Health TV Online

यसरी जोगाउनुस् आफ्ना बालबालिकालाई ‘सिजनल फ्लु’बाट

Subscribe our Youtube channel

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

जिल्ला स्वास्थ्य कार्यालयमा फिजियोथेरापी सेवा

जिल्ला स्वास्थ्य कार्यालयमा फिजियोथेरापी सेवा

दैलेख : जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा शुरू भएको छ। सेवा शुरु भएसँगै बिरामीलाई सहज भएको छ।

विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायत समस्या समाधानका लागि बिरामीहरुले फिजियोथेरापी रोज्ने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताए।

फिजियोथेरापी सेवा सञ्चालन गर्न ह्याण्डी क्याप इन्टरनेसनलले १० लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको छ। कर्णाली प्रदेश सरकारको बजेटबाट फिजियोथेरापिस्ट राखिएको छ।

हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस र हातखुट्टा नचल्ने जस्ता समस्याकाे उपचार हुने फिजियोथेरापिस्ट धना खड्काले बताइन्। जन्मजात असाधारण बालबालिकाकाे उपचार पनि गरिने उनकाे भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो क्वारेन्टाइन?

के हो क्वारेन्टाइन?

चीनमा कोरोना भाइरसको संक्रमण प्रकोपका रूपमा फैलिएपछि सञ्चारमाध्यममा ‘क्वारेन्टाइन’ शब्द व्यापक रूपमा प्रयोग भएको देखिन्छ।

चीनको वुहान आसपास रहेका १८० नेपालीलाई कहिले ल्याउने भन्ने टुंगो नलागे पनि सरकारले चार ठाउँ क्वारेन्टाइन तोकेको छ।

शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको आवासीय भवन, सूर्यविनायकस्थित कृषि तालिम केन्द्र र खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र क्वारेन्टाइन तोकिएको छ।

के हो क्वारेन्टाइन?

क्वारेन्टाइन शब्द सरुवारोग नियन्त्रणसँग सम्बन्धित छ।

इन्साइक्लाेपिडिया ब्रिटानिकाका अनुसार क्वारन्टाइन भन्नाले कुनै सरुवा रोगको जोखिममा रहेका मानिस वा पशुलाई हिँडडुल गर्नबाट रोक्ने वा उनीहरूलाई अलग्गै सुरक्षित स्थानमा राख्ने भन्ने बुझाउँछ।

स्वस्थ मानिस वा समूहलाई कुनै पनि स्थलबाट हिँडडुल गर्नबाट रोक लगाई सम्भावित संक्रमणबाट उनीहरूलाई जोगाउन वा उनीहरूबाट सर्वसाधारणलाई हुनसक्ने खतरा रोक्न निश्चित समयका लागि सुरक्षित स्थानमा राखेर निगरानी गर्ने कार्यलाई क्वारेन्टाइन भनिन्छ।

सरुवा रोग संक्रमण र त्यो फैलाउने जोखिमबाट मुक्त नभएसम्म उनीहरूलाई क्वारेन्टाइनमा राखिन्छ।

थप समाचार

दिल्लीको वायुस्तर ‘अत्यन्त कमजोर’

दिल्लीको वायुस्तर ‘अत्यन्त कमजोर’

भारतको राजधानी नयाँ दिल्लीको वायुको स्तर ‘अत्यन्त कमजोर’ बन्दै गइरहेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले बताएको छ। दिल्लीमा वायु गुणस्तर सूचकाङ्क उक्त क्षेत्रको औसत ३०१ अंकमा पुगेको देखिएको छ।

त्यस्तै दिल्लीसँगै जोडिएको उत्तर प्रदेशको नोएडाको आसपासमा वायु प्रदूषण दिल्लीको भन्दा अझ बढी रहेको केन्द्रले जनाएको छ। नोएडामा वायुको गुणस्तर सूचकांक ३१९ पुगेको जनाइएको छ।

केन्द्रका अनुसार वायुको गुणस्तर शून्यदेखि ५१ अंकसम्म भए राम्रो, ५१–१०० सम्म सन्तोषजनक, १०१–२०० सम्म मध्यम र २०१–३०० सम्मलाई कमजोर मानिन्छ। त्यस्तै ३०१–४०० सम्म अत्यन्त कमजोर ४०१–५०० अंकलाई चिन्ताजनक वा खतराजन्य मानिने केन्द्रले बताएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले हावाको गुणस्तर फेब्रुअरी १० मा यो वर्षको सबैभन्दा उच्च विन्दुमा पुग्ने र त्यसपछि क्रमशः यसमा सुधार आउने बताएको छ।

प्रदूषणको प्रमुख स्रोत, पीएम २.५ र पीएम १०, क्रमशः २०३ र २१४ पुगेको छ। यी दुवै विन्दु ‘कमजोर’ गुणस्तरलाई जनाउँछ। लोधी सडक खण्डमा वायुको गुणस्तर नयाँ दिल्ली क्षेत्रमा सबैभन्दा कमजोर अवस्थामा रहेको वायु प्रदूषण सूचकांक तथ्याङ्कले देखाएको छ ।

दिल्लीको प्रसिद्ध बजार क्षेत्र चाँदनी चोकमा ‘निकै कमजोर’ ३३६ अंकमा पुगेको छ भने मथुरा रोडमा ३१५ अंकमा पुगेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले जनाएको छ।

थप समाचार

चिसोमा बालबालिकामा हुने फ्लु : यसरी अपनाउनुस् सावधानी

चिसोमा बालबालिकामा हुने फ्लु : यसरी अपनाउनुस् सावधानी

आम मानिसमा के धारणा छ भने, संक्रमणजन्य रोगहरू गर्मी महिनामा मात्र देखिन्छन्, चिसोयाममा असर गर्दैनन्। तुलनात्मक रूपले जाडोको तुलनामा गर्मीयाममा बढी संक्रमण फैलिन्छ र सरुवा रोगको सम्भावना बढी हुन्छ। यसो भन्दैमा जाडोयाममा संक्रमण नफैलिने भन्ने हुँदैन। संक्रमणले वयस्कभन्दा बालबालिका र वृद्धवृद्धालाई चाँडै असर गर्छ।

चिसो मौसममा अभिभावकले राम्रोसँग ध्यान नदिँदा बालबालिकामा रुघाखोकी, सिजनल फ्लु र झाडापखालाजस्ता समस्या देखिन्छन्।

चिसो मौसममा पनि सरसफाइ र खानपानमा ध्यान नदिँदा रुघाखोकी, सिजिनल फ्लु र झाडापखालाजस्ता समस्या आउने हो। सिजनल फ्लु बालबालिकामा हुने निकै ठूलो समस्या हो। चिसो मौसममा पाँच वर्षमुनिका बच्चालाई सिजनल फ्लुले गम्भीर असर पुर्याउन सक्छ। बालबालिकामा रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी पावर) कम भएका कारण उनीहरूलाई चिसोले असर गर्छ। संक्रमणले असर गर्छ। त्यसैकारण उनीहरूलाई  चिसोबाट बचाउनुपर्छ।

चिसोयाममा हेलचेक्रयाइँ गर्दा उनीहरूलाई निमोनियाजस्ता समस्या  आउन सक्छ। घरमा वयस्क मानिसमा रुघाखोकी वा सिजनल फ्लुको समस्या आएको छ भने बच्चालाई टाढै राख्नुपर्छ। उनीहरूका लागि प्रयोग हुने कपडामा संक्रमित व्यक्तिको कपडा मिसाउनु हुँदैन।

रुघाखोकीमात्र नभई समस्या जटिल देखिएमा सम्बन्धित डाक्टरलाई देखाउनुपर्छ। उनीहरूको स्वास्थ्य अवस्था मध्यनजर गरेर इन्फ्लुएन्जा भाइरसको भ्याक्सिन लगाउनुपर्ने समेत हुन सक्छ।

सिजनल फ्लुको लक्षण

ज्वरो आउनु

टाउको दुख्नु

खोकी लाग्नु

झाडापखाला हुनु

बान्ता हुनु

श्वासप्रश्वासमा अप्ठ्यारो हुनु

बचाउने उपाय

बालबालिकालाई संक्रमित व्यक्तिबाट टाढा राख्ने

खोक्दा र हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक मुख छोप्ने

साबुनपानीले राम्रोसँग हात धुने

बालबालिकाको सरसफाइमा विशेष ध्यान दिने

झोल पदार्थ सेवन गर्न दिने।

ज्वरो, रुघाखोकी जस्ता समस्या देखिएमा सम्बन्धित चिकित्सककहाँ गएर परामर्श लिने।

हेर्नुहाेस् भिडियाे :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवगृह निर्माण अलपत्र

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवगृह निर्माण अलपत्र

लमही : बजेट अभावले  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह निर्माण रोकिएपछि उपकरण त्यत्तिकै थन्किएको छ।

प्रतिष्ठानलाई शवगृह सञ्चालनमा ल्याउन आर्थिक अभाव रहेको र तत्कालीन उपक्षेत्रीय अस्पताल हुँदा ल्याइएको फ्रिजउपयोग नभएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए।

बेवारिसे अवस्थामा शवले स्वास्थ्य संस्था नै दुर्गन्धित हुने र शवपरीक्षणमा समेत समस्या हुने बताइएको छ । शवगृह निर्माण भएमा पाँचदेखि सातजनाको शव राख्न सकिने र गर्मीयाममा शव कुहिने समस्या हट्ने प्रहरीले जनाएको छ ।

अस्पताल प्रमुख रमिता गौतमले शवगृह जीर्ण हुँदा प्रहरी र अस्पताल कर्मचारी बेवारिसे शव कुर्नुपर्ने बाध्यता रहेको बताए। घोराही उपमहानगरपालिका–१ का वडाध्यक्ष राममणि पाण्डेले अस्पतालले शवगृह निर्माण गर्न बजेट माग गरेर निवेदन दिएमा बजेट उपलब्ध गराइने जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोनाकाे कहर : चार दिन पानीजहाजमा फसेका यात्रु परीक्षणपछि निस्किए

कोरोनाकाे कहर : चार दिन पानीजहाजमा फसेका यात्रु परीक्षणपछि निस्किए

हङकङमा एउटा पानीजहाजमा चार दिनसम्म फसेका सयौँ मानिसहरूलाई कोरोना भाइरसको परीक्षणपछि बाहिर निस्किन अनुमति दिइएको छ।

यात्राका क्रममा केही कर्मचारीहरूमार्फत भाइरस  फैलिएको हुनसक्ने आशंकाका कारण वर्ल्ड ड्रिम क्रुजका झण्डै तीन हजार ६०० सय यात्रु र चालकदललाई निगरानीमा राखिएको थियो।

जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट दर्जनौँ मानिस सङ्क्रमित भएको पुष्टि भएपछि निगरानीमा राखिएको छ।

कोरोना भाइरसको प्रकोप शुरु भएको चीनको हुबे प्रान्तमा मात्रै ९०० भन्दाबढीकाे जनाको ज्यान गइसकेको छ भने ४० हजारभन्दा बढी संक्रमित भएका छन्।

थप समाचार

काेराेना भाइरसले मृत्यु हुनेकाे संख्या ९०८ पुग्याे, ४० हजार संक्रमित

काेराेना भाइरसले मृत्यु हुनेकाे संख्या ९०८ पुग्याे, ४० हजार संक्रमित

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ सय नाघेको छ। आइतबारसम्म ९०८ जनाको मृत्यु भएको छ। आइतबार मात्रै ९७ जनाको मृत्यु भएकाे चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

काेराेना भाइरसका कारण अहिलेसम्म ४० हजार १७१ जना संक्रमित भएका छन्। एक लाख ८७ हजार ५१७ चिकित्सकको निगरानीमा रहेकाे बताइएको छ। आयोगको तथ्यांकअनुसार अहिलेसम्म तीन हजार २८१ जना उपचार गराई अस्पतालबाट घर फर्किएका छन्।

गत महिना चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस चीनको ३१ वटै प्रान्तमा फैलिएको छ। चीनबाहेक फिलिपिन्समा एक र हङकङमा एकजनाको मृत्यु भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

धुलिखेल अस्पतालले पायो शवपरीक्षण अनुमति

धुलिखेल अस्पतालले पायो शवपरीक्षण अनुमति

काभ्रे : धुलिखेल सामुदायिक अस्पतालले शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति पाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ। काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै आएको छ।

आइतबार अस्पतालले सेवा सञ्चालन गर्न आवश्यक तयारीमा जिल्लास्थित प्रशासन, प्रहरी र अदालतका प्रमुखहरुसँग परामर्श गर्यो। अस्पतालका डा. राजकुमार कार्कीका अनुसार अस्पतालले सो सेवा सञ्चालन गर्न २०७१ सालबाट छलफल चलाएको थियो।

यसका लागि आवश्यक संरचना निर्माण तथा जनशक्ति व्यवस्था भएपछि मन्त्रालयले अनुमति दिएको जनाइएको छ। ‘पछिल्लो चरणमा बनेको मेडिको लिगल सेवा सञ्चालन निर्देशिका २०७५ अनुसार सेवा सञ्चालन गर्न लागेको हौँ’, कार्कीले भने।

मेडिको लिगल सेवाले कसुरको अनुसन्धान, अभियोजन वा न्यायिक कारबाहीको सिलसिलामा कानुनी प्रयोजनका लागि गरिने चिकित्सकीय जाँच, परीक्षण वा सोसम्बन्धी कार्य जनाउने छ। साथै उमेर प्रमाणीकरण, कुटपिट, जबर्जस्ती करणी, मानसिक अवस्थाको परीक्षण, यातना, शवपरीक्षण मृत्युको कारण र अन्य कुनै घटनाको सम्बन्धमा प्रचलित कानुनबमोजिम गरिने चिकित्सकीय जाँचलगायत पर्दछ। सेवा प्रदान गर्न अस्पतालमा तीन विशेषज्ञ रहेको र चौबिसै घण्टा सेवा सञ्चालनमा रहने जनाइएको छ।

अस्पतालका प्रशासक प्रद्युम्न श्रेष्ठले अस्पतालले वागमती प्रदेशका साथमा प्रदेश१ को सोलुखुम्ब, खोटाङ र ओखलढुङ्गा सेवा क्षेत्रभित्र रहनेगरी मान्यता पाएको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बिरामी बाेक्ने एम्बुलेन्समा चित्तल भेटिएपछि…

बिरामी बाेक्ने एम्बुलेन्समा चित्तल भेटिएपछि…

बैतडी : सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको भेटिएएको छ। डिलासैनी गाउँपालिकामा सञ्चालित एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको हो।

आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जाँच गर्दा एम्बुलेन्समा चित्तल फेला परेको हो। एम्बुलेन्स चालक महेश बोहरा र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छन्। चित्तल वन कार्यालयलाई बुझाइएको र चालकलाई कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रतीकात्मक तस्विर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरस : विश्वव्यापी महामारी बन्ने सम्भावना कति?

कोरोना भाइरस : विश्वव्यापी महामारी बन्ने सम्भावना कति?

चीनमा गत डिसेम्बर महिनामा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका विभिन्न देशमा पुगिसकेको छ। यो भाइरस अन्यत्र कहाँकहाँ पुग्ने हो र त्यसबाट कति मानिस बिरामी पर्ने हुन् भनेर विज्ञहरू चिन्तित छन्।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका कारण संकट उत्पन्न भएको बताएको छ। तर अहिलेसम्म ‘विश्वव्यापी महामारी’ फैलिएको घोषणा भने गरिएको छैन। तर उक्त भाइरसका कारण नयाँ विश्वव्यापी महामारी फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अधिकाररीहरू त्यो परिस्थितिसँग संघर्ष गर्ने तयारी गर्दैछन्।

के हो विश्वव्यापी महामारी?

महामारीका रूपमा विश्वभरि फैलिने रोगलाई अंग्रेजीमा ‘प्यान्डेमिक’ भनिन्छ। एकैचोटि विश्वभरि फैलिएर धेरै मानिसलाई जोखिममा पार्ने सरुवा रोगलाई जनाउन यो पदावली प्रयोग गरिन्छ।

सन् २००९ मा फैलिएको स्वाइन फ्लु विश्वव्यापी महामारी बनेर फैलिएको थियो। विज्ञहरूका अनुसार याे सरुवा रोगका कारण हजारौँ मानिसको मृत्यु भयो।

यदि भाइरस नयाँ छ, मानिसहरू संक्रमणमा पर्न र एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ भने त्यो विश्वव्यापी महामारी बनेर फैलिन सक्छ। कोरोनाभाइरससँग यी सबै विशेषता छन्।

संक्रण हुन नदिन वा भइसकेपछि उपचारका लागि अहिलेसम्म कुनै खोप नभएकाले यो भाइरसको विस्तार रोक्नु महत्त्वपूर्ण देखिएको छ।

घोषणा कहिले?

विश्व स्वास्थ्य संगठनको व्याख्या हेर्दा कोरोना भाइरस विश्वव्यापी महामारी बन्ने चरणनजिकै पुगेको छ। यो मानिसबाट मानिसमा सरिरहेको छ र चीनका छिमेकी देश तथा अन्यत्र पनि फैलिएको पाइएको छ।

यदि विश्वका विभिन्न स्थानमा दीर्घकालीन रूपमा समुदायहरूमा यो भाइरसको प्रकोप देखिन थाल्यो भने त्यो विश्वव्यापी महामारी हुन्छ।

सम्भावना कति?

यो रोग कति गम्भीर हुन सक्छ र कहाँसम्म फैलिन सक्छ त्यो अझै अस्पष्ट छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गहब्रहयससका अनुसार यो भाइरस चीनबाहिर न्यून संख्यामा र कम गतिमा फैलिएको छ।

अहिलेसम्म चीनमा ३७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ भने यसबाट मृत्यु हुनेको संख्या ९०० नाघेको छ। चीनबाहिर अहिलेसम्म फिलिपिन्समा एक र हङकङमा एकजनाको मृत्यु भएको छ।

गत साता विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको बैठकमा डा. गहब्रहयससले संक्रमणको केन्द्रबिन्दु र मूलमा लगानी गरिए यो भाइरसलाई अन्य देशतिर फैलिनबाट रोक्न सकिने तर्क गरेका थिए।

प्रत्येक महामारी फरक हुन्छ। अनि भाइरस फैलिन नथालेसम्म यसबाट कस्तो असर पुग्न सक्छ भन्ने अनुमान गर्न असम्भव हुन्छ।सार्सजस्ता केही समयअघि फैलिएका अन्य रोगभन्दा कोरोना भाइरस कम घातक हुन सक्ने विज्ञहरूको धारणा छ।

कोरोना भाइरस चीनबाहिर पनि मानिसबाट मानिसमा सरेको देखिएपछि तथा कमजोर स्वास्थ्य सेवा प्रणाली भएका देशमा यो भाइरस फैलियो भने के होला भन्ने चिन्ताका कारण विश्व स्वास्थ्य संगठनले अहिलेको परिस्थितिलाई ‘पब्लिक हेल्थ इमेर्जेन्सी अफ इन्टरनेसनल कन्सर्न’ (अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य संकटकाल) घोषणा गरेको हो।

विश्वस्वास्थ्य संगठनका अनुसार सबै देशले यो भाइरसको संक्रमण हुन नदिन तथा त्यसलाई फैलिन नदिन कदम चाल्नुपर्ने भए पनि अन्तर्राष्ट्रिय यात्रा र व्यापारमा अवरोध गर्नुपर्ने कुनै कारण छैन।

बीबीसी नेपालीबाट

थप समाचार

छोराछोरी तत्काल नेपाल ल्याइदिन माग गर्दै मानव अधिकार आयोगमा अभिभावककाे ज्ञापनपत्र

छोराछोरी तत्काल नेपाल ल्याइदिन माग गर्दै मानव अधिकार आयोगमा अभिभावककाे ज्ञापनपत्र

काठमाडौं: चीनमा रहेका आफन्तलाई उद्धार गरी नेपाल ल्याउन सहयोग गरिदिन अभिभावकले मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन्। आइतबार अभिभावकले मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई ज्ञापन पत्र समेत बुभाएका छन्। ज्ञापन पत्र बुझाउँदै उनीहरुले कोरोना भाइरसका कारण त्रसित बनेका छोराछोरीको छिटो भन्दा छिटो उद्धार गरिदिन सहयोगको अपिल गरे।

ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष शर्माले यो समस्या समाधानका लाथि तत्काल सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने प्रतिवद्धता जनाए ।  कार्यक्रममा अभिभावकले आफूहरु स्वास्थ्य, परराष्ट, गृह मन्त्रालय समेत गई छोराछोरीको उद्धार गरिदिन अपिल गर्न थालेको दुई साता भइसक्दा पनि कुनै ठोस कदम नचालिएको भन्दै आक्रोस ब्यक्त गरेका थिए ।

अभिभावक मोहन खतिवडाले वुहानमा एमबीबीएस पढ्दै गरिरहेकी छोरीले प्रत्येक दिन कहिले आउने हामी भन्दै रुँदै फोन गर्ने गरेको भन्दै सरकारले चासो नदिएको बताए । उनले भारत, श्रीलंका,बंगलादेशले आफना नागरिक लान सक्ने नेपालले मात्रै किन नसक्ने यसको जवाफ चाहियो भन्दै आक्रोस ब्यक्त गरे ।

अर्का अभिभावक रबि भट्टराईले कोरोना भाइरसका कारण नेपालीहरु बन्दी जस्तै बनेकाले खानेकुरा, पानी लगायतका सामान सकिंदै गरेको र मानसिक रुपमा त्रसित बनेकाले उनीहरुलाई छिटो उद्धार गर्नुपर्ने बताए । उनले भने,’कि सरकारले हाम्रा नागरिक होइनन भन्नुपर्यो होइन भने दुखमा परेका बेला छिटो उद्धार गर्नुपर्यो ।’

अधिकांस अभिभावकले यस्तो आपत परेका बेला सरकारले आफना नागरिकको वास्ता नगरेको भन्दै गुनासो गरेका थिए । उनीहरूले भने,’सरकारले नसक्ने भए सक्दैनौं भनोस हामी आफना छोराछोरी आफैले ल्याएर आउँछौं ।’

अत्यन्त चिन्तित र आक्रोसित देखिएका आभिभावकले छोराछोरीलाई रोग नलाग्दै नेपाल ल्याइदिन आफूहरुले सरकारलाई कस्तो सहयोग गर्नुपर्ने हो गर्न तयार रहेको समेत जिकीर गरे । काेराेना भाइरसका कारणा हालसम्म चीनमा ८ सय १३ जनाकाे मृत्यु भइसकेकाे छ भने सैंतिस हजार बढी संक्रमति भइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय

वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय

संयुक्त राज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिक कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले खोप विकास गर्न खटिएका छन्।

कुनै पनि खोप बनाउन सामान्यतया वर्षौँ लाग्छ, र पशुहरूमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ। तर विशेषज्ञहरूका धेरै टोलीहरु द्रुत प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन्, जसलाई अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समर्थन प्रान्त हुने विश्वास छ। अष्ट्रेलियाली वैज्ञानिकहरू ६ महिनाभित्रमा कोरोना भाइरसको खोप तयार गर्ने आशामा छन्।

‘अहिले साँच्चिकै दबाबको स्थिति छ, र हाम्रो काँधमा ठूलो जिम्मेवारी छ’, अस्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता किथ च्यापेलले भने। तर छ महिनाको समयावधि पनि कोरोनाको संक्रमणका दृष्टिकोणबाट कष्टदायी र ढिलो देखिएको छ।

पश्चिम अफ्रिकामा करिब ११ हजारको ज्यान लिएको इबोला प्रकोप नियन्त्रणका लागि खोप निर्माण गर्न आर्थिक सहयोग जुटाउन सन् २०१७ मा गठन भएको ‘कोएलिसन फर इपिडेमिक प्रिपर्डनेस इनोभेसन्स’ (सेपी) पनि यसपटक कोरोना भाइरसको खोप निर्माणमा सक्रियतापूर्वक जुटेको छ। निकै महँगो बायोटेक्नोलजी अनुसन्धानका लागि याे संस्थाले वित्तीय सहायता जुटाउँछ ।

खोपको विकासको गति बढाउने लक्ष्यसहित सेपीले विश्वभरि चारवटा परियोजनामा करोडौं अमेरिकी डलर लगानी गरिसकेको छ र थप प्रस्तावका लागि आह्वान गरिरहेको छ। यी परियोजनाहरुबाट नयाँ प्रविधि प्रयोग गरी निर्माण गरिने खोपहरू निकट भविष्यमा परीक्षण गर्न सकिने विश्वास लिइएको छ। सेपीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड ह्यासेटले १६ हप्ताभित्रै खोपको क्लिनिकल परीक्षण सुरु गर्ने लक्ष्य राखेको बताए।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले पनि खोपहरू विकास गर्न थालेको छ।

थप समाचार

प्रधानमन्त्री अस्वस्थ, बालुवाटारमै आराम गर्दै

प्रधानमन्त्री अस्वस्थ, बालुवाटारमै आराम गर्दै

काठमाडौं : अस्वस्थताका कारण प्रधानमन्त्री केपी शर्मा ओली ‘सगरमाथा राष्ट्रिय संवाद’ कार्यक्रममा सहभागी हुन सकेनन्। ओली अनुपस्थित भएपछि सम्मेलनको उद्घाटन आइतवार रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन्।

सगरमाथा संवाद प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने तय भएको थियो। उनी अस्वस्थ भएर सहभागी हुन नसक्ने भएपछि नेकपा केन्द्रीय सचिवालयको बैठक पनि स्थगित गरिएको छ। प्रधानमन्त्रीलाई आराम आवश्यक परेकाले सचिवालय बैठक स्थगित गरिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।

मिर्गौलाको समस्या भोगिरहेका प्रधानमन्त्री ओलीको शनिबार मात्रै ‘डाइलासिस’ गरिएको थियो। त्यसैकारण प्रधानमन्त्री बैठक तथा कार्यक्रममा भाग लिन असमर्थ भएको बताइएको छ। डाइलासिसका लागि उनी शिक्षण अस्पतालस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ पुगेका थिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले नियमित रूपमा डाइलाइसिस गराउँदै आएका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चीनबाट ल्याइने नेपाली राख्ने स्थान र सुरक्षाबारे छलफल हुँदै

चीनबाट ल्याइने नेपाली राख्ने स्थान र सुरक्षाबारे छलफल हुँदै

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्‍त्रणका उपाय खोज्‍न र चीनबाट उद्धार गरी ल्याउने नेपाली राख्ने स्थान तथा सुरक्षाबारे छलफल गर्न सरकारका मुख्य सचिव, विभिन्‍न मन्‍त्रालयका सचिव तथा सुरक्षा अधिकारीहरूको बैठक बसेको छ।

वुहानमा रहेका १८० जनाले स्वदेश फर्किन इच्छा राख्दै बेइजिङस्थित नेपाली दूतावसमा आवेदन दिए पनि सक्रियता नदेखाएको भन्दै सरकारको आलोचना भइरहेको सन्दर्भमा याे बैठक बसेकाे हाे।

मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बिहान ११ बजे बैठक शुरु भएको हो। कार्यालयका अनुसार बैठकमा स्वस्थ्य मन्त्रालयका सचिव खगराज बराल,  रक्षासचिव रेश्मिराज पाण्डे, गृहसचिव महेश्‍वर न्यौपाने,उपरथी प्रभुराम शर्मा लगायत उपस्थित रहेको मन्‍त्रिपरिषद् कार्यालयले जनाएको छ।

भाइरसका कारण ८१३ जनाको ज्यान गइसकेको छ। विश्‍वभर ३७ हजार ५०० भन्दा संक्रमित छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

त्रिवि शिक्षण अस्पतालमा चौथोपटक कलेजोको सफल प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा चौथोपटक कलेजोको सफल प्रत्यारोपण

काठमाडौं : त्रिवि शिक्षण अस्पतालले चौथोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ। बौद्धका ५७ वर्षीय एक व्यक्तिलाई उनकी २७ वर्षीया छोरीले दिएको कलेजो प्रत्यारोपण गरिएको हाे।

कलेजो प्यांक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन डा. रमेशसिंह भण्डारीका अनुसार शनिवार नौ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको हो। अहिले बाबुछोरीकै स्वास्थ्य अवस्था स्थिर छ।

भण्डारी नेतृत्वकै टाेलीले गत जेठ १८ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो। यस्तै दाेस्राेपटक साउन ३ गते  र तेस्राेपटक कात्तिक १ गते  कलेजो प्रत्यारोपण गरिएको थियो ।

यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

१३ जिल्लामा आज पनि हात्तीपाइलेविरुद्ध औषधि खुवाइँदै

१३ जिल्लामा आज पनि हात्तीपाइलेविरुद्ध औषधि खुवाइँदै

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार पनि १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदैछ। शनिवार छुटेकाहरूलाई आज औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ।

यो वर्ष १३ वटा जिल्लाका ७४ लाख ६१ हजार जनालाई औषधि खुवाउने सरकारको लक्ष्य छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदैछ।

शरीरमा हात्तीपाइले रोगको परजीवी भएकाहरूमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने जस्ता लक्षण देखा पर्न सक्छ। यस्ता लक्षण देखिएमा औषधिले प्रभावकारी रूपमा काम गरेको भनेर बुझ्न महाशाखाले आग्रह गरेको छ।

नेपालमा सन् २००३ देखि आमरूपमा औषधि सेवन गराउन थालिएकाे हो। नेपालमा सन् २०२० भित्र यो रोग निवारण गर्ने लक्ष्य राखिए पनि पूरा हुने सम्भावना देखिएका छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरस संक्रमण : सार्सभन्दा घातक?

कोरोना भाइरस संक्रमण : सार्सभन्दा घातक?

चीनमा फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८०० नाघेको छ। करिब २० वर्ष अघि सार्स भाइरसको संक्रमण फैलिँदा मृत्यु भएको सङ्ख्यालाई यसले उछिनिसकेको छ।

‘सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम’ वा सार्स भनिने भाइरसको संक्रमणका कारण सन् २००३ मा विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान गएको थियो।

सार्सभन्दा कम घातक?

कोरोना भाइरसले चीनको हुबेई प्रान्तमा मात्र ७८० जनाको ज्यान लिएको छ भने कुल मारिनेको संख्या ८११ पुगेको छ। तीमध्ये एकजना मात्र चीन र हङ्‍कङभन्दा बाहिरका व्यक्ति हुन्।

तर नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको अनुपात भने सार्सभन्दा निकै कम रहेको छ। नयाँ कोरोनाभाइरसले ३४ हजार ८०० मानिस संक्रमित भइसकेका छन्। गत महिना विश्व स्वास्थ्य संगठन डब्लुएचओले यसलाई विश्व जनस्वास्थ्य संकटको घोषणा गरेको थियो।

कोरोनाभाइरसको पछिल्लो अवस्था

डब्लूएचओले भाइरस संक्रमणबाट अत्यधिक प्रभावित चिनियाँ क्षेत्रहरूमा त्यसका नयाँ संक्रमणका घटना अलिकति स्थिर हुन थालेको बताएको छ। तर अहिले नै  भाइरस संक्रमणको वृद्धि दर रोकिने वा पुनः बढ्ने भन्न कठिन रहेको उसले जनाएको छ।

आफ्नो पछिल्लो बुलेटिनमा हुबेइ प्रान्तका स्वास्थ्य अधिकारीहरूले शनिवार थप ८१ जनाको ज्यान गएको उल्लेख गरेका छन्। काेराेना भाइरस पहिलोपटक हुबेइको राजधानी वुहानमा देखा परेको थियो। सो शहरलाई हप्तौँदेखि सार्वजनिक आवागमन रोकेर एक्ल्याइएको छ।

बिहीवार त्यहाँ एक ६० वर्षीय अमेरिकी नागरिक भाइरस संक्रमणका कारण मारिए। यसरी ज्यान गुमाउने उनी पहिलो गैरचिनियाँ हुन्।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपाली सेनाकाे स्वास्थ्य शिविर

नेपाली सेनाकाे स्वास्थ्य शिविर

सप्तरी : सीमावर्ती क्षेत्र तिलाठी कोइलाडीमा नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १६५ जनाले सेवा लिएका छन्।

गाउँपालिकाकोवडा नंं.१ तिलाठीमा सञ्चालित शिविरमा भीमदल गण राजविराजले शनिवार स्वास्थ्य शिविर सञ्चालन गरेको हो। गणपति गुप्तबहादुर कुँवरका अनुसार सेवा लिनेमा १०३ पुरुष र ६२ महिला छन्। शिविरमा नाक, कान, घाँटी र श्वासप्रश्वासलगायत रोगको उपचारका साथै निःशुल्क औषधि उपलब्ध गराइएको छ ।

ग्रामीण भेगमा बसोबास गर्ने सीमावर्तीका समुदायको स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा स्वास्थ्य उपचारबाट बञ्चित हुनु नपरोस् र स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको गणपति कुँवरले बताए।

शिविरबाट विशेषगरी न्यून आयस्तर भएका, दलित, गरिब समुदाय बढी लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष शतीशकुमार सिंहले जानकारी दिए। शिविरमा नेपाली सेनाका प्राविधिक उपसेनानी डा. विवेककुमार रोशन, डा शशि टण्डनको टिम रहेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बेनी अस्पताललाई लायन्स क्लबले दियाे उपकरण

बेनी अस्पताललाई लायन्स क्लबले दियाे उपकरण

म्याग्दी : लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी १ नेपालले बेनी अस्पताललाई नवजात शिशुको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरेको छ।

बेनीमा शनिबार सम्पन्न क्लबको बैठकमा अस्पताललाई नवजात शिशुको उपचारमा प्रयोग हुने फोटोथेरापी, बच्चालाई तातो बनाउन प्रयोग हुने सक्सन, हेन्स सेनिराइटर र प्रिपेसन सेट प्रदान गरिएको हाे।

लायन्सका गभर्नर इन्दु लम्सालका अनुसार यहाँ रहेका लायन्स क्लबहरूको पहलमा अस्पताललाई नवजात शिशुको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरिएकाे हाे।

अस्पतालकी नर्सिङ अधिकृत खेमकुमारी पन्तले नवजात शिशुलाई जण्डिस, श्वासप्रश्वास तथा महिना नपुग्दै जन्मेको बच्चामा स्वास्थ्य समस्या देखिएमा ती उपकरणाले उपचार सहज हुने जानकारी दिइन्।

ताजा अपडेट