मिर्गौला बिगारेको भन्दै भारतीय दुई औषधि बिक्री वितरणमा रोक
हेल्थ टिभी अनलाइन\ काठमाडौं: औषधि व्यवस्था विभागले मिर्गौलामा खराबी गरेको आशंकामा दुई वटा औषधि तत्कालका लागि विक्री वितरण एवं प्रयोगमा रोक लगाएको छ।
मंगलबार विभागले सार्वजनिक सूचना जारी गर्दै मेट्रिस मेट्रोनिडाजोल र कम्पाउन्ड सोडियम ल्याक्टेट इन्जेक्सन नामको औषधि विक्री वितरण र प्रयोगमा रोक लगाएको हो। दुबै भारतीय कम्पनीका औषधि हुन्।
जोरपाटीको अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा केही साता अघि प्रसूतिका लागि आएका मध्ये तीनजनामा एकै किसिमको संक्रमण फैलिएको थियो। जसले गर्दा उनीहरुको मिर्गौलामा गम्भीर समस्या आएको थियो ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण