सेती अस्पतालको आईसोलेसनमा भर्ना भएका ५ जनाको रिपोर्ट नेगेटिभ

हेल्थ टिभी अनलाइन\काठमाडौं :  कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कैलालीका ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो। आईतबार कोरोना आशंकामा कैलालीका पाँच जना सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका थिए। उनीहरु मध्ये गौरीगंगा नगरपालिकाका २९ वर्षीय पुरुषमा आरडीटी टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखाएको थियो।

कोरोना जस्तै लक्षण देखाएपछि आईतबार नै कैलालीको कैलारी गाउँपालिका–१ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका–५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उप महानगरपालिका–१३ का ३० वर्षीय पुरुष आइसोलेसनमा भर्ना भएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना नियन्त्रणमा खटिएका चिकित्सकमा नै संक्रमण देखियो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्य सेवा विभागमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण देखिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काजमा राखिएका एक चिकित्सकमा कोरोनो पोजेटिभ देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पुष्टि गरे । उनले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणकै लागि हामीले खटाएका एक चिकित्सकमा कोरोना देखिएको हो । उनी हालसालै कपिलवस्तु र रुपन्देहीमा कन्ट्याक्ट ट्रेसिङमा गएर आएका थिए ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज काठमाडौं उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको बताएका थिए । ती ५ मध्ये ललितपुर निवासी चिकित्सक रहेको पाइएको छ। उनी नेपालमा कोरोना संक्रमण हुने पहिलो चिकित्सक हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अबदेखि जोकोहीले पनि स्वेच्छाले कोरोना परीक्षण गर्न पाउने

हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले अबदेखि आफ्नो इच्छाले जुनसुकै व्यक्तिले कोरोना परीक्षण गर्न पाउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अबदेखि व्यक्तिलाई केही शंका लाग्यो भने वा कुनै लक्षण नै नदेखिए पनि आफनो अनुसार कोरोना परीक्षण गर्न पाउने भएको बताएका हुन्।

उनका अनुसार त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्ड पूरा गरेको संस्था हुनुपर्नेछ। उनले भने, ‘अबदेखि कसैलाई आफूमा कोरोना छ वा छैन् भन्ने परीक्षण गरेर ढुक्क हुन मन लाग्यो भने तोकिएको स्वास्थ्य संस्थामार्फत सेवा लिन सकिने छ ।’

उनका अनुसार यस्ता संस्थाले अनिवार्य व्यक्तिको गोपनियता कायम राख्नुपर्ने र रिपोर्टको अभिलेख राख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई नियमित रिपोर्टिङ गर्ने शर्तमा स्वदेशी तथा विदेशी नागरिकले तोकिएको दररेटमा पीसीआर र आरडीटी दुबै विधिबाट परीक्षण गर्न पाइनेछ ।  यसअघि सरकारले तोकेको मापदण्डभित्र परेकाले मात्र कोरोना परीक्षण गर्न पाउने थिए । आफूले चाहेर मात्र कोरोना परीक्षण हुँदैनथ्यो । सो मापदण्डभित्र परेको हुनुपर्ने थियो ।

सेवा दिने संस्थाले यसको परीक्षण शुल्क भने सरकारको मापदण्ड भित्र रही निर्धारण गर्न सक्नेछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आजै थपिए २७ जना संक्रमित, संक्रमितको संख्या ४०२ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै विभिन्न जिल्लामा गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ ।

मन्त्रालयका अनुसार झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २, काठमाडौंका ३, ललितपुरका १, भक्तपुरका १, मकवानपुरका १, रामेछापका १, सिन्धुलीका १, नवलपरासीका १, लमजुङका १ र कपिलवस्तुका ४ गरी २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुमध्ये २४ जना पुरुष र ३ जना महिला रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नरैनापुरका संक्रमित आइसोलेसनमा जान मानेनन्

घर जान पाउनुपर्ने माग

नरैनापुरका संक्रमित आइसोलेसनमा जान मानेनन्

हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँकेको नरैनापुरमा सोमबार पुष्टि भएका ५९ जना संक्रमित संक्रमण पुष्टि भएको २४ घण्टा बित्न लाग्दा पनि  क्वारेन्टाइनमै रहेका छन्।

संक्रमित आफै आइसोलेसनमा जान नमानेपछि अन्यौल भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताए । उनले भने, ‘आइसोलेसनको वारेमा छलफल भइहरेको छ तर मुख्य कुरा संक्रमित नै आइसोलेसनमा जान नमानेपछि समस्या भएको हो । उनीहरुले घर जान पाउनुपर्ने माग गरिहेका छन्।’  उनका अनुसार ३५ जना संक्रमितलाई नेपालगंजको कोहलपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने निर्णय भएर एम्बुलेन्स लिन जाँदा पनि संक्रमित आउन मानिरहेका छैनन्।

आज बिहान मात्रै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ समेत नेपालगंज पुगी बाँकेमा क्वारेन्टाइन, आइसोलेसन कसरी व्यवस्थित गराउने भन्ने विषयमा छलफल गरेर फर्केका थिए । संक्रमितलाई नजिकैको अर्को विद्यालयमा सारिएको डा थापाले बताए ।

नरैनापुरमा आइतबार मात्र २५ वर्षीय युवकको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । त्यसपछि उनीसँगै रहेका थप ५९ जनामा कोरोना पुष्टि भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । त्यहाँ हालसम्म १ लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा १ लाख १ हजार १३९ जनामा कोरोना पुष्टि भएको छ भने ३ हजार १६३ जनाको ज्यान गइसकेको छ । यसैगरी गत २४ घण्टामा मात्रै लगभग ५ हजार संक्रमित थपिएका छन्। यसैगरी १३४ जनाको मृत्यु भएको बताइएको छ ।

हालसम्म ३९ हजार १ सय ७४ जना उपचारपछि निको भएर घर फर्केका छन्। भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । महाराष्ट्रमा मात्रै ३५ हजार बढी संक्रमित फेला परेका छन्। कोरोना रोकथाम र नियन्त्रणका लागि भारत सरकारले झण्डै दुई महिनादेखि देशभर लकडाउन जारी राखेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

रोल्पा अस्पतालको आइसोलेसनमा मिर्गौला रोगी युवकको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं :  रोल्पा अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइरहेका एक युवकको मृत्यु भएको छ । २२ वर्षीय मिर्गौला रोगी उनलाई ज्वरो आएपछि अस्पताल लगिएको बताइएको छ।

दुबै मिर्गौला फेल भएका उनले काठमाडौंमा उपचार गराउँदै आएका थिए । केही दिनअघि मात्र रोल्पा पुगेका उनलाई उच्च ज्वरो आएपछि रोल्पा अस्पताल लगिएको थियो । आइतबार अस्पतालका भर्ना भएका उनको सोमबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु भएपछि कोरोना संक्रमणको परीक्षण गर्नका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालले जनाएको छ ।

उनको रिपोर्ट भने आउन बाँकी छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार धनुषाका २ जना पुरुष, खोटाङ हलेसीका १ जना, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेख आठबीसका १ जना पुरुष, सुुनसरीका १ र झापाका १ गरी १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाँकेमा कोरोना संक्रमण भएका ४७ जना नै भारतबाट आएको खुलासा

सबै संक्रमित नरैनापुरको क्वारेन्टाइनका

बाँकेमा कोरोना संक्रमण भएका ४७ जना नै भारतबाट आएको खुलासा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेको नरैनापुरमा आज एकैपटक ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नरैनापुरका ४६ जना पुरुष र १ जना महिलामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्। उनीहरु सबै नरैनापुरका रहेका छन्।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले आज संक्रमण पुष्टि भएका सबै नरैनापुरको क्वारेन्टाइमा रहेका भएको बताएका छन्। उनले भने, ‘उहाँहरु सबै भारतबाट आएर नरैनापुरको क्वोन्टाइनमा बस्नुभएको थियो । आज उहाँहरु मध्ये ४७ जनामा संक्रमण देखिएको हो ।’

उनका अनुसार नरैनापुरमा तीनवटा क्वोन्टाइन रहेको र त्यहाँबाट २६३ जनाको स्वाब संकलन गरिएको मध्ये १९२ जनाको मात्र रिपोर्ट आएको छ । अन्य रिपोर्ट भने आउन बाँकी छ ।

यसअघि पनि नरैनापुरमै ८ जना संक्रमित पुष्टि भएको थियो । उनीहरुलाई दाङको बेलझुण्डीमा क्वारेन्टाइनमा राखिएको छ । यसैगरी आइतबार मात्रै नरैनापुरकै क्वारेन्टाइनमा रहेका एक युवकको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाँकेमा एकै दिन ४७ जनामा कोरोना संक्रमण

बाँकेमा एकै दिन ४७ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एकैपटक ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेको नरैनापुरको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको हिजो मात्रै कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । भारतमा रहेका धेरै नेपाली स्वदेश फर्किरहेकाले बाँकेलाई कोरोनाको उच्च जोखिममा राखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

धनकुटाकी संक्रमित नर्सले हेरेकी बिरामी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, प्रसुती वार्ड सिल गरियो

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई आजदेखि सिल गरिएको छ ।

जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा उनको सम्पर्कमा आएकी एक जना बिरामी अस्पतालमा भएको पत्ता लागेपछि अस्पतालको प्रसुती वार्ड सिल गरिएको हो। प्रसुती वार्डका प्रमुख डा मोहन रेग्मीले एक जना बिरामी संक्रमित नर्सले धनकुटाबाट रिफर गरी वीपीमा पठाएको पाइएपछि केही समयका लागि वार्ड सिल गरिएको बताए ।

उनका अनुसार महिलाले धनकुटा अस्पतालमा बच्चा जन्माएकी र इन्फेक्सन भएपछि संक्रमित नर्सले नै वीपी जान भनेको पाइएको छ ।  संक्रमित नर्सको सम्पर्कमा महिला आएकाले उनलाई यतिखेर छुट्टै आइसोलनेसनमा राखिएको छ । यसैगरी अस्पतालले महिलाको स्वाब संकलन कार्य भइरहेको र उनको रिपोर्ट नआउन्जेलका लागि प्रसुती वार्डमा बिरामी नलिने जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा देखिएन कोरोना

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

उनका नवजात शिशुसहित परिवारका ५ जनामा कोरोना संक्रमण परीक्षण गरिएको थियो । ती पाँचैजनामा कोरोना रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ । गत बिहिबार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको कोरोनाको कारण मृत्यु भएपछि नवजात शिशुसहित उनको सम्पर्कमा आउने व्यक्तिहरुको कोरोना परीक्षण गरिएको थियो ।

उनी नेपालको कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन्। उनको मृत्यु पश्चात मात्र कोरोना भएको पुष्टि भएको थियो । उनको मृत्यु पश्चात नवजात शिशुमा कोरोना सरेको छ की भन्ने सबैको चिन्ता र चासोको विषय बनेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

फेरी थपिए ९ जना संक्रमित, संक्रमितको संख्या ३०४ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान विज्ञप्ति  जारी गर्दै थप ९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट इशनाथ नगरपालिकाका ७ जना पुरुष, रौतहटकै माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिला र बारा करैयामाई निवासी ३८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ । मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, ३ लाख बढीले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ४८ लाख बढी मानिसको मृत्यु भइसकेको छ ।

गत डिसेम्बरको अन्तिमबाट शुरु भएको कोरोना भाइसको संक्रमणको कारण ४८ लाख १ हजार ८७५ जनाको ज्यान गएको बताइएको छ । वर्ल्डोमिटर अनुसार २१३ देशमा फैलिएको कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३ लाख १६ हजार ६७१ रहेको छ । विश्वमा पछिल्लो २४ घण्टामा मात्रै ८२ हजार २७५ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६१७ जनाले ज्यान गुमाएका छन्। यसैगरी १८ लाख ५८ हजार ६७० जना निको भएर घर फर्केका छन्। कोरोना २१३ देशमा फैलिएको भए पनि संक्रमित मध्ये लगभग ७१ प्रतिशत १० देशमा रहेको बताइएको छ । ३४ लाख बढी संक्रमित १० देशमा रहेका छन्।

विश्वको एक तिहाई संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म १५ लाख २७ हजार ६५४ जनामा संक्रमण देखिएको छ । यसैगरी मृत्यु हुनेको संख्या नै ९० हजार ९७८ पुगिसकेको छ । यसैगरी बेलायतमा ३४ हजार ६३६ जनाको मृत्यु भएको छ । यसैगरी संक्रमितको संख्या २ लाख ४३ हजार ६९५ रहेको छ । स्पेनमा हालसम्म २७ हजार ६५० जनाले ज्यान गुमाएका छन्। यसैगरी इटलीमा ३१ हजार ९०८ जनाले ज्यान गुमाएका छन। फ्रान्समा पनि २८ हजार बढीको मृत्यु भएको छ

भारतमा हालसम्म ९० हजार ९२७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ८७२ रहेको छ । नेपालमा भने हालसम्म २ जनाको ज्यान गएको छ भने २९५ जनामा संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लकडाउन जेठ २० सम्म लम्बियो

लकडाउन जेठ २० सम्म लम्बियो

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले जारी रहेको लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना सम्बन्धी उच्चस्तरीय समितले यसअघि नै संक्रमितको संख्या बढ्दै गएकाले जोखिम कायम भएको भन्दै लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि देशभर लकडाउन गरेको छ। अन्तिमपटक थपिएको लकडाउनको समय भोलि अर्थात जेठ ५ गतेसम्म रहेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

धनकुटा र विराटनगरका ३ जनामा कोरोना संक्रमण देखियो

हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा थप३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले विज्ञप्ति जारी गर्दै धनकुटामा १ र विराटनगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटा निवासी ३४ वर्षीय महिला र मोरङ विराटनगर निवास ि२९ वर्षीय महिला र ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगको मन्त्रालयले जनाएको छ । हालसम्म उपचापछि निको भएर घर फर्किनको संख्या ३६ रहेको छ भने कोरोनाका कारण २ जनाको ज्यान गएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

निजी तथा सामुदायिक अस्पतालले पनि आरडीटी विधिबाट कोरोना परीक्षण गर्न पाउने

हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सरकारले निजी तथा सामुदायिक अस्पताललाई पनि कोरोना परीक्षण गर्न अनुमति दिने भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अबदेखि निजी तथा सामुदायिक अस्पतालले पनि आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने बताएका हुन्। उनले भने, ‘हामीले निजी तथा सामुदायिक अस्पतालमा आरडीटी विधिबाट परीक्षणका लागि निर्देशिका जारी गरेका छौँ। योसँगै अब निजी तथा सामुदायिकअस्पतालले आरडीटी विधिबाट गरिने परीक्षणका लागि अनुमति लिन सक्नेछन्।’

उनका अनुसार आरडीटी माध्यमबाट कोरोना परीक्षण सेवा दिन चाहने अस्पतालले उपत्यकाको हकमा स्वास्थ्य सेवा विभाग र उपत्यकाबाहिर प्रदेश स्वास्थ्य निर्देशनालयसँग अनुमति लिनुपर्नेछ ।

कोरोना परीक्षणको अनुमति पाएर परीक्षण सुरु गर्ने अस्पतालले परीक्षणको विवरण अनिवार्य रुपमा राख्नुपर्ने र रिपोर्ट दैनिक रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य रुपमा पठाउनु पर्ने बताइएको छ ।

डा देवकोटाका अनुसार आरडीटी विधिबाट परीक्षण गरिएको शुल्क निजी र सामुदायिक अस्पतालले लिन सक्नेछन् तर यस्तो शुल्क खरिद गरेको मूल्यको भन्दा बढीमा २० प्रतिशतमात्र बढी लिन पाइने छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा कोरोनाको कारण दोस्रो मृत्यु, बाँकेका २५ वर्षीय युवकले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  बाँके नरैनापुरका एक जना व्यक्तिको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  बाँकेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको जनाएको हो ।

योसँगै नेपालमा कोरोनाको कारण दुई जनाको ज्यान गएको छ। हिजो मात्रै सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको ज्यान गएको थियो ।

बैशाख ३० गते भारतबाट आएका उनलाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो । शनिबार राती एक्कासी बान्ता गरेका उनको बिहान हुन नपाउँदै मृत्यु भएको बताइएको छ । शनिबार नै उनको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षणका लागि लगिएको थियो । उनको रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतले नेपाललाई दियो ३० हजार पीसीआर किट

भारतले नेपाललाई दियो ३० हजार पीसीआर किट

 हेल्थ टिभी अनलाइन\ काठमाडौं:  भारत सरकारले नेपाललाई (कोभिड १९) कोरोना परीक्षणका लागि आवश्यक पर्ने पीसीआर टेस्ट किट सहयोग गरेको छ।

आइतबार भारतका राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालय पुगी पीसीआर टेस्ट किटहरु हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ३० हजार पीसीआर किट सहयोग स्वरुप हस्तान्तरण गरिएको हो। यसअघि पनि भारतले नेपाललाई औषधि लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना सतर्कता: लकडाउनले सुनसान डडेल्धुरा (फोटो फिचर)

शेर भण्डारी \डडेल्धुरा : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। लकडाउनका कारण देशका मुख्य सहरहरू यतिबेला सुनसान छन्।

यसैगरी सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्र मानिने डडेल्धुरा पनि सुनसान देखिएको छ। फाट्टफुट्ट रुपमा मोटरसाइकल र खाद्यान्न बोकेका सवारीहरु चलेपनि सर्वसाधारण घरबाहिर निस्केका छैनन्।

हेरौं तस्वीरहरु :

ताजा अपडेट