ट्रमा सेन्टरले सुरु गर्यो ‘ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ’
हेल्थ टिभी अनलाइन : राष्ट्रिय ट्रमा सेन्टरले आजबाट ‘ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ’ सुरू गरेकाे छ । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको सहयोगमा ट्रमा सेन्टरले सुरु गरेको सो तालिममा २४ जना मेडिकल अधिकृत सहभागी भएको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा बद्री रिजालले जानकारी दिए ।
तीन दिनसम्म चल्ने तालिममा अधिकांश राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालमा कार्यरत मेडिकल अधिकृतहरु सहभागी छन् । केही संख्यामा भने ग्राण्डी अस्पताल, धुलिखेल अस्पताल कार्यरत चिकित्सक पनि डा रिजालले जानकारी दिए ।उनले यस्तो खालको मेडिकल अधिकृतलाई दिइएको तालीम नेपालकै पहिलो हो भन्दै यसलाई नियमित रुपमा ट्रमा सेन्टरले सञ्चालन गर्ने बताए ।
तालिमको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मानव जीनव बचाउनका लागि यो खालको तालिम महत्वपूर्ण रहेको बताएका छन् ।
कुनै पनि भवितव्य तथा दुर्घटनापछि आउने परिणामको व्यवस्थापनका लागि यो तालीम फ्रन्टलाइनरले लिनै पर्ने समेत जिकीर गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण