Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

१८ देखि ३८ वर्षका महिलामा थाइराइडको समस्या बढी

१८ देखि ३८ वर्षका महिलामा थाइराइडको समस्या बढी

हेल्थ टिभी अनलाइन : १८ वर्षदेखि ३८ वर्षका महिलामा थाइराइडको समस्या बढी देखिने गरेको बताइएको छ ।

शनिबार डाइबेटिज तथा इन्डोक्राइनोलोजी एशोसिएसन नेपाल (डीन) को आयाेजनामा गरिएको पत्रकार सम्मेलनका क्रममा विज्ञहरुले यस्तो बताएका हु्न ।

कार्यक्रममा बोल्दै डीनका कार्यकारी प्रमुख तथा इन्डोक्राइनोलोजिस्ट डा सन्तोष शाक्यले थाइराइडको समस्या महिलामा बढी देखिने र त्यो पनि १८ देखि ३८ वर्षका महिलामा बढी देखिने गरेको बताए । उनले भने, ‘हर्मोनका कारण महिलामा यो रोग बढी देखिन्छ । ८ जना महिलामा थाइराइड हुँदा एक जना मात्र पुरुषमा देखिन्छ यो समस्या ।’

यसैगरी कार्यक्रममा डीनका अध्यक्ष डा अमित शाक्यले थाइराइडको समस्यालाई लिएर धेरै नै भ्रमहरु रहेको जानकारी दिए । उनले थाइराइडमा काउली, बन्दा, गाजर जस्ता खानेकुरा खान हुन्न भन्ने व्यापक भ्रम रहेको भन्दै यो रोग खानासँग सम्बन्धित नरहेको प्रस्ट पारे र यसैगरी डीनका महासचिव डा भोजराज अधिकारीले थाइराइडलाई समयमै व्यवस्थापन गरेमा यो डराउन नपर्ने रोग भएको जिकीर गरे । यसलाई समयमै पहिचान गरेर नियन्त्रणमा राखेमा यसले केही बिगार नगर्ने समेत बताए ।

विश्वभर मे २५ मा विश्व थाइराइड दिवस मनाउने गरिन्छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार