Health TV Online

कोरोना भाइरस संक्रमण : वुहानमा बन्दै चार हजार शय्याको अस्पताल

कोरोना भाइरस संक्रमण : वुहानमा बन्दै चार हजार शय्याको अस्पताल

चीनको कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शय्याको अस्पतालको स्वरूप दिइने भएको छ।

तीन हजार ६९० सिट क्षमताको अस्पतालको निर्माण पूरा भै बिहीबार परीक्षण भैसकेको निर्माणमा संलग्न एक कम्पनीले बताएको छ। अस्पताल ५४ हजार वर्गकिलोमिटरमा फैलिएको छ।

कम्पनीका प्रमुख लि यिछानले कारखानालाई अस्पतालको स्वरूप दिँदा अस्पताललाई वातानुकूलित बनाइएको छ। अस्पतालमा नुहाउने कोठा र मोबाइल शौचालय, पुस्तकालय, मनोरञ्जन केन्द्र र बिरामीहरूका लागि खाजाघर राखिएका छन्।

कोरोना भाइरसको प्रकोपबीचमा शय्याको अभावपछि वुहानले जिम, सम्मेलन केन्द्र वा प्रदर्शनी केन्द्रहरूलाई १२ वटा अस्थायी अस्पतालमा रूपान्तरण गरिसकेका छ। ती अस्पलालहरूको कुल २० हजार शय्याबाट प्रायः कोरोना भाइरसको संक्रमणको आशंकामा त्यहाँ पुगेका बिरामीहरूलाई सेवा दिने गरिएको छ।

थप समाचार

ठेकेदारको लापरवाहीले स्वास्थ्य चौकी भवन निर्माण अधुरै

ठेकेदारको लापरवाहीले स्वास्थ्य चौकी भवन निर्माण अधुरै

हेल्थ टिभी अनलाइन\सुर्खेत : ठेकेदारको लापरबाहीका कारण वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकी भवन सात आठ वर्षदेखि अलपत्र छ।

भवन निर्माणको ठेक्का २०६८ मा जीएम कन्स्ट्रक्सनले पाएको थियो। विसं २०७० असार मसान्तसम्म निर्माण पूरा गर्ने कार्यादेश पाएको कन्स्ट्रक्सनले काम अझै पूरा गरेनैन। संघीय आयोजना कार्यान्वयन एकाइ अन्ततः उक्त ठेक्का रद्द गर्दै नयाँ बोलपत्र गर्यो। भवन निर्माण ढिलाइले बिरामीको उपचारसहित अन्य प्रशासनिक काम कर्मचारी आवासगृहबाटै भइरहेका छन् ।

कटकुवाजस्तै कर्णालीका सल्यान, सुर्खेत, जाजरकोट, दैलेख र रुकुम पश्चिममा ठेकेदारको लापरवाहीका कारण कतिपय स्थानमा स्वास्थ्य चौकीका भवन अलपत्र छन्। जीएम कन्स्ट्रक्सनले मात्रै ठेक्का लिएका छ स्वास्थ्य चौकी अधुरै छन्। संघीय आयोजना कार्यान्वयन एकाइले ती सबै ठेक्का रद्द गर्दै नयाँ ठेक्काबाट काम अघि बढाएको छ। कतिपय ठेकेदार तोकिएको मितिभन्दा तेब्बर बढी समयसम्म भवन निर्माण सम्पन्न नगरी सम्पर्कविहीन छन्।

औषधि उपचार अभावमा वर्षेनी मातृशिशु मृत्युदर बढ्न थालेपछि सरकारले हरेक स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापनाको नीति अघि सारेको थियो। सोही नीतिअनुसार स्वास्थ्य विभागले स्वास्थ्य चौकी भवन निर्माणको योजना अघि बढाएको हो।

ठेकेदारको लापरवाहीले प्रदेश राजधानीकै स्वास्थ्य चौकी निर्माण समयमै नहुँदा त्यहाँ पुग्ने बिरामीलाई खुला चौरमा जाँच गर्नुपर्ने बाध्यता छ। स्वास्थ्य संस्थाका भवन समयमै नबन्दा अन्य बिरामीसँगै गर्भवती तथा सुत्केरीले अझ बढी समस्या भोग्नुपरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मृत्यु हुनेको संख्या दुई हजार २४७, संक्रमण दर अघिल्लो दिनको तुलनामा बढ्यो

मृत्यु हुनेको संख्या दुई हजार २४७, संक्रमण दर अघिल्लो दिनको तुलनामा बढ्यो

कोरोना भाइरस संक्रमणका कारण हालसम्म दुई हजार २४७ जनाको मृत्यु भएको छ। संक्रमणको मुख्य भूमि हुबेई प्रान्तमा बिहीबार ११५ जनाको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ। यो संख्या अघिल्लो दिनभन्दा सातले बढी हो।

बिहीबार ४११ बिरामी थपिएको बताइको छ। यो अघिल्लो दिनको तुलनामा ६२ ले बढी हो। सञ्चारमाध्यमका अनुसार हालसम्म ६२ हजार ४४२ संक्रमित भएका छन्।

गम्भीर अवस्थाका दुई हजार १८ सहित ४२ हजार मानिस विधिन्न अस्पतालमा उपचाररत रहेको बताइएको छ। ११ हजार ७८८ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

थप समाचार

कान्ति बाल अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल

कान्ति बाल अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिएको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले डा. पौडेललाई कान्तिको निर्देशकको जिम्मेवारी दिएका हुन्। अघिल्ला निर्देशक डा. आरपी बिच्चालाई पनि अस्पतालमै राखिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बर्दियामा दादुरा–रुबेला खोप अभियान

बर्दियामा दादुरा–रुबेला खोप अभियान

हेल्थ टिभी अनलाइन\बर्दिया : जिल्लामा पनि दादुरा–रुबेला खोप अभियान बर्दियामा शुरु भएको छ। पहिलो चरणमा ६ स्थानीयमा खोप अभियान चलाइएको हो।

देशभर फागुन १ देखि खोप अभियान सञ्चालन भए पनि बर्दियामा भने बुधबारदेखि शुरु भएको बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताए।

बर्दियामा पहिलो चरणमा ३८० खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने छ। बर्दियामा पहिलो चरणमा ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र  बढैयाताल गाउँपालिकामा खोप लगाइने छ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा फागुन २० देखि दोस्रो चरणमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए।

बर्दियामा ४८ हजार २२७ मध्ये पहिलो चरणमा ३८ हजार ५६७ जनालाई पोलियो थोपा र ४० हजार ६०३ मध्ये ३२ हजार ६३८ जनालाई दादुरा रुबेला खोप लगाइने चौधरीले बताए। खोप अभियान सफल बनाउन बर्दियाका आठवटै स्थानिय तहले सहयोग गरिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

एआरटी सेवा लिन एचआईभी संक्रमितलाई सेवा लिन सकस

एआरटी सेवा लिन एचआईभी संक्रमितलाई सेवा लिन सकस

पर्वत : हेल्थ टिभी अनलाइन जिल्लाकी एक महिलाले एचआईभी संक्रमित भएको थाहा पाएपछि विगत नौ वर्षदेखि एन्टिरेक्टो भाइरल ट्रिटेमेन्ट (एआरटी) सेवा लिँदै आएकी छिन्।

विभेद एवं लाञ्छनाबाट बच्न उनी औषधि तथा परामर्श लिन आउने गर्छिन्। परिवारको कमजोर आर्थिक अवस्थाका हुँदा पनि सो स्थानमा आउन ऋणधन गर्नुपर्ने अवस्था रहेको छ। धौलागिरि अञ्चल अस्पतालमा संक्रमितलाई निःशुल्क औषधि तथा परामर्श प्रदान गर्न एआरटी सेन्टर सञ्चालनमा रहेको छ।

टाढाबाट औषधि उपचारका लागि संक्रमित सदरमुकाम आउँदा धेरै खर्च हुने सेन्टरका प्रमुख प्रदीप आचार्यले जानकारी दिए। उनका अनुसार जिल्लामा ३९५ एचआईभी संक्रमितले नियमित एआरटी औषधि लिइरहेका छन्। ती मध्ये २० बालबालिका छन्।

अस्पतालमा उपचारका लागि सेवा लिन आउँदा आर्थिक अवस्था कमजोर भएका एवम् ग्रामीण भेगबाट आउन जान समस्या हुनेका लागि धौलागिरि पोजेटिभ समूहले निःशुल्क खान बस्नको व्यवस्था गर्दै आएको छ। संक्रमित बालबालिकालाई विभिन्न निकायको सहयोगमा संस्थाले संरक्षित भत्ता प्रदान गर्दै आएको छ।

केही समयअघि मात्रै संक्रमित भएको पत्ता लागे पछि धौलागिरि पोजेटिभ समूहको आश्रयमा बस्दै आएकी एचआईभी संक्रमितले समाजले गर्ने विभेदबाट माथि उठेर संस्थाले गरेको सहयोगले आंशिक भए पनि राहत भएको बताए। यातयात खर्च जुटाउन नसक्दा औषधि तथा परामर्श लिन आउन समस्या हुने गरेको भए पनि खाना तथा बस्नको व्यवस्थाले केही सहज भएको उनकाे भनाइ छ।

समूहले संक्रमितका लागि लक्षित गरी सञ्चालन गरेको हेरचाह केन्द्र पनि बजेट अभावका कारण संकटमा परेको जनाएको छ। मासिकरूपमा यहाँ झण्डै ४० जना संक्रमितले आश्रय लिने गरेका भएपनी आवश्यक बजेटको जोहो गर्न नसक्दा हेचाह केन्द्र चलाउन समस्या भएको छ।

विभिन्न सहयोगी निकायबाट आउने रकमको समय अवधि समाप्त भएको र स्थानीय निकायले एचआईभी संक्रमितका लागि त्यति ध्यान नदिएका कारण संक्रमितलाई खाना बस्नको व्यवस्था गर्नसमेत कठिन हुन थालेको समूहका अध्यक्ष चन्द्रबहादुर खत्रीले बताए। केन्द्रमा संक्रमितलाई खाना, बस्नका साथै मनोवैज्ञानिक परामर्श र जटिलता भएका संक्रमितलाई रेफर प्रदान गर्दै आएको उनले जानकारी दिए।

पिछिल्लो समय संक्रमित खुल्न थाले पनि उनीहरुले प्रयोग गर्ने औषधि तथा परामर्शकै लागि सदरमुकाम धाउँदा धेरै खर्च गर्नुपर्ने भएको हो। अशिक्षा, भौगोलिक विकटतालगायतका कारण अझै पनि ग्रामीण भेगका संक्रमित विद्युत् उपचारबाट वञ्चित भएका छन्। अहिले संक्रमितलाई सरकारले निःशुल्क औषधि वितरण र निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको भए पनि पर्याप्त नभएको उनीहरूको गुनासो छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना संक्रमण : पानीजहाज क्वारेन्टाइनमा दुई जनाको मृत्यु

कोरोना संक्रमण : पानीजहाज क्वारेन्टाइनमा दुई जनाको मृत्यु

धेरै यात्रुहरूमा नयँ कोरोना भाइरसको संक्रमण अर्थात् कोभिड–१९ भएको पाइएपछि जापानी तटनिर धेरै दिनदेखि क्वारन्टाइननमा राखिएको एउटा क्रुज पानीजहाजका दुई यात्रुको मृत्यु भएको छ।

ती दुई व्यक्ति ८० वर्षभन्दा धेरै उमेरका जापानी नागरिक थिए र उनीहरू पुराना रोगबाट पनि पीडित थिए। कोभिड–१९ भएको पाइएपछि उनीहरूलाई बाहिर अस्पताल लगिएको थियो।

उक्त पानीजहाजमा भएका यात्रुमध्ये कम्तीमा ६२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो। त्यहाँ चीनबाहिर एकै ठाउँमा सबैभन्दा ठूलो सङ्ख्यामा मानिसहरूलाई संक्रमण भएको हो। उक्त पानीजहाजमा ३,७०० मानिस सवार थिए।

परीक्षणमा संक्रमण नभएको पाइएका यात्रुलाई १४ दिने क्वारन्टाइननपश्चात् बुधवारबाट बाहिर जान दिइएको छ। बिहीवार पनि यात्रुहरू उक्त जहाजबाट बाहिरिएका थिए। सो पानीजहाजमा संक्रमण फैलिएपछि जापानले त्यसबारे गरेको व्यवस्थापनको आलोचना भइरहेको छ।

थप समाचार

‘बिरामीको मुस्कान नै नर्सको खुशी हो’

‘बिरामीको मुस्कान नै नर्सको खुशी हो’

तनहुँकी अञ्जु सुवेदी काठमाडौंस्थित वीर अस्पतालमा कार्यरत छिन्। नाक–कान–घाँटी विभागमा नर्सिङ  इञ्चार्ज रहेकी नर्स अञ्जुका कुरा यो पटकको नर्सका कुरामा

सानैदेखि कसैको दुःख देख्न सक्दैनथेँ। गरिब, दुःखी, असहाय र अशक्तहरूको सेवा गर्न मन लाग्थ्यो। स्कुल पढ्दा फलोरेन्स नाइटिंगेलको पाठ पढेपछि म उनीबाट प्रभावित भएँ। नर्सको पहिरन र उनीहरूले बिरामीको सेवा गरेको देखेर प्रभावित हुन्थेँ। त्यही वेलादेखि म पनि नर्स बनेर बिरामीको पीडामा मलम लगाउन सक्छु भन्ने सोचेको थिएँ।

२०६७ सालमा तनहुँ भिमादस्थित जनज्योति उच्च माध्यमिक विद्यालयबाट एसएलसी गरेँ। साथीहरू ‘यो पढुँ, ऊ पढुँ’ भन्दै थिए। मचाहिँ कतै मन नडुलाई पोखरास्थित पोखरा क्याम्पस पुगेँ, नर्सिङ पढ्न थालेँ। त्यतिवेला एसएलसी पास गरेका केटीहरूमा नर्सिङप्रति आकर्षण थियो। पढाइमा मलाई छुट्टै किसिमको ऊर्जा महशुस हुन्थ्यो। मैले नर्सिङ पढेर केही गर्नु पर्छ भन्ने लाग्थ्यो।

६ वर्षअघि पीसीएल सकेर भरतपुर अस्पताल पुगेँ। विभाग थियो, प्रसूति। काम गर्न शुरु गर्दा सानै थिएँ। परिपक्व थिइनँ। प्रसूति गराउने काम सहज थिएन। सुत्केरी गराउने क्रममा धड्कन तलमाथि भएर बच्चलाई केही होला भन्ने डर लाग्थ्यो। त्यहाँ दुई वर्ष काम गरेँ।

त्यसपछि नेपालगञ्ज नर्सिङ क्याम्पस पगेर नर्सिङमा स्नातक अध्ययन गर्न थालेँ। तीन वर्षे पढाइसके पश्चात् २०७२ सालको भुकप्मले थिलथिलो पारेको गोरखा सदरमुकाममा रहेको जिल्ला अस्पतालमा काम गर्न पुगेँ। सानो अस्पताल भए पनि जनरल, प्रसूति, बच्चाको विभाग, अप्रेसन थिएटर सबै थियो। त्यहाँ रहँदा प्रसूति तथा बच्चाको विभागमा रहेर काम गरेँ।

०७५ सालदेखि म वीर अस्पतालको नाक–कान–घाँटी विभागमा नर्स अधिकृतको रूपमा कार्यरत छु। सरकारी, देशकै पुरानो र जेठो अस्पताल भएकाले देशका कुनाकुनाबाट बिरामी उपचारार्थ आउँछन्। यहाँ आउने बिरामी प्रायः धेरै पीडामा परेर आउँछन्। अझ कतिपय त अस्पताल आएर डाक्टर–नर्सले छुनेवित्तिकै निको हुने विश्वास गर्छन्।

कतिपय बिरामीलाई बुझाउने अनेकौँ प्रयास गर्दा पनि कुरै बुझ्दैनन्। भनेको नमान्दा साह्रै दुःख लाग्छ। त्यस्तो अवस्थामा हामी स्वास्थ्यकर्मी आपसमा मिलेर बिरामीलाई सरल र सहज तरीकाले बुझाउने प्रयास गर्छौँ। आफूले हेरेको बिरामी पछि फर्केर खोज्दै आएको देख्दा निकै आनन्द महशुस हुन्छ। यो पेशामा अझ राम्रो गर्ने जोश आउँछ।

डाक्टर वा नर्स हुन् स्वास्थ्यकर्मीको मुख्य उद्देश्य भनेको बिरामीलाई कसरी निको पारेर घर फर्काउने हो। अस्पततालमा डाक्टर वा नर्स एक्लैले कुनै पनि काम गर्न सक्दैन। बिरामीको उपचार गर्ने क्रममा डाक्टर र नर्सले उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। डाक्टर र नर्स भनेको एक रथका दुई पाङ्ग्रा जस्तै हुन्।

रोजेको पेशामा रहन पाउँदा निकै खुशी छु। मेरो परिवारको पूरा साथ सहयोग माया हौसला पाएर यहाँसम्म आइपुगेकी छु। परिवारको साथ सहयोग नभएको भए सायद यो पेशामा असहज हुन्थ्यो होला। यो पेशा लागेकालाई अहिले सम्मानको दृष्टिले हेरिन्छ। त्यसैले पनि सही क्षेत्रमा लागेको रहेछु भनेर गर्व महशुस हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कसले बुझ्ने हामी नर्सका पीडा ?

कसले बुझ्ने हामी नर्सका पीडा ?

दक्षिण कोरियामा कोरोना संक्रमितको मृत्यु

दक्षिण कोरियामा कोरोना संक्रमितको मृत्यु

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमण भएका पहिलो व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो।

संक्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ। अधिकारीहरूले देशभर झण्डै १०० जनामा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने अनुमान गरेका छन्। बिहीबार निधन भएका व्यक्ति झण्डै ६० वर्षका पुरुष हुन्। उनी लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका १५ बिरामीमध्येका व्यक्ति भएको बताइएको छ ।

उनीहरुलाई देशको राजधानी सोलदेखि ३२० किलोमिटर टाढापर्ने चेओङडोमा रहेको अस्पतालमा उपचार गराइएको थियो। दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण केन्द्रद्वारा जारी वक्तव्यमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका सबैको स्वास्थ्यपरीक्षण भइरहेको उल्लेख छ।

थप समाचार

महेन्द्र श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी, डा रोशन मन्त्रालय तानिए

महेन्द्र श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी, डा रोशन मन्त्रालय तानिए

हेल्थ टिभी अनलाइन \काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशककाे जिम्मेवारी दिइएको छ ।

मन्त्रालयले उनलाई विभागको निमिक्त महानिर्देशक पदमा नियुक्त गरेको हो । यसअघि उनी समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता समेत रहेका थिए ।

श्रेष्ठलाई विभागको निमिक्त महानिर्देशकको जिम्मेवारी दिएपछि विभागका महानिर्देशक डा रोशन पोखरेललाई भने मन्त्रालयमा तानिएको छ।

यसैगरी मन्त्रालयको निति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटालाई स्वास्थ्य समन्वय महाशाखामा सरुवा गरिएको छ भने उनको स्थानमा डा गुणराज लोहनीलाई ल्याइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

ट्रमा सेन्टरको निर्देशक पदमा डा.सन्तोष पौडेल नियुक्त

ट्रमा सेन्टरको निर्देशक पदमा डा.सन्तोष पौडेल नियुक्त

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक पदमा हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सेन्टरको निर्देशकमा डा. पौडेललाई नियुक्त गरेको हो।

ट्रमा सेन्टरमै कार्यरत दशौं तहका हाडजोर्नी विशेषज्ञ डा पौडेललाई मन्त्रालयले आजै निर्देशकको जिम्मेवारी दिएको हो।

यसअघि ट्रमा सेन्टरको निर्देशकमा डा प्रमोद यादव थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वाद मात्र होइन राजममा छन् यस्ता औषधीय गुण

स्वाद मात्र होइन राजममा छन् यस्ता औषधीय गुण

सहज रूपमा पाइने, सजिलै पकाउन सकिने हिसाबले राजमाको जति महत्त्व छ, स्वास्थ्यको हिसाबले उत्तिकै गुणी छ यो। आइरन तथा भिटामिनले भरिपूर्ण राजमाले शरीरलाई सम्पूर्ण पोषण प्रदान गर्छ।

राजमामा ‘फ्लेवोनाइड्स’को साथमा ‘केम्पफ्रेल’ र ‘क्युरेस्टिन’ हुन्छ जसले क्यान्सरको कोशिकालाई बढ्न दिँदैन। सातामा तीन देखि चार पटक राजमा सेवनले महिलालाई स्तन क्यान्सरको समस्या हुनबाट बचाउँछ।

गर्भावस्थामा राजमाको सेवनले गर्भमा रहेको शिशुको मुटुको विकास सही तरिकाले हुन्छ। विभिन्न अध्ययन अनुसन्धानका अनुसार यसले शिशुलाई आज्माबाट पनि जोगाउँछ।

राजममा फ्याट्स तथा कोलेस्ट्रोलको मात्रा कम हुन्छ। फाइबर तथा प्रोटिनको मात्रा धेरै हुन्छ। यसको नियमित सेवनले महिलालाई महिनावारीमा हुने समस्याबाट राहत मिल्छ।

राजमामा ‘ग्लाइसेमिक इन्डेक्स’ कम हुने भएकाले यसको सेवनले रगतमा चिनीको मात्रा बढ्दैन। यसमा रहेको फाइबरले रगतमा चिनीको मात्रालाई स्थिर राख्न मद्दत गर्छ।

यसमा रहेको क्याल्सियम, म्यागजिनले हड्डीलाई मजबुत  बनाउँछ। यसमा रहेको म्याग्नेसियमले मुटसम्बन्धी रोग लाग्नबाट बचाउँछ।

साथै, यसमा रहेको एन्टिएजिङ तत्त्वले उमेरको प्रभाव कम गर्नुका साथै अनुहार सुन्दर बनाउँछ। यसको सेवनले अनुहार लामो समयसम्म जवान देखिन मद्दत गर्छ ।

थप समाचार

गाउँपालिकामा १५ शय्याको अस्पताल

गाउँपालिकामा १५ शय्याको अस्पताल

हेल्थ टिभी अनलाइन\रुकुम पश्चिम : जिल्लाकाे सानीभेरी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको वडा नं. ७ छोटेबगरमा अस्पताल सञ्चालनमा आएको हो।

संविधानमा व्यवस्था भएको प्रत्येक नागरिकको आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न आफ्नै लगानीमा अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताए।

अस्पतालबाट आकस्मिक, ल्याब, एक्सरे सेवालगायत आधारभूत चिकित्सकीय सेवा प्रदान हुने गाउँपालिकाले जनाएको छ।

थप समाचार

चीनमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या २१ सय नाघ्यो

चीनमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या २१ सय नाघ्यो

चीनमा कोरोना भाइरस संक्रमणका मृत्यु हुनेको संख्या २१ सय नाघेको छ। समाचार संस्था सीएनएनका अनुसार अहिलेसम्म २ हजार १२६ जनाको मृत्यु भएको हो।

हुबेई प्रान्तमा बुधबार मात्रै १०८ जनाको मृत्यु भएको छ। ३४९ जना नयाँ संक्रमित भेटिएका छन्। चीनमा संक्रमितको संख्या ७५ हजार ६०० पुगेको छ।

मृत्यु हुनेकाे संख्या बढे पनि संक्रमण दर घटेकाे बताइएकाे छ।

थप समाचार

के धेरै नुन सेवनले ताैल बढ्छ?

के धेरै नुन सेवनले ताैल बढ्छ?

हामी अधिकांश नेपालीलाई नुनिलो खानेकुरा मन पर्छ। घरमा खाइने दाल, तरकारी र अचारमा नुनको मात्रा त हुन्छ नै बाहिर पनि हामी नुन बढी भएका खानेकुरा खान रुचाउँछौँ। धेरै नुन खाँदा हुने अन्य बेफाइदा त छँदैछ, यसले मानिसको तौल पनि बढाउँछ। तर कसरी?

चिप्स, मम, पिज्जा, चाउमिन लगायतका फास्टफुड, प्रोसेस्ड फुड तथा रेष्टुरेन्टमा पाइने विभिन्न खानेकुरामा सोडियमको मात्रा उच्च हुन्छ। यस्ता खानेकुरामा क्यालोरीको मात्रा पनि बढी हुन्छ। पकाउन सजिलो तथा सजिलै उपलब्ध हुने भएकोले यस्ता खानेकुरा मानिसहरूको रोजाइमा पर्छ।

सोडियमले भोक मात्र जगाउँदैन, खाने क्षमता पनि बढाउँछ। सोडियमकै कारण मानिसलाई छिटो छिटो प्यास लाग्छ। सन् २०१५ मा गरिएको एक अध्ययनले समेत उच्च सोडियमयुक्त खानेकुराको सेवनले उच्च वजन हुनुका साथै कम्मर ठूलो हुने देखाएको छ। त्यसबाहेकका अन्य अध्ययनहरुले समेत सोडियमको उच्च खपत र वजनबीच गहिरो सम्बन्ध रहेको देखाएको छ।

अत्यधिक मात्रामा नुनको सेवनले शरीरमा पानीको मात्रा बढी हुन्छ, जसका कारण शरीरमा वजन बढ्छ। उच्च सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा फ्याटको मात्रालाई समेत बढाउँछ, जसका कारण शरीरको वजन स्वतः बढ्छ।

त्यसबाहेक, उच्च सोडियमयुक्त खानेकुराको सेवनले उच्च रक्तचापको समस्या त निम्तिन्छ नै। यसले पनि के प्रमाणित गर्छ भने उच्च सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा पानीको मात्रा जम्मा भई शरीरमा पानीको मात्रा बढाएर उच्च रक्तचापको समस्या निम्त्याउँछ।

कसरी नियन्त्रण गर्ने त?

यसका लागि सोडियमयुक्त खानेकुरालाई पूर्ण रूपमा बन्देज गर्न जरुरी छैन । खानामा ध्यान दिएर तथा प्रोसेस्ड गरिएको खानेकुरा तथा जंकफुड सेवन कम गरेर पनि सोडियमको मात्रालाई नियन्त्रणमा राख्न सकिन्छ। उच्च सोडियमयुक्त खानेकुराको सेवन कम गरेर पनि हाई क्यालोरी जंकफुडको सेवनमा समेत कमी ल्याउन सकिन्छ। यसले रक्तचाप कम हुनुका साथै तौल समेत नियन्त्रित हुन्छ।

थप समाचार

गर्भवती र सुत्केरीलाई हातमा अण्डा, घरमा झण्डा!

गर्भवती र सुत्केरीलाई हातमा अण्डा, घरमा झण्डा!

हेल्थ टिभी अनलाइन\स्याङ्जा : वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ।

वडा कार्यालयले वडाभित्रका ११७ आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक\एक क्यारेट अण्डा वितरण गरेको वडाध्यक्ष ढाकाराम पङ्गेनीले जानकारी दिए।

‘अण्डा र झण्डा वितरण अभियानले वडाभित्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गर्न उत्प्रेरणा जाग्नुका साथै स्वास्थ्य र पोषणसम्बन्धी सचेतना जगाउन सहज हुन्छ’, उनले भने, ‘नियमित स्वास्थ्यचौकीमा आएर स्वास्थ्य जाँच गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य तथा पोषणस्थितिमा सुधार आउने विश्वास लिएका छौँ।’

गर्भवती तथा जन्मिने शिशुको पोषण स्थितिमा सुधार ल्याउनका कार्यक्रम प्रभावकारी रहेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए। ‘गर्भवती महिलालाई ‘प्रोटोकल’ अनुसार गर्भ जाँच गर्न आउँदा अण्डा वितरण गर्न वडाले थालेको छ’, उनले भने, ‘गर्भ जाँच तथा संस्थागत सुत्केरी हुनेको संख्या वृद्धि हुने र दुई वर्षसम्मका बच्चाको वृद्धि अनुगमनमा उल्लेखनीय सुधार गर्नमा सघाउ पुग्नेछ।’

‘हातमा अण्डा घरमा झण्डा’ अभियानअन्तर्गत गर्भवतीको घरमा रातो झण्डा र बच्चा जन्मेदेखि दुई वर्षसम्मको घरमा हरियो झण्डा राख्न थालिएको छ। वडाले थालेको यो अभियान प्रभावकारी देखिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

पर्वतमा मानसिक रोगको उपचार शुरु

पर्वतमा मानसिक रोगको उपचार शुरु

हेल्थ टिभी अनलाइन\पर्वत : जिल्ला अस्पताल पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु भएको छ। गण्डकी मेडिकल कलेज पोखरा र पर्वत जिल्ला अस्पतालबीच भएको सम्झौताअनुसार विशेषज्ञ सेवासहितको उपचार सेवा शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।

जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा. शिशिर देवकोटा, अस्पतालका अध्यक्ष पहाडी, कलेजका प्राचार्य प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ र प्रा.डा. टुमाया घलेले सो सम्झौतामा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार जिल्ला अस्पतालमा कलेजको तर्फबाट एक जना विशेषज्ञ प्रत्येक महिनाको १० गते, २० गते र महिनाको अन्तिम दिन आउनेछन्। दर्ता शुल्कका लागि २० रुपैयाँ शुल्क तोकिएको छ।

जिल्लामा मानसिक रोगका बिरामी बढेपछि अस्तालले सेवा विस्तार गरेको अध्यक्ष पहाडीले जानकारी दिए। कलेजका प्राचार्य प्रा.डा. श्रेष्ठले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न प्राथमिता दिएको जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोजराज गौतमले मानसिक रोग एक पटक उपचार गरेर मात्र निको नहुने भएका कारण निरन्तर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थाइराइड क्यान्सर : पुरुषको तुलनामा महिलामा बढी

थाइराइड क्यान्सर : पुरुषको तुलनामा महिलामा बढी

घाँटीको अगाडिपट्टि रुद्रघण्टीको तल्लो भागमा एउटा ग्रन्थीलाई थाइराइड भनिन्छ। थाइराइड ग्रन्थीले शरीरको ‘मेटाबोलिजम’लाई सन्तुलन गर्छ। यो ग्रन्थीको काम थाइराइड हर्मोन बनाउने हो। महत्त्वपूृर्ण ग्रन्थीमध्ये थाइराइड ग्रन्थी पनि एउटा हो। शरीरका विकास शरीरका अगंहरूको सन्तुलन र पाचन गर्ने थाइराइड हर्मोनको काम हो। साथै थाइराइड ग्रन्थीमा क्यान्सर हुनुलाई थाइराइड क्यान्सर भनिन्छ।

थाइराइड क्यान्सर यही कारणले भन्ने हुँदैन। आमाबुबामा थाइराइड क्यान्सर देखिएको छ भने उनीहरुको सन्तानलाई पनि थाइराइड क्यान्सर हुने सम्म्भावना निकै हुन्छ। पहिले कुनै पनि विकिरण लिएको छ भने थाइराड क्यान्सर हुन सक्छ।

नेपालको सन्दर्भ

थाइराइड समस्या पछिलो समय बढेको समस्यामध्ये एक हो। यो समस्या १०\१५ वर्षको अन्तरालमा थाइराइड समस्या निकै बढ्दो अवस्थामा छ। नेपालमा थाइराइड क्यान्सरको बिरामीको यकिन संख्या भने छैन। थाइराइड क्यान्सर पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ। महिलाहरुमा थाइराइड समस्या देखिने कारण हर्मोन परिवर्तन पुरुषमा भन्दा धेरै महिलामा हुन्छ। २० देखि ४० वर्षका प्रजनन उमेरका महिलामा धेरै थाइराइड क्यान्सर देखिएको छ।

घाटीमा स–साना डल्ला देखा पर्छ। दुखाइ महशुस हुँदैन। थुक निल्ने क्रममा डल्ला तल–माथि गर्छ। घाँटी सुनिन्छ। खाना अप्ठयारो महशुस हुन्छ। डल्ला ठूलो हुँदै जाँदा श्वास फेर्न कठिनाइ हुन्छ। पहिलाको तुलनामा घाँटीमा स–साना डल्ला देखा पर्नेबित्तिकै चिकित्सकसँग परामर्श लिनुपर्छ।

उपचार

कुनै पनि बिरामीको घाटीमा भएको डल्लालाई तीन किसिमले जाँच गरिन्छ। घाँटीको अल्ट्रासाउण्ड गरिन्छ। थाइराइड हर्मोन परीक्षण गर्छौँ। डल्लोमा क्यान्सर छ कि छैन भन्ने हेर्न ‘एफएनएसी’ गर्छौँ। यी तीन किसिमका परीक्षणले कस्तो किसिमको समस्या भनेर निर्क्योल गर्न सकिन्छ।

थाइराइड क्यान्सरमा अन्य क्यान्सरजस्तो डर मान्नु पर्ने अवस्था हुँदैन। थाइराइड क्यान्सरको उपचार सहज र सरल तरिकाले गर्ने गरीन्छ। उपचारपश्चात थाइराइड क्यान्सर पूर्णरूपमा निको हुन्छ।

सचेतना

घाँटीमा स–साना खालका डल्ला देखा पर्यो भने बेवास्ता नगरी सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्छ। थाइराइड क्यान्सरको कारण यही हो भनेर एकिन गर्न सकेको छैन। थाइराइड क्यान्सरका रोकथाम गर्ने कुनै पनि उपाय छैनन्। परिवारको कुनै सदस्यलाई देखा परेमा सर्तक रहनुपर्छ। समय समयमा शरीरको अन्य भाग परीक्षण गरे जस्तै घाँटीको पनि परीक्षण गरी अल्ट्रासाउण्ड स्क्यान गर्नुपर्छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

इरानमा दुईजनालाई कोरोना भाइरस संक्रमण

इरानमा  दुईजनालाई कोरोना भाइरस संक्रमण

चीनको वुहानमा डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको संक्रमण इरानमा पनि पुष्टि भएको छ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिइएको उक्त भाइरसको संक्रमण इरानमा पहिलो पटक दुई व्यक्तिमा देखिएको इरानी स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको इरानी समाचार संस्था आईएसएनएले उल्लेख गरेको छ।

स्वास्थ्य मन्त्रालयको उक्त प्रतिवेदनमा ती दुई व्यक्ति कुन देशका नागरिक हुन् भन्नेबारे विस्तृत विवरण भने दिइएको छैन। मन्त्रालयका सूचना केन्द्रका प्रमुख कियानोस जहाँपुरलाई उद्धृत गरी आईएसएनएले भनेको छ, ‘पछिल्लो दुई दिनमा नयाँ कोरोना भाइरसका केही संदिग्ध घटनाहरू पत्ता लागेका हुन्।’

इरानको केन्द्रय प्रान्त कोममा ती बिरामी भेटिएका थिए। उनीहरूलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै अस्पतालको एकान्त कोठामा राखी उपचार सेवा प्रदान गरिएको जोहानपुरले बताए। चीनमा संक्रमण प्रकोपका रूपमा देखिएपछि इरानले यस पहिले नै विदेशबाट आउने बिरामीलाई परीक्षण गर्ने व्यवस्था मिलाएको छ।

कोरोना भाइरसको स‌ंक्रमणका कारण चीनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन्। गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनााएका छन्। केही दिनदेखि यो घटनाक्रम जारी रहेको छ।

थप समाचार

क्वारेन्टाइनमा रहेका १७५ जनामै कोरोना भाइरस ‘नेगेटिभ’

कसैले पनि त्रासमा बस्नुपर्ने अवस्था छैन : स्वास्थ्य मन्त्रालय

क्वारेन्टाइनमा रहेका १७५ जनामै कोरोना भाइरस ‘नेगेटिभ’

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य मन्त्रालयले वुहानबाट उद्धार गरी नेपाल ल्याइएका कसैमा पनि कोरोना (काेभिड- १९) भाइरस संक्रमण नदेखिएकोे जनाएको छ।

मन्त्रालयले पत्रकार सम्मेलन गरी भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा रहेका १७५ जनामै कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको जानकारी दिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका टोलीले आइतवार उनीहरूको  नेजल र थ्रोट स्वाइब संकलन गरी जाँच गरेको र यस क्रममा रिपोर्ट नेगेटिभ आएको मन्त्रालयका सचिव खगराज बरालले बताए। फागुन ४, ५ र ६ गते गरी तीन दिन लगाएर गरिएको परीक्षणले उनीहरू कसैमा पनि कोरोना भाइरस संक्रमण नदेखिएको उनको भनाइ छ।

‘प्रयोगशालाद्वारा फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार १७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरूमा नोभेल कोरोना भाइरसका लागि रियल ‘आरटी पीसीआर’बाट परीक्षण गर्दा कुनै पनि नमुनामा कोभिड १९ नभेटिएको जानकारी गराइन्छ’, प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ।

उनीहरूमा कुनै पनि किसिमको संक्रमण नदेखिएको र पूर्णरूपमा स्वस्थ रहेको विज्ञप्तिमा उल्लेख छ। नेपाल ल्याइएको १४औँ दिनमा अर्को परीक्षण गरिने जानकारी दिइएको छ। साथै क्वारेन्टाइन स्थल आसपासका बासिन्दालाई कुनै पनि किसिमको त्रासमा नबस्न मन्त्रालयले आग्रह गरेको छ।

गत आइतबार बिहान काठमाडौं आइपुगेका उनीहरूलाई विमानस्थलबाट सोझै क्वारेन्टाइन लगिएको थियो। चीनबाट फर्किएका १७५ नेपाली पाँच दिनदेखि खरिपाटीस्थित विद्युत् प्राधिकरणको भवनमा राखिएको छ।

उनीहरूलाई लिन जाने पाइलट, को–पाइलट, परिचारिका र सफाइ गर्ने स्विपर लगायतलाई भने चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रको अर्को क्वारेन्टाइनमा राखिएको छ।

हेर्नुहाेस् मन्त्रालयकाे विज्ञप्ति–

ताजा अपडेट