कोरोना विरुद्धको खोपमा जेष्ठ नागरिकको उत्साहजनक सहभागिता (फोटोफिचर)

हेल्थ टिभी अनलाइन \काठमाडौं : जेष्ठ नागरिकहरुको लागि आजदेखि शुरु भएको कोरोना विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता देखिएको छ ।
सरकारले आजबाट ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउन शुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर आजको खोप अभियान शुरु गरेका थिए । त्रिवि शिक्षण अस्पतालमा कोरोना विरुद्धको खोप लगाउनका लागि जेष्ठ नागरिक बिहान ८ बजेदेखि नै लाइन लाग्न थालेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले खोप लगाएपछि अन्य जेष्ठ नागरिलाई धमाधम खोप दिन शुरु गरिएको थियो । भिड धेरै भएपछि स्वास्थ्य स्वयंसेविकाहरुले तीनवटा लाइन लगाएर खोप लगाउने व्यवस्था गर्नुपरेको बताएका छन्।
हातमा नागरिकता एवं वृद्धभत्ता कार्ड बोकेर उनीहरु सकी नसकी लाइनमा उभिरहेका थिए ।आजदेखि देशभर ६ हजार खोप केन्द्रबाट १६ लाख बढी ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिइँदैछ । जेष्ठ नागरिकहरु कोरोना संक्रमणको उच्च जोखिममा पर्ने समूहभित्र पर्छन ।
हेरौं फोटोहरु:
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा
अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो
गर्मीमा पुदिना खानुका फाइदा