स्वास्थ्यमा बढ्यो बजेट

जेठ १६,काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट दुई वर्षपछि बल्ल वृद्धि भएको छ।
मंगलबार सार्वजनिक भएको बजेट अनुसार सरकारले स्वास्थ्य क्षेत्रमा कुल बजेटको ४ दशमलब २९ प्रतिशत बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७५र०७६ का लागि कुल बजेट १३ खर्ब १५ अर्ब ५४ करोड प्रस्तुत गरिँदा स्वास्थ्यले ५६ अर्ब ४१ करोड ९७ लाख बजेट पाएको छ। यो बजेट चालू आर्थिक वर्ष २०७४र०७५ भन्दा शून्य दशमलब ४३ प्रतिशत बढी हो।
चालू आर्थिक वर्षमा सरकारले कुल बजेटको ३ दशमलब ८६ प्रतिशत बजेट स्वास्थ्यलाई दिएको थियो। अघिल्लो आर्थिक वर्ष २०७३र०७४ मा स्वास्थ्यले ४ दशमलब शून्य सात प्रतिशत बजेट पाएको थियो। त्योभन्दा अघिल्लो वर्ष भने स्वास्थ्यले कुल बजेटको ५ प्रतिशत पाएको थियो।
बजेटको अंकका आधारमा हेर्दा स्वास्थ्यको यो बजेट चालु वर्षमा भन्दा ९ अर्ब ७३ करोड बढी हो। २०७४र०७५ का लागि स्वास्थ्यले ४६ अर्ब ६८ करोड बजेट पाएको थियो।
सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङभन्दा १३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बढी बजेट दिएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई जम्मा ४२ अर्ब ९५ करोड रुपैयाँको बजेट सिलिङ दिएको थियो।
चालू वर्षको भन्दा पनि झन्डै ४ अर्ब कमको बजेट सिलिङ आएपछि सरकारको विरोध भएको थियो। स्वास्थ्य मन्त्रालयदेखि विभिन्न संघसंस्थाले स्वास्थ्यमा बजेट बढाउनुपर्ने सुझाव सरकारलाई दिएको थियो। सरकारले त्यही आधारमा सिलिङ भन्दा बढी बजेट विनियोजन गरेको हो।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति