नयाँ मन्त्री आएसँगै स्वास्थ्य मन्त्रालयमा चहलपहल (फोटोफिचर)
पार्किङ स्थल भरिएपछि गेट बाहिरसम्म गाडीको लाइन

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री प्रदीप पौडेल आएसँगै भिडभाड र चहलपहल बढेको छ ।
सोमबार पौडेल मन्त्री नियुक्त भएदेखि नै मन्त्रालयमा उनलाई भेट्न, शुभकामना तथा बधाई दिन आउनेको भिड बढेको हो । आज बिहानैदेखि नयाँ मन्त्रीलाई भेट्न आउनेहरुको गाडीको कारण मन्त्रालयको गाडी पार्किङ स्थल भरिएपछि गाडीहरु गेटबाहिरसम्म नै लाइन लागिरहेका देखिन्थे ।
विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा उदाएका मन्त्री प्रदीप पौडेलको मन्त्रीका रुपमा यो नै पहिलो कार्यकाल हो ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights