लोकप्रिय बन्दै म्याग्नसको मोबाइल एप ‘निड्स’
काठमाडौं : औषधि कम्पनी म्याग्नस फर्माले बजारमा ल्याएको मोबाइल मेडिकल एप्लिकेसन ‘निड्स’ नेपाली स्वास्थ्य बजारमा लोकप्रिय बनेको छ ।
दुई वर्षअघि बजारमा ल्याएको ‘निड्स’ नामक एप स्वास्थ्य क्षेत्रमा कार्यरत सबैका लागि उपयोगी र सबैभन्दा रुचाइएको मेडिकल मोबाइल एप्लिकेसन भएको पाइएको म्याग्नस फर्माले बताएको छ।
यस एपमार्फत नेपाली बजारमा रहेको कुनै पनि एलोपेथिक औषधिको जेनेरिक तथा ब्राण्डसम्बन्धी जानकारी पाउन सकिन्छ । एपमा कुनै पनि औषधिको जेनेरिक अथवा ब्रान्ड नेम टाइप गरेर औषधिबारे विस्तृत जानकारी सजिलै पाइने भएकाले ‘निड्स’ विशेषगरी स्वास्थ्यकर्मीका लागी अति नै उपयोगी एप हो ।
झण्डै १५ हजारको हाराहारीमा डाउनलोड भइसकेको ‘निड्स’ मेडिकल कलेजका विद्यार्थीदेखि विशेषज्ञ डाक्टर सम्मको माझमा सफल देखिन्छ । साथसाथै फर्मासिस्ट, नर्स, तथा हेल्थ असिस्टेन्टहरुले नियमित रुपमा निड्सको प्रयोग गरिरहेको म्याग्नसको दाबी छ ।
यसका साथै औषधिकाबारेमा केही जिज्ञासा भए सर्वसाधारणले समेत ‘निड्स’ एपको प्रयोग गरी आफूले खाइरहेको औषधिबारे जानकारी लिन सक्छन्। निड्स एपलाई मोबाइल फोनमा डाउनलोड गर्न गुगल प्लेस्टोर अथवा एप स्टोरमा गई ‘NIDS’ टाइप गरी सजिलै इन्स्टल गरेर अफलाइन नै प्रयोग गर्न सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण