Health TV Online

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण : शल्यक्रिया शुरु

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण : शल्यक्रिया शुरु

हेल्थ टिभी अनलाइन\काठमाडौं : मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकाे शल्यक्रिया शुरू भएकाे छ। त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले अस्पताल परिसरमा रहेका सञ्चारकर्मीलाई यसबारे जानकारी दिएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई १० बजे शल्यक्रिया कक्षमा लगिएको हाे। उनलाई ९ बजे नै अप्रेसन थिएटरमा लैजाने भनिए पनि रिपोर्ट आउन ढिला भएपछि एक घण्टाभन्दा बढी लागेको हो। प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने चिकित्सकहरूले जानकारी दिएका छन्।

प्रधानमन्त्रीको उपचार टोलीमा अस्पतालका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा प्रेम ज्ञवाली, प्रा.डा उत्तम शर्मा, डा. दिव्यासिंह शा र ,डा. पवनराज चालिसे रहेका छन्। यस्तै डा. सुमन चापागाईँ, डा. सुजित पौडेल, डा. मनीष प्रधान, डा सुवास आचार्य, डा. अनिल श्रेष्ठ, डा. महेशराज सिग्देल, डा. मकुन्द काफ्ले, र डा. रविन नेपाली लगायत पनि टोलीमा रहेकाे बताइएको छ। भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालका चिकित्सक अनन्त कुमारसमेत छन्।

मिर्गौला प्रत्यारोपण गरिनैलाग्दा नेता, नेकपाका कार्यकर्ता, सरकारी कर्मचारी तथा शुभेच्छुक प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्न शिक्षण अस्पताल पुगेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्रीको शरीरमा अब चारवटा मिर्गौला!

प्रधानमन्त्रीको शरीरमा अब चारवटा मिर्गौला!

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा  ओलीको शरीरमा अब चारवटा मिर्गौला हुने भएको छ। त्रिवि शिक्षण अस्पतालमा बुधवार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिँदैछ।

यसअघि २०६४ साउनमा पनि मिर्गौला प्रत्यारोपण गरिएको थियो। बिग्रिएका नफालिकन नयाँ मिर्गौला राखिएकाले प्रधानमन्त्री ओलीको शरीरमा यसअघि नै तीनवटा मिर्गौला थिए।

बुधवार प्रत्यारोपण पूरा भए पछि अब उनको शरीरमा चारवटा मिर्गौला रहनेछ। मिर्गौला प्रत्यारोपण गर्दा सामान्यतयाः शरीरमा रहेको मिर्गौला नफालिकन नयाँ मिर्गौला राखिने विशेषज्ञहरू बताउँछन्।

१२ वर्षअघि भारतको एपोलो अस्पतालमा उनको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यो मिर्गौलाले पनि काम गर्न छाडेपछि अर्को मिर्गौला राख्न लागिएको हो। पहिले प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुनाले त्यसलाई हटाउन कठिन हुने भएकाले प्रत्यारोपण गर्दा पुरानो नफालिने चिकित्सकहरुले बताएका छन्।

पहिलोपटक बुहारी नाता पर्नेबाट मिर्गौला लिएका उनले यो पटक भाञ्जीको मिर्गौला लिँदै छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा

हेल्थ टिभी अनलाइन काठमाडौ‌ं : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा प्रेमकृष्ण खड्गाद्वारा जारी गर्नुभएको विज्ञप्तिमा प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ।

प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षण गरिने क्रम जारी छ। खड्गाका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ। उनी निरन्तर विशेषज्ञको  निगरानीमा छन्।

प्रधानमन्त्री ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणका लागि डा‍. प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ। बुधबार बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गरिनेछ।

यसअघि २०६४ मा भारतको एपालो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि अस्पतालमा आमन्त्रण गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘नेपालमा मिर्गौला प्रत्यारोपण ९८ प्रतिशत सफल’

‘नेपालमा मिर्गौला प्रत्यारोपण ९८ प्रतिशत सफल’

हेल्थ टिभी अनलाइन\काठमाडौं : चिकित्सकहरूले पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको दाबी गरेका छन्।

काठमाडौंमा मंगलवार आयोजित साक्षात्कारमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले यस्तो दाबी गरेका हुन्। ‘पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको छ’, उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःमिर्गौला प्रत्यारोपण नेपालमै गर्न लाग्नु नेपाली चिकित्सकको लागि ठूलो अवसर भएको उनको भनाइ छ। प्रत्यारोपणको तयारी राम्रो भएकाले शल्यक्रिया सफल हुनेमा ढुक्क हुन आग्रह गरे।

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले पनि प्रधानमन्त्रीले आफ्नो मिर्गौलाको प्रत्यारोपण नेपालमै गर्ने निर्णय गर्नु सुखद भएको बताए। उनले चीन, दक्षिण कोरियालगायत कोरोना फैलिएका देशबाट खुलेआम नागरिक आवतजावत गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देश बाहिरबाट आउने यात्रुलाई निगरानी गर्दा यो नेपाल नभित्रिने बताए।

कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा‍‍. अनुप बाँस्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद बिरामीलाई आइलोसेनमा राखेर उपचार गरिएको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइरस : इरानमा ७७ जनाको मृत्यु

कोरोना भाइरस : इरानमा  ७७ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। पछिल्लो तथ्यांकसँगै इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

समाचार अनुसार इरानका २३ जना सांसदलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानमा कुल दुई हजार ३३६ व्यक्तिमा संक्रमण पुष्टि भएको र विगत २४ घण्टामा ८३५ नयाँ संक्रमित भेटिएको इरानी स्वास्थ्य अधिकारीहरूले बताए। इरानमा एकै दिन कोरोना भाइरसका कारण यति धेरै सङ्क्रमित भेटिएको यो पहिलो दिन हो ।

दुई हप्ता पहिले पहिलो घातक यस भाइरसको संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग गरी काम भइरहेको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले बताए।

‘पछिल्लो २४ घण्टामा थप ८३५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ र योसँगै इरानमा सङ्क्रमितको सङ्ख्या दुई हजार ३३६ पुगेका छ । घातक यो भाइरस सङ्क्रमणका कारण ७७ जनाको मृत्यु भएको छ।’

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काेराेनाकाे आशंकामा टेकु अस्पताल भर्ना भएका चारै जनाकाे रिपोर्ट नेगेटिभ

काेराेनाकाे आशंकामा टेकु अस्पताल भर्ना भएका चारै जनाकाे रिपोर्ट नेगेटिभ

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  कोरोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा भर्ना भएका ४ जनाकै रिपोर्ट नेगेटिभ आएको अस्पतालले बताएको छ । उनीहरु सबैमा कोरोना संक्रमण नभेटिएको अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले जानकारी दिए ।

उनीहरु चारै जना दक्षिण कोरियाबाट आएका हुन्। कोरोनाको जस्तो लक्षण देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

इयरफोनको ठुलो आवाजले पनि श्रवण शक्ति कम हुँदै जान्छ

इयरफोनको ठुलो आवाजले पनि श्रवण शक्ति कम हुँदै जान्छ

आज मार्च ३ अर्थात विश्व श्रवण दिवस हो । विश्वभरी नै मार्च ३ मा श्रवण दिवस मनाउने गरिन्छ ।  यस वर्षको दिवसको नारा ‘जीवनका लागि श्रवण’ भन्ने रहेको छ ।

कानले सुन्नसक्ने क्षमता नहुनुलाई बहिरोपना भनिन्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार १४ वर्षभन्दा बढी उमेर भएका मानिसमा ४० डेसिबलभन्दा माथि ‘हेयरिङ लस’ छ भने बहिरोपना भनिन्छ। १४ वर्षभन्दा कम उमेरकामा ३० डेसिबल भन्दा कम कान सुनिन्छ भने बहिरोपना हुन्छ। यसको अर्थ के हो भने बहिरोपना जुनसुकै उमेरका मानिसमा पनि हुनसक्छ। बच्चा जन्मिँदै बहिरोपना लिएर आउने अवस्था पनि हुनसक्छ।

अचेल प्रविधिको विकासका कारण घरबाहिर निस्किँदा गीतसंगीत सुन्दै हिँड्ने चलन बढेको छ। स्कुल कलेज वा कार्यालय जाँदा आउँदा प्रायले कानमा इयरफोन घुसारेको देख्न पाइन्छ। मर्निङ वाक गर्नेले समेत इयरफोनमार्फत संगीत वा समाचार सुन्दै हिँडेको पाइन्छ। यतिसम्म कि दुर्घटना हुनसक्ने तथ्यलाई ख्यालै नगरी सवारीसाधन चलाउँदासमेत कानमा इयरफेन लगाइरहेका हुन्छन्। इयरफोनमा गित सुन्ने बानी छ भने इयरफोनको ठुलो आवाजले पनि श्रवण शक्ति कम हुँदै जान्छ।
कतिपय किशोरकिशोरी र युवायुवती कोठा बन्द गरेर ठूलो स्वरमा म्युजिक सिष्टम बजाएर आनन्द लिने गर्छन्। कतिपय भने बाध्यतावस ध्वनिप्रदूषण हुने कलकारखानामा काम गर्छन्। चाहेर पनि उनीहरू यसबाट मुक्त हुन सक्दैनन्। यिनै कारण कानले सुन्ने क्षमतामा ह्रास आउँछ। बहिरोपनाको सम्भावना हुन्छ। हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्ति ह्रास हुने समस्याबाट पीडित रहेका छन् भने तिनमा ३४ करोड त बालबालिका मात्रै रहेका छन् ।

कतिपय बच्चाहरुको कानको समस्या वंशाणुगत हुन्छ। गर्भमा रहँदा आमालाई विभिन्न किसिमका गम्भीर रोगले आक्रमण गर्यो भने पनि बच्चामा बहिरोपना हुन्छ। कतिपयको सन्दर्भमा कानमा हेलचेक्र्याइँ र बेवास्ताका कारण पनि बहिरोपना हुनसक्छ। भन्नुको अर्थ के भने, कानमा केही समस्या आउँदा आफूखुशी अन्दाजको भरमा गर्दा पनि बहिरोपना हुनसक्छ। कानको जालीभित्र पानी जम्दा वा चिकित्सकको सल्लाहविना कानमा विभिन्न किसिमको औषधि वा तेल प्रयोग गर्नाले कानमा विभिन्न समस्या निम्ताउन सक्छ।

कसरी थाहा पाउने?

कसैले बोलाउँदा नसुन्ने, एउटै कुरा बारम्बार भनिरहनुपर्ने, रेडियो, टेलिभिजनको भोल्युम बढाउनुपर्ने, फोनमा कुरा गर्दा नसुन्ने चर्को स्वरमा भन्नुपर्ने अवस्था बहिरोपना हुनसक्छ।

उपचार

बहिरोपनाको उपचार नेपालमा पनि सम्भाव छ। कानमा समस्या आएको खण्डमा हामी श्रवणयन्त्र दिन्छौँ। कानै नसुन्ने अवस्था भएको खण्डमा सर्जरीको माध्यमबाट उपचार गर्नुपर्छ। बच्चाको सन्दर्भमा कान सुन्ने क्षमता कम छ भने ‘एयर डिभाइस’ प्रयोग गरेर मात्र हुँदैन। त्यस्तो समयमा सर्जरीको आवश्यक पर्छ। कानका कतिपय समस्या औषधिको प्रयोगले सजिलैसँग समाधान हुन्छ। इन्फेक्सन वा जाली नै प्वाल परेको अवस्थामा भने शल्यक्रिया नै गर्नुपर्छ।

अन्त्यमा

बुझ्नुपर्ने कुरा के भने, कान पनि शरीरको महत्त्वपूर्ण अंग हो। यसको सरसफाइमा अन्य अंगको जस्तै ध्यान दिनुपर्छ। कानमा जथाभावी औषधि प्रयोग गर्ने वा चिलाउँदा अनावश्यक वस्तुले कोट्याउने गर्नुहुँदैन। कानमा सानो समस्या देखियो भने पनि विशेषज्ञलाई देखाउनुपर्छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

‘कोरोना भाइरसको औषधि तयार हुन सात महिना लाग्छ’

‘कोरोना भाइरसको औषधि तयार हुन सात महिना लाग्छ’

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुनसक्ने बताएका छन्।

‘यसको खोप यो वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ’, उपराष्ट्रपति पेन्सले भने।

अमेरिकी औषधि कम्पनीहरूले नयाँ कोरोना भाइरसको उपचारका औषधि र खोप विकास गर्न एकअर्कासँग सूचना आदानप्रदान सहित संयुक्त प्रयास गरिरहेको बताइएको छ। उपराष्ट्रपति पेन्सले नयाँ कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण छ सातादेखि आरम्भ हुने बताए।

कोरोना भाइरस संक्रमित चार अमेरिकी नागरिकको सोमबार मृत्यु भएको थियो। कोरोनाकै कारण अमेरिकामा छ जनाको ज्यान गएको छ। अमेरिकामा संक्रमित व्यक्तिको संख्या १०० पुगिसकेको छ। अमेरिकाको फ्लोरिडा र वासिङ्टन राज्यमा सार्वजनिक स्वास्थ्य आपतकालीन स्थिति घोषणा गरिएको छ।

सोमबारसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघिसकेको छ। विश्वभर हाल करिब ८८ हजार ९४८ जना कोरोना संक्रमित छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मिर्गौला बिगारेको भन्दै भारतीय दुई औषधि बिक्री वितरणमा रोक

मिर्गौला बिगारेको भन्दै भारतीय दुई औषधि बिक्री वितरणमा रोक

हेल्थ टिभी अनलाइन\ काठमाडौं: औषधि व्यवस्था विभागले मिर्गौलामा खराबी गरेको आशंकामा दुई वटा औषधि तत्कालका लागि विक्री वितरण एवं प्रयोगमा रोक लगाएको छ।

मंगलबार विभागले सार्वजनिक सूचना जारी गर्दै मेट्रिस मेट्रोनिडाजोल र कम्पाउन्ड सोडियम ल्याक्टेट इन्जेक्सन नामको औषधि विक्री वितरण र प्रयोगमा रोक लगाएको हो। दुबै भारतीय कम्पनीका औषधि हुन्।

जोरपाटीको अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा केही साता अघि प्रसूतिका लागि आएका मध्ये तीनजनामा एकै किसिमको संक्रमण फैलिएको थियो। जसले गर्दा उनीहरुको मिर्गौलामा गम्भीर समस्या आएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता

कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता

हेल्थ टिभी अनलाइन\चितवन : स्थानीय प्रशासनले कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको दाबी गरेको छ।

प्रशासनले अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार छुट्टै कक्ष (आइसोलेसन रुम) खडा गर्न ठूला अस्पताललाई अनुरोध गरिएको छ। जिल्लाको सरकारी भरतपुर अस्पतालमा र दुई निजी मेडिकल कलेजमा छुट्टै कक्ष निर्माण गरिसकिएको छ।

जिल्लाका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई तयारी अवस्थामा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। भट्टराईका अनुसार बुधबारदेखि शुरु हुन लागेको प्रथम परेवाकोट महोत्सव रोकिएको छ। उनले जिल्लामा भइरहेको मेघौली महोत्सव र भरतपुर महोत्सव रोक्ने विषयमा सम्बन्धित आयोजकसँग मंगलवार नै छलफल गर्न लागिएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले आजै जिल्लाका सातै स्थानीय तहका प्रशासकीय अधिकृतलाई छलफलका लागि बोलाएको छ। प्रशासनले आफ्नै कार्यालयका कर्मचारीसँग समेत आज बैठक बस्ने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले होलीमा ठूलो जमघट नगर्न आम जिल्लावासीलाई आग्रह गरेको बताए। यस्तै ठूला भोज भतेर नगर्न सबैमा अनुरोध गरेको जानकारी दिए।

जिल्लामा कोरोना भाइरसको लक्षण देखिएका दुई जनाको नमूना परीक्षणका लागि पठाइएकामा दुवै जनाको नेगेटिभ देखिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ट्वीटरले आफ्ना कर्मचारीलाई भन्यो, कोरोनाको जोखिम रहुञ्जेल घरबाटै काम गर्नू

ट्वीटरले आफ्ना कर्मचारीलाई भन्यो, कोरोनाको जोखिम रहुञ्जेल घरबाटै काम गर्नू

कोरोना भाइरस संक्रमण बढेसँगै सामाजिक सञ्जाल ट्वीटरले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ। विश्वभर रहेका आफ्ना पाँच हजार कर्मचारीलाई उसले घरबाटै काम गर्न निर्देशन दिएको हो।

ट्वीटरले ब्लग पोस्टमा हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई अनिवार्य रूपमा घरबाट नै काम गर्न भनेको बीबीसीको समाचारमा उल्लेख छ। ट्वीटरले संसारभरिका आफ्ना ५,००० कर्मचारीलाई पनि कार्यालय नआई काम गर्न प्रोत्साहन गरेको उल्लेख गरेको छ। ट्वीटरले यसअघि नै अनावश्यक र गैरव्यावसायिक यात्रा गर्न तथा कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाएको थियो।

‘हाम्रो लक्ष्य कोरोना भाइरस संक्रमण फैलिन कम गर्नु हो’, ट्विटरका मानव संशाधन प्रमुख जेनफर क्रिस्टीले भनेकी छिन्, ‘संक्रमण कम गर्न कर्मचारीलाई यत्रतत्र छरिन भनेका छौँ। यो ट्विटरमा काम गर्ने सबैमा लागू हुन्छ।’

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वदेशका चिकित्सकलाई विश्वास गरेको भन्दै ट्रान्सप्लान्टेसन सोसाइटीले दियो प्रधानमन्त्रीलाई धन्यवाद

स्वदेशका चिकित्सकलाई विश्वास गरेको भन्दै ट्रान्सप्लान्टेसन सोसाइटीले दियो प्रधानमन्त्रीलाई धन्यवाद

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीले नेपाली चिकित्सकलाई विश्वास गरी स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्न लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गरेको छ।

मंगलवार विज्ञप्ति निकालेर सोसाइटीले प्रधानमन्त्रीकाे यो निर्णयले सम्पूर्ण चिकित्सकको हौसला बढेको भन्दै सोसाइटीले प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपणको कामना समेत गरेको छ।

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ । उनको उपचारको नेतृत्व नेपाली चिकित्सकहरुले लिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजे

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजे

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली र अंगदाताबीच मंगलवार अन्तिम ‘क्रस–म्याच’ परीक्षण गरिँदैछ।

यसअघि गरिएका सबै परीक्षणको परिणाम सकारात्मक भए पनि अन्तिम समयमा ‘क्रस–म्याच’ प्रक्रिया पुनः गरिनुपर्ने प्रा.डा. प्रेमराज ज्ञवालीले बताए। उनका अनुसार कुनै किसिमको समस्या देखिए शल्यक्रिया स्थगित गरिनेछ। ‘यो मिर्गौला प्रत्यारोपण कस्तो हुन्छ भने शतप्रतिशत नतिजा नआउँदासम्म प्रक्रिया अघि बढाउन सकिँदैन’, उनले भने।

उनका अनुसार पटकपटक ‘क्रस(म्याच’ भइसकेको अवस्थामा सामान्यतया समस्या उत्पन्न हुने सम्भावना निकै न्यून हुन्छ।

६८ वर्षीय प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी सोमवार साँझ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका छन्।

कस्तो छ अवस्था?

ओली अस्पताल भर्ना भएसँगै चिकित्सकहरूले शल्यक्रियाका लागि आवश्यक तयारी शुरु गरेका छन्।

मुटु, श्वासप्रश्वास, दाँत अनि रक्तचाप लगायतका परीक्षण भइरहेको र शरीरका सबै महत्त्वपूर्ण अंग तथा आवश्यक परीक्षण बुधवार बिहानसम्म गरिने डा. ज्ञवालीले बताए। त्यसबाहेक मंगलवार प्रधानमन्त्री ओलीको  डायालिसिस पनि गरिँदैछ।

‘मुख्य कुरा शल्यक्रिया गर्नुअघि शरीरमा कुनै पनि किसिमको संक्रमण हुनुभएन’, ज्ञवालीले भने, ‘त्यसबाहेक मंगलवार गरिने क्रस–म्याचले प्रधानमन्त्रीको शरीरले त्यो मिर्गौला स्वीकार गर्छ वा गर्दैन भन्ने कुरा स्पष्ट पार्छ।’

ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन्। यसअघि २०६४ सालमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उनको शरीरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यति बेला बुहारी नाता पर्ने अञ्जना घिमिरेले उनलाई मिर्गौला दिएकी थिइन्। यसपटक पनि ओलीलाई भाञ्जी नाता पर्ने एक महिलाले मिर्गौला दिन लागेको बताइएको छ। दोस्रो पटक गरिने प्रत्यारोपण र त्यसपछिको अवस्थालाई बढी संवेदनशील मानिन्छ।

कहिले हुन्छ शल्यक्रिया?

योजनामा कुनै परिवर्तन नआए प्रधानमन्त्री ओलीको शल्यक्रिया बुधबार बिहान ९ बजे शुरु हुनेछ।

‘हामीले सामान्यतया यही समयमा शल्यक्रिया गर्ने गरेका छौँ। भोलि पनि त्यसै गर्ने तयारी छ’, डा. ज्ञवालीले भने।

को–को छन् टोलीमा?

प्रधानमन्त्री ओलीको उपचारका लागि झण्डै २० जनाको टोली बनाइएको डा. ज्ञवालीले बताए। त्यसमा युरोलजी विभागका छ चिकित्सकको भूमिका विशेष रहने बताइएको छ।

उपचारका क्रममा कुनै पनि किसिमका व्यवधान नआओस् वा कुनै किसिमको जटिलता उत्पन्न भइहालेको अवस्थाका लागि भनेर दुई भारतीय चिकित्सक नेपाल आउने बताइएको छ।

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी डा. अनन्तकुमार पनि आउन लागेका छन्। त्यसबाहेक अर्का मिर्गौलारोग विशेषज्ञ पनि नेपाल आउने बताइएको छ।

‘शल्यक्रिया गर्ने हामीले नै हो। उहाँहरूलाई तयारी अवस्थामा राखिएको मात्रै हो। समस्या परे सहयोग लिन सकिन्छ’, ज्ञवालीले भने।

बीबीसी नेपालीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

धामीले नसके मात्र अस्पताल!

धामीले नसके मात्र अस्पताल!

हेल्थ टिभी अनलाइन\जाजरकाेट : ‘दूधको दूध, पानीको पानी छुट्याइदिनुपर्यो, देवता परमेश्वरी, हामी तिम्रो भर, शरणमा परेका छौँ, हामी पाठी खाने भए पाठी, चल्लो खाने भए चल्लो दिन तयार छौँ’, बारेकोट–८ लैखमका धनबहादुर खत्रीको घरमा दैनिक बिहान र साँझपख सुनिने भाषा हो यो ।

गाउँभरिका मानिस बिरामी हुनेबित्तिकै धामी हेराउन जाँदा दैनिक धनबहादुरको शरीरमा देवी चढेपछि बिरामीका आफन्तले देवीलाई सुनाउने सबैभन्दा महत्वपूर्ण भनाइ हो यो। यहाँका अधिकांश स्थानीयवासी आफन्त बिरामी हुँदा एक घण्टाको दूरीमा रहेको स्वास्थ्य संस्था लैजानुभन्दा पहिला धामीकहाँ लिएर देवता हेराएपछि मात्र देवताको आदेशमा बाँकी काम गर्छन्। धामी, झाँक्रीले ‘हामी सक्दैनौँ’ भनेर सल्लाह दिएपछि मात्र स्वास्थ्य संस्था लैजाने गरेको पाइएको छ ।

सामान्य टाउको दुख्दा होस् वा सामग्री हराउँदा, देवताकै शरणमा गएर सल्लाह लिने चलन जाजरकोट, रुकुमपश्चिम र डोल्पाका गाउँमा विद्यमान छ । कहाँका धामीले कति सही कुरा गर्छ भन्ने गाउँमा छलफलसम्म हुने गरेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए।

नयाँ घरमा प्रवेश गर्नेदेखि नयाँ कामको थालनी गर्दासम्मका काम धामीले दिएको साइतकै आधारमा हुने गरेको खत्रीले बताए। जिल्लाको बारेकोट, जुनिचाँदे गाउँपालिकामा देवीदेवताको विश्वासका आधारमा काम बढी हुने गरेको पत्रकार रेशमबहादुर खड्काले बताए। ‘घरमा भैँसी ब्याएपछि दूध खानलाई समेत देवताकै शरणमा जानुपर्छ, देवताले दिएको दिनबाहेक अरु दिनमा दूध खान नमिल्ने विश्वास अझै छ’, उनले भने।

२०७२ सालमा फैलिएको मौसमी फ्लु रोक्नका लागि समेत देवीकै भाकल गरिएको थियो। दुई दिनदेखि त्रिपुरासुन्दरी नगरपालालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोग रोकथाम गर्न भन्दै स्थानीयवासी धामीको शरणमा पुगेको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइरस भित्रिन नदिन जमुनाह नाकामा सतर्कता

कोरोना भाइरस भित्रिन नदिन जमुनाह नाकामा सतर्कता

हेल्थ टिभी अनलाइन\बाँके कोरोना भाइरस नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ।

नेपाल–भारत प्रवेशद्वार जमुनाह नाकामा सहयोगीकक्षका लागि आवश्यक पूर्वाधार, परीक्षण सामग्रीको व्यवस्था गरी दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोग कक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले बताए।

भारतबाट दैनिक सयौँ नेपाली जमुनाह नाका हुँदै नेपालगञ्ज प्रवेश गर्छन्। यसरी प्रवेश गर्नेमध्ये बिरामी परेका र आफैँ स्वास्थ्य जाँच गर्न चाहने व्यक्तिलाई सीमानाकामा स्वास्थ्य जाँच हुँदै आएको छ।

‘बिरामी परेकालाई हामीले निगरानीमा राखेर स्वास्थ्य जाँच गर्छौँ, नाकाबाट ओहोरदोहोर गर्ने सबैको स्वास्थ्य जाँच गर्न सकिएको छैन’, स्वास्थ्य शाखा संयोजक चन्दले भने, ‘सबैलाई स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्ति कम हुने भएकाले आवश्यक समन्वय गर्दैछौँ।’

जमुनाह नाकाबाट स्थलमार्ग हुँदै ओहोरदोहोर हुने सयौँ मानिसको स्वास्थ्य परीक्षण गर्नका लागि ठूलै व्यवस्थापनको खाँचो रहेको उनले बताए। सहयोग कक्षमा इन्फारेड थर्मोमिटरबाट स्वास्थ्य परीक्षण गरिने स्वास्थ्यकर्मी धनप्रसाद न्यौपानेले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

क्वारेन्टाइनबाट निस्केकालाई राज्यमन्त्रीको आग्रह, जनचेतना फैलाउन लाग्नुहोस्

क्वारेन्टाइनबाट निस्केकालाई राज्यमन्त्रीको आग्रह, जनचेतना फैलाउन लाग्नुहोस्

हेल्थ टिभी अनलाइन\भक्तपुर : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरसका बारेमा जनचेतना अभिवृद्धि गर्ने अभियानमा लाग्न क्वारेन्टाइनबाट निस्केका नेपालीलाई आग्रह गरेका छन्।

यही फागुन ४ गते चीनको वुहानबाट आएर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीको स्वास्थ्य हेरचाहमा खटिएका स्वास्थ्यकर्मीको टोलीलाई सोमवार विदाइ गर्दै राज्यमन्त्री रावतले कोराना भाइरसको बारेमा जनचेतना अभिवृद्धिमा लाग्न आग्रह गरेका हुन्।

गत शनिबार यहाँ रहेका सबैको नाक र घाँटीको स्वाब संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै संक्रमण नदेखिएपछि सरकारले उनीलाई १६ दिनपछि घर पठाएको हो ।

‘हाम्रो मनोविज्ञानका कारण समाजमा भ्रम फैलिएको छ,, राज्यमन्त्री रावतले भने, ‘यो समस्यालाई सहजै हल गर्न सकियो, अब आउन सक्ने समस्यालाई पनि हल गर्न र कारोना भाइरसबारे जनचेतना अभिवृद्धि गर्न तपाईहरु आजैदेखि लाग्नु हुनेछ भन्ने विश्वास छ।’

उहाँले घर फर्किएका सबैको दिर्घायु एवं सुखद् भविष्यको कामना गर्दै क्वारेन्टाइनमा रहेका नेपालीलाई सकुशल घर फर्कन सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायत सबैप्रति आभार व्यक्त गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरूको रिपोर्टमा कोरोना नदेखिएकाले घर फर्काइएको बताए।

क्वारेन्टाइनमा रहेका नेपालीलाई सुरक्षादेखि आवश्यक सम्पूर्ण सहयोग पुर्याएको बताउँदै नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जस्तोसुकै अवस्थामा पनि देशको सेवा गर्न तयार रहेको बताए क्वारेन्टाइनका विद्यार्थीको स्वास्थ्य रेखदेखमा सक्रिय नेपाली सेनाका क्याप्टेन डा. नवीन फुयाँलले क्वारेन्टाइनमा रहेका सबै स्वस्थ रहेको रिपोर्ट सार्वजनिक गरे।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएकप् डा. रुना झाले मन्त्रालयको तर्फबाट छिटो र जिम्मेवारीपूर्वक रुपमा कार्य गर्न सफल भएको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डब्लूएचओले भन्यो, कोरोना भाइरसलाई परास्त गर्न प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ

डब्लूएचओले भन्यो, कोरोना भाइरसलाई परास्त गर्न प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरस संक्रमणका कारण अहिले विश्व ‘अन्चार्टर्ड टेरटरी’ अर्थात् अनुमान गर्नै नसकिने ठाउँ बनेको बताएको छ।

डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त भाइरस ‘अद्वितीय’ भएको तर उपयुक्त उपाय अवलम्बन गरेर त्यसलाई नियन्त्रण गर्न सकिने बताए।

विश्वभरि कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ। संक्रमण र मृत्यु हुने अधिकांश मानिस चीनका हुन्।तर केही सातायता चीनबाहेक अन्यत्र कोरोना भाइरस संक्रमण नौगुना भएको छ।

कसरी नियन्त्रण गर्न सकिन्छ?

डा. गेहब्रेयससले जोड दिँदै  भाइरसलाई परास्त गर्न सकिने बताए। रोग आफैँभन्दा पनि बिरामीलाई लाग्ने लाञ्छना र उनीहरूसँग गरिने व्यवहार धेरै डरलाग्दो भएको उनको टिप्पणी थियो।

उनले कोभिड–१९ को विश्वव्यापी विकास ‘एकतर्फी बाटो’बाट नभएको र यदि देशहरूले चाँडो र प्रभावकारी रूपमा नियन्त्रणका उपाय अवलम्बन गर्न सके त्यसलाई परास्त गर्न सकिने बताए। ‘अहिले काम गर्नुबाहेक अन्य कुनै विकल्प छैन’, उनले भने।

डब्लुएचओले के भन्यो?

कोभिड–१९ सँग सङ्घर्ष गर्न सबैलाई काम लाग्ने एउटै उपाय नभएको भन्दै डा. गेहब्रेयससले सबै देशलाई आफ्नो अवस्थाबारे विचार गर्न सुझाव दिएका छन्। ‘प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ तर थालनी भने नियन्त्रणबाट गरिनुपर्छ’, उनले भने।

अहिलेसम्म ६२ देशले संक्रमण भएको जानकारी दिएका र तीमध्ये ३८ देशमा १० भन्दा कम व्यक्तिमा संक्रमण देखिएको उनले बताए। ‘झण्डै आठवटा देशले दुई सातादेखि नयाँ संक्रमण भएको जानकारी दिएका छैनन् र रोकथाम गर्न सफल भएका छन्’, उनले भने।

धेरै संक्रमण भएको भए पनि चीनले पनि रोकथाम सम्भव छ भन्ने देखाएको उनले बताए। कोरोना भाइरसलाई विश्वव्यापी महामारी भन्ने वा नभन्नेबारे डब्लूएचओले निरन्तर निगरानी गरिरहेको उनले बताए।

दक्षिण कोरिया, इटली, इरान र जापानमा फैलिएको सङ्क्रमण अहिले मुख्य चिन्ताको विषय बनेको छ। इरानमा डब्ल्यूएचओका एक कर्मचारीमा पनि सामान्य लक्षणसहित कोरोनाभाइरस संक्रमण देखिएको उनले बताए।

उनले भने, ‘इमानदारीपूर्वक भन्दा बिरामीलाई लाग्ने लाञ्छना भाइरसभन्दा खतरनाक छ। त्यसलाई वास्तवमै ध्यान दिऔँ। लाञ्छना सबैभन्दा खतरनाक शत्रु हो।’

बीबीसी नेपालीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द, अनिवार्य मास्क प्रयोग गर्न आग्रह

विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द, अनिवार्य मास्क प्रयोग गर्न आग्रह

हेल्थ टिभी अनलाइन\काठमाडौ‌ं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रुको सुविधाका लागि उपलब्ध गराउदैँ आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको हो। विमानस्थलबाट आवतजावत गर्ने सबै हवाइ यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरिएको छ।

चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अज्ञात रोगले गाउँ नै थला, न औषधि, न उपचार

अज्ञात रोगले गाउँ नै थला, न औषधि, न उपचार

हेल्थ टिभी अनलाइन\ डाेल्पा  : त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाँउका बासिन्दा अज्ञात रोगका कारण थला परेका छन्।

मुकुटेश्वर हिमालको फेदीमा रहेको उक्त गाँउमा अज्ञात रोगले ४० भन्दा धेरै गाउँका बासिन्दा थला परेका स्थानीय सुवास लामाले जानकारी दिए।

‘४५घरधुरी भएको करेलीकाँडा गाँउमा अधिकांश रोगले थला परेको एक साता धेरै भइसक्यो, घरैपिच्छे बिरामी देखिन थालेका छन्’, उनले भने, ‘एकपछि अर्को गरेर गाँउभरि नै रोग फैलिन लागिसक्यो, औषधि छैन।’

अज्ञात रोगका कारण साना बालबालिकादेखि वृद्धवृद्धासम्म सिकिस्तै बिरामी परेका छन्। गाँउबाट स्वास्थ्यचौकी टाढा भएकाले बिरामी नै हिँडेर पुग्ने अवस्था नभएको उनले जानकारी दिए। उक्त रोगबाट ग्रसित बिरामीमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रि‌ंगटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिने गरेको स्थानीयले बताएका छन्।

लक्षण देखिएका बिरामीसँगै बसेर कुरा गरेको केही समयपछि स्वस्थ व्यक्तिमा पनि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिने गरेको अर्का स्थानीय विष्णु बुढाले बताए। ‘एकै घरका नौ जनासम्म बिरामी छन्, दैनिकजसो रोग फैलिँदै छ, औषधि नभएकाले सबैले औषधि खान पाएका छैनन्’, उनले भने।

लक्षण देखिएका बिरामी गाँउदेखि एक घण्टा समय लाग्ने त्रिपुराकोट बगरमा रहेका निजी क्लिनिकमा पनि उपचारका लागि आउने गरेका छन्। केही दिनयतादेखि करेलीकाँडा गाँउबाट मात्रै दैनिकजसो उपचार गर्न बिरामी आउने गरेका मनिष मेडिकलका सञ्चालक गोरबहादुर विकले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन/काठमाडौं: मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका छन् ।

प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका हुन्। आगामी  बुधबार उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी अस्पतालले गरेको छ । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने महिलाले मिर्गौला दान दिने भएकी हुन्। दाता महिला पनि आजै अस्पताल भर्ना भइसकेकी छिन् ।

प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुन जानुअघि भिडियो सन्देश जारी गर्दै आफू छिटै निको भएर फर्किने विश्वास दिलाएका थिए ।  प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण नेपाली चिकित्सकले गर्नेछन्।

१२ वर्षअघि भारतमा गएर मिर्गौला प्रत्यारोपण गराएका ओलीको यो दोस्रो प्रत्यारोपण हो ।

ताजा अपडेट