नेपाल क्यान्सर अस्पतालमा फार्मेसीसम्बन्धी प्रदर्शनी
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा सप्ताहव्यापी फार्मेसी सम्बन्धी प्रदर्शनीको आयोजना गरिएकाे छ ।
विश्व फर्मासिस्ट दिवसको अवसर पारेर अस्तालले प्रदर्शनी राखेको हो । औषधी सम्बन्धी जनचेतना बढाउनका लागि र उचित परामर्शका लागि प्रदर्शनी राखिएको अस्पतालका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले जानकारी दिए । शनिबारबाट सुरु भएको प्रदर्शनी एक साता चल्नेछ ।
प्रदर्शनीमा औषधीको उचित प्रयोग कसरी गर्ने, यसको सही प्रयोग नहुँदा हुनसक्ने हानी र फर्मासिस्टको भूमिका बिरामी निको बनाउन कस्तो हुन्छ भन्ने विषयमा छलफल र अन्तरक्रिया समेत हुने अस्पतालका क्लिनिकल फर्मासिस्ट पुस्कर कुँवरले बताए । उनले एक जना बिरामीलाई निकाे पार्न औषधिको सही र उचित तरिकाले उचित समयमा यसको प्रयोग गर्न जरुरी हुने समेत जिकीर गरे ।





नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान
मस्तिष्क मृत्युपछिको अङ्गदान, पुण्य काम