म्याग्नस फर्माले ल्यायाे हेपाटाइटिस बीविरूद्धकाे ‘इन्टेकाभिर’औषधि
काठमाडौं : हेपाटाइटिस बीका लागि अत्यावश्यक मानिने औषधि ‘इन्टेकाभिर’को उत्पादन नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले शुरु गरेको छ।
हेपाटाइटिस बीको नेपालमा बढ्दो प्रकोपलाई मध्यनजर गर्दै ‘इन्टेका–बी’ ब्रान्ड नामका साथ ‘इन्टेकाभिर’ बजारमा ल्याएको म्याग्नसले जनाएको छ।
इन्टेका–बी ले हेपाटाइटिस बी भाइरसको प्रतिकृति (रेप्लिकेसन)लाई रोक्छ, जसले गर्दा हेपाटाइटिस बी भाइरस शरीरमा बढ्न पाउँदैन र रोगको रोकथाम हुने कम्पनीको दाबी छ।
कम्पनीका बजारप्रबन्धक सुधीरप्रकाश मास्केका अनुसार औषधि उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित अघि बढिरहेको म्याग्नसले नयाँ उत्पादनका रूपमा हेपाटाइटिसको औषधिलाई रोजेको हो ।
इन्टेका–बी हेपाटाइटिस बीका लागि प्रयोग गरिने औषधिमध्ये सबैभन्दा कम रेजिस्टेन्सको विकास हुने औषधि भएकाे साथसाथै, मिर्गौलामा पनि यस औषधिले कुनै पनि नकारात्मक असर नगर्ने हुँदा इन्टेका–बी हेपाइटाइटिस बीका लागि उपयुक्त र सुरक्षित औषधि हुने कम्पनीकाे दावी छ ।
कम्पनीले यसअघि हेपाटाइटिस सीको नयाँ औषधि बजारमा ल्याइसकेको छ ।
इन्टेका बी ०.५ र १ एमजीमा उपलब्ध छ, यसको बजारमूल्य हाल ९० र १६० रूपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण