चाेक–चाेकमा फाेहाेरका डंगुर : चिकित्सक भन्छन्, सतर्क रहनुस्

काठमाडौं : फोहोर हामी कसैलाई मन पर्दैन। त्यसैले घरका कोठा, चोटा र आँगन सबैतिर सफा राख्न चाहन्छौँ। कम्तीमा घर सफा राख्न सके सभ्य भइने र रोगबाट बच्न सकिने हामी अधिकांशको बुझाइ छ।
त्यसाे भए फोहोरको व्यवस्थापन कहाँ गर्ने ? यो व्यक्ति र परिवारको मात्र होइन समाज गाउँ नगर हुँदै राज्यकै टाउको दुखाइको विषय बन्ने गरेको छ।
यस्तै समस्या उत्पन्न भएको छ, काठमाडौं उपत्यकामा। फोहोर व्यवस्थापन गर्ने एक मात्र ठाउँ सिसडोल ‘ल्यान्डफिल साइट’मा समस्या आएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको हो। सर्वसाधारणले फ्याँकेका फोहोरका कारण सडकका चोकहरू भरिएका छन् तर महानगरले त्यसकाे व्यवस्थापन गर्न सकेको छैन।
आफैँले फ्याँकेको फोहोर बर्खाको पानी र घामको सम्पर्कमा आउँदा शहर नै गन्धकार भइरहेका छन्। चोक गल्लीमा रहेका फोहोरले रोग फैलिने खतरा पनि बढेको छ।
त्यसैले चिकित्सकहरू सतर्कता अपनाउन आग्रह गर्छन्।’ तत्काल फाहोर नउठिरहेको बेला यसको असर न्युनीकरणका लाग मास्क लगाएर हिँड्नु राम्राे हुन्छ’, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights