Health TV Online

‘कोरोनाबाट बच्न सतर्कता अपनाउनुस्’

‘कोरोनाबाट बच्न सतर्कता अपनाउनुस्’

हेल्थ टिभी अनलाइन\काठमाडाैं : सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघले विश्वव्यापी संक्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई अपिल गरेकाे छ।

उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आह्वान गरेको हो।

भाइरसबाट बच्न मानसिकरूपमा सन्त्रासमा नपर्न र प्रतीरक्षाप्रति विश्वास जगाउन, हात नमिलाउन र अंकमाल नगर्न, नियमित रुघाखोकीका लागि प्रयोग हुने सिटामोल र डिकोल्ड, साइनेक्सजस्ता औषधि घर र विद्यालयमा राख्न आग्रह गरेको छ।

महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गरेको विज्ञप्तिमा  डिटोल र साबुनपानीले हात सफा गर्ने बानी बसाल्न पनि आग्रह गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्री ओली बोल्नसक्ने अवस्थामा, तरल पदार्थ खुवाइयाे, केही दिन सीसीयूमै रहने

प्रधानमन्त्री ओली बोल्नसक्ने अवस्थामा, तरल पदार्थ खुवाइयाे, केही दिन सीसीयूमै रहने

हेल्थ टिभी अनलाइन\काठमाडाैं : मिर्गाैला प्रतयाराेपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति राम्रो रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

प्रत्यारोपणमा संलग्न प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसारऔषधिका कारण ओली प्रायः निदाउने गरेका छन्। बिउँझिएका बेला चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिनसक्ने आफूलाई लागेका कुरा भन्न सक्ने अवस्थामा भएको उनले बताए।

प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेको र अन्य सूचकहरू राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनलाई झोल पदार्थ खुवाउन सकिने अवस्था रहेको डा. ज्ञवालीले बताए। शरीरले झोल पदार्थ सहजै रूपमा लिएपछि भने ठोस पदार्थ खुवाउने अस्पतालको तयारी छ।

त्रिवि शिक्षण अस्पतालमा बुधवार प्रधानमन्त्री  ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको होस साँझ नै आएको थियाे।

केही दिन सीसीयूमा

प्रधानमन्त्री ओलीका रक्तचापसहित सबै सूचकांक राम्रो रहेकाे बताइएको छ। ओलीलाई अझै केही दिन सीसीयूमा राखेर उपचार गरिने डा. ज्ञवालीले  बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डोटीमा स्वास्थ्य बिमा कार्यक्रम शुरु

डोटीमा स्वास्थ्य बिमा कार्यक्रम शुरु

हेल्थ टिभी अनलाइन\डाेटी : जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ। दिपायल सिलगढी नगरपालिकामा बुधबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले दुई वृद्धाकाे बिमा गरी कार्यक्रम शुरु गरिएको हो।

बिमा अभियानअन्तर्गत ‘क’ वर्गका अपाङ्गता व्यक्ति, ज्येष्ठ नागरिक, एचआईभी संक्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिए। त्यस्तै स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ। एक घरका एकदेखि पाँचजनालाई तीन हजार ५०० र पाँचभन्दा बढी भए एकजना बराबर  ७०० रूपैयाँका दरले वार्षिक प्रिमियम दर रकम लाग्नेछ ।

सुदूरपश्चिमका नौवटै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ । हालसम्म ४८८ स्थानीय तहमा बीमा कार्यक्रम विस्तार भइसकेको जनाइएको छ । २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बिमा शुरु भएको थियो। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका डा. भूषण मिश्रले भने, ‘सुदूरपश्चिमका सबै जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यान्वयनमा आएको छ।’

यसअघि प्रदेशका अन्य जिल्लामा लागू भएको बिमा कार्यक्रममा हालसम्म कुल जनसख्याको १२ प्रतिशत मात्र आबद्ध भएको जनाइएको छ। पछिल्लो जनगणना अनुसार प्रदेशको कुल जनसंख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा हालसम्म कार्यक्रममा दुई लाख ४६ हजार २०३ जना आबद्ध भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमणबारे सतर्कता बढाउन दक्षिणपूर्वी एसियाली देशलाई डब्लूएचओको आग्रह

कोरोना संक्रमणबारे सतर्कता बढाउन दक्षिणपूर्वी एसियाली देशलाई डब्लूएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एसियाली देशहरूलाई कोरोना संक्रमणबारे सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको छ।

डब्लूएचओ दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले विज्ञप्ति जारी गरी सतर्कता अपनाउन आग्रह गरेकी हुन्।

भारत, इण्डोनेसिया र थाइल्याण्डमा भाइरस पुष्टि भएपछि डब्लूएचओले सतर्कता अपनाउन आग्रह गरेको हो।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको त्रास : इटालीका विद्यालय १० दिनका लागि बन्द

कोरोनाको त्रास : इटालीका विद्यालय १० दिनका लागि बन्द

कोरोना भाइरस संक्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ। त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरस संक्रणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ। त्यो युरोपको सबैभन्दा गम्भीर संक्रमण हो।प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका छन्।

देशको उत्तरी क्षेत्रमा तीन भन्दा बढी मानिसमा संक्रमण देखिएको छ। तर इटलीका अन्य २० मध्ये १९ क्षेत्रमा पनि संक्रमण फैलिएको पुष्टि भइसकेको छ।

इटलीले के गरिरहेको छ?

शिक्षामन्त्री लुचिया चोलिनाले विद्यार्थीले चाँडै कक्षा सुरु गर्नेमा आफू विश्वस्त रहेको बताइन्। ‘मेरो प्रतिबद्धता भनेको हाम्रा सबै विद्यार्थीलाई आवश्यक सार्वजनिक सेवाको सुनिश्चितता गर्नु हो’, उनले भनिन्।

स्थानीय सञ्चारमाध्यमले स्वास्थ्य विशेषज्ञहरू तथा इटलीको स्वास्थ्य मन्त्रालय विद्यालय बन्द गर्ने पक्षमा रहेको जनाएका छन्।

स्वास्थ्य विशेषज्ञहरू फुटबल प्रतियोगिताहरू पनि बन्द ढोकाभित्र खेलियोस् भन्ने चाहन्छन्। कतिपय खेल प्रतियोगिताहरू पहिले नै स्थगित भएका छन्।

इटलीको नागरिक सुरक्षा निकायले बुधवार कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या २८ बाट १०७ पुगेको जनाएको थियो।मिलाननजिकै अवस्थित लोम्बार्ड्री क्षेत्र र उत्तरी भेगका बोलोग्ना र भेनिसनजिकैका ठाउँमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ।

यसअघि मिलाननजिकैका ११ वटा नगरमा झण्डै ५० हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको भए पनि संक्रमण फैलिन रोकिएन।समाचारसस्था रोएटर्सका अनुसार इटली सरकारले अब सिनेमाघर र नाट्यशाला तथा सार्वजनिक कार्यक्रममा पनि रोक लगाउने तयारी गरिरहेको जानकारी पाइएको छ।

सरकारले मस्यौदा गरिरहेको एउटा आदेशमा सर्वसाधारण मानिसलाई यथासम्भव अंकमाल नगर्न तथा हात नमिलाउन सुझाव दिने उल्लेख छ।

अन्यत्र कस्तो स्थिति छ?

चीन र हङ्‌कङ, जापान, इराक र यूएईले पहिले नै विद्यालयहरू बन्द गरिसकेका छन् वा गर्न लागेका छन्। त्यसबाट विद्यालय उमेरका लाखौँ बालबालिका प्रभावित हुनेछन्।

फ्रान्सले कोरोना भाइरस प्रभावित क्षेत्रमा १२० वटा विद्यालय बन्द गराएको छ। उत्तरी प्यारिसका प्राथमिक र माध्यमिक विद्यालयहरू बन्द गरिएका हुन्। त्यहाँ कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भएको छ।

बीबीसी नेपालीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा कोरोना भाइरस संक्रमण : नआत्तिऔँ, सरसफाइमा ध्यान दिऔँ

नेपालमा कोरोना भाइरस संक्रमण : नआत्तिऔँ, सरसफाइमा ध्यान दिऔँ

हेल्थ टिभी अनलाइन\काठमाडाैं : यतिखेर चीन मात्र होइन कोरोनासँग विश्व नै त्रासमा परेको अवस्था छ। कोरोनाका कारणले चीनमा तीन हजारभन्दा बढीको मृत्यु भइसेको छ भने दक्षिण कोरिया र इटलीमा पनि यो द्रुत गतिमा फैलिएको छ। त्यसो त हालसम्म ६४ देशमा यसको संक्रमण फैलिसकेको छ।

नेपालमा पनि मानिसहरू असाध्यै त्रसित बनेको अवस्था हामीले देखेका छौँ। तर डराएर मात्र समस्या समाधान हुँदैन। यसबारेमा बुझ्ने र बच्नका लागि उपाय अवलम्बन गर्नेतर्फ लाग्नुपर्छ।

पहिलो कुरा त कोरोना भाइरस नेपालमा भित्रिसकेको अवस्था होइन। एकजनामा संक्रमण देखिएको थियो। अध्ययन गर्दा निष्क्रिय किसिमको भाइरस पाइएको थियो। केही दिनको उपचारपछि उनी घर फर्किए।

कोरोना हुँदैमा मरिहालिन्छ भन्ने भ्रम छ। यो वास्तविकता होइन। कोरोना भाइरसबाट हुने मृत्युदर जम्मा ३ प्रतिशत छ। त्यसैले धेरै त्रासमा बस्न जरुरी छैन। त्यो ३ प्रतिशत पनि ६० काटेका बुढाबुढी, मुटुरोग, दमको समस्या, मधुमेह, पहिलेदेखि बिरामी, रोगसँग लड्नसक्ने क्षमता कम भएकाहरूमा यो संक्रमण हुने सम्भावना बढी हुन्छ।

सबैभन्दा महत्त्वपूण कुरा हल्लाको पछि लाग्नुको सट्टा यसबाट जोगिन के गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ। यसबाट जोगिने पहिलो उपाय भनेकै आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिने हो।

हात कहिले कानतिर लग्ने, कहिले नाकतिर लग्ने, छेउछाउमा छोइरहने बानी छ भने यसलाई छाड्नैपर्छ। जति धेरै शरीरको यताउता छोइन्छ, त्यसमा भएका किटाणु हातमा टाँसिन्छन्। केही सामान छोएपछि साबुन पानीले मिचीमिची हात धुनु जरुरी छ। यसले गर्दा किटाणु हातमा बस्न पाउँदैनन्।

भेट्दा र छुट्दा हात मिलाउने चलन छ। तर यो बानी राम्रो होइन। कोरोना सर्छ भनेर मात्र होइन, अन्य समयमा पनि उपयुक्त छैन। अर्को व्यक्ति के छोएको हुन्छ, हात कहाँ कहाँ लगेको हुन्छ, थाहा हुँदैन। हात मिलाउने क्रममा एउटामा भएको अर्काकोमा सर्न सक्छ। त्यसैले आजैबाट हात मिलाउन छोडौं।

त्यसैगरी कसैलाई रुघाखोकी लागेको छ भने उसको नजिक नजाऔँ। मास्क अनिवार्य प्रयोग गरौँ। काँचो खानेकुरा सकेसम्म नखाऔँ।

सबैभन्दा महत्त्वपूर्ण कुरा कोरोनाले फोक्सोमा असर गर्ने हो। त्यसैले बुढाबुढीलाई निमोनियाविरुद्धको निमोकोकल भ्याक्सिन दिने गरौंँ। अन्य व्यक्तिले पनि इन्फ्लुयन्जाविरुद्धको भ्याक्सिन लिऔँ।

यदि रोग आइहालेमा पनि स्वास्थ्य मन्त्रालयले उपचारका लागि ४३ वटा ‘आइसोलेसन बेड’ छुट्याइसकेको छ। हब र स्टाटलाइट अस्पताल तयारी अवस्थामा छन्। आत्तिइहाल्नुपर्ने अवस्था छैन। तर सचेत हुनैपर्छ।

चीनमा र इटलीमा बाहेक व्यक्तिबाट व्यक्तिमा यो भाइरस सरेको पाइएको छैन। त्यसैले सरसफाइमा ध्यान दिऔँ। नआत्तिऔँ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

भारतले औषधि निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभर त्रास

भारतले औषधि निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभर त्रास

विश्वभरि कोरोना भाइरस संक्रमण फैलिरहेको वेलामा भारतले कैयौँ औषधि निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ।

जेनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधि निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि अभाव हुने त्रास बढेको छ।

सिटामोल पनि

भारतले नियन्त्रण गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ। यो औषधि शरीरको दुखाइ कम गर्न विश्वभरि सबभन्दा धेरै प्रयोग गरिने औषधि हो।

भारतको यो घोषणा औषधिको कच्चा पदार्थ उत्पादन गर्ने चिनियाँ कम्पनीहरू बन्द भइएको वा सीमित क्षमतामा सञ्चालित भएको वेला आएको हो।

भारतका औषधि निर्माताहरू ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन्। औषधि उद्योगका विज्ञहरूले प्रकोप जारी रहे तिनले अभाव झेल्नुपर्ने चेतावनी दिइसकेका थिए।

‘चीनमा नबन्ने औषधिका कच्चा पदार्थ पनि चीनबाटै मगाइन्छ। यदि भारत र चीन दुवै प्रभावित भए भने विश्वभरि नै अभाव हुनसक्छ’, चाइना मार्केट रिसर्च ग्रुपका विश्लेषक शउन रेनले बताए।

निर्यात नियन्त्रणका निम्ति सूचीकृत भएका सामग्री र औषधि भारतीय औषधि उत्पादकहरूको कुल निर्यातको १० प्रतिशतजति हुन्छ। यसमा टिनिडाजोल र इरिथ्रोमाइसिन जस्ता एन्टीबायोटिक, हर्मोन प्रोजेस्टरोन र भिटामिन बी १२ पर्छन्।

अक्सफोर्ड इकोनोमिक्सका अगुवा अर्थविद् स्टिभन फोरम्यानले  यी घटनाक्रमले बजारमा सामग्रीको अभाव र मूल्यवृद्धि देखिइसकेको बताए। ‘भारतमा सामग्रीको आपूर्तिमा कमी हुनासाथ त्यहाँ मूल्य बढेको सङ्केत पाइसकिएको छ’, उनले भने।

नेपालमा आत्तिनुपर्दैन

नेपाल फार्मस्युटिकल्स एसोसिएसनका अध्यक्ष शशिकान्त चौधरीका अनुसार नेपालमा अहिले आत्तिनुपर्ने अवस्था छैन। नेपालमा झण्डै ६० वटा कम्पनीले औषधि उत्पादन गर्छन्। प्रत्येक कम्पनीसँग तीनदेखि छ महिनासम्म औषधि उत्पादन गर्न पुग्ने कच्चा पदार्थ मौज्दात रहेको हुनुपर्ने उनले बीबीसीलाई जानकारी दिए।

‘चीनबाट आयात घटेको र भारतले केही सामग्रीको निर्यातमा कडाइ गरेका कारण केही समस्या उत्पन्न हुन सक्ने भए पनि अहिले नै आत्तिनुपर्ने अवस्था छैन’, चौधरीले भने।

बजारमा देखा परेको अभाव कम गर्न विभिन्न निकायले घरटोलमा पुगेर जनचेतना बढाउनुपर्ने उनको भनाइ छ।

बीबीसी नेपालीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भइरहँदा यस्तो देखियो शिक्षण अस्पतालमा…

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भइरहँदा यस्तो देखियो शिक्षण अस्पतालमा…

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्माको मिर्गौला प्रत्यारोपण चलिरहँदा शुभचिन्तकहरू महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभको कामना गरिरहेका थिए।

ओलीको मिर्गौलाको सफल प्रत्यारोपणको कामना गर्न बालबालिकादेखि वृद्धवृद्धासम्म र विद्यार्थीदेखि पेशाकर्मीसम्म महाराजगञ्जसम्म पुगेका थिए। कसैले ‘प्लेकार्ड’मार्फत प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरे भने कसैले अस्पतालमा रहेको मन्दिरमा पूजापाठ गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीका मुख्य सूचक राम्रो अवस्थामा

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीका मुख्य सूचक राम्रो अवस्थामा

हेल्थ टिभी अनलाइन\काठमाडौं : मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

सफलतापूर्वक प्रत्यारोपण सम्पन्न भएपछि त्रिवि शिक्षण अस्पतालले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको जनाइएको छ।

हाल उनई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षामा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रधानमन्त्रीओलीको उपचार टोलीमा चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपालीलगायत छन्।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सङ्ग्रौलाको शल्यक्रिया टोलीमा प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. आनन्द कुमारलगायत छन्। एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा. डा. सुवास आचार्यलगायत छन्।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधवार बिहान १०ः०० बजे शल्यक्रिया कक्षमा लगिएको थियो।  मिर्गौला प्रत्यारोपण सफल भएपछि अस्पताल परिसरमा उपस्थित शुभेच्छुकले खुशियाली मनाएका थिए।

यसअघि २०६४ साउनमा पहिलोपटक उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ।

बिहान साढे १० बजे शुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरूले बताए।

मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भाञ्जी समीक्षा संग्रौलालाई पोस्टअपको आईसीयूमा सारिएको जनाइएको छ।

प्रधानमन्त्रीको उपचार टोलीमा अस्पतालका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा उत्तम शर्मा, डा. दिव्यासिंह शाह र डा. पवनराज चालिसे रहेका थिए।

यस्तै डा. सुमन चापागाईँ, डा. सुजित पौडेल, डा. मनीष प्रधान, डा सुवास आचार्य, डा. अनिल श्रेष्ठ, डा. महेशराज सिग्देल, डा. मकुन्द काफ्ले, र डा. रविन नेपाली लगायत पनि टोलीमा रहेका थिए। भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालका चिकित्सक अनन्तकुमारसमेत थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै शिक्षण अस्पतालमा सत्यनारायण पूजा!

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै शिक्षण अस्पतालमा सत्यनारायण पूजा!

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गर्दै त्रिवि शिक्षण अस्पतालमा सत्यनारायणको पूजा लगाइएको छ।

बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भइरहँदा मिर्गौला पीडित समाजले अस्पतालस्थित महामृत्युञ्जयश्वर महादेवको मन्दिरमा पूजा लगाएकाे हाे।

मिर्गौला पीडितहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै आफूहरूलाई बाँच्ने आधार बनाइदिन माग गरे। उनीहरूले पीडित प्रमाणपत्र बनाइदिन र सहजरूपमा आफूहरूकाे उपचार गरिदिन पनि माग गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्यसचिव कोइरालाले सम्हाले जिम्मेवारी

स्वास्थ्यसचिव कोइरालाले सम्हाले जिम्मेवारी

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जिम्मेवारी सम्हालेका छन्। उनले बुधवार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन्।

स्वास्थ्य मन्त्रालयमा रहने दुई सचिवमध्ये कोइराला निजामती सेवातर्फका हुन्। स्वास्थ्य सेवातर्फको सचिव पद भने रिक्त छ।

अघिल्ला सचिव खगराज बराल सरुवा भएपछि कोइराला आएका हुन्। यसअघि उनी  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दैलेखमा स्वास्थ्य बिमा शुरु

दैलेखमा स्वास्थ्य बिमा शुरु

हेल्थ टिभी अनलाइन दैलेख : जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापालगायत १५ जनालाई स्वास्थ्य बिमा गरेर कार्यक्रमको औपचारिक शुरुआत गरिएको हो।

निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारीलगायतको उपस्थितिमा बिमा औपचारिक शुरुआत गरिएकाे हाे। आम नागरिकको घरदैलोमा पुगेर बिमा गराउने काम प्रभावकारी बनाउन जिल्ला समन्वय समितिका प्रमुख थापाले बताए।

उनले दैलेखका ११ वटै स्थानीय तह र ९० वडामा खटिएका सहयोगी कार्यकर्ताहरूले आम नागरिकलाई बीमा अभियानमा समावेश गरेर एक लाख रुपैयाँसम्मको सुविधा पाउने अवसरबाट वञ्चित नगराउन सुझाव दिए।

बिमा अभियानअन्तर्गत ‘क’ वर्गका अपांगता, ज्येष्ठ नागरिक, एचआईभी संक्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिनेछ। स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ। एकाघरका एकदेखि पाँचजनालाई तीन हजार ५०० रूपैयाँ र पाँचजनाभन्दा बढी भए प्रतिएकजना बराबर रु ७०० का दरले वार्षिक प्रिमियम लाग्ने जानकारी छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

जिल्ला अस्पताललाई ३० लाखको उपकरण

जिल्ला अस्पताललाई ३० लाखको उपकरण

हेल्थ टिभी अनलाइन\सोलुखुम्बु : लायन्स क्लब इन्टरनेसनलले जिल्ला अस्पताल फाप्लुलाई ३० लाख रुपैयाँ बराबरको उपकरण प्रदान गरेको छ।

प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको पहलमा लायन्स क्लबले प्रसूतिका लागि अति आवश्यकीय १२ प्रकारका उपकरण अस्पताललाई प्रदान गरेको हो।

फाप्लु अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले लाइन्स क्लबको सहयोगले जिल्लामा मातृ शिशु मृत्युदरलाई कम गर्न सकिने विश्वास व्यक्त गरे। उनले हिमाली जिल्ला दुर्गम जिल्लामै पर्ने भएकाले पनि यहाँका जनता स्वास्थ्यलगायत अन्य अति आवश्यक सेवाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताए।

लाइन्स क्लब अमेरिकाबाट प्राप्त उपकरण पोखरा–विराटनगर हुँदै सोलुखुम्बुसम्म ढुवानीको जिम्मेवारी लाइन्स क्लब काठमाडाैंले गरेको छ। अत्यन्तै संवेदनशील उपकरण भएकाले पोखराबाट सोलुखुम्बुसम्म ढुवानी गर्न करिब एक लाख २५ हजार रूपैयाँ बराबर खर्च भएको लाइन्स क्लब काठमाडाैंका सभापति राजेन्द्र कोइरालाले बताए।

जनशक्ति भए पनि उपकरण नहुँदा यहाँका अधिकांश महिला ओखलढुङ्गाको मिसन अस्पताल वा काठमाडौँलगायत अन्य स्थानमा जानुपर्ने बाध्यता छ। त्यही बाध्यतालाई दृष्टिगत गर्दै उपकरण सहयोग मागिएको प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक राजभण्डारीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइसरबाट बच्न हात धुने अभियान

कोरोना भाइसरबाट बच्न हात धुने अभियान

हेल्थ टिभी अनलाइन\झापा :  कोरोना भाइसरबाट बच्न कमल गाउँपालिकाका विद्यालयहरूमा हात धुने अभियान सञ्चालन गरिएको छ।

विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीलाई हात धुने चेतना दिइएको हो। ग्लोबल स्यानिटेशन फण्ड\यूएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र झापाले सहजीकरण गरिरहेको पूर्ण सरसफाइ अभियानअन्तर्गत हात धुने अभियान सञ्चालन गरेको संयोजक सोम आचार्यले बताए।

‘विद्यालयमा मात्र होइन, समुदायस्तरमा पनि अभियान सञ्चालन गरिएको छ’, उनले भने, ‘अभियानमा उत्साहजनक सहभागिता देखिएको छ।’

कार्यक्रमले कोरोना भाइरसविरुद्ध सचेतना अभिवृद्धि हुँदै गएको विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएकोमा चिकित्सक संघ खुशी

प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएकोमा चिकित्सक संघ खुशी

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै स्वदेशी चिकित्सकहरूबाट मिर्गौला प्रत्यारोपण गराएको भन्दै नेपाल चिकित्सक संघले खुशी प्रकट गरेको छ।

संघले विज्ञप्ति निकालेर नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको क्षमताप्रति विश्वास गरेको भन्दै खुशी व्यक्त गरेको हो। संघले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्लाभको कामना गरेको छ। ‘नेपालमै नेपाली चिकित्सकबाट  आफ्नो उपचार उपचार गराउने प्रधानमन्त्रीको निर्णयलाई नेपाल चिकित्सक संघ उच्च सम्मान प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

उच्च ओहोदामा रहेका अन्य व्यक्तिले पनि स्वदेशमै उपचार गराउनुपर्ने गर्नुपर्ने संघकाे भनाइ छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अज्ञात रोग फैलिएको डोल्पाको गाउँमा पुग्यो चिकित्सक टोली

अज्ञात रोग फैलिएको डोल्पाको गाउँमा पुग्यो चिकित्सक टोली

हेल्थ टिभी अनलाइन\ डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीडाँडामा फैलिएको अज्ञात रोगको नमुना परीक्षणका लागि चिकित्सकसहितको टोली पुगेको छ।

रोगग्रस्त नागरिकको नमुना संकलनका लागि प्रदेश अस्पतालका डा. इन्द्रबहादुर थापा र ल्याब टेक्निसियन कमलकुमार थापा सेनाको हेलिकोप्टरमार्फत प्रकोप क्षेत्रमा पुगेका हुन्। नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने बताइएको छ।

त्यसैगरी प्रकोप क्षेत्रमै बसेर उपचार गर्ने गरी जिल्ला अस्पताल डोल्पाबाट डा. मेलिना हमाल र एचए सारङ्गा रोकाय पनि गएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा सिजन रावलले जानकारी दिए।

मास्क, पञ्जा, एन्टिभाइरललगायत आवश्यक औषधिसमेत प्रभावित क्षेत्रमा लगिएकाे रावलले बताए। प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थ्यचौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेको बताइएको छ।

४५ घरधुरी भएको करेलीकाँडामा रोगका कारण घरैपिच्छे बिरामी भएको र अहिलेसम्म २० भन्दा धेरै बिरामीलाई उपचार गरिएको स्वास्थकर्मीले बताएका छन्। प्रभावित क्षेत्रका बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिंगटा लाग्ने र शरीर दुख्नेजस्ता लक्षण देखिएको स्वास्थकर्मीले बताएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमणबाट बच्न पूर्वसावधानी अपनाउनुस् : देउवा

कोरोना संक्रमणबाट बच्न पूर्वसावधानी अपनाउनुस् : देउवा

हेल्थ टिभी अनलाइन\कैलाली : पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण फैलिन नदिन सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

नेपाल प्रेस युनियन कैलालीले बुधवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले संक्रमणबाट बच्न सचेत हुन सुझाव दिए।

पूर्वसावधानी अपनाउन, भरसक हात नमिलाउन र नमस्कार गर्न उनले आग्रह गरे। ‘कोरोना भन्ने खतरनाक रोग नेपालमा आएको छ। हात मिलाउन हुँदैन,’ देउवाले भने, ‘नमस्ते गर्नुपर्छ। हामी त जय नेपाल गर्छौँ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमणको त्रास : इरानमा ५४ हजार कैदी केही समयका लागि रिहा

कोरोना संक्रमणको त्रास : इरानमा ५४ हजार कैदी केही समयका लागि रिहा

धेरै चाप भएका कारागारहरूमा कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरेको छ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले कोरोना संक्रमण नभएको पुष्टि भएकालाई जमानत लिएर केही दिनका लागि छाडिएको बताए।

पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका ‘सुरक्षासँग सम्बन्धित कैदीहरू’लाई भने छाडिएको छैन।

एक ब्रिटिस सांसदका अनुसार इरानको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्नेछिन्।

ट्यूलिप सिद्दिकले इरानी राजदूतलाई उद्धृत गर्दै जाग्हारी रेट्क्लिफ सम्भवतः केही समयका लागि बुधवार वा बिहीवार रिहा हुने बताएकी छन्।

उनका पतिले शनिवार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोरोना संक्रमण भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए।

तर इस्माइलीले सोमवार बताएअनुसार त्यसपछि उनले परिवारसँग सम्पर्क गरिन् र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिइन्।

बीबीसीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भरतपुर अस्पतालमा स्वास्थ्य मन्त्रालयको निरीक्षण

भरतपुर अस्पतालमा स्वास्थ्य मन्त्रालयको निरीक्षण

 हेल्थ टिभी अनलाइन\चितवन : कोरोना भाइरस रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले निरीक्षण गरेको छ। मन्त्रालयका सहसचिव मोहम्मद दाउदको नेतृत्वको टोलीले मंगलवार अस्पतालको अनुगमन गरेको हो।

दाउदले अस्पतालमा आएका बिरामीको अवस्था र यहाँ आउनसक्ने खतराबारे सजग रहन निर्देशन दिए। छिमेकी देश र रोजगारीको सिलसिलामा गएर फर्किएकालाई घरमै ‘क्वारेन्टाइन’ गराउनतर्फ केन्द्रित हुन आवश्यक रहेको उनले बताए। अस्पतालमा आएका बिरामीमध्ये विदेशबाट फर्किएका र धेरै घुमफिर गर्नेलाई निगरानी बढाउन उनले निर्देशन दिए।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोना भाइरस देखिइहालेमा अस्पतालले गरेका पूर्वतयारीबारे जानकारी दिए। उनले पाँच शय्याको छुट्टै कक्ष (आइसोलेसन वार्ड) स्थापना गरिएको, दुई चिकित्सकलाई विशेष जिम्मेवारी (फोकल पर्सन) दिएको बताए।

अस्पतालका स्वास्थ्यकर्मीलाई सचेत गराउने र काेराेनाबारेजनचेतना फैलाउने काम भइरहेको तिवारीले बताए।

ताजा अपडेट