कोरोना जोखिमका कारण ‘नेपाल फर्मा एक्स्पो’ दुई महिना पछि सर्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण बढेपछि फागुणमा हुने भनिएको नेपाल फर्मा एक्स्पो दुई महिना पछि सरेको छ । आयोजक नेपाल औषधी उत्पादक संघ (एपोन)ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै ‘नेपाल फर्मा एक्स्पो -२०२२’ को मिति सारिएको जनाएको हो ।
एक्स्पोका संयोजक जी नारायण बहादुर क्षेत्रीले आज एक विज्ञप्ति जारी गर्दै फर्मा एक्स्पोको मिति दुई महिना पछि तोकिएको जनाएका हुन्।
उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘देशभर ओमिक्रोन भेरियन्टको जोखिम बढिरहेको छ । त्यसैले फागुण ६ देखि ८ सम्म चितवनमा गर्ने भनिएको फर्मा एक्स्पो को मिति दुई महिनापछि सारिएको छ ।’
एक्स्पोको नयाँ मिति वैशाख ९ देखि ११ गतेलाई तोकिएको छ । नेपालमा औषधी उत्पादक, व्यवसायी तथा यसमा रुचि राख्नेका लागि फर्मा एक्स्पोलाई ठूलो प्लेटफर्मको रुपमा लिने गरिन्छ ।
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू