Health TV Online
Health TV Online

विजयादशमीमा प्रयोग गरिने जमराको महत्त्व

विजयादशमीमा प्रयोग गरिने जमराको महत्त्व

समन सिंह बस्नेत

काठमाडौं : नेपाली समाजमा दशैंमा घटस्थापनाका दिन जौं को जमरा छर्ने गरिन्छ । विजया दशमी देखि निधारमा राता अक्षता र शिरमा जमरा लगाएर उत्सव मनाईरहेको हामी देख्छौं । प्राचीन कालमा जमरालाई शिर वा कानमा राख्नका लागि मात्रै जमरा राख्ने परम्पराको बिकाश नभएर औषधीको रुपमा विकास भएको थियो भन्ने कुरा धेरैलाई थाहा नहन सक्छ ।

हाम्रा प्राचीन आयुर्वेदका आचार्य ऋषि महर्षिहरुले जौं को जमरामा खोज र अनुसन्धानबाट विभिन्न रोगहरुको उपचार गर्न सकिने तथ्य पत्ता लगाएर दशैमा जमरालाई लगाउनका लागि मात्रै नभएर सेवन गर्ने परम्परा बसालेको पाइन्छ तर उक्त जमराको सेवनलाई बिर्सेर मानिसहरुले शिर , कानमा जमरा राखि प्रसाद स्वरुप दशैमा लगाउने मात्र गरेको पाईन्छ यसरी जमराको महत्त्वलाई चटक्कै बिर्सिएको पाईन्छ । आज यसै जमराको विषयमा चर्चा गर्दै छु । आयुर्वेदमा जौंलाई यव भनिन्छ । आयुर्वेदिक चिकित्सा अनुसार जौंलाई विभिन्न रोगहरुबाट दुर गर्ने यज्ञयज्ञादिमा उपयोगी , बल , प्राण दिने र शरिरमा रोग प्रतिरोधात्मक क्षमता वढाउने वनस्पतिको रुपमा लिईन्छ । आयुर्वेदमा यसबाट क्षार पनि तयार गरिन्छ जस्लाई यवक्षार भनिन्छ । यस कारण यज्ञयज्ञादिमा जौ को प्रयोग प्रशस्त मात्रामा गरिएको पाईन्छ । पौराणिक ग्रन्थहरुमा  यवोसि धान्यश  अर्थात जौं लाई अन्नको राजाको रुपमा लिइन्छ। भगवान श्री कृष्णले पनि औषधिनामहं यवस् अर्थात् औषधिहरुमा  जौं हुँ भनेका छन् । यसरी प्राचीन काल देखि जौ को जमरालाई विशेष महत्त्व दिएको छ । आयुर्वेदमा आचार्यहरुले जौं को जमराको स्वरस कल्पनालाई हरित अमृत रस अर्थात हरियो रगतका रुपमा वर्णन गरेका छन् ।

वर्तमान समयमा आयुर्वेदले महत्त्वपूर्ण स्थान दिएको जौं को जमराको स्वरस कल्पनालाई आधुनिक चिकित्सा शास्त्रका वैज्ञानिक देखि चिकित्सकहरुले विभिन्न खोज र अनुसन्धान बाट यो प्रमाणित भएको छ । जमरामा ू लेट्राईल ू नामक औषधि तत्व भेट्टाएका छन् । जो क्यान्सरको कोषलाई नष्ट गर्ने क्षमता राख्दछ , जसरी मधुमेह ू इन्स्युलिनले जे काम गर्दछ त्यहि काम क्यान्सरमाू लेट्राईलले गर्दछ । यस्तै जौं को जमरामा सबैभन्दा बढी जिवनदायीनी तत्व क्लोरोफिल पनि पाईन्छ जुन सर्वाधिक पोषक तत्वा मानिन्छ जुन ४० प्रतिशत भाग हाम्रो शरिरको रगतसँग मिल्दोजुल्दो छ । यसकारण यसलाई हरियो रगत समेत भनिन्छ । अन्य पोषक तत्वहरुमा कार्वोहाईड्रेट, प्रोटिन , विभिन्न खनिज लवण , क्याल्सियम , फस्फोरस , आईरन , भिटामिन बि कम्पलेक्स लगायत पौष्टिक तत्व पाईएको छ । वर्तमान समयमा सवैभन्दा बढी अमेरिकाकी आधुनिक चिकित्सा शास्त्रकी विशेषज्ञ डा एन विगमोरले नाम जमराको अध्ययनमा उनको नाम अग्रस्थानमा आउँछ । जस्ले आफ्नो चिकित्सा पेशा नै छाडेर प्राकृतिक चिकित्सामा कार्य गर्न थालेकि थिईन । यस्तै अमेरिकी भुविज्ञ डा आर्क थामसले गरेको अनुसन्धानबाट पनि जौं को कलिलो जमराबाट पाईने तत्व सर्वोकृष्ट पौष्टिक पदार्थले भरिपुर्ण खाध्य पदार्थ पाईने तथ्य पत्ता लगाए ।

आधुनिक खोज अनुसन्धानबाट जौं को जमराको जुसबाट निको पार्न सकिने रोगहरुमा आन्द्रा र पेटको क्यान्सर, मधुमेह, उच्च रक्तचाप, पक्षघात, मृगी,  छालाका रोग एवम् छालाको क्यान्सर, कब्जियत, आँखाका रोगहरु, महिलाको स्तन क्यान्सर, गलाकाे क्यान्सर, दम , महिलाको रक्त प्रदर, मुर्छा, रक्तपित्त , मानसिक कमजोरी, दाँतका बिभिन्न समस्यामा सफल उपचार गर्न सकिन्छ ।

जमराको स्वरस सेवन गर्ने तरिका :
१. जमरालाई सिंगै चपाएर ।
२. जमरालाई पिसेर रस बनाएर ।
१ क्यान्सरमा जमराको रसलाई गो मुत्रको साथ सेवन र साथमा फलहार , शाकाहार , दुग्धहार सेवन गर्ने ।
२. पक्षघातमा गो दुग्ध को साथमा जमराको रस प्रयोग गर्ने साथै भोजनमा पत्रशाक र फलाहार आदिको सेवन गर्नु पर्दछ ।
३. मधुमेह मा मोही को साथमा सेवन गर्ने साथमा भोजनमा विभिन्न पत्रसाक , करेला , सिस्नु आदि लिनु पर्दछ ।
४. मानसिक कमजोरी मा गो दुग्ध का साथ मा सेवन गर्ने साथमा भोजन मा प्राकृतिक सुपाच्य भोजन को सेवन गर्ने ।
५. कब्जियत मा पत्रशाक र चोकर सहित गहु रोटि सँग सेवन गर्ने ।
६. दम रोगमा जमरा को रस को सेवन का साथ प्राकृतिक सुपाच्य भोजन को सेवन गर्ने ।

जमरा सेवनका सावधानी :
१. बिशेषगरी जमरा रोप्ने माटो मा रासायनिक मल प्रयोग नभएको गाईको गोवर युक्त प्राङ्गारिक मल को प्रयोग भएको हुनु पर्दछ ।
२. जमरा रोपेको ठाउँमा बिहान बेलुका पानी छर्कनु पर्दछ तर पानी जम्नु भने हुँदैन ।
३. जमरालाई पहाडमा १ घण्टा र तराईमा आधा घण्टा सुर्यको किरण पार्नु पर्दछ ।
४. जमराको खाँदा वा रस पिउँदा बिस्तारै खानु पर्दछ । चपाएर खाएको हो भने बचेको छोक्रा र खोस्टा पनि निल्न सकिन्छ ।
५. जमराको खाँदा वा रस पिउँदा कसै कसैलाई उल्टि आउने कसैलाई मतमताहट लाग्न सक्छ तर यो बिस्तारै आफै हराएर जान्छ ।
६. जमरा सेवन गर्दा जमरा रोपेको ७ दिन देखि ११ दिन सम्म को सेवन गर्न सकिन्छ ।

यसर्थ बिजया दशमीमा मान्यजन बाट टीका ग्रहण गर्दा टीका सँगसँगै कानमा लगाईने जमरालाई प्रसाद स्वरुप लगाउने मात्र नभएर सेवन पनि गरौँ । ताकी यसमा पाइने सर्वोकृष्ट पौष्टिक तत्वले हामीेलाई दशैको खान पनि वा फुड पोईजनबाट हुने दुष्प्रभावबाट समेत वचन सकिन्छ ।

(लेखक समन सिंह बस्नेत हाल पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, धुलिखेलमा आयुर्वेद चिकित्सा शास्त्र बिषयमा अध्ययनरत छन् ।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा