कोरोनाको असर: सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा बन्द

कोरोनाको असर: सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा बन्द

शेर भण्डारी

डडेल्धुरा: धनगढीस्थित सेती प्रादेशिक अस्पतालले अनिश्चितकालका लागि प्रसूति सेवा बन्द गरेको छ। अस्पतालले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रसूति सेवा बन्द हुने जानकारी दिएको हो।

प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको र संक्रमितको उपचारका लागि थप शय्या आवश्यक रहेकाले हालका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालद्वारा जारी सूचनामा लेखिएको छ।

अस्पतालले यो अवधिमा आमा सुरक्षा कार्यक्रम लागू भएको धनगढीकै नवजीवन अस्पतालबाट सेवा लिनसमेत आग्रह गरेको छ। सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा अहिले ५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ।

यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ति:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डडेल्धुरामा ९७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

डडेल्धुरामा ९७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : कोरोना भाइरस परीक्षणका लागि डडेल्धुराका १९९ जनाको नमुना संकलन गरिएकोमा ९७ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट ९७ जनाको रिपोर्ट नेगेटिभ आएको हो। अन्य १०२ जनाको रिपोर्ट आउन बाँकी छ। यहाँका विभिन्न क्वारेन्टाइनमा बसेका मानिसहरूको गत चैत २७ गते ‘थ्रोट स्वाब’ संकलन गरिएको थियो। सोही दिन नमुना काठमाडौं पठाइएको थियो। डडेल्धुराका तीन स्थानबाट ‘थ्रोट स्वाब’ संकलन गरिरहेको थियो।

डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर मावि सादनीबाट कोरोना परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन गरिएको थियो।डडेल्धुरा बहुमुखी क्याम्पसमा ८१ जना, त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर माविमा ११८ जना गरी एक सय ९९ जनाको ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको थियो।

जसमा ९७ जनामा कोरोना भाइरस परीक्षण रिपोर्ट ‘नेगेटिभ’आएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर एंव कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।भट्टका अनुसार जिल्लाको भित्री मधेसमा रहेका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको रिपोर्ट नेगेटिभ आएको हो।

भित्रीमधेसबाट ११८ जनाको स्वाब संकलन गरिएको थियो। जसमा ९७ जनाको रिपोर्ट आएको छ भने भित्रीमधेसकै अझैं २१ जनाको आउन बाँकी छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि, एक जनाको रिपोर्ट आउन बाँकी

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि,  एक जनाको रिपोर्ट आउन बाँकी

हेल्थ टिभी अनलाइन \काठमाडौं : पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको हो । बुहारीमा भने पहिलो परीक्षणमा कोरोना नदेखिएको जनाइएको छ ।

गत चैत ५ गते बेलायतमा आएका एकै परिवारका तीन जनामा सोमबार र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। त्यसलगत्तै उनीहरुलाई पाटन अस्पताल भर्ना गरेर पीसीआर प्रविधिबाट नमुना परीक्षण गर्न थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु तीनै जना अहिले पाटन अस्पतालको आइसोलेसनमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना आशंकामा आइसोलेसनमा भर्ना भएका प्रहरी जवानको रिपोर्ट नेगेटिभ

कोरोना आशंकामा आइसोलेसनमा भर्ना भएका प्रहरी जवानको रिपोर्ट नेगेटिभ

हेल्थ टिभी अनलाइन \काठमाडौं:  कोरोनाको आशंकामा जिल्ला अस्पताल बैतडीमा आइसोलेसनमा उपचाररत एक प्रहरी जवानलाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ।

दार्चुला घर भएका ३२ बर्षीय प्रहरी जवानलाई रिपोर्ट नेगेटिभ आएसँगै सोमबार डिस्चार्ज गरिएको हो। सीमा प्रहरी चौकी झुलाघाटमा कार्यरत उनलाई ज्वरो आउने, पखाला लाग्ने र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार बैतडीको अस्पतालमा भर्ना गरिएको थियो।

आइसोलेसनमा भर्ना गरिएका उनको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका डा बसन्तराज जोशीले जानकारी दिए।

उनको थ्रोट स्वाबको नमुना परिक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्पेन र इटलीको जस्तै गल्ती गर्न खोज्दैछ सरकार

स्पेन र इटलीको जस्तै गल्ती गर्न खोज्दैछ सरकार

हेल्थ टिभी अनलाइन: कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले तीन सातादेखि लकडाउन गरेको छ । यो समय अझै लम्बिने संकेत पनि सरकारले दिइसकेको छ । तर सरकारको अहिलेसम्मको तरिका हेर्दा लकडाउनले मात्रै नै कोरोना नेपालबाट भाग्छ भनेको जस्तो गरेको देखिन्छ । यो कुरा बुझ्न जरुरी छ कि लकडाउनले मात्रै कोरोनामाथि विजय सम्भव छैन्। हो लकडाउनले एक नम्बरमा कोरोनाको संक्रमण फैलनबाट जोगाउँछ ।

सबै भन्दा महत्वपूर्ण फाइदा भनेको लकडाउनले हामीलाई कोरोना विरुद्धको युद्धमा पूर्णरुपमा तयार बस्न अमूल्य समय दिन्छ । अहिलेसम्मको अवस्था हेर्दा राज्य सही दिग्दर्शनको अभावमा अलमलिएको मात्र होइन चुकेको देखिन्छ । लकडाउनका यो ३ साता सरकारले पूर्णरुपमा खेर फालेको देखिन्छ । अर्काे कुरा विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा लकडाउन गरेका देशहरुमा पनि कोरोना संक्रमण बढिरहेको देखिन्छ । अझ हाम्रो जस्तो देश जहाँ खुला सिमाना छ । हजारौ, लाखौं मानिस अवैध बाटो प्रयोग गरेर समेत आइरहेका छन् । यस्तो देशमा लकडाउन गरेका छौं भनेर ढुक्क भएर बस्न झनै गाह्रो छ । लकडाउन पछि ३ लाख बढि नेपाली वैध अवैध बाटोबाट नेपाल प्रवेश गरेकोमा ८ हजार जना पनि क्वारेन्टाइनमा नभएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

इटली र स्पेनले गरेको ठूलो गल्ती भनेको कोरोना संक्रमित र अन्य बिरामी एउटै अस्पतालमा राख्नु नै प्रमुख मानिएको छ । उनीहरुले शुरुमा वास्ता गरेनन र सबै बिरामीलाई उनीहरु जहाँ आए त्यही उपचार गरे । तर पछि ती बिरामीले नै अस्पतालभरी संक्रमण फैलाए । इटलीको लोम्बार्डि क्षेत्रका उपप्रमुख कार्लो बोर्घेटीले पनि यो इटलीले गरेको सबैभन्दा ठूलो गल्ती मान्छन् । कुनै पनि जनरल अस्पतालमा कोरोनाका बिरामी वा कोरोना आशंका भएका बिरामी छिराउनै हुँदैन । यो तथ्यमा विश्वकै मेडिकल संसार, तथ्यांक तथा रिसर्चले एकै कुरा इंगित गर्दछन् कि कोरोना संक्रमित र कोरोना नभएका विरामी एकै अस्पतालमा हेरिनु हुँदैन्।

अमेरिकामा गरेको एक पछिल्लो अध्ययनले १० प्रतिशत बिरामीले लक्षण बिना नै ८० प्रतिशतलाई रोग सारिरहेको देखिएको छ । ५ संक्रमित मध्ये ४ जनामा त झनै लक्षण नै नदेखिई उसले अन्यमा रोग सारिरहेको देखिएको छ । कोरोना ग्रस्त देशमा झण्डै २० प्रतिशत हेल्थ केयर वर्करमा यो सरेको पाईएको छ । अमेरिका, इटली र स्पेन मात्रै होइन भारतका वर्कहार्ट तथा जसलोक अस्पतालमा एक जना बिरामीले मात्र ६० जना हेल्थ केयर वर्कर (डाक्टर सहित)मा कोेरोना सारेको एक हप्ता पनि भएको छैन्। यो सबै तथ्यलाई मध्यनजर राख्दै मेरो विचारमा सरकारले कोरोना संक्रमितको उपचारका लागि सेन्टर र छुट्टै अस्पताल छुट्याउनैपर्छ ।

तर अहिले हाम्रो देशका कुनै पनि अस्पताल हेर्नुस पूर्व देखि पश्चिम सम्म वा प्रादेशिक तथा काडमाडौँ कै अस्पतालमा समेत जुन अस्पतालमा कोरोना जाँच भइहरको छ त्यही सुत्केरी पनि गराइएको छ र अन्य विरामी समेत हेरिदैंछ । यसो गर्दा ती संक्रमण नै नभएका बिरामीलाई संक्रमण हुने सम्भावना उच्च छ । यो गल्ती इटलीपछि हामीले दोहोर्याउँदै छौं । इटली तथा स्पेन जस्तो विकसित र उत्कृष्ट सिस्टम भएको देशमा त त्यो हाल भयो भने हामी के गरौंला ? सोचौं त एकपटक ? त्यसैले हाम्रो सरकारले पनि सबै तिर छरिएर कोरोनाको उपचार गर्न लगाउनु हुदैन । यो तुरुन्तै रोकिनु पर्छ ।
मानव इतिहासमा कोरोना जति सजिलै सर्ने कुनै पनि रोग आजसम्म देखिएकै छैन । यूनिभर्सिटी अफ हेलसिंकी तथा विश्व स्वास्थ्य संगठनकै कुरालाई मान्ने हो भने कोरोना केहि हदसम्म हावाबाट पनि फैलन सक्ने देखिएको छ । नजिकैबाट सास लिंदा पनि यो रोग सर्नसक्छ भनिएको छ । हिजोसम्मको रिसर्च हेर्दा बन्द ठाँउ वा कोठामा यो रोगका किटाणु १३ फिटसम्म उड्न सक्ने देखिएको छ ।

त्यति मात्र होइन त्यस पछि यो भुईंमा सेटल हुने र त्यसलाई जुत्ताको माध्ययमबाट कुल्चिएर अन्य ठाँउमा समेत सार्न सकिने पनि प्रमाणित भइसकेको अवस्थामा कोरोना संदिग्धलाई निदान तथा उपचारका लागि छुट्टै सेन्टर तथा छुट्टै अस्पताल बनाउनैपर्छ । यो गर्न सकिएन भने भने त्यही आएका संक्रमितले अन्य बिरामीलाई सारेर जान्छन् । इटली र स्पेनमा यहि कारणले कोरोना बिरामीबाट डाक्टरमा र डाक्टरबाट अन्य रोगका बिरामीमा समेत सरेको देखिएको छ । यसलाई समेत रोक्नै पर्छ ।

अमेरिकामा गरेको एक पछिल्लो अध्ययनले १० प्रतिशत बिरामीले लक्षण बिना नै ८० प्रतिशतलाई रोग सारिरहेको देखिएको छ । ५ संक्रमित मध्ये ४ जनामा त झनै लक्षण नै नदेखिई उसले अन्यमा रोग सारिरहेको देखिएको छ । कोरोना ग्रस्त देशमा झण्डै २० प्रतिशत हेल्थ केयर वर्करमा यो सरेको पाईएको छ । अमेरिका, इटली र स्पेन मात्रै होइन भारतका वर्कहार्ट तथा जसलोक अस्पतालमा एक जना बिरामीले मात्र ६० जना हेल्थ केयर वर्कर (डाक्टर सहित)मा कोेरोना सारेको एक हप्ता पनि भएको छैन्। यो सबै तथ्यलाई मध्यनजर राख्दै मेरो विचारमा सरकारले कोरोना संक्रमितको उपचारका लागि सेन्टर र छुट्टै अस्पताल छुट्याउनैपर्छ । कोरोनाका विरामी वा संदिग्धलाई अन्य अस्पतालमा छिर्नै दिन हुंदैन । सबै बिरामीलाई एकै सेन्टर र अस्पतालमा हेर्न दिनै हुँदैन ।
यसको निम्ति यी उपायहरु अपनाउन सकिन्छ:

१. सम्पूर्ण अस्पतालका गेटमा नै स्टेरिलाईजेसन फुमिंग तथा स्प्रेइिग च्याम्बर बनाइनु पर्छ । यो छिमेकी भारतमा  १०,००० मा नै बनाएर तरकारी बजार, अस्पताल, प्रहरी कार्यालय तथा अफिस अगाडि राख्न शुरु गरिसकिएको छ । यसले बाहिर सर्फेसबाट छोएर किटाणु सार्ने सम्भावना कम गर्छ ।

२. छुट्टै कोरोना स्क्रिनिङ स्थल छुट्याइनु पर्छ । छुट्टै छाना मात्र भएको तर ओपनमा यो बनाउंदा कोरोना बिरामीबाट यो हेल्थ केयर वर्करमा सर्ने सम्भावना कम हुन्छ ।

३. कोरोना संदिग्ध बिरामी राख्ने आइसोलेसन सेन्टर तथा अस्पताल छुट्टै हुनुपर्दछ ।

४. कोरोना प्रमाणित बिरामी राख्ने अस्पताल अझै छुट्टै हुनुपर्दछ । संदिग्ध तथा प्रमाणित समेत एकै अस्पतालमा राखिनु हुँदैन्।

५. कोरोनाका संदिग्ध वा प्रमाणित बिरामी जाँच तथा उपचार गर्ने हेल्थ केयर वर्कर बस्ने खाने छुट्टै व्यवस्था सरकारले गर्नुपर्छ । अहिले बन्द भएका होटललाई यो कार्यमा उपयोगमा ल्याउन सकिन्छ । यसको निम्ति संदिग्ध बिरामी जाँच गर्नेलाई छुट्टै तथा प्रमाणित बिरामी जाँच गर्नेलाई छुट्टै होटलमा व्यवस्था गरिनु पर्दछ ।

६. स्वास्थ्यकर्मी आफैले पनि यो रोग सार्ने सम्भावना अत्यन्त बढी पाइएको हुँदा उनीहरुलाई पहिला सुरक्षित बनाउनुपर्याे ।

७. सम्पूर्ण सावधानी अपनाएर सुरक्षित रही नियमित अत्यावश्यक स्वास्थ्य सेवा चाहिने बिरामीहरु जस्तै डायलाइसिस, क्यान्सर केयर, छातीको क्रोनिक रोग, सिकिस्त बिरामी, मुटु रोग आदिका बिरामीको निम्ति छुट्टै स्वास्थ्योपचार चलाउनुपर्छ । यसको निम्ति छुट्टै एकिकृत अस्पताल तोकिनुपर्दछ ।

८. निम्न आय भएका व्यकितहरुको निम्ति अत्यावश्यक औषधि उपचारको निःशुल्क व्यवस्था मिलाउनुपर्दछ ।

९.सोसियल मिडियाको भरपूर फाइदा उठाउँदै सरकारले नै देशभरको निम्ति टेलिमेडिसिन सेवा प्रदान गर्ने कन्ट्रोल रुम, विशेषज्ञको एक टिम तथा हटलाइन नम्बर शुरु गर्नुपर्छ ।

१०. विश्व स्वास्थ्य संगठनले र्यापिड टेस्टलाई रिसर्चको लागी मात्र प्रयोग गर्नु भनेर स्पष्ट तोकेको अवस्थामा नेपालमा भने डाएग्नोसिसको लागी यो प्रयोग भइरहेको देखिन्छ । यो पूर्ण रुपमा रोकिनुपर्दछ । नभए यसले कोरोना बढाउने र अझै फैलाउने स्पष्ट छ । अहिलेसम्म पीसीआर विधि नै प्रमाणित विधि हो र यसको क्षमता १०औं गुणा बढी र २४सै घण्टा उपलब्ध गराउनु जरुरी छ । जबसम्म लाखौं टेस्ट हुंदैनन तबसम्म देशको स्थिति के छ भनेर पत्ता लाग्दैन । जबसम्म स्थिति पत्ता लाग्दैन तबसम्म लकडाउन खोल्ने वा आर्थिक गतिविधि शुरु गर्ने त सवालै उठ्दैन ।

११. भारतमा इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले कोरोना हेल्थ केयर वर्करलाई प्रोफाइलेक्टिक रmपमा हाइड्रोक्सिक्लोरोक्विनलाई स्विकार गरेको छ । यस्तो विषयमा हाम्रो देशको धारणा तथा निर्देश स्पष्ट हुनु जरुरी छ ।

१२. लकडाउन सधैं कायमगर्न सम्भव छैन, सुरक्षित ठाँउमा आर्थिक गतिविधि खुल्ला गर्नै पर्छ । कोरोनाबाट वृद्ध वृद्धा तथा क्रोनिक बिरामी सबैभन्दा जोखिममा छन्। कोरोना कन्ट्रोलमा आइसकेर युवा पुस्ता काममा जान थालेपछि पनि वृद्ध वृद्धा तथा क्रोनिक बिरामीहरmलाई केहि महिना अलगै राख्नु जरुरी देखिन्छ,नभए युवा पुस्ता कामबाट फर्केर यो कमजोर भल्नरेबल ग्रुपलाई सार्न तथा मार्न सक्ने सम्भावना भएको रोग हो ।

हामीले एकदमै स्पष्ट हुनुपर्छ की कोरोना पूर्ण रुपमा हामीलाई ज्ञान भएको रोग होइन । यो लेख आजसम्मको अध्ययन अनुसंधानमा आधारित छ । यसलाई समय सापेक्षरुपमा परिमार्जन गर्दै लानु पर्दछ । हुन त हाम्रो देशमा कोरोना महामारी कै रुपमा फैलिसकेको देखिन्न तर लकडाउन पश्चात गर्नैपर्ने कतिपय कार्य तथा उपायहरुमा हामी चुकीरहेको देखिन्छौं । अहिलेसम्म भयावह स्थिति आएको छैन् । तर समयमै माथि उल्लेखित बुँदाहरुमा ध्यान नदिने हो भने भित्र भित्रै आगो सल्के झै हुनसक्छ । हामीले अहिले नै ध्यान दिएनौं भने महामारी आएमा सम्हाल्नै सकिंदैन अनि नेपालको स्थिति पनि अमेरिका, स्पेन र इटली जस्तो नहोला भन्न सकिन्न ।

  • डा.सुनिल पाैडेल

    दुखाइ रोग विशेषज्ञ डा. पाैडेल स्पार्क हेल्थ हाेम अस्पतालका मेडिकल डाइरेक्टर हुन्।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

कोरोना सतर्कता : भारतले थप तीन साता लकडाउन गर्ने

कोरोना सतर्कता : भारतले थप तीन साता लकडाउन गर्ने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतले लकडाउनको समय पुन तीन साताका लागि लम्ब्याएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीलाई सम्बोधन गर्दै तीन साताका लागि मे ३ तारिखसम्म लकडाउनको समय थपेको बताए। उनले कोरोनासँग लड्न लकडाउन नै उपयुक्त उपाय भएकाले यो समय लम्ब्याएको जानकारी दिए ।

यसअघि भारत सरकारले तीन साताका लागि लकडाउन घोषणा गरेको थियो । भोलि सो समय सकिने भएकाले आजै उनले सम्बोधन गर्दै लकडाउनको समय थप गरेको जानकारी दिएका हुन्।

भारतमा हालसम्म १० हजार बढी कोरोना संक्रमित भइसकेका छन् भने ३३९ जनाको ज्यान गइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघ्यो, १९ लाख १९ हजार भन्दा बढी संक्रमित

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघ्यो, १९ लाख १९ हजार भन्दा बढी संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं: हालसम्म विश्वभरीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६ सय ६६ रहेको छ । यसैगरी संक्रमितको संख्या १९ लाख १९ हजार बढी रहेको छ ।

चीनबाट शुरु भएको कोरोना संक्रमणका कारण अमेरिकामा धेरै मानिसले ज्यान गुमाएका छन्। अमेरिकामा मात्रै २३ हजार बढी मानिसले ज्यान गुमाएको बताइएको छ । यसैगरी ५ लाख बढी मानिस संक्रमित भएका छन्। यो संख्या बढ्दो छ ।

विश्वभरीमा चार लाख ४५ हजार बढी मानिस उपचारपछि निको भएर घर गएका छन्। कोरोनाका कारण इटालीमा २० हजार ४ सय ६५ जनाको ज्यान गएको छ । यसैगरी एक लाख ५९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

संक्रमणबाट स्पेनमा १७ हजार ७ सय र फ्रान्समा १४ हजार ९ सयभन्दा बढीको ज्यान गएको छ । बेलायतमा पनि ११ हजार ३ सय २९ जनाको मृत्यु भएको छ । त्यसैगरी जर्मनीमा ३ हजार १ सय ९४, नेदरल्याण्डमा दुई हजार ८ सय र बेल्जियममा ३ हजार ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट ४ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै, भारतमा संक्रमितको संख्या बढेर १० हजार ४ सय ५३ पुगेको छ भने सामबारसम्म ३ सय ५८ जनाले ज्यान गुमाइसकेका छन् ।यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ५ हजार ४ सय ९६ पुगेको छ भने ९३ जनाले ज्यान गुमाएका छन् । उता बंगलादेशमा ५ जनाको मृत्यु भएको छ भने १ सय ८२ जना नयाँ संक्रमित भेटिएका छन्।  बंगलादेशमा सोमबारसम्म मृतकको संख्या ३९ पुगेको छ।

नेपालमा हालसम्म १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोना : संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु

भारतमा कोरोना : संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु

भारतमा २४ घण्टायता ७९८ जना नयाँ संक्रमित थपिएक छन्। सोमबार बिहानसम्म नौ हजार १५२ जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घण्टा यता ३५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०८ पुगेको छ।

भारतमा देखिएका संक्रमितमध्ये ८५७ जना उपचारपछि निको भएर घर फर्किएका छन्। मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ आठ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् ।

भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन्। यो राज्यमा मात्र संक्रमितको संख्या एकहजार ९८५ जना पुगेको छ।

महाराष्ट्रमा मात्र १४९ जनाको ज्यान गएको बताइएको छ। यहाँका २१७ जना उपचारपछि घर फर्किएका छन्। महाराष्ट्रपछि सबैभन्दा बढी बिरामी संक्रमित नयाँ दिल्लीमा छन्। नयाँ दिल्लीमा मात्र यसका एक हजार १५४ जना संक्रमित छन्।

त्यसैगरी तमिलनाडु राज्यमा छन्। तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या सोमबार बिहानसम्म एक हजार ७५ जना पुगेको छ। राजस्थान, मध्यप्रदेश, तेलंगना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमित भेटिएका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना रोकथाममा सहयोग बढाउँदै रेडक्रस

कोरोना रोकथाममा सहयोग बढाउँदै रेडक्रस

हेल्थ टिभी अनलाइन\काठमाडौं  : नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ रोकथाम र प्रतिकार्यका लागि आपतकालीन सेवा तीव्र पारेको जनाएको छ।

संक्रमण शुरु हुनेबित्तिकै रेडक्रसले आपत्कालीन अपरेसन सेन्टरलाई सक्रिय बनाएको रेडक्रसका उपमहामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिए। जोखिम न्युनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ, संयुक्त राष्ट्रसंघलगायतका निकायसँग आवश्यक समन्वय गरी काम भइरहेको उनले बताए।

समुदायमा चेतना कार्यक्रम, स्थानीय संघसंस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण, एफएम रेडियोमार्फत समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा रेडक्रसका युवा स्वयंसेवक परिचालित भएका छन्।

अग्रपंक्तिका स्वयंसेवकहरूले हात धुने अभियान, जानकारी पत्र वितरण, माइकिङ, औषधि छर्ने, मास्कहरूको वितरण गर्ने जस्ता कामहरु लकडाउनमा पनि स्थानीय निकायको सहकार्यमा गरिरहेका छन्। यस्तो गतिविधिबाट एक लाख ४२ हजार ५६ जना प्रत्यक्ष लाभान्वित भएको रेडक्रसले जनाएको छ।

क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्याउने गरी आगामी दिनमा प्रतिकार्य गतिविधिको कार्यविधि र कार्ययोजना तयार भइसकेको बताइएको छ। यस्तै सामुदायिक आवश्यकता र संलग्नताको अवधारणाबमोजिम जनचेतनामूलक र सहयोग कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन हुने रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले बताए।

रेडक्रसको निःशुल्क हटलाइन ११३० सञ्चालन गरिएको र यसमा लकडाउन लागू भएपछि १७५ टेलिफोनको सम्बोधन गरिएको रेडक्रसले जनाएको छ। विभिन्न तरिकाले फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दबाब, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउनतर्फ पनि वेब, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन जस्ता माध्यमबाट सञ्चार भइरहेको निर्देशक पौडेलले जानकारी दिए।

अस्पताल तथा स्वास्थ्य डेस्कमा खटिएका रेडक्रस स्वयंसेवक र कर्मचारीका लगि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरिएको जनाइएको छ। रक्तसञ्चार केन्द्रमा रगतको मागका लागि आउने बिरामीका आफन्तलाई पनि यस्तै सुरक्षाका उपाय अपनाइएको छ। रेडक्रसले शव व्यवस्थापनका लागि नेपाल प्रहरीको विपत् व्यवस्थापन विभागलाई १५०, धुलिखेल अस्पताललाई ५० थान र नेपाली सेनालाई ५० वटा शव व्यवस्थापन ब्याग उपलब्ध गराएको जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाका नयाँ स‌ंक्रमित सेती प्रादेशिक अस्पतालमा

कोरोनाका नयाँ स‌ंक्रमित सेती प्रादेशिक अस्पतालमा

हेल्थ टिभी अनलाइन\धनगढी : कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पताल धनगढीमा एकजना संक्रमित थपिएका छन्। यससँगै यो अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।

अस्पतालले सोमवार अपराह्न सार्वजनिक गरेको सूचनामा अस्पतालमा उपचाररत पाँचैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ। सोमवार मात्रै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएका लम्कीचुहा नगरपालिका—१ की ५२ वर्षीया महिलालाई सेती प्रदेशिक अस्पतालमा दिउँसो पुर्याइएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जाँचमा उनको नतिजा पोजेटिभ आएको हो। यसअघि उनको र्यापिड डाइग्नोसिस टेष्टको नतिजा नेगेटिभ देखिएको थियो। यही चैत १८ गते उनी श्रीमान्, दुई नातिनातिनासहित वीरगञ्जबाट बसमार्फत कैलालीको लम्की पुगेकी थिइन्। उनका छोराबुहारी भने भारतमा रहेको जनाइएको छ ।

बसबाट लम्की झरेका उनीसमेत १७ जनालाई त्यसै दिन नजिकैको क्वारेन्टाइनमा राखिएको थियो । र्यापिड डाइग्नोसिस टेष्टको नतिजा नेगेटिभ आएपछि चैत २९ गते उनीहरूलाई घर पठाइएको थियो।हालसम्म अस्पतालबाट प्रयोगशाला जाँच गरिएकामध्ये कोभिड—१९ को पोजेटिभ पाँचजनामा देखिएको छ। ९८ जनाको नतिजा नेगेटिभ आएको र १९ जनाको नतिजा आउन बाँकी रहेको समेत उल्लेख गरिएको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भक्तपुरका आठ अस्पतालमा ९८ आइसोलेसन

भक्तपुरका आठ अस्पतालमा ९८ आइसोलेसन

भक्तपुर\हेल्थ टिभी अनलाइन : जिल्ला स्वास्थ्य कार्यालयले कोरोना संक्रमणलाई दृष्टिगत गर्दै जिल्लामा रहेका अस्पतालको अवस्था र तयारीबारे अनुगमन थालेको छ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले कारोना संक्रमणको हब अस्पतालका रूपमा रहेको भक्तपुर अस्पताल दूधपाटी, डा. इवामुरा अस्पताल सल्लाघारी, सिद्धि स्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन गरेको छ ।

भक्तपुरका आठवटा अस्पतालमा ९८ शय्याको आइसोलेशन वार्ड तयार गरेको उनले बताए। हाल भक्तपुर अस्पतालमा १०, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा ६ र मध्यपुर अस्पताल ठिमीमा प्रस्तावित आठ शय्याको आइसोलेसन वार्ड तयार गरिएको छ।

काठमाडौं मेडिकल अस्पताल दुवाकोट शाखामा ७२, डा. इवामुरा मेमोरियलमा ६, नागरिक अस्पताल गठ्ठाघरमा तीन र सिद्धि स्मृति अस्पतालमा एक र क्यान्सर अस्पताल दूधपाटीमा प्रस्तावित पाँच गरी ९८ शय्याको वार्ड तयार गरेको स्वास्थ्य प्रमुख मिजारले जानकारी दिए।

यसैगरी यिनै अस्पतालहरूको समन्वयमा थप २७ श्ययाको आइसोलेशन वार्डसमेत विस्तार गर्न सकिने अवस्था रहेको उनको भनाइ छ। यी अस्पतालमा २३ शय्याको आईसीयू सञ्चालनको तयारी अवस्थामा रहेको र बाँकी १६ श्यया सञ्चालनका लागि प्रस्तावित अवस्थामा रहेका छन्।

जिल्लाको हब अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेसन शय्या बढाउन सकिने गरी तयारी अघि बढाएको जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘र्‍यापिड टेष्ट’का क्रममा पेप्सीकोलाका तीनजनालाई देखियो कोरोना संक्रमण, पाटन अस्पतालमा थप परीक्षण हुँदै

‘र्‍यापिड टेष्ट’का क्रममा पेप्सीकोलाका तीनजनालाई देखियो कोरोना संक्रमण, पाटन अस्पतालमा थप परीक्षण हुँदै

हेल्थ टिभी अनलाइन\काठमाडौं : पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारमा तीन जनाको ‘र्‍यापिड टेष्ट’मा पोजेटिभ आएको छ। कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई पाटन अस्पताल भर्ना गरिएको छ।

कागेश्वरी मनहरा नगरपालिका ९ मा पर्ने अपार्टमेन्टको ए बिल्डिङको १५औँ तल्लामा बस्ने एक परिवारको तीन जनालाई प्रारम्भिक परीक्षणका क्रममा संक्रमण देखिएको हो। अपार्टमेन्टका व्यक्तिहरूमा परीक्षण गर्दा पोजेटिभ देखिएको नगरप्रमुख कृष्णहरि थापाले बताए।

उनीहरू गत चैत ५ गते बेलायतबाट आएको बताइएको छ। उनीहरूमा सामान्य लक्षणसमेत नदेखिएको थापाले जानकारी दिए।

उनीहरूमा संक्रमण देखिएपछि सो अपार्टमेन्ट लक गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको ६ ‘टी’ को फर्मुला

कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको ६ ‘टी’ को फर्मुला

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले ६ टीको फर्मुला बनाई रणनिती बनाएर अघि बढेको बताएका छन्।

सोमबार नयाँ वर्षको शुभकामना दिंदै स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमण रोकथामका लागि आफूहरुले ६ वटा टीको फर्मुला बनाएर अघि बढेको बताएका हुन्। उनले ती ६ टी यसप्रकार रहेको बताएका छन् ।

१ .ट्राभल रेस्ट्रिक्सन
२. टेस्टिङ
३ .ट्रेसिङ
४ .ट्रयाकिङ
५. ट्रिटमेन्ट
६ .टुगेदर

पहिलो टी अर्थात ट्राभल रेस्ट्रिक्सन , ढकालले कोरोना संक्रमण रोक्ने एउटा उपाय स्वरुप नेपालमा राष्ट्रिय र अन्तराष्ट्रिय ट्राभल रेस्ट्रिक्सन गरेको जनाए । यसैगरी अर्को टी अर्थात टेस्टिङ वा परीक्षण, सरकारले परीक्षणको दायरा फराकिलो बनाउँदै सबै प्रदेशबाट परीक्षण शुरु गरेको जानकारी दिए ।

अर्को महत्वपूर्ण गर्नुपर्ने ट्रेसिङ पनि गरिरहेको उनले जानकारी दिए । संक्रमितसँग सम्पर्कमा आउनेको खोजी गरी परीक्षणमा ल्याउने काम गरिरहेको उनको भनाई थियो ।  अर्को टी हो ट्रयाकिङ अर्थात संक्रिमतको बारेमा सम्पूर्ण जानकारी राख्नु । ताकी उनीहरुबाट संक्रमण अरुलाई सर्न नपाओस।

उनले अर्को टी ट्रिटमेन्ट बताएका छन्। अर्थात उपचार ,कोरोना संक्रमणपछि सम्पूर्ण खर्च सरकारले गर्दै आएको भन्दै उनीहरुको उपचारमा कुनै कसर बाँकी नराख्ने पनि मन्त्री ढकालले प्रतिवद्धता व्यक्त गरे ।

अन्तिममा टुगेदर अर्थात सबै मिलेर कोरोनासँग लड्न सकिन्छ भन्ने हो । उनले सबै मन्त्रालय एवं सिंगो देश नै कोरोना विरुद्ध लागेको बताए ।  उनले यसरी ६ टीको फर्मुला बनाएको जिकीर गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

रौतहटमा पनि कोरोना संक्रमण देखियो, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

रौतहटमा पनि कोरोना संक्रमण देखियो, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज रौतहटका एक जना युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

उनले रौतहटका १९ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिएको पुष्टि गरे । यसैगरी आजै कैलालीमा पनि एकजना वृद्धामा संक्रमण देखिएको उनले जानकारी दिए । उनीहरु दुबैजनालाई उपचारका लागि आइसोलेसनमा लगिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप एकजनामा कोरोना पोजेटिभ, कैलालीकी एक महिलामा देखियो संक्रमण

नेपालमा थप एकजनामा कोरोना पोजेटिभ, कैलालीकी एक महिलामा देखियो संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्की चुहा नगरपालिका वडा नं १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकी महिलामा कोरोना पोजेटिभ देखिएको हो। टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । वीरगन्जमा व्यापार गर्दै आएकी उनी चैत ९ गते लम्की आएकी थिइन्। ५१ जना रहेको क्वारेन्टाइनबाट ४४ जनाको स्वाब नमुना संकलन गरिएको थियो। उनलाई सेती प्रादेशिक अस्पतालमा लाने तयारी गरिएको बताइएको छ ।

योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बेलायती प्रधानमन्त्री बोरिसले भने, स्वास्थ्यकर्मी नभएको भए मलाई जे पनि हुन सक्थ्यो

बेलायती प्रधानमन्त्री बोरिसले भने, स्वास्थ्यकर्मी नभएको भए मलाई जे पनि हुन सक्थ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं:  बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफनो उपचारमा खटिने स्वास्थ्यकर्मीको खुलेर प्रंशसा गरेका छन्। कोरोना संक्रमित जोनसन आइतबार अस्पतालबाट डिस्चार्ज हुने क्रमममा आफ्नो जीवन बचाइदिएकोमा स्वास्थ्यकर्मीहरूलाई उनले धन्यवाद दिए।

कोरोनाभाइरस संक्रमण देखिएको १० दिनपछि ५५ वर्षीय जोनसनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो। बिहीवार वार्डमा सारिनुअघि उनले अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताएका थिए ।

सामाजिक सञ्जाल ट्विटरमा राखेको भिडिओ सन्देशमा जोनसनले अस्पतालमा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीहरूको आफूले ठुलो साहस देखेको बताएका छन्।

प्रधानमन्त्री जोनसनका अनुसार अस्पताल बसाइका क्रममा स्वास्थ्यकर्मीहरूले दिनरात खटिएर हेरचाह गरेको भन्दै उनीहरु धन्यवादका पात्र भएको बताए ।
राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा पार्दै काम गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो।

स्वास्थ्यकर्मीको त्यो साहस, त्यो समर्पण, त्यो जिम्मेवारी र मायालाई धन्यवाद जसका कारण हाम्रो राष्ट्रिय स्वास्थ्य सेवा अजेय छ, प्रधानमन्त्री जोनसनले भने।

प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले जोनसन अब निवासमा आराम गर्ने जनाएको छ।

बीबीसी:

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

२४ घण्टामा ७९५ को परीक्षण, तीन जनामा संक्रमण

२४ घण्टामा ७९५ को परीक्षण, तीन जनामा संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालमा हालसम्म पीसीआर प्रविधिबाट ५ हजार १ सय ८४ जनाको कोरोना नमुना परीक्षण गरिएको छ । यसैगरी र्यापिड डाइग्नोष्टिक किट मार्फत ३ हजार ३ सय २१ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

२४ घण्टामा ७ सय ९५ जनाको परीक्षण भएको र ती मध्ये ३ जनामा संक्रमण देखिएको डा देवकोटाले जानकारी दिए । आज कोरोना संक्रमण पुष्टि भएकाहरु भारतीय हुन्। ३७, ४४ र ५५ वर्षका पुरुषमा कोरोना पोजटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना पुष्टि भएकाको संख्या १२ पुगेको छ ।

पर्साको बिरगंज महानगरपालिका छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जनामा कोरोना देखिएको हो । उनीहरुलाई नारायणी अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

आजसम्म क्वारेन्टाइनमा रहेकाको संख्या ७ हजार ९ सय ९३ छ । यसैगरी विभिन्न अस्पतालमा आइसोलेसनमा रहेकाहरुको संख्या ८५ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लकडाउनका बेला अनलाइन अर्डर गर्नुस्, घरमै पुग्छ औषधि

लकडाउनका बेला अनलाइन अर्डर गर्नुस्, घरमै पुग्छ औषधि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: लकडाउनका बेला औषधि सकिएर के गर्ने भन्ने सोचाईमा हुनुहुन्छ ? महाराजगंजस्थित मेट्रो काठमाडौं अस्पताल परिसरमा रहेको ट्वान्टी फोर सेभेन फार्मेसीले घर घरमा औषधि पुर्याउँदै आएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले तीन साताका लागि लकडाउन गरेको छ । त्यसलै कोही पनि घरबाहिर निस्कन पाएका छैनन् भने यातायात पनि चलेका छैनन्।

सरकारले औषधि पसललाई खोल्न दिने भने पनि सर्वसाधारण फार्मेसीसम्म जान सकिरहेका छैनन्। बिरामीको यही  समस्या मध्यनजर गर्दै अर्डर अनुसार घर घरमा ओषधि पुर्याउँदै आएको ट्वान्टी फोर सेभेन फार्मेसीका सिईओ जागृत ओझाले जानकारी दिए । उनले भने, ‘हामीले बिरामीको आवश्यकता महशुस गरेर अर्डर बमोजिम औषधि घर घरमा पुर्याउँदै आएका छौं । यसका लागि हामीले एप्स बनाएका छौं जुन एप प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ ।’

उनले ट्वान्टी फोर सेभेनको फेसबुक पेज र वेभसाइटबाट पनि औषधि अनलाइन अर्डर गर्न सकिने जनाए । हाललाई काठमाडौं, भक्तपुर, ललितपुर र पोखरामा औषधि पुर्याउँदै आएकोमा यसको दायरा बढाउँदै लाने पनि उनले जानकारी गराए । औषधिलाई सुरक्षित तरिकाले फर्मासिष्टद्धारा सेनिटाइज गरी प्याक गरेर पठाउने गरिएको छ ,उनले भने ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

डडेल्धुरा अस्पतालबाट भागेका दुबै जनाको रिपोर्ट ‘नेगेटिभ’

डडेल्धुरा अस्पतालबाट भागेका दुबै जनाको रिपोर्ट ‘नेगेटिभ’

हेल्थ टिभी अनलाइन \डडेल्धुरा:  डडेल्धुरास्थित डडेल्धुरा अस्पतालबाट भागेका दुई जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

कोरोनाको आशंका गरिएका उनीहरु भागेपछि अस्पतालमा खैलाबैला मच्चिएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले उनीहरुको नमुना परीक्षण गर्न काठमाडौं पठाइएको र आज रिपोर्ट नेगेटिभ आएका बताए ।

कोरोना संक्रमणको आशंकामा डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका उनीहरु शनिबार दिउँसो अस्पतालबाट भागेका थिए। उनीहरु कुनै जानकारी बिना अस्पतालबाट गएको डा विष्टले जानकारी दिए ।

उनीहरु चैत २५ गते अस्पतालमा भर्ना भएका थिए। दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना संक्रमणको आशंकामा सोही दिन स्वाब परीक्षणका लागि नमुना संकलन गरेर चैत २६ गते काठमाडौं पठाइएको थियो।

अस्पतालबाट भागेका उनीहरूहरु भागेश्वर गाउँपालिका ३ नानीगाडका स्थानीय हुन्। उनीहरू आमा–छोरा रहेको पनि अस्पतालले जनाएको छ । केही दिनअघि मात्र छोरा भारतबाट आएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, तीनैजना भारतीय नागरिक

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, तीनैजना भारतीय नागरिक

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।तर उनीहरु तीनैजना भारतीय नागरिक हुन् । उनीहरु भारतबाट आएर केही दिनदेखि वीरगञ्जमा बस्दै गरेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार रातीसम्म गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो ।उनीहरुको परीक्षण यसअघि हेटौंडास्थित प्रयोगशालामा भएको थियो । त्यहाँ  उनीहरुमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

अब योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ ।

ताजा अपडेट