स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको सरुवा
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मैनालीसहित चार सचिवहरूको सरुवा गरेको छ ।
स्वास्थ्यका प्रशासन तर्फका सचिव मैनालीलाई स्वास्थ्य मन्त्रालयबाट नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । उनको ठाउँमा बागमती प्रदेशमा प्रमुख सचिवको रुपमा कार्यरत महादेव पन्थलाई ल्याइएको छ ।
बैठकले शिक्षा मन्त्रालयका सचिव डा दिपक काफ्लेलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । यसेगरी उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड