Health TV Online
Health TV Online
Health TV Online

कलिला बालबालिकालाई ‘पत्रु खाना’ खुवाउनु अपराध हाे

कलिला बालबालिकालाई ‘पत्रु खाना’ खुवाउनु अपराध हाे

घरमै बनेका रोटी, हलुवा, चिउरा–तरकारी जस्ता खानेकुरा र भुटेको मकै, गहुँ खाजाका रूपमा स्कुल कलेज लैजाने भन्ने कुरा अचेल एकादेशको कथाजस्तै भएको छ। यस्ता खाजा स्कुल, कलेजमा लैजानु, खानु बालबालिका–किशोरकिशोरीका लागि लज्जाको विषय हुन्छ। बजारमा किनिएका रंगीबिरंगी खोल भएका गुलियो, नुनिलो खानेकुरा खाए इज्जत बढ्छ, ठूलो भइन्छ भन्ने भ्रम बालबालिकामा मात्र होइन कतिपय अभिभावकमा पनि देखिन्छ।

साथीहरूले रंगीचंगी खानेकुराका प्याकेट बोक्दा आफू घरका खाना लिएर जाँदा लाज हुने डर केटाकेटीलाई हुन्छ। अभिभावकहरू मात्रै के कम, उनीहरू आफ्ना छोराछोरीलाई अरुभन्दा कम भएको देखाउन चाहँदैनन्। छिमेकीका छोराछोरीको हातमा भएको भन्दा महंगो र आकर्षक खानेकुराको प्याकेट किन्न प्रतिस्पर्धा गर्छन्। स्कुल जाने क्रममा होस् वा कतै बजार जाने क्रममा अभिभावकले बच्चाको हातमा चाउचाउ कुरमुरेलगायतका प्याकेट थमाइदिने गर्छन्। स्कुलका क्यान्टिनमा पनि बालबालिकालाई लोभ्याउनेगरी यस्ता खानेकुराका प्याकेट झुण्ड्याइएको हुन्छ।

केही समयअघि कर्णाली प्रदेश पुग्दा म अचम्मित भएँ। साना केटाकेटीहरू नामै नसुनेका साना चाउचाउ खाइरहेका देखिन्थे, जसको मूल्य पाँच रुपैयाँ राखिएको रहेछ। खोलेर हेर्दा अलिकति भुजिया र बदामको मिश्रण रहेछ। कहिले बनेको, कहाँ बनेको भन्ने पनि पत्तो छैन। पुरानो भएर ढुसी परेको पनि मतलब छैन।

अर्को कुरा हिजोआज अधिकांशको घरमा अभिभावक जागिरे वा अन्य रोजगारमा भएका कारण छोराछोरीको खानपानमा त्यति ध्यान दिइँदैन। घरमा खानेकुरा बनाउन समय नहुँदा बजारका खानेकुरा किनेर खुवाउने चलन बढेको छ। चाउचाउ, दालमोठ, चाउमिन र कुरमुरेजस्ता प्याकेट बन्द खानेकुरा किन्न पाए घरमा बनाउने झञ्झट पनि नहुने, छोराछोरी पनि मख्ख पर्ने। बच्चाबच्चीलाई फकाउन वा खाना खान नमाने पनि यस्ता खानेकुरा खुवाउने गरेको पाइन्छ।

शहरी क्षेत्रमा त आधुनिक देखाउन यो चलन चलेको छ। तर यो चलन अचेल यहाँ मात्र सीमित छैन, दुर्गम गाउँका कुनाकुना पुगिसकेको छ। घरमा उत्पादित मकै, गहुँ, कोदोजस्ता पोषिला अन्न बेचेर बच्चालाई बिस्कुट, चाउचाउ खान दिन्छन्, अभिभावक। गाउँघरमा बालबालिका पनि घरका भन्दा बजारका खाजामा अभ्यस्त भइसके।

केही समयअघि कर्णाली प्रदेश पुग्दा म अचम्मित भएँ। साना केटाकेटीहरू नामै नसुनेका साना चाउचाउ खाइरहेका देखिन्थे, जसको मूल्य पाँच रुपैयाँ राखिएको रहेछ। खोलेर हेर्दा अलिकति भुजिया र बदामको मिश्रण रहेछ। कहिले बनेको, कहाँ बनेको भन्ने पनि पत्तो छैन। पुरानो भएर ढुसी परेको पनि मतलब छैन।

बढ्दो आधुनिकता र बढ्दो व्यवस्तताका कारणले हो कि अचेल मानिसहरू आफूले के खाइरहेको छु, आफ्ना बालबच्चालाई के खुवाइराखेको छु भन्ने विचार पुर्याउन छाडेको अस्था छ। हामीले खाइरहेको खाना कतिको स्वस्थकर छ भन्ने कुरामा अधिकांश मानिस सचेत छैनन्। कतिपयले त हानिकारक हो भन्ने जान्दाजान्दै बजारका खानेकुरा ल्याएर आफू खाने र बच्चालाई पनि खुवाउने गर्दै आएका छन्। यो बानी पोषण वा बालबालिकाको वृद्धिविकासका लागि एकदमै हानिकारक हो।

जंक फुड अर्थात् पत्रु खाना। पहिलो कुरा त बजारका खानामा पोषण तत्त्व अत्यन्त कम हुन्छ। अर्को कुरा तिनमा प्रयोग भएका अत्यधिक नुन, चिनी र लामो समय जोगाउन प्रयोग भएका रसायन शरीरका लागि हानिकारक हुन्छ। बजारिया खानाले तत्काल शरीरमा प्रभाव देखाउँदैनन्। यिनले मन्दविषको काम गर्छन्। अजिनाेमोटो, चिल्लोलगायतको मिश्रण हुने भएका कारण हाडजोर्नीहरूमा नकारात्मक असर पर्छ। झन् शरीरको विकास हुन लागेका कलिलो हड्डी कमजोर बनाइदिन्छ।

यस्ता खानेकुरा सेवनले उनीहरूको शरीरमा रगतको कमी, क्याल्सियम कमीलगायत समस्या हुन्छ। क्षणिक रूपमा स्वादिलो भए पनि त्यसले बालबालिकाको मस्तिष्कमा असर गर्छ। पढाइमा मन नगर्ने, भनेको नबुझ्नेजस्ता समस्या निम्तिन्छ। शारीरिक र मानसिक विकासमा अवरोध पुग्ने मात्र नभई जंक फुडको अत्यधिक सेवनले उच्च रक्तचाप, मुटुरोग, मधुमेहजस्ता दीर्घरोग सिर्जना हुन्छ।

नेपालमा गरिएको एक अध्ययन अनुसार चाउचाउमा नुनको मात्रा आवश्यकताभन्दा ३७ प्रतिशतदेखि २०० प्रतिशत बढी हुने रहेछ। बढी नुन भएको खानामा अभ्यस्त हुँदै जाँदा बालबालिकामा मृगौलामा समेत असर पर्छ। वृद्धिविकासका लागि सबै तत्त्व भएको सन्तुलित भोजन आवश्यक पर्ने वेलामा पोषणहीन खानेकुरा खुवाउनु बालबालिकामाथि अन्याय हो।

आर्थिक दृष्टिले पनि ती खानेकुरा महँगा नै हुन्छन्। घरमा परिवारकै लागि स्वस्थकर खाना खाँदा सस्तो पर्न आउँछ। बजारमा प्याकेटबन्द खानेकुरा कुनै पनि दृष्टिले उपयुक्त छैन। अझ कलिला बालबालिकाको हातमा यस्ता खानेकुरा थमाउनु भनेको अपराध गर्नुसरह नै हो। बालबालिकाको उज्ज्वल र स्वस्थ भविष्यको लागि बाहिरको खानेकुरामा बन्देज लगाऔँ। घरको खाजा खानालाई प्रोत्साहन गरौँ।

नेपालमा मात्र होइन नसर्ने रोग दिनप्रतिदिन बढिरहेकोमा विश्व नै चिन्तित छ। नसर्ने रोगका कारकमध्ये पत्रु खानेकुरा सेवन पनि प्रमुख मानिएको छ। स्वस्थ रहनका लागि हाम्रो घरमा पहिलेपहिले आमा–हजुरआमाले बनाउने जाउलो, हलुवा, रोटी, मकै, गहुँ, चिउरा, भटमास, कोदो र फापरजस्ता खानेकुरा धेरै नै उपयुक्त छन्।

अल्छी नगराैँ। थोरै समय निकालौँ। आफू पनि घरमै बनाएको खाना खाजा खाऔँ। बच्चालाई पनि दिऔँ। घरमा आफ्नै हातले बनाएको खानाको महत्त्व बुझौँ।

कुराकानीमा आधारित

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

कलिला बालबालिकालाई ‘पत्रु खाना’ खुवाउनु अपराध हाे – Dr Aruna Uprety

Subscribe our Youtube channel

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

जाडोमा रुघाखोकीले सतायो?, भान्सामा ज्वानो छँदैछ

जाडोमा रुघाखोकीले सतायो?, भान्सामा ज्वानो छँदैछ

जाडो दिनप्रतिदिन बढ्दैछ। यो समयमा चिसोका कारण अधिकांशलाई आउने समस्या हो, रुघाखोखी। विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई रुघाखोकीले धेरै सताउँछ। बच्चा, वृद्धवृद्धालाई यसले बढी असर गर्छ। समयमै ख्याल नगरिए रुघाखोकीले गम्भीर समस्या निम्त्याउन सक्छ।

रुघाखोकीबाट छुटकारा पाउने उपाय सजिलो छ। रुघाखोकी लाग्नै नदिन पनि यो उपाय प्रभावकारी छ। त्यो हो हाम्रो भान्सामा रहेको ज्वानो सेवन।

ज्वानो विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। यो काँचै पनि खान सकिन्छ। भुटेर खान पनि मिल्छ। ज्वानोको रस अन्य पेय जस्तै पिए पनि हुन्छ।

चिसो मौसममा ज्वानो पानीको नियमित सेवनले शरीरलाई कयौ समस्याबाट बचाउँछ। यतिमात्र नभई नियमित रूपमा ज्वानोपानीको सेवनले मधुमेहको समस्या ८० प्रतिशतले कम हुनुका साथै यसको नियमित सेवनले मुटु सम्बन्धी समस्या कम हुन्छ।

थप समाचार

स्वास्थ्यकर्मीले नै दिन्छन् बिरामीलाई रगत

स्वास्थ्यकर्मीले नै दिन्छन् बिरामीलाई रगत

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीका लागि रक्तदाता बन्ने गरेका छन्।

अभावका वेला कर्मचारीले समेत बिरामीलाई रगत दिने गरेको अस्पतालले जानकारी दिएको छ। ‘यहाँ निकै सिकिस्त बिरामी पनि आउँछन्। रगत नपुग्दा मान्छेको ज्यान जोगाउनुपर्छ, त्यसैले पटक–पटक रगत दिएका छौँ’, अप्रेसन थिएटरमा कार्यरत स्वास्थ्यकर्मी राजबहादुर खत्रीले भने। छ वर्षमा आफूले २५ पटक रक्तदान गरेको उनको भनाइ छ।

हालै पातारासी गाउँपालिकाका–२ का रिउली बुढाको पाठेघर बाहिर बच्चा भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया भयो। शल्यक्रियापछि रगत अभाव भएकाले रगत नभेटिएपछि आफूले रगत दिएको खत्रीले बताए।

खत्रीजस्तै अस्पतालका धेरै स्वास्थ्यकर्मी र कर्मचारी रगत अभावको पीडामा छटपटाइरहेका बिरामीका लागि रक्तदाता भएका छन् । त्यहाँका चिकित्सकदेखि कार्यालय सहयोगीसम्मले मिल्ने रक्त समूह भएमा बिरामीको पीडालाई मध्यनजर गर्दै पटक–पटक रगत दिइरहेका हुन्छन् ।

आफ्नै ब्लड बैंक सञ्चालन गरेकाले रगत आदानप्रदान गर्न सजिलो भएको प्रमुख विवेक पुन मगरले जानकारी दिए। आफूले समेत १६ पटक रगत दिइसकेको पुनले बताए। यसैगरी अस्पतालका प्राविधिक, प्रशासनिक कर्मचारीले समेत पटक–पटक रगत दिएका छन्।

यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत प्रतिष्ठानका बिरामीका लागि रक्तदान गर्ने गरेका छन् । केही महिनाअघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पनि रक्तदान गरेका थिए। एकपटक दिएको रगत ३५ दिनसम्म मात्रै मिति हुने भएकाले पनि समस्या हुने गरेको प्रयोगशाला प्रमुख पुनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

गर्भवतीलाई गाउँपालिकाका उपाध्यक्षको कोसेली, नौ महिनासम्म अण्डा

गर्भवतीलाई गाउँपालिकाका उपाध्यक्षको कोसेली, नौ महिनासम्म अण्डा

कालिकोट : सान्नी त्रिवेणी गाउँपालिकाले गर्भवतीलाई लक्ष्य गर्दै ‘पोषिलो नासो’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले चार महिनासम्म नियमित स्वास्थ्य चौकीमा जाँच गरेका गर्भवतीलाई ‘पोषिलो नासो’ वितरण गर्न थालिएको हो।

गर्भवती महिलालाई ‘पोसिलो नासो’को रूपमा अण्डा वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। आमा र बच्चालाई स्वस्थ बनाउने उद्देश्यले पोषिलो नासो वितरण गरिएको उनकाे भनाइ छ।

गर्भावस्थादेखि नौ महिनासम्म प्रत्येक महिलाले महिनामा ३० वटा अण्डा पाउनेछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

स्टार अस्पतालले ल्यायाे ‘स्टार अस्योरेन्स’, १०० भन्दा बढी रोगका लागि बिमा

स्टार अस्पतालले ल्यायाे ‘स्टार अस्योरेन्स’, १०० भन्दा बढी रोगका लागि बिमा

ललितपुर : सानेपास्थित स्टार अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ।

अस्पतालले शनिवार गरेको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले ‘स्टार अस्योरेन्स’आरम्भ गरेका हुन्।

तिमल्सिनाले नसर्ने रोग सबैतिर बढेको र यसको भार सबैले थेग्न नसक्ने भएकाले सबैले स्वास्थ्य बिमा गरेर ढुक्क हुनुपर्ने बताए।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई यसले सहयोग गर्ने बताए। सरकारले स्वास्थ्य बिमालाई अझै सशक्त बनाएर सबै जिल्लामा पुर्याउने उद्देश्यका साथ कार्यक्रम अघि सारेको पनि उनले जानकारी दिए।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले आफूले स्टार अस्योरेन्सको पहिलो सेवाग्राही बन्न चाहेको बताए। उनले स्वास्थ्य उपचार असाध्यै महंगो हुँदै गएको अवस्थामा बिमाले ठूलो राहत हुने बताए।

कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रूपाखेतीले स्टार अस्योरेन्समार्फत १०० भन्दा बढी रोगका लागि बिमामार्फत सहयोग गर्ने योजना ल्याएको बताए। ‘स्वास्थ्य सेवाको विस्तारकै रूपमा हामीले स्वास्थ्य बिमा अघि सारेका छौँ’, उनले भने, बिमा गर्नेले सिधै अस्पतालबाट भुक्तानी पाउन सक्छन्।’ रोगको प्रकृतिअनुसार ५० हजारदेखि २० लाख रुपैयाँसम्म दिइने उनले प्रष्ट पारे।

अस्पतालले सिटिजन लाइफ र शिखर इन्स्योरेन्ससँग मिलेर बिमा कार्यक्रम ल्याएको हो। यसका लागि छुट्टै काउन्टर नै खडा गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

शीतलहर चलेपछि विद्यालय बन्द

शीतलहर चलेपछि विद्यालय बन्द

सप्तरी : शीतलहरका कारण अत्यधिक चिसो बढेपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन्। राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सप्तकोशी नगरपालिकाले सबै विद्यालय केही दिनका लागि बन्द गरेका हुन्।

सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा चिसोले बिरामी पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गरेका हुन्।

राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये आइतबारदेखि मंगलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ। नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय बन्द हुने नगरउपप्रमुख साधना झाले बताइन्।

तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ। गाउँपालिका अध्यक्ष शतीशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गरिएको जानकारी दिए।

सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा विदा दिएको छ।

दिनभरि बाक्लो हुस्सु लाग्ने र कठ्याङ्ग्रिने जाडो बढेकाले त्यसको असरबाट बच्न जिल्लाका विभिन्न चोक र सार्वजनिकस्थलमा आगो बालिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

गाउँपालिकामा छैन एम्बुलेन्स, ट्र्याक्टरमै जन्मिन्छन् शिशु

गाउँपालिकामा छैन एम्बुलेन्स, ट्र्याक्टरमै जन्मिन्छन् शिशु

कपिवस्तु : विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन् ।

विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने क्रममा ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन्। शनिबार बिहान सुत्केरी व्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु ३ त २४४८ नम्बरको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्र्याक्टरमा नै शिशु जन्माएकी हुन्।

करिब १५ किलोमिटरको दूरी पार गरी चन्द्रौटा जाँदै गर्दा उर्मिलाले छाेरा जन्माएकी हुन्। बाटैमा बच्चा जन्मेपछि अस्पताल नै नपुगी घर फर्किएको सासू कमलावती कोरीले बताइन्।

यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरीदका लागि चालू आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको जनाएको छ। दातृ निकायबाट सहयोग प्राप्त भए यो वर्ष दुई वटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

–––

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

कास्कीमा मुटु तथा स्नायु सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

कास्कीमा मुटु तथा स्नायु सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं:  कास्की जिल्लाका विभिन्न विद्यालयमा गरिएको मुटु तथा स्नायु स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न भएको छ । न्यूरो फाउण्डेशन नेपाल र फुवाई युनान कार्डियोभास्कुलर अस्पताल, खुन्मिङ, चाइनाको संयुक्त सहकार्यमा उक्त शिविर गरिएको हो । साइनो नेपाल हार्ट टु हार्ट कोअपरेसन परियोजना अन्गतर्गत पहिलो चरणमा तीन दिने स्वास्थ्य शिविर गरिएको हो ।

शिविरमा कास्की जिल्लाको पोखराको गण्डकी बोर्डिङ स्कुल, एस ओ एस स्कुल, राष्ट्रिय मा.वि. बिन्धवासिनी मा.वि., नव प्रभात मा.वि. र दृष्टि केन्द्र सहितको ६ वटा विद्यालयमा ३ हजार ३ सय बढी विद्यार्थीको मुटु तथा स्नायु सम्बन्धी रोग जाँच गरिएको थियो ।

परियोजनाको उद्घाटन न्यूरो फाउण्डेशन नेपालका अध्यक्ष डा.बसन्त पन्त, चाइना कार्यक्रम संयोजक डा.दो लिन र गण्डकी बोर्डिङ स्कुलका प्रधानअध्यापक  बिरेन्द्र खड्काले गरेका थिए । शिविरमा विद्यार्थीको स्वास्थ्य जाँचका लागि पोखरा तथा काठमाडौंका मुटु एवं स्नायु रोग सम्बन्धी चिकित्सक साथै चाइनावाट विशेषज्ञ चिकित्सक आएका थिए ।

शिविरमा ३हजार ३ सय विद्यार्थी मध्ये ५ सय एक विद्यार्थीको मुटुको इको गरिएको थियो । जस मध्ये १७ जना विद्यार्थीको मुटुमा समस्या देखिएको थियो भने १० विद्यार्थीको मुटुको शल्यकृया गर्नुपर्ने अवस्था देखिएको थियो । समस्या देखिएका विद्यार्थीको उपचार निशुल्क गरिने आयोजकले बताएका छन्।

के हो साइनो नेपाल हार्ट टु हार्ट चिल्ड्रेन कोअपरेशन ?
साइनो नेपाल हार्ट टु हार्ट चिल्ड्रेन कोअपरेशन गण्डकी प्रदेशमा गरिने २ वर्षीय मुटु तथा स्नायु परिक्षण परियोजना हो । न्यूरो फाउण्डेशन नेपाल, माइतीघर काठमाडौं र फुवाई युनान कार्डियोभास्कुलर अस्पताल, खुन्मिङ, चाइनाको संयुक्त सहकार्यमा सुरु गरिएको यस परियोजनामा २ वर्ष भित्र गण्डकी प्रदेशका ३० हजार बिद्यार्थीको मुटु तथा स्नायु परिक्षण गरिने व्यवस्था रहेको छ ।

गण्डकी प्रदेशमा २ बर्ष भित्र ५ देखि ६ वटा शिविर संचालन गरिने र यस परियोजनाबाट मुटुको शल्यक्रिया गर्नुपर्ने विद्यार्थीलाई निःशुल्क शल्यकृयाको व्यवस्था नेपाल अथवा चाइनामा गरिने प्रावधान रहेको छ । सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश र समाज कल्याण परिषद नेपालको स्वीकृती लिएर संचालन गरिएको यस परियोजनामा कास्की,बाग्लुङ, म्याग्दी , मुस्ताङ र तनहुं जिल्ला रहेको परियोजनाका संयोजक डा. शरदहरि गजुरेलले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

चिकित्सक संघमा डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले सार्वजनिक गर्‍यो ५ बुँदे घोषणा पत्र

चिकित्सक संघमा डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले सार्वजनिक गर्‍यो ५ बुँदे घोषणा पत्र

काठमाडौं : नेपाल चिकित्सक संघको आगामी चुनावका लागि डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले ५ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै डा लोचन कार्की नेतृत्वको प्यानलले प्रतिवद्धता पत्र जारी गरेको हो । लोकतान्त्रिक समुहले आफ्नो प्रतिवद्धता पत्रमा चिकित्सकको पेशागत सुरक्षा र वृत्तिविकास, गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा,राष्ट्रिय नीति तथा योजना निर्माणमा योगदान, सरकारी नीजि साझेदारीको विषय, संघको संस्थागत विकास लगायतका प्रतिवद्धता अघि सारेको छ ।

पत्रकार सम्मेलनामा अध्यक्षका उम्मेदवार डा लोचन कार्कीले आफूले सम्पूर्ण चिकित्सकहरुको हितमा काम गर्न उम्मेदवारी दिएको बताए। । उनले संघमा लामो समयदेखि आवद्ध भएकाले चिकित्सा क्षेत्रमा भएको कमी कमजोरी नजिकबाट नियालेको र यसलाई हटाउन र उनीहरुको हक हितमा काम गर्न आफू सक्षम भएको पनि दावी गरे। यसमा सबैको साथको आशा गरेको पनि उनले जीकिर गरे । यसैगरी उनले लोकतान्त्रिक समूहले सिनियरदेखि जुनियर सबै वर्गलाई समेटेर बलियो टिम बनाएका कारण पनि आफूहरुले जित्ने दावी गरे।

संघको आसन्न निर्वाचनका लागि अध्यक्ष कार्कीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा डा शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा अनिल विक्रम कार्की ,महासचिवमा डा बद्री रिजाल, कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी, सह सचिवमा डा निरज कुमार सिंह, सह कोषाध्यक्षमा डा विश्वराज दवाडीले उम्मेदवारी दिएका छन्।

यसैगरी सदस्यहरुमा डा विक्रान्त ढकाल, डा विपेश आचार्य, डा नन्द कुमारी गुरुङ , डा प्रमोद जोशी, डा रितेस थापा, र डा सन्जीव तिवारी ले उम्मेदवारी दिएका छन् ।

संघको २८ औं कार्यसमितिको लागि आउँदो माघ ४ गतेदेखि चुनाव हुँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

अनगिन्ती छन् धूमपान छोड्नाले हुने फाइदा

अनगिन्ती छन् धूमपान छोड्नाले हुने फाइदा

फोक्सोमा लाग्ने अर्बुद रोग तथा सास फेर्ने समस्यालाई धेरै मानिसले धूमपानसँग जोड्छन्। हृदयरोग र रक्तनली रोगको एक मुख्य कारण धूमपान नै हो। वास्तवमा भन्ने हो भने रोकथाम गर्न सकिने रोगहरु र मृत्युको पहिलो कारण धूमपान हो। धेरै प्रकारका रोगको महत्त्वपूर्ण कारक तत्व धूमपान र सुर्ती सेवन हो। अमेरिकन हार्ट एसोसियसनका अनुसार संयुक्तराज्य अमेरिकामा हुने असामायिक मत्युलाई रोक्न नसकिने कारणमा धूमपान रहेको छ।

धूमपान र हृदयरोग बीच कस्तो सम्बन्ध छ?

धूमपान धमनीका भित्री भित्ताहरूमा एक प्रकारको बोसोयुक्त कडा पदार्थ जम्मा भएर धमनी साँघुरिने प्रमुख कारण हो। जब धमनीको भित्री भितामा त्यस्तो पदार्थ जम्न थाल्छ त्यसले रक्त प्रवाहलाई रोकीदिनछ। मुटुको धमनीको रोगमा मुटुमा रगत आपूर्ति गर्ने धमनीहरु साँगुरा हुन्छन् र गतिविधि बढेको बेलामा मुटुलाई आवश्यक अक्सिजन सहितको रगतको आपूर्ति चाहिएजति हुँदैन।

मुटुमा थप जोड भयो भने छाती दुख्न थाल्छ र अन्य लक्षण पनि देखिन थाल्छन्। जब एक वा सोभन्दा बढी धमनी पूरै अवरुद्ध हुन्छन्, तब हृदयाघात हुन जान्छ। यदि खुटा तथा पाखुरामा रगत पुर्याउने धमनीमा उपरोक्त बमोजिमको अवरोध भएका हात गोडामा रक्तसञ्चार अवरुद्ध हुनसक्छ। परिणामस्वरूप हिँड्दाखेरि खुटाका मासंपेशीहरु फर्किन्छन् र दुख्छ। यस्तो रोगले पक्षाघातका खतरा पनि वृद्धि गराउँछन्।

धूमपान र हृदयाघातबीच कस्तो सम्बन्ध छ?

कुनै पनि मानिसलाई हृदयाघात हुने जोखिमको वृद्धि उसले खाने चुरोटको संख्यामा आधारित छ। चुरोटको संख्या बढी भए बढी हृदयाघात हुने खतरा रहन्छ। जति लामो समयसम्म चुरोट तान्यो त्यति नै बढी हृदयाघात हुने सम्भावना हुन्छ। दिनको एक प्याकेट चुरोट तान्नेलाई चुरोट नखानेलाई भन्दा हृदयाघात हुने दोब्बर हुन्छ।

धूमपानसँग चिकित्सासम्बन्धी अरु के के कुरा जोडिएका छन् त? 

चुरोटमा लत लगाउने निकोटिनलगायत कार्बन मोनोअक्साइड हाइड्रोजन सायनाइड जस्ता विषदी हुन्छन्। यसमा विभिन्न ४ हजार प्रकारका विषादी रसायनहरूका साथै अर्बुद रोग हुने हालसम्म पता लागेको ४३ किसिमका अर्बुदरोगका कारक तत्त्वहरु पनि हुन्छन्। धूमपानले धेरै खराब असर गर्दछ। तीमध्ये केही असर यस प्रकार छन्–

यसले मुटु र अन्य सूक्ष्म तन्तुहरुलाई चाहिने अक्सिजन कम गराउँछ।

व्यायाम गर्ने क्षमता घटाँउछ।

रक्तचाप र मुटुको गति वा धड्कन लाई बढाउँछ।

मुटुको धमनीका रोगहरु र हृदयाघात हुने खतराको सम्भावना बढाँउछ।

फोक्सो तथा घाँटीको अर्बुद रोग हुने दमको रोग हुने लामो खोकी लाग्ने जस्ता रोग लाग्ने खतरा बढाँउछ।

हात गोडामा रक्तप्रवाह गराउने धमनीसम्बन्धी रोग र पक्षघातजस्ता रोग लाग्न सक्ने खतरा बढ्दछ।

गिजाको रोग र मुखमा घाउ हुने खतरा बढाउँछ।

एन्जियोप्लास्टी वा मुटुको बाइपास शल्यक्रिया असफल हुने खतरा बढाँउछ।

धूमपानको धूवाँले अरुलाई के कस्तो किसिमले असर गर्दछ। चुरोटको धूवाँले चुरोट खानेलाई मात्र गर्दैन। कसैले चुरोट खाएको छ भने उसको वरिपरि रहेका सबैजना विशेषत केटाकेटीले स्वास्थ्यको समस्या झेल्नुपर्ने खतरा हुन्छ। वातावरणमा मिसिएको धुवाँ, जसलाई ‘प्यासिभ स्मोकिङ’ अथवा ‘सेकेण्ड स्मोकिङ’ पनि भनिन्छ। त्यसले चुरोट सेवन गर्नेको वरपर अक्सर बस्नुपर्ने व्यक्तिहरुको स्वास्थयलाई असर गर्छ।

यसले दम, अर्बुद र मुटुको रोग लाग्न सक्छ। हरेक वर्ष अरुले सेवन गरेको चुरोटको धुवाँले गर्दा उत्पन्न भएका मुटु तथा रगतका कोष्किाको रोगले ३७ देखि ४० हजार मानिस मर्दछन् भनी अमेरिकन हार्ट एसोसियसनले अनुमान गरेको छ।

धूमपान छोड्नाले हुने फाइदा

धूमपानले आफैँलाई र आफ्नो वरपर बसेकाका मानिसलाई कतिको नोक्सान गर्छ भनेर अब हामीलाई थाहा भइसक्यो।
धूमपान गर्न छाड्यौं भने हुने फाइदा

जीवन लामो छ। अमेरिकन हार्ट. एशोसियसनका अनुसार ३५ वर्षको उमेरमा धूमपान छोड्ने मानिसले ६ देखि ९ वर्ष थप्छ। त्यस्तै ६५ वर्षको उमेरमा चुरोट छोड्नेले १ देखि ४ वर्षको उमेर थप्छ।

यसले छाती तथा घाँटीको अर्बुद रोग हुने दमको रोग हुने लामो खोकी लाग्ने फोक्सोको जटिल सङक्रमण र फोक्सोका काषिकाहरुमा एक प्रकारको तनाव हुने रोग लाग्नबाट जोगाउछ।

मुटुरोग लाग्ने र पक्षघात हुने खतरा कम गर्छ। धूमपान नगर्नाले ५० प्रतिशत वा सोभन्दा बढी हृदयाघात दोहोरिने वा मुटुको रोगबाट मृत्यु हुने खतरा कम हुन्छ। धूमपान गर्न छोड्नाले रक्तचाप बढने धमनीमा अरु रोगहरु लाग्ने तथा पक्षाघात हुने खतरा कम हुन्छ।
मुखमा घाउ आउने गिजामा रोग लाग्ने तथा अन्य धेरै यस्ता अवस्थालाई कम गर्छ।

स्वस्थ भएको आभास गराउछ। धूमपान त्याग्नाले दाँत कालो हुने, चाउरीपन आउने कपाल तथा लुगा गन्हाउने जस्ता कुरा रोकथाम गर्न मद्दत मिल्छ। धूमपान छाडनाले गन्ध र सवाद थाहा पाउने ज्ञानेन्द्रिय सधैँ सक्रिय हुन्छन्। धनको बचत हुन्छ।

म धूमपान कसरी छोड्न सक्छु?

धूमपान छोड्नका लागि धेरै विधि र वाटाहरु छन् तर यही गर्नाले धूमपान छुट्छ भन्न चाहिँ गाहै्र छ। धूमपान त्याग्न तपाई मानसिक तथा भावात्मक दुवै रुपमा तयार हुनुपर्छ। खालि साथीहरु वा परिवारलाई खुसी बनाउन छोडेर हुँदैन आफैँले भित्री मनदेखि नै छोड्न चाहेको हुनुपर्छ।

धूमपान छोड्नु अगाडि योजना बनाउनुहोस्

छोडनु अगाडि गर्ने कुराहरू कुनै पनि कुराम सफल हुनुभयो भने त्यसलार्ई चिनो लगाउनुहोस्

धूमपान छाड्ने मिति तोक्नुहोस् र त्यसमा अडिग रहनुहोस्।

किन छोड्न चाहेको भनेर उल्लेख गर्नुहोस र त्यसलार्य धूमपान नछोडुञ्जेल र छोडेपछि पनि प्रत्येक दिन पढ्ने गर्नुहोस्।

धूमपान गर्नासाथ टिपिहाल्नुहोस। किन धूमपान गर्नुपरेको र केले गर्दा तलतल लागेको भनने कुरा पनि स्पष्टसँग टिप्नोस्।

एकैचोटि ठयाम्मै रोक्नुभन्दा पहिले खास खास अवस्थामा गर्ने धूमपान नगर्नुहोस्। जस्तै कार्यालयको खाली समयमा रातको खानापछि आदि।

धूमपानको सट्टामा गर्न सकिने गतिविधिको सूची बनाउनुहोस्।

म धूमपान नगर्ने व्यक्ति हुँ भन्ने विचार राख्नुहोस्।

धूमपान छोड्ने योजना परिवार र साथीहरुलाई सुनाउनुहोस र उनीहरुलाई यस काममा सहयोग गर्न अनुरोध गर्नुहोस्। साथै धूमपान गर्ने परिवारका सदस्यलाई आफूसँगै धूमपान छोड्न अनुरोध गर्नुहोस्।

आफ्नो स्वास्थयको हेरविचार गर्ने प्यक्तिसँग धूमपान छोड्न मद्दत गर्ने चिजहरूका बारेमा सोध्नुहोस्। किनभने निकोटिनको मात्रा पाईने निकोटिनयुक्त पदार्थहरु सुध्ने चिजहरु जिब्रोमा राख्ने चक्कीहरु नाकभित्र छर्ने स्प्रेहरु र यस्तै प्रकारका काम गर्ने अरु ओखतीहरु ब्जारमा उपलब्ध हुन्छन्।

यदि धूमपान छोड्नुभयो भने

आफ्नो झोलामा घरमा वा कार्यालयको घर्रामा भएका चुरोटहरुलाई नष्ट गर्नुुहोस्।

धूमपान सँग सम्बन्धित सामाग्रीहरु जस्तै खरानी हाल्ने भाँडा लाइटर आदि अगाडि नराख्नुहोस्।

धूमपान गर्ने व्यक्ति सँगै बस्नुहुन्छ भने उसलाई आफू उपस्थित भएको बेला धूमपान नगरिदिन अनुरोध गर्नुहोस्। अझ उसलाई पनि धूमपान छोड्न प्रोत्साहन गर्नु बेस हुन्छ।

तलतल लागेकोमा धेरै ध्यान केन्न्द्रित नगर्नुहोस्। यो एक अस्थायी चाहना हो भन्ने सम्झना राख्नुहोस र किन धूमपान छोड्न लागेको भन्ने कुरा आफूलाई सम्झाइराख्नुहोस्।

आफूलाई व्यस्त राख्नुहोस्। धूमपानको बदलामा गर्न सकिने गतिविधिहरुका बारेमा पुनरावलोकन गर्नुहोस्।

धूमपान गर्ने इच्क्षा जागृत भयो भने लामो लामो सास लिई १० मिनेटसम्म रोकेर छोड्नुहोस र यो प्रक्रिया धूमपान गर्ने इच्क्षा नमरुञ्जेल जारी राख्नुहोस्।

हातलाई व्यस्त राख्नुहोस्। चित्र कोर्ने सिसाकलम वा पराल खेदाईरहने वा कम्प्युटरमा काम गर्ने गर्नुहोस्।

धूमपानसँग सम्बन्धित क्रियाकलापहरु परिवर्तन गर्नुहोस। फुर्सदको बेला धूमपान गर्नुको बदला हिडने वा पढ्ने गर्नुहोस।

हुनसक्छ भने सकेसम्म धूमपान हुने ठाँउ धूमपान गर्ने व्यक्ति र धूमपानसँग जोडिएका कुराहरुसित सम्पर्कमै नआउनुहोस्। धूमपान नगर्ने सित वा यो गर्न इजाजत नभएको ठाँउमा समय व्यतीत गर्ने प्रयास गर्नुहोस्।

चुरोटको साटो खानेकुरा वा चिनीले बनेका चिजहरु नखानुहोस्। धूमपान गर्न मन लागेको बेला कम क्यालोरी भएका खाने कुरा खानुहोस। तौल बढ्न नदिनुहोस्।

प्रशस्त मात्रामा झोल पदार्थ पिउनुहोस। मदिरा र पेय पदाथै नपिउनुहोस यिनले धूमपान गर्ने तलतल बढाउँछन्।

धूमपान नगर्नेले धूमपान गर्दैन। म त्यही हुँ भनी आफूलाई चनाखो राख्नुहाेस्।

व्यायाम गर्नुहोस। व्यायामले धेरै फाइदा दिन्छ। साथै यसले धूमपानको लतमा मन बहलाउन रोक्छ।

डा.रावतको स्वस्थ जीवनशैली स्वस्थ मुटु पुस्तकबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

राष्ट्रसंघको घोषणा : सेप्टेम्बर ७ निलो आकाशका लागि सफा हावा दिवस

राष्ट्रसंघको घोषणा : सेप्टेम्बर ७ निलो आकाशका लागि सफा हावा दिवस

संयुक्त राष्ट्रसंघले हरेक वर्षको सेप्टेम्बर ७ तारिखमा निलो आकाशका लागि सफा हावा दिवस मनाउने घोषणा गरेको छ।

राष्ट्रसंघको महासभाले सो दिवसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको राष्ट्रसंघका अधिकारीहरूले जनाएका छन्। दिवस मनाउने निर्णय आगामी सन् २०२० देखि लागु हुने जनाइएको छ।

स्वच्छ तथा सफा हावा स्वास्थ्य र दैनिक जीवनका लागि अति महत्त्वपूर्ण भएकाले त्यसबारेमा आम नागरिकको ध्यानाकर्षण गराउन दिवस मनाउन लागिएको अधिकारीहरूले जनाएका छन्।

वायु प्रदूषणले विश्वभरीका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने र धेरै रोग र मृत्युको कारक पनि भएकाले स्वच्छ वायुको महत्व अत्यन्त धेरै रहेको विज्ञहरुको भनाइ छ।

वायुको गुणस्तर बढाउनका लागि विश्वव्यापी रूपमा अध्ययन, अनुसन्धान, जनचेतनामूलक अभियान चलाउनु पर्नेमा समेत सरोकारवालाहरुले जोड दिँदै आएका छन्।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

डाेल्पाका गाउँ, जहाँ अदक्ष स्वास्थ्यकर्मीले दियालाेकाे भरमा गराउँछन् प्रसूति

डाेल्पाका गाउँ, जहाँ अदक्ष स्वास्थ्यकर्मीले दियालाेकाे भरमा गराउँछन् प्रसूति

जाजरकोट : डोल्पाका स्वास्थ्य चौकीमा दक्ष अनमी अभावमा  तालिम नलिएका करारका कर्मचारीले सुत्केरी गराउँदै  आएका छन्।

प्रसूति केन्द्र सञ्चालन गरिएका प्रत्येक स्वास्थ्य चौकीमा एक जना एसबीआई तालिमप्राप्त अनमी अनिवार्य हुनुपर्ने भनिए पनि स्वास्थ्य चौकीमा गत साउनदेखि तालिम नै नलिएका अनमीले सुत्केरी गराउँदै आएका छन्।

नगरपालिकाले करारमा भए पनि तालिमप्राप्त अनमी भर्ना गर्नुपर्ने स्वास्थ्य चौकीका प्रमुख अहेब तुलबहादुर श्रेष्ठले बताए। दुई जना स्थायी अनमी दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल एक जना करार त्यसमा पनि तालिम नलिएकी अनमी र एक जना मासिका मात्र कार्यरत छन्।

त्रिपुरासुन्दरी नगरपालिकामा रहेका लिकु, पहाडा, सुँ र त्रिपुराकोटसहितका पाँच  स्वास्थ्य चौकीमध्ये चार स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालनमा रहे पनि बत्ती नहुँदा प्रसूति सेवा प्रवाहमा समस्या भएको छ। फुल्चिङ स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री पठाइए पनि काम शुरु भएको छैन।

मुड्केचुला गाउँपालिका–३ काशीलखोलामा गएको पहिरोबाट विद्युत् उत्पादन गृह बगाएपछि फेम्ली अस्पतालको सेवा ठप्प हुँदै आएको छ। उपल्लो डोल्पामा वर्षमा एकपटक मात्र औषधि पुग्छ।

जिल्लाका अधिकांश गाउँमा सल्लाको दियालोको भरमा गर्भवतीको सुत्केरी गराउनुपर्ने अवस्था छ। विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणसँग जोडिन नसकेका कारण यहाँ यस्ताे अवस्था कायम रहेकाे हाे।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरमा रहेको त्रिपुराकोट स्वास्थ्य चौकीमा रहेको प्रसूति केन्द्रमा बत्तीअभावमा मोबाइलको लाइटको भरमा सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

‘साउनयता मात्रै १६ जना सुत्केरीको मोबाइल टर्च र दियालो बालेर सुत्केरी गराइएको छ’, त्रिपुराकोट स्वास्थ्य चौकीका इञ्चार्ज अहेब तुलबहादुर श्रेष्ठले भने, ‘सुत्केरी गराउने जस्तो जटिल र संंवेदनशील कामका लागि उज्यालो र न्यानो ठाउँको आवश्यकता पर्ने भए पनि त्रिपुराकोट स्वास्थ्य चौकीमा भरपर्दो बत्तीको व्यवस्था छैन।’

एक संस्थाले दुई वर्षका लागि भनेर जोडेको सोलार एक वर्ष नपुग्दै बिग्रेपछि त्रिपुराकोट स्वास्थ्य चौकीअन्तर्गतको प्रसूति केन्द्रमा समस्या आएको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

डाक्टरलाई बन्धक बनाउने जेल चलान

डाक्टरलाई बन्धक बनाउने जेल चलान

काठमाडौं : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विसं २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कने क्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने गौतम योञ्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा. श्रेष्ठलाई बन्धक बनाउने समूहका एक सदस्य रहेका योञ्जनलाई महाराजगञ्जबाट पक्राउ गरेको जानकारी दिए।

‘मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत हेटौँडाको२०७० माघ १३ गतेको फैसलाअनुसार योञ्जनलाई नौ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर भएकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरेका हौँ’, उनले भने। डा. श्रेष्ठलाई बन्धक गरेर धादिङ, काठमाडौँ र नुवाकोटलगायत जिल्लामा राखिएको अनुसन्धानमा खुलेको छ।

पक्राउ परेका योञ्जनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्युरोले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

कर्णालीकाे शिक्षाध्यक्षमा तीन चिकित्सक सिफारिश

कर्णालीकाे शिक्षाध्यक्षमा तीन चिकित्सक सिफारिश

काठमाडौं :जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन  चिकित्सकलाई सिफारिश गरिएको छ।

प्रतिष्ठानमा कार्यरत प्रा.डा. निरेश थापासहित डा. भरतमणि पोखरेल र डा. बद्रीप्रसाद बडूलाई  कुलपति प्राडा राजेन्द्रराज वाग्लेले सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष  सिफारिश गरेका हुन्।

सहकुलपति ढकालले तीन जनामध्येबाट नयाँ शिक्षाध्यक्ष नियुक्त गर्ने प्रतिष्ठानको ऐनको प्रावधान छ। शिक्षाध्यक्षको कार्यकाल चार वर्षको रहनेछ ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

ढाड दुख्ने समस्याकाे राेकथाम र उपचार

ढाड दुख्ने समस्याकाे राेकथाम र उपचार

अचेल अधिकांश मानिसको एउटै समस्या सुनिन्छ, ढाड दुख्ने। लामो समय एउटै स्थानमा बसेर काम गर्दा यो समस्या आएको बुझ्न सकिन्छ। यस्ता समस्या धेरैजसो किशोरी महिला वा विशेषगरी गृहिणीमा देखिन्छ। एकोहाेराे घरको काम गरिरहँदा उनीहरूलाई यो समस्या आउँछ।

लामो समयसम्म एउटै स्थानमा रहेर काम गर्ने, कम्प्युटरमा धेरै बस्ने बैंक तथा वित्तीय सस्थामा काम गर्ने, लामो समय मोबाइल चलाउनेहरूमा पनि यस्तो समस्या देखिन्छ। वजन धेरै भएका र लामो समयसम्म उभिएर वा निहुरेर काम गर्ने व्यक्ति याे समस्याबाट पीडित हुन्छन्।

शरीरका विभिन्न अंगहरूमध्ये मेरुदण्ड महत्त्वपूर्ण मानिन्छ। मेरुदण्डले शरीरको पूरै भार धानेको हुन्छ। मेरुदण्ड अर्थात् स्पाइनल कर्डले शरीरको हातखुट्टालाई सञ्चालन नियन्त्रण गर्छ। मेरुदण्डले शरीरको भार बोकेको हुन्छ। यसलाई दायाँबायाँ मासंपेशीले सहयोग गरेको हुन्छ। यस्ता मांसपेशी कुनै एउटा समयमा थाक्न शुरू हुन्छ। यसपछि दुखाइ भएर आउने हो।

बिरामीहरू ढाड दुख्यो, गर्दन दुख्यो, पाता दुख्यो भन्दै अस्पताल आउँछन्। व्यक्तिको बस्ने तरिका, काम गर्ने तरिका नमिलेको कारण यस्ता समस्या देखा पर्छ। साथसाथै शरीरको वजनको कारणले गर्दा उमेरसँगै देखिने परिवर्तनको कारणले यस्ता समस्या देखिन्छ।

सर्वप्रथम शरीरमा दुखाइ हुन्छ। दिनमा भन्दा रातमा बढी दुखाइ हुन्छ। हातगोडामा पनि समस्या देखा पर्छ। हिँडदा गोडाको ‘ब्यालेन्स’ नभएको जस्तो महशुस हुन्छ। औँला पैताला नचल्ने, हातगोडा झमझम गर्ने, पोल्ने, लाटो हुन जस्ता समस्या देखिए यसलाई गम्भीर रूपमा लिनुपर्छ। तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ।

यस्ता समस्या आउँदा धेरै मानिस आत्तिन्छन्। शल्यक्रिया नै गर्नुपर्ने हो कि भनेर डराउँछन्। आनीबानी र जीवनशैली परिवर्तन गरेर पनि समस्या समाधान गर्न सकिन्छ। बसाइको तरिका मिलाउँदा वा शरीरको वजन घटाउँदा पनि यो समस्या समाधान हुन्छ।

दिनमा भन्दा रातमा धेरै दुखाइ महशुस भएको छ वा निद्रामा बिउँझिने खालको छ वा पल्टिँदा दुख्ने हुन्छ भने हड्डीमा केही समस्या छ कि भन्ने अनुमान गर्न सकिन्छ। यस्ता किसिमका दुखाइ हुँदा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ। समयमा परीक्षण गराउनुपर्छ। रातमा राम्रोसँग निन्द्रा लाग्छ, हातगोडामा समस्या छैन, कमजोरी छैन, पिसाबमा केही पनि समस्या छैन भने आत्तिनु पर्दैन।

जीवनशैली तथा खानपानमा सुधार ल्याएर र केही सावधानी अपनाएर यो समस्या रोक्न सकिन्छ–

स्वस्थकर खानपान गर्ने

धूमपान, मद्यपान नगर्ने

होचो स्थानमा नबस्ने, टुक्रुक्क नबस्ने

पलेँटी मारेर कम बस्ने

एउटै स्थानमा लामो समयसम्म नबस्ने

लामो समय बस्नुपर्ने छ भने वेलावेलामा उभिने

धेरै समय उभिने काम छ भने वेलावेला बस्ने

शरीरको वजन सन्तुलनमा ल्याउने, शारीरिक व्यायाम गर्ने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

चिसाेले विद्यालय बन्द

चिसाेले विद्यालय बन्द

सप्तरी : चिसाेका कारण सप्तकोसी नगरपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।

तीन दिनयतता शीतलहर चलेपछि नगरपालिकाअन्तर्गतका चार माध्यमिक र सात आधारभूत गरी ११ वटा सामुदायिक विद्यालय सोमबारसम्मका लागि बन्द गरिएको हाे।

चिसो बढ्दै गएपछि विद्यार्थीको संख्या घटेको र बालबालिकाको स्वास्थ्यमा समेत असर गर्न थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताए ।।

आइतबारसम्ममा पनि मौसममा सुधार नआए थप केही दिन विद्यालय बन्द गरिने बताइएकाे छ।  सामुदायिक विद्यालयमा अधिकांश विद्यार्थी दलित तथा विपन्न वर्गका छन्। उनीहरूसँग न्यानो कपडा नभएकाले विद्यालय बन्द गर्नु नै उपयुक्त ठानेको उनको भनाइ छ । चिसोका कारण जिल्लाका अन्य विद्यालयमा समेत विद्यार्थी संख्या घटेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन

प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन

रुकुमपूर्व : पुथाउत्तरगंगा गाउँपालिका– १२ कोलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन भएको छ। एक चिकित्सकको सरुवा भएपछि केन्द्र एक महिनादेखि चिकित्सकविहीन भएको हो ।

दरबन्दीमा गएका डा. तपेन्द्र कोइरालाको सरुवा भएको छ। छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका डा. सुनिल पुन जिल्ला अस्पताल रुकुमकोटमा काजमा खटिएका छन् । डा. कोइराला भने दुई वर्ष बसेर  कात्तिक ३० मा सरुवा भएका हुन् ।

केन्द्रमा चिकित्सकले गर्नुपर्ने काम अहेबले गरिरहेका छन्। यहाँ अहिले तीनजना अहेब, तीनजना अनमि, एक ल्याब असिस्टेन्टसहितका स्वास्थ्यकर्मी छन्। चिकित्सक नहुँदा दुर्गम क्षेत्रका बिरामी मारमा परेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

औषधि पसलमा शिलबन्दी

औषधि पसलमा शिलबन्दी

भक्तपुर : भक्तपुर अस्पताल अगाडि सञ्चालित भैरव फार्मेसी शिलबन्दी गरिएको छ। नगरपालिकाले बिहीबार गरेको फार्मेसी अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित भैरव फार्मेसीमा औषधि व्यवसायी नबसी अन्य व्यक्तिलाई पसल सञ्चालन गर्न दिई लापरवाही गरेको पाइएपछि शिलबन्दी गरिएको हो।

साथै विभिन्न नामका औषधिहरु रेफ्रिरेजेटर बाहिर कोठाको तापक्रममा राखिएको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिए। उक्त फार्मेसीमा लागुऔषधबाहेकका अन्य औषधि बट्टामा नराखेको पाइएपछि शिलबन्दी गरिएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले बताए। औषधि विभागका फार्मेसी अधिकृत मुकेन्द्र पञ्जियार, फार्मेसी अधिकृत उमङ्ग त्रिपाठी, फार्मेसी अधिकृत सुरेन्द्र बोहरा, फार्मेसी सुपरभाइजर भीष्म सापकोटाको रोहबरमा पसल शिलबन्दी गरिएको प्रजापतिले जानकारी दिए।

अनुगमनकै क्रममा दीप फर्मा प्रालि नवीकरण नगरेको, म्याद नाघेको औषधिहरु छुट्टै नराखी एकै ठाउँमा राखेको, औषधि पसलमा बस्ने केही व्यक्तिहरुको औषधि विभागको अनुमतिपत्र नभएको पाइएको छ ।

त्यस्तै डोलेश्वर फर्मा नवीकरण नगरेको, रोज डेण्टल केयर प्रालि नवीकरण नगरेको, प्यानसहितको बिक्री बिल दिने व्यवस्था नगरेको, सरसफाइमा ध्यान नदिएको, प्राइम डेण्टल नवीकरण नगरेको, सरसफाइ तथा औजार उपकरण निर्मलीकरण व्यवस्थापन नगरेको पाइएको प्रजापतिले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

शीतलहरको सकस : चिसो बढेपछि विद्यालय बन्द

शीतलहरको सकस : चिसो बढेपछि विद्यालय बन्द

महोत्तरी : दिनभरि लगातार चिसो स्याँठ चलेर जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेपछि नगरक्षेत्रका आधारभूत र माध्यमिक गरी १६ वटै विद्यालय शुक्रबारदेखि सोमबारसम्मका लागि बन्द गरिएका हुन्। बिहीबार नगर कार्यपालिकाको शिक्षा शाखाले विद्यालय बन्द गर्ने निर्णय गरेको शाखा प्रमुख ज्ञानेन्द्र यादवले जानकारी दिए। त्यसपछिको अवस्था हेरेर थप निर्णय गरिने शाखाले जनाएको छ।

विद्यालय बन्द गर्नसँगै औरही नगरपालिकाले गरिब र विपन्न बस्तीमा आगो ताप्न सुकेका मुडा वितरण पनि थालेको छ। प्रथम चरणमा अत्यन्त गरिब मुसहर समुदायको बसोबास रहेका बस्ती र मानिसको बढी चहलपहल हुने सार्वजनिक स्थलमा मुडा बालेर धुनी लगाइएको औरहीका नगरप्रमुख सुनिलकुमार यादवले बताए। जिल्लाका १५ वटै स्थानीयतहले चिसोबाट धेरै प्रभावितको पहिचान गरी तत्कालीन राहत पुर्याउने तयारी गरिरहेका जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए।

जिल्लाका अन्य क्षेत्रमा पनि धमाधम मुडा सल्काएर धुनी लगाइँदैछन्। जिल्लाको लोहारपट्टि नगरपालिकाले पनि आफ्नो नगरक्षेत्रका बस्तीमा मुडा पुर्याएर धुनी सल्काइएको नगरप्रमुख शैलेन्द्र यादवले जानकारी दिए। विद्यालय बन्द गर्नेबारे भोलि शनिबार दा नै हुँदा मौसमको अवस्था हेरेर निर्णय गर्ने लोहारपट्टि नपाको तयारी छ।

एक साताअघि पानी परेपछि बढ्दै गएको जाडो गत मंगलबार बिहानदेखि नै चिसो सिरेटो लगातार चल्न थालेपछि महोत्तरीका गाउँनगर बस्ती अत्यन्त प्रभावित भएका छन्। अहिले जिल्लाको मध्य र दक्षिणी भेगमा दिनहुँ बाक्लो हुस्सुसमेत लाग्ने गरेको छ।

तुषारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्किन नसकेपछि बजारमा चहलपहल घटेको छ। एक सातादेखिको चिसोले बन्द व्यापार मात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन्। लगातारको चिसो सिरेटोले घरपालुवा पशुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानको भनाइ छ।

बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन्। दैनिक ज्यालादारी गरेर गुजारा गर्न पर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र ससाना नानीहरुको स्याहारसम्भार कठिन भएको छ। घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर ओरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन्। अहिले जिल्लाका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन्।

आफ्नै घर वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन्। यसैगरी फोहर कपडा, मिल्किएका कसिंगर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले बताए। आगो बालिएको ठाउँबाट निस्कने धुँवाले बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने डा. झाको भनाइ छ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउन स्थानीय तहसँग सामाजिक संघ संस्थाले आग्रह गरेका छन्।

प्रतीकात्मक तस्विर

ताजा अपडेट