न एसिया प्रशान्त क्षेत्रका १२ देशका नगर एवं महानगर प्रमुखहरूको अलायन्स बनाइएको छ। त्यसमा नेपालबाट भरतपुर महानगर पनि सदस्य छ।

चौथो सम्मेलन इन्डोनेसियाको बोगोर नगरले आयोजना गरेको थियो। सम्मेलनमा भरतपुरकी महानगर प्रमुख दाहालले पाँचौँ एपी क्याट सम्मेलन भरतपुरले आयोजना गर्ने बताएकी थिइन्। सोही बमोजिम आइतबार पाँचौँ सम्मेलनको मिति तय भएको हो।

बैठकमा दाहालले नेपाल भ्रमण वर्ष २०२० मा भरतपुरले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी सिटिज अलायन्सको सम्मेलन गर्न पाउनु ठूलो अवसर भएको बताइन्। त्यसका लागि महानगरले गर्नुपर्ने कार्यक्रमका लागि तयार भएको उनको भनाइ छ। ‘भरतपुरलाई स्मोक फ्री सिटी बनाउने यो एउटा ठूलो अवसर हुनेछ’, उनले भनिन्, ‘यसमा सबैको साथको अपेक्षा गरेकी छु।’ उनले भरतपुरलाई स्मोक फ्री बनाउन कुनै कसर बाँकी नराख्नेमा पनि जोड दिइन्।

द युनियन एसिया प्रशान्त क्षेत्रका उपमहानिर्देशक डा. तारासिंह बमले नगर कस्तो बनाउने भन्ने जिम्मा प्रमुखमा भर पर्ने बताए। उनले सबैलाई रोगी बनाउने सुर्तीजन्य पदार्थ बन्देज गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई एवं चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले पनि मन्तव्य राखेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

उच्च रक्तचाप, यसरी राख्नुस् नियन्त्रणमा

उच्च रक्तचाप, यसरी राख्नुस् नियन्त्रणमा

प्रदूषित वातावरण, अस्वस्थकर खानपान र अप्राकृतिक जीवनशैलीका कारण अचेल हरेकजसो घरमा उच्च रक्तचाप  भएका मानिस भेटिन्छन्। अहिले वृद्धवृद्धामा मात्र नभई युवा र किशोरहरूमा समेत यस्तो समस्या देखिन थालिएको छ।

खासगरी अहिले गरिरहेकाे जीवनयापन नै उच्च रक्तचापको कारण बनिरहेको छ। विलासितापूर्ण जीवनयापन, प्रशोधित खानेकुराको सेवन, दिनहुँको तनाव आदिले हामीलाई रोगी बनाउँदैछ। यसैगरी टेलिभिजन, कम्प्युटर र मोबाइलजस्ता यन्त्रको अधिक प्रयोग र शारीरिक परिश्रमको अभावका कारण उच्च रक्तचापलगायतका समस्या बढिरहेका छन्।

उच्च रक्तचाप हुनु भनेको रगतको प्रवाहमा अवरोध आउनु हो। जब शरीरमा रगत राम्ररी प्रवाह हुन पाउँदैन, त्यसको भार मुटुलाई पर्छ। यसैलाई उच्च रक्तचाप भनिन्छ।

सावधानी अपनाउने

खानपानमा सुधार, स्वस्थ जीवनशैली र औषधिकाे नियमित सेवनले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ। एकपटक रक्तचाप बढेको थाहा भइसकेपछि नियमितऔषधि  सेवन गर्नुपर्छ र चिकित्सकको नियमित सम्पर्कमा बस्नुपर्छ।

धूमपानको लत र कोलस्ट्रोलको स्तर बढ्नु हृदयघातको कारण बन्छ। त्यसैले उच्च रक्तचाप भएकाहरूले धूमपान त्याग्नुपर्छ।

मानसिक तनाव पनि उच्च रक्तचापको समस्याको प्रमुख कारण हो। त्यसैले तनावमा बस्नु हुँदैन।

उच्च रक्तचाप भएकाहरूले खानपानमा संयम अपनाउनुपर्छ। खानामा नुनको मात्रा प्रतिदित ३\४ ग्रामभन्दा बढी हुनु हुँदैन।

थप समाचार

बदाम रातभर भिजाएर खानुका फाइदा

बदाम रातभर भिजाएर खानुका फाइदा

शरीरलाई फिट राख्न सबैभन्दा उपयुक्त खानेकुरा हो, बदाम(मधेशी बदाम)।

मधेशी बदाममा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइन्छ। यसमा क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत हुन्छ। फाइबरयुक्त भएकाले बदाम मुटुका लागि समेत राम्रो मानिन्छ। मधेशी बदाम सेवनले दाँत एवं हड्डी बलियो हुन्छ।

बेलुका भिजाएको बदाम बिहान खाँदा पूरै दिन यसले शरीरमा शक्ति प्रदान गर्छ। यस्तो बदाम खाने सही समय बिहानको खाजा खानुभन्दा अघि हो। अथवा अन्य कुनैपनि बेला खान सकिन्छ ।

भिजाउँदा बदाममा नरमपन आउँछ र यसमा रहेको बाहिरी पत्र सजिलैसँग यसबाट बाहिर आउँछ। यसलाई बच्चा वा वृद्ध उमेरकाले पनि सजिलैसँग खान सक्छन्।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

योग गर्दै हुनुहुन्छ?, ध्यान दिनुस् यी कुरा

योग गर्दै हुनुहुन्छ?, ध्यान दिनुस् यी कुरा

सबैलाई थाहा भएको कुरा हो स्वस्थ्य शरीर, मन र मस्तिष्ककालागि योग एकदमै फाइदाजनक छ। तर योग गर्दा सावधानी अपनाउनु आवश्यक छ। योग गर्दा केही नियम अनिवार्यरूपमा पालना गर्नुपर्छ। नत्र योगबाट फाइदा होइन, बेफाइदा हुनसक्छ।

योग कठिन आसनबाट शुरु गर्नु हुँदैन। सरल हुँदै कठिनतिर जानुपर्छ।

योग गर्नुअघि थोरै वार्मअप गर्नु राम्रो हुन्छ। प्राणायाम गरेपछि मात्र योग शुरु गर्नुस्। अन्त्यमा शवासन गर्न नभुल्नुस्।

योग गरिरहेको बेला शरीर तातो हुन्छ। त्यसैले यतिवेला चिसो पानी पिउनु हुँदैन।

वज्रासन बाहेक अन्य कुनैपनि योग खाना खानसाथ गर्नुहुन्न । खाना खाएको कम्तीमा तीन घण्टापछि मात्र योग गर्नु राम्रो हो।

योग गरिरहेको समयमा शाैचालय जानु उचित हुँदैन। योग शुरु गर्दा नै मलमूत्र रहित भएर गर्नु राम्रो हुन्छ।

योग गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन। योग गर्दा शारीरिक तापमान बढ्छ। तत्काल शरीरमा चिसो पार्दा रुघाखोकीजस्ता समस्या आउन सक्छ।

योगगुरुको सल्लाह वा निगरानीविना जथाभावी योग गर्नु हुँदैन। किताब पढेर वा टीभीमा हेरेर योग गर्दा समस्या हुनसक्छ।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

पैदल हिँड्नुस्, आयु बढाउनुस्

पैदल हिँड्नुस्, आयु बढाउनुस्

शरीर स्वस्थ राख्न निमयमित हिँड्नुपर्छ। पैदल हिँड्नु आफैँमा व्यायाम हो। तीव्र गतिमा हिँड्दा शरीरका अंगहरू समुचित ढंगले सञ्चालन हुन्छ। शरीरले पर्याप्त अक्सिजन ग्रहण गर्छ। रक्तप्रवाह राम्ररी हुन पाउँछ।

दिनमा कम्तीमा ३० मिनेट नियमित हिँड्नाले मुटु स्वस्थ रहनुका साथै हड्डी बलियो हुुन्छ। पैदल हिँड्नाले शरीरको बोसो कम हुनुका साथै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा टाइप–२ मधुमेह नियन्त्रणमा  हुन्छ। जोर्नीको दुखाइ , मांसपेशीको समस्या कम हुनुका साथै ओस्टियोपोरोसिस तथा अन्य प्रकारका क्यान्सरको जोखिम कम हुन्छ।

हिँडडुल गर्नाले मोटोपनाको समस्या भएका व्यक्ति, वृद्धवृद्धा तथा लामो समय निस्क्रिय जीवन बिताइरहेका मानिसको लागि समेत फाइदाजनक हुन्छ। यसले उनीहरुको शारीरिक गतिविधि बढाउँछ।

एक अध्ययनअनुसार पैदल हिँड्नाले मुटुरोग लाग्ने जोखिम ३१ प्रतिशतसम्म कम हुन्छ। मुटुसम्बन्धी रोगका कारण मृत्यु हुने खतरा ३२ प्रतिशत कम हुन्छ। क्यान्सर सोसाइटीका अनुसन्धानकर्ताहका अनुसार सातामा औसत छ घण्टा वा सो भन्दा बढी पैदल हिँड्ने व्यक्तिको आयु लामो हुन्छ।

हिँडाइ कम भएमा यी उपाय अपनाउन सकिन्छ–

लिफ्टको सट्टा सिढीको प्रयोग गर्ने।

सार्वजनिक यातायातमा यात्रा गर्दा घर पुग्नु एक स्टप अगाडि नै ओर्लिने।

नजिकैको ठाउँ जानु परेमा हिँडेरै जाने।

हिँड्दा लामो लामो पाइला चाल्नुपर्छ।

थप समाचार

चिसाे बढेपछि धनुषाका विद्यालय बन्द

चिसाे बढेपछि धनुषाका विद्यालय बन्द

धनुषा : शितलहरका कारण अत्यधिक चिसो बढेपछि धनुषाका सामुदायिक तथा निजी विद्यालयहरू बन्द गरिएको छ।

जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय पुस १३ गते देखि १८ गतेसम्मका लागि बन्द गरिएको जिल्ला शिक्षा समन्वय समिति धनुषाका प्रमुख बर्खुप्रसाद रजकले जानकारी दिए।

प्रतिकुल मौसमका कारण ६ दिनका लागि सम्पूर्ण विद्यालयको अध्ययन अध्यापन बन्द गरेको उनले बताए। यस्तै निजी विद्यालयहरूको संगठन प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छन्। निजी विद्यालय भने पुस १४ गतेदेखि पुस १६ गतेसम्म मात्र बन्द गरिने भएको छ।

जाडो बढेपछि विद्यालयहरूमा विद्यार्थीको घट्दै गएको थियो। उनीहरूमा विभिन्न स्वास्थ्य समस्या पनि देखिन थालेकाे थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

कारागारमा छैनन् स्वास्थ्यकर्मी, कैदीबन्दीकाे उपचारमा समस्या

कारागारमा छैनन् स्वास्थ्यकर्मी, कैदीबन्दीकाे उपचारमा समस्या

दाङ : तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ।

क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिए पनि स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलीले बताए।

गत असोजमा दरबन्दीका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि उपचारमा समस्या भएको हो। तुलसीपुर कारागारमा ३७६ कैदीबन्दी छन्।

घोराही कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि गएको असोजदेखि स्वास्थ्यकर्मीविहीन भएको जेलर विष्णु पाण्डेले जानकारी दिए। दरबन्दीअनुसार स्वास्थ्यकर्मी कारागारमा नआएको र बिरामीलाई अस्पताल ल्याउँदा लैजाँदा असहज हुनुका साथै खर्चसमेत बढेकाे कारागार प्रशासनले जनाएको छ।

चालू आर्थिक वर्षमा आएको एक लाख ८० हजार बजेटमा अहिलेसम्म साढे एक लाख उपचार खर्चमा सकिएको जेलर पाण्डेले जानकारी दिए। घोराही कारागारमा अहिले ३१५ कैदीबन्दी  छन्।

चिसोका कारण कैदीबन्दीमा रुघाखोकी, हातखुट्टा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिएको बताइएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

तपाईँको बच्चामा डेडोपन छ?, गराई हाल्नुस् उपचार

तपाईँको बच्चामा डेडोपन छ?, गराई हाल्नुस् उपचार

मानव शरीरमा विभिन्न अंगहरूको छुट्टाछुट्टै विशेषता छ। त्यसमध्ये आँखा प्रमुख अंगमा पर्छ।

डेडोपन आँखामा देखिने एक समस्या हो। जुन जोकोहीलाई हुनसक्छ। कसैकसैको आँखा जन्मजात नै डेडोपन हुन्छ भने कतिपयको विभिन्न रोगका कारणले पनि हुनसक्छ।

हामीकहाँ बच्चाको आँखा डेडो भएमा ‘भाग्यमानी’ भन्ने चलन छ। तर वास्तवमा यो एक किसिमको रोग हो। यस्ता भ्रमको पछि लागेर उपचार नगर्दा बच्चाले जीवनभर आँखा देख्न नसक्ने पनि हुन सक्छन्।

डेडोपनको मुख्य कारण दृष्टिदोष नै हो। विभिन्न कारणले गर्दा बच्चाको आँखा कमजोर हुनसक्छ जस्तै आँखामा मोतिबिन्दु भएमा, मायोपिया भएमा पनि डेडोपन हुनसक्छ। कहिलेकाहीँ एउटा आँखा कमजोर भएमा त्यसलाई कम प्रयोग गरी स्वस्थ आँखा बढी प्रयोग गर्न थाल्छ। त्यसैले एउटै आँखामा भार पर्छ। उसले हेर्दा थोरै बाहिर वा भित्र हेरे जस्तो देखिन्छ। जसलाई हामी डेडोपन भन्छौँ।

अर्को कुरा चिकित्सकले दृष्टिदोषमा चस्मा लगाउन भनेको वेला चस्मा लगाइएन भने पनि यस्तो समस्या आउनसक्छ।

उपचार

पहिला डेडोपनको उपचार थिएन भने अहिले डेडोपनको उपचार पर्याप्त मात्रामा छ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने अहिले सबैखाले डेडोपनको उपचार सम्भव छ। पहिले पहिले उपचार नभएका वेला अन्धविश्वासमा परेर बस्ने गरेको भए पनि अहिले त्यसो गर्नुपर्ने अवस्था छैन। समयमै पत्ता लगाउन सकियो र उपचार भयो भने यो निको हुने समस्या हो।

डेडोपनाको समस्या न्यूनीकरण गर्न समयमा नै बच्चाको आँखाको ध्यान दिनुपर्छ। बच्चासँग बढी सँगै हुने भनेको आमा नै हो। त्यसैले आमाले बच्चाको आँखा कस्तो छ भन्ने याद गर्नुपर्छ। बच्चा जन्मेपछि शंका लागेमा आँखा विशेषज्ञलाई देखाउनुपर्छ। विकसित देशहरूमा बच्चा जन्मेपछि आँखा ‘स्क्रिनिङ’ गर्ने चलन छ। तर हामीकहाँ अहिलेसम्म त्यसबारे छलफल नै भएको छैन ।

बच्चा जन्मिनेबित्तिकै, प्री स्कुल लग्दा र स्कुलमा भर्ना गर्दा आँखाजाँच गर्ने व्यवस्था हुने हो भने यो समस्या बेलैमा पत्ता लाग्छ र समाधान पनि छिटै निस्किन्छ ।

बच्चा सातदेखि आठ वर्ष पुग्दासम्म आँखाको सम्पूर्ण विकास भइसकेको हुन्छ। त्यसैले यही बेला आँखाको स्क्रिनिङ र सही उपचार गर्दा डेडोपन मात्र हाेइन अन्य रोगबाट पनि जोगाउन सकिन्छ ।

ईशान बाल अस्पतालमा जन्मिने बच्चाको आँखा कस्तो छ भनेर हेर्ने गरेका छौं। स्क्रिनिङ गर्छौँ। यसैगरी सबै आमाहरू सचेत भएर आफ्नो बच्चाको आँखा जाँच गराउन जरुरी छ।

ईशान बाल अस्पतालमा कार्यरत डा मिनु चोधरीसँग हेल्थ टिभी अनलाइनका अशिम सापकोटाले गरेको कुराकानीमा आधारित 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

चिसोले बालबालिका र वृद्धवृद्धा मारमा

चिसोले बालबालिका र वृद्धवृद्धा मारमा

रसुवा : अत्यधिक तुसारो र धाराको पानीसमेत जमेर बरफ बन्न थालेपछि  बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। चिसोका कारण बालबालिकालाई निमोनिया र वृद्धवृद्धालाई खोकीको समस्या देखा परेको हो।

चिसोको असरबाट निमोनिया एवं दम खोकीका बिरामी बढेको रसुवा अस्पतालका प्रमुख डा.अनिलकुमार खरेलले बताए। उनका अनुसार दिनमा १५ भन्दा बढी चिसोप्रभावित बिरामी अस्पताल आउने गरेका छन्।

चिसोयामभर बालबालिका र ज्येष्ठ नागरिकलाई कम नुहाउने, नुहाउनै परे हल्का तातोपानीले चाँडो नुहाइदिने र तेलको मालिस गर्ने गर्न डा. खरेलले सुझाव दिए। बालबालिकालाई तातो खुवाउने, सिरक वा कम्बल ओडाएर घरभित्रै राख्ने र आगो ताप्नु परेमा हिटर वा कोइला मात्र प्रयोग गर्न पनि उनले सल्लाह दिए।

चिसोको असरले निमोनिया, रूघाखोकी लागि राखेको अवस्थामा दाउरा बाल्दा धुवाँले थप समस्या पार्ने उनको भनाइ छ। चिसोको बहानामा मदिरा तथा सुर्तीजन्य वस्तु प्रयोग नगर्न पनि चिकित्सकले सुझाव दिएका छन्।

ताजा अपडेट