चीनको ‘सिनोभ्याक’ भ्याक्सिनलाई पनि विश्व स्वास्थ्य संगठनले दियो अनुमति
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड विरुद्धको खोपलाई पनि आपतकालिन प्रयोगको अनुमति दिएको छ। अठार वर्ष माथिकालाई दिन मिल्ने यो खोप डब्ल्यूएचओको अनुमति पाउने दोस्रो चिनियाँ खोप हो।
यसअघि चिनियाँ कम्पनी सिनोफार्मले बनाएको भेरोसेल खोपलाई डब्लुएचओले अनुमति दिइसकेको छ। दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनले मंगलबार प्रयोगका लागि अनुमति पाएको हो ।
आपत्कालीन प्रयोग गर्नका लागि खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्ल्यूएचओले जनाएको छ। सिनोभ्याकको यो खोप चीन, चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिसकिएको जनाइएको छ ।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन