नेपाल क्यान्सर अस्पतालमा फार्मेसीसम्बन्धी प्रदर्शनी
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा सप्ताहव्यापी फार्मेसी सम्बन्धी प्रदर्शनीको आयोजना गरिएकाे छ ।
विश्व फर्मासिस्ट दिवसको अवसर पारेर अस्तालले प्रदर्शनी राखेको हो । औषधी सम्बन्धी जनचेतना बढाउनका लागि र उचित परामर्शका लागि प्रदर्शनी राखिएको अस्पतालका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले जानकारी दिए । शनिबारबाट सुरु भएको प्रदर्शनी एक साता चल्नेछ ।
प्रदर्शनीमा औषधीको उचित प्रयोग कसरी गर्ने, यसको सही प्रयोग नहुँदा हुनसक्ने हानी र फर्मासिस्टको भूमिका बिरामी निको बनाउन कस्तो हुन्छ भन्ने विषयमा छलफल र अन्तरक्रिया समेत हुने अस्पतालका क्लिनिकल फर्मासिस्ट पुस्कर कुँवरले बताए । उनले एक जना बिरामीलाई निकाे पार्न औषधिको सही र उचित तरिकाले उचित समयमा यसको प्रयोग गर्न जरुरी हुने समेत जिकीर गरे ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान