Health TV Online
Health TV Online

कलिला केटाकेटीमा हुने आँखाकाे क्यान्सर ‘रेटिनोब्लास्टोमा’

कलिला केटाकेटीमा हुने आँखाकाे क्यान्सर ‘रेटिनोब्लास्टोमा’

बालबालिकाको आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने त्यसलाई सामान्य रूपमा लिन नहुने चिकित्सकहरूले बताउँछन्।

बालबालिकाको आँखामा लाग्ने क्यान्सर जसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ, त्यसको एउटा मुख्य लक्षण लामो समयसम्म आँखा रातो हुनु रहेको चिकित्सकहरू बताउँछन्।

त्यसबाहेक आँखाको नानीमा सेतो टिका वा बत्तीजस्तो देखिनु यो रोगको अर्को लक्षण हो। चिकित्सकहरूका अनुसार आँखा बाङ्गो हुँदै जानु, आँखा रातो भइराख्नु र जति उपचार गरे पनि ठिक नहुने यसका शुरुवाती लक्षण हुन्।

तत्काल उपचार

बालबालिकाको आँखामा यस्ता समस्या देखिनेबित्तिकै उपचार गर्न थाल्न पाए यो रोग निको पार्न सकिने आँखाको क्यान्सर रोग विशेषज्ञ पूर्णिमा राजकर्णिकार बताउँछिन्।

‘रोग लाग्नेबित्तिकै उपचार शुरु गर्न पाए बिरामीको आँखाको ज्योति र ज्यान दुवै बचाउन सक्छौं। तर यस्तो रोग लागेका बिरामी हामीकहाँ आइपुग्दा निकै ढिलो भइसकेको हुन्छ’, तिलगंगा आँखा अस्पताल काठमाडौं कार्यरत डा. राजकर्णिकारले भनिन्।

चिकित्सकहरुका अनुसार प्राय पाँच वर्ष मुनिका बालबालिकामा रेटिनोब्लास्टोमा हुन्छ।

कसैलाई दुवै आँखामा

अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार विश्वमा १५ हजार बालबालकामध्ये एक जनामा यस किसिमको क्यान्सर देखिन्छ। नेपालमा वर्षमा ४०\५० जना बालबालिकामा रेटिनोब्लास्टोमा हुने अनुमान गरिएको डा. राजकर्णिकारले बताइन्।

गत वर्ष मात्र रेटिनोब्लास्टोमा भएका करिब ३५ जना नयाँ बिरामी तिलगंगा आँखा अस्पतालमा उपचार गराउन आएको बताइएको छ। त्यसमध्ये १० जना बिरामीको दुवै आँखामा रेटिनोब्लास्टोमा भएको भेटिएको थियो।

जनचेतना

‘यो रोग निकै छिटो फैलिन्छ त्यसैले सुरुमै उपचार थाल्न नपाए यसले जटिल समस्या उत्पन्न गर्छ’, उनी भन्छिन्, तर आँखाजस्तो संवेदनशील अंग र बालबालिकासँग जोडिएको यस रोगबारे धेरैलाई राम्रो जानकारी छैन त्यसैले जनचेतना फैलाउन जरुरी छ।’

सबै अभिभावक, दूर दराजमा बसेका प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रदयाकहरूदेखि बालबालिकासँग धेरै सम्पर्कमा रहकने शिक्षक, समाज र परिवारका अन्य सदस्यले याे रोगका लक्षणबारे थाहा पाउन जरुरी रहेको डा. राजकर्णिकार बताउँछिन्।

बीबीसी नेपालीबाट

थप समाचार

खाना खाएपछि नगर्नुस् यस्ता गल्ती

खाना खाएपछि नगर्नुस् यस्ता गल्ती

हरेक मानिसका आ–आफ्ना बानी हुन्छन्। थाहा पाएर वा नपाएर तिनले फाइदा पनि पुर्याइरहेका हुन्छन्। केही बानीले मानिसलाई हानि पनि गरिरहेका हुन्छन्।

खाना खाइसकेपछि केही न केही गर्ने धेरै मानिसको बानी हुन्छ। केही यस्ता काम छन् जो खाना खानेबित्तिकै गर्दा शरीरमा गम्भीर असर पुग्न सक्छ। खाना खानेबित्तिकै गर्न नहुने केही काम–

पानी नपिउनुस्

मानव शरीरका लागि अत्यावश्यक मानिन्छ पानी। तर, कुनै बेला यो घातक पनि हुन सक्छ। खाना खानेबित्तिकै पानी नपिउनुस्। यसले पाचनप्रणालीमा असर पुर्याउँछ।

फल नखानुस् 

प्राकृतिक रूपमा पाकेका ताजा फल खानु स्वास्थ्यवर्धक मानिन्छ। तर त्यही फल परिस्थितिअनुसार विष पनि बन्न सक्छ। खाना खानेबित्तिकै कुनै पनि प्रकारको फल सेवन गर्नु हानिकारक हुन्छ।

खानेबित्तिकै नसुत्नुस्

खाना खानेबित्तिकै सुतिहाल्ने धेरै मानिसको बानी हुन्छ। यस्तो बानी छ भने हटाइहाल्नुस्। यसले पनि शरीरलाई हानि पुर्याउँछ।

ननुहाउनुस् 

खाना खानेबित्तिकै नुहाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ। बरू नुहाएर खाना खानुचाहिँ स्वास्थ्यवर्धक मानिन्छ।

चुरोट\मदिरा नपिउनुस् 

चुरोट पिउनु पनि तपाइँ मात्र होइन नजिक बस्नेको स्वास्थ्यका लागि पनि हानिकारक मानिन्छ। खाना खानेबित्तिकै चुरोट पिउँदा त क्यान्सरको खतरा झन् बढ्छ। त्यसै पनि मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक छ। झन् खाना खानेबित्तिकै मदिरा पिउँदा मुटुसम्बन्धी समस्याले सताउन सक्छ।

थप समाचार

शरीरकाे प्रतिरक्षा बढाउन चाहनुहुन्छ? नियमित खानुस् यी खानेकुरा

शरीरकाे प्रतिरक्षा बढाउन चाहनुहुन्छ? नियमित खानुस् यी खानेकुरा

शरीरको प्रतिरक्षा प्रणाली कमजोर भयो भने मानिसलाई सामान्यदेखि गम्भीर रोगले समाउन सक्छ। त्यसैले प्रतिरक्षा शक्ति बलियो बनाउन ध्यान दिनुपर्छ। शरीरको प्रतिरक्षा शक्ति बलियो बनाउने १० खानेकुरा–

पहेंँला तरकारी तथा फलफूल

पहेंला तरकारी तथा फलफूलमा भिटामिन सी र ए को मात्रा पर्याप्त मात्रामा पाइन्छ। यस्ता खानेकुराले पनि शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउँछन्। आँप, आरु, खुर्सानी, गाजर, फर्सीजस्ता फलफूल तथा तरकारीमा भिटामिन पाइन्छ।

रसयुक्त फलफूल

रसयुक्त फलफूलमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ। भिटामिन सीले फ्लु तथा चिसोको एलर्जीसँग लड्ने क्षमता बढाउँछ। भिटामिन सी अंगुर, सुन्तला, मौसम, कागती, जुनार, भोगटेजस्ता फलफूलमा पाइन्छ। यसर्थ यस्ता फलफूल दैनिक खानामा समावेश गर्नुपर्छ।

बेसार

बेसारमा यस्तो शक्ति हुन्छ, जसले किटाणु मार्छ। यसका साथै यसमा हुने तत्त्वले बाथरोगका कारण हुने हड्डी टुक्रिने तथा सुन्निने समस्याबाट बचाउँछ। नियमित खानामा बेसार प्रयोग गर्दा मांशपेसी नष्ट हुन दिँदैन।

अदुवा

अदुवाले घाँटीको संक्रमण हटाउन सहयोग गर्छ। साथै शरीर सुन्निएको तथा अन्य विभिन्न रोगमा समेत यसले उत्तिकै फाइदा पुर्याउँछ। यसकारण यसको नियमित सेवनले रोगसँग लड्ने क्षमता बढाउँछ।

पालुंगो

पालुंगाको साग शरीरमा प्रतिरक्षा शक्ति बढाउन अति उपयोगी छ। कारण यसमा भिटामिन ए, सी प्रशस्त मात्रामा पाइनुका साथै ‘एन्टिअक्सिडेन्टल’ तत्त्व हुन्छ। यी तत्त्वहरूले शरीरमा प्रतिरक्षा क्षमता वृद्धि गर्न सहयोग गर्छन्।

ब्रोकाउली

ब्रोकाउली भिटामिन र खनिजका लागि उत्तम मानिन्छ। यसका साथै यसमा भिटामिन ए, सी र इ समेत पाइन्छ। यसलाई बढी पकाउनु हुँदैन। बढी पकाउँदा भिटामिन नष्ट हुन्छ।

बदाम

आल्मोन्ड अर्थात् बदाममा भिटामनि सी र ई पाइन्छ। यो शरीरका लागि अत्यन्त पोषक तत्त्व मानिन्छ। यसका साथै आल्मोन्डमा पाइने तेलले शरीरलाई झरिलो पार्छ। सुकेका ४६ दाना आल्मोन्डले सय प्रतिशत भिटामिनको काम पूरा गर्ने मान्यता राखिन्छ।

मेवा

मेवामा पाइने भिटामिन सी, बी, फोलेट र पोटासियम जस्ता तत्त्वले शरीरको प्रतिरक्षा शक्ति बढाउँछन्। साथै पोटासियमले पाचनशक्ति बढाउनुका साथै संक्रमणविरुद्ध काम गर्छ।

सामुद्रिक खाना

सामुद्रिक खानाहरूमा गंगटो, माछा पर्छन्। गंगटोमा जिंक तत्व हुन्छ। साथै यसमा खनिज र विभिन्न भिटामिन पनि पाइन्छ। यसले हाम्रो शरीरका आवश्यक कोषहरूलाई क्रियाशील बनाउन मद्दत गर्छन्।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

स्तन क्यान्सर पत्ता लगाउन चिकित्सकभन्दा ‘एआई’ बढी प्रभावकारी

स्तन क्यान्सर पत्ता लगाउन चिकित्सकभन्दा ‘एआई’ बढी प्रभावकारी

म्यामग्राम हेरेर स्तन क्यान्सर भएको पत्ता लगाउन चिकित्सकहरूभन्दा आर्टफिसल इन्टेलिजन्स (एआई) बढी प्रभावकारी हुने एउटा अनुसन्धानले देखाएको छ।

गुगल हेल्थ र इम्पीरीअल कलेज लन्डनका अनुसन्धानकर्तासहित विभिन्न देशका वैज्ञानिकहरू सम्मिलित एउटा समूहले एउटा विशेष खालको कम्प्युटर विकसित गरी त्यसलाई झन्डै २९ हजार महिलाको म्यामग्राम अर्थात् स्तनको एक्स–रे विश्लेषण गर्न प्रशिक्षित गर्‍यो।

म्यामग्राम विश्लेषण गर्ने काममा कम्प्युटर एल्गरिदमले छजना रेडिओलजिस्टलाई उछिनिदियो।

एआई सो काममा दुई चिकित्सकको क्षमताबराबर भएको पाइयो। मानवलाई जस्तो एआईलाई थकाइ लाग्दैन। विज्ञहरूका अनुसार क्यान्सर पत्ता लगाउने एआईको क्षमतालाई अझै सुधार्न सकिन्छ।

उक्त अनुसन्धानको परिणाम नेचर जर्नलमा प्रकाशित भएको छ।

कति प्रभावकारी?

यूकेको राष्ट्रिय स्वास्थ्य प्रणाली एनएचएसमा प्रत्येक महिलाको स्तनको एक्स–रे विश्लेषण गर्न दुई रेडिओलजिस्ट खटाइन्छ। क्यान्सर भए वा नभएको विषयमा उनीहरूको मत बाझियो भने कहिलेकाहीँ तेस्रो चिकित्सक पनि सहभागी हुन्छन्।

यो अनुसन्धानात्मक अध्ययनमा एआईको एउटा मोडललाई सम्बन्धित महिलाको नाम थाहा नहुनेगरी बेनामी एक्स-रेहरू उपलब्ध गराइयो। विज्ञहरूलाई बिरामीको रोगसम्बन्धी विवरण थाहा हुन्छ। तर एआईलाई म्यामग्राम अर्थात् स्तनको एक्स(‍रे मात्र उपलब्ध गराइएको थियो।

एआईले गरेको विश्लेषण दुई चिकित्सकले विश्लेषण गर्ने विद्यमान प्रणालीजति नै सही भएको पाइयो। अझ एक चिकित्सकले स्तन क्यान्सर भएको पत्ता लगाउनुभन्दा एआईको विश्लेषण बढी प्रभावकारी भएको पाइयो। एआईले स्तन क्यान्सर निदान गर्दा फल्स पजिटिभ र फल्स नेगटिभको संख्या पनि उल्लेख्य रूपमा कम भयो।

अब के होला?

गुगल हेल्थका डोमिनिक किङले अध्ययनले पत्ता लगाएको कुराप्रति आफ्नो समूह गौरवान्वित भएको बताएका छन्। यसबाट चिकित्सकहरूलाई अझै प्रभावकारी ढङ्गमा स्तन क्यान्सर पत्ता लगाउन सहयोग पुर्‍याउने विधि विकसित गर्न सकिने उनको अपेक्षा छ।

अध्ययनका लागि प्रयोग गरिएका अधिकांश म्यामग्रामहरू क्यान्सर रिसर्च यूकेको अप्टिम्याम डेटासेटबाट लिइएको थियो। म्यामग्रामको विश्लेषण गर्ने दक्षता भएको चिकित्सक र रेडिओलजिस्ट तयार पार्न १० वर्षको अध्ययन र तालिम चाहिन्छ।

स्तन क्यान्सरको निदान गर्न एक्स-रे हेर्नु महत्त्वपूर्ण हुन्छ। तर त्यो कामका लागि धेरै समय लाग्छ।

बीबीसी नेपालीबाट

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार

गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार

रुकुम पूर्व : सुत्केरी व्यथा लागेकाे एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरी व्यथाबाट ज्यान जोखिममा परेकी रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–५ गरेकी २६ वर्षीया लीलामती विकलाई बुधबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

विकलाई नेपालगञ्ज लगिएको रुकुम पूर्वका प्रजिअ मोहनप्रसाद अर्यालले जानकारी दिए। ४८ घण्टाअगाडि सुत्केरी व्यथा शुरु भए पनि बच्चा जन्मिन नसकेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा उनलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको प्रजिअ अर्यालले बताए।

उनलाई सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा लगिएको थियाे।  स्वास्थ्यकर्मीले बच्चा निकाल्न जिल्लामा असम्भव हुने बताएपछि विकलाई नेपालगञ्ज रिफर गरिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

गर्भावस्थामा महिलालाई हुने मधुमेह

गर्भावस्थामा महिलालाई हुने मधुमेह

आमा बन्नु कुनै पनि महिलाका लागि अत्यन्तै खुशीको कुरा हो। खुशीसँगै यसका चुनौती पनि धेरै छन्। महिलाका लागि गर्भावस्था निकै संवेदनशील हुन्छ। यो वेलामा महिलाको शरीरमा विभिन्न परिवर्तन आउँछ। शारीरिक थकानदेखि र मानसिक तनावसमेतको सामना गर्नुपर्छ।

गर्भावस्थामा धेरै महिलालाई हुने समस्या भनेको मधुमेह हो। यसलाई ‘जेस्टेसनल डाइबेटिज’ भनिन्छ। गर्भवती समयमा रगतमा चिनीको मात्र धेरै हुन्छ। गर्भवस्थाअघि नभएका महिलाहरू पनि यो समयमा मधुमेह समस्या भोग्न बाध्य हुन्छन्। गर्भावस्थामा शरीरमा इन्सुलिन हर्मोन उत्पादन नहुुनु वा मात्रा कम हुने भएकाले ‘जेस्टेसनल डाइबेटिज’ हुन्छ।

वंशाणुगत (बाबुआमालाई मधुमेह थियो भने), मोटोपन, शारीरिक व्यायाम कम गर्ने, उच्च रक्तचाप, मिर्गौलारोग आदि छ भने मधुमेहको सम्भावना हुन्छ। यस्तै पहिलो बच्चा चार केजी भन्दा बढी जन्मेको छ भने पनि यस्ता महिलालाई मधुमेह हुने सम्भावना निकै हुन्छ।

लक्षण

धेरै भोक लाग्ने, छिटो छिटो पिसाब लाग्ने, बच्चा पेटको साइजभन्दा बढी छ भने जेस्टेसनल डाइबेटिज भएको हुनसक्छ। यीबाहेक खासै लक्षण देखिँदैन। स्क्रिनिङको आधारमा थाहा पाइन्छ। गर्भावस्थामा मधुमेह हुँदा बच्चा र आमा दुवैलाई खतरा हुन्छ।

मधुमेह भएका बिरामीको पहिलो उपचार भनेकै खानपान नियन्त्रण हो। दिनको ६ पटक थोरै थोरै गरी खस्रो रेसादार खाना खानुपर्छ। व्यायाम, योग ध्यानतिर समय दिनुपर्छ। आवश्यक परेको खण्डमा इन्सुलिन दिने गर्छौ ।

जुन बच्चाको वजन ४ केजीभन्दा धेरै हुन्छ,जीवित रहने सम्भावना कमै हुन्छ। आमामा प्रेसर बढ्ने , ब्लिडिङ हुने सम्भावना हुन्छ। आमालाई १०\१५ वर्षपछि मधुमेह हुन सक्छ।

शारीरीक व्यायाम नगर्ने कसरत नगर्ने, सन्तुलित भोजन नगर्ने, मोटोपन नियन्त्रण नगर्ने र यसअघि बुबाआमालाई मधुमेह भएका महिलालाई मधुमेह हुनसक्छ। त्यसैले उचित खानपान, व्यायाम र तौल नियन्त्रणमा ध्यान दिन आवश्यक छ।

सावधानी

इन्सुलिन लगाएपछि दिनमा पटकपटक सुगर परीक्षण गर्नुपर्छ। खानाअघि, खानापछि, दिउँसो, रातिको खानाअघि, रातिको खानापछि र मध्यरातमा परीक्षण गर्नुपर्छ। शरीरमा सुगरको मात्रा ७० देखि १२० मा राख्नुपर्छ। शरीरमा सुगर कम हुन दिनु हुँदैन।

गर्भावस्थामा जेस्टेस्नल डाइबेटिज देखिएमा वा दोस्रो बच्चा पाउने योजना गर्नुअघि स्क्रिनिङ गर्नुपर्छ। शरीरमा सुगरको मात्रा धेरै देखिएमा सुगर नियन्त्रणमा राख्नुपर्छ। सबै कुराको सन्तुलन गरेर मात्र योजना बनाउनु निकै प्रभावकारी हुन्छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

सामाजिक सुरक्षा कोष र चार अस्पतालबीच समझदारी

सामाजिक सुरक्षा कोष र चार अस्पतालबीच समझदारी

काठमाडौं : सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी योगदानकर्तालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न पहिलो चरणमा चार अस्पतालसँग समझदारी (एमओयू) गरेको छ।

कोषले काठमाडौँको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पताल, चाबहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल, जोरपाटीको नारायणटारस्थित शंखरापुर अस्पताल र सिन्धुपाल्चोकको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालसँग एमओयू गरेको हो। बुधबार आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र सम्बन्धित अस्पतालका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सामाजिक सुरक्षामा सामेल भएका योगदानकर्ताको स्वाथ्योपचारसम्बन्धी सेवा ती अस्पतालले प्रदान गर्नेछन्। अर्को सातादेखि देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालसँग योगदानकर्ताको स्वास्थ्योपचार गर्नेसम्बन्धी समझदारी गरिने कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए। स्वास्थ्य बीमा बोर्डको उपचारसम्बन्धी दरलाई नै आधार मानेर ती अस्पतालसँग समझदारी गरिएको हो।

सो अवसरमा कोषका कार्यकारी निर्देशक ज्ञवालीले योगदानकर्तालाई सहज रूपमा सेवा उपलब्ध गराउन मुलुकका सबै अस्पतालसँग समझदारी गरिने बताए। योगदानकर्ताको औषधोपचारको खर्च दाबी गर्ने प्रक्रियालाई पनि अनलाइन प्रणालीमा लगिएको उनले बताए।

कार्यक्रममा शङ्खरापुर अस्पतालका निर्देशक डा. रमेश ढकालले सामािजक सुरक्षा कार्यक्रम अत्यन्त सकारात्मक रहेको उल्लेख गर्दै निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्नुपर्ने बताए। उनले स्वास्थ्य उपचारको दरलाई समयानुकूल समायोजना गरेर जान कोषलाई सुझाव दिए।

सरकारले गत मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो। सो योजना गत साउन १ गतेदेखि पूर्णरूपमा कार्यान्वयनमा आएको छ । यसअवधिमा योजनामा सहभागी भएर मृत्यु भएका दुई योगदानकर्ताका परिवारले आर्थिक सहायता प्राप्त गर्दै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

वर्षको पहिलो दिन विश्वमा तीन लाख ९२ हजार शिशुको जन्म

वर्षको पहिलो दिन विश्वमा तीन लाख ९२ हजार शिशुको जन्म

सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले बुधबार जनाएको छ ।

‘सबैभन्दा बढी बालबालिका भारतमा जन्मिने छन् भने दोस्रो धेरै चीनमा र तेस्रो धेरै नाइजेरियामा जन्मिने छन्’, युनिसेफको प्रक्षेपणका आधारमा नाइजेरियाका लागि युनिसेफका प्रतिनिधि पिटर हकिन्सले बताए।

जनवरी १ मा भारतमा ६७ हजार ३८५ शिशुको जन्म हुने युनिसेफको  प्रक्षेपण छ भने चीनमा ४६ हजार २९९ र नाइजेरियामा २६ हजार ३९ शिशुले जन्म लिनेछन्।

यसरी हेर्दा नाइजेरियामा जनवरी १ मा विश्वभर जन्मिने शिशुको सात प्रतिशत शिशुले जन्म हकिन्सले बताए। ‘हरेक नयाँ वर्षको सुरूसँगै हरेक नाइजेरियाली बालबालिकाले आफ्नो जीवनको यात्रा शुरू गर्न सम्भावना उनीहरूलाई जीवन जिउन दिइने अवसरका आधारमा हुनेबारेमा जानकारी दिइन्छ’, उनले भने।

नाइजेरिया लगायत विश्वका लाखौँ नवजात शिशुका लागि जन्मिएकै दिन कम पवित्र बन्ने गर्छ अर्थात् सोही दिन उनीहरूले मृत्युवरण गर्छन्।युनिसेफ प्रतिनिधि पिटर हकिन्सका अनुसार सन् २०१८ मा विश्वभरका २५ लाख शिशुले जन्मेको पहिलो महिनामै ज्यान गुमाएका थिए।त्यसमध्ये एक तिहाइले जन्मिएकै दिन देहत्याग गरेका थिए।

नाइजेरियामा मात्रै गत वर्ष तीन लाख १८ हजार ५२२ शिशुको मृत्यु भएको थियो। अभिभावकको लापरवाही वा व्यवहारका कारण अल्पायुमै शिशुहरूको मृत्यु हुने गरेको छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

झापाको बिर्तामोडमा खुल्यो ३०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल

झापाको बिर्तामोडमा खुल्यो ३०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल

बिर्तामोड : पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लक्ष्य गर्दै झापामा ३०० सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आएको छ।

बिर्तामोडस्थित बीएण्डसी अस्पताल परिसरभित्रै अत्याधुनिक उपकरणसहित अस्पताल सञ्चालनमा आएको हो।

ठूलो आन्द्राको क्यान्सर भएका एक बिरामीलाई निःशुल्क ‘रेडियसन थेरापी’ दिएर बुधबार उपचार सेवा आरम्भ गरिएको हो।

बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका हुन्। पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो नै पहिलो अस्पताल बनेको छ।

सुदूरपूर्वमा क्यान्सर को उपचार गर्न बिरामी काठमाडौं, चितवन र भारतको सिलिगुडी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न अस्पताल सञ्चालनमा ल्याएको प्रसाईँले बताए। उनले आफूलाई क्यान्सर भएपछि भारतमा उपचार गराउन जाने क्रममा कठिनाइ भोगेपछि सुविधासम्पन्न क्यान्सर अस्पताल खोल्ने सपना देखेको सुनाए।

अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले पूर्वाञ्चल क्यान्सर अस्पताल झापावासीकाे वर्षाैँदेखिकाे सपना भएको बताए। लामो समय भारतको मेदान्ता अस्पतालमा काम गरेका उनले प्रत्येक तीनजनामध्ये एक नेपाली क्यान्सरको बिरामी भएको दाबी गरे।

अर्थाेपेडिक सर्जन डा. निराजनप्रसाद पराजुलीले क्यान्सरका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको बताए। यसले काठमाडौं बाहिर पनि क्यान्सरकाे उपचार सम्भव भएको सन्देश जाने उनको भनाइ छ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गाइने अंकोलोजिष्ट डा.गेहनाथ बरालले अस्पतालमा क्यान्सरको पुरै उपचार गर्न जनशक्ति र उपकरण भएको बताए।

अस्पतालमा रेडियोथेरापी मेसिन, पेट स्क्यान, थ्रीडी मेमोग्राम लगायत अत्याधुनिक मेसिनबाट सेवा समेत उपलब्ध गराइने बताइएको छ। करिब चार अर्बको लगानीमा अस्पताल निर्माण भएको जानकारी कार्यक्रममा दिइयो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

चिसाेयाममा दम : बालबालिका र वृद्धवृद्धालाई यसरी जाेगाउनुस्

चिसाेयाममा दम : बालबालिका र वृद्धवृद्धालाई यसरी जाेगाउनुस्

पुसकाे मध्यमा आइपुग्दा चिसो बढेको छ। चिसो बढे पनि चाँडै घाम लाग्ने हुनाले काठमाडौंमा यसको प्रभाव अलि कम छ। तर हुस्सु र शीतलहरका कारण तराईको जनजीवन भने कष्टकर हुँदै गएको छ।

चिसोयाममा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिन्छन्। तीमध्ये प्रमुख हो, श्वासप्रश्वास समस्या। जाडोयामको असर उमेरदार मानिसहरूमा भन्दा पनि रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बालबालिका र वृद्धवृद्धामा बढी पर्छ। चिसोयाममा रुघाखोकीजस्ता सामान्यदेखि दमको समस्या बढ्ने हुन्छ।

चिसो मौसममा दमको समस्या लिएर हामीकहाँ आउनेको संख्या बढ्छ। एकातिर चिसोयाम अर्कोतिर प्रदूषण। दुवैको संयोजन हुँदा निश्चित रूपमा दमको समस्या बढ्छ नै। चिसोका कारण एलर्जीले दम बढाउँछ। दममा पनि ‘क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिज’ (सीओपीडी) र ब्रोङ्कियल आज्माजस्ता समस्या देखिन्छन्।

सीओपीडी फोक्सोसम्बन्धी रोग हो। यो प्रौढहरूमा हुन्छ। बालबालिकालाई हुने दमलाई ‘ब्रोङ्कियल आज्मा’ भनिन्छ। हेलचेक्र्याइँ गर्दा गम्भीर परिणाम पनि आउन सक्छ।

लक्षण

ज्वरो आउनु

श्वास फेर्न अप्ठयारो हुनु

लगातार खोकी लाग्नु

खकारको रंग परिवर्तन हुनु

गन्हाउने खकार आउनु आदि।

यस्ता समस्या देखिए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ। उचित परामर्श लिएर उपचार गर्नुपर्छ र  चिकित्सककाे सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ। आवश्यक परे ‘इन्फ्लुयन्जा भ्याक्सिन’ लगाउनुपर्छ।

बच्ने उपाय

चिसो समयमा बिहान–बेलुकी बाहिर ननिस्किने

न्यानो लुगा लगाउने, न्यानो भएर बस्ने

धूमपान नगर्ने, गर्नेकाे नजिक नबस्ने

धुवाँ–धुलो आदि प्रदूषणबाट बच्ने

चिसो खानेकुरा नखाने

ताताे र रसिलाे पदार्थ धेरै खाने।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

निराेगी र दीर्घायु रहने सूत्र

निराेगी र दीर्घायु रहने सूत्र

अव्यवस्थित खानपान र लापरवाह जीवनशैलीले हामी रोगी बनिरहेका छौँ। आयु छोट्याइरहेका छौँ। धूमपान–मद्यपान गर्ने, पर्याप्त व्यायाम नगर्ने र प्रशस्त फलफूल तथा सागसब्जीहरू नखाने नराम्रा बानी हुन्। यी बानीले हामीलाई उमेर नपुग्दै बुढ्यौलीतर्फ धकेलिरहेको छ। हाम्रो आयु घटाइरहेको छ। निरोगी र दीर्घायु रहने केही सूत्र–

धेरै नखाने

टन्न अघाउञ्जेल खाने हाम्रो बानी छ। तर थोरै खाना खानाले छिट्टै वृद्ध देखिने खतरा कम हुन्छ। मानिसको दीर्घ जीवनको बारेमा अध्ययन गर्ने लेखक डान बट्नरका अनुसार वृद्ध जापानीहरू आफू ८० प्रतिशत अघाएको महसुस भएपछि खाना खाँदैनन्।

व्यस्त रहने

नरोगी र दीर्घायु रहन सक्रिय रहनुपर्छ। केही न केही गरिरहनुपर्छ। नियमित कामका साथै घर, करेसाबारी बगैँचामा व्यस्त रहनाले शरीर फुर्तिलो हुन्छ। दीर्घ रोगले आक्रमण गर्न पाउँदैन।

नियमित व्यायाम

नियमित व्यायाम गर्नाले स्फूर्ति जगाउँछ। मुटु स्वस्थ हुन्छ। सधैँ जवान भएको महसुस गराउँछ। दिनमा ३० मिनेट मात्रै हिँड्ने बानीले पनि स्वस्थ रहन सकिन्छ। यसले मस्तिष्क र मेटाबोलिज्ममा पनि सकारात्मक प्रभाव पार्छ।

फलफूल र सागसब्जी खाने

पर्याप्त मात्रामा फलफूल र सागसब्जी खाने गर्नाले स्वास्थ्यमा समस्या निम्तिन सक्छ। फाइबर र भिटामिन प्रशस्त मात्रामा हुने फलफूल र सागसब्जीले मुटुरोगको जोखिम ७६ प्रतिशत भन्दा बढीले कम गर्छ। नियमित रूपमा प्रशस्त फलफूलको सेवनले छाला स्वस्थ एवं चम्किलो हुनुका साथै चाउरी पर्नबाट रोक्छ ।

धूमपान–मद्यपान  नगर्ने

धूमपान र मद्यपान स्वास्थ्यका लागि पटक्कै राम्रा बानी हाेइनन्। धूमपान र मद्यपान त्यागेमा स्वस्थ रहने मात्रै नभई आयु पनि बढाउन सकिन्छ।

घामबाट बच्ने

चर्को घामबाट छालाको क्यान्सर मात्र होइन छाला चाउरी पर्ने, दाग लाग्ने र झोलिने समस्या पनि उत्पन्न हुन्छ। बाहिर हिँड्दा सनस्क्रिन क्रिम लगाउनु राम्रो हुन्छ। यस्तै छाताको प्रयोग गर्न सकिन्छ।

साथीहरू बनाउने

परिवार र साथीहरूसँग धेरै घुलमिल नहुने खालको मानिसलाई मुटुको रोग लाग्ने जोखिम धेरै हुने अध्ययनहरूले देखाएको छ। एक्लोपनाले  डिप्रेसनको समस्या पनि उत्पन्न हुन सक्छ ।

थप समाचार

शिशुलाई कहिलेदेखि पिलाउने पानी?

शिशुलाई कहिलेदेखि पिलाउने पानी?

बच्चालाई कुन उमेरदेखि पानी पिलाउन शुरु गर्ने भन्ने विषयमा अभिभावकहरू अनभिज्ञ हुन्छन्। बुझ्नुपर्ने कुरा के भने स्तनपानबाटै नवजात शिशुलाई ९० प्रतिशत पानीको आपूर्ति हुन्छ।

बच्चाले आमाको दूधबाटै ‘हाइड्रेड’ प्राप्त गरिरहेको हुन्छ। त्यसैले ६ महिनासम्म बच्चालाई आमाको दूध नै पर्याप्त हुन्छ ।

नवजात शिशुलाई पानी पिलाउँदा विभिन्न शारीरिक तथा मानसिक समस्या आउन सक्छ।

शिशुलाई पानी पिलाउने बानी गर्दा उसले आमाको दूध नै मन नपराउनसक्छ।

पानी पिलाउँदा नवजात शिशुकाे तौलमा कमी आउन सक्छ।

६ महिनाभन्दा कम उमेरका शिशुलाई पानी खुवाएमा जन्डिस हुनसक्ने सम्भावना बढ्छ।

चार महिनापछि भने बच्चालाई थाेरै पानी पिलाउन पनि सकिन्छ। तर पानीमा बढी जोड दिनुहुँदैन।

जब बच्चाले ठोस खाना खान थाल्छ, तब मात्र पानी पिउन सक्ने हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आँखा शिविरमा १८५ को मोतीविन्दु शल्यक्रिया

आँखा शिविरमा १८५ को मोतीविन्दु शल्यक्रिया

भोजपुर : पौवादुङमा गाउँपालिकामा आयोजित आँखा शिविरमा १८५ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको छ।

गाउँपालिकाद्वारा आयोजित शिविरमा ६ वटै वडाका १हजार ७५० जनाले शिविरमा जाँच गराएका थिए। आँखामा समस्या भएका ७२८ जनालाई चस्मा दिइएको छ।

आँखा चिकित्सक विजय तामाङका अनुसार बढ्दो उमेर र आँखाको सुरक्षामा सचेत नहुँदा मोतीविन्दुको समस्या बढेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

यसकारण नियमित खानुपर्छ अनार

यसकारण नियमित खानुपर्छ अनार

अनारको रसले रक्तचाप सन्तुलित बनाउँछ।

नियमित अनार खाँदा रगतको मात्रा बढ्छ ।

यसमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ।

यसले रगत पातलो बनाउनुका साथै रक्तनलीमा हुने सुजन कम गर्छ ।

पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबीसीको मात्रा बढाउँछ।

अनारले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न मद्दत गर्छ ।

अनारमा पाइने ‘सेच्युरेटेड एसिड’ले तौल कम गर्न सहयोग गर्छ ।

भिटामिन, मिनरल, फ्लोरिक एसिड र पोटासियम प्रचुर मात्रामा पाइने हुनाले गर्भवतीले अनार खानु झनै आवश्यक छ।

अनारले महिलामा स्तन क्यान्सरको सम्भावना कम गर्छ।

अनारको रसले प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ । राेग प्रतिराेधात्मक शक्ति बढाउँछ।

थप समाचार

जाडाेमा पिउनुस् अदुवा चिया

जाडाेमा पिउनुस् अदुवा चिया

चिसो मौसममा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। अदुवाको चियाले पेटको समस्या हटाउनुका साथै तनाव पनि कम गराउँछ।

अदुवाको चिया खाँदा हुने अन्य केही फाइदा

पाचन प्रक्रियामा सुधार ल्याउँछ। शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ।

यात्रामा जानुभन्दा अघि अदुवाकाे चिया खाँदा बान्ता हुनबाट बचाउँछ।

शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्याउँछ ।

रक्तसञ्चारमा सहयोग पुर्याउँछ। रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ।

महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।

अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

हड्डी र बाथरोगका बिरामीका लागि फाइदा पुर्याउँछ।

क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

थप समाचार

हुम्लाकाे खार्पुनाथमा रूघाखाेकीले महिलाकाे मृत्यु

हुम्लाकाे खार्पुनाथमा रूघाखाेकीले महिलाकाे मृत्यु

हुम्ला : मौसमी रुघाखोकीका कारण खार्पुनाथ गाउँपालिका–३ रायागाउँकी एक महिलाको मृत्यु भएको छ। रुघाखोकीले सोमबार राति रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको हो।

मृतक बुढाका एक छोरी, दुई छोरा छन्। श्रीमान् भने घरमा नभएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिए।

रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेको अहेब वीरसिंह रावलले जानकारी दिए।

राया स्वास्थ्यचौकीमा यतिबेला उपचार गराउन ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता रोगका बिरामी आउने गरेका छन्। रावलका अनुसार अहिले राया स्वास्थ्यचौकीमा मौज्दात रहेको औषधि पनि सकिन लागेको छ।

गत मंसिरको अन्तिम साता परेको भारी हिमपातले बिरामीको संख्या बढेको छ। जिल्ला अस्पताल हुम्लामा पनि बिरामीको चाप बढेकाे छ। रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

रोग जटिल उपचार प्रक्रिया सरल : बोनम्यारो प्रत्यारोपण

रोग जटिल उपचार प्रक्रिया सरल : बोनम्यारो प्रत्यारोपण

बोनम्यारो प्रत्यारोपणबारेमा धेरैले बुझ्ने भनेको अन्य अंग प्रत्यारोपण जस्तै एक व्यक्तिको अंग झिकेर अर्को व्यक्तिमा राख्ने भन्ने छ। तर बोनम्यारोे प्रत्यारोपण अन्य प्रत्यारोपणभन्दा निकै भिन्न छ। यसमा न त बिरामीको चिरफार नै गर्नुपर्छ, न त बोनम्यारो दिने मानिस अस्पतालमा भर्ना भएर बस्नु नै पर्छ। रोग जटिल भए पनि यसको प्रत्यारोपण प्रक्रिया भने निकै सरल छ। एक व्यक्तिले अर्को व्यक्तिलाई रगत दिए जसरी नै यसको प्रत्यारोपण हुन्छ।

प्रत्यारोपण भन्दा पहिले बोनम्यारो भनेकै के हो बुझ्न जरुरी छ। बोनम्यारो भनेको मानिसको शरीरमा भएको भित्री मासी हो जुन हड्डीभित्र रहेको हुन्छ । यही ठाउँमा रातो, सेतो रगत एवं प्लेटलेट्स बन्छ। अर्थात् शरीरलाई चाहिने रगत बन्ने ठाउँ नै बोनम्यारो हो। यो हड्डीभित्र रगत बनाउने ठाउँ हो। जब बोनम्यारोमा खराबी आउँछ वा क्यान्सर हुन्छ त्यसपछि मानिसको शरीरमा रगत बन्न सक्दैन। त्यसैले उक्त बोनम्यारोलाई सुकाएर अर्को बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ। त्यही मासी अर्थात् बोनम्यारो फेर्ने प्रक्रिया नै बोनम्यारो प्रत्यारोपण हो।

कहिलेकाहीँ क्यान्सर वा अन्य कारणले बोनम्यारोले रगत नै बनाउन नसक्ने वा नचाहिने रगत बनाउने वा बोनम्यारो नै सुक्दै जाने हुनसक्छ। यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण बाहेक अर्को विकल्प छैन। तर रगतको रोग लाग्ने सबैलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्दैन। कतिपयलाई केमोथेरपाी, रेडियोथेरापी एवं औषधि लगायतले पनि ठिक हुनसक्छ। तर कतिपय बिरामीलाई भने प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ।

बोनम्यारो प्रत्यारोपण बिरामीको अवस्था हेरेर दुई किसिमले गर्न सकिन्छ। पहिलो बिरामी आफैँको ‘स्टेम सेल’ लिएर प्रत्यारोपण गरिन्छ भने दोस्रोमा बिरामीको परिवारबाट ‘स्टेमसेल’ लिएर प्रत्यारोपण गरिन्छ।

रगतको रोगको प्रारम्भिक लक्षण

नाक मुख तथा गिजाबाट रगत बग्ने

ज्वरो आइरहने

शरीर फुल्ने

खान मन नलाग्ने

दुब्लाउँदै जाने।

प्रत्यारोपण गर्नुअघि रोगी बोनम्यारो सुकाइन्छ । त्यही रहिरहेमा फेरि नराम्रो रगत बन्ने सम्भावना भएकाले औषधिको माध्यमबाट त्यसलाई सुकाएर मात्र नयाँ बोनम्यारो राखिन्छ। प्रत्यारोपण गरिएको बोनम्यारोले काम गर्न १० देखि १८ दिनसम्म लाग्नसक्छ। यो प्रक्रिया कसैको रगत लिएर कसैलाई दिएजस्तै लाग्छ।

चिरफार गरेर शल्यक्रिया गर्ने अंग झिक्ने केही हुँदैन मात्र हड्डी भित्रबाट रगत भिकेर अर्कोलाई सोही रगत दिने हो।

अहिले त त्यो पनि सबै मेसिनले नै गर्छ एकैपटकमा सिधै एक व्यक्तिबाट रगत झिकेर अर्को व्यक्तिमा राख्न सकिने प्रविधि छ। ब्लड बैंकबाट रगत लिएर आवश्यक पर्नेलाई चढाए जस्तै हो।

त्यसैले हामीले बोनम्यारो अंग प्रत्यारोपण होइन ब्लड बैंकको ऐन कानुनभित्र हुनुपर्छ भनेर भनिरहेका छौँ। तर कसैले वास्ता नै गर्दैनन्। हामी त्यसमा पहिलेदेखि लागिरहेका छौँ।

नेपालमा पहिलो बोनम्यारो प्रत्यारोपण सन् २०१२ मा भएको हो। त्यसयता नियमित प्रत्यारोपण भएरहेको छ। नेपालमा हामीले गर्ने प्रत्यारोपण अन्तराष्ट्रिय स्तरको छ। यही प्रत्यारोपण बाहिर गर्दा ३० लाख रुपैयाँ बढी लाग्छ। तर नेपालमा पाँच देखि १० लाख रुपैयाँमा हुन्छ।

सरकारले सबै क्यान्सरका लागि एक लाख सहुलियत दिएको छ । तर यति रकमले उनीहरूलाई पुग्दैन। सरकारले मिर्गौला प्रत्यारोपण गर्न बिरामीलाई पाँच लाखसम्म दिने गरेको छ। त्यही बमोजिम बोनम्यारो प्रत्यारोपणका लागि पनि दिन सके उनीहरुलाई ठूलो राहत हुने थियो।

भिडियाे –

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

क्यान्सरको शल्यक्रिया गर्दा शरीरमा आगो लागेर बिरामीको मृत्यु

क्यान्सरको शल्यक्रिया गर्दा शरीरमा आगो लागेर बिरामीको मृत्यु

रोमानियाको एउटा अस्पतालमा शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु भएको छ।

राजधानी बूकरेस्टस्थित फ्लोर्‍यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि ६६ वर्षीया महिलाको शरीरमा अल्कोहलयुक्त डिस्इन्फेक्टन्ट प्रयोग गरिएको थियो।

पछि चिकित्सकहरूले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिपेको थियो। शल्यक्रिया गर्न अचेत बनाएर राखिएको बेला उनको शरीरभरि आगो फैलियो।

उनलाई प्यान्क्रिअस अर्थात् अग्न्याशयको क्यान्सर भएको थियो। उक्त घटना डिसेम्बर २२ मा भएको हो।

छानबिन

शरीर ४० प्रतिशत जलेकी ती महिलाको एक हप्तापछि अस्पतालमा मृत्यु भयो।

प्रहरीले उनको मृत्युबारे छानबिन गर्न थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

मृतकको परिवारले आफूहरूलाई एउटा दुर्घटना भएको मात्रै भनिएको तर स्थिति कति गम्भीर थियो तथा के भएको थियो त्यसबारे विस्तृत विविरण नदिइएको रोमानियाली सञ्चारमाध्यमलाई बताए।

‘हामीले टीभीमा प्रसारण भएपछि केही विवरण थाहा पायौँ’, उनीहरूले भने, ‘हामी आरोप लगाउँदै छैनौँ , हामी खालि के भएको थियो त्यो जान्न चाहन्छौँ।’

रोमानियाका स्वास्थ्यमन्त्रीले  घटनाको अनुसन्धान गरिने वचन दिएका छन्। एउटा विज्ञप्तिमा भिक्टर कोस्टाकेले भने, ‘यो घटनाबाट पाठ सिक्ने हामी अपेक्षा गर्छौँ। सत्य पत्ता लगाउन आफू र मन्त्रालय दुवैले यथासम्भव सहकार्य गर्ने उनले बताए।

अर्का एक मन्त्रीले विद्युतीय औजारबाट गरिने शल्यक्रियामा अल्कोहलमा आधारित डिस्इन्फेक्टन्टको प्रयोगमा प्रतिबन्ध लगाइएको शल्यचिकित्सकहरूलाई थाहा हुनुपर्ने बताएका छन्।

ईयूमा संलग्न राष्ट्रमध्ये रोमानियाले स्वास्थ्यसेवामा सबैभन्दा थोरै रकम खर्च गर्छ। रोमानियामा बालमृत्युदर पनि उच्च छ।

त्यहाँ अस्पताल पनि त्यति विकसित छैनन् तथा स्वास्थ्यसेवामा काम गर्ने कर्मचारीको पनि अभाव छ।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

उदयपुरमा खुल्याे आयुर्वेदिक अस्पताल

उदयपुरमा खुल्याे आयुर्वेदिक अस्पताल

उदयपुर : जिल्लामा पहिलोपटक सञ्चालनमा आएको आयुर्वेदिक अस्पतालले औपचारिक उपचार सेवा शुरु गरेको छ।

सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाट बजारमा खुलेको सुखायु आयुर्वेदिक अस्पताल प्रालिले औपचारिक रूपमा उपचार सेवा सुरु गरेको हो।

त्रियुगा नगरप्रमुख बलदेव चौधरीले अस्पताल उद्घाटन गरे। नगरप्रमुख चौधरीले जिल्लामा खाँचो रहेको आयुर्वेदिक उपचार पद्धतिलाई अस्पतालले पूरा गर्ने विश्वास व्यक्त गरे। उनले जडिबुटीबाट बन्ने औषधिबाट लाभ लिन नगरवासीलाई आग्रह गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

हानिकारक पनि हुनसक्छ कागती सेवन

हानिकारक पनि हुनसक्छ कागती सेवन

कागती बहुउपयोगी फल हो। यो स्वास्थ्यका लागि मात्र होइन सौन्दर्यवृद्धिका लागिसमेत उपयोगी मानिन्छ यसमा भिटामिन सी, पोटासियम र फाइबर पाइन्छ। कतिपय अवस्थामा कागती सेवन हानिकारक पनि हुनसक्छ।

एसिडको मात्रा धेरै हुने हुनाले कागतीको रस अत्यधिक सेवन गर्दा पेट खराब हुनसक्छ।

कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ। धेरै मात्रामा कागतीको सेवन गर्दा दाँत कुँडिने समस्या हुन्छ।

कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ। यसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ।

कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्दा शरीरमा पुगेर स्टोन बन्न सक्छ। मिर्गौला र पित्ताशयको थैलीमा पत्थरको रूप लिन सक्छ।

कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ। यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ। यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुनसक्छ।

थप समाचार

ताजा अपडेट