कोरोना जोखिमका कारण ‘नेपाल फर्मा एक्स्पो’ दुई महिना पछि सर्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण बढेपछि फागुणमा हुने भनिएको नेपाल फर्मा एक्स्पो दुई महिना पछि सरेको छ । आयोजक नेपाल औषधी उत्पादक संघ (एपोन)ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै ‘नेपाल फर्मा एक्स्पो -२०२२’ को मिति सारिएको जनाएको हो ।
एक्स्पोका संयोजक जी नारायण बहादुर क्षेत्रीले आज एक विज्ञप्ति जारी गर्दै फर्मा एक्स्पोको मिति दुई महिना पछि तोकिएको जनाएका हुन्।
उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘देशभर ओमिक्रोन भेरियन्टको जोखिम बढिरहेको छ । त्यसैले फागुण ६ देखि ८ सम्म चितवनमा गर्ने भनिएको फर्मा एक्स्पो को मिति दुई महिनापछि सारिएको छ ।’
एक्स्पोको नयाँ मिति वैशाख ९ देखि ११ गतेलाई तोकिएको छ । नेपालमा औषधी उत्पादक, व्यवसायी तथा यसमा रुचि राख्नेका लागि फर्मा एक्स्पोलाई ठूलो प्लेटफर्मको रुपमा लिने गरिन्छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान