यसरी रंग्याइयाे पाटन दरबार क्षेत्रलार्इ राताे बत्तीले

काठमाडौं क्षयरोगसम्बन्धी संयुक्त राष्ट्रसंघको ऐतिहासिक उच्चस्तरीय बैठकको स्मरण गर्दै ‘विश्वलाई रातो बत्तीले प्रकाशमय बनाऔँ’ भन्ने अभियान नेपालमा पनि सञ्चालन गरिएको छ।
क्षयरोग उन्मुलनका लागि विश्वव्यापी अभियानअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको आयोजनामा बुधबार साँझ पाटन र काठमाडौं दरबार क्षेत्रलाई रातो बत्तीले रंग्याइएको हो।
युनेस्काेले विश्व सम्पदा सूचीमा राखेकाे दुर्इ दरबार क्षेत्र क्षयरोगसम्बन्धी संगठनको पहिलो उच्चस्तरीय बैठकको स्मरणमा राताे बत्तीले झिलिमिली पारिएकाे हाे।
बैठकले सन् २०३० सम्ममा विश्वलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएकाे छ। क्षयरोगबाट सन् २०१७ मा मात्रै १६ लाख मानिसको मृत्यु भएको र त्यसबाट आर्थिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति भएको संगठनले जनाएको छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights