Health TV Online
Health TV Online

धेरै चुनौती छन् नर्सिङ पेशामा

धेरै चुनौती छन् नर्सिङ पेशामा

स्याङ्जाकी खुस्बु आले मगर महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालमा ओपीडीमा नर्स इञ्चार्ज छिन्। यसपालिको नर्सको कुरामा उनै खुस्बुका कुरा उनकै शब्दमा–

सानैदेखि दुःखी असहायलाई सहयोग गर्ने भावना हुन्थ्यो। अस्पतालमा नर्सले बिरामीको सेवा गरेको देख्दा म पनि ठूलो भएपछि यस्तै बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। संयोगले बुबाले पनि ‘छोरीलाई नर्स पढाउछुँ’ भनिरहनुहन्थ्यो। यिनै कुराले मलाई नर्स बन्न प्रेरणा दियो।

काठमाडौंस्थित न्यु नलेज अंग्रेजी स्कुलबाट विद्यालय तहको पढाइ पूरा गरेपछि २०६९ सालमा गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नर्सिङ पढ्न थालेँ। रुचिको विषय भएकाले उत्साहका साथ नर्सिङ पढ्न शुरु गरेँ। तेस्रो वर्षमा पढ्दै गर्दा २०७२ को वैशाख १२ गतेको याद आउँछ। क्याम्पसको पाँचौ तलामा ‘लिडरसिप म्यानेजमेन्ट’ पढ्दै थियौँ। भूकम्पले हल्लाउन छाड्नेवित्तिकै बिरामीलाई बोकेर तल लग्ने काममा लाग्यौँ। वेला वेलाको परकम्पले डर त लागिरहेकै थियो तर कर्तव्य पनि पूरा गर्नैपर्ने थियो।

पीसीएल नर्सिङ सकेपछि ७२ सालमै मैले अल नेपाल अस्पतालमा तीन महिना इन्टर्नसिप गरेँ। त्यसपछि ओजस्वी क्लिनिकमा डेढ वर्ष काम गरेँ। अहिले मेट्रो अस्पतालमा कार्यरत छु।

नर्सिङ विषय पढ्न र यो पेशामा लाग्न मेरो परिवारको साथ पाएकोले गर्दा आज म यहाँसम्म आइपुगेकी छु। यो पेशामा रहँदा मलाई गर्व लाग्छ। अस्पतालमा बिरामी विभिन्न समस्या लिएर आउँछन्। कतिपय बिरामीलाई सजिलै बुझाउन सकिन्छ भने कतिलाई बुझाउन निकै कठिन हुन्छ। धेरैले हामीलाई दिदीबहिनी र छोरीजस्तै व्यवहार गर्छन् भने कसैकसैले नराम्रो व्यवहार गर्छन्। जेजस्तो भए पनि हाम्रो कर्तव्य उनीहरूको सेवा गर्ने नै हो। त्यसैले उनीहरूले नबुझेका कुरा राम्ररी सम्झाएर प्रष्ट पारिदिन्छौँ।

म कार्यरत मेट्रो अस्पताल दीर्घरोग भएका बिरामीहरू उपचार गर्ने अस्पताल हो। मैले जिम्मेवारी पाएको बहिरंग विभाग (ओपीडी)मा बिरामी स्वास्थ्य परीक्षण र परामर्शका लागि आउँछन्। हाम्रो सेवाले बिरामी निको भई हाँसीखुशी घर फर्किएको पल साह्रै खुशी हुन्छु। हामीले सबैलाई गर्ने उपचार र सेवा त उही हो। कहिलेकाहीँ अप्रत्यासित घटनाको सामना गर्नुपर्छ। धेरै प्रयासका बाबजुत उपचार सफल नभएको देख्दा दुःख लाग्छ।

अस्पताल भनेको डाक्टर र नर्सको सहकार्यमा चल्ने संस्था हो। यी दुईबीच सानो ‘ग्याप’ रह्यो भने पनि बिरामीको उपचारमा असर पर्छ। उनीहरूले सहज रूपमा उपचार पाउँदैन। यसले अस्पतालको साख त घट्छ नै यहाँ कार्यरत डाक्टर र नर्सको कार्यक्षमतामाथि पनि प्रश्न उठ्छ।

ओपीडी विभागमा कार्यरत भएकाले डाक्टरको ‘प्रेस्किप्सन’ बिरामीलाई राम्रोसँग बुझाएर पठाउनु मेरो धर्म हो। औषधिको मात्रा, खाने समय र अपनाउनुपर्ने सावधानी बुझाएर पठाउने गरेकी छु।

पछिल्लो समय नर्सिङ पेशामा आकर्षण बढेको छ। यो राम्रो हो। सेवा गरेर कसैको जीवन बचाउने काम साधारण होइन। तर यसमा चुनौती पनि धेरै छन्। नर्स बन्नका लागि धैर्य, त्याग, सेवाभाव, सरलता र मिठो बोली आदि आवश्यक पर्ने रहेछ। नर्सिङ पेशामा चार वर्षमा सिकेको कुरा यही हो।

प्रस्तुति: अशिम सापकोटा

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

एकैपटकमा जन्मिए चार सन्तान

एकैपटकमा जन्मिए चार सन्तान

कास्की : पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छिन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन्। पौडेलले सकुशल चार सन्तान जन्माएको अस्पतालले जानकारी दियो।

पौडेलले जन्माएका सन्तानमध्ये पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका छन्। उपचारमा संलग्न डा. महेन्द्र पाण्डेका अनुसार अहिले शिशु र आमाको स्वास्थ्य सामान्य छ।

तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन्।

प्रतीकात्मक तस्विर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सुत्केरीले कस्ताे गर्ने खानपान?

सुत्केरीले कस्ताे गर्ने खानपान?

बच्चा जन्माइसकेपछि महिलालाई पोषणयुक्त र सन्तुलित खाना आवश्यक पर्छ। यो वेला सुत्केरीले भिटामिन, क्यालोरी एंव प्रोटिनयुक्त खाना खानुपर्छ। सही खानपानलाई शक्ति मिल्छ, स्वस्थ रहन सहयाेग गर्छ।

प्रसवपछि शरीरमा पानीको मात्रा कमी नहोस् भनेर प्रशस्त मात्रामा पानी र फलफूलको रस पिउनुपर्छ। दिनभरमा १० ग्लासभन्दा बढी पानी पिउनुपर्छ। यसबाट शरीरमा भएको विषालु पदार्थ र फ्याट बाहिर निस्कन्छ।

खानामा गहुँ, अन्न, दालको सेवनले  आमा र बच्चा दुवैलाई पोषण मिल्छ। खानामा माछामासु, माछा र उसिनेको अण्डा समावेश गर्नुपर्छ। यस्तो अवस्थामा शरीरलाई अधिक पोषणको आवश्यकता पर्छ। दुग्धजन्य पदार्थको प्रयोग राम्रो मानिन्छ। तागतका लागि ड्राई फ्रुट्स पनि  खान सकिन्छ।

डेलिभरी पछि शरीर कमजोर भएको हुन्छ। त्यसबाट बच्न घिउ सेवन प्रभावकारी हुन्छ। थोरै मात्रामा सेवन गरेमा शक्ति  मिल्छ भने धेरै खाए फ्याट बढ्छ। फाइबरयुक्त खानेकुरा प्रशस्त खानुपर्छ। यसले तौल नियन्त्रण  गर्न सघाउ पुर्याउँछ। राति हल्का खाना खानुपर्छ, रातको खानामा सुप, हरियो सागसब्जी लाभदायक हुन्छ।

उचित खानपानकाे साथमा व्यायाम र पर्याप्त निद्राको पनि आवश्यक पर्छ।सन्तुलित आहारसँगै नियमित रूपमा व्यायाम पनि गर्नुपर्छ। व्यायामबाट अनिद्रा र तनावमुक्त भइन्छ।

प्रतीकात्मक तस्विर

थप समाचार

दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले अभद्र व्यवहार गरेको उजुरीपछि प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधानले प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टी गरे। उनले प्रसाइँलाई पक्राउ गर्न उनको भत्तपुरस्थित घरमा गएको तर उनी फेला नपरेको बताए ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले प्रसाईँले आफूविरुद्ध अभद्र व्यवहार गरेको र असुरिक्षत भएको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए। उनले प्रसाईँविरुद्ध अदालतमा मानहानीको पनि मुद्दा दर्ता गराएका थिए ।

प्रसाईँले बी एण्ड सी मेडिकल कलेज सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका छन्। उता  गिरीले यो आरोप मात्र भएको बताउँदै आएका छन्। गिरीविरुद्ध प्रसाइँले अख्तियार र सम्पत्ति शुद्धिकरणमा समेत उजुरी दिएका थिए भने गिरी अदालत गएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

पोषणयुक्त खानेकुरा खान सुत्केरीलाई वडाकाे भत्ता

पोषणयुक्त खानेकुरा खान सुत्केरीलाई वडाकाे भत्ता

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका वडा नं. ३ ले सुत्केरीलाई पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ।

निरन्तररूपमा दुई वर्षदेखि सुत्केरी भएकालाई पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराइएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए।

‘दूध, दही, घ्यू, फलफूल, माछा, मासु, हरियो सागपात, गेडागुडीलगायत खानका लागि भत्ताको रकम दिँदै आएका छौँ’, उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका महिलालाई विभिन्न किसिमका रोगको संक्रमण हुने भएकाले पोषण कार्यक्रम सञ्चालन गरी भत्ता दिन थालेका हौँ।’

कार्यक्रमअन्तर्गत सुत्केरी हुनेलाई वर्षमा एक पटकका लागि एक हजार २०० दिइन्छ। सुत्केरी र शिशुका लागि दुई जोर कपडासमेत दिइने गरिएको छ।

पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिइन थालेपछि मातृ शिशु मृत्यृदर शून्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले दाबी गरे।

वडा कार्यालयले शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएपछि स्वास्थ्यचौकीको शिशु जन्मेको प्रमाणपत्र र स्वयंसेविकाको सिफारिसका आधारमा भत्ताको रकम दिने गरेको छ। उमेर नपुगिकनै विवाह गरी सुत्केरी हुने महिलालाई भने वडाले उक्त सुविधा दिने गरेको छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

अरूण उपत्यकामा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना हुँदै

अरूण उपत्यकामा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना हुँदै

काठमाडाैं :|पूर्वीय दर्शन, योग, परम्परागत चिकित्सालगायतको अध्ययन तथा अनुसन्धान गर्ने जनशक्ति उत्पादन गर्न सरकारले योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न लागेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयको विधेयक तयार पारेको छ । शिक्षा मन्त्रालयले तयार गरेको विधेयक अर्थ तथा कानुन मन्त्रालयबाट स्वीकृति प्राप्त गरी संसदमा दर्ता हुनेछ।

विश्वविद्यालयको कार्यालय अरुण उपत्यकामा  स्थापना हुनेछ । सहसचिव रामशरण सापकोटाका अनुसार एक केन्द्रीय क्याम्पस र सातै प्रदेशमा एकएक आंगिक क्याम्पस रहने गरी विधेयक तयार भएकाे छ । संसद्बाट विधेयक पारित भएपछि पूर्वाधार विकासको काम शुरु गर्ने बताइएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मस्तिष्ककाे कार्यक्षमतामा ह्रास ल्याउने केही खराब बानी

मस्तिष्ककाे कार्यक्षमतामा ह्रास ल्याउने केही खराब बानी

शरीर स्वस्थ राख्न मस्तिष्क स्वस्थ्य राख्न जरूरी छ। तर दिनचर्याका क्रममा हामीले कतिपय गल्ती गरिरहेका हुन्छौँ जसले मस्तिष्कको कार्यक्षमतामा ह्रास ल्याइरहेको हुन्छ। मस्तिष्कलाई कमजाेर पार्ने केही यस्ता खराब बानी–

कम निद्रा

शरीर तथा मस्तिष्क स्वस्थ राख्न पर्याप्त मात्रामा निद्रा आवश्यक छ। अपर्याप्त निद्राको कारण मस्तिष्कका कोषिका निस्कृय हुनुका साथै अनावश्यक दबाब पर्छ। यसले मस्तिष्कको कार्य क्षमतामा ह्रास आउँछ। यसको नकारात्मक असर मस्तिष्कमा पर्छ। यसकै कारण स्मरण शक्ति समेत कमजोर हुन थाल्छ। त्यसैले मस्तिष्कलाई स्वस्थ्य राख्न दिनहुँ ७–८ घण्टा सुत्नुपर्छ।

 पत्रु खाना

जंकफुड अर्थात् पत्रु खाना। यसमा अजिनोमोटोको प्रयोग गरिएको हुन्छ। आवश्यक्ताभन्दा बढी अजिनोमोटोको सेवनले मस्तिष्कमा असर गर्छ। विशेषगरी, मस्तिष्कमा हुने न्युरोन रिसेप्टर्सलाई यसले असर पार्छ। यसका कारण टाउको दुख्ने, वान्ता हुने, पेट दुख्ने लगायतका समस्या आउँछ। मस्तिष्कको क्षमतामा समेत ह्रास ल्याउँछ।

कोलाहल

कोलाहलमा बसेर काम गर्दा वा लगातार घण्टौँसम्म एयर फोन लगाएर ठूलो स्वरमा गीत सुन्ने गर्नाले पनि मस्तिष्कका कोशिकामा असर पर्छ। जसका कारण मस्तिष्कमा समेत असर पर्छ। यसकै कारण अल्जाइमरको समस्या निम्तिन्छ।

निस्क्रिय जीवनशैली

निस्क्रिय जीवनशैलीका कारण पनि मस्तिष्कमा नकारात्मक असर पर्छ। निस्क्रय जीवनशैली हुादा उच्च रक्तचाप, मुटुरोग मधुमेह, लगायतका समस्या निम्तिन्छ, जसले मस्तिष्कमा गम्भीर असर पार्न सक्छ।

आवश्यक्ताभन्दा बढी खाना

शरीरका लागि आवश्यकभन्दा बढी मात्रामा खानेकुराले मस्तिकलाई असर पार्न सक्छ । आवश्यकभन्दा बढी मात्रामा खानेकुरा सेवनले मस्तिष्कका नशालाई कडा बनाइदिन्छ। यसले मस्तिकको काम गर्ने क्षमतामा कमी ल्याउँछ।

धूमपान

धुमपान गर्नाले शरीरबाट कैयौँ हानिकारक रसायन निस्किन्छ। यसले रगतलाई गाढा बनाइदिन्छ, जसले गर्दा मस्तिष्कमा रक्तसञ्चार कम हुन्छ। साथै  मस्तिष्कमा अक्सिजनको प्रवाह समेत कम गरिदिन्छ। यसरी मस्तिष्कमा अक्सिजन राम्ररी नपुग्दा यसको कार्यक्षमतामा ह्रास आउँछ।

थप समाचार

मधुमेह भएकाले जाडाेमा साेझै नसेक्नुस् हिटरमा गाेडा (भिडियाेसहित)

मधुमेह भएकाले जाडाेमा साेझै नसेक्नुस् हिटरमा गाेडा (भिडियाेसहित)

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी भएको अवस्थालाई मधुमेह भनिन्छ। मधुमेह हुने धेरै कारणमध्ये जीवनशैली पनि प्रमुख मानिन्छ। त्यसबाहेक परिवारमा कसैलाई मधुमेह रोग छ भने अन्य सदस्यलाई हुने सम्भावना बढी हुन्छ ।

अचेल अधिकांश व्यक्ति कामकाजी छन्। कामको भागदौड एवं प्रतिस्पर्धाका कारण अधिकांशले आफ्ना लागि समय नै निकालिरहेका हुँदैनन्। शारीरिक व्यायामको कमी, जंकफुडको बढी सेवन र तनावजस्ता कारणले पनि मधुमेह संसारभर बढिरहेको छ। नसर्ने रोगमध्ये बढी चुनौतीपूर्ण बनिरहेको छ मधुमेह।

मधुमेह यस्तो रोग हो, जसले आफूले मात्र असर गर्दैन, अन्य अंग जस्तै– मुटु, मिर्गौला, आँखा नसा जस्ता अंगमा पनि गम्भीर असर पुर्याउँछ। त्यसैले पनि यो रोग लाग्नै नदिन प्रयास गर्न जरुरी छ। रोग लागि नै सक्यो भने यसलाई नियन्त्रणमा राख्नुपर्छ। अन्यथा यसले जीवनभर दुःख दिन्छ।

मधुमेहका बिरामीले गोडाको विशेष ख्याल राख्नुपर्छ। त्यसैले हामी (डाक्टर) बिरामीलाई प्रत्येक दिन गोडा हेर्नुस्, छुनुस् र स्याहार गर्नुस् भनिरहेका हुन्छौँ। यसो भन्नुको अर्थ मधुमेह भइसकेपछि गोडामा छिट्टै असर गर्छ भन्ने नै हो। यस्ता बिरामीको स्पर्श अनुभूति शक्ति कम हुने भएकाले घाउ चोटपटक लाग्ने सम्भावना धेरै नै हुन्छ। त्यसैले आगो, काँडा वा चोटपटक लाग्नबाट जोगिन जरुरी छ।

यहाँ प्रसंग उठाउन खोजिएको हो जाडोमा तातोका लागि आगो या हिटर ताप्दा आउनसक्ने खतराको।

जाडो महिना शुरु भएसँगै अस्पतालमा गोडा पोलेर ठूलाठूला फोका उठाएर अस्पताल आउने बिरामीको संख्या निकै ठूलो छ। मैले नै दिनहुँजसो यस्ता बिरामी हेरिरहेको छु।

विशेषगरी गाउँघर तिरका धेरै बिरामी सिधै आगोमा गोडा ताप्ने क्रममा पोलेर आउने गरेका छन्। शहरी क्षेत्रका बिरामी पनि हिटरमा हातगोडा तातो बनाउन खोज्दा पोलिएको अवस्थामा आइरहेका हुन्छन्। गोडा सेक्दा स्पर्श अनुभूति शक्ति कम हुने हुँदा कतिको तातो छ भन्ने थाहा नपाएर पोल्ने गरेको छ।

धेरैले चिसो छल्नका लागि अफिस होस या घर बिजुलीबाट चल्ने हिटर, तातोपानीका लागि ग्याँस गिजर लगायत प्रयोग गरेको हुन्छन्। जुन मधुमेहीका लागि निकै खतरनाक हुनसक्छ। मधुमेह रोग लागेकालाई त्यसै पनि कुनै पनि घाउ निको हुन निकै समय लाग्छ। कतिपय त वर्षौँसम्म निको हुँदैन। त्यसैले चिसो लाग्यो भन्दैमा मधुमेहीले सिधै आगोमा हातगोडा सेक्न हुँदैन।

यसरी पोलिएर आएका घाउमा इन्फेक्सन हुने सम्भावना त बढी हुन्छ नै निको हुन पनि निकै समय लाग्छ। त्यसैले मधुमेह भएका बिरामीले चिसो छल्न हिटरमार्फत कोठालाई न्यानो बनाउन त सक्छन्, सोझै ताप्न भने हुँदैन।हिटर वा आगोको सट्टा मनताताे पानी राखेर हट ब्याग प्रयोग गरेको राम्रो। त्यसैगरी न्यानो लुगा लगाएर बस्नु अर्को विकल्प हो।

शरीरलाई न्यानो बनाउन अपनाएका उपायले आफैँलाई हानि गर्नसक्छ भने यस्ता सामग्री किन प्रयोग गर्ने! यो कुरा मधुमेहका बिरामीले बुझ्न जरुरी छ।

हेर्नुहोस् भिडियाे :

  • डा.विनय भट्टराई

    मधुमेह राेग विशेषज्ञ डा.भट्टराई मेट्राे काठमाडाैं अस्पतालमा कायर्रत छन्।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

गर्भावस्थामा लाे ब्लड प्रेसर र उपचार

गर्भावस्थामा लाे ब्लड प्रेसर र उपचार

गर्भावस्थामा रक्तचाप न्यून अर्थात् ब्लड प्रेसर लो आम समया हो। सामान्यतया गर्भवती हुँदा दोस्रो तथा तेस्रो तीन महिनामा यस्तो समस्या देखा पर्छ। यस्तो समस्यालाई ‘हाइपोटेन्सन’ भनिन्छ। गर्भावस्थामा हुने लो ब्लड प्रेसरका कारण गर्भवतीलाई डर लाग्ने, मुटु काम्नेजस्ता समस्या हुन्छन्।

गर्भावस्थामा ब्लड प्रेसर लो हुनुका कारण

गर्भवतीको ब्लड प्रेसर उनीहरूकाे दिनचर्या, ऊर्जाको स्तर तथा तनावमा निर्भर गर्छ । सामान्यतया गर्भावस्थाको सुरुवाती २४ हप्तासम्म प्रायः गर्भवती महिलाको ब्लड प्रेसर कम हुन्छ। लामो समयसम्म तातोपानीले नुहाएमा पनि महिलाहरूको ब्लड प्रेसर कम हुन्छ। लाे ब्लडप्रेसरका अन्य धेरै कारणहरू छन्–

धेरै बेरसम्म आराम गर्नु

शरीरमा पानीको कमी

कुपोषण

आन्तरिक रक्तस्राव

रक्तअल्पता

मुटुकाे समस्या

हर्मोनमा गडबडी

रोगको संक्रमण

विभिन्न किसिमको औषधि सेवनका कारण पनि गर्भवती महिलालाई लो ब्लड प्रेसरको समस्या हुनसक्छ । गर्भावस्थाको शुरुवातमा ब्लडप्रेसर कम भएमा ‘एक्टोपिक प्रेग्नेन्सी’ हुने सम्भावना हुन्छ।

गर्भावस्थामा ब्लड प्रेसर भएमा यस्ता लक्षण देखिन्छन्–

दिनभर थकान महसुस हुनु

रिंगटा लाग्नु, डर लाग्नु

सास लिन समस्या हुनु

लगातार प्यास लाग्नु

जाडो लाग्नु

अनुहार पहेँलो तथा चिल्लो हुनु

आँखा धमिलो हुनु

डिप्रेसन

गर्भावस्थामा महिलाहरूलाई माथि उल्लेख गरिएका कुनै पनि समस्या भएमा तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।

उपचार विधि

गर्भावस्थामा हुने रक्तचाप सम्बन्धी समस्यालाई औषधि खाएर निको पार्न सकिन्छ। गर्भावस्थाको पहिल्लो महिनामा अधिकांश गर्भवतीको रक्तचाप आफैँ नियन्त्रणमा आउँछ। बारम्बार यो समस्या आएमा भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ।

रक्तअल्पता वा हर्मोनको गडबडीका कारण रक्तचाप न्यून भएपहिले यसको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ। लाे ब्लड प्रेसरकाे समस्याबाट बच्न आराम गर्ने, आहारमा विशेष ध्यान दिने, हल्का कपडा लगाउने र पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ।

एजेन्सीकाे सहयाेगमा 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

घरेलु औषधिका रूपमा पुदिना

घरेलु औषधिका रूपमा पुदिना

पुदिना हामी अचार वा चटनीका रूपमा प्रयाेग गर्छाैँ। आयुर्वेदका अनुसार पुदिना स्वेदकारक, उष्ण, एवं वायु कफनाशक र भोक बढाउने आदि गुणले भरिएको छ।

खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरूमा पुदिना लाभदायी छ। मलमूत्रजन्य रोग रोकथाममा पुदिनाकाे प्रयाेग गर्न  सकिन्छ। यसरी प्रयोग गर्दा सानातिना स्वास्थ्य समस्या दूर हुन्छन्–

आधादेखि दुई चम्चा पुदिनाको रस पानीमा मिसाई खान दिँदा ज्वरो घट्छ।

दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५–६ वटा ताजा पुदिनाको ताजा पात खाएमा अपच हुँदैन।

पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमाफाइदा पुग्छ। घाँटी बढी खसखस भएर खोकी लागेमा पनि फाइदा पुग्छ।

पुदिनाको पातलाई पानीमा पकाउने, पानी सुकेर रहेको चौथाइ मात्रा बिहान नियमित  पिउँदा पेटको दुखाइमा आराम हुन्छ।

पेट फुल्ने वा अजीर्ण हुने समस्या भए पुदिनाको १–२ चम्चा रसमा अलिकति वीरेनुन राखी मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ।

क्यान्सरको शुरु अवस्था छ भने पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा  औषधिकाे काम गर्छ।

शरीरकाे कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पात राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ।

सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस हुँदा पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा पनि होस आउँछ।

पुदिनाको केही पातलाई बास्ना आउन्जेल उमाल्ने र अनुहार धुने गर्नाले छाला चमकदार, नरम एवं गोरो हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

दीर्घराेगीलाई नगरपालिकाकाे आर्थिक सहयोग

दीर्घराेगीलाई नगरपालिकाकाे आर्थिक सहयोग

काभ्रे : पाँचखाल नगरपालिकाले नगरभित्र रहेका दीर्घरोगी तथा विभिन्न रोगबाट पीडित विपन्न व्यक्तिलाई आर्थिक सहयोग गरेको छ।

पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपाल काठमाडौँले पाँँचखाल नगरभित्रका क्यान्सर रोगीलाई प्रतिव्यक्ति २५ हजारका दरले छ जनालाई सहयोग गरेको हो।

वडा नं २ का रक्त क्यान्सरपीडित अनिता तामाङ, वडा नं ११ का बीना खरेल र रत्नमान लामा, वडा नं. ८ का घाँटीमा क्यान्सर भएका सीताराम थापा र गालामा क्यान्सर भएका उमेश तामाङ र वडा नं १३ का रक्त क्यान्सर पीडित गोविन्द रोक्काले रकम पाएका हुन्।

उनीहरलाई पाँचखाल नगरपालिकाका कार्यवाहक नगरप्रमुख सञ्जय तामाङ र उज्यालो नेपालका सचिव विष्णु ज्ञवालीले रकम हस्तान्तरण गरे।

नगरपालिकाले आव २०७६\०७७ मा २८ जना दीर्घरोग तथा विभिन्न रोग लागेका विपन्न व्यक्तिलाई आर्थिक सहयोग गरेको जनाएको छ। २८ मध्ये २७ जनालाई उपचारको बिल भर्पाई हेरेर दश हजारको दरले र एक जनालाई पाँच हजार रुपैयाँ सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रुसमा जन्मदर बढाउन परिवारहरूलाई सुविधा बढाउने नयाँ प्रस्ताव

रुसमा जन्मदर बढाउन परिवारहरूलाई सुविधा बढाउने नयाँ प्रस्ताव

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा जन्मिने बच्चाहरूको सङ्ख्या बढाउँदै घट्दो जन्मदर बढाउनका लागि नयाँ कदमहरू चाल्ने घोषणा गरेका छन्।

अहिले रुसमा प्रत्येक महिलाले दुई भन्दा कम बच्चा जन्माइरहेका छन्। उनले आउने चार वर्षमा त्यसलाई झन्डै दोब्बर बनाउने योजना सार्वजनिक गरेका छन्। रुसको भविष्य जनसङ्ख्याको आकारमा निर्भर हुने बताउँदै उनले नयाँ घोषणा गरेका हुन्। गत वर्ष पुटिनले ठूला परिवारलाई कर छुट दिने प्रतिज्ञा गरेका थिए।

बुधवार उनले घट्दो जन्मदरप्रति चिन्ता व्यक्त गर्दै देशको जन्मदर अहिले फेरि घट्न थालेको बताए। त्यसपछि उनले अब बन्ने नयाँ आमाहरूलाई राज्य सुबिधा तथा सेवा दिने प्रतिबद्धता व्यक्त गरे। रुसको जन्मदर निकै घट्ने प्रक्षेपण भइरहँदा पुटिनले जनसङख्या बढाउन परिवारहरूलाई प्रेरित गर्न कल्याणकारी सुविधाहरू दिने प्रस्ताव गरेका हुन्।

संसदको दुवै सदनलाई दिइएको आफ्नो वार्षिक सम्बोधनमा उनले रुसको भाग्य देशमा कति मानिस छन् भन्ने कुरामा निर्भर रहने बताए। उनले परिवारको सङ्ख्या बढाउन चाहने युवा पुस्तालाई सरकारले सहयोग गर्ने बताए।

अहिलेसम्म कम्तीमा दुई बालबालिका भएका आमाले मातृत्व सेवा सहुलियत पाउँदै आएका छन्। न्यून आय भएका परिवारका तीनदेखि सात वर्ष उमेरसम्मका केटाकेटीले पनि सरकारी सुविधा पाउँछन्।

रुस र कैयौँ पूर्वी युरोपेली देशहरू अहिले घट्दो जन्मदर बढाउन सङ्‍घर्ष गरिरहेका छन्। गत महिना मात्रै हङ्गेरीका प्रधानमन्त्रीले दम्पतीहरूलाई निशुल्क उपचार सेवा दिने र तीन वा बढी बच्चाका आमालाई कर छुट दिन सकिने प्रस्ताव गरेका थिए। रुसमा चार बच्चाका आमालाई अहिले पनि केही कर छुट दिइन्छ। सन् १९९० को दशकदेखि रुस नाटकीय रूपमा घटेको जन्मदर बढाउने प्रयासमा छ। सन् १९९९ मा रुसको जन्मदर दोस्रो विश्व युद्धको भन्दा कममा झरेर १ दशमलव १६मा झरेको थियो।

बीबीसीबाट

थप समाचार

स्वास्थ्य मन्त्रालयमा याेगसम्बन्धी प्रदर्शनी

स्वास्थ्य मन्त्रालयमा याेगसम्बन्धी प्रदर्शनी

काठमाडौं : राष्ट्रिय योग दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योगसम्बन्धी प्रदर्शनी गरेकाे छ।

योग दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभागले पुस २७ गते शुरु गरेको साताव्यापी कार्यक्रमअन्तर्गत बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा योगबारे जानकारी दिने स्टल राखिएको हो। स्टलमा याेगकाे महत्त्वबारे जानकारी दिने पुस्तक, पम्प्लेट राखिएकाे विभागकी डा. शारदा खनालले बताइन्।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयको आयोजनमा बिहान पद्मोदय माध्यमिक विद्यालयबाट प्रदर्शनीमार्ग हुँदै राष्ट्रिय सभागृहसम्म प्रभातफेरी समेत निकालिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

‘कुर्सी’को आसनमा तीन मन्त्रीको योगाभ्यास

‘कुर्सी’को आसनमा तीन मन्त्रीको योगाभ्यास

काठमाडौं : सामान्यतया सहज हुने पोशाक लगाएर, भुईँमा आसन बिछ्याएर योगाभ्यास गर्ने नियम छ। तपाईँ हामी योग गर्नेहरूले सधैँ यो नियम पालना गर्दै आएका छौँ। तर राष्ट्रिय योग दिवसको अवसरमा सरकारले बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेकाे कार्यक्रममा अनौठा दृश्य देखिए।

राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोहमा संघीय सरकारका मन्त्रीहरूले कुर्सीमा बसीबसी योगका आसन र ध्यान गरे। कार्यक्रममा सहभागी थिए, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल। उनीहरूले दाैरा सुरूवाल, स्वेटर र काेट लगाएका थिए भने सँगै याेगाभ्यास गर्ने सरकारी अधिकारीलगायत काेट पेन्टमा सजिएका थिए। जुत्तासमेत नखाेली याेगाभ्यास गरिएकाे दृश्य रमाइलाे देखिन्थ्याे।

परराष्ट्रमन्त्री ज्ञवालीले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताए। उनले योगलाई जीवन अभिन्न अंग बनाउनुपर्ने धारणा राखे।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी शैक्षिकसत्रदेखि विद्यालय तहमा समेट्ने बताए। उनले योगलाई नै प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संसद्को हिउँदे अघिवेशनमा विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता गर्ने दाबी गरे।

स्वास्थ्यमन्त्री ढकालले सरकार आफ्ना नागरिकलाई रोग लाग्न नदिने अभियानमा रहेको बताए। योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

कार्यक्रममा पतञ्जलि योग समितिका अध्यक्ष सुर्दशन सुवेदीलगायतले मन्त्रीहरूका साथै कार्यक्रममा सहभागीलाई योग गराएका थिए।कार्यक्रममा सरकारी अधिकारी, कर्मचारी र सर्वसाधारण सहभागी थिए।

तस्विर– रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यमनमा डेंगुले लियाे ७८ बालबालिकाको ज्यान

यमनमा डेंगुले लियाे ७८ बालबालिकाको ज्यान

‘सेभ द चिल्ड्रेन’ले द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेंगु संक्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको  बताएको छ।

सेभ द चिल्ड्रेनले यमनमा डेंगुको महामारी देखिएको भन्दै यसप्रति समयमै सचेत बन्न  सरकार,  नागरिक र अन्तर्राष्ट्रिय अधिकारवादी समूहको ध्यानाकर्षण गरेको छ।

‘यमनमा १६ वर्षभन्दा कम उमेरका कम्तीमा ७८ जना बालबालिकाले  संक्रमणका कारण ज्यान गुमाएका छन्’,  सेभ द चिल्ड्रेनद्वारा मंगलवार जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्तीमा ५२ हजार व्यक्ति डेंगु संक्रमण भएको आशंकामा अस्पताल तथा स्वास्थ्य संस्थामा सेवाका लागि पुगेका छन्।’

सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ मा यमनमा डेङ्गुसम्बन्धी संक्रमणका कारण १९२ जनाको मृत्यु भएको थियो। यसमध्ये अधिकांश व्यक्ति यमनी बन्दरगाह शहर होडैडा र एडेनका थिए।

सेभ द चिल्ड्रेनका यमनस्थित संयोजक मारियम अल्दोगानीले भने, ‘सन् २०१९ मा यमनको होडैडामा डेंगुका कारण ६२ व्यक्तिले ज्यान गुमाएका छन्। यस प्रकारको समस्या यहाँ पहिले कहिल्यै देखिएको थिएन।’

रेडक्रसले सन् २०१९ मा दिएको तथ्यांकका अनुसार जमेको पानीबाट फैलिने वा लामखुट्टेको टोकाइ बाट सर्ने डेंगु र सम्बन्धित रोगको संक्रमणबाट यमन ग्रसित छ।

साउदी नेतृत्वको सैनिक गठबन्धनले इरान पक्षधर मानिने यमनी सिया विद्रोहीविरूद्ध सन् २०१५ मा शुरू गरेको सैन्य हस्तक्षेपका कारण दशौँ हजार नागरिककाे मृत्यु भएकाे छ।

संयुक्त राष्ट्रसंघले द्वन्द्वका कारण यमन मानवीय अत्यन्त सङ्कटमा रहेको जनाएको छ।

थप समाचार

मिर्गाैलाराेगीलाई आर्थिक सहयोग

मिर्गाैलाराेगीलाई आर्थिक सहयोग

धादिङ  : धादिङ समाज युएईले नीलकण्ठ नगरपालिका–११ गैरीगाउँका जीतबहादुर गुरुङको उपचारका लागि  आर्थिक सहयोग प्रदान गरेको छ।

समाजका उपाध्यक्ष ईश्वर भट्टले मंगलबार पत्रकार सम्मेलन गरी ५० हजार रूपैयाँ हस्तान्तरण गरे। ६२ वर्षीय गुरुङको दुवै मिर्गौलामा समस्या छ। एउटा मिर्गौला पूर्णरूपमा फेल भएको र अर्कोले पनि ७० प्रतिशतमात्रै काम गरेको छ।

समाजका पूर्वमहासचिव किरण धमलाले समाजले स्थापना कालदेखि नै पराेपकारी काम गर्दै आएको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चिकित्सक उत्पादन गर्न गाउँपालिकाले लगानी गर्ने

चिकित्सक उत्पादन गर्न गाउँपालिकाले लगानी गर्ने

जुम्ला : पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले चिकित्सा शिक्षामा पनि छात्रवृत्ति प्रदान गर्न लागेको बताए। उच्चशिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरूबाट आवेदन संकलन भइरहेको जनाइएको छ।

चालू  आर्थिक वर्षमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले जानकारी दिए।

सात वडामा रहेको पातारासी गाउँपालिकामा समुद्र सतहदेखि करिब तीन हजार २०० मिटरसम्मको उचाइमा छ। यहाँ तीन हजार १७४ घरधुरीमा १७ हजार १३५ जनसंख्या छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

डोटी अस्पताललाई सुविधासम्पन्न बनाउने मुख्यमन्त्रीकाे घाेषणा

डोटी अस्पताललाई सुविधासम्पन्न बनाउने मुख्यमन्त्रीकाे घाेषणा

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई प्रदेशकै सुविधासम्पन्न अस्पताल बनाउने घाेषणा गरेका छन्। प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसहित बुधबार अस्पताल निरीक्षण गर्दै भट्टले यस्ताे बताएका हुन्।

उनले नयाँ उपकरण विस्तार गरी जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने तयारी प्रदेश सरकारको गरेको बताए। प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्ला अस्पतालमा चिकित्सक दरबन्दी थप गर्ने जानकारी दिए। पछिल्लो समयमा स्वास्थ्य संस्थाहरूमा दरबन्दीको १३ प्रतिशत अभाव छ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका नौ स्थानीय तहका ५९ स्वास्थ्य संस्थामा ३०८ दरबन्दी रहेकाेमा हाल २६७ मात्रै पदपूर्ति छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन

सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन

बागलुङ : बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट र २ बाटाकाचौर, साग्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ। ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याउन गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोगमा एकाइ स्थापना गरिएको हो।

सर्वसाधारणलाई वडामा रहेका स्वास्थ्य चौकी पुग्न अपायक भएपछि स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। ‘सामान्य उपचारका लागि पनि एक/डेढ घण्टा हिँडेरै जानुपर्ने अवस्था अन्त्यका लागि स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘स्वास्थ्य एकाइ राख्दा घना बस्ती र सबैलाई पायक पर्ने ठाउँ रोजिएको छ।’

साग्दी साविक बाटाकाचौर गाविस वडा नं. १, ७, ८ र ९ को केन्द्र हो। धुल्लुबास्कोटको गडेल पनि साविकका तीन वडाको केन्द्र मानिन्छ।
स्वास्थ्य एकाइ सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृत प्रदान गर्नुपर्छ। दुवै वडामा यसअघि रहेका खोप केन्द्रका भवनलाई थप व्यवस्थित गरी स्वास्थ्य एकाइ सञ्चालन गरिएको वडाले जनाएको छ। वडा कार्यालयले स्वास्थ्य एकाइलाई दुई लाख रूपैयाँ बराबरका स्वास्थ्य उपकरण तथा सामग्रीसमेत प्रदान गरेको छ।

प्रभावकारी सेवा प्रवाहका लागि एकाइ सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी काम थालिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताए। स्वास्थ्य एकाइमा दुई अहेबसहित कार्यालय सहयोगी रहनेछन्। केही महिनाअघि गाउँपालिकाकै हुग्दीशिर, बराहकोटमा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

माघे संक्रान्तिका परिकार र मानव स्वास्थ्य

माघे संक्रान्तिका परिकार र मानव स्वास्थ्य

माघे (मकर) संक्रान्तिका दिन उसिनेको तरुल, घिउ, चाकु, तिलको लड्डुका साथै खिचडी बनाएर खाने चलन नेपाली स‌ंस्कृतिमा छ। चिकित्सकका अनुसार साँस्कृतिक दृष्टिले मात्र नभई मानव शरीर स्वस्थ राख्न यी खानेकुरा महत्त्वपूर्ण छन्।

जाडो अर्थात् चिसोले आक्रान्त हुने महिना हो माघ। यही चिसोले शरीरमा पारेको असरबाट मुक्ति पाउन यी खानेकुरा खाइन्छ। ऋतुअनुसारको जीवनचर्या अपनाउने र त्यसअनुसारको खानपान गर्ने गरे स्वास्थ्यरक्षा हुने उल्लेख आयुर्वेदमा छ।

एक ऋतु सकिएर अर्को लाग्दा पहिले गरिएका खानपान र दिनचर्या परिवर्तन गरी नयाँ शैली अपनाउनुपर्ने निर्देश आयुर्वेदले गरेको डा‍‍. सम्मोद आचार्य बताउँछन्। उनका अनुसार मौसमअनुसारको खानपान गरे वा जीवनयापन गरे मानिस स्वस्थ रहने र चाहेअनुरूप पुरुषार्थ गर्नसक्ने उल्लेख छ।

जाडो महिनामा शरीरलाई उष्णता प्रदान गर्ने घिउ, गुड र तिलबाट बनेका पदार्थ खाने निर्देश पनि आयुर्वेदअन्तर्गतका शास्त्रमा उल्लेख छ। ‘जाडोभर तातो र  मधुर पदार्थ खान आयुर्वेदले निर्देश गरेको छ’, डा. आचार्य भन्छन्। हिजोआज माघे संक्रान्तिका दिन मात्र खाइने घिउ, चाकु, तिलका लड्डु र खिचडी मात्रा मिलाएर जाडो रहुञ्जेल नै खानुपर्ने उनको भनाइ छ।

र चिकित्सकका अनुसार तरुलमा कार्बोहाइड्रेट हुन्छ। यसले शरीरलाई शक्ति प्रदान गर्छ। चाकुमा पर्याप्त मात्रामा क्याल्सियम र आइरन हुन्छ।  यसैगरी चामल, दाल र घिउ मिलाएर बनाइएको खिचडीले शरीरलाई चाहिने प्रोटिन र चिल्लो पदार्थ पूर्ति गर्छ।

जाडोको बेला यस्ता खानेकुराले रोगसँग लड्नसक्ने शक्ति बढाई उर्जा प्रदान गर्ने जनस्वास्थ्यविज्ञ डा‍. अरुणा उप्रेती बताउँछिन्। ‘पूर्वजहरूलाई वैज्ञानिक महत्त्वबारे ज्ञान नभए पनि स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने सोचले नै यस्ता खानेकुरा खाने चलन चलाएको हुन सक्छ’,उनी भन्छिन्।

संस्कृतिसँग जोडिएर आउने यस्ता खानेकुरा चाडबाडमा मात्र होइन मौसमअनुसार प्रत्येक दिन खाने गर्न जरुरी रहेको चिकित्सकहरू बताउँछन्। माघे संक्रान्तिजस्ता पर्वले घरआँगनमै पाइने स्वस्थकर खाना खाने बानी शुरु गर्न झक्झकाउने डा‍. उप्रेतीको बुझाइ छ।

ताजा अपडेट