Health TV Online

मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश ५ को कार्यक्रम

मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश ५ को कार्यक्रम

हेल्थ टिभी अनलाइन\रूपन्देही : प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले मातृ तथा शिशुमृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।

प्रदेशका १२ जिल्लामा रहेका ३६३ बर्थिङ सेन्टरलाई दक्ष जनशक्ति र उपकरणसहित सुविधा सम्पन्न बनाउने तयारी भएको बुधबार पत्रकार सम्मेलन गरी मन्त्रालयले जनाएको छ।

सामाजिक विकासमन्त्री सुदर्शन बराललेसंघीय सरकारले प्रदान गरेको १० करोड रुपैयाँ विशेष अनुदानबाट सो कार्यक्रम सञ्चालन हुने जानकारी दिए। उनले कार्यक्रमबाट प्रसूति सेवा थप प्रभावकारी भई आमा र शिशुको स्वास्थ्यमा सुधार आउने बताए।

स्वास्थ्यकर्मीलाई तालिम तथा विभिन्न २६ प्रकारका सामग्री सेन्टरलाई उपलब्ध गराइने जनाइएको छ। प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटवलका निर्देशक महेश्वर श्रेष्ठले प्रदेशमा स्वास्थ्य संस्थामा प्रसूति हुनेको संख्या ५७ प्रतिशत रहेकोे जानकारी गराउँदै कार्यक्रमले मातृ तथा शिशुमृत्युदर घटाउन थप सहयोग पुग्ने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको कहर : के गर्दैछ इटली?

कोरोनाको कहर : के गर्दैछ इटली?

इटलीमा कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधिबाहेक सबै पसल बन्द गर्ने घोषणा गरिएको छ।

युरोपको सबैभन्दा कडा प्रतिबन्ध घोषणा गरिएको उक्त देशमा संक्रमितहरू र मृतकको संख्या बढ्दै गएपछि त्यस्तो निर्णय लिइएको हो।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेका सबै किनमेल केन्द्र बन्द हुने बताए। टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले त्यो प्रतिबन्ध बिहीवारदेखि २५ मार्चसम्म लागु हुने जानकारी दिए।

संक्रमणको दरलाई लिएर कडा तुल्याइएका प्रतिबन्धहरूको परिणाम केही सातामा देखिने उनको विश्वास छ। इटलीमा स्कुल, व्यायामशाला, संग्रहालय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन्।

त्यहाँ १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ८२७ जनाले ज्यान गुमाएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आपतकालीन प्रमुख मिसेल रियनका अनुसार इटलीमा करिब ९०० जना संक्रमित सघन उपचार कक्षमा भर्ना गरिएका छन्।

उनले इरान र इटलीले अहिले बेहोरिरहेको संकटको जस्तो स्थितिको सामना छिट्टै अन्य देशहरूले पनि गर्नुपर्ने चेतावनी दिए।

बीबीसीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको असर : अमेरिकामा युरोपेली देशबाट हवाइ उडान प्रतिबन्ध

कोरोनाको असर : अमेरिकामा युरोपेली देशबाट हवाइ उडान प्रतिबन्ध

अमेरिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट हवाइ उडान रोक्ने निर्णय गरेको छ।

बिहीवार टेलिभिजन सम्बोधनमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा गरिने सबै हवाइ उडानमा ३० दिनका निम्ति रोक लगाएको घोषणा गरेका हुन्।

उनले घोषणा गरेको नियम ब्रिटेनको हकमा भने लागु नहुने बताइएको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्व स्वास्थ्य संगठनद्वारा कोरोनालाई महामारी घोषणा

विश्व स्वास्थ्य संगठनद्वारा कोरोनालाई महामारी घोषणा

जेनेभा:  विश्व स्वास्थ्य संगठनले विश्वभर फैलिंदै गएको कोरोना भाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको छ।

बुधबार विश्व स्वास्थ्य संगठनले जेनेभास्थित कार्यालयमा पत्रकार सम्मेलन गरी विश्व महामारी घोषणा गरेको हो। पत्रकार सम्मेलनमा संगठनका प्रमुख डा टेड्रोसले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्न बाध्य भएको बताएका थिए ।

उनले हालसम्म कोरोना भाइरसका कारण ४ हजार बढीको ज्यान गएको र १ लाख १८ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका पनि जानकारी गराएका थिए । उनले हरेक देशले कोरोना भाइरससँग लड्न आफ्नै रणनिती बनाउनपर्नेमा जोड दिएका थिए । उनले कोरोना हालसम्म ११४ देशमा फैलिसकेको पनि जानकारी दिएका थिए ।

यसअघि नै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको लागि उच्च जोखिम भएको देश घोषणा गरेको थियो ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको त्रास : पूर्वतयारी मजबुत पार्न सरकारलाई प्रतिपक्षको सुझाव

कोरोनाको त्रास : पूर्वतयारी मजबुत पार्न सरकारलाई प्रतिपक्षको सुझाव

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रमुख प्रतिपक्षी दलले ‘कोरोना भाइरस संक्रमण रोकथामका लागि पूर्वतयारीलाई तीव्रता दिन सरकारलाई सुझाव दिएको छ।

कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधवार प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी कांग्रेसले कोरोना भाइरस भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने बताएको हो।

बैठकबारे जानकारी दिँदै नेता गगनकुमार थापाले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि सबै क्षेत्रले एकीकृत ढंगबाट कदम चाल्न सरकारलाई सुझाव दिएको बताए। कोरोना प्रभावित देशबाट नेपाल आउने नागरिकलाई कम्तीमा १४ दिन ‘क्वारेन्टाइन’मा राख्ने व्यवस्था गर्नुपर्ने, अस्पतालको सुविधा सुधार गर्नुपर्ने, हवाइ र स्थलमार्ग हुँदै आउने व्यक्तिको जाँचलाई व्यवस्थित बनाउनुपर्ने सुझाव दिएको उनको भनाइ छ।

स्वास्थ्य तथा जनस‌ंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण रोकथाम र प्रवेश हुन नदिने विषयलाई नै सरकारले पहिलो प्राथमिकता दिएको जानकारी दिए। समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विश्व स्वास्थ्य संगठन नै नेपाल कोरोनाको उच्च जोखिममा रहेको जनाएको सन्दर्भमा त्यसलाई राष्ट्रिय शक्ति एकजुट भएर कसरी सामना गर्ने भन्ने विषयमा बैठक केन्द्रित रहेको बताए।

समितिका संयोजक तथा उपप्रधामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, कांग्रेसका नेता बालकृष्ण खाँण, राष्ट्रिय जनता पार्टीको तर्फबाट नेता राजेन्द्र महतो, समाजवादी पार्टीबाट सहअध्यक्ष श्रेष्ठ र सरकारका मन्त्रीहरूको सहभागिता थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने समीक्षा अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने समीक्षा अस्पतालबाट डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनलाई बुधबार डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गाले बताए । आज प्रेस विज्ञप्ति जारी गर्दै डा खड्गाले उक्त कुराको जानकारी दिएका हुन्।

प्रधानमन्त्री ओलीको एक साताअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी नाता पर्ने समीक्षाले मिर्गौला दिएकी थिइन। समीक्षाको स्वास्थ्यमा सुधार आएकाले उनलाई आजै डिस्चार्ज गरिएको डा खड्गाले बताए । डिस्चार्ज हुनुअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना प्रभावित देशबाट आउने यात्रुले ‘सेल्फ क्वारेन्टाइन’ सम्झौता फारम भर्नुपर्ने

यस्ता छन् सेल्फ क्वारेन्टाइनमा बस्नेले पालना गर्नुपर्ने नियमहरु:

कोरोना प्रभावित देशबाट आउने यात्रुले ‘सेल्फ क्वारेन्टाइन’ सम्झौता फारम भर्नुपर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित देशबाट आउने सबै यात्रुलाई सेल्फ क्वारेन्टाइन फारम भर्नुपर्ने नियम लागु गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता सागर दाहालले अबदेखि कोरोना प्रभावित देशबाट आउने सबै यात्रुले यो फारम भर्नुपर्ने बताए । उनले यसरी फारम भर्दा व्यक्तिगत सम्पूर्ण जानकारी भर्नुपर्ने भएकाले सबैको रेकर्ड राख्न सजिलो हुने जानकारी दिए । उनले भने, ‘यो फारमका कारण यदि कसैमा कोरोना पोजेटिभ देखिएमा ठेगाना सहितको सबै जानकारी हुने भएकाले छिटो उपचारमा ल्याउन सजिलो हुनेछ । हाम्रो उद्देस्य पनि त्यही हो ।’

सरकारले कोरोना प्रभावित देशबाट आउनले आफै १४ दिनसम्म क्वारेन्टाइनमा रहनुपर्ने बताएको छ । यो फारम हरेक जहाजमा उपलब्ध हुने पनि दाहालले जानकारी दिए ।  यात्रुले यो फारम अनिवार्य रुपमा भरेर हेल्थ डेस्कमा बुझाउनुपर्ने हुन्छ ।

यस्ता छन् सेल्फ क्वारेन्टाइनमा बस्नेले पालना गर्नुपर्ने नियमहरु:

सकेसम्म छुट्टै कोठामा बस्ने, त्योे सम्भव नभए अर्को व्यत्तिसंग एक मिटरको दुरीमा रहने गरी बस्ने ।
छुट्टै बाथरुमको प्रयोग गर्ने ।
आफनो कोठा आफै सफा गर्ने।
सार्वजनिक स्थानमा नजाने ।
आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने ।
स्वास्थ्य संस्थामा जान परे मास्कको प्रयोग गर्ने ।
नियमित साबुन पानीले हात धुने ।
नियमित शरीरको तापक्रम लिने ।
केही समस्या आएमा सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिने ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बैतडीमा आइसोलेसन कक्ष स्थापना

बैतडीमा आइसोलेसन कक्ष स्थापना

हेल्थ टिभी अनलाइन\बैतडी : जिल्लामा पहिलोपटक आइसोलेसन कक्ष स्थापना भएको छ। जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो।

कोरोनाको विश्वव्यापी संक्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थपना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले जानकारी दिए।

अस्पताल परिसरभित्रै स्थापना गरिएको सो कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिंगानको नमुना संकलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ।

‘शंकास्पद बिरामीको खकार र सिगानको नमुना पठाउने माध्यम पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छ’, उनले भने, ‘कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारीस्वरुप जिल्ला अस्पतालमा सो कक्ष स्थापना गरिएको हो।’

यसअघि केही दिन अगाडि मात्रै प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो। बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले उच्च सतर्कता अपनाइएको जनाइएको छ।

भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा केही दिन अघिदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरेर त्यहाँबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्य नियमित रुपमा भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइरस संक्रमणको त्रास : भ्रम बढी, सचेतना कम

कोरोना भाइरस संक्रमणको त्रास : भ्रम बढी, सचेतना कम

गत वर्षको डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमण अहिले विश्वव्यापीजस्तै भइसक्यो। यो भाइरसका कारण विश्वभर चार हजारभन्दा बढीको मृत्यु भइसकेको छ। संक्रमितको संख्या सवा लाख नाघिसकेको छ।

के हो कोरोना भाइरस?

कोरोना जनावरबाट सर्ने एक रहस्यमयी भाइरस हो। तर नयाँ भाइरस हाेइन। भाइरसका ६ वटा प्रजाति यसअघि नै देखिएको थियो। सन् २००९ मा देखिएको भाइरसलाई कोभिड नाम दिइएको थियो। अहिले देखिएको भाइरसलाई ‘कोभिड १९’ भनिएको छ। विज्ञहरूले यो भाइरस जनावरबाट सरेको अनुमान गरेका छन्।

कसरी सर्छ?

र्याल, खोक्दा वा हाच्छिउँ गर्दा निस्किने छिटाबाट याे भाइरस सर्ने बताइन्छ। हाच्छिउँ गर्दा वा खोक्दा निस्केको छिटा हावामार्फत निरोगी व्यक्तिको मुख वा नाकमा पर्दा संक्रमण फैलिन्छ। यस्तै संक्रमित व्यक्तिको हातमा रहको भाइरस अर्को व्यक्तिसँग मिलाउँदा सर्न सक्छ। संक्रमितको र्याल सिंगान कुनै वस्तुमा पर्दा र अर्को व्यक्तिले त्याे छुँदा नाक वा मुखबाट यो भाइरस शरीरमा प्रवेश गर्नसक्छ। हावाबाट मात्र फैलिने भाइरस होइन यो।

कस्तो वातावरणमा सर्छ?

यो विशेषगरी भिडभाड रहेको स्थानमा यो संक्रमण छिटो फैलिने सम्भावना हुन्छ। बजार, सिनेमाघर, सभा–समारोह र सार्वजनिक बसजस्ता बढी भिड हुने स्थानमा मानिस मानिसबीचको दूरी कम हुने भएकाले यो सर्न सक्छ।

संक्रमणका लक्षण

उच्च ज्वरो आउनु, श्वास फेर्न अप्ठयारो हुनु र रुघाखोकी देखिनु कोरोना भाइरस संक्रमणमा प्रमुख लक्षण हुन्। छाती भारी हुने, थकान महशुस हुने लक्षण पनि देखिन्छ। यसको लक्षण ढिला देखिने भएकाले पनि अन्य व्यक्तिमा चाँडो चाँडो सर्छ। कोभिड १९ भएको देखिन करिब दुई साता ( १४ दिन) लाग्छ। संक्रमण भएको ठाउँबाट ल्याएकालाई ‘क्वारेन्टाइन’ मा राख्ने भनेको त्यही कारण हो।

कस्ता व्यक्ति प्रभावित?

कोरोना भाइरसले अहिलेसम्म वृद्ध व्यक्तिलाई बढी प्रभावित पारेको र मृत्यु पनि उनीहरूको नै बढी मृत्यु भएको छ।यद्यपि यो संक्रमण जुनसुकै उमेरकालाई भएको देखिएको छ। जोखिम भने ७० कटेका मानिसलाई हुन्छ। यो रोग लाग्दैमा मृत्यु हुन्छ भन्ने कुरा भ्रम हो। यसको मृत्युदर पाँच प्रतिशत मात्र देखिएको छ।

रोकथामको उपाय

संत्रमण हुन वा अरुमा फैलिन नदिन व्यक्ति व्यक्ति नै सचेत हुनुपर्छ। भीडभाडमा नजाने, साथीभाइ भेट हुँदा हात नमिलाउने, आफ्नै हात पनि अनावश्यकरूपमा नाक–मुखमा नलैजाने, वेलावेलामा साबुनपानीले राम्रोसँग हात धुने गरिरहनुपर्छ। सकेसम्म जनावरको नजिक नजाने, मासु राम्रोसँग पकाएर खाने गर्नुपर्छ। शंकास्पद व्यक्तिबाट टाढै बस्ने, संक्रमणको लक्षण देखिनेवित्तिकै सम्बन्धित चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ।

औषधि वा उपचारविधि

कोरोना भाइरसकै लागि भनेर खासै औषधि बनिसकेको छैन। यसका लागि विभिन्न देशका वैज्ञानिकहरू अहोरात्र लागिपरेका छन्। औषधि पत्ता लागेपछि जनावरमा प्रयोग गरेपश्चात सफल भए मात्र मानिसमा प्रयोग गरिन्छ।

किन यत्रो त्रास?

माथि नै भनियो, कोरोना नयाँ भाइरस होइन, यसको किसिम नयाँ हो। कोभिड १९ का कारण धेरैको ज्यान गइसकेको भएर पनि जनमानसमा त्रास बढेको हो। नयाँ खालको भएर यस सम्बन्धी जनमानसलाई थाहा नभएर यसलाई खतरनाक मानिएको हो। पर्याप्त जनचेतनाको अभावमा यसको त्रास बढेको हो। एक अनुसन्धानले नेपालमा ‘ह्युमन कोरोना भाइरस’ पाँच वर्षभन्दा मुनिका बालबालिकामा आठ प्रतिशत देखाएको छ। वास्तवमा पहिले देखिएका सार्सभन्दा कम खतरनाक हो। सार्सको भन्दा कोरोनाको मृत्युदर कम छ।

नेपालमा कस्ताे छ अवस्था?

विदेशबाट मानिसको आवतजावत भइरहे पनिन आजको मितिसम्म कोरोना संक्रमण भएको मानिस भेटिएका छैनन्। नेपालमा शुरुमा चीनबाट आएका एकजनामा यो भाइरस संक्रमण देखिए पनि उनी अहिले पूर्णरूपमा स्वस्थ छन्। अरुमा देखिएको छैन।

विश्वभर फैलिएको र बढी प्रभावित देशहरूमा रहेका नेपाली घर फर्किँदा यो संक्रमण यहाँ नआउला भन्न सकिँदैन। यसैगरी दिनहुँ नेपाल आउने सयौँ विदेशीबाट पनि नआउला भन्न सकिने अवस्था छैन।

विमानस्थल वा अन्य नाकाबाट नेपाल आउनेको परीक्षणको व्यवस्था सरकारले मिलाएको छ। शंका लाग्नेवित्तिकै हामी अस्पताल ल्याइहाल्छौँ। विमानस्थलमा शंका लागेर आइसोलेसनमा राखिएका मानिसहरूमा पनि यो भाइरस नभेटिएको प्रष्ट भएको छ। तर यसो भन्दैमा निश्चिन्त हुन भने सकिँदैन। आफ्नो तर्फबाट सचेतना अपनाउनैपर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

कोरोनासँग लड्ने योजना बनाउन उपप्रधानमन्त्री पोखरेलले बोलाए सर्वदलीय बैठक

कोरोनासँग लड्ने योजना बनाउन उपप्रधानमन्त्री पोखरेलले बोलाए सर्वदलीय बैठक

हेल्थ टिभी अनलाइन\काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन्।

संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेतालाई बैठकमा निम्ताे गरेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।

विश्वव्यापी त्रासको कारण बनिरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे बैठकमा छलफल गर्ने तयारी छ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार अपराह्न ३ बजे बस्नेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमणको त्रासले न्युयोर्कमा नियन्त्रित इलाका घोषणा

कोरोना संक्रमणको त्रासले न्युयोर्कमा नियन्त्रित इलाका घोषणा

अमेरिकामा कोरोना भाइरसबाट निकै प्रभावित न्युयोर्कको उत्तरी शहरको इलाकामा सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ।

न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले न्यू रोसलको १.६ किलोमिटर क्षेत्रलाई नियन्त्रित क्षेत्र घोषणा गरिएको हो। कोरोनाभाइरस अति प्रभावित इटलीमा ज्यान गुमाउने संख्या फेरि बढेको छ। जहाँ कडा प्रतिबन्ध जारी छ।

नेसनल गार्डको जिम्मेवारी

न्यूयोर्कका गभर्नर कोउमोले न्यु रोसल अमेरिकाकै सम्भवत: धेरै संक्रमित भएको क्षेत्र रहेको बताए। न्यूयोर्क शहरको तुलनामा निकै कम जनसंख्या रहे पनि त्यहाँ संक्रमितको संख्या धेरै नै बढी भेटिएको उनको भनाइ छ।

त्यहाँ नेसनल गार्डका सदस्यहरू परिचालन गर्ने निर्णय भएको छ। उनीहरूले विद्यालयलगायत सार्वाजनिक स्थलहरूको सफाइ गर्ने छन्।

क्वारेन्टाइनमा रहेका निजी घरहरूमा आवश्यक खाने कुरा पुर्‍याउने जिम्मेवारी पनि उनीहरूलाई दिइएको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

तनहुँमा २९ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप

तनहुँमा २९ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप

हेल्थ टिभी अनलाइन\तनहुँ :जिल्लामा करिब २९ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ।

चैत १ गतेदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको खोप अभियानका क्रममा २८ हजार ७६४ बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

अभियानको क्रममा नौ महिनादेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार जिल्लामा दुई चरणमा अभियान सञ्चालन हुने बताइएकाे छ। पहिलो चरणमा चैत १ गतेदेखि ९ गतेसम्म ३७ वडामा र दोस्रो चरणमा चैत १० गतेदेखि १८ गतेसम्म ४८ वडामा अभियान सञ्चालन गरिनेछ।

अभियानका लागि ५३० खोप केन्द्र तोकिएका छन् भने २०४ खोपकर्ता परिचालन हुनेछन् । त्यस्तै एक हजार ६० स्वयंसेवक परिचालन गरिने कार्यालयले जनाएको छ । खोप तथा कोल्डचेन स्वास्थ्यकर्मीमार्फत् खोप केन्द्र नजिकका स्वास्थ्य संस्थामा पुर्याइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कञ्चनपुरको पिपलाडीमा १५ शय्याको अस्पताल

कञ्चनपुरको पिपलाडीमा १५ शय्याको अस्पताल

हेल्थ टिभी अनलाइन\कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पताल बनाइने भएको छ।

स्वास्थ्यचौकीको स्तरोन्नति गरी अस्पताल बनाउनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ। नगरपालिका–४ का अध्यक्ष ज्ञानबहादुर विष्टले अस्पताल निर्माणका लागि कन्सलटेन्सीमार्फत विस्तृत परियोजना प्रतिवेदन निर्माण अगाडि बढाएको बताए।

तत्कालका लागि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वास्थ्यचौकीमा रहेका भवनको स्तरोन्नति गरी सेवा सञ्चालनका लागि ३८ लाख रुपैयाँ परिचालन गरेको छ। प्रदेश मन्त्रालयबाट प्राप्त बजेट परिचालन गरी स्वास्थ्यचौकीका पुरानो भवन स्तरोन्नति गर्न ठेक्का प्रक्रियामार्फत निर्माणको कार्य अगाडि बढाएको विष्टको भनाइ छ।

संघीय सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकीमा २५ लाख रूपैयाँ लागतमा २४ घण्टे बर्थिङ सेन्टर भवन निर्माणका लागिसमेत काम अगाडि बढाइएको छ। बर्थिङ सेन्टर निर्माणका लागि लाग्ने कुल लागतको २० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने अध्यक्ष विष्टले बताए।

स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएपछि सर्वसाधारणले विशषज्ञसहितको चिकित्सकीय सेवा पाउने भएका छन्। कञ्चनपुरका कृष्णपुर र वेदकोटको दैजी स्वास्थ्यचौकीको समेत स्तरोन्नति गरी अस्पताल बनाउन काम अगाडि बढाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बेनी अस्पतालमा चैतदेखि निःशुल्क डायलासिस

बेनी अस्पतालमा चैतदेखि निःशुल्क डायलासिस

हेल्थ टिभी अनलाइन\म्याग्दी : सदरमुकाम बेनी अस्पतालमा अब मिर्गौला रोग पीडित बिरामीका लागि डायलासिस सेवा शुरु हुने भएको छ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित बजेट विनियोजन गरेपछि चैत १ गते मिर्गौला उपचारका लागि डायलासिस सेवा शुरु गर्न लागिएको हो।

गण्डकी प्रदेशले उपलब्ध गराएको चार वटा मेसिन र प्रवासी म्याग्देलीले दिएको दुईवटा मेसिन रहेको अस्पतालमा हेमोडायलासिस युनिट स्थापना गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटवालले बताए।

उनका अनुसार युनिटमा चिकित्सक, स्टाफ नर्ससहितको जनशक्तिसमेत व्यवस्थापन भइसकेको छ। पहिलो चरणमा तीन वटा बेड सञ्चालनमा ल्याउने कटुवालले बताए। छ वटा मेसिनबाट दुई सिफ्टमा १२ जना बिरामीलाई दैनिक सेवा दिने गरी व्यवस्था मिलाएको उनको भनाइ छ। सेवा शुरु भएको छ महिनापछि आवश्यकताअनुसार बिहान, दिउँसो र साँझ सेवा दिने अस्पतालको योजना छ।

मिर्गौलापीडित बिरामी अधिकांशको न्यून आर्थिक अवस्थाका हुने भएकाले यातायात, खानबस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य भएको अवस्थामा डायलासिस सेवाले सहज भएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका कार्यालय सचिव एवं मिर्गौला प्रत्यारोपण गरेका मङ्गला गाउँपालिका–१ कुहुँका डकबहादुर रोकाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बेलायतकी स्वास्थ्यमन्त्री डोरिसलाई कोरोना संक्रमण

बेलायतकी स्वास्थ्यमन्त्री डोरिसलाई कोरोना संक्रमण

बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै डोरिसले भाइरस संक्रमणको पुष्टि भएपश्चात आवश्यक परामर्श लिएर घरभित्रै ‘क्वारेन्टाइन’मा रहेको बताएकी छिन्‌।

डोरिसले आफूसँग नजिक र प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरुबारे जानकारी लिने काम भइरहेको पनि बताएकी छिन्। ६२ वर्षीया उनले संक्रमणका कारण आफू नडराएको, तर ८४ वर्षीया आफ्नी आमाको स्वास्थ्यबारे उनले चिन्ता लागेको बताएकी छिन्‌।

बीबीसीले डोरिस कोरोना संक्रमित हुने पहिली बेलायती सांसद भएको बताएको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘माफ गर्नुस्, यहाँ मास्क छैन’ (फोटो फिचर)

‘माफ गर्नुस्, यहाँ मास्क छैन’ (फोटो फिचर)

हेल्थ टिभी अनलाइन\काठमाडौं : विश्वभर कोरोना भाइरस संक्रमण फैलिएसँगै नेपालमा पनि त्रास बढेको छ। सरकारी निकाय तथा चिकित्सकहरू यो संक्रमणबाट बच्ने उपाय अपनाउन आग्रह गरिरहेका छन्।

कोरोनालगायत श्वासप्रश्वास अन्य समस्याबाट बचाउन मद्दत गर्ने साधन हो, मास्क। तर सरकारको अनुगमन प्रभावकारी नबन्दा बजारमा मास्क र स्यानिटाइजर अभाव छ। यी वस्तुको कालोबजारी मौलाएको छ।

अन्य ठाउँको कुरा छाडौँ, सबैभन्दा पुरानो र सबैभन्दा ठूलो अस्पताल ‘वीर’को आसपासका फार्मेसीहरूमा समेत मास्क पाइँदैन। ‘मास्क छ?’ भनेर सोध्नेलाई उत्तर दिनुर्ने बाध्यताबाट मुक्ति पाउन उनीहरूले यस्तो उपाय अपनाएका छन्–

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमन्त्रीले भने, अब क्वारेन्टाइनमा राख्न सक्दैनौँ, आफैँ बस्नू

स्वास्थ्यमन्त्रीले भने, अब क्वारेन्टाइनमा राख्न सक्दैनौँ, आफैँ बस्नू

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका भए ‘आफैँ क्वारेन्टाइनमा बस्न’ नागरिकलाई सुझाव दिएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा  युवा संघ नेपालको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी अब नराख्ने बताए। ‘हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ’, उनले भने, ‘अब मान्छेहरू ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्छ। तर डब्लूएचओको मापदण्डभित्र बस्नुपर्यो।’

सरकारले तोकेका आठ मुलुकबाट आउनेलाई त्यहाँको चिकित्सकले बढीमा सात दिन अघि संक्रमण छैन भन्ने प्रमाणित गरेको भए मात्रै नेपाल प्रवेश हुने उनको भनाइ छ। ‘१४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ’, उनले भने।

‘तर कुनै व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने मन्त्री ढकालले बताए। उनले भने, ‘ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरिपाटीमा राख्ने व्यवस्था गर्छ।’

युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कलबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारिक सूचनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्यो। संघका संयोजक रामप्रसाद सापकोटाले विमानस्थल, सबै भारतीय सीमा नाकामा स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्न र भाइरस संक्रमित देशबाट नेपाल आउने जोकोहीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न माग गरेको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमण : इरानमा एकै दिन ५४ जनाको मृत्यु

कोरोना संक्रमण :  इरानमा एकै दिन ५४ जनाको मृत्यु

इरानमा नयाँ कोरोना भाइरसको संक्रमणबाट विगत २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ।

एकै दिन कोरोनाको संक्रमणबाट यति ठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको अधिकारीहरूले बताएका छन्।

पछिल्लो मृत्युसँगै इरानमा कोरोना संक्रमित भई मर्नेहरूको संख्या २९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले बताए।

उनले कोरोना संक्रमित व्यक्तिहरुको संख्या निरन्तर बढेको बताउँदै पछिल्लो पटक ८८१ जनामा कोरोना भएको पुष्टि भएको जानकारी दिए। इरानमा अब संक्रमित व्यक्तिको संख्या आठ हजार ४२ पुगेको छ। अहिलेसम्म दुई हजार ७३१ जना निको भएर घर फर्किसकेका छन्।

कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभाव राजधानी तेहरानमा परेको छ, जहाँ दुई हजार ११४ जना संक्रमित भएका छन्। क्यास्पियन सागरसँग सीमा जोडिएको लोकप्रिय पर्यटकीय क्षेत्र मजान्दारान प्रान्तमा ८८६ जना तथा क्वोममा ७५१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

इरानले अझैसम्म आधिकारिक रूपमा मानिसहरुलाई क्वारेन्टाइनमा रहन बाध्य बनाएको छैन, तर अधिकारीहरूले मानिसहरूलाई अनावश्यक यात्रा नगर्न तथा यात्रा निरुत्साहित गर्ने उद्देश्यले होटल बन्द गर्न आदेश दिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्री ओलीलाई सामान्य जीवनमा फर्किन ६ महिनादेखि १ वर्षसम्म लाग्ने

प्रधानमन्त्री ओलीलाई सामान्य जीवनमा फर्किन ६ महिनादेखि १ वर्षसम्म लाग्ने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सात दिन अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली सामान्य जीवनमा फर्किन अझै ६ महिनादेखि १ वर्षसम्म लाग्ने चिकित्सकले बताएका छन्।

मंगलबार प्रधानमन्त्रीको स्वास्थ्यकावारेमा जानकारी दिन अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रा.डा. दिव्या सिंह शाहले यस्तो बताएकी हुन्।  उनले प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सुधार आएको भन्दै सुगर लेबल, रत्तचाप सबै नर्मल भएको जानकारी समेत दिइन्। उनले प्रधानमन्त्रीले एक महिनापछि सचिवालय मार्फत भिडभाडमा नगई काम गर्न सक्ने समेत जानकारी गराइन्। मिर्गौला प्रत्यारोपण गरेका बिरामीमा संक्रमणको डर रहिरहन्छ । त्यसैले भिडभाडमा सकेसम्म नजान सल्लाह दिन्छौं ,उनले भनिन्।

योसँगै उनले अरु सरह सामान्य जीवनमा फर्किन भने प्रधानमन्त्री ओलीलाई ६ महिनादेखि  १ वर्ष लाग्ने बताइन्। उनले भनिन्, ‘उहाँको स्वाथ्यमा तिब्र रुपमा सुधार भइरहेको छ अहिले नै पनि डिस्चार्ज गर्न सकिन्छ तर हामीले रिस्क मात्रै लिन नखोजेका हौं ।  अरु मानिस सरहको जीवनमा फर्किन पनि कम्तीमा पनि ६ महिनादेखि  १ वर्ष त लाग्छ नै।’

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक तथा नर्सले आ आफनो धारणा राखेका थिए ।

प्रधानमन्त्री ओली र दाता समिक्षाको डिस्चार्ज एकै दिन गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने भान्जी समिक्षाको डिस्चार्ज पनि प्रधानमन्त्रीसँगै हुने भएको छ । समिक्षाको डिस्चार्ज मंगलबार नै गर्ने तयारी भएको भए पनि उनले आफू मामासँगै डिस्चार्ज हुने इच्छा देखाएकाले अस्पतालमै राखिएको डा दिव्या सिंह शाहले जानकारी दिइन्। डिस्चार्जको टुंगो भने लागिनसकेको उनले जिकीर गरिन्। ‘सम्भवत दुई तीन दिनभित्रै हुन्छ उनले भनिन्।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार नाघ्यो

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार नाघ्यो

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ। गत डिसेम्बरको अन्त्यतिर चीनको वुहानमा शुरु भएको भाइरसको संक्रमणका कारण अहिलेसम्म एक लाख १३ हजारभन्दा बढी संक्रमित भएको सीएनएनले जनाएको छ।

कोभिड १९ नाम दिइएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या चीनमा बढी छ। मृत्यु हुनेको संख्या बढे पनि चीनमा संक्रमण घट्दै गएको बताइएको छ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ भाइरसको उद्गमस्थल मानिएको वुहान पुगेका छन्। चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घटेसँगै उनले वुहानको भ्रमण गरेका हुन्। सोमबार चीनमा भाइरसको नयाँ संक्रमितको संख्या १९ थियो।

चीनपछि इटाली र इरानमा धेरै जनाको मृत्यु भएको छ। संक्रमण बढ्दै गए पनि इटालीले आफ्ना नागरिकलाई घरबाहिर ननिस्कन निर्देशन दिएकाे बीबीसीको समाचारमा उल्लेख छ।

ताजा अपडेट