Health TV Online
Health TV Online

दुईदिने स्वास्थ्य शिविरमा ७०० ले लिए सेवा

दुईदिने स्वास्थ्य शिविरमा ७०० ले लिए सेवा

तनहुँ : भीमाद नगरपालिका–८ भानुमतिस्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित दुईदिने स्वास्थ्य शिविरबाट ७०० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, तनहुँको भीमाद नगरपालिका र स्वास्थ्य कार्यालयको आयोजनामा शनिबार र आइतबार शिविर सञ्चालन गरिएको थियो ।

भीमाद नगरपालिकाका विभिन्न वडा र स्याङ्जाको हरिनास गाउँपालिकाका स्थानीयवासीले स्वास्थ्य परीक्षण गरेका थिए। जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, हिमालय आँखा अस्पताल पोखरा, गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सचालन गरिएको हो।

शिविरमा छाला तथा यौनरोग, स्त्रीरोग, हाडजोर्नी, नाक, कान, घाँटी, दन्तरोग, भिडियो एक्सरे, जनरल मेडिसिन, प्रयोगशाला सेवा, आँखा उपचार सेवा प्रदान गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

शिविरमा गण्डकी मेडिकल कलेज पोखराका हाडजोर्नी विशेषज्ञ डा हरि शर्मा, दाँतरोग विशेषज्ञ डा साधना घिमिरे, डा. विवेक राई, स्त्रीरोग विशेषज्ञ डा. सविता थापा र जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका डा. रामकुमार श्रेष्ठ, डा. राजकुमार गजमेरले बिरामी जाँच गरेका थिए।

यस्तै हिमालय आँखा अस्पतालका गोविन्दनाथ योगी, मुस्कान गुप्ता, भीमाद प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रकाश नेपालीले स्वास्थ्य सेवा प्रदान गरेका थिए। शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

योग दिवसको अवसरमा साताव्यापी कार्यक्रम गरिँदै

योग दिवसको अवसरमा साताव्यापी कार्यक्रम गरिँदै

काठमाडौं:  राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौंमा साताव्यापी जनचेतनामूलक कार्यक्रम गरिने भएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयूर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको पत्रकार अन्तरक्रियामा उक्त जानकारी दिइएको हो ।

माघ १ गते नेपालमा राष्ट्रिय योग दिवस मानाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने रहेको छ । साताव्यापी कार्यक्रम आजैबाट स्वास्थ्य पत्रकारहरुलाई योगकोबारेमा जानकारी दिंदै योगासान सिकाएर शुरु गरिएको थियो।

कार्यक्रममा विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले योगको महत्वकोबारेमा जानकारी दिएका थिए । उनले योग रोग लागेपछि मात्र गर्ने नभएर प्रत्येक नागरिकले आफू स्वस्थ रहन सधैं गर्नुपर्ने बताए । उनले स्वस्थ खानपान, अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एक हिस्सा बनाउनुपर्नेमा जोड दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

प्रदेशका सामाजिक विकास मन्त्रीसँग छलफल गर्न स्वास्थ्य मन्त्रालयले बोलायो भेला

प्रदेशका सामाजिक विकास मन्त्रीसँग छलफल गर्न स्वास्थ्य मन्त्रालयले बोलायो भेला

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरुको भेला  बोलाएको छ ।

आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अनौपचारिक छलफलका क्रममा स्वास्थ्य मन्त्रालयको काम कारवाहीलाई कसरी चुस्त दुरुस्त राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्न भेला बोलाएको बताए । उनले भने, ‘अहिले सम्म प्रदेशले गरेका काम एवं प्रगति लगायतका विषयमा छलफल हुनेछ ।’

‘संघर प्रदेशको उद्धेस्य नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने नै भए पनि कतिपय अवस्थामा संघ र प्रदेशमा अधिकार र कार्य क्षेत्रमा अन्यौलता भएको देखिन्छ त्यसलाई हटाउन पनि यो छलफलले सहयोग पुग्छ ,उनले भने ।’

मंगलबार हुने बैठकमा सामाजिक विकासमन्त्री एवं सचिवहरुको सहभागिता हुने बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बिमा नवीकरण गर्न सेवाग्राहीले देखाएनन् चासाे

बिमा नवीकरण गर्न सेवाग्राहीले देखाएनन् चासाे

चितवन : स्वास्थ्य बिमा कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता भए पनि नवीकरण गर्नेको संख्या कम देखिएको छ। बीमा गरेका ४९ प्रतिशतले नवीकरण गरेका छैनन्।

जिल्लामा करिब साढे चार लाखले बीमा गरेको सरकारी तथ्यांक छ। तीमध्ये दुई लाख ३६ हजार २२३ जनाले मात्र नवीकरण गरेको स्वास्थ्य बिमा बोर्ड चितवनका दर्ता अधिकारी निर्मला भट्टराईले जानकारी दिइन्।

जिल्लामा २०७३ साल असार १ गतेदेखि चितवनमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको हो। चितवन झापापछि सबैभन्दा धेरै स्वास्थ्य बिमा गर्ने जिल्लामा पर्छ। सेवा प्रदायकको झञ्झटिलो स्वास्थ्य सेवा, बिमामार्फत सबै औषधि नपाइनु, जनचेतनाको कमी, बिमा बोर्डको झञ्झटिलो प्रक्रियालगायतका कारण पनि नवीकरण कम भएको स्वास्थ्यकर्मी बताउँछन्।

गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले बीमा कार्यक्रम लागू गरेको थियो। दिनप्रतिदिन बीमाप्रति नागरिकको आकर्षण बढेको तर नवीकरण कम भएको भरतपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक नारायणप्रसाद सापकोटाले बताए।

चितवनको भरतपुर अस्पताल, रत्ननगरको बकुलहर अस्पताल, माडीको बघौँडा अस्पताल तथा शिवनगर, जुटपानी र खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रलाई मात्र स्वास्थ्य बिमा कार्यक्रमको प्रथम सेवाविन्दु तोकिएको छ। अस्पतालमा बिमा गरिसकेका सदस्यले सरकारले तोकेको अस्पतालबाट एकदेखि दुई लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्छन्।

चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र मनकामना अस्पतालमा रिफरल अस्पतालका रूपमा बिमा कार्यक्रम लागू भएको छ । विशेषज्ञ चिकित्सक नभएका अस्पताल र स्वास्थ्य केन्द्रमा बिमा कार्यक्रम लागू हुँदैन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बच्चाकाे शारीरिक तथा मानसिक विकासका लागि मसाज

बच्चाकाे शारीरिक तथा मानसिक विकासका लागि मसाज

नेपाली समाजमा बच्चालाई तेल लगाएर मसाज गरिदिने चलन छ। यसले बच्चाको शारीरिक विकासमा मात्र होइन मानसिक फाइदा गर्छ। जब आमाले कोमलतापूर्वक मसाज गर्छिन्, त्यसले बच्चालाई सुखद अनुभूति गराउँछ। साथै सुरक्षाको महशुस पनि गराउँछ। बच्चालाई

मसाज गर्नुका यी हुन् फाइदा

मसाज गर्दा बच्चालाई आराम र खुशी मिल्छ। यसले बच्चालाई भावनात्मक सुरक्षा पनि मिल्छ।

मसाज राम्रो व्यायाम पनि हो। राम्ररी निन्द्रा लाग्छ। उनीहरू स्फूर्ति महशुस गर्छन्।

नियमित रूपले मसाज गर्दा रोग लाग्ने सम्भावना कम हुन्छ। उनीहरू स्वस्थ्य, बलिया हुन्छन्। शरीरको विकास पनि सहज ढंगले हुन्छ।

बच्चाको पेटमा ग्यास,  पाचन क्रिया कमजोर हुने र निन्द्रा नलाग्नेजस्ता समस्या मसाजले हट्छ।

मसाजअघि ध्यान दिनुपर्ने कुरा

बच्चाले दूध पिएको वा पेट भरिएको अवस्था छ भने तुरुन्तै मसाज गरिदिनुहुँदैन।

तीनचार महिनाको बच्चालाई नुहाइदिनुअघि सबै अंगमा बेबी आयलले मसाज गर्नुपर्छ। यसपछि चिसो मौसममा तातोपानी, गर्मीमा सामान्य पानीले नुहाइदिनुपर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सुपारी सेवनले मुटुराेगदेखि क्यान्सरसम्म

सुपारी सेवनले मुटुराेगदेखि क्यान्सरसम्म

खाना खाइसकेपछि सुपारी चपाउने धेरैको बानी हुन्छ। कतिपय सुपारीबाट बनेका गुट्खा आदिको लतमा हुन्छन्। सुपारी र सुपारीजन्य पदार्थ शरीरका लागि एकदमै हानिकारक हुन्छन्।

विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)सुपारीलाई कार्सिनेजेनिक वर्गमा समावेश गरेको छ। इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरले सुपारीलाई क्यान्सर गराउने मुख्य तत्त्व भनेको छ।

सुपारी सेवनबाट मानव स्वास्थ्यमा हुनसक्ने हानि

दाँतको समस्या

निरन्तर रूपमा सुपारी चपाउँदा अन्य समस्याका दाँत खिइन्छ। त्यस्तै, यसले दातमा सडन हुने र खिया लाग्ने समस्या आउँछ।

रसायनिक प्रतिक्रिया

अन्य औषधिसँग मिसिएको अवस्थामा यसले शरीरमा रसायनिक प्रतिक्रिया गराउँछ। औषधिको असर कम गराइदिन्छ।

मुटुरोग

सुपारी सेवनले मुटुमा जोखिम निम्त्याउनुका साथै माटोपनको सम्भावना बढाउँछ।

क्यान्सर

सुपारीको सेवनले मुखको छाला कडा बनाउनुका साथै दाँतको जरामा समस्या ल्याउँछ। अत्याधिक सुपारी सेवनले मुखको क्यान्सर गराउँछ। त्यस्तै, अन्ननलीको क्यान्सर गराउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थोरै खाए औषधि, धेरै खाए विष

थोरै खाए औषधि, धेरै खाए विष

आयुर्वेदमा भनिएको छ, खानेकुरा त्यति नै खानुपर्छ, जति हाम्रो शरीरलाई आवश्यक हुन्छ। मात्रा र समय मिलाउन नजान्दा हामीले खाएको खाना शरीरमा रोगको कारक बनिदिन्छ। अझ केही खानेकुरा यस्ता छन्, जो थोरै खाँदा अमृतसमान हुन्छन्, धेरै खाए विष।

दूध

गाईभैँसीको दूध मानव शरीरका लागि ज्यादै पोषिलो मानिन्छ। यसमा क्याल्सियम, भिटामिन डी जस्ता पौष्टिक तत्त्व पाइन्छ। तर, धेरै मात्रामा पिउँदा यसले हड्डी कमजोर बनाउँछ।

केरा

बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मन पर्ने केरा अत्यन्त लाभदायी फल हो। यसमा फाइबर, पोटासियम, मिनरल्स जस्ता तत्त्व पाइन्छ। तर, यसको सेवन अधिक मात्रामा गरियो भने शरीरमा पोटासियमको मात्रा बढ्छ। यसबाट हाइपरक्यालेमिया, स्नायु वा मुटुसम्बन्धी समस्या आउन सक्छ।

गोलभेँडा

अचार र सलादका रूपमा गोलभेँडा धेरै प्रयोग हुन्छ। यसले तरकारीमा रंग र स्वाद दुवै बढाउँछ। गोलभेँडामा भिटामिन, मिनरल्स, पोटोसियम, म्याग्नेसियम, भिटामिन सी र के पाइन्छ। तर, यो अधिक मात्रामा सेवन गरियो भने प्याङ्क्रियाजसँग जोडिएको समस्या आउन सक्छ।

नरिवल पानी

नरिवल पानी हामीकहाँ पनि खाने चलन छ। यो भिटामिन र न्यूट्रीयन्ट्सको राम्रो स्रोत हो। यो सन्तुलित वा कम मात्रामा सेवन गर्दा फाइदाजनक हुन्छ। तर, अधिक मात्रामा पिइयो भने यस सुगर, पोटासियम लेभल बढाउन सक्छ। साथै तौल पनि बढाउन सक्छ।

रातो मासु

रातो मासु भिटामिन ए, बी, कपर र आइरनको स्रोत हो। तर, योधेरै मात्रामा सेवन गर्दा न्यूरोलोजिकल परिवर्तन, हड्डी कमजोर हुने जस्ता समस्या हुनसक्छ। रातो मासु अत्यधिक खाँदा क्यान्सरको सम्भावना हुन्छ।

समुद्री माछा

यसमा फ्याटी एसिट, प्रोटिन र ओमेगा थ्री अधिक मात्रामा पाइन्छ। यसैले यो स्वास्थ्यका लागि फाइदाजनक छ। यसमा हुने मेथिल मर्करीले स्वास्थ्यलाई बेफाइदा गर्छ। त्यसैले यो धेरै खान हुँदैन।

थप समाचार

चाँडाे चाँडाे भाेक लाग्छ?, यस्ता समस्या त छैनन्?

चाँडाे चाँडाे भाेक लाग्छ?, यस्ता समस्या त छैनन्?

निश्चित समयमा भोक लाग्नु स्वभाविक प्रक्रिया हो। तर, कतिपयलाई खाना खानेबित्तिकै पनि भोक लाग्छ। यसले शरीरमा केही खराबी भइरहेको छ भन्ने संकेत गर्छ। चाँडैचाँडै भोक लाग्नुका कारण यी हुन सक्छन्–

शरीरमा पानी कम

पर्याप्त पानी नपिउँदा शरीरमा ‘डिहाइड्रेसन’ हुन्छ। भोक लागिरहन्छ। जाडोमा शरीरमा पानी कम हुँदा यो समस्या आउँछ। केही खाँदा समस्या समाधान हुन्छ भनेर हामी खाइरहन्छौँँ। यसले गर्दा तौल पनि कम हुन्छ। कमजोरी बढ्छ।

बिहान नास्ता नखानु

बिहानको नास्ताले ब्लड सुगरलाई स्थिर राख्छ। यसले गर्दा दिनभर भोक लाग्न दिँदैन। नास्तामा प्रोटिनयुक्त वस्तुह समावेश गर्दा बारम्बार भोक लाग्ने समस्याबाट छुटकारा पाइन्छ।

खाने वेला हतार

हतार गरेर खाने बानी छ भने यो बानी छाड्नुपर्छ। बिस्तारै बिस्तारै चपाएर खानुपर्छ। यसले गर्दा खाएको खाना पेटमा राम्ररी पच्छ र यसमा रहेका सबै पोषक तत्वले शरीरलाई उर्जा दिन्छ। त्यसो भएमा बारम्बार भोक लाग्ने समस्या रहँदैन।

प्रोटिन र फाइबरको कमी

खानामा ठीक परिमाणमा प्रोटिन र फाइबर भएन भने पनि हरेक समय भोक लागेको महशुस हुन्छ। प्रोटिन र फाइबरयुक्त खाना खाएपछि यो समस्या समाधान हुन्छ।

अपर्याप्त क्यालोरी 

शरीरलाई सम्पूर्ण आहराको आवश्यकता हुन्छ । जति अन्य पौष्टिक तत्वको आवश्यकता हुन्छ, शरीरमा पर्याप्त मात्रामा क्यालोरी त्यति नै आवश्यक पर्छ। क्यालोरीरहित खानेकुरा खाँदा भोक लागिरहन्छ।

निद्रामा लापरवाही

सातदेखि आठ घण्टाको निद्राले स्वस्थ मात्र होइन ऊर्जावान् पनि बनाउँछ। निद्रा पुगेन भने शरीर थाक्छ र बारम्बार भोक लागिरहन्छ।

यीबाहेक कुनै रोगका कारण पनि बारम्बार भोक लाग्ने भइरहेको हुनसक्छ। मधुमेह जस्ता रोगको शुरुवाती चरणमा पनि भोक लागिरहने समस्या आउँछ।

थप समाचार

‘यहाँका अस्पतालले सही सल्लाह दिएनन्, अपाेलाेले नयाँ जीवन दियाे’

‘यहाँका अस्पतालले सही सल्लाह दिएनन्, अपाेलाेले नयाँ जीवन दियाे’

काठमाडौं : झापाका नारायण श्रेष्ठले भारतको अपोलो अस्पतालले आफूलाई नयाँ जीवन दिएको बताएका छन्।

शनिबार पत्रकार सम्मेलनमा उनले आफूलाई लाखौँमा एकजनालाई हुने ब्रेन ट्युमर भएको र अपोलो अस्पतालले बचाएको बताएका हुन्।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन प्रणव कुमारले शल्यक्रिया गरेर आफ्नो ज्यान बचाएको श्रेष्ठले जानकारी दिए। ‘यसअघि नेपालमा लाखौँँ खर्च भयो’, उनले भने, तर यहाँका अस्पताल र चिकित्सकले सही सल्लाह दिएनन्।’

गत वर्षको भदौमा नेपालमै एक अस्पतालमा श्रेष्ठको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल नभएपछि उनी भारतको दिल्लीस्थित अपोलो अस्पताल गएका थिए ।

श्रेष्ठको केस निकै जटिल भएको डा. प्रणवले बताए। ‘त्यसमा पनि श्रेष्ठको ब्लड ग्रुप नेगेटिभ भएकाले पनि बढी खतरापूर्ण थियो’, उनले भने’ ‘तर हामीले सोही बमोजिम प्लान गरेर शल्यक्रिया गर्यौँ।’ उनले श्रेष्ठको जस्तै ट्युमरको शल्यक्रिया आफूले गर्दै आएको बताए।

डा. प्रणवले शल्यक्रिया सफल हुन चिकित्सकको मात्र भूमिका नहुने भन्दै अस्पतालको वातावरण, अन्य प्राविधिक, मेडिकल उपकरण आदिको महत्वपूर्ण भूमिका हुने बताए। अपोलो अस्पतालमा विभिन्न रोगको उपचारका लागि बर्सेनि हजारौँ नेपाली जाने गर्छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

महाेत्तरीका तीन औषधि पसलमा सिल

महाेत्तरीका तीन औषधि पसलमा सिल

महोत्तरी : औषधि व्यवस्था विभागले जिल्लाकाे गौशालास्थित तीनवटा औषधि पसल सिलबन्दी गरेको छ। विभागले शनिबार गौशाला पोलिक्लिनिक, गौशाला सिटी हेल्थ केयर र दिव्य हेल्थ क्लिनिक सिलबन्दी गरिएको हो।

औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका फार्मेसी निरीक्षक डा. चन्देश्वर यादवनेतृत्वको टोलीले अनुगमन गर्दा अव्यवस्थित, दर्ता नगरेको र फर्मासिस्टविना सञ्चालन गरेको पाइएपछि तीनवटा पसलमा सिलबन्दी गरेको हो।

अनुगमनको क्रममा औषधि व्यवसायीले विनाफर्मासिस्ट पसल सञ्चालन गरेको, म्याद नाघेका औषधि सञ्चय गरेको र बिक्री गर्दा बिल नदिने गरेको पाइएको विभागले जनाएको छ। अनुगमनलाई निरन्तरता पनि विभागको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रक्तपरीक्षण सेवा शुरु

रक्तपरीक्षण सेवा शुरु

डोटी : निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले रगत समूह परीक्षण सेवा शुरु गरेको छ।

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले शनिवार रक्तपरीक्षण सेवा शुरु गरिन्। प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रक्तदानले सबैभन्दा ठूलो पुण्य प्राप्त हुने तर्क गरे। अस्पतालका निर्देशक आइजंग कुँवरले बिरामीको ज्यान जोगाउन उद्देश्यले रक्तपरीक्षण शुरु गरेको बताए।

जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले हालसम्म ९७ बिरामीका लागि रक्तदान गरिसकेको निमित्त गणपति सन्तोष ढुंगेलले जानकारी दिए। कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ ।

जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नम्बर गणले उपलब्ध गराउँदै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बालबच्चाको खोकीमा नआत्तिनुस्, जथाभावी औषधि नख्वाउनुस्

बालबच्चाको खोकीमा नआत्तिनुस्, जथाभावी औषधि नख्वाउनुस्

रुघा लागेपछि सबैलाई सामान्यतया केही दिन खोकी लाग्छ। कति बालबालिकालाई त ज्यादै नै हैरान पार्नेगरी खोकी लाग्छ। अभिभावक आत्तिएर जसरी भए पनि ठिक पार्न पाए हुँदो हो भन्ने सोचेर खोकी रोक्ने औषधि ख्वाउन समेत पछि पर्दैनन्।

खोकी स्वयंमा समस्या होइन। यो अनावश्यक वस्तु वा बढी निस्किएको खकार बाहिर फाल्ने आवश्यक प्रक्रिया हो। खोकी रोक्ने औषधि (सुख्खा खोकीमा) विशेषगरी ठूला मान्छेको लागि प्रयोग गरिए पनि त्यस्ता औषधिले खकार फोक्सोतिर जान सहयोग गरेर निमोनियासम्म गराउन सहयोग गर्छन्।

अतः तेस्ता औषधिको सट्टा निम्न उपाय प्रभावकारी छन्–

२–३ चम्चा महमा केही थोपा अदुवाको र तुलसीपातको रस र थोरै मरिचको धुुलो राखेर बेला बेलामा चाट्न दिने।
उत्तानो पारेर नसुताउने, कोल्टे पारेर सुताउने।

नाक बन्द भए मनतातो नुन पानीले सफा गरिदिने, पानीको बाफ लिन लगाउने वा बाफको नजिक राख्ने।

न्यानो लुगा र कान छोप्ने टोपी लगाइदिने।

वेला वेलामा मनतातो पानी खान दिने।

ज्वरो आए कसिएको लुगा नलाउने, पसिना आए नआएको वेलावेलामा जाँचेर लुगा भिजेको भए फेरिदिने, पानी अझ बढी ख्वाउने।

मुखमा धेरै र्याल जम्मा भए थुक्न लगाउने वा सफा हातले हटाइदिने।

चिसो बतासमा नबसाउने बाहिर जान नदिने, धुलो र धुवाँँबाट जोगाउने।

तातो र ताजा खानेकुरा मात्र रुचिअनुसार खान दिने।

अनार, सुन्तला आदि फलफूल वा किसमिस राम्ररी पखालेर अनि तातोपानीमा डुबाएर दिने। तर पाकेको केरा नदिने।

सास फेर्न गाह्रो भएमा वा कोखा हान्ने छिटो सास फेर्ने र जतिखेर पनि घ्यारघ्यार भएमा योग्य स्वास्थ्यकर्मी वा चिकित्सकको परामर्श लिएर थप उपचार गर्ने।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

६९ पटक रक्तदान गर्ने लुइँटेललाई सम्मान

६९ पटक रक्तदान गर्ने लुइँटेललाई सम्मान

झापा : ६९ पटक रक्तदान गर्ने विर्तामोडका ओमप्रकाश लुइँटेललाई सम्मान गरिएको छ। शनिबार आयोजित कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उनलाई सम्मान गरे।

मृत्यु शय्यामा छटपटाइरहेका मानिसलाई रक्तदान गर्दै नयाँ जीवन दिलाउन र मानवीय सेवामा लुइँटेलले पुर्याएको योगदानको  मूल्याङ्कन गर्दै उनलाई सम्मान गरेको आयोजक सहारा नेपाल सहकारी संस्थाले बताएको छ।

लुइँटेल जिल्लामै सबैभन्दा बढी रक्तदान गर्नेेमा पर्छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

उपचारका क्रममा सुत्केरीको मृत्यु, नेपाल मेडिकल कलेजमा तोडफोड

उपचारका क्रममा सुत्केरीको मृत्यु, नेपाल मेडिकल कलेजमा तोडफोड

काठमाडौं : सुत्केरीको मृत्यु भएपछि जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा तोडफोड भएको छ। उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तलगायतले अस्पताल तोडफोड गरेका हुन्।

भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईको मृत्यु भएपछि आफन्तलगायतले शनिबार दिउँसो अस्पतालमा तोडफोड गरेका हुन्। राईले बिहीबार राति ११ बजे बच्चालाई जन्म दिएकी थिइन्।

भोलिपल्ट उनको मृत्यु भएको थियो। सुत्केरी गराउने क्रममा भ्याकुमले शिशु तान्दा पाठेघरसमेत तानेको आफन्तको आरोप छ।

उनीहरूले  छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न माग गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो ‘प्यालिएटिभ केयर’ ?

के हो ‘प्यालिएटिभ केयर’ ?

क्यान्सर उपचारमा ‘प्यालिएटिभ केयर’को महत्त्वपूर्ण भूमिका हुन्छ। प्यालिएटिभ केयर भन्नाले बिरामीलाई हुने असजिलोपना, दुखाइ, पीडा आदिबाट मुक्त वा कम गराउनु हो। बिरामीको रोगसँगै आउने समस्यालाई कम गराउँदै जानु हो।

क्यान्सरका बिरामीको उपचार शुरु भएदेखि नै प्यालिएटिभ केयरको आवश्यकता पर्दछ । तर रोगले थलिएर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि यो अनिवार्य केयर हो। क्यान्सरको उपचारमा दिइने केमोथेरापी, रेडियोथेरापीका कारण ‘साइड इफेक्ट’का रूपमा थुप्रै समस्या आउन सक्छन्। यसलाई कम गर्न सहज बनाउन पनि यो केयरको आवश्यकता पर्छ।

दीर्घकालीन रोग लागेपछि बिरामीलाई अनेक किसिमका तनावले सताउँछ। यसले उनीहरू मानसिक रूपमा पनि कमजोर बन्न पुग्छन्। उनीहरू ‘दीर्घरोग लाग्यो अब मरिहालिन्छ’ भन्ने सोचेर झनै कमजोर बन्न पुग्छन्। यो अवस्थामा उनीहरूलाई मनोसामाजिक परामर्श समेत आवश्यकता पर्छ। प्यालिएटिभ केयरमा उनीहरुलाई परामर्श समेत दिने गरिन्छ।

क्यान्सर अन्तिम अवस्थामा पुग्दा बिरामीमा दुखाइ, पीडा, तनाव, चिन्ता, थकाइ, बान्ता र अनिन्द्रा जस्ता समस्याले सताउने गर्छ। यस्ता लक्षणका आधारमा औषधि दिने र जीवन सहज बनाउने काम प्यालिएटिभ केयरमा गरिन्छ।
बिरामीको शारीरिक, मानसिक र सामाजिक रूपमा अवस्थामा हेरविचार गरी गुणस्तरमा सुधार ल्याउनु नै प्यालिएटिभ केयरको मुख्य उद्देश्य हो। क्यान्सर अन्तिम अवस्थामा पुग्दा बिरामीमा दुखाइ, पीडा, तनाव, चिन्ता, थकाइ, बान्ता र अनिन्द्रा जस्ता समस्याले सताउने गर्छ। यस्ता लक्षणका आधारमा औषधि दिने र जीवन सहज बनाउने काम प्यालिएटिभ केयरमा गरिन्छ।

बिरामी जति दिन बाँच्छन त्यसमा सहज बनाइदिन जरुरी हुन्छ । उनीहरुको रोगले गाँजेको जीवनलाई सहज बनाउने काम यस सेवामा पर्दछ । प्यालिएटिभ केयरमा बिरामीको इच्छालाई प्राथमिकता दिइन्छ । क्यान्सरको अन्तिम ‘स्टेज’मा पुगे बिरामी यस्ता बिरामी धेरै नबाँच्ने हुनाले जति बाँच्छन् उनीहरुकै इच्छा बमोजिम सहज तरिकाले बाँच्न दिइन्छ।

बिरामीको मृत्यु नजिकिंदै गर्दा पीडा बढी हुँदै जान्छ र यस्तो अवस्थामा बिरामीलाई स्वास्थ्यको ख्याल गर्दै सेवा दिइन्छ । यो केयरले अन्तिम अवस्थामा जीवनलाई जति सक्दो राम्रोसँग जिउन र मृत्युको सहजतामा मद्दत पुर्याउँछ।

बिरामीका यी असहजता र अप्ठ्याराहरूको उपचार गर्ने विधि नै प्यालिएटिभ केयर हो। यो केयर अस्पतालमा मात्र होइन बिरामीको घरमै गएर पनि दिने गरिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई कारवाहीको माग

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई कारवाहीको माग

काठमाडौं:  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई कारवाही गर्न माग गर्दै आन्दोलनका कार्यक्रम अघि ल्याइएको छ । प्रक्रिया पुगेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन घुस मागेको भन्दै विजय थापाले उनको कारवाहीको माग गरेका हुन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै थापाले गिरीले बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि सञ्चालक दुर्गा प्रसाईसँग २० करोड घुस मागेको भन्दै उनलाई सरकारले कारवाही गर्नुपर्ने बताए । चिकित्सा शिक्षा विद्येयक आएपछि काठमाडौं बाहिरका मेडिकल कलेजले सम्बन्धन पाउने बाटो खुला गरेको भए पनि गिरीले सम्बन्धन दिन आनाकानी गर्दै घुस मागेको आरोप लगाइएको छ ।

धेरै जनाको प्रयास पछि बनेको चिकित्सा शिक्षा आयोग जस्तो सम्मानित संस्थामा यस्तो हर्कत हुनु खेदपूर्ण भएको उनले बताए । उनले गिरीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने समेत जिकीर गरे । गिरीलाई आउँदो माघ १६ गतेसम्म कारवाहीको प्रक्रिया अघि नबढाए आफू आयोगमै आमरण अनशन बस्ने चेतावनी समेत दिए ।

उनले आइतबारदेखि आयोगमा धर्ना एवं विरोधका कार्यक्रम गर्ने पनि जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपाल बाल शल्य चिकित्सक संघको नेतृत्वमा प्राडा चौधरी

नेपाल बाल शल्य चिकित्सक संघको नेतृत्वमा प्राडा चौधरी

काठमाडौं:  बाल शल्य चिकित्सकहरुको साझा संगठन नेपाल बाल शल्य चिकित्सक संघले नयाँ नेतृत्व पाएको छ । शुक्रबार सम्पन्न संघको अधिवेशनले प्राडा रामनन्दन प्रसाद चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल बाल शल्य चिकित्सक संघ जन्मेदेखि १८ वर्ष सम्मका बालबालिकाको शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सकहरुको साझा संस्था हो । यो संघमा हालसम्म १९ जना शल्य चिकित्सक सदस्यका रुपमा आबद्ध छन्। नेपालमा झण्डै २९ जना मात्र बालबालिकाको रोगमा शल्यक्रिया गर्ने विशेषज्ञ शल्य चिकित्सक रहेको जनाइएको छ । नेपालमा नवजात शिशु एवं बाल मृत्युदर कम गर्न यी विशेषज्ञ शल्य चिकित्सकहरुको महत्वपूर्ण भूमिका रहेको छ ।

नवनिर्वाचित अध्यक्ष प्राडा चौधरीले विशिष्टीकृत सेवाले बालमृत्युदर कम गर्न सहयोग हुने भन्दै नेपालमा पनि प्रत्येक प्रदेशमा बाल अस्पतालको आवश्यकता रहेको बताए । उनले झण्डै ४० प्रतिशत बालबालिका रहेको नेपालमा अझ धेरै बाल विशेषज्ञ चिकित्सकहरुको आवश्यकता रहेको जनाए ।

प्राडा चौधरीको नेतृत्वको नयाँ कार्यसमितिमा डा रामेश्वर प्रसाद पोखरेल उपाध्यक्षमा चयन भएका छन् । त्यसैगरी, महासचिवमा डा अनुपमा थापा, सहसचिवमा डा गेहराज दाहाल, कोषाध्यक्षमा डा विजय थापा र सहकोषाध्यक्षमा डा रमना राजकर्णिकार चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा डा पुष्कर पोखरेल, डा मनिष पोखरेल, डा ज्यास्मिन बज्राचार्य, डा आशिष लाल श्रेष्ठ चयन भएका छन् । संघमा डा नारायण बहादुर थापा निवर्तमान अध्यक्ष रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

उपकुलपति चयन गर्न ‘सर्च कमिटी’ गठन

उपकुलपति चयन गर्न ‘सर्च कमिटी’ गठन

काठमाडौं : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति चयनका लागि सरकारले ‘सर्च कमिटी’ गठन गरेको छ।

प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति चयनका लागि शुक्रबार सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा सर्च कमिटी गठन गरेका हुन्।

कमिटीमा अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा सदस्य छन्। तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियार केही समयअघि घुसकाण्डमा मुछिएर निलम्बनमा परेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमन्त्री ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी थप

स्वास्थ्यमन्त्री ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी थप

काठमाडौ‌ं : सरकारले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको छ।

राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि खाली रहेको मन्त्रालय ढकाललाई जिम्मा दिइएको हो।

यसअघि यही सरकारमा ढकालले कानुन मन्त्रालय पाएका थिए। मन्त्रिपरिषद् विस्तार तथा हेरफेरका क्रममा तत्कालीन स्वास्थ्यमन्त्री यादवलाई कानुन मन्त्रालयमा लगिएपछि ढकाल स्वास्थ्य मन्त्रालय आइपुगेका हुन्।

यस्तै खाली रहेको शहरी विकास मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कारागारमा रहेकी एचआईभी संक्रमितकाे मृत्यु

कारागारमा रहेकी एचआईभी संक्रमितकाे मृत्यु

वीरगञ्ज : वीरगञ्ज कारागारमा एक महिला कैदीकोे मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका ९ की ३५ वर्षीया सन्ध्या पौडेलको मृत्यु भएको हो।

एचआईभी एड्स संक्रमित पौडैलको मृत्यु भएको वीरगञ्ज कारागार प्रशासनले जनाएको छ। उनी केही दिनअघि मात्रै अस्पतालमा उपचार गराएर फर्किएकी थिइन्।

कारागारका अनुसार उनी लागुऔषध मुद्दामा अदालतबाट ३ वर्ष जेल सजाय भु्क्तान गरिरहेकी थिइन्।

ताजा अपडेट