डा.केसीकाे समर्थनमा सामूहिक सत्याग्रह शुरू, फाेटाे

काठमाडाैं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशन थालेका डा. गोविन्द केसीका माग पूरा गर्न भन्दै दबाबस्वरूप काठमाडौंको वसन्तपुरमा सामूहिक नागरिक सत्याग्रह थालिएको छ। ‘साेलिडारिटी फर डा. केसी अलायन्स’काे अाह्वानमा सामूहिक सत्याग्रह शुरू भएकाे हाे।
२४ दिन देखि निरन्तर अनसनमा रहेका केसीको मागप्रति सरकार उदासीन रहेको भन्दै विभिन्न समूहको ऐक्यबद्धतामा सामूहिक सत्याग्रह थालेका हुन्। सत्याग्रहमा नागरिक समाज, सामाजिक अभियन्ता, राजनितिक दलका अगुवा, चिकित्सक, विभिन्न पेशागत संघ संगठन, लगायत विद्यार्थी र आम सर्वसाधारण गरी करिब एक सय जना भन्दा धेरै सहभागी छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights