Health TV Online

गगन थापाको प्रस्ताव : कोरोना कोषमा एक महिनाको तलब जम्मा गरौँ

गगन थापाको प्रस्ताव : कोरोना कोषमा एक महिनाको तलब जम्मा गरौँ

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सदस्य गगन थापाले सरकारले स्थापना गरेको कोरोनाविरुद्धको कोषमा प्रत्येक सांसदले एक महिनाको तलब प्रदान गर्न प्रस्ताव गरेका छन्।

सोमवार ट्वीट गरी नेता थापाले नागरिक तहबाट पनि जसले जहाँबाट जति सक्छ कोाषमा सहयोग गर्नुपर्ने बताएका छन्। नागरिकले विपद स्रोत जुटाउन साथमा छौँ भनेर सरकारलाई आश्वस्त पार्नुपर्ने र सरकारले पनि विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्न नदिनेमा सचेत हुनुपर्ने तर्क गरेका छन्।

आइतवार मन्त्रि परिषद् बैठकको निर्णयबाट स्थापित कोषमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो एक महिनाको तलब दिने घोषणा गरिसकेका छन्।

थापाकाे ट्वीट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाविरुद्ध अभियान चलाउँदै उपत्यकाका १८ नगरपालिका

कोरोनाविरुद्ध अभियान चलाउँदै उपत्यकाका १८ नगरपालिका

हेल्थ टिभी अनलाइन\भक्तपुर : काठमाडौं उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्ध महाभियान’ सञ्चालन गर्ने भएको छ ।

दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्था फोरमको आकस्मिक बैठकले सो महाअभियान सञ्चालन सहित १० बुँदे साझा अवधारणा सार्वजनिक गरेको हो।

फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको जोखिमविरुद्ध उपत्यकाका सबै नगरपालिकाले एकजुट भएर कार्य गर्ने निर्णय भएको बताए।

सबै नगरपालिकाले आफ्ना नगरपालिकामा सो भाइरसबाट जोगिने उपायसहितका सकारात्मक सन्देश आम नगरवासीमा प्रवाह गर्ने भएका छन्।

सो भाइरसको आशंका भएका बिरामीको लागि निगरानी कक्ष (क्वारेन्टाइन) को व्यवस्था नगरपालिकाले गर्नेछन्। यसका लागि आआफ्नो नगरपालिका क्षेत्रभित्र रहेका स्कूल, कलेज, होटल तथा गेष्टहाउस र सामुदायिक भवनलगायतलाई अस्थायी क्वारेन्टाइन बनाउने जनाइएको छ।

बैठकले क्वारेन्टाइनमा रहने स्वास्थ्यकर्मी पूर्ण सुरक्षित रहने गरी सहयोगको व्यवस्थापन गर्ने, सरकारले तोकेको उपचार केन्द्रमा पठाउने र आवश्यक परेमा थप उपचार केन्द्र बनाउन सङ्घीय सरकारलाई आग्रह गर्दै आवश्यक सहयोग नगरपालिकाले गर्ने निर्णय गरेको छ।

सबै नगरपालिकाले आआफ्नो क्षेत्रमा भीडभाड हुने ठाउँमा पानी ट्याङ्की र साबुन राखेर हात धुने व्यवस्था गर्ने जनाएका छन्। बजार अनुगमनलाई तीव्रता दिने निर्णय बैठकले गरेको छ। बजार अनुगमनमा क्रममा कालोबजारी गरेको, अत्यावश्यक सामान लुकाएको पाइए नगरपालिका आफैँले कारवाही गर्ने र थप कारवाही आवश्यक भए संघीय सरकारलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ।

कोराेना बारेमा संघीय सरकार एवं विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचना एवं सन्देशलाई मात्रै आधिकारिक मानेर ग्रहण गर्न समेत बैठकले आग्रह गरेको छ।

त्यसैगरी स्थानीय तह बन्द नगर्ने तर अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने, स्वास्थ्य संस्था बन्द नगर्ने बैठकले निर्णय गरेको छ। घरमा रहेका कर्मचारी आवश्यक पर्दा एक घण्टाभित्र नगरपालिकामा आउन सक्ने अवस्थामा राख्ने, जनप्रतिनिधि सेल्फ क्वारेन्टाइनमा बस्ने, नगरवासीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्ने निर्णय गरेकाे छ।

बैठकका अध्यक्षता गरेका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सबै पालिकाले साझा अवधारणा बनाएर एक भएर लाग्ने जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

खोकी र ज्वरो भएकाले मात्र कोरोना सार्ने होइन, हेर्दा स्वस्थ देखिने व्यक्तिबाट पनि कोरोना सर्नसक्छ

खोकी र ज्वरो भएकाले मात्र कोरोना सार्ने होइन, हेर्दा स्वस्थ देखिने व्यक्तिबाट पनि कोरोना सर्नसक्छ

संक्रमण गरेर होस् वा त्रासमा राखेर कोरोना भाइरसले अहिले विश्वभर कसैलाई पनि अछुतो राखेको छैन। सबैतिर यसकै चर्चा छ। यसकै त्रास छ।

संयोग नै मान्नुपर्छ निको भइसकेका एकजनामा बाहेक अहिलेसम्म नेपालमा यो संक्रमण फैलिन पाएको छैन। शुरुमा देखिएकाबाहेक अहिले एकजनामा पनि कोरोना नभएको सरकारी परीक्षणले देखाएको छ। कोरोना भाइरस भित्रिनै नदिन सरकारले विभिन्न प्रयास पनि गरिहेको छ। संक्रमण भित्रिन नदिन सरकारको प्रयास मात्र पर्याप्त हुँदैन, प्रत्येक नागरिकको साथ हुन जरुरी छ। आफू कसरी जोगिने र अरुलाई कसरी जोगाउने भनेर सचेत हुन जरुरी छ।

नेपालमा आइतवारसम्म पनि विभिन्न देशबाट आउने जाने मानिसहरूको क्रम चलिरहेकै छ। यसका कारण कसले कोरोना लिएर आयो वा आएन भन्ने अवस्था नै छैन। त्यसका लागि जाँच नै गर्नुपर्छ। तर त्यसअघि आफू जोखिममा छु छैन भन्ने आफैँले ख्याल गर्नु उचित हुन्छ।

कुनै व्यक्तिमा कोरोना भाइरस छ, तर उसमा कुनै लक्षण नै छैन। यस्ता व्यक्तिले अरुमा रोग सार्ने सम्भावना बढी हुन्छ। यस्ता मानिसबाट बढी हानि हुनसक्छ। लक्षण नभएका कारण उक्त व्यक्ति कोरोना भाइरस बोकेर विभिन्न स्थानमा गइरहेको हुन्छ, उसले कमजोर मानिसहरुलाई रोग सारिरहेको हुनसक्छ। देख्दा कुनै रोगी जस्तो नलाग्ने तर भित्र भाइरसका भएका व्यक्तिले अझ बढी हानि पुर्याउन सक्छन्।

यो रोग सजिलै एकबाट अर्कोमा सर्ने र छिटो फैलिने रोगमध्ये पर्छ। यसका लागि तपाईँले मात्र सतर्क भएर पुग्दैन। अर्को व्यक्ति पनि सजग हुनुपर्छ। शुरुका दिनदेखि नै कोरोना भाइरसले प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बढी सताउने गरेको देखिएको छ। दीर्घरोगी, औषधि सेवन गरिरहेका सुगर, प्रेसरका बिरामी ६५ वर्ष माथिका व्यक्तिलाई यसले छिटो संक्रमण गर्छ।

सबैभन्दा खतरनाक पक्ष त के भने यो रोगमा लक्षण नै देखिँदैन। कुनै व्यक्तिमा कोरोना भाइरस छ, तर उसमा कुनै लक्षण नै छैन। यस्ता व्यक्तिले अरुमा रोग सार्ने सम्भावना बढी हुन्छ। यस्ता मानिसबाट बढी हानि हुनसक्छ। लक्षण नभएका कारण उक्त व्यक्ति कोरोना भाइरस बोकेर विभिन्न स्थानमा गइरहेको हुन्छ, उसले कमजोर मानिसहरुलाई रोग सारिरहेको हुनसक्छ। देख्दा कुनै रोगी जस्तो नलाग्ने तर भित्र भाइरसका भएका व्यक्तिले अझ बढी हानि पुर्याउन सक्छन्।

खोकी र ज्वरो भएकाले मात्र कोरोना सार्ने होइन, हेर्दा स्वस्थ देखिने व्यक्तिबाट पनि कोरोना सर्नसक्छ। यसलाई ‘एसिम्प्टोमेटिक क्यारिअर’ भनिन्छ। यस्ता रोगप्रतिरोध शक्ति पर्याप्त भएका बालक र जवान व्यक्तिमा रोग लाग्दासमेत कुनै लक्षण नदेखिने पनि हुनसक्छ। हामीले नजानेरै पनि यो रोग सार्न सक्छौँ। मानव इतिहासमा यो भन्दा चाडै र सजिलै सर्ने रोग नै छैन। वृद्धवृद्धा र बिरामी व्यक्तिलाई यो रोग सबैभन्दा खतरनाक हुन्छ। ज्यानै लिन सक्छ।

संक्रमण भइहालेमा पनि अरुलाई सर्न नपाओस् भनेर सबैले मास्क लगाउने, हात धुने, चस्मा लगाउने भनिएको हो। लक्षण देखिएका त सिधै अस्पताल गइहाल्छन्, लक्षण नदेखिएका भने समाजमै घुमिरहेका हुन्छन्। त्यसैले यस्ता व्यक्ति स्वयं आफैले आफू कहीँ गएर आएको हो वा त्यस्तो जोखिम भएकाे ठाउँमा गएर आएको भए आफैँले आफूलाई ‘आइसोलेसन’मा राखेकै राम्रो। यसले तपाइँ र तपाईँका आफन्तलाई पनि जोगाउँछ।

  • डा.सुनिल पाैडेल

    दुखाइ रोग विशेषज्ञ डा. पाैडेल स्पार्क हेल्थ हाेम अस्पतालका मेडिकल डाइरेक्टर हुन्।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

रुघाखोकी र ज्वरो देखियो?, अस्पताल जानुअघि यी चिकित्सकसँग सम्पर्क राख्नुस्

रुघाखोकी र ज्वरो देखियो?, अस्पताल जानुअघि यी चिकित्सकसँग सम्पर्क राख्नुस्

हेल्थ टिभी अनलाइन\चितवन : जिल्लाका १० विशेषज्ञ चिकित्सकले नागरिकलाई फाेनबाट कोरोना भाइरस संक्रमणसम्बन्धी परामर्श दिन थालेका छन्।

रुघाखोकी र ज्वरो देखिनेवित्तिकै कोरोनाका आशंका गरी अस्पताल दौडिने क्रम अन्त्य गर्न चिकित्सकहरूले फोनबाट यस्तो सेवा शुरु गरेका हुन्।

डा. प्रकाश खतिवडालाई ९८५५०१९१६१ नम्बरमा, डा. कृष्णसागर शर्मा ९८५५०१९१६२, डा. कल्याण सापकोटा ९८५५०१९१६३, डा. अनिलविक्रम कार्कीको ९८५५०१९१६४ र डा. गुरु शाहलाई ९८५५०१९१६५ नम्बरमा सम्पर्क गर्न सकिनेछ। यस्तै डा. कालिदास अधिकारीलाई ९८५५०१९१६६ नम्बरमा, डा. प्रतीक न्यौपाने ९८५५०१९१६७, डा. विधान श्रेष्ठ ९८५५०१९१६८, डा. प्रमोद पौडेल ९८५५०१९१६९ र डा भोजराज अधिकारीलाई ९८५५०१९१७० मा सम्पर्क गर्न भनिएको छ।

नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडाका अनुसार विशेषज्ञ चिकित्सकमध्ये जुन टेलिफोनमा सम्पर्क हुन्छ त्यसैमा सर्वसाधारणले परामर्श लिन सक्नेछन्। अस्पतालमा बिरामीको घुइँचाे नहोस् र सामान्य समस्या भएमा फोनबाटै परामर्श गरी समस्याको समाधान होस् भन्ने उद्देश्यले सुविधा उपलब्ध गराइएको संघले जनाएको छ। टेलिफोनमा बिरामीले घरमा नै आराम गरेर सामान्य औषधि प्रयोग गर्नुपर्ने भएमा औषधिको नामसमेत चिकित्सकले टिपाइदिनेछन्।

डा. कृष्णसागर शर्माले २४ घण्टामा ६५ जनालाई फोनबाट परामर्श दिएकाे बताए। यहाँ सञ्चालनमा ल्याइएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले चिकित्सकको नम्बर र त्यहीबाट परामर्श पाउन थालेपछि अस्पताल आउने बिरामीको संख्यामा कमी आएको जानकारी दिए। तत्काल उपचार एवं शल्यक्रिया गर्न नपर्ने बिरामीलाई पछि मात्र आउन चिकित्सकले टेलिफोनमा सुझाव दिने गरेको उनले बताए।

टेलिफोन गर्ने बिरामीलाई अस्पताल जानैपर्ने भएमा कहाँ जाने भन्ने विषयमा पनि परामर्श दिइने गरेको छ। जिल्लाको सदरमुकामदेखि ग्रामीण क्षेत्रका बिरामी र आफन्तले चिकित्सकलाई फोन गरेर स्थानीय मेडिकलको औषधि खुवाउँदै आएका छन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार ती चिकित्सकका लागि नेपाल टेलिकमबाट छुट्टै नम्बर व्यवस्था गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

जर्मनीकी चान्सलर मर्केल क्वारेन्टाइनमा

जर्मनीकी चान्सलर मर्केल क्वारेन्टाइनमा

आफूसँग सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण भएको पाइएपछि जर्मनीकी चान्सलर एंगेला मर्केल क्वारेन्टाइनमा गएकी छिन्।

शुक्रवार उनलाई निमोनियाको खोप दिएका एक चिकित्सकमा कोराना भाइरस संक्रमण पाइएपछि उनी क्वारेन्टाइनमा पुगेकी उनका प्रवक्ताले बताएका छन्। ६५ वर्षकी उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने बताएका छन्।

जर्मनीले कोरोना भाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियामा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ।

टेलिभिजनमा प्रसारित सम्बोधनमा  मर्केलले संक्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताइन्।

कोरोना भाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागु गरेको छ।

युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोना भाइरस संक्रमणका १८ हजार ६१० घटना पाइएका छन्। कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भइसकेको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको उच्च जोखिममा दन्त चिकित्सक : केही समय दाँतको उपचार गर्न नआउनुस्

कोरोनाको उच्च जोखिममा दन्त चिकित्सक : केही समय दाँतको उपचार गर्न नआउनुस्

कोरोना भाइरसका कारण अहिले विश्व नै त्रासमा छ। गत डिसेम्बरको अन्त्यमा चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले चीनमा भन्दा पश्चिमी देशहरूमा आक्रामक रूपमा फैलिरहेको छ।

हालसम्म यो लेख तयार पार्दासम्म कोरोनाका कारण १२ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्। १८५ देशमा फैलिसकेको छ भने लाखौँ मानिस प्रभावित छन्। खुशीको कुरा, नेपालमा शुरुमै एक जनामा कोरोना देखिएपश्चात् थप कसैमा पनि यो रोगको संक्रमण देखिएको छैन। ती व्यक्ति पनि उपचारपछि निको भएर गइसकेका छन्।

कोरोनाको बढी जोखिममा स्वास्थ्यकर्मी हुन्छन् भन्ने कुरामा त कसैको पनि दुई मत छैन। त्यसैले स्वास्थ्यकर्मीलाई सबैभन्दा बढी ख्याल गरिनुपर्छ। ‘फ्रन्टलाइन’मा बसेर काम गर्ने उनीहरू नै हुन्। उनीहरूलाई सुरक्षा सामग्री पीपीईको व्यवस्था गर्न जरुरी छ।

दाँतको उपचारमा संक्रमित भन्दा एक मिटर (तीन फिट) टाढा रहेर उपचार गर्न सम्भव हुँदैन। बिरामीको मुखभित्रको समस्या हेर्न पर्ने भएकाले नजिकै बसेर मुखमै हेरेर उपचार गर्ने पद्धति भएकाले बिरामीले खोक्दा अथवा हाच्छिउँ गर्दा वा मुख खोलिरहँदा सिधै संक्रमणका स्रोत दन्त चिकित्सकको अनुहारमा नै ठोक्किन पुग्छ। अझ यसमा पानीको प्रयोग गरिन्छ। पानीकाे छिटा सिधै स्वास्थ्यकर्मीमा पनि पर्छ। चिकित्सकले त मास्क लगाउन सक्छन् तर बिरामीलाई मास्क लगाएर उपचार गर्न पनि यो विधामा सम्भव छैन। त्यसले पनि संक्रमणको जोखिम अझै बढाउँछ।

कोरोना श्वासप्रश्वासबाट सर्ने भएकाले यसबाट बिरामीसँग जति नजिक भयो त्यति नै यो रोग सर्ने सम्भावना हुन्छ। यो हिसाबले त अझ बढी जोखिममा दन्त चिकित्सकहरू छन्। उनीहरू उच्च जोखिममा छन्। दाँतको उपचारमा संक्रमित भन्दा एक मिटर (तीन फिट) टाढा रहेर उपचार गर्न सम्भव हुँदैन।

बिरामीको मुखभित्रको समस्या हेर्न पर्ने भएकाले नजिकै बसेर मुखमै हेरेर उपचार गर्ने पद्धति भएकाले बिरामीले खोक्दा अथवा हाच्छिउँ गर्दा वा मुख खोलिरहँदा सिधै संक्रमणका स्रोत दन्त चिकित्सकको अनुहारमा नै ठोक्किन पुग्छ। अझ यसमा पानीको प्रयोग गरिन्छ। पानीकाे छिटा सिधै स्वास्थ्यकर्मीमा पनि पर्छ। चिकित्सकले त मास्क लगाउन सक्छन् तर बिरामीलाई मास्क लगाएर उपचार गर्न पनि यो विधामा सम्भव छैन। त्यसले पनि संक्रमणको जोखिम अझै बढाउँछ।

यतिमात्र नभएर दन्त चिकित्सकमा कोरोना संक्रमण भएमा उनीहरूबाट समेत बिरामीमा कोरोना संक्रमण सर्ने डर हुन्छ। त्यसैले बिरामी आफै पनि सचेत बनेर यो बेला दाँतको समस्या लिएर दन्त चिकित्सककोमा नगएकै राम्रो । बजारमा स्वास्थ्यकर्मीले पनि मास्क र स्यानिटाइजर नपाइरहेको अवस्था छ।

त्यसैले सकेसम्म दुई साता आकस्मिकबाहेकका दन्त सेवा बन्द गरौँँ। सेवा दिनैपरे पीपीई प्रयोग गरेर मात्र सेवा दिऔँ। यसले चिकित्सक र सेवा लिन आउने दुवैलाई फाइदा पुग्छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

कोरोना संक्रमणको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ‘पीपीई’ को व्यवस्था

कोरोना संक्रमणको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ‘पीपीई’ को व्यवस्था

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सरकारले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगायत सुरक्षा उपकरण उपलब्ध गराउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने सबै उपकरण उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले ‘फ्रन्ट डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सरकारले स्थापना गर्यो कोरोना भाइरसविरुद्ध लड्न ५० करोडको कोष

सरकारले स्थापना गर्यो कोरोना भाइरसविरुद्ध लड्न ५० करोडको कोष

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोरोना संक्रमणविरुद्ध लड्न र संक्रमण फैलिए उपचार तथा अन्य उपकरण तथा औषधिजन्य सामग्री सहज गर्न केन्द्रीय राहत कोष स्थापना गरेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो। कोषमा प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब जम्मा गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए। कोषमा सहयोग गर्न सरकारले नागरिकलाई पनि आह्वान गरेको छ।

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ। बिहान १० बजेदेखि एक साताका लागि नाका बन्द गरिनेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

वीरगंजका रुगंटामा कोरोना आशंका, पुष्टिका लागि नमुना पुणे पठाइयो

वीरगंजका रुगंटामा कोरोना आशंका, पुष्टिका लागि नमुना पुणे पठाइयो

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  पर्सा वीरगञ्जका ६३ वर्षीय शिवशंकर रुगंटालाई कोरोनाको संक्रमण पोजेटिभ आशंका गरिएको छ। यद्यपी उनको पुन परीक्षणका लागि नमुना भारतकै पुणे पठाएको बताइएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै रुंगटा १९ मार्चमा मिर्गौला रोगको उपचारका लागि पटना गएको त्यही बेला पटनामा जाँच गर्दा कोरोना भाइरसको संक्रमण पोजेटिभ आशंका गरिएको  बताए । उनले भने, ‘उहाँ मिर्गौला रोगी भएका कारण नियमित जाँचका लागि पटना जानुभएको रहेछ त्यही बेला रुघाखोकी लागेपछि कोरोना जाँच गरिएको भन्ने जानकारी आएको छ ।’

उनलेअस्पतालले थप पुष्टीका लागि नमुना पुणे पठाएको पनि परिवारले जानकारी दिएको बताए । बस्नेतले वीरगंजस्थित उनका परिवारलाई आइसोलेसनमा राख्ने काम शुरु गरिसकेको पनि जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना रोकथाम र नियन्त्रणमा खटाइने

सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना रोकथाम र नियन्त्रणमा खटाइने

हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरी विभिन्न स्वास्थ्य संस्थामा खटिएका चिकित्सकलाई सेवा प्रभावित नहुने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटाउन सातै प्रदेशलाई निर्देशन दिएको हो ।

सरकारी छात्रवृत्तिका चिकित्सकलाई कोरोना रोकथाममा परिचालन गर्न सोही बमोजिम व्यवस्था मिलाउन सातवटै प्रदेशका मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्वास्थ्यले पत्र लेखेको छ । यसका साथै एमबीबीएसमा अध्ययनरत विद्यार्थीलाई सम्बन्धित कलेजसँग समन्वय गरी कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोगीको रुपमा परिचालन गर्न पनि निर्देशन दिइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘पीपीई लगायतका सामग्री प्लेन चार्टर गरेर भए पनि ल्याउँछौं’

‘पीपीई लगायतका सामग्री प्लेन चार्टर गरेर भए पनि ल्याउँछौं’

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीलाई चाहिने पीपीई अर्थात पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट खरिद गर्ने प्रक्रियामा गएको भन्दै स्वास्थ्यकर्मीलाई नआक्तिन आग्रह गरेको छ ।

आइतबार महाशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले उक्त कुराको जानकारी दिएका हुन्। कार्यक्रममा डा पाण्डेले पीपीई नेपालमा नबन्ने र बाहिरबाट मगाउनुपर्ने भएकाले समय लागेको बताए । उनले  स्वास्थ्यकर्मीलाई चाहिनेजति पीपीई लगायतका सामग्री खरिद गर्ने क्रममा रहेको भन्दै प्लेट चार्टर गरेरै भए पनि ल्याइने बताए ।

उनले हाल टेकु अस्पतालमा भने पीपीई रहेको जानकारी दिए । यसैगरी कोरोनाका डरका कारण सबै अस्पतालले पीपीईको माग गरेकाले अपुग भएको भन्दै जहाँ कोरोनाको उपचार गर्ने भनेर तोकिएको छ ती अस्पतालमा मात्र पीपीई चाँडै नै पुग्ने उनले जिकीर गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाका कारण भारतमा छैटौं व्यक्तिको मृत्यु

कोरोनाका कारण भारतमा छैटौं  व्यक्तिको मृत्यु

हेल्थ टिभी अनलाइन : कोराना भाइरसको संक्रमणका कारण भारतमा थप एक जनाको मृत्यु भएको छ।  स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार पटनामा ३८ वर्षका एक व्यक्तिको मृत्यु भएको हो।उनी कतारबाट फर्केको बताइएको छ ।

कतारबाट आएका उनी कलकत्ता हुँदै पटना आएका थिए । मिर्गौलाले काम नगरेपछि उनको शनिबार नै मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई शंका लागेर कोरोना परीक्षण पनि गराइएको थियो । यद्यपी कोरोना भएको रिपोर्ट भने उनको मृत्यु भइसकेपछि आएको बताइएको छ ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। आइतबार बिहानसम्म संक्रमितको संख्या ३ सय ४८ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइरस संक्रमण रोकथाममा रेडक्रसको यस्ताे तयारी

कोरोना भाइरस संक्रमण रोकथाममा रेडक्रसको यस्ताे तयारी

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले कोरोना भाइरस संक्रमणको जोखिम भएका व्यक्तिलाई घर वा सामुदायिक स्थलमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सहयोग गर्ने भएको छ।

रेडक्रसले आवश्यक सामग्री खरिद, स्वास्थ्य अवस्थाको अभिलेखन, पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीलाई सहयोग, मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन खटिने जनाएको हो।

कोरोना भाइरस संक्रमण भएका व्यक्ति पाइएको पुष्टि भएमा ऊसँग सोअघि सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न तालिमप्राप्त टोलीको तयारी गरेको रेडक्रसले जानकारी दिएकाे छ। प्रतिकार्यका क्रममा रेडक्रस मूल्य मान्यताका साथै बाल संरक्षण, दुर्व्यवहार, लैङ्गिक तथा यौन हिंसा रोकथामका विषयलाई विशेष ख्याल गर्न निकायलाई निर्देशन दिइएको छ । कोरोना भाइरसको सम्भावित रोकथाम र प्रतिकार्यका लागि रेडक्रसले संस्थाका ७७ वटै जिल्लामा स्वयंसेवक र कर्मचारीको सक्रियता बढाएको रेडक्रसको स्वास्थ्य विभागका निर्देशक विपुल न्यौपानेले जानकारी दिए।

संक्रमणका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ, यूएनलगायतका निकायसँग आवश्यक समन्वय गरी समग्रमा त्यसबाट हुनसक्ने क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्याउने गरी कार्यविधि र कार्ययोजना नै तयार गरी काम भइरहेको रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले बताए।

आपतकालीन केन्द्र पनि सञ्चालनमा आइसकेको रेडक्रसले जनाएको छ। रेडक्रसले यस्तो विषम परिस्थितिमा फैलिने अफवाह वा भ्रम कम गराई मानसिक दबाब, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेय भाव कम गराउन आवश्यक कार्य गरिरहेको सेडक्रसका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।

शुक्रराज सरुवा रोग अस्पताल स्वास्थ्य डेस्कमा रेडक्रसका स्वयंसेवक दैनिक खटिइरहेका छन्। यसबाहेक रेडक्रस स्वयंसेवक र कर्मचारीले देश भित्रिने नाका, विमानस्थल तथा मानिसको बढी चहलपहल हुने स्थानमा स्वास्थ्य सहायता कक्षमा सहयोग गरिरहेका छन्। रक्तसञ्चार केन्द्रमा रगतको मागका लागि आउने बिरामीका आफन्तलाई पनि यस्तै सुरक्षाका उपाय अपनाइएको रेडक्रसले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘सुदूरपश्चिमतर्फको नाकामा स्वास्थ्यजाँच प्रभावकारी भएन’

‘सुदूरपश्चिमतर्फको नाकामा स्वास्थ्यजाँच प्रभावकारी भएन’

हेल्थ टिभी अनलाइन\काठमाडौं : सत्तारुढ नेकपाका नेता भीम रावलले भारततर्फको सीमानाकामा अनियन्त्रित आवागमन नरोकिएको र स्वास्थ्यजाँचको राम्रो व्यवस्था नभएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन्।

आइतवार ट्वीट गर्दै उनले दुईसाताअघि प्रतिनिधिसभा बैठकमा उठाएको आवाज नसुनिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सुदूरपश्चिम प्रदेशका गड्डाचौकी लगायतका भन्सार विन्दुमा समस्या देखिएकाले स्वास्थ्यकर्मी, क्लिनिकल मास्क, सुरक्षा पोशाक, स्वास्थ्य जाँच उपकरण र औषधि तुरुन्त पठाउन माग गरेका छन्।

हेर्नुहाेस् उनकाे ट्वीट–

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना लक्षित ‘जनता कर्फ्युु’ को असर भारतभर, यस्तो देखियो मुम्बई (फोटोफिचर)

कोरोना लक्षित ‘जनता कर्फ्युु’ को असर भारतभर, यस्तो देखियो मुम्बई (फोटोफिचर)

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको जनता कर्फ्युको प्रभाव देशभर देखिएको छ। कोरोना भाइरस संक्रमण सामना गर्नका लागि सहयोग माग्दै उनले आइतवार एक दिनका लागि जनता कर्फ्यु लागू गरेका थिए।

आज बिहान बिहान ७ बजे शुरु भएको कर्फ्यु राति ९ बजेसम्म लागु हुनेछ। यसका कारण मुम्बई लगायतका सबै शहर पूरै बन्द छन् सधैं भिडभाड र ठेलमठेल हुने मुम्बई शहर कर्फ्युका कारण यस्तो देखिएको छ:

हेल्थ टिभी अनलाइनका लागि मुम्बईबाट जयन्त इडनानी ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

म्याग्दीका नौ हजार बालबालिकालाई दादुरा–रुबेला खोप

म्याग्दीका नौ हजार बालबालिकालाई दादुरा–रुबेला खोप

हेल्थ टिभी अनलाइन\म्याग्दी : राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सोमबारदेखि बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्ध खोप लगाइँदै छ। स्वास्थ्य कार्यालयले दुई चरणमा नौ महिनादेखि पाँच वर्षसम्मका नौ हजार ३५२ बालबालिकालाई सो रोगविरुद्ध खोप दिने लक्ष्य राखिएको जानकारी गराएको छ।

यही चैत १० देखि १८ गतेसम्म धवलागिरि, मालिका र मङ्गला गाउँपालिकाका सबै वडामा र चैत २१ देखि २९ गतेसम्म बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका वडामा खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए।

खोप अभियानमा ३६५ खोप केन्द्रमा ७४० खोपकर्ता परिचालन हुनेछन्। अभियानका क्रममा खोप कार्यकर्तालाई तालिम, महिला स्वास्थ्य स्वयंसेविका, वडाका जनप्रतिनिधिलाई अभिमुखीकरण र हरेक लक्षित बालबालिका भएका घरमा निमन्त्रणा गर्ने लम्सालले बताए।

जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन तथा खोपपछि बालबालिकामा देखिने समस्यालाई समाधान गर्न बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक तिलक गौतमको संयोजकत्वमा दुई भेगमा फरक–फरक टोली गठन गरिएको छ। प्रत्येक खोप केन्द्रमा सो टोलीको विवरण पुर्याइने भएकाले खोपपछि आउनसक्ने समस्या प्रभावकारी ढङ्गले समाधान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने चारजना पक्राउ

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने चारजना पक्राउ

हेल्थ टिभी अनलाइन\धनुषा : मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका यहाँस्थित चार औषधि व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले कालोबजारी गरिरहेको अवस्थामा चारै जनालाई पक्राउ गरेको हो।

सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए। पक्राउ परेका चारै व्यवसायीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘उच्च मनोबलका साथ संक्रमणको सामना गर्नुपर्छ’

‘उच्च मनोबलका साथ संक्रमणको सामना गर्नुपर्छ’

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कोरोना भाइरस (कोविड–१९) संक्रमणबारे चेतना अभिवृद्धि गर्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।

संक्रमणबाट बच्न सावधानी अपनाउन उनले सर्वाधारणलाई अपिल गरेका छन्। आइतवार विज्ञप्ति जारी गरी उनले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न पनि आग्रह गरेका छन्।

संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्था सहज तुल्याउने काममा आफ्नो पहल बढाउन सरकारसँग आग्रह गरेका छन्।

‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ संक्रमणको सामना गर्न सबैमा अनुरोध छ’, दाहालद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मास्क उत्पादन गरी वितरण गर्दै प्रहरी

मास्क उत्पादन गरी वितरण गर्दै प्रहरी

हेल्थ टिभी अनलाइन\सप्तरी : जिल्ला प्रहरी कार्यालयले मास्क उत्पादन गरी वितरण गरेको छ। प्रहरीले  शनिवार हिरासतमा रहेका सम्पूर्ण थुनुवालाई मास्क वितरण गर्यो।

कोरोना भाइरस संक्रमणबाट जोगिन तथा यसबारे सचेतना फैलाउन कार्यालयभित्र मास्क तयार गरी वितरण गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए।

गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय र चौकीमा कार्यरत सम्पूर्ण प्रहरीलाई माक्स वितरण गरिएको थियो।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामद्वारा निर्देशित नमूनाबमोजिमको ढाँचामा माक्स तयार गरी वितरण गरिएको उनले बताए। ‘जनतामा सचेतना फैलाउन मास्क तयार गरी दिएका हौँ”, प्रहरी उपरीक्षक प्रसाईँले भने, ‘प्रत्येक प्रहरी कार्यालयको मूलढोका अगाडि हात धुने व्यवस्था पनि गरेका छौँ।’

कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य मास्क लगाउन र साबुनपानीले हात धोएर मात्र प्रवेश गराउन भनिएको छ। यसका लागि प्रहरी कार्यालयको ढोका अगाडि साबुन र पानीको व्यवस्था पनि गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्यचौकीमा आउँदैनन् बिरामी, गफ गरेर दिन बिताउँछन् स्वास्थ्यकर्मी

स्वास्थ्यचौकीमा आउँदैनन् बिरामी, गफ गरेर दिन बिताउँछन् स्वास्थ्यकर्मी

हेल्थ टिभी अनलाइन\सर्लाही : लालबन्दी नगरपालिका–१४ नारायण खोलामा रहेको स्वास्थ्यचौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउँछन्। स्वास्थ्यचौकीमा दुई हेल्थ असिस्टेन्ट, दुई अहेब र एक अनमी छन्।

स्वास्थ्यचौकी पुग्न सवारी साधनको सहज पहुँच छैन। घण्टौँ हिँडेर सेवाग्राही सेवा लिन बाध्य छन्। स्वास्थ्य चौकी नजिकैका सीमित सेवाग्राही मात्र सेवा लिन आउने गरेको अनमी भण्डारीले जानकारी दिइन्।

दुर्गम क्षेत्रमा रहेको चौकीमा दैनिक एक\दुई जनामात्र सेवा लिन आउने कारण आफूहरु फुर्सदिलो भएकोे अनमी रीता भण्डारीले बताइन्। ‘कुनै दिन त सेवाग्राही नै आउँदैनन’, उनले भनिन्, ‘के गरेर बस्नु! सेवा बन्द गरेर घर जानु भएन।’

स्वास्थ्यचौकीमा कतिपय औषधि समयमै प्रयोगमा नआउँदा अवधिसमेत गुज्रिएको छ। चौकीमा प्रसूतिसहितको सेवा उपलब्ध भए पनि अधिकांश महिला घरमा नै सुत्केरी हुन्छन्।

लालबन्दी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक सुरेन्द्र खतिवडाले स्वास्थ्यचौकीमा महिनामा बल्लतल्ल ३०\३५ सेवाग्राही आउने गरेका जानकारी दिए।

स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई नगरपालिकाले आन्तरिक स्रोतबाट तलबको आठ प्रतिशत बढी सेवा सुविधा प्रदान गर्दै आएको छ। नगरको विकट क्षेत्रको स्वास्थ्य चौकी रहेका कारण त्यहाँ खटिने स्वास्थ्यकर्मीलाई सेवा सुविधाको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

ताजा अपडेट