Health TV Online
Health TV Online
Health TV Online

चिसाे माैसममा स्वस्थ रहने काइदा

चिसाे माैसममा स्वस्थ रहने काइदा

पुस लागिसक्दा चिसो बढेको छ। जाडोमा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ।  शरीरमा प्रतिरक्षा प्रणालीमा ह्रास आउँछ। त्यसैले यो वेला विशेष सावधानी अपनाउनुपर्छ। शरीरलाई न्यानो राख्न र स्वस्थ बन्न यी प्राकृतिक प्रक्रिया अपनाउन सकिन्छ–

तातो खाना

जाडोमा तातो र हल्का भोजन गर्नु उचित हुन्छ। यसले ब्याक्टेरियाबाट लड्न समेत मद्दत गर्छ। चिसो मौसममा हल्का र तातो भोजनले प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ।

चिसो पेय पदार्थमा बन्देज

चिसो खाना र चिसो पेय पदार्थले पाचन रसको प्रभावलाई कम गर्छ। यसबाट विषाक्त पदार्थको निर्माणमा वृद्धि हुन्छ । त्यसैले जाडो मौसममा प्रतिरक्षा प्रणालीमा सुधारका लागि चिसो खाद्य पदार्थ र पेय पदार्थ नजिकै पर्न नदिनुस्।

पर्याप्त निद्रा

मानव शरीरलाई आवश्यक पर्ने महत्त्वपूर्ण तत्त्व हो, निद्रा। प्रतिरक्षा क्षमता वृद्धिका लागि चिसो मौसममा पर्याप्त निद्रा आवश्यक हुन्छ।

जडीबुटीको प्रयोग

खानामा अश्वगन्धा, अमला, तुलसी जस्ता जडिबुटी समावेश गर्नु लाभदायक हुन्छ । यी जडिबुटीलाई चियाका रूपमा वा तातोपानीमा हालेर प्रयोग गर्न सकिन्छ। यी जडिबुटीले शरीरको प्रणाली रोग प्रतिरोधी क्षमतालाई बढाउन मद्दत गर्छ।

खानामा मसला

खानामा मसलाको प्रयोग बढाउनु पनि जाडोमा लाभदायक हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता बढाउनमा सहयोग गर्छ । जिरा, धनियाँ, अदुवा, दालचिनी, ल्वाङ, अलैँची, जाइफल र मरिच जस्ता मसलाकाे मात्रा बढाउन सकिन्छ। यसले शरीर न्यानो बनाउँछ रुघाखोकी तथा ज्वरोको समस्याबाट बचाउँछ।

यसरी नुहाउनुस्

स्वस्थ रहन नुहाउनु त पर्छ नै। त्यसैले जाडोमा नुहाउनको लागि मनतातो पानीको व्यवस्था गर्नुपर्छ। त्यसमा केही मात्रामा तुलसीपत्र र नुन राखेर नुहाउँदा रोगसँग लड्ने क्षमता बढ्छ।

तेलको मालिस

नुहाइसकेपछि मनतातो तेलले शरीरमा मालिस गर्न सकिन्छ। तिल, बदाम वा ताेरीको तेल उपयोग गर्दा मांसपेशी बलियो हुन्छ। मसाजले रक्तसञ्चार बढाउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

चितवनमा तरकारी र फलफूलमा विषादी परीक्षण प्रयोगशाला

चितवनमा तरकारी र फलफूलमा विषादी परीक्षण प्रयोगशाला

चितवन : जिल्लामा विषादी अवशेष द्रुत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ। भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण मंगलबारदेखि शुरु गरिएको हो। प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो।

प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक आठ\दशवटा फरक–फरक ठाउँबाट नमुना लिएर परीक्षण गर्नेछ। एउटा परीक्षण गर्न आधा घण्टा हाराहारी लाग्ने गर्छ। परीक्षण गर्दा खान अयोग्य देखिएमा बिक्री गर्न बन्देज लगाइने छ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार परीक्षण विधिलाई ‘आरबीपीआर’ (विषादी अवशेष द्रुत विश्लेषण) भनिन्छ। यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्छ।  ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ।

प्रदेश सरकारले चितवनमा जस्तै हेटौँडा, ललितपुर, नुवाकोट र काभ्रेको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न आवश्यक उपकरण र सामग्री हस्तान्तरण गरेको छ। पाँच स्थानका लागि एक करोड ८० लाखको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायनलगायत खरिद गरिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगन्द्रकुमार कार्कीले जानकारी दिए।

प्रयोगशालासँग प्रतिघण्टा तरकारी र फलफूलको ३० वटासम्म नमुना परीक्षण गर्ने क्षमता रहेको छ। पाँचवटै प्रयोगशालाका लागि तीन–तीन जना प्राविधिकलाई प्रयोगशाला सञ्चालनसम्बन्धी तालिम दिइएको छ भने दुई–दुई जना स्वयंसेवकलाई खटाउने मन्त्रालयले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

यी नराम्रा बानी : जसले राेगी बनाउँछ, आयु छोट्याउँछ

यी नराम्रा बानी : जसले राेगी बनाउँछ, आयु छोट्याउँछ

स्वस्थ रहौँ, दीर्घजीवी बनौँ भन्ने चाहना नहुने को होलान्? सबैलाई स्वस्थ भएर वर्षौँवर्ष बाँच्ने मन हुन्छ। तर जानी नजानी गरेका गल्तीले हामीलाई रोगी बनाइदिन्छ र चाँडै मृत्युको मुखमा धकेलिदिन्छ।

जीवनयापनका क्रममा हामी त्यस्ता थुप्रै गल्ती दोहोर्‍याउँछौ, जसले हामीलाई समयअघि नै रोगी, जीर्ण, बुढो बनाउँछ ।  हामी समयभन्दा अगाडि नै थला पर्छाैँ। मृत्युवरण गर्न पुग्छौँ।

कुरा सामान्य हुन्, तर त्यही सामान्य कुराले हामीलाई समयभन्दा छिटो बुढो बनाउँछ।

बेलुकी ढिलाे सुत्नु र बिहान अबेर उठ्नु

अचेल शहरी जीवनशैलीमा राति अबेरसम्म बस्ने र बिहान अबेरसम्म सुत्ने चलन आइसकेको छ। यो एकदमै अस्वस्थ्यकर बानी हो । बिहान सूर्योदय हुने बेलासम्म सुत्नु स्वास्थ्य जीवनशैली होइन। बिहान सूर्योदयअघि उठ्नु स्वास्थ्यका लागि अति फाइदाजक छ। बिहान घाम उदाउनुअघि नै उठ्नु, व्यायाम गर्नु, नुहाइधुवाइ गर्नु स्वस्थ जीवनका सूत्र हुन्। यतिबेला वायुमण्डलमा चल्ने वायुलाई प्राणवायु भनिन्छ । फोक्सोले यो वायुग्रहण गर्छ। याे शरीरका लागि अत्यन्त फाइदाजनक हुन्छ ।

चिन्ताग्रस्त रहनु

चिन्ता मानविय स्वभाव हो। संसारमा चिन्ता नहुने मानिस को होलान्? तर चिन्ताले चितामा पुर्‍याउँछ भन्ने नेपाली उखानै छ। चिन्ता हुन्छ, तर त्यसलई व्यवस्थापन गर्नुपर्छ। चिन्ता कुनै पनि समस्याको समधान होइन।  जतिसुकै चिन्ता लिए पनि समस्या टर्ने होइन। त्यसैले चिन्ता लिनुको अर्थ छैन।  चिन्ताले शरीरलाई रोगी र जिर्ण बनाउँछ। जीवनमा उमंग, उत्साह, उर्जा हराउँछ। त्यसैले चिन्ता व्यवस्थापन गर्नुपर्छ।

बिहान यौनसम्पर्क

स्वास्थ्य जीवनशैली अपनाउने हो भने बिहानको सुरुवात शौचक्रिया, व्यायाम, योग र प्राणायाम आदिबाट गर्नुपर्छ। बिहान यौनसम्पर्कले दिनभरको काम प्रभावित बनाइदिन्छ। बिहान सम्भोग गर्दा राख्दा शरीरको प्रतिरोधात्मक क्षमता पनि घट्छ। त्यसैले बिहान यौन सम्पर्क गर्नु हानिकारक हो। त्यसैले हाम्रा धर्मशास्त्रले पनि बिहान, दिउँसो वा साँझको समयमा यौनकार्यलाई निषेध गरेका छन्।

राति दही र मासु सेवन

राति दही र मासु सेवन स्वास्थ्यका लागि राम्राे मानिँदैन। खागसरी राति हामी शारीरिक रूपले निष्क्रिय हुन्छौँ। यस्तो अवस्थामा दही सेवन गर्दा त्यो पाचन प्रणालीको लागि बोझिलाे हुन्छ। यही अनेकाैँ रोगकाे कारण बन्छ। त्यसैले आयुर्वेदले राति वा सुत्नुअघि दहीको सेवन नगर्नु भनेकाे छ।

यस्तै रातको समयमा मासु सेवन गर्नु पनि शरीरलाई बोझ थोपर्नु हो। राति मासु सेवन गर्दा त्यो रोगको कारण बन्छ अर्थात् राति मासु सेवन गर्नु भनेको शरीरमा रोगलाई निम्तो दिनु हो।

पाठेघरबाट निकालियाे पाँच किलाेकाे ट्युमर

पाठेघरबाट निकालियाे पाँच किलाेकाे ट्युमर

महोत्तरी : जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत एक महिलाको पाँच किलोको ट्युमरको शल्यक्रिया गरिएको छ।

जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने ६२ वर्षीया कोशीदेवीको पाठेघरको शल्यक्रिया गर्दा ४.९ किलोको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरिएको रणभीम गणका गणपति विदुर अधिकारीले बताए।

जिल्ला अस्पताल जलेश्वरमा शल्यक्रियाका लागि आएकी ती महिलालाई नेपाली सेनाको आर्मी अस्पताल काठमाडौँबाट आएको सर्जनसहितको चिकित्सक टोलीले शल्यक्रिया गरी ट्युमर निकालेको हो।

नेपाली सेनाको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा अहिलेसम्म ९५ जनाको शल्यक्रिया गरिसकिएको जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको निर्देशकमा डा‍. रावल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको निर्देशकमा डा‍. रावल

काठमाडौं : हाडजोर्नी विशेषज्ञ डा‍. मंगल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाअन्तर्गत अस्पतालको निर्देशक नियुक्त भएका छन्।

प्रतिष्ठानका उपकुलपति प्रा‍. डा. राजेन्द्र वाग्लेले मंगलबारकै मितिबाट कार्यभार सम्हाल्नेगरी डा. रावललाई नियुक्त गरेका हुन्।

प्रतिष्ठान ऐनको दफा २५ को उपदफा १ र २ बमोजिम काम कर्तव्य र अधिकारसहित  उनलाई ‘अस्पताल निर्देशक’को जिम्मेवारी दिइएको प्रतिष्ठानले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

फागुन र चैतमा दादुरा–रुबेलाविरुद्ध विशेष खोप अभियान

फागुन र चैतमा दादुरा–रुबेलाविरुद्ध विशेष खोप अभियान

काठमाडौं : सरकारले आगामी फागुनमा दादुरा र रुबेलाविरुद्ध खोप अभियान चलाउने भएको छ।

सन् २०२३ सम्ममा दादुरा र रुबेला नियन्त्रण गर्ने लक्ष्यअनुरूपविशेष खोप अभियान सञ्चालन गर्न लागेको मंगलबार कार्यक्रम गरी परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जानकारी दिएको हो।

दुई चरणमा गरी दिइने खोप प्रदेश नम्बर १, २ र ५ मा फागुन महिनाभर सञ्चालन गरिने शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए। प्रदेश ३, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चैत महिनाभर सञ्चालन हुनेछ। खोप लिनुपर्ने र यसअघि लिइसकेका बालबालिकालाई अनिवार्य गरिएको छ।

अभियानअन्तर्गत ९ महिनादेखि ५ वर्षसम्मका ३० लाख बढी बालबालिकालाई सो खोप दिन लागिएको डा. शर्माले जानकारी दिए। अभियानमा १० हजार स्वयंसेवक, ६ हजारभन्दा बढी स्वास्थ्य कार्यकर्ता सहभागी हुने उनले बताए। यसका लागि ४५ हजार खोप केन्द्र तोकिने जानकारी दिइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार  तुलबहादुर श्रेष्ठसहित चारजनाविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ।

बिल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको पाँच लाख ५० हजार रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरू चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध पाँच लाख ५० हजारको बिगोसमेत माग गरेकाे छ।

श्रेष्ठमाथि यसअघि पनि भ्रष्टाचारको मुद्दा दायर भएको थियो। यससँगै उनी निलम्बनमा परेका थिए। पुनः भ्रष्टाचारको मुद्दा दायर भएपछि सिंघाची अग्रवालसँगै क्लर्क मगर र खतिवडा पनि निलम्बनमा परेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

सुत्नका लागि कुन र‌ंगको प्रकाश उत्तम?

सुत्नका लागि कुन र‌ंगको प्रकाश उत्तम?

मोबाइल र कम्प्युटरको स्क्रिनबाट निस्कने नीलो प्रकाश निद्राका लागि खराब हुन्छ भन्ने कुरा असत्य हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्।

निद्राका लागि कस्तो रङ्को प्रकाश उत्तम हुन्छ भनेर अध्ययन गरिरहेका म्यान्चेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूले नीलो प्रकाश अनिद्राको प्रमुख कारक नभएको बताएका छन्।

उनीहरूले मुसालाई विभिन्न रंगको प्रकाशहरूमा राखेर अध्ययन गरेका हुन्।

करेन्ट बायोलोजी नामक जर्नलमा प्रकाशित विवादास्पद निष्कर्षमा निद्रा र प्रकाशको सम्बन्धमा प्रकाश कत्तिको उज्यालो छ र रंग कत्तिको सजीव छ भन्नेमा भर पर्ने भनिएको छ।

अध्ययन किन?

सबै मानिसको सुत्ने र उठ्ने प्राकृतिक प्रक्रिया हुन्छ।

प्रत्येक मानिसको शरीर वरपरको वातावरणसँग घुलमिल भएको हुन्छ। त्यसले गर्दा मानिसहरू दिउँसो सक्रिय हुन्छन् भने राति निदाउँछन्।

तर विज्ञहरूले लामो समयदेखि यो प्रक्रियामा कृत्रिम प्रकाशले असर गरिरहेको शङ्का गरेका छन्।

सबैभन्दा बढी चर्चा पाएको शङ्कामा स्क्रिनबाट निस्कने नीलो प्रकाशको ठूलो असर हुन्छ भन्ने हो।

अध्ययनकर्ताहरूले प्रकाशको उज्यालो र रंग नियन्त्रण गरेर मुसाहरूमा अध्ययन गरेका हुन्।

प्रकाश उज्यालो हुँदा अपेक्षा गरे जस्तै मुसाहरू सक्रिय भए।

तर जब प्रकाशको उज्यालो कम गरियो तब पहेँलो प्रकाशमा भन्दा नीलो प्रकाशमा मुसाहरू बढी विश्रामको अवस्थामा देखिए।

प्रमुख अध्ययनकर्ता डा. टीम ब्राउनले सो निष्कर्ष प्राकृतिक भएको बताए।

‘दिनको समयमा हामीले पाउने प्रकाश सेतो वा पहेँलो हुन्छ र त्यसको असर हाम्रो शरीरमा बढी हुन्छ। तर सूर्यास्तपछि प्रकाश नीलो हुँदै जान्छ’, उनले भने।

‘त्यसैले यदि शरीरलाई विश्रामको अवस्थामा लाने हो भने प्रकाशलाई कम उज्यालो र नीलो बनाउनुपर्छ।’

यसको अर्थ के हो?

मोबाइल वा कम्प्युटरमा रात्रिकालीन सेटिङ राख्दा त्यसले नीलो रंग घटाउँछ। ‘अहिले मानिसहरू राति प्रकाशलाई बढी पहेँलो बनाइरहेका छन्’, डा. ब्राउनले भने।

‘हाम्रो अनुमान यो हो कि हामीले अहिले गरिरहेको तरिका उल्टो छ’, अक्स्फोर्ड विश्वविद्यालयका डा. म्यानुअल स्पीट्स्चान भन्छन्, ‘यो रमाइलो निष्कर्ष हो तर मानिसहरूमा पनि यस्तै असर हुन्छ कि हुँदैन थाहा छैन।’

बीबीसी नेपाली

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

यी खानेकुरासँग खाए दूध विषसरह

यी खानेकुरासँग खाए दूध विषसरह

गाई–भैँसीको दूध मानिसका लागि एक अत्यावश्यक पौष्टिक आहार हो। बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी हुन्छ तर कतिपय अवस्थामा दूध स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ।

दही
दही दूधबाटै बन्ने भए पनि यी दुई एकैसाथ सेवन गर्नु हुँदैन। सँगै खाँदा एसिडिटी, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने समस्या आउँछ। तर, दूध र दही एक घण्टाकाे फरकमा खान हुन्छ ।

मासको दाल
मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखा पर्छ। मासको दाल खाएपछि करिब दुई घण्टापछि दूध पिउन सकिन्छ ।

माछामासु
दूध पिएलगत्तै माछामासु खाँदा स्वास्थ्यमा हानि पुग्छ। माछामासु र दूधमा पाइने तत्त्वहरूले विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो मानिँदैन।

अमिलो फल
सुन्तला, कागतीलगायत अमिला फलसँग कहिल्यै दूध खानु हुँदैन। यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ। पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने सम्भावना हुन्छ।

नुन 

नुन वा नुनिला वस्तुमा दूध मिसाएर खानु हुँदैन। यी दुई चिज एकैसाथ लिँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ।

मस्तिष्कघातबाट बच्ने उपाय : जीवनशैली र खानपानमा विचार

मस्तिष्कघातबाट बच्ने उपाय : जीवनशैली र खानपानमा विचार

मस्तिष्कको काम शरीरलाई सन्तुलनमा राख्ने हो। मस्तिष्कमा भएका नसा फुट्दा वा खुम्चिँदा अक्सिजन रोकिने भएका कारण मस्तिष्कले पूरा काम गर्न नसक्ने अवस्थालाई मस्तिष्काघात भनिन्छ। मस्तिष्काघात भनेको शरीरमा भएको रगतनलीको समस्या हो। उच्च रक्तचाप, मधुमेह जस्ता समस्याहरु अनियन्त्रित छन् भने यो समस्या सिर्जना हुन सक्छ।

यो मस्तिष्कको कार्यक्षमतामा अचानक आउने ह्रास हो, जसले अधिकांशमा पक्षघात निम्त्याउँछ। मस्तिष्काघात धरै किसिमका हुन्छन्। स्केमिक स्ट्रोक, हेमोह्र्याजिक स्ट्रोक, क्रिप्टोजेनिक, ट्रान्सियन्ट स्केमिक एट्याक (टीआईए) र ब्रेन स्टिम स्ट्रोक मुख्य हुन्।

जतिसक्दो चाँडो अस्पताल पुर्‍याउन सक्यो त्यति नै बिरामीलाई अन्य असरबाट बचाउन सकिन्छ। मस्तिष्काघात भइसकेपछि अन्य समस्या आउन नदिन नियमित औषधि सेवन गर्नुपर्छ।

लक्षण

अनुहार अस्वाभाविक रूपमा बांगिनु, हातखुटा चल्न छोड्नु, आँखा नदेख्ने, कान नसुन्ने हातखुट्टा नचल्ने जस्ता लक्षणहरू देखिन्छन्। शरीरको एक पाटो नचल्नेजस्ता समस्या देखिन्छन्। तर हाम्रो समाजमा झारफुकतिर लाग्ने गरेको देखिन्छ। यसका कारण समस्या झन् बढ्छ। यस्ता लक्षण देखिनेबित्तिकै हामीले अस्पताल गएर उपचार गर्दा समस्या समाधान हुन्छ।

यसरी बच्ने

अहिले अधिकांश मानिसहरू नसर्ने रोगबाट पीडित भएको देख्न सकिन्छ। यसको मुख्य कारण हाम्रो जीवनशैली र खानपान नै हो। मस्तिष्काघातको सन्दर्भमा पनि यही लागु हुन्छ। यो समस्याबाट बच्न पनि खानपान र जीवशैलीमा ध्यान दिनै पर्छ। बिहान३०’३५ मिनेट शरीरबाट पसिना निकालेर ‘जगिङ’गर्नु पर्छ। धूमपान र मद्यपानबाट टाढै रहनुपर्छ। बजारमा बनेका वा प्याकेटका खानाबाट टाढै रहनु राम्रो। खानामा अधिक चिल्लो प्रयोग गर्नुहुँदैन। शरीरका लागि पर्याप्त निद्रा आवश्यक छ। त्यसैले दैनिक ७ देखि ८ घण्टा सुत्न आवश्यक छ।

अपनाऔँ सावधानी

कुनै पनि रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम हो। त्यसैले वेलावेलामा चिकित्सकलाई देखाएर आफ्नो शरीरबारे जानकार रहिरहनुपर्छ। मुटुरोग भएका व्यक्तिमा मस्तिष्काघात हुने जोखिम हुन्छ । त्यसैले, मुटुरोगीले नियमित औषधि खाने वा उपचार गर्नुपर्छ ।

उमेर भएका व्यक्तिले नियमित मधुमेह, कोलेस्ट्रोल, रक्तचाप जाँच गराउनुपर्छ। जोखिम देखिएमा औषधि सेवन गर्नुपर्छ। माथि भनिएजस्तै मस्तिष्काघातको लक्षण देखा परे विशेषज्ञ चिकित्सकलाई देखाउनु पर्छ।

  • डा. रागेश कर्ण

    नशारोग विशेषज्ञ डा.कर्ण त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कार्यरत छन्।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

मोरङको मंगलबारे अस्पताल ट्रमा सेन्टर बन्ने

मोरङको मंगलबारे अस्पताल ट्रमा सेन्टर बन्ने

काठमाडौं : मोरङको मंगलबारे अस्पताललाई विशेषज्ञ सेवासहितको ट्रमा सेन्टर बनाइने भएको छ।

१५ शय्याको अस्पताललाई प्रदेश १ सरकारले ५० शय्यामा स्तरोन्नति गरी ट्रमा सेन्टर बनाउन लागेको हो । त्यसका लागि चालू आर्थिक वर्षमा दुई करोड बजेट छुट्याइएको छ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्न आवश्यक तयारी अघि बढाएको जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटना र प्राकृतिक प्रकोपमा परेका मानिसलाई  उद्धार गरी उपचारको प्रबन्ध मिलाउन प्रदेश सरकारले मंगलबारे अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्न लागेको उनले बताए।

अघिल्लाे  आर्थिक वर्षकाे दुई करोड रुपैयाँबाट आवश्यक उपकरण खरिद गरिएको अस्पताल सञ्चालक समितिका सदस्य कमलनारायण मल्लिकले जानकारी दिए। हाल ट्रमा सेन्टर निर्माणसम्बन्धी कार्यविधि बनाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

मेडिकल टुरिजम एसिया समिट पुस ११ गतेदेखि काठमाडौंमा

मेडिकल टुरिजम एसिया समिट पुस ११ गतेदेखि काठमाडौंमा

काठमाडौं : दोस्रो मेडिकल टुरिजम एसिया समिट काठमाडौंमा हुने भएको छ।

यही पुस ११ गते शुरु हुने सम्मेलनमा विभिन्न मुलुकका डाक्टर, जनस्वास्थ्य विज्ञ, अस्पतालका प्रतिनिधि, स्वास्थ्य व्यवसायी गरी दुई हजार बढीको सहभागिता रहने कार्यक्रमका संयोजक एवं नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनका प्रबन्ध निर्देशक अर्जुन चन्दले बताए ।

नेपालमा मेडिकल टुरिजमको विकासका लागि एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्स तथा नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनले सम्मेलन आयोजना गर्न लागेको हो।

होटल याक एण्ड यतीमा दुईदिन चल्ने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यान्मार जर्मनी र अमेरिका लगायतका विशेषज्ञ डाक्टर, स्वास्थ्य व्यवसायी, अस्पतालका प्रतिनिधी तथा स्वास्थ्य प्राविधिकहरूको जमघट हुनेछ। सम्मेलनले विभिन्न देशमा भएका नयाँ नयाँ उपकरण, प्रविधि, ज्ञान र सिप आदानप्रदान गर्न मद्दत गर्ने आयोजकको विश्वास छ।

नेपालमा मेडिकल टुरिजमको निकै सम्भावना हुँदाहुँदै पनि विदेशीलाई त्यसतर्फ आकर्षित गर्न नसकिएको आयोजक चन्दले बताए। ‘उनीहरूलाई नेपालमै उपचार गराइ मेडिकल टुरिजममा टेवा दिन सक्छौँ भनेर यो सम्मेलन गर्न लागेका हौँ’, संयोजक चन्दले भने। उपचारका लागि विदेश धाउनेलाई रोक्ने उपायबारे पनि छलफल चलाउने उनको भनाइ छ।

नेपालीलाई उपचारका लागि बाहिरिन नदिन र विदेशीलाई यहाँ ल्याउन सेवा कसरी चुस्त दुरुस्त राख्ने भन्ने कुरामा अन्तरािष्ट्रय अस्पताल तथा संस्थासँग छलफल चलाउने र उनीहरूसँग सहकार्य गर्ने उनले बताए। ‘हाम्रो मुख्य उद्देश्य भनेकै नेपालमा आउने पर्यटकले विभिन्न स्वास्थ्य प्याकेज मार्फत उपचार लिन सकून् भन्ने हो’, उनले थपे, ‘यस्ता एरिया के के छन् सम्मेलनमा छलफल हुनेछ।’

सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा हुन लागको मेडिकल टुरिजम समिटले पर्यटकहरूलाई स्वास्थ्य सेवाका प्याकेज प्रदान गरी उनीहरूको बसाइँ लम्ब्याउन पनि सहयोगी बन्न सक्ने आयोजक संस्थाको विश्वास छ। यसले भ्रमण वर्ष २०२० सफल पार्न केही भूमिका खेल्ने आयोजकको दाबी छ।

सम्मेलनमा स्वदेशी र विदेशी विज्ञका गरी स्वास्थ्यका विभिन्न विषयमा १८ वटा कार्यपत्र प्रस्तुत हुनेछन्। साथै ‘बि टु बी’ बैठक समेत हुनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

नगरपालिकाले मोबाइल फाेन दिएपछि बढ्याे स्वास्थ्य स्वयंसेविकाकाे व्यस्तता

नगरपालिकाले मोबाइल फाेन दिएपछि बढ्याे स्वास्थ्य स्वयंसेविकाकाे व्यस्तता

महोत्तरी : हातहातमा मोबाइल फोन भएपछि मटिहानी नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाले दिने सेवा सहज भएको छ। नगरपालिकाले दिएको मोबाइलबाट बस्तीका गृहिणीको समस्या सुन्न, बुझ्न, आवश्यक परामर्श दिन र सेवा दिने काम सहज भएको स्वास्थ्य स्वयंसेविकाहरूले बताएका हुन्।

अन्तर्राष्ट्रिय स्वयंसेविका दिवसका अवसरमा नगरपालिकाले नगर क्षेत्रका ३६ महिला स्वास्थ्य स्वयंसेविकालाई सिमकार्डसहित मोबाइल फोन सेट उपलब्ध गराएको थियो।

स्वयंसेविकासँग मोबाइल भएपछि नगरका नौ वटै वडा बस्तीका सर्वसाधारण महिलाले फोन गरेर आफ्ना समस्या बुझाउने गरेका छन्। फोन गर्नेमा अधिकांश महिला रहेका र उनीहरुले धेरैजसो परिवार नियोजन परामर्श, गर्भवती जाँच र साना नानीलाइ निमोनियाको समस्याबारे परामर्श दिएको स्वयंसेविका बताउँछन्।

मटिहानी–९ सिमरदहीकी स्वास्थ्य स्वयंसेविका मैफूल खातुनले भनिन्, ‘मोबाइलले सेवा सहज हुनुका साथै हाम्रो व्यस्तता पनि बढेको छ।’
खातुनजस्तै मटिहानी–७ की स्वयंसेविका अनितादेवीले पनि मोबाइलले सेवा दिन निकै सजिलो बनाएको बताइन्। ‘जन्मान्तरका उपाय, गर्भजाँच परामर्श र साना नानीहरूको स्वास्थ्य समस्याबारे धेरै फोन आउँछन्’, उनले भनिन्, ‘अब त सानातिना समस्यामा पनि फोन गर्ने बढेपछि दिनभरि नै व्यस्तता बढेको छ।’

लामो समयदेखि आधारभूत तहमा स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएका स्वास्थ्य स्वयंसेविकालाई सूचना र सञ्चार प्रविधिमा पहुँच बढाउने उद्देश्यले मोबाइल सेट उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।  गर्भवतीको स्याहार, खानपिन र सुत्केरी गराउने कुरामा ठीक परामर्श दिने एवं साना नानीको स्याहारसम्भारबारे सचेतना वृद्धिमा स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण योगदान रहेको नगरप्रमुख  हरिप्रसाद मण्डल बताए।

यसैबीच मटिहानी नगरकार्यपालिकाले स्वास्थ्य स्वयंसेविकालाई लक्ष्य गरी थप सेवा र सुविधा विस्तार गर्ने जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

अस्पताल बन्दै स्वास्थ्यचाैकी

अस्पताल बन्दै स्वास्थ्यचाैकी

काभ्रे : चौरीदेउराली गाउँपालिका–५ भालचौरमा १५ शय्याको अस्पताल निर्माण शुरु भएको छ। प्रदेश ३ सरकारको आर्थिक सहयोगमा नयाँ भवन निर्माणकार्य शुरु गरिएको हो।

साविक धुसेनी शिवालय स्वास्थ्य चौकीकाे स्तरोन्नति भई १५ शय्याको अस्पताल बन्ने भएको हो। २१ रोपनी जग्गामा अस्पताल भवन बन्न लागेकाे हाे।

चौरीदेउराली गाउँपालिकाका प्राविधिक कृष्ण भण्डारीका अनुसार चार करोड २५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सो भवन अहिलेका लागि एक तलाको बन्नेछ । वडाध्यक्ष राजकुमार गौतमले निर्माणको तीव्र भइरहेको र अस्पतालका लागि चिकित्सक नियुक्ति प्रक्रिया अघि बढेको बताए।

गत कात्तिक २५ गते प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले भवन शिलान्यास गरेका थिए। अस्पताल बनेपछि गाउँपालिकालगायत आसपास रहेका भुम्लु गाउँपालिका, रामेछाप र दोलखाका बासिन्दालाई समेत सेवा पुग्ने जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

सेनाले माग्यो स्वास्थ्यतर्फकाे जनशक्ति, सर्जनदेखि प्राध्यापकसम्म

सेनाले माग्यो स्वास्थ्यतर्फकाे जनशक्ति, सर्जनदेखि प्राध्यापकसम्म

काठमाडौं : नेपाली सेनाले अस्पताल तथा सैनिक महाविद्यालयमा स्वास्थ्य जनशक्ति माग गरेको छ

सेनाको कल्याणकारी योजना निर्देशनालयले मंगलबार विज्ञापन निकालेर आफूमातहतका अस्पतालहरूमा सर्जनदेखि नर्ससम्मको माग गरेको हो।

सेनाले आफ्ना महाविद्यालयहरूका लागि स्वास्थ्य क्षेत्रका प्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापक लगायतको माग पनि गरेकाे छ।

सबै पदका लागि दरखास्त बुझाउने अन्तिम म्याद पुस १५ गते उल्लेख छ।

हेर्नुहाेस् विज्ञापन

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालन

बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालन

काभ्रे : पनौती नगरपालिकाले वडा नं. ७ मा रहेको पनौती स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याएको छ। पनौती मुख्य बजारमा बढ्दो जनसंख्याको चापलाई मध्यनजर गर्दै बर्थिङ सेन्टर र ल्याब सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ।

अहिले पनौतीमा नै अस्पातल निर्माणका लागि पुनःनिर्माण प्राधिकरणबाट आएको ६५ लाख रूपैयाँले छिट्टै भवन निर्माण हुने नगरप्रमुख भीम न्यौपानेले बताए।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बार्थिङ सेन्टर र ल्याबबाट दिने सबै सेवा निरन्तर दिन आग्रह गरे। बर्थिङ सेन्टर र प्रयोगशालाका लागि आवश्यक जनशक्ति नगरपालिकाले उपलब्ध गर्ने वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए।

बर्थिङ सेन्टर र प्रयोगशालामा एएनसी प्याकेजअन्तर्गत विभिन्न १८ प्रकारका खकार, रगत र पिसाब परीक्षण गरिने ल्याब प्रमुख दिपेश घिमिरेले जानकारी दिए। स्वास्थ्य चौकीमा हेल्थ असिस्टेण्ट, अहेव, अनमी, ल्याब असिष्टेण्ट गरी नौ स्वास्थ्यकर्मी छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

चिकित्सक संघको निर्वाचन: एक जनाले लिए उम्मेदवारी फिर्ता, स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी

चिकित्सक संघको निर्वाचन: एक जनाले लिए उम्मेदवारी फिर्ता, स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी

काठमाडौं : नेपाल चिकित्सक संघको आगामी चुनावका लागि ३१ जनाले उम्मेदवारी दिएकोमा एक जना सदस्यले भने आफनो नाम फिर्ता लिएका छन्।

आगामी माघ महिनामा हुन लागेको संघको केन्द्रीय कार्यकारिणी समिति निर्वाचनका लागि सदस्य पदका लागि उम्मेदवारी दिएका डा मनोहरदिन सैयदले उम्मेदवारी  फिर्ता लिएका हुन् । उनको यो उम्मेदवारी फिर्तासँगै उम्मेदवारहरुको अन्तिम संख्या ३० भएको छ ।

संघले आगामी निर्वाचनका लागि गत २८ गते सम्म उम्मेदवारी दर्ता गराउन समय सिमा तय गरेको थियो। सोही अनुरुप ३१ जनाले नाम दर्ता गराएका थिए । यसैगरी उम्मेदवारी दिएका उम्मेदवारको सम्बन्धमा दावी विरोध गर्ने र उम्मेदवारी फिर्ता गर्न सक्ने भन्दै सोमबार १ बजेसम्मको समय तय गरिएको थियो । संघको चुनाव आगामी माघ महिनामा हुँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

गरिब देशहरूमा कुपोषण र मोटोपनाको दोहोरो मार

गरिब देशहरूमा कुपोषण र मोटोपनाको दोहोरो मार

विश्वभरि अतिविपन्न देशहरूमध्ये एकतिहाइमा उच्च दरमा मोटोपना र कुपोषण दुवै समस्या देखा परेकाे एक प्रतिवेदनले देखाएकाे छ।

प्रतिष्ठित जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित एउटा प्रतिवेदनले न्यून आय भएका देशहरूले एकातिर कुपोषण तथा अर्कोतिर मोटोपनाको समस्या एकैपटक बेहोरिरहेको चेतावनी दिएको छ।

दुवैथरी समस्या एकै परिवारभित्र पाइएका समेत कैयौँ उदाहरण रहेको उसले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनका निम्ति गरिएको उक्त अध्ययनले सुलभ एवं स्वस्थ खानाको पहुँचमा अभाव र प्रशोधित तथा तयारी खानेकुराको सहज उपलब्धतालाई यसका निम्ति दोषी मानेको छ।

अध्ययनकर्ताहरूले उक्त समस्याको कारक मानिएको ‘आधुनिक खाद्यप्रणाली’मा सुधारको वकालत गरेका छन्।

खासगरी अफ्रिकाको ‘सब–सहारा’ क्षेत्र अनि एसियाका गरिब देशहरूमा यी समस्या देखा परेका छन्।

उक्त प्रतिवेदनको अनुमानबमोजिम पृथ्वीमा झण्डै दुई अर्ब ३० करोड बालबालिका तथा युवायुवती मोटोपनाले पीडित छन् भने १५ करोड बालबालिका कुपोषित छन्।

कैयौँ न्यून तथा मध्यम आय भएका मुलुकहरूले यी दुवै समस्या एकैपटक बेहोरेका छन्। त्यसलाई ‘कुपोषणको दोहोरो मार’ भनिएको छ।

यी तथ्याङ्कको अर्थ हुन्छ, विश्वका २०५ मानिसमा मोटोपना छ तथा चार वर्ष उमेरभन्दा मुनिका ३० प्रतिशत बालबालिका राम्ररी बढ्न सकेका छैनन् र २० प्रतिशत महिला दुब्ला छन्।

प्रतिवेदनका अनुसार यी दुवै किसिमका ‘कुपोषण’बाट समुदाय तथा परिवारहरू एवं व्यक्तिहरू जीवनका विभिन्न कालखण्डमा ग्रसित हुन सक्छन्।

अध्ययनका अनुसार सन् १९९० ताका १२३ देशमध्ये ४५ देशमा यो समस्था देखिएको थियो भने सन् २०१० ताका त्यो सङ्ख्या १२६ देशमध्ये ४८ मा पुग्यो। सन् २०१० ताका विश्वका सबभन्दा न्यून आय भएका देशमध्ये १४ वटाले दोहोरो मार खेपे।

खाद्यप्रणालीको समस्या

अध्ययनकर्ताहरूले यी समस्याका लागि बदलिँदो खानपानतर्फ औँला ठड्याउँदै सरकारहरू, संयुक्त राष्ट्रसङ्घ तथा प्राज्ञहरूलाई कदम चाल्न आह्वान गरेका छन्।

मानिसहरूको आहार र विहारको प्रवृत्तिमा परिवर्तन भइरहेको छ।

बढ्दो सङ्ख्याका सुपरमार्केट, कम पोषिलो खानेकुराको सहज उपलब्धता एवं शारीरिक अभ्यासको अभावले गर्दा धेरै मानिसमा मोटोपना देखिएको छ।

यी परिवर्तनले न्यून तथा मध्यम आय भएका मुलुकमात्र होइन, उच्च आय भएका मुलुक पनि प्रभावित छन्।

हुन त राम्ररी शारीरिक विकास हुन नपाएका बालबालिकाको सङ्ख्या विश्वभरि घट्दो क्रममा छ तर अतिप्रशोधित खानेकुराको प्रयोगले बालबालिकालाई पछिसम्म असर गर्ने गरेको पाइन्छ।

‘हामीले पोषणबारे एउटा नयाँ वास्तविकता बेहोर्दैछौँ’, मुख्य लेखक डा. फ्रान्सेस्को ब्रान्काले बताए। उनी विश्व स्वास्थ्य संगठनको पोषण विभागका निर्देशक पनि हुन्।

‘अब हामी देशहरूलाई गरिब र कुपोषित अनि धनी र मोटोपनाग्रस्त भनेर सोझै वर्गीकरण गर्न सक्दैनौँ।’

‘सबै किसिमका कुपोषणको साझा पक्ष भनेको बिग्रिँदै गएको खाद्यप्रणाली हो जसले मानिसहरूलाई स्वस्थ, सुरक्षित, सुलभ तथा दिगो पोषण दिन सक्दैन।’

ब्रान्काले यो प्रणाली सुधार्न उत्पादनदेखि प्रशोधन, व्यापारदेखि वितरण, मूल्य, बजारीकरण, लेबलिङदेखि उपभोगसम्म परिवर्तनको खाँचो औँल्याए।

उच्च गुणस्तरको पोषण भनेको के हो?

उक्त प्रतिवेदनका अनुसार उच्च गुणस्तरको पोषणमा यी पर्छन्–

अधिक फलफूल तथा तरकारी, अन्न, रेसा, नट्स (काजु, बदाम, ओखरजस्ता फल) तथा बियाँ

ठिक्क मात्रामा पशुपक्षीजन्य खाद्यपदार्थ, थोरै मात्रामा प्रशोधित मासु

थोरै मात्रामा धेरै ऊर्जा दिने अनि थपिएको चिनी, स्याचुरेटिड फ्याट (चिल्लो पदार्थ), ट्रान्स–फ्याट तथा नुन भएका खानेकुरा वा पेयपदार्थ

पहिलो दुई वर्ष बच्चालाई स्तनपान

उच्च गुणस्तरको पोषणले कुपोषणको खतरा कम गर्छ र स्वस्थ विकासमा सहयोग पुर्‍याउँछ। त्यसले जीवनभरि शरीरलाई विभिन्न रोगबाट जोगाउँछ।

बीबीसी नेपाली

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

राजधानीकै अस्पताल, तर छैनन् एक्स–रे गर्ने प्राविधिक

राजधानीकै अस्पताल, तर छैनन् एक्स–रे गर्ने प्राविधिक

काठमाडौं : प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएको छ महिनासम्म पनि गोकर्ण प्राथमिक अस्पतालमा एक्स–रे र ईसीजी मेसिन चलाउने प्राविधिक एवं राख्ने कक्षसमेत छैन।

प्राथमिक स्वास्थ्य केन्द्रलाई गत असार १६ गते प्राथमिक अस्पतालमा स्तरोन्नति गरिएको थियो। प्रदेश ३ सरकारको ५० लाख सहयोगमा केन्द्रको स्तरोन्नति गरिएको हो।

केन्द्रबाट अस्पतालमा स्तरोन्नतिको घोषणा गर्न मुख्यमन्त्री डोरमणि पौडेल नै गोकर्ण आएका थिए।  स्तरोन्नति भएपछि अस्पतालमा २४ सै घण्टा सेवा उपलब्ध गराउनुपर्ने भए पनि बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र अस्पताल खुल्ने गरेको छ।

अस्पतालमा १५ शय्या रहने भनिए पनि त्यसको व्यवस्था छ महिनासम्म पनि हुन सकेको छैन। अस्पतालमा एक्स–रे यन्त्र चलाउने प्राविधिक जनशक्तिसमेत नभएको अस्पताल व्यवस्थापन समिति सदस्य राजकुमार श्रेष्ठले  स्वीकार गरे।

अस्पतालमा कार्यालय सहयोगीसहित २१ जनाको दरबन्दी भए पनि हाल १६ जना मात्र कार्यरत छन्। करारका चिकित्सक भने तीन जना छन्। एक जना प्रदेश सरकारले उपलब्ध गराएको हो। अस्पतालका ल्याब निरीक्षक नारायण खनालले ल्याबका प्राविधिक कर्मचारी करारमा राखिए पनि एक्स–रे चलाउने प्राविधिक पाउन नसकेको बताए।

‘एक्स–रे मेसिन आएको एक वर्ष भयो। पहिले राख्ने ठाउँ थिएन। बल्ल राख्ने ठाउँ बन्यो। अब एक्स–रे र ईसीजी चलाउने जनशक्तिको प्रतीक्षामा छौँ’, खनालले भने।

विसं २०३१ मा बनेको भवनमा अस्पताल चलाइएकाले ठाउँ पुर्‍याउन अप्ठ्यारो परेको हो। अस्पताल बनाउन उपयुक्त जग्गाको खोजी भइरहेको छ। राष्ट्रिय शहीद स्मारकसँग अस्पताल बनाउने जग्गा माग गरिएको व्यवस्थापन समिति सदस्य श्रेष्ठले सुनाए।

अस्पतालमा स्तरोन्नति भएको बोर्ड झुण्ड्याएपछि दैनिक १०० भन्दा बढी बिरामी जचाँउन आउने गरेका छन्। तर स्वास्थ्यकर्मी नै नभएपछि उपचार नपाई निजी अस्पताल जान बाध्य छन्। अस्पतालमा हाल निःशुल्क पाइने ७० प्रकारका औषधि भने उपलब्ध भइरहेको जनाइएको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

जंक फुडकाे असर : पाेषण तत्त्वकाे कमीदेखि डिप्रेसनसम्म

जंक फुडकाे असर : पाेषण तत्त्वकाे कमीदेखि डिप्रेसनसम्म

अचेलका बालबालिका र किशोरकिशोरीको रोजाइमा घरमा बनाएको खानेकुरा भन्दा बजारमा पाइने तयारी खानेकुरा नै पर्ने गरेको छ। प्याकेटमा बन्द खानेकुरा अर्थात् जंक फुड।

बाहिरबाट हेर्दा आकर्षक प्याकेट, खाँदा जिब्रोलाई लोभ्याउने नुनिलो परिो, अमिलो र गुलियो खानेकुरा रोजाइमा पर्नु अस्वभाभिक पनि भएन। किनभने घरमा लगेर बनाइरहनुपर्ने झञ्झट पनि यसमा पर्दैन।  छिटो र मिठोको बहानामा हाम्रा बालबालिका र किशोरकिशोरीको स्वास्थ्य बिग्रिरहेको पत्तो नै पाउँदैनौँ।

पोषणविज्ञ डा. अरुणा उप्रेती यस्तो खानेकुरालाई पत्रु खानेकुरा भन्छिन्। पत्रु खानाकाे बानीले पैसा र स्वास्थ्य नाश हुने उनले बताउने गरेकी छिन्।

पत्रु खानेकुरा अर्थात् जंक फुडको असर एकतर्फी मात्र छैन। यसले शारीरिकदेखि मानसिक स्वास्थ्यमा पार्नसक्ने असर भयानक छ। त्यसै पनि प्याकेजिङ गरिएका यस्ता खानेकुरामा पोषक तत्त्व कम हुन्छन्। धेरै समयसम्म राख्नका लागि विभिन्न रासायनिक पदार्थ हालिएका हुन्छन्।

यस्ता खानेकुरामा धेरै क्यालोरी फ्याट र सुगर हुन्छ। प्रोटिन, भिटामिन, मिनरल्स र फाइबर भने कम हुन्छ। धेरै मात्रामा जंक फुडको सेवनले मोटोपनाकाे खतरा बढ्छ।

जति धेरै जंक फुडको सेवन गरिन्छ त्यसले शरीरमा पोषक तत्वको मात्रा त्यति नै कम हुँदै जान्छ। शरीरमा मात्र होइन यसले मस्तिष्कमा पनि नकरात्मक प्रभाव पार्छ।

जंक फुडको सेवन गर्नाले मस्तिष्कलाई संकेत मिल्छ जसका कारण कहिले भोक लाग्यो र के खाएँ भन्नेसमेत बिर्सने हुनसक्छ। मस्तिस्कको स्वस्थ कार्यसम्पादनका लागि दैनिक फ्याटी एसिड जस्तै ओमेगा ६ र ओमेगा ३ को आवश्कता हुन्छ। यी तत्त्वको कमीले मस्तिष्कसम्बन्धी समस्या उत्पन्न गराउँछन्।

यस्तै गुलियो खाना खानाले ब्लड सुगर लेभल बढ्छ, जसले शुरुमा खुसी महशुस हुन्छ र सन्तुष्टि मिल्छ। तर, केही समयपछि चिडचिडापन महसुस हुन्छ। जंक फुडमा कार्बोहाइड्रेट धेरै हुन्छ, जसका कारण रगतमा ‘ब्लड सुगर लेभल’मा परिवर्तन भइरहन्छ। यदि सुगर लेभल कम भएमा चिन्ता र थकानको समस्या हुन्छ।

उच्च मात्रामा सुगर र फ्याटयुक्त भोजनको सेवन गर्नाले पेप्टाइड भनिने दिमागको एक्टिभिटी कम हुन्छ। यो एक्टिभिटिले कुनै कुरा स्मरण गर्न मद्दत गर्छ। धेरै मात्रामा क्यालोरीको सेवन गर्नाले मस्तिष्कमा सिनेप्सिसको उत्पादनमा बाधा उत्पन्न हुन थाल्छ र स्मरणशक्तिमा बाधा पुग्छ।

सुगर र फ्याटयुक्त खानाले दिमागमा केमिकल एक्टिभिटीमा परिवर्तन आउँछ। तर, जब यी जंक फुडको सेवन गर्न बन्द गरिन्छ तब मानिस तनावको शिकार बन्न सक्छन्। उनीहरूलाई डिप्रेसन हुनसक्छ।

थप समाचार

ताजा अपडेट